२०८३ असार ६ शनिबार

दाङमा गंगा चौधरीको जमानत जफत !!

१३ मंसिर २०७९, मंगलवार

वीरगंज । नेकपा एमालेबाट विद्रोह गरेर उम्मेदवार दिएकी गंगा चौधरीको जमानत जफत भएको छ । दाङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा ‘हाम्रो नेपाली पार्टी’बाट उम्मेदवारी दिएकी चौधरीले १० प्रतिशत पनि मत ल्याउँन नसकेपछि धेरौटी जफत भएको हो । उनले १ हजार ९२ मत प्राप्त गरेकी छन् ।

निर्वाचनमा १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था अनुसार चौधरीको जमानत जफत भएको हो । नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यको आकांक्षी चौधरीलाई टिकट नदिएर शान्ता चौधरीलाई दिएको थियो । त्यसपछि उनले एमाले परित्याग गरी ‘हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएकी थिइन् ।

दाङमा प्रतिनिधिसभाका र प्रदेशसभाका गरी ६५ जनाको धरौती जफत भएको छ । तीन वटा प्रतिनिधि सभा र ६ वटा प्रदेश सभामा गरी उम्मेदवारी दिएका ८९ जना उम्मेदवारमध्ये ६४ जनाको धरौती जफत भएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए ।

गायक प्रकाश दुतराजको सिड्नि कार्यक्रम भब्य रुपमा सम्पन्न ।

प्रकाश दुतराजको सिड्नि कार्यक्रम भब्य रुपमा सम्पन्न ।

पछिल्लो पटक युवा माझ अत्यन्त रुचाईएका तथा प्रख्यात गायक प्रकाश दुतराजको अष्ट्रेलिया स्थित सिड्निमा कन्सर्ट भब्य रुपमा सम्पन्न भएको छ सिड्निको ग्रानभिल स्थित हिमालयन प्यालेसमा भएको उक्त कार्यक्रममा प्रकाश संगै लोक गायिका भुमिका गिरी चर्चित मोडल अन्जलि अधिकारी साथै स्थानिय कलाकार निशा केसि, रोजन खत्री, बृन्दा पुन, मिना लामा, रामहरी आचार्य, दिब्सि भट्ट को प्रस्तुति संगै अष्ट्रेलियामा जन्मेर हुर्कदै गरेका दोश्रो पुस्ताका बालबालिकाको कल्चरल प्रस्तुति समेत रहेको थियो ।


ह्याप्पि ईन्टरटेन्मेन्टको आयोजनामा भएको उत्त कार्यक्रमलाई Rest Real Estate ले मुख्य प्रायोजन रहेको थियो भने कार्यक्रममा गोल्डेन स्पोन्सर Swift Jobs , Silver Sponsor Encourage Training College, Education पार्टनरमा Destination Education & Visa Services, कलेज पार्टनरमा International Institute of Education,
Travel Partner मा Kathmandu Travel , Telecom Partner मा Expert Telecom रहेको थियो साथै Innovation Group, Boos education, Domino’s Liverpool , Imperior Conveyancing , Pacific college सपोर्टरको रुपमा रहेका थिए । कार्यक्रमको हस्पिटालिटि पार्टनरको रुपमा मोक्ष र ठेला रहेका थिए ।


जेनी अ मात्यले संचालन गरेको उक्त कार्यक्रममा युवा देखि अबिभाबक सबै जना प्रकाश अंजलि र भुमिकाको प्रस्तुतिमा झुमेका थिए ।


पछिल्लो पटक एक पछि अर्को चर्चित गित नेपालि सांगितिक बजारमा दिदै गरेका प्रकाश दुतराज को अष्ट्रेलिया कार्यक्रम लगत्तै युरोप लगायत बिश्वको अन्य देशमा कार्यक्रमको तयारी भएको जानकारी ह्याप्पि ईन्टरटेन्टमेन्टका डाईरेक्टर तथा युवा समाजसेवी सन्तोष आचार्यले बिश्वपाटीलाई जानकारी दिए ।

नेकपा एमाले कास्कीद्वारा धन्यवाद ज्ञापन ।

नेकपा एमाले कास्की जिल्ला कमिटीद्वारा गत सम्पन्न प्रदेश सभा र प्रतिनिधिसभा मा नेकपा एमाले बाट उम्मेदवार रहेका सबै उम्मेदवारहरू लाई आफ्नो अमुल्य भोट प्रदान गरी कुल ९ सिट संख्यामा ७ नेकपा एमालेले बिजयी हासिल गरेको थियो उक्त निर्वाचन पश्चात नेकपा एमाले ज़िला कमिटी कास्कीका कार्यवाहक अध्यक्ष तथा निर्वाचन परिचालन कमिटीका संयोजक तेजनारायण अधिकारी द्वारा मतदाता हरू समक्ष धन्यवाद ज्ञापन बिज्ञप्ति व्यक्त गरेका छन ।

हार्दिक आभार एवं धन्यवाद।

आदरणीय आमा बुवा, दिदिबहिनी दाजुभाइ एवं सम्पूर्ण कस्केली मतदाताहरु लगायत पार्टीका नेता र कार्यकर्ता, समर्थक एवं शुभेच्छुकहरुमा सर्वप्रथम हार्दिक अभिवादन व्यक्त गर्दछु ।

यही मंसिर ४ गते, कास्की जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाको  निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। निर्बाचनको प्राप्त परिणाम अनुसार यस जिल्लामा सत्तारुढ गठबन्धनको हरेक खालको तिकडम, राज्य सत्ताको दुरुपयोग समेतलाई परास्त गर्दै नेकपा एमालेका सूर्य ध्वजा बाहक उम्मेदवारहरुमा प्रतिनिधि सभा क्षेत्र नं १ बाट कमरेड मन बहादुर गुरुङ्ग, क्षेत्र नं २ बाट कमरेड विद्या भट्टराई अधिकारी, क्षेत्र नं ३ बाट कमरेड दामोदर पौडेल बैरागी, प्रदेश सभा १(१) बाट कमरेड खगराज अधिकारी र १(२) बाट कमरेड बेद बहादुर गुरुङ्ग(श्याम), २(१) बाट कमरेड भिम बहादुर कार्की र ३(१) बाट कमरेड गणेश मान गुरुङ्गले अत्याधिक मत ल्याई विजयी हुनुभएको छ। विजयी प्रतिनिधि सभा सदस्य एव प्रदेश सभा सदस्य कमरेडहरुलाई हार्दिक बधाई एवं सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौ।

कास्की जिल्लामा प्रतिनिधि सभाको ३ वटा निर्वाचन क्षेत्र र प्रदेश सभाको ६ वटा निर्वाचन क्षेत्रमा सूर्य ध्वजा वाहक उम्मेदवारहरुलाई विजयी गराउन सिङ्गो पार्टी पंक्ती प्रभावकारी रुपमा क्रियाशील र परिचालित रहदा रहदै पनि प्रदेश सभा क्षेत्र नं २(२) र ३(२) मा अपेक्षाकृत मत परिणाम प्राप्त गर्न नसकेता पनि आदरणीय कस्केली मतदाताहरुको अपार माया ममता र विश्वास  नेकपा (एमाले)  प्रति रहेकै कारण प्रतिनिधि सभाको तिन वटा निर्वाचन क्षेत्र र प्रदेश सभाको ६ वटा निर्वाचन क्षेत्रमा पार्टीले लोकप्रिय मत प्राप्त गरेको छ। कास्की जिल्लामा नेकपा (एमाले) पहिलो पार्टी वन्न पुगेको छ। कस्केली जनताको माया ममता र मतदाताहरुको पुर्ण विश्वास नेकपा (एमाले) प्रति रहेको पुन: प्रमाणित भएको छ।
नेकपा (एमाले)का सूर्य ध्वजा बाहक उम्मेदवारहरुलाई
अत्याधिक मत दिइ विजयी गराउने आदरणीय मतदाता एवं जनसमुदायमा हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछौ ।

निर्वाचनमा दिन रात नभनी अहोरात्र खटनु हुने पार्टीका नेता र कार्यकर्ताहरु, निर्बाचन सम्पन्न गर्न सहयोग गर्ने निर्बाचन  आयोग, मतदानमा  खटिनु  भएका  सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, संचार माध्यम लगायत सम्पूर्णमा नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी कास्की एवं सिङ्गो पार्टी पंक्तीको तर्फवाट हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछौ ।

साथै प्रतिनिधि सभा र प्रदेश सभाको यस निर्वाचनमा जनताले  दिएको  मतादेशले  राष्ट्रियता,  स्वाधीनता, लोकतन्त्र र देशको समृद्धिका खातिर सिङ्गो एमाले पंक्तीलाई अझै प्रतिबद्ध भएर अगाडि बढ्ने प्रेरणा मिलेको छ। धन्यवाद,
हार्दिक अभिवादन सहित,

तेजनारायण अधिकारी
कार्यबाहक अध्यक्ष तथा संयोजक
नेकपा (एमाले ) निर्वाचन परिचालन कमिटी
कास्की।

हिजाब नलगाएकी महिलालाई सेवा दिने बैंकका प्रबन्धक बर्खास्त l

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार हिजाब नलगाई आएकी एक महिलालाई सेवा दिएपछि बैंकका एक कर्मचारीलाई जागिरबाट बर्खास्त गरिएको छ । इरानमा अनिवार्य हिजाबको विरोधमा भएको प्रदर्शनले देशलाई हल्लाएको बेला सरकारले यो कारबाही गरेको हो ।


रिपोर्टका अनुसार तेहरान नजिकको कोम प्रान्तमा रहेको यस बैंकका प्रबन्धकलाई प्रान्तीय गभर्नरको आदेशमा बर्खास्त गरिएको थियो। इरानमा गत सेप्टेम्बरमा २२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा कुटपिटपछि  मृत्यु भएको थियो।


हिजाब नलगाएको भन्दै अमिनीलाई नैतिक प्रहरीले पक्राउ गरेको थियो । अमिनीको मृत्युपछि इरानमा हिजाब र सरकारविरुद्ध प्रदर्शन जारी छ।

‘धाँधली भयो, कांग्रेसभित्रका मण्डले र द्रव्यपिशाचले अन्तर्घात गरे’

नेकपा एकीकृत समाजवादीका ‘सम्मानित नेता’ झलनाथ खनाल इलाम १ को चुनावी पराजयबीच मत गणना बहिष्कार गरेर काठमाडौं फर्कँदै छन् ।

उनले सत्ता गठबन्धन, कांग्रेस, निर्वाचन आयोग आदि उपर गम्भीर प्रश्न उठाएका छन् । खनालसँग अनलाइनखबरका बसन्त बस्नेतले गरेको संक्षिप्त फोन वार्ता :

तपाईंले मत गणना प्रक्रियाको किन विरोध गर्नुभएको ?

इलाम १ को गणनामा सुरुदेखि नै रहस्यमय र धाँधलीपूर्ण गतिविधि भए । मतगणना अधिकृतले एकैपटक विभिन्न पालिकाका ३२ वटा बाकस घोप्ट्याउन लगाएछन् । त्यो अवैज्ञानिक थियो । किन यसो गरेछन् भनेर मैले कारण खोजें । पाँच सय मत गायब पारेछन् ।

त्यसपछि यहाँभित्र अनियमितता छ भन्ने प्रष्ट भएपछि गन्ने प्रक्रियामा कमजोरी भएको थाहा भयो । मेथर्ड बेठिक छ, कर्मचारीमाथि पनि आशंका भो । सबै आँकडा ठिक हुँदाहुँदै पनि मत कसरी गायब भयो ? यसको जवाफ नपाउँदासम्म हामी गणनामा सहभागी हुँदैनौं भनेका हौं ।

त्यसपछि बसेको सर्वदलीय बैठकले निचोड निकालेपछि कुरा मिलिसकेको थियो होइन ?

त्यो बैठकमा हामीले किन अनियमितता भयो भनेर सोध्यौं । एमालेकै मान्छेहरु पनि हतप्रभ भए । कसैले जवाफ दिन सकेनन् । मैले निर्वाचन आयोग र सम्बन्धित अधिकृतसँग कुरा गरें । उहाँहरुले यहाँ केही मत गायब भएको होला, तर त्यो मत अर्को कुनै बाकसमा हुन सक्छ भन्न थाल्नुभयो । एउटा बाकसमा खसालेको मत अर्को बाकसमा कसरी भेटिन सक्छ ? यस्तो कुरा गर्ने ? त्यो आफैंमा अनियमितता भएन भन्ने कुरा मैले राखें । यति हुँदाहुँदै गणना जारी राख्ने हो भने प्रक्रियामा हाम्रो सहमति हुँदैन भनेको हुँ ।

निर्वाचन आयोगलाई तपाईंले के भन्नुभयो ?

मैले यही धाँधलीबारे कुरा राखें । आयोगले पनि कुनै जवाफ दिन सकेन । अर्को बुथ गणना गर्ने बेला कर्मचारी फेरिए । वडाहरुको गन्न थाले पनि पहिले नै काम तमाम गरिसकेछन् । ३६६ मत बढी देखियो । मैले यो कुरा राख्दा उनीहरु भन्छन्, बाकसमा जति मत देखियो त्यति नै सदर हुन्छ । यो त अनियमितता भयो, धाँधली भयो भनेर मैले आफू निस्केर गएँ ।

अब तपाईं के गर्नुहुन्छ ?

म अब अदालत जान्छु । आफ्नो कुरा त्यहीँ राख्छु ।

तपाईँले निर्वाचन आयोगमाथि किन शंका गर्नुभएको ?

यसले बिलकुलै यान्त्रिक र प्राविधिक कुरामात्रै गर्‍यो, जुन मलाई चित्त बुझेन ।

निर्वाचन आयोगको काम नै प्राविधिक काम मात्रै गर्ने होइन र ?

होइन, विवाद भइसकेपछि यसले राजनीतिक समाधान पनि खोज्नुपर्छ । त्यसपछि मात्रे आयोगले अगाडि बढ्ने हो । गठबन्धनको बैठकले पनि पुनः मतदान हुनुपर्छ भनेर माग गरेको छ । आयोगले त्यसलाई ध्यान नै दिएन । मैले पत्रकार सम्मेलनमा पनि यो कुरा राखेको छु ।

तपाईं सत्ता गठबन्धनमा हुनुहुन्छ । सरकारकै पक्षबाट धाँधली भयो भन्न मिल्छ ?

किन मिल्दैन ? सरकारले शान्ति सुरक्षा लगायत प्राविधिक पक्ष मिलाइदिने मात्रै हो । सरकारले धाँधली गर्ने सम्भावना नै हुँदैन । बाँकी सम्पूर्ण काम त निर्वाचन आयोगले नै गरेको हो । इलामका बुथहरुमा जे खटनपटन भयो, त्यो त सरकारलाई थाहा पनि छैन । यसमा मिस्लिड गरियो कि गरिएन भनेर बुझ्दै जाँदा धेरैजसो बुथहरुमा एमालेको सेटिङ रहेछ । बुथदेखि नै धाँधली हुँदै आएछ । यो प्रष्ट छ ।

झन्डै ३ हजारको अन्तरले हार्नुलाई कसरी बुझ्ने ? जनादेश तपाईंको पक्षमा रहेछ त ?

यो अनियमितता नै एउटा फ्याक्टर हो । अर्को फ्याक्टर चैं गठबन्धन घटकभित्र मण्डले र द्रव्यपिशाच प्रवृत्तिका आत्मघाती र गैरजिम्मेवार तत्वहरु हुन् । तिनले अन्तर्घात गरे ।

कांग्रेसलाई भन्नुभएको हो ?

कांग्रेसभित्र छन् त्यस्ता अन्तर्घाती । एउटा पक्षले सुरुदेखि अन्तिमसम्म सघायो । उहाँहरुलाई मुरी मुरी धन्यवाद । तर अर्को सेक्सन् अन्तर्घातमा लाग्यो । मतदानमा त्यो देखियो । त्यो अन्तर्घातका बाबजुद हामी अघि बढ्दै थियौं । तर अलिकति पुगेन । किनभने एक हजार मत अन्तर्घात हुँदा दुई हजारको ग्याप हुन्छ ।

तपाईं पूर्वप्रधानमन्त्री भइसकेको, पार्टी प्रमुख भइसकेको नेताले पराजय स्वीकार गर्न नसकेको देखिँदैन र ?

इलाम १ का मतदाता, सबै नागरिकलाई म धन्यवाद दिन्छु । चुनावमा हारजीत हुन सक्छ । मजस्तो मान्छेलाई हारले फरक पार्दैन । संसदमा उभिएर बोल्न नपाइने मात्रै त हो । यस्ता कुनै पनि नतिजाले मेरो राजनीतिक हैसियतलाई फरक पार्दैन ।

जित्ने उम्मेदवारलाई बधाई दिनुभयो ?

महेश बस्नेतलाई मेरो बधाई नै छ । उनले जितुन् । तर निर्वाचनको प्रक्रिया भनेको विधिसम्मत कानुनसम्मत हुनुपर्छ । त्यसमा धाँधली षड्यन्त्र अनियमितता हुनुहुँदैन । बाकसमा जनताले हालेका मत कसले गायब ग¥यो । जनताले हाल्दै नहालेका मत कसले हाल्यो ? प्रश्न यो मात्रै हो ।

तपाईंले महेश बस्नेतलाई फोन गरेर बधाई दिनुभयो ?

म अहिले बाटोमा छु । काठमाडौं पुगेपछि म त्यसबारेमा विचार गरौंला ।

तर तपाईंले बधाई नदिने सम्भावना पनि छ ?

अँ, त्यो सम्भावना पनि छ । किनभने मैले प्रक्रियामा प्रश्न उठाएर छाडी हिँडेको हुँ । अदालतको फैसला आएपछि बधाई दिनेबारे निर्णय हुन सक्छ ।

कांग्रेससँग अब सहकार्य हुन्छ ?

इलामको एउटा पक्ष त लोकतन्त्र, संविधानकै पक्षमा छ । अर्को पक्ष चाहिँ सडेर गलेर खतम भइसकेको रहेछ । यस्तै हो भने कांग्रेसको भविष्य के हुन्छ ? कांग्रेसले भविष्य बनाउने हो भने बोरामा एउटामात्रै आलु सडेको छ भने मिल्काउनुपर्छ ।

तपाईंले देउवा कांग्रेसलाई भन्नुभएको कि इतर कांग्रेसलाई भन्नुभएको ?

मैले दुवैलाई भनेको होइन । इलामका केही कांग्रेसलाई मात्रै भनेको हो । मण्डले र द्रव्यपिशाच चरित्र भएका छन् तिनीहरु ।

अब यस्तो परिस्थितिमा सत्ता गठबन्धनको भविष्य के हुन्छ ?

सत्ता गठबन्धनमा भएका सबैलाई म धन्यवाद दिन्छु । आगामी दिनको परिस्थितिबारे गहिरो विश्लेषण गरेपछि भन्न सकिन्छ ।

नयाँ गठबन्धन पनि बन्न सक्छ ?

नयाँ संसद बनेको छ । कसैको बहुमत छैन । त्यसैले गठबन्धन बन्नु अनिवार्य छ । विभिन्न खालका गठबन्धन बन्ने सम्भावना देखिँदैछन् । नयाँ पार्टीहरु पनि आएका छन् । उनीहरु देशलाई कसरी अगाडि बढाउँछन् हेरौं न ।

एमालेसँग मिल्ने सम्भावना पनि छ ?

सम्भावना भनेको अनन्त हुन्छ । ती सम्भावनाबारे अध्ययन गर्नुपर्छ । चारदलीय गठबन्धन जारी नै छ । हामी यहाँभित्र छलफल गर्छौं । अझ उन्नत ढंगले अगाडि लैजानेबारे कुरा गर्र्छाैं ।

तपाईं अब राष्ट्रपतिको दौडमा हुनुहुन्छ कि छाड्नुभयो ?

यसबारे केही सोचेको छैन । मुलुकलाई रुपान्तरण गर्ने सही एजेन्डाहरु के के हुनसक्छन् भन्नेबारे छलफल गर्छौं । संख्या पुर्याउने, पद बाँड्ने मात्रै कुरा गरेर गठबन्धन टिकाउन सकिँदैन ।

तपाईंले भनेजस्तो मुलुकलाई रुपान्तरण गर्ने एजेन्डामा सहमति भयो भने राष्ट्रपति पदमा उम्मेदवारी दिनुहुन्छ ?

अँ, त्यस्तो परिस्थिति आएछ भने सोचौंला । पहिले त गठबन्धनभित्रै खुला छलफल हुनुपर्छ ।

  •  अनलाइनखबर

रोनाल्डोले बनाए रेकर्ड ५ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी

८ मंसिर, काठमाडौं । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो पाँच फरक विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

कतारमा जारी फिफा विश्वकप अन्तर्गत अहिले भइरहेको घानाविरुद्धको खेलमा गोल गर्दै रोनाल्डोले उक्त कीर्तिमान बनाएका हुन् ।

रोनाल्डोले दोस्रो हाफमा पेनाल्टी गोल गर्दै घानाविरुद्ध पोर्गुललाई अग्रता दिलाएका छन् । सन् २००६ मा पहिलो पटक विश्वकप खेलेका रोनाल्डोले त्यसयता हरेक विश्वकप खेल्दै गोल समेत गरेका छन् ।

उनले २००६, २०१० र २०१४ को विश्वकपमा १-१ गोल गरेका थिए भने २०१८ को विश्वकपमा ४ गोल गरेका थिए । विश्वकपमा रोनाल्डोको कूल गोलसंख्या ८ पुगेको छ ।

सचिव भट्टराई प्रतिनिधि सभा सदस्य निर्वाचित!!

काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराई ताप्लेजुङ जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
सचिव भट्टराईले २१ हजार ९४३ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाथोकीले २१ हजार ७३८ मत प्राप्त गर्नुभएको छ ।
सचिव भट्टराई २०७४ सालको निर्वाचनमा पनि ताप्लेजुङबाटै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

एमाले अध्यक्ष ओली नयाँ किर्तीमानसहित झापा-५ बाट निर्वाचित !!

झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सत्ता गठबन्धनका उम्मेदवारलाई निकै ठूलो मतान्तरमा पराजीत गर्दै झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

अध्यक्ष ओलीले सत्ता गठबन्धनका उम्मेदवारलाई २८ हजार भन्दा बढी मतले पछि पार्दै झापा ५ बाट निर्वाचित हुनुभएको हो । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार एमाले अध्यक्ष ओलीले ५२ हजार ३१५ मत प्राप्त गर्नुभएको छ ।

उहाँसँग प्रतिस्पर्धा गर्नुभएका सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले २३ हजार ७४१ मत मात्र पाउनु भएको छ । ओलीले पाउनु भएको मत अधिकारीले पाउनु भएको मत भन्दा २८ हजार ५७४ बढी हो ।.

ओलीले प्राप्त गर्नुभएको मत यो निर्वाचनमा अहिलेसम्म सवैभन्दा बढी हो । २०४८ सालदेखि सोही क्षेत्रबाट चुनावमा प्रतिस्पर्धा गर्दै आउनुभएका पूर्वप्रधानमन्त्री ओली २०६४ सालको संबिधानसभा निर्वाचनबाहेक सवै निर्वाचनमा बिजयी बन्दै आउनु भएको छ ।

एनएसडब्लू नेप्लीज गल्फ टिमद्वारा गल्फ लिग आयोजना ।

एनएसडब्लू नेप्लीज गल्फ टिमद्वारा गल्फ लिग आयोजना ।

संसार मा रोचक अनी महँगो खेलको रुपमा चिनीने खेल गल्फ खेल यति बेला संसार भर खेलिने क्रम बढ़दो रूपमा रहेको छ । यो संगै अष्ट्रेलियाको सिडनीमा रहेका नेपाली गल्फ़ खेलाडीहरूको संगठन सस्था एनएसडब्लू नेपालीज गल्फर टिमले गल्फ लिगको आयोजना गर्ने भएको छ।

प्रत्येक वर्षमा च्यारीटी गल्फ गर्दै आएको यस संस्थाले यस वर्षमा लिगको पहीलो खेल यही आऊदो नोभेम्बर 27, आईतबार को दिन , फक्स हील गल्फ क्लब, 55 Fox Hills Crescent, Prospect, Sydney, NSW, Australia 2148 मा बिहान ६ः३० बजे शुरू हुने उक्त लिगको कोर्डिनेटर सुदीप बास्तोलाले बिश्वपाटीलाई बताएका छन।

उक्त लिग हरेक महिना मा एक खेल हुने र लिगको फाईनल भने आठ महीनामा हुने र उक्त लिगको मुख्य प्रायोजक को रूपमा सिडनीको एक प्रख्यात कलेज Crown Institute Of Business and Technology ले गर्ने भएको छ ।

आफ्नो ब्यस्त जिवन का बाबजुद पनि नेपाली समुदायमा हुन लागेको उक्त गल्फ लिगमा खेल्न पाऊदा सार्है खुशी र खेल्न आतुर समेत रहेका यस लिगका एक खेलाडी तथा युवा समाजसेवी दिपक पहारी बताऊछन साथै खेलमा केवल मनोरंजन मात्र नभई स्वस्थ रहने कुरा जोड़ीएको समेत हुदा पनी यस क्षेत्रमा युवाहरू अनी खेलाडीहरू को आकर्षण बढ्नु को मुख्य कारण रहेको कुरा बताए ।

उक्त लीग खेलको Registration fee भने Green fee plus $10 हुने र Stableford Format मा संचालन हुने  साथै पुरस्कारको रुपमा Winner, Runner up, Longest Drive, Nearest to the pin पनि हुने आयोजकले जनाएको छ संगै खेलमा अष्ट्रेलियाको नियम बमोजिम खेलाईने बताईएको छ ।

खेलमा सहभागी तथा अन्य जानकारीको लागी सुदीप 0430110309 र प्रणब 0420510148 संग समन्वय गर्न सकीने आयोजकले बताएको छ ।

चितवनमा चुनाव बिथोल्ने प्रयास, गोली चल्यो !

विप्लव नेतृत्वको नेकपा माओवादीले चितवनमा निर्वाचन बिथोल्ने प्रयास गरेको छ।

चितवन क्षेत्र नम्बर-१ राप्ती-८ स्थित ब्रम्हस्थानी आधारभूत विद्यालयको मतदान केन्द्रमा उक्त पार्टीका कार्यकर्ताले निर्वाचन बिथोल्ने प्रयास गरेका हुन्।

१५-२० जनाको समूहमा रहेको समूहले निर्वाचन बिथोल्न खोजेपछि एक राउण्ड हवाई फायर गरिएको चितवन प्रहरीका प्रवक्ता डिएसपी विजयराज पंडितले बताए।

हवाई फायरपछि उनीहरू भागेको र खोजी कार्य भइरहेको डिएसपी पण्डितले बताए।

अहिले भने मतदान पुन: सुरू भएको छ।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय