२०८१ बैशाख ७ शुक्रबार

नेपालको मौसमी राजनीति ✍️ केशव धामि

✍️ केशव धामि
पुर्चाैडी नगरपालिका ४ शिबाबाै
ओलि सरकार का पालामा सरकारले तेलको मूल्य बढाउँथ्यो, देउवाजीका पालामा आयल निगमले तेलको मूल्य बढाउँछ। उहिले सरकारको लापरबाहीले कोरोना फैलिन्थ्यो, अहिले जनताको लापरबाहीले कोरोना फैलन्छ। उहिले लिपुलेक फिर्ता ल्यानु सरकारको काम थियो, अहिले लिपुलेक फिर्ता ल्याउनु अभियन्ताको काम भएछ। उहिले स्वास्थ सामग्री खरिदमा तलमाथि भए प्रधानमन्त्रीले भ्रष्टाचार गरेको ठहर्थ्यो, अहिले खोपमा तलमाथि हुँदा कर्मचारीको त्रुटि ठहरिन्छ। उहिले ओलि सरकारका मन्त्रीले उटपट्याङ बोले प्रधानमन्त्री माथि धारे हात सोझ्याइन्थ्यो, अहिले अग्रगामी सरकारका मन्त्रीले दिनदहाडै ज्यानमार्ने धम्की दिँदा फण्डितहरु सियो खसे पनि सुनिने मौनधारण गरेर बसिदिन्छन्। रमाइलो छ नेपालको मौसमी राजनीति!

समग्र मा भन्नू पर्दा ,
नेपाल को मौसमी राजनीति र सरकार टिकाउन र चुनाव खर्च निकाल्न यदि जनतालाई पेट्रोलियम पर्दाथको भाउमा सास्ति र महंगिको रापले सेक्ने काम गर्छ भने त्यो जनताद्धारा चुनिएको सरकार हैन । यो त एकतन्त्रीय शासन भन्दा नि गएगुज्रेका भए । यस्ताहरुलाई फेरि जनताले भोट र नोट दिएर पटक पटक सरकारमा पुर्याउनु पर्छ भने यो ब्यवस्थाको बिरुद्ध र जनताले गरेको पटक पटकको परिवर्तनको अपमान हो । संसदीय पद्धतिमा सरकारको स्थायित्व खोज्ने हैन बरु सरकार जनताप्रति कतिको उत्तरदायी छ भनि जनताले मुल्याङ्कन गर्ने हो तर यहाँ त जनता भनेका आफै दास सम्झि सरकारलाई आपत्त विपत्त पर्दा उत्खनन गर्ने र आफ्नो अभिष्ट पुरा भएपछि आर्यघाटमा लगेर सेलाउने काम सदैव हुँदै आएको छ । यो परिपाटीको अन्त्य अब आउँदो चुनावबाट जनताले सुझबुझका साथ नगरे फेरि पनि उहि दलाल नोकरशाही पुँजीपतिको नछुट्टिने र नटुटिने भारी पुस्तौ पुस्ता बोक्नु पर्ने हुन्छ ।

२०७८ माघ ९, आईतवार प्रकाशित 0 Minutes 781 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार