NRNA भिक्टोरियामा सशक्त नेतृत्वको आकांक्षा, देवेन्द्र बजगाई मैदानमा
देवेन्द्र बजगाई सचिव पदको दौडमा, NRNA भिक्टोरियामा परिवर्तनशील नेतृत्वको आह्वान
मेलबर्न, अष्ट्रेलिया — गैर-आवासीय नेपाली संघ (NRNA) भिक्टोरिया राज्यको आगामी कार्यसमितिका लागि सचिव पदमा देवेन्द्र बजगाईले औपचारिक उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि अष्ट्रेलियामा बसोबास गर्दै समाजसेवामा सक्रिय रहँदै आएका बजगाईले सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्ति जारी गर्दै आफ्नो उम्मेदवारीको जानकारी गराएका हुन्।
बजगाईको उम्मेदवारी केवल पदप्राप्तिको आकांक्षा नभई संस्थागत सुधार, समावेशी नेतृत्व, पारदर्शिता र सेवामूलक दृष्टिकोणप्रति अडिग अठोटको संकेतका रूपमा बुझिएको छ। उनले एनआरएनए जस्तो संस्थालाई सबै नेपालीको साझा संस्था बनाउने उद्देश्यसहित सचिव पदमा प्रतिस्पर्धा गर्न लागिएको स्पष्ट पारेका छन्।
सामाजिक उत्तरदायित्व र नेतृत्वको नवीन दृष्टिकोण
देवेन्द्र बजगाईले आफ्नो उम्मेदवारीको घोषणा गर्दै भनेका छन्, “हामी जुनसुकै भूमिमा भए पनि, नेपाली समाजप्रति हाम्रो जिम्मेवारी कहिल्यै समाप्त हुँदैन। प्रवासी जीवनका चुनौतीहरूलाई सम्बोधन गर्न राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर काम गर्नु अहिलेको प्रमुख आवश्यकता हो।”
उनको विचारमा, NRNA जस्तो संस्था प्रवासी नेपालीहरूको हक, अधिकार र पहिचान जोगाउने एक साझा मञ्च हो। तर, यस संस्थालाई अझ विश्वासिलो, प्रभावकारी र समावेशी बनाउन नयाँ सोच र जवाफदेही नेतृत्वको खाँचो छ। त्यसै उद्देश्यका साथ आफू सचिव पदमा प्रतिस्पर्धा गर्न तयार रहेको बजगाईको भनाइ छ।
‘सेवा, समावेशिता र पारदर्शिता’ बजगाईको प्रतिबद्धता
बजगाईले एनआरएनए भिक्टोरियामा आगामी नेतृत्वले समुदायको अपेक्षालाई प्राथमिकता दिनुपर्ने स्पष्ट पारेका छन्। “संस्थाभित्र पारदर्शिता, सहभागितामूलक निर्णय प्रक्रिया र सबै क्षेत्र तथा समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नु मेरो प्रमुख प्राथमिकता हुनेछ,” उनले बताएका छन्।
उनका अनुसार, नेतृत्वको उद्देश्य केवल कार्यभार सम्हाल्नु होइन, बरु समुदायसँग प्रत्यक्ष संवाद गर्दै समस्या पहिचान र समाधानमा सक्रिय भूमिका खेल्नु हो। उनले NRNA VIC लाई ‘सल्लाह, सुझाव र सेवाको खुला मंच’ बनाउने लक्ष्य रहेको पनि बताएका छन्।
समाजसेवाबाट राजनीति हुँदै नेतृत्वमा
बेन्डिगोमा स्थायी रूपमा बसोबास गर्दै आएका बजगाई अष्ट्रेलियाको नेपाली समुदायमा परिचित नाम हुन्। विभिन्न सामाजिक कार्यक्रम, सहयोग अभियान, सांस्कृतिक गतिविधि तथा आपतकालीन राहत कार्यहरूमा उनको अग्रसरता देखिएको छ। कोरोना महामारीको समयमा उनी नेतृत्वदायी भूमिकामा देखिएका थिए, जसका कारण धेरै नेपाली परिवारहरूलाई आवश्यक सहयोग पुगेको थियो।
सामाजिक सेवामा लामो अनुभव, स्पष्ट दृष्टिकोण र जिम्मेवार चरित्रले गर्दा उनी सचिव पदका लागि सक्षम र विश्वासिलो उम्मेदवारका रूपमा स्थापित हुँदै गएका छन्।
नीति, योजना र सहकार्यको प्रतिबद्धता
बजगाईले सचिव पदमा निर्वाचित भएमा विभिन्न स्तरमा नीति निर्माण, सदस्य संलग्नता, युवापुस्ताको सहभागिता, महिला प्रतिनिधित्व र शैक्षिक तथा व्यावसायिक अवसरहरूको विकासमा विशेष ध्यान दिने बताएका छन्। उनले संस्था भित्रको कार्यशैलीलाई सरल, प्रभावकारी र डिजिटल प्रणालीमैत्री बनाउने योजना पनि सार्वजनिक गरेका छन्।
समुदायसँग सुझाव र सहकार्यको आह्वान
देवेन्द्र बजगाईले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत आकांक्षाको भन्दा पनि सामूहिक हितको अभियानको रूपमा व्याख्या गरेका छन्। “म केवल उम्मेदवार हैन, तपाईंहरूको प्रतिनिधि बन्न चाहन्छु,” उनले भनेका छन्, “यस यात्रामा तपाईंहरूको सुझाव, सल्लाह र सक्रिय समर्थन मेरो लागि अत्यन्त मूल्यवान् हुनेछ।”
उनले आगामी दिनहरूमा विस्तृत कार्ययोजना सार्वजनिक गर्दै समुदायसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने तयारी रहेको बताएका छन्।
सकारात्मक प्रतिक्रिया र नेतृत्वप्रतिको आशा
बजगाईको उम्मेदवारीलाई नेपाली समुदायभित्र सकारात्मक रूपमा लिइएको देखिएको छ। विशेष गरी युवा वर्ग, पेशागत समूह र महिलाहरूमा समावेशी नेतृत्वको आशाले उत्साह थपेको छ। NRNA VIC मा दीर्घकालीन रणनीति, नीति र समन्वयात्मक नेतृत्वको आवश्यकता महसुस भइरहेका बेला बजगाईको उम्मेदवारीले संस्थामा सकारात्मक बहस र परिवर्तनको सम्भावना जगाएको छ।
NRNA निर्वाचन: महिला सशक्तिकरणको अभियानसहित आशा श्रेष्ठको उम्मेदवारी
NRNA NSW निर्वाचन: महिला सशक्तिकरणको अभियानसहित आशा श्रेष्ठको उम्मेदवारी
NRNA NSW महिला संयोजक पदमा आशा श्रेष्ठको उम्मेदवारी
समावेशी नेतृत्व, पारदर्शिता र महिला सशक्तिकरणको प्रतिबद्धतासहित चुनावी मैदानमा
सिड्नी, अष्ट्रेलिया – जून २८, २०२५
गैरआवासीय नेपाली संघ (NRNA) न्यू साउथ वेल्स (NSW) को आगामी कार्यकालको लागि हुने निर्वाचनमा महिला संयोजक पदमा समाजसेवी आशा श्रेष्ठ ले आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन्।
उनी एक सक्रिय, अनुभवी र समर्पित स्वयंसेवकको रूपमा चिनिन्छिन्, जसले विगत धेरै वर्षदेखि अष्ट्रेलियास्थित नेपाली समुदायभित्र महिला सहभागिता, सामाजिक एकता र सामूहिक विकासमा निरन्तर योगदान दिँदै आएकी छिन्।
आशा श्रेष्ठले आफ्नो उम्मेदवारी घोषणा गर्दै भनिन्,
“हामी महिलाहरूलाई अगाडि ल्याउन, नेतृत्वमा समावेश गर्न र हाम्रो डायस्पोरा समुदायमा थप न्यायपूर्ण संरचना विकास गर्न प्रतिबद्ध छौं।”
उनको प्रमुख चुनावी दृष्टिकोण यसप्रकार छन्:
🔹 समावेशी नेतृत्व र स्पष्ट जिम्मेवारी बाँडफाँड – सबै वर्ग र समुदायलाई प्रतिनिधित्व गर्ने नेतृत्व संरचना
🔹 पारदर्शी आर्थिक शासन – संस्थाको वित्तीय कारोबारमा पारदर्शिता, जवाफदेहिता र विश्वसनीयता
🔹 महिलाको आवाजलाई बुलन्द बनाउने सशक्त मञ्च – महिला नेतृत्व विकास, सशक्तिकरण तालिम र अभिव्यक्तिको अवसर
“हामी केवल उम्मेदवारी होइन, परिवर्तनको अभियान लिएर आएका छौं,” उनले थप भनिन्।
उनले सबै समुदाय सदस्यहरूलाई २६ जुलाई २०२५ मा हुने निर्वाचनका दिन सहभागिताको आह्वान गर्दै, नयाँ पुस्ताको प्रतिनिधित्व र समावेशी भविष्य निर्माणमा साथ दिन आग्रह गरेकी छन्।
NRNA NSW को निर्वाचनमा यस वर्ष महिलाको सहभागिता उल्लेखनीय रूपमा बढेको छ। यसले डायस्पोरा भित्र नेतृत्वमा विविधता र महिलाको सशक्तिकरणप्रति सकारात्मक संकेत दिएको देखिन्छ।
युवा लहर, स्पष्ट सोच! NRNA NSW मा सुनील श्रेष्ठको सशक्त पाइला!
एनआरएनए एनएसडब्लुमा युवा नेतृत्वको छाता: सुनील श्रेष्ठको SCC सदस्य पदमा उम्मेदवारीले आशा र ऊर्जा थप्याे
न्यूक्यासल, अस्ट्रेलिया — गैरआवासीय नेपाली संघ (NRNA) न्यू साउथ वेल्स (NSW) को २०२५–२०२७ कार्यकालका लागि SCC सदस्य पदमा उम्मेदवारी दिएका युवा नेता सुनील श्रेष्ठको अभियानले नेपाली समुदायमा नयाँ ऊर्जा थपेको छ। “Team EKATA NSW” का प्रतिनिधिको रूपमा प्रस्तुत श्रेष्ठ केवल पेशेवर मात्र नभई युवा खेलकुद अभियन्ता, सामाजिक सेवक र नेतृत्वकर्ताका रूपमा पनि परिचित छन्।
पर्वतदेखि न्यूक्यासलसम्मको यात्राः नेतृत्व र सेवाको कथा
श्रेष्ठ सन् २०१८ मा अस्ट्रेलिया आएका थिए, आफ्नो भविष्य बनाउने मात्र होइन, प्रवासी नेपाली समुदायका लागि योगदान दिने गहिरो उद्देश्यका साथ। निर्माण, ग्राहक सेवा, र हाल हस्पिटालिटी क्षेत्रमा काम गर्दै आएका श्रेष्ठ, समुदायप्रति सदैव उत्तरदायी रहँदै आएका छन्।
उनको सामाजिक कार्य, युवा नेतृत्व प्रवर्द्धन, सांस्कृतिक समावेशिता र खेलकुद — विशेषतः भलिबल प्रतियोगिताहरूको आयोजनामार्फत नेपाली युवालाई एकताबद्ध गर्ने प्रयासहरू उल्लेखनीय छन्।
भलिबल र खेलकुदमार्फत नेतृत्व विकास
श्रेष्ठले नेपाली युवा समुदायमा भलिबलको लोकप्रियता र खेलकुदको माध्यमबाट सामाजिक एकता निर्माणमा विशेष योगदान दिएका छन्। विभिन्न स्थानीय तथा राज्यस्तरीय भलिबल प्रतियोगिताहरूमा आयोजक, संयोजक वा प्रायोजकका रूपमा सक्रिय भूमिका निर्वाह गर्दै आएका श्रेष्ठले खेलाडीहरूको उत्साहवर्धनमा पनि अग्रसरता देखाएका छन्।
उनी भन्छन्,
“खेलकुदले युवामा आत्मविश्वास, अनुशासन र नेतृत्व कौशल विकास गर्छ—यही भावना हो जुन म एनआरएनएको नेतृत्वमा पनि ल्याउन चाहन्छु।”
उम्मेदवारी किन?
श्रेष्ठ SCC सदस्य पदमा उम्मेदवार बन्नुको चार प्रमुख उद्देश्य:
युवा नेतृत्वको प्रवर्द्धन — नेतृत्वको जिम्मेवारी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने
नवप्रवर्तन र लगानीको सम्भावना सिर्जना — समुदायभित्र उद्यमशील सोचको विकास
नेपाल र प्रवासीबीचको सम्बन्ध सुदृढ — मूल देशसँगको भावनात्मक र व्यावहारिक नाता मजबुत बनाउने
समावेशी, पारदर्शी र सक्रिय एनआरएनए निर्माण — सबै पुस्तालाई प्रतिनिधित्व दिने संस्था
किन Team EKATA?
श्रेष्ठले “Team EKATA NSW” रोज्नुको मुख्य कारण हो — एकता, पारदर्शिता र सकारात्मक परिवर्तन। यो टोलीले युवालाई प्राथमिकतामा राखेर व्यावसायिक सहकार्य, समुदायिक सहभागिता र न्यायसंगत प्रतिनिधित्वमा जोड दिएको छ।
“Team EKATA मेरो विचार र मूल्यसँग मिल्दो छ — हामी नेतृत्वमा एकता ल्याउन, नाफा भन्दा सेवा अगाडि राख्न र नेपाली श्रमिक, विद्यार्थी र व्यवसायी सबैको आवाज बन्न चाहन्छौं।”
समुदायका लागि सन्देश
श्रेष्ठको समुदायप्रति स्पष्ट र दूरदर्शी सन्देश छ:
“हाम्रो नेपाली समुदाय प्रतिभाले भरिएको छ — विशेषतः युवाहरूमा। अब समय हो, अनुभव र ऊर्जाबीच पुल निर्माण गर्ने। एनआरएनएलाई जिम्मेवार, गतिशील र सबै पुस्ताले गर्व गर्न सक्ने संस्था बनाउनु पर्छ।”
निर्वाचन मिति र समर्थनको आह्वान
२६ जुलाई २०२५ मा हुन गइरहेको एनआरएनए अस्ट्रेलिया निर्वाचनमा श्रेष्ठले सबै नेपालीलाई सहभागिता जनाउँदै, Team EKATA NSWलाई मतदान गर्न अपिल गरेका छन्।
सुनिल श्रेष्ठको पृष्ठभूमि संक्षेपमा:
उम्मेदवार: SCC सदस्य, NRNA NSW (2025–2027)
प्रतिनिधि टोली: Team EKATA NSW
स्थान: Newcastle, NSW
जन्मथलो: पर्वत, नेपाल
व्यवसाय: Hospitality Professional
अन्य भूमिका: युवा खेलकुद अभियन्ता, भलिबल आयोजक, समुदायिक अगुवा
राजनीतिक हैकम होइन, जनसेवाको हुंकार: माल्टामा नयाँ युगको सुरुवात!
NRNA माल्टामा नयाँ तरङ्ग: युवा समाजसेवीको उम्मेदवारीले उमंग थप्याे
माल्टा — गैरआवासीय नेपाली संघ (NRNA) माल्टा राष्ट्रिय समन्वय परिषद् (NCC) को आगामी कार्यकाल २०२५–२०२७ काे अधिवेशन नजिकिँदै गर्दा, एक युवा र अनुभवी समाजसेवीको उम्मेदवारीले माल्टामा नयाँ तरङ्ग ल्याएको छ। विगतमा नेकपा एमालेको प्रवासी नेपाली युवा मञ्चका सचिव तथा राहत तथा उद्धार विभाग प्रमुखको हैसियतमा खाडी मुलुकहरूमा प्रभावशाली रूपमा कार्य गरिसकेका उम्मेदवार अहिले माल्टामा NRNA NCC सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
खाडी मुलुकमा ऐतिहासिक योगदान
उनी युएईमा कार्यरत रहँदा, त्यहाँ मात्र नभई कुवेत, पोर्चुगल लगायतका खाडी मुलुकहरूमा अलपत्र परेका नेपाली श्रमिकहरूको उद्धार गरी नयाँ आशा जागाएका थिए। यस्तो कार्यमा उनले NRN संस्था र नेपाल सरकारका कूटनीतिक निकायहरू समेतले समाधान गर्न नसकेका केसहरूमा व्यक्तिगत पहल र नेतृत्वद्वारा सफलता हासिल गरेका थिए।
माल्टामा सदस्यता वृद्धि र जनमत
उनी माल्टामा आउनुयता सामाजिक सञ्जालहरूमा चर्चित बन्दै गएका छन्। विशेषगरी TikTok लगायतका माध्यमबाट उनका घोषणाहरू भाइरल भइरहेका छन्। यो अभियानले गर्दा सदस्यता संख्यामा उल्लेखनीय वृद्धि भएको छ, जसले उम्मेदवारप्रति आम नेपाली समुदायको विश्वास र आशा झल्काउँछ।
मुख्य एजेन्डा: एम्बेसी स्थापना र श्रमिककाे सुरक्षा
२०२५–२०२७ कार्यकालमा माल्टामा नेपाली दूतावास स्थापनालाई सबैभन्दा ठूलो चुनौतीको रूपमा स्वीकार गर्दै, उनले यसलाई सफलतापूर्वक सम्पन्न गर्ने अठोट व्यक्त गरेका छन्। साथै, उनको घोषणा अनुसार, अपाङ्ग भएका श्रमिकहरूका लागि “एक करोड सहायता अभियान” सुरु गरिने छ, जसले नेपाल फर्केपछि उनीहरूको बाँकी जीवन सहज बनाउनेछ।
गैरपार्टी धारणा र समावेशी नेतृत्व
उनले स्पष्ट रूपमा NRNA लाई कुनै पनि राजनीतिक पार्टीको अधीनमा नरहने, बरु एक पवित्र, समावेशी र सबै नेपालीकाे साझा संस्था बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। “NRNA मेरो संस्था मात्र होइन, सबै १० हजार नेपाली श्रमिकको संस्था हो,” भनी उनले जनाएका छन्।
समाजसेवीहरू र सबै संगठनका लागि खुला निमन्त्रणा
भातृ संगठनहरू, समाजसेवी, सांस्कृतिक अगुवा र पेशेवर नेपालीहरूलाई समेत उनले एकता र सहकार्यका लागि खुला निमन्त्रणा दिएका छन्। “यहाँ कुनै पार्टीको हैकमियत होइन, सेवाको भावना प्रमुख हुनेछ,” भन्ने उनको भनाइले प्रवासी नेपालीहरूका बीच आशावादी वातावरण सिर्जना गरेको छ।
निष्कर्ष:
एक अनुभवी, कर्मठ र जनउत्तरदायी उम्मेदवारको रूपमा उनी माल्टामा मात्र नभई समग्र प्रवासी नेपाली समाजमा आशाको किरण बनेका छन्। आगामी अधिवेशनमा उनको उम्मेदवारीले NRNA को नयाँ दिशा र दृष्टिकोण निर्माणमा निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ।
समावेशी नेतृत्वको प्रतिबद्धता: अनन्त गुरूंग कोषाध्यक्ष पदका प्रत्याशी
अनन्त गुरूंगद्वारा एनआरएनए अष्ट्रेलिया २०२५–२७ का लागि एनएसडब्ल्यु राज्य कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा
सिड्नी, अष्ट्रेलिया — २७ जुन २०२५
गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको न्यू साउथ वेल्स (NSW) राज्य समितिको आगामी कार्यकाल २०२५–२०२७ का लागि अनन्त गुरूंगले राज्य कोषाध्यक्ष (State Treasurer) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। समर्पण, अनुभव र पारदर्शितालाई केन्द्रमा राखेर उनले “Experienced. Dedicated. Ready to Serve.” भन्ने मुलनारासहित आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।
उनको उम्मेदवारी कुनै समूह या गठबन्धनको हिस्सा नभई व्यक्तिगत पहिचान, स्वतन्त्र सोच र समुदायप्रतिको सेवाभावमा आधारित छ।
उम्मेदवारको पृष्ठभूमि र दृष्टिकोण
अनन्त गुरूंग अष्ट्रेलियामा बसोबास गर्दै आएका युवापुस्ताका एक सक्षम प्रतिनिधि हुन्। उनी वित्तीय अनुशासन, संस्थागत मजबुती, पारदर्शी कार्यशैली र समुदायप्रतिको जिम्मेवारीमा विश्वास राख्छन्।
उनको अनुसार, राज्य कोषाध्यक्ष पद केवल खातापाता मिलाउने मात्र होइन, सम्पूर्ण संघीय आर्थिक संरचना र कार्यक्षमता सुनिश्चित गर्ने जिम्मेवारी हो। उनले NRNA NSW कोषलाई एक पारदर्शी, विश्वसनीय र समुदायदक्ष संरचना मा रूपान्तरण गर्ने स्पष्ट कार्ययोजना बोकेका छन्।
“मेरो उद्देश्य केवल आर्थिक प्रशासन गर्नु होइन, आर्थिक जवाफदेहिता र समुदायप्रतिको विश्वसनीयता पुनर्स्थापित गर्नु हो। हामीले हाम्रो समुदायको हरेक डलर इमानदारीपूर्वक उपयोग भएको देखाउनै पर्छ,” – अनन्त गुरूंग
मुख्य उद्देश्य र एजेन्डाहरू
अनन्त गुरूंगले राज्य कोषाध्यक्ष पदमा रहेर निम्न प्रमुख बुँदाहरूमा काम गर्ने प्रतिबद्धता जनाएका छन्:
✅ आर्थिक पारदर्शिता: आम्दानी–खर्चको नियमित विवरण, सार्वजनिक रिपोर्टिङ र लेखापरीक्षण
✅ उत्तरदायी बजेट प्रणाली: प्राथमिकताका आधारमा स्रोत व्यवस्थापन, अनलाइन ट्र्याकिङ प्रणाली
✅ डिजिटल वित्तीय प्रवाह: कोष व्यवस्थापनमा प्रविधिको प्रयोग, अप–टु–डेट सफ्टवेयर प्रणाली
✅ युवाको सहभागिता: वित्त व्यवस्थापन तालिममार्फत नेपाली युवालाई प्रशिक्षित र समावेश गर्ने
✅ समुदाय सशक्तीकरण: परियोजनाका लागि अनुदान व्यवस्थापन, स्थानीय संस्थाहरूसँग सहकार्य
✅ संवेदनशीलता: दुव्र्यवस्था, अनियमितता वा भेदभावजन्य क्रियाकलापहरू विरुद्ध स्पष्ट नीति
समुदायप्रतिको प्रतिबद्धता
उनले उल्लेख गरेका छन् कि कोषाध्यक्ष पदमा बस्ने व्यक्तिले राजनीतिक उद्देश्यभन्दा माथि उठेर, समुदायको हितमा इमानदार रूपमा सेवा गर्नु अनिवार्य छ। अनन्त गुरूंगले अघिल्लो कार्यकालमा देखिएका केही असन्तुलनहरूलाई सुधार गर्ने दृढता व्यक्त गरेका छन्।
“NRNA कुनै व्यक्तिको होइन, यो हामी सबै नेपालीहरूको साझा संस्था हो। यसको कोष हाम्रो मेहनतको सँगालो हो — जसको हरेक हिसाब खुला र जनउत्तरदायी हुनैपर्छ।”
निर्वाचन मिति र आह्वान
🗳 एनआरएनए अष्ट्रेलिया निर्वाचन मिति: जुलाई २६, २०२५ (शनिबार)
मतदाता दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको छ। अनन्त गुरूंगले सबै मतदाताहरूलाई निष्पक्ष मूल्याङ्कनसहित आफूलाई समर्थन गर्न आग्रह गरेका छन्।
“हामी सबै मिलेर नेपाली डायस्पोरालाई अझ सक्षम, जिम्मेवार र आत्मनिर्भर बनाउन सक्छौं।
म तपाईंका लागि छु — तपाईंको विश्वास र सेवाको उत्तरदायित्व लिन म तयार छु।”
नेतृत्वमा महिलाको सशक्त आवाज — चण्डिका ओली ओडारी उप-संयोजकको दौडमा
एनआरएनए NSW २०२५–२७: चण्डिका ओली ओडारी उप-संयोजक पदका लागि उम्मेदवार
सिड्नी, अष्ट्रेलिया — जून २७, २०२५
गैरआवासीय नेपाली संघ (एनआरएनए) न्यू साउथ वेल्स (NSW) को आगामी कार्यकाल २०२५–२७ का लागि चण्डिका ओली ओडारीले उप-संयोजक (State Deputy Coordinator) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन्। उनी “Team Ekata NSW” बाट आधिकारिक रूपमा उम्मेदवार बनेकी हुन्।
शैक्षिक पृष्ठभूमि, अनुभव र निरन्तर समर्पण
नेपालको त्रिभुवन विश्वविद्यालयबाट व्यापार लेखा (MBA) तथा शिक्षा (B.Ed) मा शैक्षिक उपाधि हासिल गरेकी चण्डिका ओली ओडारी नेपालमा सरकारी शिक्षिका र व्याख्याता को रूपमा कार्यरत थिइन्। शिक्षा मार्फत समाज परिवर्तन गर्ने अठोट लिएर अघि बढेकी उनी सन् २००८ मा अष्ट्रेलिया आइपुगेकी हुन्।
अष्ट्रेलिया आएदेखि उनले अध्ययन, रोजगार, पारिवारिक दायित्व तथा सामाजिक सेवा सँगसँगै जीवन अगाडि बढाइरहेकी छिन्। दुई सन्तानको पालनपोषणसँगै उनी नेपाली समुदायमा महिलाको सशक्तिकरण, युवा मार्गदर्शन र पारिवारिक सहारा को पक्षमा निरन्तर सक्रिय छन्। हाल उनी क्वेकर हिल, एनएसडब्ल्यु मा स्थायी रूपमा बसोबास गर्छिन्।
उम्मेदवारीको उद्देश्य: नेतृत्वमा समावेशिता र परिणाममुखी सेवा
चण्डिका ओली ओडारीले आफ्नो उम्मेदवारीमार्फत नेतृत्वमा महिलाको सहभागिता, समुदायभित्र समावेशी सोचको विस्तार, तथा पारदर्शी कार्यान्वयन मा जोड दिने स्पष्ट प्रतिबद्धता व्यक्त गरेकी छिन्। उनले समुदायका आवश्यकता बुझेका, व्यवहारिक र जनमुखी कार्यक्रमहरू अघि सार्ने बताएकी छन्।
उनका प्रमुख एजेन्डाहरू यस प्रकार छन्:
🔹 एनएसडब्ल्युका नेपालीहरूबीच एकता र सहकार्यको सुदृढीकरण
🔹 नेपाली भाषा, संस्कृति, र परम्परागत पहिचानको संरक्षण र प्रवर्द्धन
🔹 दूतावास तथा वाणिज्यदूतावाससँग प्रभावकारी समन्वय गरी पासपोर्ट, नागरिकता र अन्य कागजात सम्बन्धी सेवाहरूलाई सहज बनाउने
🔹 मानसिक स्वास्थ्य, पारिवारिक कल्याण, र महिला सशक्तिकरणमा लक्षित कार्यक्रमहरू सञ्चालन गर्ने
🔹 एनसीसी र आइसीसी मार्फत अष्ट्रेलियावासी नेपालीहरूको आवाज प्रभावकारी रूपमा नेपालमा पु¥याउने
🔹 महिला र युवाहरूप्रति लक्षित नेतृत्व विकास, संस्कृतिक कार्यक्रम, तथा क्षमता अभिवृद्धि कार्यक्रमहरूमा प्राथमिकता दिने
किन ‘Team Ekata’?
उनको भनाइमा,
“Team Ekata केवल एक निर्वाचन समूह होइन, यो त समुदाय परिवर्तनको अभियान हो। यहाँ एकता, पारदर्शिता, सहभागिता र निष्कलंक सेवाको भावना निहित छ। हामी समावेशी नेतृत्वमा विश्वास गर्छौं र सबै नेपालीलाई सँगै लिएर अघि बढ्न चाहन्छौं — जहाँ कुनै पनि व्यक्ति पछाडि नपरोस्।”
समुदायप्रतिको अपील
“नमस्ते! म तपाईंहरूको साथ, माया र विश्वासको गहिरो कदर गर्छु।
यदि तपाईं महिला नेतृत्व, समावेशी सोच, र व्यावहारिक समाधानहरू मा विश्वास गर्नुहुन्छ भने, म तपाईंलाई Team Ekata सँग उभिन हार्दिक निमन्त्रणा गर्दछु।
हाम्रो समुदायका हरेक आवाज सुनियोस्, प्रतिनिधित्व होस्, र समाधानमा परिणत होस् — यही मेरो सपना हो।
म तपाईंका लागि छु — तपाईंको परिवार, तपाईंको आशा र तपाईंको आवाजका लागि।”
🗳️ एनआरएनए अष्ट्रेलिया निर्वाचन मिति:
२६ जुलाई २०२५ (शनिवार)
Team EKATA NSW लाई आफ्नो अमूल्य मत दिँदै, सशक्त नेतृत्वको पक्षमा उभिऔं।
उषा किरण बरिया पोखरेल को नेतृत्वमा, Team Ekata NSW नेपाली समुदायको एकता, समावेशिता र समृद्धिको साझा यात्रामा अग्रसर छ।
🔖 सम्बद्ध टिम सदस्यहरू:
▪️ चण्डिका ओली ओडारी – उप-संयोजक उम्मेदवार
▪️ प्रताप पन्थी – सचिव
▪️ विजय घिमिरे – सह-सचिव
▪️ अनिल तामाङ – कोषाध्यक्ष
▪️ रमेश सिंह – युवा संयोजक
▪️ सनीता लामा – महिला संयोजक
▪️ अवनी पौडेल – एनसीसी सदस्य
▪️ प्रदीप कँडेल, विशाल रेग्मी, सुनिल श्रेष्ठ, प्रेम दहाल, लक्ष्मी क्षेत्री, विवेक ओझा !
प्रेम दाहाल : एनआरएनए NSW SCC सदस्य पदका उम्मेदवार
प्रेम दाहाल: अष्ट्रेलियाबाट एनआरएनए एससीसी सदस्य पदका उम्मेदवार
सिड्नी, अष्ट्रेलिया – आगामी गैरआवासीय नेपाली संघ (NRNA) न्यू साउथ वेल्स (NSW) २०२५–२७ कार्यकालका लागि एससीसी सदस्य पदमा डब्बो निवासी प्रेम दाहाल उम्मेदवारी लिएर प्रस्तुत भएका छन्। सिन्धुली, नेपाल स्थायी घर भई हाल अष्ट्रेलियाको डब्बोमा स्थायी रूपमा बसोबास गर्दै आएका दाहाल विगत आठ वर्षदेखि नेपाली समुदायमा सामाजिक सक्रियता, युवा नेतृत्व र व्यावसायिक विकासमा अग्रसर व्यक्तित्वका रूपमा चिनिँदै आएका छन्।
नेपालदेखि अष्ट्रेलियासम्मको प्रेरणादायी यात्रा
प्रेम दाहाल सन् २०१७ मा अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा अष्ट्रेलिया आएका थिए। उच्च शिक्षा, अन्तर्राष्ट्रिय exposure र स्वदेश तथा समुदायको भविष्य निर्माण गर्ने लक्ष्यसहित उनी अष्ट्रेलिया छिरेका थिए। हाल उनी McDonald’s Dubbo मा म्यानेजरको भूमिकामा कार्यरत छन्, जहाँ उनले नेतृत्व, सेवा क्षेत्रको अनुभव, र टीम निर्माणको सशक्त अभ्यास गर्दै आएका छन्।
उनको करियर यात्रा विविध छ — hospitality, construction, cleaning र खुद्रा व्यवसायमा अनुभव प्राप्त गरेका प्रेमले नेपालमा पनि आफ्नै व्यवसाय सञ्चालन गरेका थिए। शिक्षा क्षेत्रमा समेत गहिरो समझ भएका उनी विद्यार्थी र युवा पेशेवरहरूको समस्यालाई नजिकबाट बुझेका छन्।
सामाजिक सेवामा समर्पित नेतृत्व
सामाजिक कार्यप्रति विशेष रुचि राख्ने प्रेम दाहाल २००७ देखि नै नेपालमा विद्यार्थी आन्दोलन तथा शैक्षिक सुधार अभियानमा सक्रिय थिए। अष्ट्रेलिया आएपछि पनि सामाजिक सेवा प्रतिको प्रतिबद्धता निरन्तर रहँदै आएको छ।
सामाजिक संलग्नता:
सचिव, गोरखा यूथ क्लब, स्ट्राथफिल्ड (२०१७–२०२०)
सक्रिय सदस्य, Dubbo Nepalese Community Association (DNCA) — २०२१ देखि हालसम्म
यी भूमिकाहरूमा उनले सामुदायिक एकता, सांस्कृतिक कार्यक्रम, युवा सशक्तिकरण र अन्तरपुस्तीय संवादको माध्यमबाट नेपाली समुदायलाई थप नजिक ल्याउने कार्य गरेका छन्।
NRNA मार्फत आवाज बुलन्द गर्ने अठोट
एनआरएनए एउटा साझा मञ्च हो जसले प्रवासी नेपालीको हकहित, पहिचान र अवसरलाई प्रवर्द्धन गर्छ। प्रेम दाहालले SCC सदस्यका रूपमा आफूलाई प्रस्तुत गर्नुको कारण पनि यही हो — समुदायका आवाजहरू नीति निर्माण तहसम्म पुर्याउने, विद्यार्थी, कामदार, व्यवसायी र अभिभावकहरूको समस्या समाधान गर्न पहल गर्ने।
उनी भन्छन्:
“अब एनआरएनएको भविष्य निर्माण गर्ने समय हो। समुदायको विविध आवाजलाई समेटेर पारदर्शी नेतृत्व स्थापना गर्नु मेरो प्राथमिकता हो।”
किन टिम एकता?
दाहाल Team EKATA NSW को उम्मेदवारका रूपमा SCC पदमा उभिएका हुन्। उनी टिम एकताको मूल्य, विचार र विविध प्रतिनिधित्वप्रति आकर्षित छन्।
उनको भनाइमा:
“Team EKATA सहर र गाउँ सबै क्षेत्रका प्रतिनिधिहरूबाट बनेको समावेशी टिम हो। म यो टिमसँग सहकार्य गर्दै पारदर्शिता, युवाको सक्रियता, व्यवसायिक सञ्जाल र सामाजिक समृद्धिको पक्षमा काम गर्नेछु।”
समुदायप्रति अपिल
📌 “यदि म SCC सदस्यमा निर्वाचित भएँ भने, म NRNA मार्फत सम्पूर्ण समुदायका समस्या, सुझाव र आवश्यकतालाई जिम्मेवारीपूर्वक सम्बोधन गर्नेछु।
📌 म मेरो सामाजिक, सांस्कृतिक र पेशागत अनुभव प्रयोग गरी सबै वर्गको प्रतिनिधित्व गर्नेछु।
📌 तपाईंको अमूल्य मत र विश्वासले हामी एक सक्षम, उत्तरदायी र समावेशी एनआरएनए एनएसडब्लु निर्माण गर्न सँगै अगाडि बढ्न सक्छौं।”
🗳️ NRNA NSW निर्वाचन मिति: २६ जुलाई २०२५
✅ मत दिनुहोस् – Team EKATA
📌 उषा किरण बरिया पोखरेल नेतृत्वमा बनिरहेको यो टिम पारदर्शी, समावेशी र कार्यदक्षताको प्रतिक हो।
मेलबर्नका बिकाश सिलवाल : प्रवासी नेपाली समाजमा नेतृत्वदायी सामाजिक अभियन्ता
मेलबर्न निवासी बिकाश सिलवाल : प्रवासी नेपाली समाजमा नेतृत्वदायी सामाजिक अभियन्ता
मेलबर्न, अष्ट्रेलिया – चितवन, नेपालका स्थायी बासिन्दा बिकाश सिलवाल हाल अष्ट्रेलियाको भिक्टोरिया राज्यको राजधानी मेलबर्नमा स्थायी रूपमा बसोबास गर्दै आएका एक सक्रिय सामाजिक अभियन्ता तथा संस्थागत नेतृत्व क्षमता बोकेको व्यक्तित्व हुन्। लामो समयदेखि अष्ट्रेलियामा रहेर नेपाली समुदायको सशक्तिकरण, सामाजिक एकता, सांस्कृतिक जगेर्ना तथा नयाँ पुस्ताको सशक्त सहभागिताका लागि उहाँले पुर्याउँदै आएको योगदान उल्लेखनीय छ।
संस्थागत नेतृत्व र सक्रिय भूमिका
Royal Western Club को क्लब म्यानेजरको रूपमा बिकाश सिलवालले समुदायबीच आपसी सहयोग, सामाजिक समन्वय र सांस्कृतिक गतिशीलतालाई प्रभावकारी रूपमा अघि बढाउँदै आएका छन्। यस क्लबमार्फत उनले विशेषगरी नेपाली समुदायका लागि खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, बालबालिकामुखी क्रियाकलाप तथा महिला सशक्तिकरणसँग सम्बन्धित कार्यक्रमहरू आयोजना गर्दै मेलबर्नस्थित नेपाली समाजलाई एकसूत्रमा बाँध्ने प्रयास गरिरहेका छन्।
चितवन समाज अष्ट्रेलियाको कार्यकारी सदस्य (Executive Member) को भूमिकामा रहँदै उनले चितवन जिल्लाबाट अष्ट्रेलिया आएका नेपालीहरूलाई संगठित गर्दै समाजिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा उल्लेखनीय कार्यहरू अघि बढाएका छन्। चितवन समाजका माध्यमबाट उनले नेपाली परम्पराको संरक्षण मात्र होइन, आधुनिक युगअनुसार समाजको आवश्यकतालाई समेत सम्बोधन गर्दै आएका छन्।
प्रवासी नेपाली अधिकार र प्रतिनिधित्वको पैरवी
बिकाश सिलवाल हाल गैरआवासीय नेपाली संघ (NRNA) भिक्टोरिया राज्य समन्वय परिषद् (SCC) का सदस्य समेत हुन्। यस भूमिकामा रहँदा उनले प्रवासी नेपालीहरूका अधिकारको संरक्षण, नेपालप्रतिको उत्तरदायित्व, र अष्ट्रेलियास्थित नेपालीहरूको सामाजिक सुरक्षा तथा सशक्त सहभागिता सुनिश्चित गर्न पहल गर्दै आएका छन्। NRNA जस्तो विश्वव्यापी संगठनमा जिम्मेवारी सम्हाल्नु स्वयं उहाँको अन्तर्राष्ट्रिय सोच, नेपाली चासोप्रतिको प्रतिबद्धता र नेतृत्व क्षमताको प्रमाण हो।
नयाँ पुस्तामा नेतृत्व विकास र प्रेरणा
नयाँ पुस्तामा सक्रिय नेतृत्व विकास र सामाजिक चेतनाको प्रवर्द्धन गर्नको लागि बिकाश सिलवालले Overseas Nepali Youth Forum VIC (ONyF VIC) मा संयोजकको भूमिका सम्हाल्दै आएका छन्। उहाँको नेतृत्वमा ONyF VIC ले विभिन्न युवा–केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्दै युवा वर्गलाई जिम्मेवार नागरिक बनाउने, सामाजिक सरोकारप्रति सचेत बनाउने, र समुदायप्रतिको प्रतिबद्धता विकास गर्ने कार्य गरिरहेको छ। उनले युवाहरूलाई सामाजिक काममा सहभागी गराउने मात्र नभई, तिनलाई नेतृत्वदायी भूमिकामा अभ्यस्त गराउने उद्देश्यले विविध तालिम, वर्कशप, तथा अन्तरक्रिया कार्यक्रमहरूको आयोजना गर्दै आएका छन्।
समाजसेवामा समर्पित एक उदाहरणीय व्यक्तित्व
सामाजिक सेवा, मानवीय संवेदना र सामुदायिक एकताको पक्षमा सदैव अग्रसर रहने बिकाश सिलवाल प्रवासी नेपाली समाजमा एक प्रेरणादायी व्यक्तित्वका रूपमा स्थापित हुँदै गएका छन्। उहाँले अष्ट्रेलियामा रहेर पनि नेपालसँगको सम्बन्धलाई कहिल्यै टुट्न नदिइ, ‘जहाँ गए पनि नेपाली’ भन्ने पहिचानलाई जीवन्त राख्दै आएका छन्। उहाँको सक्रियता केवल संस्थागत तहमा सीमित छैन, व्यक्तिगत रूपमा पनि उहाँले विभिन्न अप्ठ्यारो परिस्थितिमा नेपालीहरूलाई सहयोग पुर्याउने, परामर्श दिने र समस्या समाधानका लागि पहल गर्ने कार्य गर्दै आउनुभएको छ।
सामाजिक नेतृत्व, पारदर्शी संस्था संचालन, युवा प्रेरणा, र समग्र नेपाली समाजको हितमा निस्वार्थ रूपमा समर्पित बिकाश सिलवाल जस्ता व्यक्ति प्रवासी समाजमा मात्र होइन, सम्पूर्ण नेपाली समुदायका लागि गौरवको विषय हुन्।
सानिताले महिला अधिकार र नेतृत्वमा सशक्त भूमिका निर्वाह गर्ने लक्ष्य
एनआरएनए एनएसडब्लु महिला संयोजक पदका लागि सानिता लामाको उम्मेदवारी घोषणा
सिड्नी, अष्ट्रेलिया – नेपाली समुदायमा महिला सशक्तिकरण र सामाजिक न्यायका लागि बलियो आवाज बनिरहेकी सानिता लामाले आगामी NRNA NSW 2025–27 को निर्वाचनमा राज्य महिला संयोजक पदका लागि उम्मेदवारी दिएकी छन्।
करिङफोर्ड, एनएसडब्लुमा परिवारसहित बसोबास गर्ने उनी सामाजिक अभियन्ता, समुदाय नेता, र घरेलु हिंसाबाट बचेकाकी सफल महिला रूपमा परिचित छिन्।
जीवन संघर्षदेखि महिला सशक्तिकरणको अभियन्ता सम्मको यात्रा
सानिताले घरेलु हिंसाको पीडा भोगेकी एक साहसी महिला हुन् जसले आफ्नो जीवनको कठिनतम अध्यायलाई जितेर आफूलाई पुनर्निर्माण गरेकी छन्। उनले आफ्नो आत्मबल र सहनशीलताले सबै बाधा पार गर्दै आफन्त र आमाबाबुका लागि मात्र होइन, त्यसैगरी ती महिलाहरूका लागि आवाज बन्ने निर्णय गरिन् जो अझै पीडामा छन्।
उनको जीवनकथा महिला सशक्तिकरण र संघर्षको प्रेरणादायक उदाहरण बनेको छ।
समुदाय सेवा र सांस्कृतिक नेतृत्वमा सक्रियता
सन् २०१५ देखि सानिता लामाले नेपाली समुदायमा विविध सामाजिक, सांस्कृतिक र स्वयम्सेवी कार्यहरूमा निरन्तर सेवा दिइरहेकी छन्।
उनका केही उल्लेखनीय योगदानहरू यसप्रकार छन्:
Mrs Oceania 2018 मा Mrs Congeniality अवार्ड विजेता
एनआरएनए SCC सदस्य (२०२१–२३)
नेपाल फेस्टिभल २०२२ (एनएसडब्लु) मा उपसंस्कृति संयोजक
NINFA (नेपाली इन्डिजिनस नेशनलिटिज फोरम अष्ट्रेलिया) को कार्यक्रम संयोजक
तमाङ सोसाइटी ऑफ NSW को सांस्कृतिक सचिव
सब्दमाला नेपाली भाषा विद्यालय, ग्रान्भिल मा तीन वर्षभन्दा बढी समयदेखि नृत्य शिक्षक, ५–१० वर्षका बालबालिकालाई नेपाली नृत्य र संस्कृतिको प्रशिक्षण दिँदै
उम्मेदवारीको उद्देश्य
सानिता लामाले राज्य महिला संयोजक पदमा उम्मेदवारी दिंदै आफ्नो उद्देश्यहरू यसप्रकार राखेकी छिन्:
घरेलु हिंसाका पीडित महिलाहरूका लागि बलियो आवाज बन्न
संघर्ष गरिरहेका महिलाहरूलाई प्रोत्साहित र सहयोग गर्न
आगामी पुस्ताका महिला नेताहरूलाई सशक्त बनाउन
समावेशी एनआरएनए निर्माण जसमा महिला अधिकार र आवाजलाई समान महत्व दिइन्छ
टीम एकताको साथसाथै बलियो एकता र समानताको पक्षमा
सानिताले आफूलाई Team EKATA को हिस्सा मान्नुको कारण यस समूहले ‘साँचो एकता र समानता’ को मूल्य बोकेको हो।
यहाँ महिला–पुरुष सँगसँगै मिलेर समुदायको सेवा इमानदारी र समर्पणसाथ गरिन्छ।
उनले भनेकी छन्,
“म Team EKATA मार्फत महिलाहरूका लागि सशक्त आवाज बन्ने छु, जसले डर र समस्यामा रहेका महिलाहरुलाई आशा र सहारा दिनेछ।”
सानिताको समुदायका लागि सन्देश
“म एक महिला, एक आमा, र घरेलु हिंसाबाट बाँच्न सफल अभियन्ता हुँ। सङ्घर्ष र पीडाबाट उठेर म यहाँ छु अरू महिलाहरूको लागि प्रेरणा बन्न। हाम्रो समुदायमा कुनै महिला एक्लो महसुस नगरोस्, सबैलाई साथ र समर्थन होस्। हामी मिलेर समान अधिकारसहितको न्यायपूर्ण समाज बनाउनेछौं।”
निर्वाचन विवरण
🗓️ निर्वाचन मिति: २६ जुलाई, २०२५
🗳️ पद: एनआरएनए NSW राज्य महिला संयोजक
🇳🇵 उम्मेदवार: सानिता लामा
नेपालेली समुदायमा महिला अधिकार र नेतृत्वलाई नयाँ उचाइमा पुर्याउने प्रयासमा सानिता लामाको उम्मेदवारीले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
एनआरएनए एनएसडब्लु को-अर्डिनेटरमा रोशन भट्टराईको उम्मेदवारी: अनुभव, सेवा र नेतृत्वको संयोजन
एनआरएनए एनएसडब्लु स्टेट कोअर्डिनेटरमा रोशन भट्टराईको उम्मेदवारी: अनुभव, सेवा र नेतृत्वको संयोजन
एनआरएनए एनएसडब्लु स्टेट कोअर्डिनेटर पदमा रोशन भट्टराईको उम्मेदवारी घोषणा
सिड्नी, अष्ट्रेलिया – अष्ट्रेलियामा नेपाली समुदायको सशक्त आवाज र नेतृत्वका रूपमा परिचित रोशन भट्टराईले आगामी गैर–आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया 2025–27 को निर्वाचनमा NSW State Coordinator पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
उनी निकट भविष्यमा पूर्ण रूपमा सक्षम, समावेशी र अनुभवी टिमको औपचारिक घोषणा गर्ने तयारीमा छन्।
उम्मेदवारीको घोषणा गर्दै उनले भने,
“म लामो समयदेखि अष्ट्रेलियामा बसेर नेपाली समुदायको हकहितमा काम गरिरहेको छु। अहिले समय आएको छ — त्यो अनुभव र सीपलाई संस्थागत नेतृत्वमार्फत अगाडि ल्याउने। मैले नेतृत्व गर्न खोजेको टिम विश्वासमा आधारित छ, कार्यमा केन्द्रित छ, र समुदायप्रति निष्ठावान छ।”
🎤 सांगीतिक तथा सांस्कृतिक क्षेत्रमा दशकभन्दा बढी अनुभव
रोशन भट्टराई सन् २०१४ देखि नै इभेन्ट म्यानेजमेन्ट क्षेत्रमा सक्रिय छन्।
उनको नेतृत्वमा नेपालका चर्चित ब्यान्ड १९७४ AD, गायन प्रतिभाहरू नीतेश जंग कुँवर, सुजन चापागाईं, र सज्जनराज वैद्यका अष्ट्रेलियाभरिका कार्यक्रमहरू व्यवस्थापन र सञ्चालन भएका छन्।
यी कार्यक्रमहरू अष्ट्रेलियामा रहेका नेपालीहरूबीच सांस्कृतिक पहिचान जोगाउने, सञ्जाल विस्तार गर्ने, र समुदायलाई एकत्रित गर्ने माध्यम बनेका छन्।
🎬 चलचित्र वितरणदेखि निर्माणसम्मको प्रभावशाली यात्रा
भट्टराईले सन् २०१५ देखि अष्ट्रेलियामा नेपाली चलचित्र वितरणको जिम्मेवारी लिँदै आएका छन्।
उनको प्रयासमा कबड्डी कबड्डी, लुट २, जत्रै जात्रा, महाजात्रा जस्ता लोकप्रिय नेपाली चलचित्रहरू अष्ट्रेलियामा प्रदर्शन भएका थिए।
यतिबेला उनी दुई वटा नेपाली चलचित्रको निर्माणमा पनि जुटेका छन्, जसले अष्ट्रेलिया र नेपालबीचको सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास लिएको छ।
🎓 शिक्षा तथा करियर परामर्श सेवामा अग्रसर
२०१६ देखि भट्टराई शिक्षा र करियर परामर्श क्षेत्रमा पनि सक्रिय छन्।
उनले अष्ट्रेलियामा आउने नयाँ नेपाली विद्यार्थीहरूलाई पढाइको छनोट, भिसा मार्गदर्शन, रोजगारी योजना लगायतका विषयमा परामर्श दिँदै आएका छन्।
विगतको दशकमा सयौं विद्यार्थीहरूको सफल करियर निर्माणमा उनको भूमिका उल्लेखनीय रहँदै आएको छ।
🤝 परोपकारी कार्यमा समर्पित सामाजिक अभियानी
सन् २०१५ मा Yes Humanity नामक परोपकारी संस्थाको सचिवका रूपमा भट्टराईले नेपालमा महाभूकम्पपछिको पुनःनिर्माण र राहतमा उल्लेखनीय योगदान दिएका थिए।
उनको नेतृत्वमा अष्ट्रेलियाबाट राहत सामग्री र स्वयंसेवक टिम नेपाल पठाइएको थियो।
त्यस्तै, गृहविहीन बालबालिकाका लागि खाद्य, लत्ता र आश्रय व्यवस्थापनमा पनि उनले अग्रसरता देखाएका थिए।
हाल उनी कर्णाली क्षेत्रका पिछडिएका समुदायहरूलाई लक्षित गर्दै नयाँ परोपकारी परियोजनाको तयारीमा छन्, जसअन्तर्गत स्वास्थ्य, शिक्षा, पोषण लगायतका क्षेत्रमा सहयोग पुर्याइनेछ।
🗳️ समुदायप्रति अपिल
उम्मेदवारी घोषणा गर्दै रोशन भट्टराईले सबै नेपाली समुदायलाई सम्बोधन गर्दै भनेका छन्:
“नमस्कार। म, रोशन भट्टराई, आगामी NRNA अष्ट्रेलिया निर्वाचन 2025–27 का लागि NSW State Coordinator पदमा मेरो उमेद्वारी दिने निर्णय गरेको छु। मेरो अनुभव, तपाईँको विश्वास, र हाम्रो साझा दृष्टिकोण मिलाएर हामी एनआरएनएलाई अझ सक्षम, जवाफदेही र समावेशी बनाउन सक्छौं। छिट्टै म मेरो टिमको औपचारिक घोषणा गर्नेछु। तपाईंहरूको विश्वास, सुझाव र समर्थनको अपेक्षा गर्दछु।”
🗓️ निर्वाचन विवरण
📅 निर्वाचन मिति: २६ जुलाई, २०२५
🗳️ पद: एनएसडब्लु स्टेट कोअर्डिनेटर
🇳🇵 उम्मेदवार: रोशन भट्टराई
ताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा