२०८३ असार ६ शनिबार

झापाको कमल गाउँपालिकामा डि.पि.एल कमलको पद हस्तान्तरण कार्यक्रममा – अध्यक्षमा दिवस खतिवडा

#भदौ २२
कमल । आज बिहिबार पाडाजुङीमा सम्पन्न भएको छ ।

डि.पि.एल कमलको दोस्रो अधिवेशनबाट दिवस खतिवडालाई अध्यक्षमा चयन गरिएको छ ।

कमलको पाडाजुङ्गीमा सम्पन्न पद हस्तान्तरण कार्यक्रममा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । उक्त समितिमा निवर्तमान अध्यक्ष राजन चापागाई, वरिष्ठ उपाध्यक्षमा आशिष निरौला, कानुनी सल्लाहकारमा दीपक खड्का, महासचिवमा जीवन सापकोटा, उपाध्यक्षहरुमा (महिला) समिक्षा आचार्य र पुरुषमा गौरव घिमिरे र कोषाध्यक्षमा सुनिता अधिकारी चयन भएका छन् ।

यस्तै प्रोजेक्ट संयोजकमा संजिव पाठक, ट्रेनिङ्ग संयोजकमा सागर रेग्मी, चुवा र सहभागिता संयोजकमा अरुष दास, पुस्तक र पुस्तकालय संयोजकमा निरज पौडेल, पब्लिक रिलेसन संयोजकमा जेनिशा भण्डारी, आइटी संयोजकमा कमल कटुवाल, दिगो लक्ष्म संयोजकमा कुल प्रसाद वगाले, कोष वृद्धि संयोजकमा नविन भट्टराई, पाठक तथा सदस्य संयोजकमा सिसम नेपाल र टिन्स वोर्ड संयोजकमा आर्दश सिग्देल चयन भएका छन् ।

उक्त कार्यक्रममा निर्वाचन आयुक्तको भूमिकाको निर्वाह गर्नका लागि डिपिएल नेपाल राष्ट्रिय वोर्डका निवर्तमान अध्यक्षले गर्नुभएको थियो । पद हस्तान्तरण कार्यक्रममा डिपिएल नेपाल राष्ट्रिय वोर्डका अध्यक्ष सन्दिप न्यौपानेको अध्यक्षता, कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने (तिवारी)को प्रमुख आतित्थ्यता, यस्तै विशिष्ट अतिथिहरुमा डिपिएल नेपाल राष्ट्रिय वोर्डका निवर्तमान अध्यक्ष विनोद उप्रेती डिपिएल नेपाल संस्थापक वोर्डका कोषाध्यक्ष सन्दिप चापागाई, त्यस्तै अतिथिहरुमा डिपिएल नेपाल राष्ट्रिय सदस्य कमल गौरे, डिपिएल सस्थापक बोर्ड महासचिव देवेन्द्र प्रसाई र डिपिएल नेपाल राष्ट्रिय सदस्य रोशन सिंखडाको आतित्थ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

खै त हाम्रो देशमा नयाँ संविधान ?✍️कुल प्रसाद वगाले

खै त हाम्रो देशमा नयाँ संविधान ?

कुल प्रसाद वगाले

सोमबार , २०७९/०५/२०

कमल -०५, झापा
अब हामी कुरा गरुम नेपालको कानुन अनि नियमको बारेमा
वास्तविक रूपमा भन्ने हो भन्ने नेपालको विश्वको उत्कृष्ट संविधान भन्ने गरिन्छ तर यसको कार्योनयन भने एकदमै फितलोपन देखिएको छ । यो देशमा धनीका लागि कानुन बनाएको हो तर गरिब , दुःखी र निमुखाका निम्ति बनाइएको होइन रहेछ ।

यहाँ पीडितहरुले याथर्थ रूपमा भन्ने हो भने नियम कानुन नै छैन । न्यायका निम्ति दिनहुुँ तड्पिरहेका मेरा नेपाली जनताहरुको सुरक्षाका निमित्त के गर्‍यो र हाम्रो सरकारले यो देशमा । माथी पद र सामर्थ्यमा पुगेका ती चोरहरुलाई जनताहरुको पिडाका विषयमा कहिले सोचेनन् ।यिनीहरुका लागि त याथर्थ रूपमा भन्ने हो भने नियम कानुन केही पनि लाग्दैन ।यिनीहरुले जस्तोसुकै घिनलाग्दो र कानुन विरुद्ध काम गर्दा नि माथी माथी नै चेनल र लिन्क मिलाएर दोषी भएता पनि पुरै बचाउनछन् ।तर यहाँ यदि त्यहीँ दोषी यदि गरिब र सामान्य दु:खीत वर्गको हुन्छन् भने चै तिनीहरुका निम्ति भने चै हाम्रो देशमा कानुन लाग्छ भन्या ।यो कहाँको विभेद हो नि ? नियम र कानुन भनेको त सबैलाई लाग्नुपर्ने होइन र ?

अचम्म र विचित्रको कानुन छ हाम्रो देशमा कुनै देशमा नभएको ।
हाम्रो देशमा यदि कसैको हत्या अनि बलात्कार भयो भने यदि त्यो सामर्थ्यमा रहेको नेताहरुको कार्यकर्ताले दोषी हो भने यहाँ सब गुपचुप हुन्छन् ।ती चोरहरुलाई माथीबाट नै बचाउन लाग्छन् ठुलठुला दलहरु र पार्टीका नेताहरूले । अनि फेरि भोट भने चै हामी भेडा जनताहरु पनि त्यहीँ पापी, पिसास ,बेकामे अनि स्वार्थी नेताहरुलाई नै दिएर जिताउछौँ ?

यहाँबाट हामी बुझ्छौँ कि साच्चिकै हामी नेपाली जनताहरुले यो देशमा परिवर्तन चाहेका छैनौं भनेर । यदि वास्तविक रूपमा साच्चिकै हामीले परिवर्तन गर्ने र नयाँ नेपाल बनाउने परिकल्पना गर्नुभएको नै छ भने हजुर करिब ३ करोड नेपाली जनताहरु के चै हेरेर बस्नुभएको छ हँ । अझै पनि यी नै भ्रस्टाचारि स्वार्थी नेताहरूलाई साथ दिएर विश्वास र भरोसा गर्नुभयो भने नि यो देश अरु कसैले होइन । तपाईंहरु स्वयमैले धोस्त र विकासको विरुद्धमा हुनुहुन्छ ।

अब पनि तपाईंहरुको घैटोमा घाम लागेन भने नि मेरा प्रिय सम्मानीय , आदरणीय र विवेकशील जनताहरु , तपाईंहरु ढुक्क हुनुहोस् नि हजुरहरुले नै देश डुबाउने कर्तव्य निभाउनु हुनुहुदैँ छ । अनि सबैले सकक्षम , परिवर्तनशील , विकासप्रेमी , लगनशील र इमानदार नेतृत्व छन् । यो देशको भविष्यको जिम्मेवार व्यक्तिहरु भनेकै तपाईं जनताहरु ।अब तपाईंहरुले निर्णय गर्ने बेला आएको छ ।सोच्नुहोस् , धैर्य हुनुहोस् अनि आ-आफ्नो कर्तव्य निभाउनुहोस् । खोइ त नयाँ संविधानको प्रभावकारि कार्योवनयन कहिले हुन्छ यो हाम्रो देशमा ?हाम्रो यो बहुमुल्य भोट हाल्ने अवसर , अधिकार र कर्तव्यलाई निश्पक्ष ढङ्गले विवेकपुर्ण तरिकाले प्रयोग गर्नुपर्ने जिम्मेवारी पनि हामी जनताकै हो। जनताहरुले अब हुन लागेको मङ्सिर ४ गतेको प्रदेश तथा प्रतिनिधि सभाको चुनावमा आ-आफ्नो बहुमुल्य मताधिकार प्रयोग गरौं ।

राष्ट्रिय युवा संघ नेपाल माछापुच्छ्रे गाउपालिकाको प्रथम अधिबेशन सम्पन्न – अध्यक्षमा उज्ज्वल पुन!!

राष्ट्रिय युवा संघ नेपाल माछापुच्छ्रे गाउपालिकाको प्रथम अधिबेशन सम्पन्न भएको छ महेन्द्र मा बिको सभा हलमा भएको कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटी सदस्य कास्की इन्चार्ज नेकपा एमाले जिल्ला कमिटी सदस्य हरि लम्सालले राष्ट्रिय युवा संघ नेपाल सधै बिकृती बिसङगती विरुद्ध जुद्दै आम युवाको मत जित्न सक्ने गरि स्थापित नेकपा एमाले को जनसंगठनको नेता संगठन हो र आसन्न निर्वाचनमा भर्खरै स्थानीय निर्वाचनको परिणाम उल्टाउने गरि लाग्न निर्देशन दिनु भयो केन्द्रिय कमिटी सदस्य तथा कास्की इन्चार्ज डिल्लीराम सुबेदिले संगठन मजबुत बनाउन यो कमिटी टोल टोलमा पुग्नु पर्ने बताउनु भयो अर्का सह इन्चार्ज सुजा गुरुङ्गले युवा भनेको महिला होइन झै गर्ने समाज अहिले नेकपा एमालेको अगुवाइमा महिला स्थापित भएको बताउनु भयो राष्ट्रिय युवा संघ जिल्ला अध्यक्ष पान बहादुर जिसिले आम युवा मिलि गाउँ पालिका भित्रका अराजक कार्य अनैतिक भ्रस्टाचार तथा बिकृती बिसङगती विरुद्ध अभिछिन्न लाग्न निर्देशन दिनु भयो कार्यक्रममा जिल्ला उपाध्यक्ष शंकर पौडेल अनेरास्ववियु का नेता बिष्णु पोख्रेल जनप्रतिनिधि अर्जुन अधिकारी युवा संघ गा पा इन्चार्ज रुद्र राना भाट लगाएतले मन्तब्य राख्नु भएको थियो राजेन्द्र गौतम को अध्यक्षता भएको कार्यक्रममा स्वागत मन्तव्य इन्द्र पुन उज्ज्वल र संचाल्न युवाराज जिसि ले गरेका हुन अधिबेशनले तपशिल बमोजिमको नेतृत्व चयन गर्दै अधिबेशन सप्पन्न गरेको छ
अध्यक्ष उज्ज्वल पुन
उपाध्यक्ष प्रेम अधिकारी
सचिव युबराज जि सि
सह सचीव श्याम तिमिल्सिना
कोषाध्यक्ष सुनिल भुजेल
सदस्य इश्वर तिवारी
बिरेन्द्र अधिकारी
बितिसा बस्नेत
सुनिल अधिकारी
हेमन्त नेपाली
राजन पौडेल
राजकुमार परियार
किरण भण्डारी
साजन सुनार
राम प्रसाद लम्साल
रबिन जि सि
प्रवेश पुन
बिकल पुन
दिपेन्द्र पु

गोरखामा नेकपा एमालेबाट चक्रे मिलन सिफ़ारिस ।

गोर्खा
नेकपा एमालेले गोरखा २ को प्रतिनिधि सभा सांसद उम्मेदवारमा मिलन गुरुङ (चक्रे) सहित तीन जनाको नाम सिफारिस गरेको छ ।

क्षेत्र २ को क्षेत्रीय समितिको आज आइतवार सकिएको बैठकले चक्रेसहित दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम सिफारिस गरेको हो ।

चक्रे विगतमा विवादास्पद गतिविधिहरुमा संलग्न रहँदै आएका थिए । ठमेल क्षेत्रमा व्यावसायिक प्रभाव जमाउन धन बल को पहुँच बनाएका उनलाई एमालेले सिफारिश गरेकाे हाे । यसअघि कांग्रेसले जिउँदै भट्टीमा मान्छे हाल्ने माेहम्मम आफताब आलमलाई सिफारिश गरिसकेको छ ।

‘गणतान्त्रिक आन्दोलनको नेतृत्व महिले नै गरेको थिए – माधव नेपाल!!

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कामको नेतृत्व आफूले गरेको दाबी गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले आफू नेतृत्वको तत्कालीन एमालेले गणतन्त्रमा जाने निर्णय गरेर सो आन्दोलनको नेतृत्वदायी भूमिका आफैंले निर्वाह गरेको बताए ।
गणतन्त्रको पक्षमा कांग्रेस नरहेको, माओवादीभित्र पनि सांस्कृतिक राजाको कुरा भइरहेका बेला आफू नेतृत्वको तत्कालीन एमालेको केन्द्रीय कमिटी बैठकले गणतन्त्रमा जाने निर्णय गरेर आन्दोलनलाई अघि बढाएको उनले दाबी गरेका छन् ।
अध्यक्ष नेपालले यथार्थवादी धरातलमा टेकेर मात्रै मुलुकमा समाजवाद ल्याउन सकिने कुरालाई कम्युनिस्टहरूले कहिल्यै पनि भुल्न नहुने पटकपटक दोहोर्‍याए । ‘यहाँ गणतन्त्र ल्याउनका लागि विभिन्न पार्टीमा बहस भएको थियो ।
कांग्रेस गणतन्त्रको पक्षमा आएको थिएन । माओवादी पार्टी गणतन्त्रवादी भएता पनि त्यहाँभित्र पनि कहिले सांस्कृतिक राजाको कुरा हुने गर्थ्यो । हाम्रो पार्टीभित्र पनि विवाद भयो ।
२०६२ सालको असार र साउन महिनामा बसेको तत्कालीन एमालेको केन्द्रीय कमिटी बैठकले गणतन्त्रमा जाने निर्णय गर्‍यो । हामीले नै गणतन्त्र ल्याउनका लागि बुटबलबाट आन्दोलनको नेतृत्वका गरेका थियौं,’ नेता नेपालले भनेका छन् ।
अध्यक्ष नेपालले निर्वाचनमा भाग लिई जितेर देखाउन पनि नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलालाई चुनौती दिएका थिए । बास्तोलाले राष्ट्रपतिको उम्मेदवार बन्न दाबी गरेकोमा आपत्ति जनाउँदै उनले नेपालले उनले त्यस्तो दाबी गर्न नमिल्ने बताए ।
उनले भने, ‘चुनाव जित्न नसक्ने अनि राष्ट्रपतिको उम्मेदवार आफू हो भन्न मिल्दैन ।’ अध्यक्ष नेपालले समाजवादको मार्ग तय गर्नका लागि जनतामा जागरण ल्याउनुपर्ने धारणा समेत राखेका थिए ।

पूर्वराज्यमन्त्री यादवसहित माओवादीका ३५ कार्यकर्ता एमालेमा प्रवेश!!

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री रामसिंह यादवसहित विभिन्न कमिटीका ३५ जना अगुवा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
माओवादी नेता यादवले नेपालका कम्युनिष्टहरूलाई एकताबद्ध गरेर देश समृद्ध बनाउन एमालेले मात्र सक्छ भन्ने निष्कर्षमा आफू पुगेको बताए ।
ललितपुर च्यासलस्थित केन्द्रीय कार्यालयमा आइतबार एक कार्यक्रमबीच अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले उनीहरूलाई स्वागत गरे ।
एमाले प्रवेश गरेका माओवादी केन्द्रका कार्यकर्ताहरूमा शिवकुमार कापर ९मधेश प्रदेश कमिटी सदस्य०, सकलदेव रजक ९ मधेश प्रदेश कमिटी सदस्य०, धनुषा जिल्ला कमिटी सदस्यहरू फुलसिंह यादव, भोला यादव, रामबाबु राय, सोनफी साह, श्रीनारायण कुँवर, रामभिखारी राय छन् ।
त्यसैगरी, माओवादी केन्द्र धनुषाका नगर कमिटीका सदस्यहरू भरत यादव, राजिवकुमार राय, रोशन मुख्या, जगदीश मुख्या, रामकुमार यादव, देवनारायण पासवान, सरयुग यादव, जनक अधिकारी, रामएकवाल कुँवर, धनपैत साह,त्यस्तै, वाईसीएल र स्थानीय तहका कार्यकर्ताहरू जनार्दनप्रसाद उपाध्याय, अजय यादव, सनिसा थापा, नितेश मिश्र, कोमद कापर, रामअधार ठाकुर, रानेशकुमार भगत, माधव न्यौपाने, भरतकुमार भण्डल, धर्म सुनार, लक्षमन राई, श्याम राय, प्रितम ठाकुर, मदन ठाकुर, रामदेव राई र जयराम ठाकुर पनि प्रवेश गरेको एमालेले जनाएको छ ।
त्यस्तै समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य अनिलकुमार घिमिरे, विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य गोपाल भण्डारी र सोही पार्टीका टङ्कप्रसाद काफ्ले र मञ्जु भण्डारीले पनि एमाले रोजेका छन् ।

प्रतिनिधि सभा सदस्य कास्की १ बाट २५ बर्षिय रामराज अधिकारीको उमेदवारी!!

प्रतिनिधि सभा सदस्य कास्की १ बाट २५ बर्षिय रामराज अधिकारीको उमेदवारी!!

आउदो मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश शभा निर्वाचनका लागि नेकपा एमाले कास्की क्षेत्र नं १ तर्फबाट प्रतिनिधिसभाको लागि नेपालकै कान्छो सदस्य (२५बर्षिय) रामराज अधिकारी ले उमेदवार दिएका छन।

उक्त निर्वाचन क्षेत्रबाट चुनाब लड्न एमालेबाट १५ जनाले आकाक्षा बेक्त गरेका छन ।
कास्की प्रतिनिधि सभा १ मा नेकपा (एमाले)को तर्फबाट सिफारिस उम्मेदवारहरुको नामावली :
१.खगराज अधिकारी
२.दिलिप न्यौपाने
३.बैन बहादुर अधिकारी
४.कालिदास सुवेदी
५.झलक सुवेदी
६.पुष्पज्योती ढुङ्गाना
७.मन बहादुर गुरुङ
८.बाल सिह काउछा मगर
९.हिमालय बख्रेल
१०.पदम प्रसाद पौडेल
११.मिलन सुबेदी
१२.शङ्करनाथ पौडेल
१३.उमा सिह
१४.रामराज अधिकारी
१५. पुष्प अधिकारी
नेपालकै कान्छो सदस्य रामराज अधिकारीको कस्कि १ वाट उमेदवार सिफारिस भएका हुन।

साफ यू-१९ पुरुष च्याम्पियनसीप खेल्न श्रीलंका जाँदै गरेको फुटबल टोलिलाई ऎन्फाद्वारा भव्य विदाई ।

बिहिवार ,२०७९/०५/१६

✍️कुल प्रसाद वगाले

साफ यू–१७ पुरुष च्याम्पियनसिप खेल्न श्रीलंका जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार श्रीलंका जाने नेपाली टोलीलाई बिदाइ गरेको हो ।

प्रतियोगिताका लागि यू–१७ टोलीको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले २३ सदस्सीय टोलीको घोषणा गरिसकेका छन् । साफ यू–१७ को पहिलो खेलमा नेपालले भुटानको सामना गर्नेछ । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा भारत र भुटान रहेको छ ।

नेपालले भुटानसँग सेप्टेम्बर ७ मा प्रतिस्पर्धा गर्नेछ । नेपाली टोली शुक्रबार श्रीलंका प्रस्थान गर्ने छन् । समूह ‘ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

इन्डियन आयल कर्पोरेशन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची !!

इन्डियन आयल कर्पोरेशन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले नेपाल आयल निगमलाई बिहीबार नयाँ मूल्यसूची पठाएको हो । निगमलाई प्राप्त नयाँ मूल्यसूचीअनुसार एलपीजी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।
बिहीबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १ रुपैयाँ ४० पैसा र डिजेलको मूल्य ६ रुपैयाँ १२ पैसाले बढेर प्राप्त भएको छ भने खाना पकाउने ग्याँसको मूल्य भने प्रतिसिलिण्डर १ सय रूपैयाँले घटेर आएको नेपाल आयल निगमले जनाएको छ । नयाँ मूल्य प्राप्त भए पनि निगमले उपभोक्ता बिक्री मुल्यबारे भने कुनै निर्णय गरेको छैन ।

राष्ट्रिय युवा संघ पोखरामहानगरपालिका वडा ९ को अधिबेशन सम्पन्न -अध्यक्षमा मनोज गुरुङ

राष्ट्रिय युवा संघ नेपाल पोखरा महानगरपालिका वडा ९ को अधिवेशन सम्पन्न भएको छ् ।प्रमुख अथिती नेकपा एमाले प्रदेश सदस्य दुर्गा श्रेष्ठ रहनुभएको थियो।

उक्त भेला बाट पोखरा महानगरपलिका वडा न ९ को भेला बाट राष्ट्रिय युवा संघ वडा ९ मा अध्यक्ष मनोज गुरुङ, उपाध्यक्ष सुरज लामिछाने,सचिब आशिष् अधिकारी , उप सचिबमा अनिल रमतेल ,कोषाधयक्ष सुनिता राना,क्रमशः सदस्यहरु गरि २७ सदस्य गठन भएको छ भने भेला बाट युथ फोर्स सम्योजक राहुल कार्की ,साइबर सरकल समयोजक सचित गिरि चयन भएका छन।

सो अधिवेशनमा पार्टि कमिटीका वडाका जिम्मेवार नेता तथा कार्यकर्ताको बक्लो उपथिती थियो भने निवाचित कमिटीलाई कार्यालय बिभाग प्रमुख ,वडा इन्चार्ज उमेश बिशुन्खे ले सपत खुवाउनु भएको थियो।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय