२०८३ असार ६ शनिबार

पक्राउ परे सन्दीप लामिछाने ?

पक्राउ परे सन्दीप लामिछाने

बलत्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने आज (बिहीबार)पक्राउ परे सन्दीप लामिछाने।

बलत्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने आज (बिहीबार) स्वदेश आइपुगेका छन् । स्वदेश आएलगत्तै सन्दीपलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । गौसला वृत्त प्रहरी परिसरमा राखीएको छ् ।

त्रिभुवन विमानस्थल – वरपर चङ्गा नउडाउन आग्रह ??

विमानस्थल वरपर चङ्गा उडाउनेलाई कारबाही हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले एक सूचना प्रकाशित गरी विमानस्थल वरपर चङ्गा उडाउँदा हवाई उडानमा खतरा हुने भन्दै सो कार्य तत्काल रोक्न आग्रह गरेको छ ।

विमानस्थलमा जहाज उडान तथा अवतरणको समयमा विमानस्थलको आसपासको क्षेत्रमा चङ्गा उडाउँदा विमानको उडान सुरक्षामा गम्भीर असर पर्नसक्ने भएको हुँदा यस किसिमको गतिविधि एवं क्रियाकलाप नगर्न÷नगराउन हुन सम्बन्धित सबैमा प्राधिकरणले प्रकाशित गरेको सूचनामा जनाइएको छ ।

यदि कसैले उक्त सूचनाको अवज्ञा वा अटेर गरी चङ्गा उडाउने कार्य वा गतिविधि गरे तथा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुनेसमेत प्राधिकरणले चेतावनी दिएको छ । दसैँ नजिकिएसँगै अहिले विमानस्थललगायत काठमाडौँका विभिन्न स्थानमा चङ्गा उडाउने कार्य तीव्ररुपमा चलिरहेको छ ।

नेपाली सोसाइटी अफ तास्मानियाले दशैं-कप फुटबल आयोजना गर्दै ।

नेपाली सोसाइटी अफ तास्मानिया ले यही आऊदो अक्टोबर १५ गतेका दिन दोस्रो दशैं कप फुटबल आयोजना गर्ने भएको छ ।

वारियर पार्क फुटबल पिच, होबार्ट, तास्मानियामा मा हुन गईरहेको उक्त कपमा बिजेता र उप-बिजेता लाई के कती पुरस्कार र अन्य बिबिध बिषयको बारेमा पत्रकार सम्मेलन मार्फत जानकारी गराइने बताईएको छ ।

बिजया दशमी २०७९ को उपलक्ष्यमा नेपाली सोसाइटी अफ तास्मानियाले उक्त कप आयोजना गरेको छ ।

अघिल्लो वर्ष समेत नेपाली सोसाइटी अफ तास्मानियाले पहिलो दशैं कपको भव्यताका साथ सम्पन्न गरेको थियो भने अब हुने यस कप दोस्रो दशैं कप रहेको र यस कपलाई चाडपर्व को रुपमा मनाउन र साथिभाइ बिचको सामीप्यता प्रगाढ़ बनाउने उद्देश्यका साथ आयोजना गरीएको सोसाइटीका अध्यक्ष तोयराज भट्टराईले बताए ।

मार्फा फुटबल क्लब तास्मानियाको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न ।

सिड्नी, २०२२ सेप्टेम्बर २५ ।

अष्ट्रेलियाको तास्मानिया राज्यमा रहेको अग्रणी क्लब मार्फा फुटबल क्लब ले दशै तथा तिहार – २०७९ को अवसरमा शुभकामना आदान-प्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा क्लबका अध्यक्ष एवं युवा समाजसेवी रबिन पौडेलले उक्त कार्यक्रममा उपस्थित सबै जना लाई स्वागत सहित मार्फा फुटबल क्लबले आयोजना गर्ने बिभिन्न कार्यक्रमहरूमा यहाँहरू सबैको सदैव यस्तै किसिमको साथ र माया अनी सुझावको अपेच्छा गरेको बताए साथै सबैमा बिजया दशमिको शुभकामना समेत व्यक्त गरेका छन संगै क्लबले खेलकुद क्षेत्रमा आवद्ध रहेका सबै युवा साथीहरूलाई केवल एकजुट बनाई अगाड़ी बढ़ने उद्देश्य मात्र नरही स्वास्थ्य सबैभंदा ठुलो धन रहेको हुदा खेलकुद क्षेत्र मार्फत शारीरिक बिकास अनी मानसिक बिकास समेत हुने बताए ।

होबार्ट स्थित मोनाह, बेंजेफ़िल्ड पार्कमा आयोजना गरीएको उक्त कार्यक्रममा नेपाली सोसाइटी अफ तास्मानियामा अध्यक्ष तोयराज भट्टराई, उपाध्यक्ष, सचिब, कोषाध्यक्ष एवं सदस्यहरुको उपस्थिति रहेको थियो भने अन्य बिभिन्न संघ संस्थाहरू बाट समेत प्रतिनिधित्व जनाएका थिए ।

त्यस्तै उक्त कार्यक्रममा संयोजकको रुपमा नवराज तिमिल्सिना रहेका थिए उनले उपस्थित सबैमा धन्यवाद व्यक्त गर्दै यस कार्यक्रम सम्पन्न गर्न यहाँहरुको उल्लेख्य भुमिका रहेको बताए ।

उक्त शुभकामना आदान-प्रदान कार्यक्रमको संचालन क्लबका सचिव प्रमोद शाहले गरेका थिए भने कार्यक्रममा बिशेष सहयोगिको रुपमा सुरज गौतम रहेका थिए ।

उक्त शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रममा करिब ७० जना युवाहरुको उपस्थिति रहेको कुरा क्लबका पब्लिक अफिसर अस्मित दनाइले बिश्वपाटिलाई जानकारी दिएका छन ।

क्लबले यस अघी बिभिन्न खेलहरू संचालन गरिसकेका छन भने आउदा दिनहरूमा समेत तास्मानिया मा रहेका सबै युवाहरूलाई जोडेर एकजुट बनाई लाने योजना रहेको क्लबका कोषाध्यक्ष अनुप राइले बताए र सदस्यता लीनका निम्ति सबैमा आह्वान समेत गरेका छन ।

 

नेपाली सोसाइटी अफ तास्मानियाको आफनै कार्यलय आजदेखी ।

अष्ट्रेलियाको तास्मानिया राज्यमा रहेका नेपाली समुदाय बिचको समाज नेपाली सोसाइटी अफ तास्मानियाले आज घटस्थापनाको अवसरमा शुभकामना आदान-प्रदान, चियापान एवं कार्यलय उद्घाटन कार्यक्रम गरेको छ ।

बिगत लामो समय देखी समाजले आफ्नो कार्यलय स्थापना गर्ने निर्णय गरे संगै यस वर्ष घटस्थापनाको दिन पारी होबार्टको मोनाह भन्ने स्थानमा आफनै कार्यलय स्थापना गरेको छ ।

उक्त कार्यलय सोसाइटीको गतिविधि, बैठक, नेपाली समुदायको निम्ति प्रयोग गर्न र सोसाइटिको दैनिको रुपमा हुने हरेक कार्यलय-कामहरु गर्न सहज अनी व्यवस्थित बनाउनका निम्ति स्थापना गरीएको सोसाइटिका अध्यक्ष तोयराज भट्टराईले बताए साथै उनले उक्त कार्यक्रममा उपस्थिति सबै नेपालीहरूलाई आगामी दिनहरूमा यस सोसाइटीलाई अगाड़ी बढ़ाऊन र लैजानका निमित्त सबैको साथ र सहयोगको खाँचों रहेको र सबैमा धन्यवाद समेत व्यक्त गरेका छन ।

उक्त कार्यक्रममा कार्यलय उद्घाटनको निम्ति हिन्दू धर्म अनुसार पुजारी द्वारा बिधिवत रुपमा सोसाइटिका उपाध्यक्ष केराज खनालको नेतृत्वमा दुर्गा पुजा सहित शुभकामना आदान-प्रदान अनी कार्यलय व्यवस्थापन गरीएको थियो साथै उनले उपस्थिति सबैमा स्वागत मन्तव्य व्यक्त गर्दै समाजको हित अनी नेपाली हुनुको वास्तविक अर्थ बिदेशी भूमिमा एकापसमा भाईचाराको सम्बन्ध हुनु पर्ने र बनाउनु पर्ने अवस्थाको बारेमा प्रकाश पारेका थिए र नेपालिहरु बिच हरेक परिस्थितिमा सोसाइटी तपाईहरू संगै र साथमा रहेको समेत बताए ।

त्यसै गरी नेपाली सोसाइटी अफ तास्मानिया का सक्रिय सदस्य एवं युवा समाजसेवी आशिष तिवारीलाई सोसाइटिको तर्फबाट आऊदै गरेको बड़ा दशैंको अवसरमा सबै नेपालीहरू लाई नि-शुल्क जमरा वितरण कार्यक्रमको सम्पूर्ण ज़िम्मेवारी प्रदान गरेको छ । जमरा लीन इच्छुक हरूले 113 Albert Road, Moonah यस ठेगाना मा गई लीन सक्नुहुने छ र सबै नेपाली भाषी अनी होबार्ट बासीहरूमा जमरा लीनका निम्ति उनले अपिल सहित शुभकामना व्यक्त गरेका थिए ।

उक्त कार्यलय उद्घाटन कार्यक्रममा अष्ट्रेलियाका स्थानीय दलका प्रतिनिधि, नेपाली सोसाइटी तास्मानियाका पूर्व अध्यक्ष र तास्मानियामा रहेका बिभिन्न नेपाली एवं बिदेशी संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा चियापान एवं दशैंको शुभकामना आदान-प्रदान कार्यक्रम समेत रहेको थियो ।

नेपाली सोसाइटी अफ तास्मानियाले यस अघी बिभिन्न महत्वपूर्ण कार्यक्रमहरू गरीसकेको छ र आउदा दिनमा समेत बिशुद्ध नेपालीहरू बिचमा रही समाजको निम्ति काम र ग़ैर राजनैतिक गतिविधि हरू र राजनैतिक ढंग बाट आऊने र गरिने हरेक प्रकारका काम र प्रस्तावहरू लाई अस्वीकार गर्ने प्रतिवद्धता समेत सोसाइटिका अध्यक्ष तोयराज भट्टराईले व्यक्त गरेका छन ।

बडादसैँ सुरु, आज घटस्थापना घटस्थापनाको साइत बिहान १०ः२३ बजे

काठमाडाैं । विभिन्न पेसा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ–आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादसैँ पर्व आजदेखि सुरु भएको छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ ।

बडादसैँको पहिलो दिन आज घरका पूजा कोठा र दसैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

घट्यो सुनचाँदीको भाउ ??

काठमाडौं : नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।

आइतबार तोलामा एक हजार रुपैयाँले घटेर सुनको भाउ ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार तोलामा एक हजार रुपैयाँले बढेर तोलामा ९२ हजार आठ सय रुपैयाँमा पुगेको भाउ आज एक हजार रुपैयाँले नै घटेको हो । तेजाबी सुन भने प्रतितोला ९१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै, चाँदी आज तोलामा ३० रुपैयाँले घटेर एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

डलरको भाउ हालसम्मकै उच्च!!

काठमाडौं : नेपाल राष्ट्र बैङ्ककाअनुसार आइतबार एक अमेरिकी डलरको बिक्रीदर १२९ रुपैयाँ ८९ पैसा पुगेको छ । यो हालसम्मकै उच्च हो ।

विश्व बजारमा अमेरिकी डलरको माग बढेसँगै मूल्य उकालो लागेको हो । डलरको मूल्यबृद्धिको असर नेपालसँगै भारतीय रुपैयाँमा पनि परेको छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमयदर रहेको छ ।

राष्ट्र बैङ्कले आज अमेरिकी डलर एकको खरिदमा १२९ रुपैयाँ २९ पैसा र बिक्रीमा १२९ रुपैयाँ ८९ पैसा तिर्नुपर्नेछ ।

पछिल्लो समय रुस ,युक्रेन युद्धका कारण अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएपछि विश्व बजारमा डलर महँगो बन्दै गएको छ। डलरको भाउ बढ्नुले नेपाल र भारतको बजारमासमेत यसको असर देखिएको छ ।

डलरको भाउभन्दा महङ्गो हुने युरोपियन युरोको भाउ आज खरिदमा १२६ रुपैयाँ २० पैसा र बिक्रीमा १२६ रुपैयाँ ७९ पैसा रहेको छ ।

त्यस्तै, आइतबार डलरभन्दा महङ्गो मुद्राहरूमा युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क र दिनार रहेका छन् । युके पाउन्ड स्टेर्लिङ एकको खरिदमा १४३ रुपैयाँ ६५ पैसा र बिक्रीमा १४४ रुपैयाँ ३१ पैसा, स्वीस फ्र्याङ्क खरिदमा १३१ रुपैयाँ ८७ पैसा र बिक्रीमा १३२ रुपैयाँ ४९ पैसा रहेको छ ।

त्यस्तै, कुवेती दिनार एकको खरिदमूल्य ४१७ रुपैयाँ १९ पैसा र बिक्रीमूल्य ४१९ रुपैयाँ १२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिदमा ३४२ रुपैयाँ ९२ पैसा र बिक्रीमा ३४४ रुपैयाँ ५१ पैसा कायम भएको छ ।

नागरिकता विधेयक प्रकरण : प्रमाणीकरण नगर्नुको कारण राष्ट्रपतिलाई सोध्यो सर्वाेच्चले!

काठमाडौं : सर्वाेच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरण नभएको विषयमा कारण देखाऊ आदेश जारी गरेको छ ।

संघीय संसदको दुवै सदनले पारित गरेर पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरिनन् । दोस्रो पटक पठाएको विधेयक गत मंगलबार (४ असोज) प्रमाणीकरण गर्नुपर्नेमा राष्ट्रपति भण्डारीले नगरेपछि सर्वाेच्च अदालतमा छुट्टाछुट्टै पाँचवटा रिट परेका छन् ।

जसको आइतबार सुनुवाइ गर्दै न्यायाधीश हरि फुयालको एकल इजालसले राष्ट्रपति भण्डारीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक दायित्व पूरा नगरेको भन्दै सर्वाेच्चमा छुट्टाछुट्टै पाँचवटा रिट परेका छन् ।

अधिवक्ता सागर बरालसहित, शौनु परियारले परमादेशको र अधिवक्ता डा. सुनिल रञ्जन सिंहसमेत, अधिवक्ता सुनिकुमार यादव र देव शर्माले भने राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गराउन उत्प्रेषण परमादेश मागेका छन् ।

राप्रपा अध्यक्ष लिङ्देनको प्रस्ताव- संघ र स्थानीय सरकार बलियो पारौं, प्रदेश खारेज गरौं!!

महोत्तरी : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कम्युनिष्ट र कांग्रेसका केही नेताले देशलाई चक्रब्यूमा पारेको आरोप लगाएका छन् । ०४६ सालको राजनैतिक परिवर्तनपछि मुट्ठिभरका केही नेताले देशको हालत दयनीय बनाएको उनको दाबी छ ।

शनिवार महोत्तरीको बर्दिबासमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेता लिङ्देनले नेताहरूले नेपालको निर्णायकत्व विदेशीलाई सुम्पेको र विदेशीको चाहनाअनुसार सरकार चलेको समेत आरोप लगाए ।

वामपन्थी र कांग्रेस नेताका कारण नेपाल शक्तिराष्ट्रको क्रिडास्थल बनेकोप्रति चिन्ता व्यक्त गर्दै उनले भने, ’हामीलाई विदेशीसँगको मित्रता स्वीकार्य छ । तर, हस्तक्षेप स्वीकार्य छैन ।’ राजालाई अर्बाै रुपैयाँ स्वीट्जरल्याण्डमा राखेको आरोप लगाउने नेताहरूले अहिले स्वीटजरल्याण्डमा ७० अरब रुपैयाँ राखेको अध्यक्ष लिङ्देनले खुलासा गरे ।

यो व्यवस्थाबाट देश भ्रष्टाचारको दलदलमा फसेको र यसको संरक्षणकर्ता पनि नेताहरू रहेको बताए । ञसामान्य जागीर खानका लागि घुस खुवाउनुपर्छ, समाजले पनि घुस्याहलाई राम्रो मान्छ,झ उनले भने । उनले प्रदेशलाई खारेज गर्नुपर्ने बताए ।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय