२०८३ असार ६ शनिबार

प्रदेश सरकारहरुको अंकगणित। -अर्जुन श्रेष्ठ

प्रदेश सरकारहरुको अंकगणित।

प्रदेश–१ को सबैभन्दा ठूलो दल एमालेलाई सरकार बनाउन ७ सिट अभाव थियो । तर माओवादी केन्द्रसँग १३ सिट भएकाले सजिलै सरकार बन्नेछ । ९३ सदस्यीय प्रदेशसभामा एमालेसँग ४० सिट छ । राप्रपासँग ६ र जसपासँग एक सिट छ । यदि प्रदेशसम्म यो गठबन्धनले निरन्तरता पाए २९ सिटको कांग्रेस प्रदेश–१ मा प्रतिपक्षमा बस्नुपर्नेछ ।

मधेश प्रदेशमा एमाले, माओवादी, जसपा र जनमत पार्टी मिले सरकार बन्नेछ । एमालेसँग २३, जसपासँग १६, जनमत पार्टीसँग १३ र माओवादीसँग ८ सिट छ । १०७ सदस्यीय प्रदेशसभामा यी चारको सिट संख्या ६० पुग्नेछ । सरकार बनाउन ५४ सिट आवश्यक पर्छ ।

बागमती प्रदेशमा राप्रपाको साथ पाए एमाले नेतृत्वकै गठबन्धनले सरकार बनाउनेछ । ११० सदस्यीय प्रदेशसभामा एमालेसँग २७ र माओवादीसँग २१ सिट छ । १३ सिटको राप्रपाको साथ पाएमा सरकार बन्नेछ ।

गण्डकीमा पनि राप्रपाको साथ पाउँदा कांग्रेस इतरको सरकार बन्नेछ । गण्डकीमा एमालेसँग २२ र माओवादीसँग ८ सिट छ । ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ सिट आवश्यक पर्छ । राप्रपासँग २ सिट भएकाले बहुमत पुग्छ ।

लुम्बिनीमा पनि राप्रपाको साथ पाउँदा सरकार बन्नेछ । लुम्बिनीमा एमालेसँग २९, माओवादीसँग ९ र जसपासँग ३ सिट छ । राप्रपासँग ४ सिट भएकाले प्रदेशसभामा बहुमत पुग्छ । ८७ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ४४ सिट आवश्यक पर्छ ।

कर्णालीमा एमाले र माओवादी मिल्दा मात्रै सरकार बन्छ । ४० सदस्यीय प्रदेशसभामा माओवादीसँग १३ र एमालेसँग १० सिट छ ।

सुदूरपश्चिममा भने नागरिक उन्मुक्ति निर्णायक छ । ७ सिटको नागरिक उन्मुक्ति पार्टीले साथ दिएमा यही गठबन्धनको सरकार बन्नेछ । ५३ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रसँग ११ र एमालेसँग १० सिट छ ।

एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठ पनि शीतल निवासमा !

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि दाबी पेश गर्न दलहरूलाई दिएको समयसीमा आइतबार ५ बजे सम्मका लागि तोकिएको बेला केही मिनेट बाँकी छँदा नेकपा एकीकृत समाजवादीका सांसद कृष्ण कुमार श्रेष्ठ किसान पनि राष्ट्रपति कार्यालय पुुगेका छन् ।

हालसम्म प्रचण्ड प्रधानमन्त्री बन्ने भएपछि एकिकृत समाजवादीको कुनै प्रतिक्रिया नआएको अवस्थामा श्रेष्ठ इन्ट्रीलाई चासोका रुपमा लिइएको छ।

नेपालको आगामी प्रधानमन्त्रीको लागि आफ्नो दाबी पेश गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

उनीसँग एमाले अध्यक्ष केपी शर्मा ओली पनि रहेका छन्। एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको बैठकले माओ‌वादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो।

नेकपा एमालेसहित, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरू छलफलमा सहभागी थिए।

 

भन्सारमा घोषणा नभएका मोबाइल पुस १५ गतेदेखि दर्ता नगरिन!!

भन्सारमा घोषणा नभएका मोबाइल पुस १५ गतेदेखि दर्ता नगरि

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आउँदो पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने भएको छ ।आज सूचना निकालेर प्राधिकरणले पुस १५ गतेभित्र मोबाइलहरु दर्ता गर्न आह्वान समेत गरेको छ ।

मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्र्याकिङ र ब्लकिङ गर्न प्राधिकरणले यसअघि परीक्षणको रूपमा एमडीएमएस लागू गरेको थियो ।

विदेशबाट आउने नेपालीहरूले आफ्नो साथमा ल्याएका तर एमडीएमएस प्रणालीमा दर्ता नभएका वा गएको भदौभन्दा अगाडि प्रयोगमा नरहेका मोबाइल सेटहरूको १५ डिजिट नम्बरसहितको भन्सार घोषणा गरी भन्सार ऐन, २०६४ अनुसार भन्सार कार्यालयबाट प्रज्ञापन पत्र लिइ प्रणालीमा अद्यावधिक गर्न प्राधिकरणले अनुरोध गरेको छ ।

भन्सारमा घोषणा नभएको मोबाइल आउँदो पुस १५ गतेदेखि दर्ता नगरिने र यस्ता मोबाइल सेट सञ्चालनमा समेत रोक लगाइने हुँदा व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरू प्रज्ञापन पत्रसहित राहदानी/नागरिकत/राष्ट्रिय परिचयपत्रको आधारमा मात्र एमडीएमएसमा गइ दर्ता गर्न प्राधिकरणले अनुरोध गरेको छ ।

नेपाल भित्रै मोबाइल खरिद गर्दा पनि खरिद मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता भए वा नभएको यकिन गर्न सकिने हुँदा त्यसअनुसार यकिन गरेर मात्र खरिद गर्न प्राधिकरणको अनुरोध छ ।

प्रधानमन्त्रीमा ” प्रचण्ड ” नियुक्त, शपथ ग्रहण भोलि !!

१० पुस, काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

होबार्ट सोसियल वर्ल्डकपमा नेपालले भाग लिने, प्रेस मिट सम्पन्न ।

सिडनी, अष्ट्रेलिया ।

होबार्ट सोसियल फुटबल वर्ल्डकप २०२३ मा नेपालले भाग लिने मार्फा फुटबल क्लब द्वारा पत्रकार सम्मेलन ।

अष्ट्रेलियाको तास्मानीय राज्य सरकार द्वारा हरेक वर्ष झै आयोजना गर्दै आएको होबार्ट सोसियल फुटबल वर्ल्डकप आऊदो वर्ष २०२३ पनी आयोजना गर्ने भएको छ । उक्त वर्ल्डकपमा अष्ट्रेलियाको तास्मानिया राज्यमा बिगत लामो समय देखी नेपाली हरू माझ फुटबल खेल मार्फ़त प्रवास मा रहेका नेपाली युवाहरू लाई एकजुट बनाउदै आएको संस्था मार्फा फुटबल क्लब नेपाल ले उक्त वर्ल्डकपको नेतृत्व गर्ने भएको छ ।

उक्त पत्रकार सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने समूहलाई अष्ट्रेलियामा रहेको सामाजिक संस्था प्रवासी नेपाली मंच-अष्ट्रेलिया तास्मानिया राज्य कमिटीले नेपालको जर्सी प्रायोजन गरेको छ । उक्त पत्रकार सम्मेलनमा प्रवासी नेपाली मंच तास्मानिया राज्यका इंचार्ज समेत रहेका सुजन लामिछानेले आगामी दिनमा समेत संस्थाले मार्फा फुटबल क्लबलाई समाज रूपान्तरणको निम्ति सहयोग गर्ने प्रतिवद्धता संगै वर्ल्डकप मा बिजयीको निम्ति शुभकामना समेत व्यक्त गरेका थिए ।

उक्त पत्रकार सम्मेलनमा नेपाली सोसाइटी अफ तास्मानिया राज्यका उपाध्यक्ष केराज खनाल,  नेप्लीज तास्मानिया स्पोर्ट्स एसोशियसनका अध्यक्ष बिष्णु सापकोटा, नेप्लीज बिजनेश एशोशियसन तास्मानियाका सचिव उमेश सेंच्युरी, मार्फा फुटबल क्लबका स्पोंसर तथा युवा समाजसेवी आशिष तिवारी संगै बिभिन्न सामाजिक संस्था बाट प्रतिनिधित्व रहेको थियो ।

मार्फा फुटबल क्लब द्वारा आयोजना गरीएको उक्त पत्रकार सम्मेलनमा उपस्थित सबै पत्रकार, सामाजिक सस्थाका प्रतिनिधि तथा उपस्थिति सबै लाई क्लबका अध्यक्ष एवं नेपालको प्रतिनिधित्व गर्ने समूहका प्रमुख रबीन पौडेलले धन्यवाद सहित आभार व्यक्त गर्दै आऊदो वर्ल्डकपमा नेपालको सानदार उपस्थिति रहने हुदा खेलाड़ीहरूलाई हौसला प्रदान गर्नका निम्ति सबै सबैमा उपस्थिति जनाईदिनुहुन विनम्र अनुरोध समेत गरेको छन ।

मार्फा फुटबल क्लबले नेतृत्व गर्ने उक्त खेलमा टिम नेपाल र क्रोएसिया बीच आऊदो जनवरी ४ बुधबारका दिन बेलुकी ६ः३० बजे ऑलिंडा ग्रोभ / युटास ग्राउण्डमा पहिलो खेल हुने त्यसै गरी दोस्रो खेल जनवरी ८ दिनको २ बजे सोही ग्राउण्डमा टिम नेपाल र बहामास देश बीच र समूह सी को अन्तिम खेल जनवरी १५ दिनको १२ः३० बजे टिम नेपाल र ग्रीस बीच खेल हुने कुराको जानकारी युवा समाजसेवी आशीष तिवारीले बिश्वपाटीलाई बताए ।

 

 

रामचन्द्र पौडेललाई जापानको उच्च सम्मान !!

रामचन्द्र पौडेललाई जापानको उच्च सम्मान

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई जापान सरकारले उच्च सम्मान गर्ने भएको छ।
आज काठमाडौंस्थित दूतावासमा कार्यक्रम गरेर पौडेललाई ‘ग्राण्ड कोर्डन दि अर्डर अफ दि राइजिङ सन’ विभूषणबाट सम्मान गर्न लागेको हो।
पौडेलले सभामुख हुँदा गरेका काम र नेपाल-जापान सम्बन्ध राम्रो बनाएकोमा सम्मान पाएका हुन्।L

डा. तोसिमा कार्कीले सदस्यबाट दिइन् राजिनामा

डा. तोसिमा कार्कीले सदस्यबाट दिइन् राजिनामा

१९ मंसिर, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट डा. तोसिमा कार्कीले राजिनामा दिएकी छन् । प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि डा. कार्कीले आइतबार काउन्सिलमा गएर राजिनामा बुझाएकी हुन् । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित भएकी हुन् ।

तर, काउन्सिलको सदस्य पदबाट राजिनामा नदिई उम्मेदवार बनेको भन्दै उजुरी परेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । तर, सर्वोच्च अदालतले आयोगको निर्णय उल्ट्याउँदै तोसिमाको उम्मेदवारी कायम रहने आदेश दिएको थियो ।

काउन्सिलका रजिष्ट्रार डा.कृष्णप्रसाद अधिकारीले डा. कार्कीले आइतबार काउन्सिलमा आएर राजिनामा बुझाएको पुष्टि गरे । हिजो (आइतबार) उहाँको राजिनामा पत्र आएको छ । हामीले सो पत्र स्वास्थ्य मन्त्रालयमा फरवार्ड गरेका छौं,’ उनले भने ।

यो पनि, चुनावी समीक्षा र सरकार गठनबारे छलफल गर्दै सत्ता गठबन्धन, आज बस्ने सत्ता गठबन्धनको बैठकमा आम निर्वाचनको समीक्षा र सरकार गठनबारे छलफल हुँदैछ । निर्वाचनको अन्तिम नतिजा नआइसकेकाले सरकार गठनबारे संवादहरू जारी रहेको बताउँदै चुनावपछिको राजनीतिक परिदृश्यमा छलफल केन्द्रीत हुने नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले बताए ।

‘आजको बैठकमा गठबन्धनले चुनावको समीक्षा गर्छ । साथै सरकार गठनबारे आगामी बाटोका बारेमा समेत छलफल त भई नै हाल्छ’, महासचिव गुरुङले भने । आज अपरान्ह ३ बजे सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा गठबन्धनमा सामेल दलका शीर्ष नेताहरूको सहभागिता रहनेछ ।

एकीकृत समाजवादी बने दीपक मनाङे !!!

एकीकृत समाजवादी बने दीपक मनाङे
दीपक मनाङेले एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन्। उनलाई समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नाे निवास कोटेश्वरमा स्वागत गर्दै पार्टीमा प्रवेश गराएका हुन्।

प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित १६५ सांसद् (सूचीसहित)

काठमाडाैं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावकाे प्रत्यक्षतर्फ सबै १ सय ६५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ ।

प्रत्यक्षतर्फ नेपाली कांग्रेस पहिलाे दल बनेकाे छ । अन्तिम नतिजा अनुसार पहिलाे नम्बरमा रहेकाे नेपाली कांग्रेसले ५७ सिट जितेकाे छ । एमालेले ४४, माओवादी केन्द्रले १८, एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले ७-७, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेका छन् ।

राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले १-१ सिट जितेका छन् । स्वतन्त्र उम्मेदवारहरुले ५ सिट जितेका छन् । प्रतिनिधि सभाकाे समानुपातिकतर्फ भने एमाले देशकै सर्वाधिक लाेकप्रिय र ठूलाे पार्टी बनेकाे छ । समानुपातिकतर्फकाे मत गणना भने अझै सकिएकाे छैन ।

प्रत्यक्षतर्फ सातवटै प्रदेश सभाको ३ सय ३० निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ ।

यी हुन् प्रतिनिधि सभातकाे प्रत्यक्षतर्फ निर्वाचित विभिन्न दलका सांसद् :

नेपाली कांग्रेस :

१ मुस्ताङ – योगेश शेरचन

२ मनाङ – टेकबहादुर गुरुङ

३ काठमाडौं १ – प्रकाशमान सिंह

४ काठमाडौं ३ – सन्तोष चालिसे

५ काठमाडौं ४ – गगनकुमार थापा

६ काठमाडौं ५ – प्रदीप पौडेल

७ रसुवा – मोहन आचार्य

८ ललितपुर १ – उदय शमशेर जबरा

९ तनहुँ २ – शंकर भण्डारी

१० डडेल्धुरा – शेरबहादुर देउवा

११ काठमाडौं १० – राजेन्द्रकुमार केसी

१२ पर्सा ४ – रमेशकुमार रिजाल

१३ सुर्खेत २ – हृदयराम थानी

१४ ओखलढुंगा – रामहरि खतिवडा

१५ झापा १ – विश्वप्रकाश शर्मा

१६ पर्सा १ – अजयकुमार चौरसिया

१७ गोरखा १ – राजेन्द्र बजगाँई

१८ म्याग्दी – खमबहादुर गर्बुजा

१९ अछाम २ – पुष्पबहादुर शाह

२० कैलाली ४ – वीरबहादुर बलायर

२१ दार्चुला – दिलेन्द्र प्रसाद बडू

२२ कञ्चनपुर ३ – रमेश लेखक

२३ कञ्चनपुर २ – एनपी साउद

२४ दैलेख २ – दिक्पालकुमार शाही

२५ भक्तपुर २ – दुर्लभ थापा

२६ नवलपरासी पूर्व १ – शशांक कोइराला

२७ तनहुँ १ – रामचन्द्र पौडेल

२८ बाँके ३ – किशोरसिंह राठोर

२९ रौतहट ४ – देवप्रकाश तिमल्सिना

३० सप्तरी ३ – दिनेश कुमार यादव

३१ धादिङ २ – राम नाथ अधिकारी

३२ सुर्खेत १- पूर्णबहादुर खड्का

३३ नवलपुर २- विष्णु कुमार कार्की

३४ सिन्धुली १- श्‍यामकुमार घिमिरे

३५ दाङ ३ – दीपक गिरी

३६ बर्दिया १ – सञ्जय गौतम

३७ नवलपरासी पश्चिम १ – विनोद चौधरी

३८ धनुषा २ – रामकृष्ण यादव

३९ सिन्धुपाल्चोक २ – मोहनबहादुर बस्नेत

४० मोरङ ६ – शेखर कोइराला

४१ कैलाली ५ – डिल्लीराज पन्त

४२ गुल्मी १ – चन्द्र भण्डारी

४३ स्याङ्जा १ – राजु थापा

४४ संखुवासभा – दीपक खड्का

४५ कपिलवस्तु २ – सुरेन्द्र राज आचार्य

४६ तेह्रथुम – सीता गुरूङ

४७ मोरङ ३ – सुनिलकुमार शर्मा

४८ नुवाकोट २ – अर्जुननरसिंह केसी

४९ सप्तरी ४ – तेजुलाल चौधरी

५० मुगु – ऐनबहादुर शाही

५१ महोत्तरी ४ – महेन्द्रकुमार राय

५२ मोरङ १ – डिगबहादुर लिम्बू

५३ रामेछाप – पुर्णबहादुर तामाङ

५४ उदयपुर १ – नारायण खड्का

५५ सुनसरी ४ – ज्ञानेन्द्रबहादुर कार्की

५६ स्याङ्जा – धनराज गुरुङ

५७ बाजुरा – बद्री पाण्डे

नेकपा एमाले

१ उदयपुर २ – अम्बरबहादुर रायमाझी

२ काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ

३ ललितपुर २ – प्रेमबहादुर महर्जन

४ गुल्मी २ – गोकर्ण विष्ट

५ झापा २ – देवराज घिमिरे

६ झापा ५ – केपी शर्मा ओली

७ ताप्लेजुङ – योगेश भट्टराई

८ पर्सा ३ – राजकुमार गुप्ता

९ अर्घाखाँची – टोपबहादुर रायमाझी

१० प्युठान – सूर्य थापा

११ लमजुङ – पृथ्वीसुब्बा गुरुङ

१२ मकवानपुर २ – महेश बर्तौला

१३ सोलुखुम्बु – मानवीर राई

१४ पर्वत – पदम गिरी

१५ झापा ४ – लालप्रसाद साँवा लिम्बु

१६ रुपन्देही ५ – बासुदेव घिमिरे

१७ धनकुटा – राजेन्द्रकुमार राई

१८ कास्की २ – विद्या भट्टराई

१९ बाँके १ – सूर्य प्रसाद ढकाल

२० सिराहा १ – राम शंकर यादव

२१ बैतडी- दामोदर भण्डारी

२२ कञ्चनपुर १ – तारा लामा तामाङ

२३ कपिलवस्तु १ – बलराम अधिकारी

२४ पाँचथर – वसन्तकुमार नेम्वाङ

२५ कास्की ३ – दामोदर पौडेल ‘वैरागी’

२६ सर्लाही ३ – हरिप्रसाद उप्रेती

२७ बारा ३ – ज्वालाकुमारी साह

२८ बारा १ – अच्युतप्रसाद मैनाली

२९ धनुषा ३ – जुली महतो

३० कास्की १ – मनबहादुर गुरूङ

३१ सिरहा ३ – लीलानाथ श्रेष्ठ

३२ पाल्पा २ – ठाकुरप्रसाद गैरे

३३ मोरङ २ – ऋषिकेश पोखरेल

३४ कपिलवस्तु ३ – मंगलप्रसाद गुप्ता

३५ रूपन्देही २ – विष्णु पौडेल

३६ काभ्रेपलाञ्चोक २ – गोकुल बाँस्कोटा

३७ पाल्पा १ – नारायणप्रसाद आचार्य

३८ रूपन्देही १ – छविलाल विश्वकर्मा

३९ सुनसरी २ – भीम आचार्य

४० इलाम २ – सुवास नेम्वाङ

४१ महोत्तरी १- लक्ष्मी महतो कोइरी

४२ इलाम १ – महेश बस्नेत

४३ धनुषा ४- रघुबीर महाेठ

४४ सुनसरी ३- भगवती चौधरी

नेकपा माओवादी केन्द्र

१ सिन्धुली २ – लेखनाथ दाहाल

२ सिन्धुपाल्चोक १ – माधव सापकोटा

३ बाग्लुङ २ – देवेन्द्र पौडेल

४ रोल्पा – वर्षमान पुन

५ रुकुम पूर्व १ – पूर्णबहादुर घर्तीमगर

६ जाजरकोट – शक्तिबहादुर बस्नेत

७ गोरखा २ – पुष्पकमल दाहाल ‘प्रचण्ड’

८ दाङ २ – रेखा शर्मा

९ खोटाङ – रामकुमार राई

१० भोजपुर – सुदन किराती

११ मोरङ ४ – अमनलाल मोदी

१२ रूकुम पश्चिम – जनार्दन शर्मा

१३ कालिकोट – महेन्द्रबहादुर शाही

१४ नुवाकोट १ – हितबहादुर तामाङ

१५ हुम्ला – छिरिङ डम्डुल लामा (कार्चेन)

१६ काभ्रे १- सूर्यमान तामाङ (दोङ)

१७ सर्लाही २- महिन्द्र राय यादव

१८ दाेलखा – गंगा कार्की

नेकपा एकीकृत समाजवादी

१ अछाम १ – शेरबहादुर कुँवर

२ बारा ४ – कृष्णकुमार श्रेष्ठ

३ बझाङ – भानुभक्त जोशी

४ दैलेख १ – अम्मरबहादुर थापा

५ डोटी – प्रेम आले

६ सल्यान – प्रकाश ज्वाला

७ रौतहट १ – माधवकुमार नेपाल

८ डोल्पा – धनबहादुर बुढा

९ धादिङ १- राजेन्द्र पाण्डे

१० दाङ १ – मेटमणि चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी

१ काठमाडौं ७ – गणेश पराजुली

२ काठमाडौं ८ – विराजभक्त श्रेष्ठ

३ काठमाडौं २ – सोबिता गौतम

४ काठमाडौं ६ – शिशिर खनाल

५ चितवन २ – रवि लामिछाने

६ ललितपुर ३ – डा. तोसिमा कार्की

७ चितवन १ – हरि ढकाल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)

१ बाँके २ – धवलसमशेर जबरा

२ जुम्ला – ज्ञानेन्द्रबहादुर शाही

३ मकवानपुर १ – दीपकबहादुर सिंह

४ झापा ३ – राजेन्द्र लिङ्देन

५ नवलपरासी २ – ध्रुवबहादुर प्रधान

६ चितवन ३ – विक्रम पाण्डे

७ रूपन्देही ३- दीपक बोहोरा

जनता समाजवादी पार्टी (जसपा)

१ पर्सा १ – प्रदीप यादव

२ सप्तरी १ – नवलकिशोर साह सुडी

३ सिरहा ४ – वीरेन्द्रप्रसाद महतो

४ बारा २- राम सहाय प्रसाद यादव

५ सिराहा २ – राजकिशोर यादव

६ धनुषा १ – दीपक कार्की

७ सुनसरी १- अशोक राई

लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा)

१ रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला

२ सर्लाही १ – रामप्रकाश चौधरी

३ महोत्तरी २ – शरतसिंह भण्डारी

४ महोत्तरी ३ – महन्थ ठाकुर

नागरिक उन्मुक्ति पार्टी

१ कैलाली ३ – गंगाराम चौधरी

२ कैलाली – १ रञ्जिता श्रेष्ठ चाैधरी

३ कैलाली २ – अरूनकुमार चौधरी

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)

१ भक्तपुर १ – प्रेम सुवाल

राष्ट्रिय जनमोर्चा

१ बाग्लुङ – चित्रबहादुर केसी

जनमत पार्टी

१ सप्तरी २ – डा. चन्द्रकान्त राउत (सिके राउत)

स्वतन्त्र

१ बर्दिया २ – लालवीर चौधरी

२ मोरङ ५ – योगेन्द्र मण्डल

३ रौतहट ३ – प्रभु साह

४ सर्लाही ४ – अमरेश सिंह

५ रौतहट २ – किरणकुमार साह

 

 

प्रधानमन्त्री त देउवा नै बन्नुहुन्छ,गगन थापाकाे रहर मात्रै हाे: मेटमणि चाैधरी

नवनिर्वाचित सांसद तथा सहरी विकास मन्त्री मेटमणि चाैधरीले अबकाे प्रधानमन्त्री काँग्रेस सभापति शेरबहादुर देउवा नै हुने बताएका छन्।

चाैधरीले बिहीबार काठमाडाैँमा आयाेजित एक कार्यक्रममा बाेल्दै देउवालाई प्रधानमन्त्री बनाएर नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति र नेकपा (एकीकृत समाजवादी)ले सभामुख राख्नेगरी नयाँ सरकार गठन हुने बताएका हुन्।

‘संसद भएपछि गगन थापाले प्रधानमन्त्रीकाे आकांक्षा राख्नु स्वभाविक हाे तर अबकाे प्रधानमन्त्री शेरबहादुर देउवा नै हाे,’ मन्त्री चाैधरीले भने,‘माओवादीले राष्ट्रपति र एकीकृत समाजवादीले सभामुख राख्ने गरी छलफल भइरहेकाे छ।’

उनले पुस महिनाभित्रमा नयाँ सरकार बन्ने पनि दाबी गरे।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय