२०८३ असार ६ शनिबार

आमा म्यादी प्रहरी छोरा पाइलट

आमा म्यादी प्रहरी छोरा पाइलट

तस्बिरमा देखिएका दुईजना आमा छोरा हुन्,। मोरङकी ४२ वर्षीया आमा कमला भण्डारी र भर्खरै मात्र पाइलट भएका उनका छोरा हुन्।

४२ वर्षकी आमाले आगामी निर्वाचनमा म्यादी प्रहरीमा छनोट भई प्रहरी बन्ने बाल्यकालको सपना पूरा गरिन् भने छोराले पाइलट बन्ने सपना पूरा गर्दैछन् ,।

विगतमा धेरै दुख कष्ट गरेर उनले छोरालाई अरू कसैको पोशाक लगाएर विद्यालय पढाइन्,। उनले इजरायलमा करिब ११ वर्ष सम्म स्याहारसुसारको काम समेत गरिन्। उनी कुनै पनि काम सानो–ठूलो हुदैन भन्ने विश्वास गर्छिन् । आमा र छोरा दुबैले मिलेर आफ्नो सपना पुरा गर्नु उनीहरुका लागि सबैभन्दा गर्वको क्षण हो ।

एमालेको घोषणापत्र सार्बजानिक, ५ वर्षमा २० कामको सुनिश्चित ।

काठमाडौं, कात्तिक १५ । नेकपा एमालेले पाँच बर्षमा २० काम गर्ने ग्यारेण्टीसहित आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । होटल याक एण्ड यतीमा आयोजित बिशेष समारोहबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणा पत्र सार्वजनिक गर्नुभएको हो ।

एमालेले समृद्धिका लागि नीतिगत र संरचनागत सुधार, राष्ट्रहित र नागरिकहितलाई सर्वोपरि राखी राज्य सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

‘हाम्रा काम राष्ट्रिय गौरव बढाउन र सबै नागरिकको सम्मानजनक जीवनस्तर हासिल गर्ने कार्यक्रममा केन्द्रित हुनेछन् । सरकार गठन भएको एक महिनाभित्र नेपाली नागरिकका सन्तानले नागरिकता नपाउने अवस्था अन्त्य गर्ने र छ महिनाभित्र नागरिकतासम्बन्धी समस्या हल गरिनेछ । एक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिनेछ’, घोषणापत्रमा लेखिएको छ ।

एमालेले ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ को नीति कार्यान्वयन गर्ने प्रतिबद्धता जाहेर गरेको छ । कृषि उत्पादन वृद्धि र आपूर्तिमा व्यापक सुधार, सबै पालिकामा खाद्य भण्डार स्थापना, सबै प्रदेशमा खाद्य गुणस्तर मापन तथा निर्धारण प्रयोगशाला स्थापना गर्ने लक्ष्य राखेको छ ।

कामका लागि खाद्यान्न तथा नगद कार्यक्रमबाट प्रतिवर्ष एक लाख परिवारलाई खाद्यसुरक्षा, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट प्रतिवर्ष तीन लाख परिवारलाई आय आर्जनमार्फत् खाद्यसुरक्षा प्रदान गर्ने उल्लेख गरेको छ ।

स्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने, आवासविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउने, सबैका लागि काम र नियमित कमाइको सुनिश्चितता गर्ने, ‘पूर्णसाक्षर देश र उद्यमशील शिक्षित युवा’ को नीति कार्यान्वयन गर्ने प्रतिबद्धता गरेको छ ।

निरोगी नेपाल, सबल नागरिक’को नीति अघि बढाउने, स्वच्छ पानी, सफा वातावरण’को सुनिश्चित गर्ने, ‘सबैलाई बिजुली बत्ती, विद्युतबाटै देशको उन्नति’ गर्ने लक्ष्यसहित सबै परिवारलाई ग्राहस्थ उपभोगका निम्ति वर्षायाममा मासिक ५० युनिट र हिउँद याममा मासिक ३० युनिट विद्युत निःशुल्क उपलब्ध गराइने उल्लेख गरेको छ ।

सडक पूर्वाधार र सुलभ सार्वजनिक यातायातको सुनिश्चितता गर्ने, ‘व्यवस्थित सहरः स्वच्छ र हरियाली बस्ती’ को अवधारणा कार्यान्वयन गर्ने, ‘सरल, सहज सार्वजनिक सेवा’ को प्रबन्ध गर्ने, सबै नागरिकमा वित्तीय पहुँच स्थापित गर्ने, ‘स्वस्थ महिनावारी, सुरक्षित मातृत्व’ को नीति कार्यान्वयन गर्ने, सस्तो, सहज र भरपर्दो सञ्चार सुविधाको प्रबन्ध गर्ने, ‘सभ्य समाजः मर्यादित नागरिक’को नीति कार्यान्वयन गर्ने र प्रतिव्यक्ति आय दोब्बर गर्ने महत्वाकांक्षी योजना पनि एमालेले अघि सारेको छ ।

कास्कीमा गठबन्धनलाई ठूलो धक्का, माओवादीका प्रभावशाली नेता सवै एमाले प्रवेश !

पोखरा १५ कार्तिक ।कास्कीमा नेकपा माओवादी केन्द्रलाई ठूलै धक्का लागेको छ । आज मात्रै कास्कीमा प्रभावशाली मानिएका एक दर्जन नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।माओवादी केन्द्रका प्रदेश कमिटी सदस्यसहित नेता–कार्यकर्ता चुनावको मुखैमा सोमबार एमाले प्रवेश गरेसँगै माओवादीलाई धक्का लागेको छ ।

स्थानीय निवार्चनमा माओवादीबाट वडा अध्यक्षका उम्मेदवार बनेका पोखरा १८ का राजु शर्मा तिमिल्सीना एमाले प्रवेश गरेका छन् । आज नेकपा एमाले गण्डकी प्रदेश सङ्गठन कमिटीले आयोजना गरेको स्वागत कार्यक्रममा एमालेमा समाहित भएका बताएका छन् । पाटी प्रवेश गर्दै तिमील्सीनाले विद्यार्थी काल देखि नै एमालेको भातृसङ्गठन अनेरास्वियुमा आबद्ध रहेर काम गरेको भन्दै तत्कालीन समयमा पाटीमा काम गरेको बताए । नेपाली भुमिमा विभीन्न गुट उप गुटले राजनीती गर्ने गरेको र अब मुल घरमा नै फर्केको बताउनु भयो ।
नेकपा माओवादी केन्द्र पाटी परित्याग गरी दर्जनौ कार्यकर्ता तथा नेता एमालेमा प्रवेश गरेका छन् ।

एमाले गण्डकी प्रदेश संगठन कमिटीद्वारा सोमबार पोखरामा आयोजित कार्यक्रममा माओवादी प्रदेश कमिटी सदस्य राजु शर्मा तिमिल्सना, पूर्वजिल्ला कमिटी सदस्य चुणामणी विक र भूपालबहादुर थापा, पोखरा १८ का उपाध्यक्ष नारायण तिमिल्सनालगायत १२ जना एमाले प्रवेश गर्नुभएको हो ।उनीहरुलाई एमाले संगठन विभाग प्रमुख खगराज अधिकारी, प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, पोलिटब्युरो सदस्य सीता गिरी ओली, केन्द्रीय सदस्य कृष्ण थापालगायत नेताहरूले स्वागत गरेका थिए ।

कुनै पनि दलमा खुलेर नलागेका दुई जना सामाजिक अभियन्ताले पनि एमाले रोजेका छन् । हिमालय क्लब पोखरा १६ का अध्यक्ष मोहन थापा र सोही क्लबका संस्थापक अध्यक्ष तीर्थ तामाङ एमाले प्रवेश गर्नुभएको हो ।

एकीकृत समाजवादी कास्कीका सचिव होमबहादुर नेपाली पनि गत शनिबार एमाले प्रवेश गर्नुभएको थियो । मतदातामाझ माओवादीका प्रभावशाली मानिने प्रदेश कमिटी सदस्य तिमिल्सनासहित नेता–कार्यकर्ता प्रवेश गरेपछि आगामी चुनावमा एमालेलाई झनै सहज हुने देखिन्छ ।

 

तिहारमा साढे १३ करोडको फूलमालाको कारोबार !!

फूलैफूलको पर्वका रूपमा लिइने तिहारमा १३ करोड ५० लाख बराबरको पुष्पमाला कारोबार भएको छ । तिहारको समयमा करिब साढे २४ लाख मालाको कारोबार हुने अनुमान गरिएको फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) का अध्यक्ष मीनबहादुर तामाङले बताए ।

‘यस वर्षको तिहारमा करिब साढे २४ लाख माला खपत हुने हाम्रो अनुमान छ । त्यसमध्ये सयपत्रीको मात्रै २० लाख मालाको माग हो’, तामाङले भने, ‘थोक मूल्यका आधारमा साढे १३ करोड बराबरको फूल र मालाको कारोबार हुने अनुमान छ ।’

यद्यपि, खपत र कारोबार रकमबारे वास्तविक तथ्याङ्क भने तिहारपछि मात्रै आउने उनको भनाइ छ । फ्यानका अनुसार यस वर्षको तिहारका लागि साढे २४ लाख मालाको माग छ । सबैभन्दा बढी सयपत्री मालाको माग छ । यसवर्ष बिक्री हुने अनुमान गरिएका २० लाख सयपत्रीका मालामध्ये १७ लाख माला नेपालभित्रकै उत्पादन रहेको र तीन लाख माला भारतबाट आयात गरिएको छ ।

त्यस्तै, यसवर्ष तीन लाख २५ हजार हाराहारी मखमली मालाको किनबेच हुने अनुमान गरिएको छ । बीसदेखि २५ हजारको सङ्ख्यामा गोदावरी फूलको माला बिक्री हुनेछ । नेपालबाट मखमली माला निर्यात भएको छ । तिहारको समयमा मात्रै करिब एक लाखको सङ्ख्यामा मखमली माला निर्यात हुने गरेको फ्यान अध्यक्ष तामाङले बताए ।

‘मखमली फूल विश्वका विभिन्न देशमा जान्छ । भारत र विभिन्न देशमा रहेर तिहार मान्ने नेपालीले मखमली मालाको माग गर्ने गरेका छन् । एक लाखको सङ्ख्यामा मखमली माला हामीले निर्यात गरेका छौँ’, उनले भने । यसवर्ष सयपत्री फूलको प्रतिमाला थोक मूल्य ५५ रहेको छ । त्यस्तै, मखमली फूलको मालाका ४० मा कारोबार भइरहेको छ । यद्यपि खुद्रा मूल्य भने फरक छ । पसलैपिच्छे फरक–फरक मूल्यमा बिक्री भइरहेका छन् ।

फूल र मालाको कारोबार यस वर्ष पनि गत वर्षकै मूल्यमा भइरहेको फ्यानले जनाएको छ । ‘उत्पादन, आयात र कारोबारको अवस्था हेरेर हामीले यस्तो अनुमान गरेका हौँ । यो वर्ष सयपत्रीको माला गत वर्षकै मूल्यमा कारोबार भएको छ । मखमलीको मालामा भने पाँच रूपैयाँ जति बढेको छ,’ तामाङले भने । तिहारमा प्रयोग हुने माला र फूलका लागि नेपालभित्रकै उत्पादनले धान्न सक्ने अवस्था रहे पनि व्यवसायीले बढी नाफा कमाउनका लागि भारतबाट आयात गर्ने गरेका छन् ।

‘हामीलाई चाहिने जति माला नेपालभित्रै उत्पादन हुन्छ । यस वर्षको उत्पादन पनि बढी नै हो’, तामाङले भने, ’नेपालको उत्पादन पर्याप्त भए पनि भारतीय मालामा बढी नाफा हुन्छ । त्यस कारण व्यापारीले भारतबाट ल्याउने गरेका छन् ।’ यसवर्ष बजारको मागभन्दा बढी आयात भएको देखिन्छ । अर्कोतर्फ आयातित माला मूल्यमा पनि सस्तो हुने भएका कारण नेपाली उत्पादनले बजार नपाउने तर, भारतबाट ल्याइएका फूलमाला तिहारमा प्रयोग हुने देखिएको छ ।

अनमोलले देख्ने भए बाउको बिहे, जाने भए जन्ती पनि !

काठमाडौं । करिब सात वर्षदेखि अभिनेता भुवन केसी र जिया केसी प्रेम सम्बन्धमा छन् । यो जोडी अहिले लिभइन टुगेदरमा पनि छ । तर परम्पराअनुसार यी दुईबीच विवाह भएको छैन । भुवन र जियाका परिवार, आफन्त र निकट फिल्मकर्मीलाई यी दुईको सम्बन्धबारे थाहा भए पनि सर्वसाधारण भने अनभिज्ञ नै छन् ।

तर भुवनले चाँडै जियासँगको सम्बन्धलाई औपचारिकता दिने तयारी भइरहेको बताएका छन् । अमेरिका भ्रमणमा रहेका भुवनले सोमबार त्यहाँस्थित केही नेपाली मिडियासँग कुरा गर्दै तेस्रो बिहेलाई साकार रुप दिनेबारे बताएका हुन् ।

उक्त अन्तर्वार्तामा भुवनले जियाको नाम नलिइकनै माया गर्ने मान्छे आफ्नो जिन्दगीमा आएको उल्लेख गरेका छन् । आफू र आफ्नो परिवारलाई सपोर्ट हुने हुँदा विवाह गर्ने तयारीमा आफू रहेको केसीले संकेत गरे।

तेस्रो विवाहको तयारीमा हुनुहुन्छ भनेर सोधिएको प्रश्नमा भुवनको जवाफ छ, ‘सोचिरहेको छु । साथ दिने र सपोर्ट गर्ने मान्छे मेरो जिन्दगीमा हुनुहुन्छ । उहाँले म र मेरो फ्यामिलीलाई पनि सपोर्ट गर्नुहुन्छ । मेरो फ्यामिलीले पनि सपोर्ट गर्छ । हेरौं, चाँडै गुड न्युज आउन पनि सक्ला । हामीले निर्णय गरिसकेका छैनौं, तर मलाई माया गर्ने साथी हुनुहुन्छ ।’

जियासँगको सम्बन्धबारे परिवार, आफन्त र फिल्मकर्मीले थाहा पाए पनि सर्वसाधारणले थाहा नपाएको र आफू थाहा दिएरै अघि बढ्ने योजनामा रहेको समेत भुवनले बताएका छन् । अघिल्ला दुई श्रीमतीसँगको असफल वैवाहिक सम्बन्धपछि भुवन यतिबेला जियासँगै छन् ।

अनमोलकी आमा समेत रहेकी सुस्मितासँगको सम्बन्ध आफ्नो कारणले भन्दा पनि उनकै कारणले टुटेको खुलासा पनि भुवनले गरेका छन् । त्यसयता नभेटेको र कुरा नभएको पनि उनले जनाए । अमेरिकामा रहेकी जेठी पत्नीसँग भेट्ने र कुराकानी भइरहने भन्दै उनले सम्मान रहेको बताए ।

एक फिल्म अवार्ड कार्यक्रमका लागि भुवन र जिया गत साता अमेरिकातर्फ लागेका थिए । अनमोल, विवेक र काजलका बाबु रहेका भुवनको पहिलो विवाह २० वर्षको उमेरमा भएको थियो। विवेक र काजल पहिलो श्रीमतीतर्फका सन्तान हुन्। उनीहरू अमेरिकामा बस्छन्।

पहिलो विवाह टुटेपछि उनले सुस्मितासँग विवाह गरे। अनमोल सुस्मितातर्फको सन्तान हुन्। सुस्मितासँगको सम्बन्ध पनि लामो समय गएन। डिभोर्स भयो। सुस्मितासँगको डिभोर्सपछि भुवनको नाम धेरै जनासँग जोडियो।

जियाले एक अन्तर्वार्तामा भुवन केसीसँग विवाह गर्न तयार छु भनेपछि दुवैको सम्बन्धबारे सार्वजनिक चर्चा सुरु भएको थियो। दुवै प्रेम सम्बन्धमा रहेको शङ्का गरियो। पछि जिया भुवनकै घरमा बसिन्। भुवन ६० वर्ष कटिसकेका छन्।

 

कसले मार्ला गोरखामा बाजी ??

गोर्खा – निर्वाचन आयोगले चुनावको १७ दिनअघिदेखि मौन अवधी सुरु नहुँदा सम्म १५ दिन मात्रै चुनावी सभा गर्न पाउने आचारसंहिता बनाएको छ । आचारसंहितामा राजनीतिक दलहरुले सहमती जनाएपछि अहिले त्यो सहमती दलहरुका लागि घाँडो भएको छ । तुल ब्यानर, चुनाव चिन्ह सहितका प्रचार सामग्री राखेर सभा सम्मेलन जस्ता कार्यक्रम गर्न नपाउने भएपछि मंसिर ४ को चुनावी तयारीमा उम्मेदवार अहिले घरभेट र आन्तरिक प्रशिक्षण केन्द्रित छन् । तुल ब्यानर राख्ने, कार्यक्रम गर्ने आचारसंहिता बिपरित कामगर्ने क्रम बढेपछि जिल्लामा अनुगमनमा पनि कडाई गरिएको छ । ‘आचारसंहिता उलंघन गर्नेलाई सचेत गराउने र स्पष्टिकरण सोध्ने काम भईरहेको छ’ आचारसंहिता अनुगमन अधिकृत महेन्द्रप्रसाद भण्डारीले भने ।

निर्वाचन आयोगले कडाई गर्न थालेपछि राजनीतिक दल र उम्मेदवारहरु सचेत देखिएका छन् । गोरखामा सत्ता गठबन्धन दलले पार्टीका अगुवा कार्यकर्तालाई एक्ला एक्लै र संयुक्त प्रशिक्षण दिईसके । अहिले उम्मेदवार मतदाता भेट्न पसेका छन् । घरभेट गर्ने, टोलमा केही मानिसका बिचमा जाने भेट्ने काममा गठबन्धन दलका उम्मेदवारको समय बितिरहेको नेपाली कांग्रेसका जिल्ला सचिव किशोरजंग थापाले बताए । ‘संयुक्त कार्यक्रम बनाएर प्रदेश र संघका उम्मेदवारहरु पार्टीका नेताहरु सहित गाउँ जानुभएको छ, अहिले धेरै कार्यक्रम अनौपचारीक भएका छन् ।’

सत्ता गठबन्धन बाहिरको एमाले गठबन्धन दलहरु पनि चुनावी भेटघाट र बैठकमा ब्यस्त छन् । एमाले गोरखाले अहिले पार्टीको बिभिन्न कमिटिको बैठक ब्यक्ति ब्यक्ति सँग भेटघाटलाई तिब्रता दिईरहेको जिल्ला सचिव काजिराम रोकाले बताए । ‘अहिले योजना बनाउने काम भईरहेको छ’ उनले भने ‘जिल्ला पार्टीले सहजिकरण गरिरहेको छ सबै उम्मेदवार आफ्नो क्षेत्र तोकिएको यरिया भित्र हुनुहुन्छ ।’ नेपाली कांग्रेसबाट गठबन्धन तर्फ गोरखा क्षेत्र नम्बर १ का उम्मेदवार राजेन्द्र बजगाई गोरखा नगरपालिका भित्रका बिभिन्न वडामा भेटघाट गरिरहेका छन् । नेकपा एमालेका उम्मेदवार रामशरण बस्नेत आरुघाट, धार्चे गाउँपालिकामा भेटघाटमा ब्यस्त छन् ।

गोरखा १ ‘क’ का उम्मेदवार कृष्ण धिताल शहीदलखन, गण्डकीमा भेटघाट गरिरहेका छन् भने गोरखा १ ‘ख’ का उम्मेदवार नन्दप्रसाद न्यौपाने भिमसेन थापा गाउँपालिकाको आश्राङ बोर्लाङमा भेटघाट गरिरहेका छन् ।

गोरखा २ मा गठबन्धनका तर्फबाट उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आन्तरिक प्रशिक्षण र भेटघाटमा मात्रै सहभागी छन् । अन्य उम्मेदवार जस्तो उनी घरभेट र टोलटोलमा मतदाता भेट्ने गरी अहिले पुगेका छैनन् । गोरखा २ ख मा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे मतदाता भेटघाटमा छन् । टोलटोलमा उनी पुगेर प्रतिनिधि सभामा माओवादी केन्द्रका अध्यक्ष दाहाल र प्रदेशमा आफ्नोलागि मत मागिरहेका छन् । दाहालले देशभरका कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले गोरखा निरन्तर समय दिन नसक्ने पहिल्यै बताएका थिए । गोरखा २ क मा प्रचण्डकालागि गठबन्धन तर्फबाट उम्मेदवार फडिन्द्र देवकोटाले भोट मागिरहेका छन् । उनी पालुङटार नगर क्षेत्रमा केन्द्रित भेटघाटमा ब्यस्त छन् ।See the source image

गोरखा २ मा एमाले उम्मेदवार अब्दुस मियाँ सिरानचोकमा भेटघाट गरिरहेका छन् । अस्पताल, विद्यालयहरुको अवस्था बुझ्ने काम गरिरहेको तस्बिर सामाजिक सञ्जालमा राखेका छन् । गोरखा २ क का एमाले उम्मेदवार राजु राना पालुङटार नगरपालिका केन्द्रित प्रचारमा छन् भने ख का उम्मेदवार बसन्त गुरुङ अजिरकोट र बारपाक सुलिकोटतिर छन् । गोरखा २ बाट राष्टिूय स्वतन्त्र पार्टीको उम्मेदवार बनेका कबिन्द्र बुर्लाकोटी गोरखा र पालुङटार नगरपालिका क्षेत्रमा ब्यस्त देखिन्छन् । अन्य दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवार पनि सामाजिक सञ्जालमा पोस्ट राख्ने मत माग्ने, भेटघाट गर्ने गरिरहेका देखिन्छन् । ग्रामिण भेगमा चुनावी चहलपहल सुरु भईसकेको छ ।May be an image of one or more people and people standing

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटीको दोस्रो पुर्ण बैठक सम्पन्न !

पोखरा ३१,

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटीको दोस्रो पुर्ण बैठक सम्पन्न
राष्ट्रिय युवा संघ नेपाल कास्कीको दोस्रो पुर्ण बैठक राष्ट्रिय युवा संघ नेपाल कास्कीका अध्यक्ष पान बहादुर जि सिको अध्यक्षता बस्यो, उक्त बैठकको प्रमुख अतिथि नेकपा एमाले पोलिटब्युरो सदस्य पुर्व युवा तथा खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्माले बैठकको पुर्ण सफलताको शुभकामना दिदै समग्र कास्कीका बिकास निर्माण पोखरा बिमानस्थल पोखरा रंगशाला पोखरा स्वस्थ बिज्ञान प्रतिस्थान एन्फा टेक्निकल ईन्स्टिच्युट लगाएत थुप्रै बिकाशका कार्यक्रमले गर्दा कास्कीका सम्पुर्ण युवाले बुझ्ने छन र सुरुमा मतदान गर्ने छन सम्पुर्ण युवा माझ यी कार्यक्रम पुर्याउनु पर्ने छ भन्नै आसन्न निर्वाचनमा लाग्न निर्देश गर्नु भयो । बिशेष अतिथि नेकपा एमाले कास्की कार्यबाहक अध्यक्ष तेजनारायण अधिकारीले सम्पुर्ण निर्वाचनको सुरक्षा देखि मत संरक्षकको लागि आम युवा लाग्न निर्देशन दिनु भयो बैठकलाई राष्ट्रिय युवा संघ केन्द्रिय कमिटी सदस्य कास्की इन्चार्ज हरि लम्साल केन्द्रिय सदस्य गण्डकी सह संयोजक बिकास अधिकारी केन्द्रिय सदस्य कास्की सह इन्चार्ज डिल्लीराम सुवेदी केन्द्रिय कमिटी सदस्य उमराज बास्तोला लगाएतले शुभकामना दिनु भएको थियो । बैठकले राष्ट्रिय युवा संघ नेपाल कास्की इन्चार्ज हरि लम्सालको संयोजकत्वमा केन्द्रिय कमिटी सदस्य जिल्ला अध्यक्ष सहितको मोनिटरिङ्ग तथा हाइ कमान्ड सहित जिल्ला उपाध्यक्ष शंकर पौडेलको संयोजकत्वमा राष्ट्रिय युवा संघ नेपाल कास्की कमिटी माहानगर पालिका गाउपालिका कमिटी र वडा कमिटी सचिवालय सदस्य तथा युथफोर्स प्रमुख सहितको १२९५ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा गरेको छ । असन्न निर्वाचन केन्द्रित क्षेत्रीय भेला कार्तिक ५ गते भित्र सक्ने गरि योजना बनाउन र भेला सम्पन्न गर्न निर्देशन गरेको छ । युथफोर्स राष्ट्रिय प्रतिनिधिको लागि क्रमश क्षेत्र नं १ बाट प्रबिन सुनार ,सन्देश तिमिल्सिना ,सोम पुन क्षेत्र नं २ बाट कुमार भण्डारी ,प्रणनाथ पौडेल प्रदीप गुरुङ क्षेत्र नं ३ उज्ज्वल पुन जीवन गुरुङ र राहुल गुरुङ पठाउने तथा राष्ट्रिय युवा संघ नेपाल पुर्व जिल्ला कमिटी कास्कीका सदस्य लक्षमण रोकायको खोजीको लागि प्रशासन सग जोडदार माग गर्नुका साथै राष्ट्रिय युवा संघ नेपाल कास्कीका सचिवालय सदस्य केशवराज अधिकारीको शिघ्र स्वास्थ लाभको कामना गर्दै बैठक समापन भएको थियो।उक्त कार्यक्रम संचालक जिल्ला सचिब नमराज के सि रहनुभएको थियो।

प्रधानमन्त्रीविरुद्ध उम्मेदवारी दिएका सागरलाई रविको पार्टीको समर्थन !!

काठमाडौं । रवि लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले डडेलधुरामा प्रधानमन्त्री शेरबहादुर देउवा विरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार सागर ढकाललाई समर्थन गर्ने भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार एक विज्ञप्ति जारी गर्दै डडेल्धुरामा सिरिन्ज ९सुई० निर्वाचन चिन्ह लिएका सागर ढकाललाई निशर्त समर्थन प्रतिवद्धता जनाएको हो ।

राजनीतिक सिन्डिकेट तोड्ने अभियानमा सागर ढकालहरुको राजनीतिमा प्रवेश र हिम्मत मात्रैले पनि विशेष अर्थ दिने भन्दै बहालवाला प्रधानमन्त्री देउवाकाविरुद्धमा निर्वाचनमा होमिएका ढकालको कदमको प्रशंसा गरेको छ ।

विज्ञप्तिमा भनिएको छ,‘ राजनीतिलाई आजिवन पेसा बनाएकाहरु, पटक पटक परिक्षण भइसकेकाहरुका बदलामा नयाँ र योग्यलाई राजनीतिमा प्रवेश गराउने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी सँधै सकारात्मक छ । यसपटकको निर्वाचन परिणामबाट प्राप्त हुने धेरै लक्ष्यहरु मध्येमा पुरानालाई बिदा गर्ने लक्ष्य पनि प्रमुख लक्ष्य हो । ’

नेपाल बिद्यालय कर्मचारी परिषद कास्की को प्रथम अधिबेशन सम्पन्न !!

नेपाल विधालय कर्मचारी परिषदका केन्द्रिय अध्यक्ष गङाराम तिवारिको प्रमुख अतिथ्यतामा सम्पन्न कास्की जिल्लाको बैठक एबम जिल्ला अधिवेशन आज सम्पन्न भयो।। जिल्ला बैठकमा जिल्लाका विभिन्न विधालयको कर्मचारीको उपस्थिति थियो।प्रमुख अथिती कार्तिक महिना भित्रै केन्द्रको अधिवेशन पनि सम्पन्न गर्ने, निकै लामो संघर्षका बाबजुद पनि यो बिभेदकारी सरकार यो बिभेदकारी ऐन सग जुधेर एहा सम्म आएका छौ र अझै हामी संगठन बिस्तार गरेर अघाडी बढने योजना गर्नु भयो बैठकमा केन्द्रका वरिष्ठ उपाध्यक्ष प्रदिप श्रेष्ठ, महिला उपाध्यक्ष सरिता रेग्मी पौडेल , अर्थ सम्योजक श्याम महर्जन र बाग्मती प्रदेश अध्यक्ष रामशरण फुयालको उपस्थिति रहेको थियो। संघ र प्रदेशको आशन्न निर्वाचनमा आफ्नो माग प्रत्येक राजनीतिक दल सग राखेर अगाडि बड्ने निचोड भयो । केन्द्र र जिल्ला बिच सामिप्यता बढाउन एस्तै बैठकको आयोजना गर्ने र हरेक आन्दोलनमा कास्किको गहन भुमिका हुने परिषदका अध्यक्ष हरिस्चन्द्र बास्तोलाले बताउनु भयो । गन्डकी प्रदेश स्तरिय कमिटी अब हरेक जिल्लाको प्रतिनिधित्व हुने गरेर गठन गर्ने र कास्की जिल्ला परिषदकै पहलमा सम्पन्न हुने कार्यक्रम संचालक एबम कास्की जिल्ला सचिब किशान भण्डारीले जनाउनु भयो।

ज्योतिषहरुको अनुसार, माछा देवत्व र श्रेष्ठताको प्रतिक हो ??

ज्योतिषहरुको अनुसार, माछा देवत्व र श्रेष्ठताको प्रतिक हो ।

(त्यसैले हामीले सपनामा रंगीचंगी साना साना माछा देखियो भने त्यो निकै राम्रो हो । यसले भविष्यमा कुनै शुभ समाचार सुन्न, देख्न, पाइन्छ, साथै यस्तो व्यक्तिको जीवन एकदमै सफल हुन्छ र भविष्यमा कुनै पनि समस्याको सामना गर्नु पर्ने छैन ।

त्यस्तै, सपनामा ठुलो र आक्रमक माछा देखिएको छ भने, यो चाही अलिक चिन्ता गर्नु पर्ने हुन्छ । यस्तो सपनाले मानीसको मन भित्र गुम्सिएर रहेको नकारात्मक उर्जा वा सोचलाई दर्साउदछ । ज्योतिषहरुका अनुसार सपनामा शार्क, पिरहना वा स्वर्डफिस देखेको छ भने, त्यस्तो मानीसहरु आउदो दिनमा ऋणले ग्रसित हुने छन र सधै केहिन केहि समस्याबाट घेरिने छन् ।

तर सपनामा डल्फिन जस्तो माछा देखेको छ भने यस्तो सपना धन प्राप्ति र राम्रो स्वास्थ्यको प्रतिक मानिन्छ ।

त्यसै गरि माछा मारिरहेको ९समातिरहेको० सपना देख्दा यदी आफुले कुनै ठुलो माछा समातेको ९मारेको० देख्यो भने, यसको अर्थ धेरै नै राम्रो वा शुभ संकेत हो । यस्तो सपनाको अर्थ हुन्छ चाडैनै प्रशस्त धन सम्पति प्राप्ति हुनेवाला छ । साथै आफुलाई निकै फाइदा हुने कुनै बिशेष घटना घट्न लागेको शुभ संकेत हो ।

(सपनामा पानीमा खेलिरहेको माछा समातेको देखियो भने त्यसको अर्थ, जीवनमा गरेको कठिन परिश्रमको बदलामा भविष्यमा चाडैँनै प्रसस्त सफलता मिल्दै छ भन्ने हुन्छ ।

अब तपाईहरु सपना देख्नु हुन्छ भने यो अवश्य याद गर्नु होला की कतो सपना देख्नु भयो र त्यसको प्रतिफल वा अर्थ के हुन्छ त्यो पनि बुझ्नु होला ।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय