बाल दिवस – श्री कृष्ण स्काउट ट्रुपद्वारा आयोजितद्वारा अन्तर सदनात्मक हाजिर जवाफ प्रतियोगिता सप्पन्न !!
बाल दिवस – श्री कृष्ण स्काउट ट्रुपद्वारा आयोजितद्वारा अन्तर सदनात्मक हाजिर जवाफ प्रतियोगिता सप्पन्न !!

भदौ -२९,
पोखरा महानगरपालिका वडा न ७ मासबार मा अवस्थित श्री कृष्ण स्काउट ट्रुपद्वारा आयोजित अन्तर सदनात्मक हाजिर जवाफ आयोजना गरि सम्पन्न गरेको छ् । कार्यक्रम बाल दिवस को अवसर पारी सप्पन्न गरेका थिए ।

कार्यक्रमको अध्यक्षता स्काउट मासटर किशन भण्डारी ले गरेका थिए भने प्रमुख अतिथि वडा न ७ का अध्यक्ष राम मोहन आचार्य रहनुभएको थियो । कार्यक्रममा अतिथीहरु गण्डकी प्रदेश स्काउट सदस्य उपेन्द्र गिरि , बि ब स सदस्य देव बहादुर घोथाने , शिक्षक प्रतिनिधि योगेन्द्र बा थापा, साहयक प्र अ दिनेश बराल रहनुभएको थियोे ।


कार्यक्रममा सहभागी बिधालयमा रहेको सदन क्रमशः रातो , निलो , हरियो , पहेंलो सदन बीच हाजिर जवाफ सप्पन्न भएको छ् । क्रमशः रातो र पहेलो सदन प्रथम , हरियो दृतिय र निलो सदन त्रितिय स्थान हासिल गरेको छ् ।


उक्त कार्यक्रममा बिद्यालयका शिक्षक प्रतिनिधि योगेन्द्र बा थापा ले स्वागत मन्तव्य राखेका थिए ।

विधालयका वि व्य स सदस्य देव बहादुर घतानेले विधार्थीमाझ अतिरिक्त कार्यक्रम आयोजना गरेमा शैक्षिक मानसिक सामाजिक र सम्बेगात्मक क्षमताको अभिवृद्दि हुने धाराणा व्यक्त गर्दै आगमी दिनहरुमा पनि एस्तै कार्यक्रमको अपेक्षा गरेको जानकारी गराउनु भयो।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि वडा न ७ का अध्यक्ष राम मोहन आचार्यले बाल दिवसको अवसरमा स्काउटले येस्तो रचनात्मक क्रियाकलाप आयोजना गरेको मा निकै खुसी भएको बताउनुभयो । सम्पुर्ण बाबुनानी लाई बाल दिवस को शुभकामना दिएका थिए भने प्रथम , दृतिय , तृतीय भाइबहिनी लाई अबिर लगाई बधाइ दिनुभएको थियोे ।

कार्यक्रम को अध्यक्षता गरेका किशन भण्डारीले अब आउने दिनमा अझै रचनात्मक क्रियाकलापहरु आयोजना सहित सम्पुर्ण स्काउट टु्पलाइ चाहिने सम्पुर्ण बस्तुहरु( बयाज, डोरी , स्कार्फ,टोपी ) असोज महीना मा पूर्णता दिने जनाउँदै कार्यक्रम समापन गरेको थिए भने कार्यक्रम संचालक शिक्षक बिजय आचार्य ले गरेका थिए ।

लगनखेलको मन्जुश्री पेट्रोल पम्प सिल !!
काठमाडौं । काठमाडौं महानगपालिकाले लगनखेलमा रहेको मञ्जुश्री पेट्रोल पम्प सिल गरेको छ । मापदण्डविपरित बनाइएको उक्त पेट्रोल पम्प महानगरले आइतबार सिल गरेको हो ।
उक्त पेट्रोल पम्प लामो समयदेखि महानगरकै जग्गामा संचालनमा रहेको थियो ।
महानगरले उक्त पेट्रोल पम्पलाई ६ महिना अगाडि नै मापदण्ड विपरीत रहेको भन्दै हटाउन सूचित गरेको थियो । तर, पटक पटक आग्रह गर्दा पनि सञ्चालकले अटेर गरेपछि पम्प सिल गरिएको महानगरले जनाएको छ ।
राष्ट्रिय युवा संघ नेपाल माछापुच्छ्रे गाउँ पालिका कमिटीको पहिलो बैठक सम्पन्न!!
राष्ट्रिय युवा संघ नेपाल माछापुच्छ्रे गाउँ पालिका कमिटीको पहिलो बैठक सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल कास्कीको सर्कुलर अनुसार माछापुच्छ्रे गाउँपालिका कमिटीको बैठक बसेको छ ।प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपाल कास्कीका अध्यक्ष पान बहादुर जि सिले बैठकको पुर्ण सफलताको शुभकामना दिदै सैद्धान्तिक र साङ्गठानिक युवाले मात्र युवा आन्दोलन सफल हुने हुदा यस प्रती सचेत हुन निर्देशन गर्नु भयो । त्यस्तै इन्चार्ज रुद्र राना भाटले जिल्ला कमिटी कास्कीको सर्कुलर सुनाउदै जिल्लामै प्रथम हुने गरि काम अगाडि बढाउन सबै सग हातेमालो गरि अगाडी बद्ने बताउनु भयो । कार्यक्रम राष्ट्रिय युवा संघका जिल्ला कमिटी सदस्य प्रसान्त अधिकारी रमेश जि सि हिमाल तमाङ्ग लगाएतले बोल्नु भएको थियो । राष्ट्रिय युवा संघ नेपाल माछापुच्छ्रेका अध्यक्ष उज्ज्वल पुनको अध्यक्षता बसेको बैठकको सन्चालन सचीव युबराज जि सिले गरेका थिए उक्त बैठकले यहि भाद्र २८ गते लोकतान्त्रिक तमु संघको केन्द्रिय महाधिवेशनमा श्रदय अध्यक्ष के पि ओलिले सम्बोधन गर्ने कार्यक्रममा व्यापक युवा उतार्ने लागाएत जिल्लाले गरेको निर्देशन अनुसारको कार्य गर्ने र नौ वटा वडामा संगठन बिस्तार तिब्रता दिने निर्णय सहित बैठक समापन गरेको राष्ट्रिय युवा संघ नेपाल माछापुच्छ्रेका सचीव युवराज जि सिले जानकारी दिनुभयो।
के हो पितृ तर्पण वा सोह्रश्राद्ध ? पितृकर्म बिना देवकर्मको फल असम्भव!!
भदौ २५ : जनकपुरधामको गंगासागर सहितका सरोबरहरुमा शनिवार बिहानै अत्याधिक भिडभाड लागेको छ । यो भिडभाड निरन्तर सोह्र दिन सम्म लाग्ने छ । हिन्दू परम्परा अनुसार शनिवार देखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध शुरु भएकाले दिवंगत मातापिता सहित पुर्वजहरुको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गर्ने हिन्दु परम्परा रहेको छ ।
हिन्दू परम्परा अनुसार शनिवार देखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदा देखि आश्विन शुक्ल प्रतिपदासम्म चल्ने पतृपक्षमा आफ्ना दिवंगत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गर्ने परम्परा छ । सोह« वटा तिथिमा पितृप्रति श्रद्धासाथ पितृकार्य गरिने हुनाले नेपाली समाजमा यो विधी सोह«श्राद्धको नामले परिचित छ ।
जानकारहरुको अनुसार यो पिृतकर्म हो ।
आश्विन महिनालाई पितृ पक्ष बनाइएको छ । शनिवार पुर्णिमाको दिन अर्पण गर्ने जल र गरिने तर्पण अगस्त मुनी अर्थात सवै मुनीका लागि हुन्छ भने पुर्णिमाको भोलीपल्ट अर्थात आइतवार देखि सुरु हुने विधी देवश्रृषि र पितृ तर्पण हो ।
जानकारहरुका अनुसार पितृ तर्पण गर्नेहरुलाई पितृदोष लाग्दैन । पृतिदोष लाग्दा थाहा नहुने तर स्मृद्वि, व्यापारमा बृद्वि, र सन्तानको शुस्वास्थ्य तथा शुसंस्कारको अवरोधक मानिन्छ । यो बहुत पुरान पौरानिक परम्परा हो । कर्म दुई प्रकारको देवकर्म तथा पिृतकर्म हुन्छ जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्ने पनि जानकारहरु बताउछन् ।
यो कर्म जेठो छोराले मात्र नभई सबै सन्तानले गर्नुपर्ने जानकारहरुको सुझाव छ । साथै चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले आफ्ना पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्परा समेत हिन्दु संस्कारमा हुन्छ । बडादशैं र तिहारजस्ता महान् चाडका अगाडि पर्ने सोह्रश्राद्धले सन्ततिलाई आफ्ना पितृप्रतिको दायित्वबोध गराउनुका साथै पितृऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउँछ भन्ने मान्यता रहिआएको छ ।
सोह्रश्राद्ध शुरु भएसँगै जनकपुधामको गंगासागर, काठमाण्डौं स्थित पशुपति क्षेत्र सहित देशको विभिन्न स्थानका धार्मिक महत्वको तालतलैया, नदी, सरोबर पोखरी आदीमा पनि सर्वसाधारणहरु दिवंगत पितृको सम्झनामा तर्पण तथा पिण्डदान गर्नका लागि पुग्ने गर्दछन् ।
दार्चुलाका बाढीपहिरोमा परी ज्यान गुमाएकाहरुको परिवारलाई एक लाख क्षतिपूर्ति!!
धनगढी, २५ भदौ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा.रणबहादुर रावलले दार्चुलामा बाढीपहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई जनही एक लाख रुपैयाँ दिने घोषणा गरेका छन् । उनले प्रदेश सरकारका तर्फबाट उक्त रकम दिने घोषणा गरेका हुन् ।
बाढीपहिरो प्रभावितका लागि राहत र उद्धार सामग्री लिएर मन्त्री रावलसहितको टोली शनिबार दार्चुला पुगेको छ । त्यहाँ सुरक्षा निकायका अधिकारीहरूसितको छलफलका क्रममा मन्त्री रावलले यस्तो घोषणा गरेका हुन् ।
यस्तै, बाढीपहिरोमा परी घाइते भएकाहरूलाई उपचारका लागि जनही ५० हजार रुपैयाँ सहयोग उपब्लध गराउने उनले प्रतिबद्धता जनाएका छन् । उनको घोषणा कार्यान्वयन हुन प्रदेश मन्त्रिपरिषद्को बैठकबाट निर्णय हुन आवश्यक हुन्छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूसँगै सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रावल, सुदूरपश्चिमका वनमन्त्री मानबहादुर धामीसहितको टोली दार्चुला गएको हो । नेपाली सेनाको हेलिकोप्टरमार्फत उनीहरू दार्चुला गएका हुन् ।
राष्ट्रिय युवा संघ नेपाल कास्की पोखरा २८ को बैठक सप्पन्न ।
राष्ट्रिय युवा संघ नेपाल कास्की पोखरा २८ को बैठक सप्पन्न ।
राष्ट्रिय युवा संघ नेपाल कास्की पोखरा २८ ले युवा संघ को बैठक सम्पन्न गरेको छ् ।
उक्त कार्यक्रम अध्यक्षता समीर तिमिल्सिना ले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथी केन्द्रिय सदस्य एबम कास्की सह इन्चार्ज बिष्णु सुवेदी रहनुभएको थियो। विशेष अतिथिमा नगर कमिटी सदस्य नारायण त्रिपाठि,वडा पार्टी अध्यक्ष राम कृष्ण तिवारी , युवा संघ जिल्ला सदस्य एबम वडा इन्चार्ज पुकार गौतम रहनुभएको थियो।

कास्की जिल्ला को सर्कुलर बमोजिम तमु लोकतान्त्रिक संघ को दोश्रो अधिबेशनमा २८ गते वडा न २८ बाट बाक्लो रुपमा युवाहरु को उपस्थिति गराउने निर्णय भएको जनाए।
कार्यक्रममा प्रमुख अतिथि , नगर कमिटी सदस्य नारायण त्रिपाठि,वडा पार्टी अध्यक्ष राम कृष्ण तिवारी वडा इन्चार्ज ले आफ्नो मन्तव्य राख्नुभएको थियो भन्रे सम्पुर्ण उपस्थित ले अफ्नो अफ्नो भनाइ राखेका थिए । कार्यक्रम संचालक सागर भण्डारी ले गरेको कुरा वडा इन्चार्ज पुकार गौतमले जानकारि गराउनुभयो।
राष्ट्रिय युवा संघ नेपाल कास्की, मादी गाउँपालिका कमिटीको अधिवेशन सम्पन्न – अध्यक्षमा उमेस गुरुङ
राष्ट्रिय युवा संघ नेपाल, कास्की मादी गाउँपालिका कमिटीको अधिवेशन सम्पन्न !!
राष्ट्रिय युवा संघ नेपाल, मादि गाउँपालिका कमिटीको अधिवेशन सम्पन्न भएको छ। उक्त अधिवेशनको अध्यक्षता राजु अधिकारीले गर्नु भएको थियो भने प्रमुख अतिथी ने.क.पा. एमाले जिल्ला कमिटीका अध्यक्ष मन बाहादुर गुरुङ , युवा संघका प्रदेश संयोजक महेन्द्र गुरुङ, ,पार्टिका उप-सचिब दर्शन लामा, युवा संघ जिल्ला अध्यक्ष पान बहादुर जि सि ले आफ्नो शुभकामना मनतब्य राख्नु भएको थियो।

अधिवेशनले उमेस गुरुङको अध्यक्षतामा ४९ सदस्य पालिका कमिटी चयन गरेको छ उक्त कमिटीको उपाध्यक्षमा – कुमार गुरुङ , सचिव – निलम् गुरुङ , सह-सचिवहरु- जिवन पौडेल, नवराज अधिकारी कोषाद्य्यक्ष छेत्र व. गुरुङ चयन हुनु भएको छ् ।

राष्ट्रिय युवा संघ नेपाल कास्की जिल्ला कमिटीले केन्द्रको, सरकुलर बमोजिम अन्नपूर्ण , माछापुच्छ्रे र आज मादि अधिवेशन गरेको हो भने अब यही भदौ भित्र पोखरा महानगर र रूपा को अधिबेशन सम्पन्न गर्ने कुरा राष्ट्रिय युवा संघ जिल्ला कमिटी सचिव नमराज के सि. ले बताउनु भयो। ।
राष्ट्रिय युवा संघ नेपाल कास्की पोखरा, १७ को बैठक सम्पन्न !!
राष्ट्रिय युवा संघ नेपाल कास्की पोखरा, १७ को प्रथम बैठक सम्पन्न !!
राष्ट्रिय युवा संघ नेपाल कास्की, पोखरा महानगर पालिका वडा नं. १७ को बैठक वडा कमिटीका अध्यक्ष कृष्ण पौडेल को अध्यक्षतामा सम्पन्न भएको छ।
उक्त बैठकले डेंगु नियंत्रण समन्धी सचेतना कार्यक्रम गर्ने, यही भदौ २८ गते लोकतान्त्रिक तमु संघ को दोश्रो अधिवेशनमा युवाहरुको उल्लेख्य सहभागीता गर्ने निर्णय भएको छ् ।
सो बैठकमा रातटिय युवा कास्कीका अध्यक्ष पान वहादूर जि.सी., सचिव नमराज के० सि०, युवा संघ केन्द्रीय कमिटी सदस्य सरस्वती पुरी, लगायतले आफ्नो भनाई राख्न भएको थियो भने सो बैठक संचालक वडा सचिव सुभाष आचार्यले सन्चालन गर्नु थियो।
राष्ट्रिय युवा संघ नेपाल, कास्कीको सचिवालय बैठक सम्पन्न!!
भदौ २४
राष्ट्रिय युवा संघ नेपाल, कास्की जिल्ला कमिटी को सचिवालय बैठक आज सम्पन्न भएको छ् । उक्त बैठकमा अध्यक्षता कास्की का अध्यक्ष पान वहादुर जि.सिले गर्नु भएको थियो । भने सो बैठकमा जिल्लाका पदाधिकारी, सचिवालयका सदस्यहरू, क्षेत्रीय संयोजक, निर्वाचन प्रदेश कमिटीका संयोजकह पालिकाका संयोजक र विभाग प्रमुख उपस्थित हुनुहुन्थ्यो ।
उक्त बैठकको प्रमुख अतिथि नेकपा एमाले कास्कीका जिल्ला अध्यक्ष मन बहादुर गुरुङ, राष्ट्रिय युवा संघ गण्डकी प्रदेश संयोजक महेन्द्र गुरुङ , सह संयोजक विकास अधिकारी , युवा संघ कास्की जिल्ला स ह इन्चार्ज बिष्णु सुवेदी, सरस्वती पुरी केन्द्रिय सदस्यहरुले आफ्नो मन्तव्य राख्नु भएको थियो भने सम्पूर्ण बैठकमा उपस्थिति सम्पूर्णले आ-आफ्नो धारणा समेत प्रस्तुत गरेका थिए।
२०७९ भाद्र २८ पोखरामा नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलिले उदघाटन गर्ने लाेकतान्त्रिक तमु संघ काे दाेस्राे राष्ट्रिय सम्मेलनलाई सफल बनाउन राष्ट्रिय युवा संघ कास्कीका मातहतका सम्पुर्ण युवा परिचालन गर्ने निर्णय गर्दै बैठक सम्पन्न भयो ।सो बैठक जिल्ला कमिटी, सचिब नमराज के.सी ले सञ्चालन गर्नु भएको थियो ।
नेपालले भारतलाई ३–१ ले हरायाे -साफ यू–१७ !!
काठमाण्डाै – १७ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा नेपालले भारतलाई हराएकाे छ । श्रीलङ्काको कोलम्बोको रेस कोर्स मैदानमा भएकाे खेलमा नेपालले भारतलाई तीन–एक गाेलले हरायाे ।
नेपालकाे जितमा सराेज दर्लामी, उनेश बुढाथाेकी र सुवास बमले एक–एक गाेल गरे । भारतका लागि ड्यानी मेतीले गाेल गरे ।
Next Page » « Previous Pageताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
