गुल्मी कालीगण्डकीमा एमाले र माओवादीबीच चुनावी तालमेलको सहमति, अध्यक्ष एमालेलाई
दुबई । गुल्मी जिल्ला कालीगण्डकी गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । नेकपा एमालेको तर्फबाट रामजी ढकाल अध्यक्ष र मंजु दर्लामि उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।
गाउँपालिका र जिल्ला स्तरीय नेताहरुबीच भएको सहमति अनुसार उपाध्यक्षमा माओबादी र प्रमुख अर्थात् अध्यक्षमा नेकपा एमालेलाई दिने गरी सहमति भएको थियो र त्यसै अनुरूप साझा उम्मेदवारको रुपमा अगाड़ी बढेका छन ।
वडा तहमा पनि एमाले र माओवादीले तालमेल सहित भागबण्डा गरेका छन् । त्यस्तै नेताहरुबीच संयुक्त घोषणापत्र जारी गरी चुनावी प्रचारलाई तीव्र बनाउने पनि सहमति भएको छ ।
नेताहरुले चुनावी तालमेलबारे पत्रकार सम्मेलन समेत गरेका छन ।
अध्यक्षः रामजी ढकाल(एमाले)
उपाध्यक्षः मन्जु दर्लामी(माओवादी-केन्द्र)
वडा नं १ः लालु प्रसाद पाण्डे (हर्मिचौर)-एमाले
२ः बाबुराम न्यौपाने (अर्बेनी)-माओवादी केन्द्र
३ः रुपसिं श्रीस (जयखानी)-एमाले
४ः होमनाथ शर्मा (पुर्तिघाट)-माओवादी
५ः छत्र बहादुर राना (फोक्विङ्ग)- एमाले
६ः कबिराज ढकाल (खड्गकोट)- एमाले
७ः घनश्याम थापा (भुर्तुङ्ग)-एमाले
काली गण्डकी गाउँपालिकामा नेपाली कांग्रेसबाट समेत उम्मेदवार रहेका छन् । केन्द्रमा गठबन्धनको नाममा भएको असहज तालमेल लाई हामिले हाम्रो पालिकामा सहज अनी बिकासको नाममा सही समुह बनाएर अगाढ़ी बढ़ने उद्देश्य रहेको हुदा तालमेल गरेको एक नेताले बताए ।
निर्वाचन आयोगको कार्यतालिका उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन हो ।
आन्दोलनको राजनीति, निर्वाचनको राजनीति र सत्ताको राजनीति ।
नेपालको राजनीतिक अस्थिरताको मूल जड दलहरूको आन्तरिक विवाद रहिआएको छ । नेताहरूको वर्चस्वशाली मनोविज्ञान र गुट–उपगुटले स्थायित्वका लागि यिनले निरन्तरता पनि पाउनैपर्छ ।
आऊदो स्थानीय निर्वाचनमा दलहरू बीचको गठबन्धनले नेपाली राजनीतिलाई माहोल गरम बनाएको छ । एकातिर नेपाली कांग्रेसको नेतृत्वमा सत्तारूढ दलहरूको गठबन्धन बनेको छ भने अर्कातर्फ प्रमुख प्रतिपक्षी नेकपा एमालेको नेतृत्वमा । सत्तारूढ दलहरूको गठबन्धनमा सिटको बिभाजन ठूलो चर्चाको विषय बनेको छ । नेकपा एमाले र पूर्वपञ्चहरूबीचको केही स्थान अनी भुगोलको आधारमाँ गठबन्धनबारे पनि अनेक चर्चा चलेका छन् ।
निर्वाचनमा कुन गठबन्धनले काम गर्छ वा गर्दैन ? निर्वाचनपछि त्यस गठबन्धनले निरन्तरता पाउँछ कि पाउँदैन ? यसबारे विमर्श हुनु आवश्यक छ ।
नेपालमा दलहरूको इतिहास करिबन पौने शताब्दी पुरानो छ । यस अवधिमा दलहरूले तीन थरी राजनीति गर्दै आएका छन् । आन्दोलनको राजनीति, निर्वाचनको राजनीति र सत्ताको राजनीति ।
आज सम्म अनेकौं आन्दोलन भए तर २००७, २०४६ र २०६२–६३ सालका आन्दोलनहरूलाई भने निर्णायक मानिन्छ । ती आन्दोलनहरूबाट व्यवस्था परिवर्तन भएका थिए । २००७ सालमा नेपाली कांग्रेसको नेतृत्वमा भएको आन्दोलनले राणा शासनलाई लत्याएको थियो । नेपालले त्यहीँबाट प्रजातन्त्र को यात्रा थालेको हो । पछिल्ला दुई आन्दोलन (२०४६ र २०६२–६३) दलहरूबीच बलियो गठबन्धन भएकै कारण सफल भएका थिए । मधेशमा भएका २०६३, २०६४ र २०७२ सालका यी तीन आन्दोलन मध्ये पनि पछिल्ला दुई आन्दोलन विभिन्न दलबीचको गठबन्धनले नै गरेको थियो । यसका आधारमा हामी भन्न सक्छौं, आन्दोलनको राजनीतिमा हाम्रा दलहरूबीच गठबन्धन हुँदै आएको छ र त्यस्ता गठबन्धनहरू प्रभावकारी पनि हुँदा रहेछन् भन्ने पुष्टि समेत भएको छ।
सत्ता राजनीतिका पनि आफ्नै अनेकौ रमाइला पक्षहरू छन् । दलहरू आफ्नै चुनाव चिह्नका आधारमा अनेकौं पटक निर्वाचन लडेका छन् । आज सम्म सात पटक संसदीय निर्वाचन, तीन पटक स्थानीय र एक पटक प्रदेश सभाको । बहुदलीय व्यवस्था अन्तर्गत २०१५, २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ सालमा संसदीय निर्वाचनहरू भएका थिए भने २०४९, २०५४ र २०७४ सालमा स्थानीय निर्वाचनहरू भएका थिए भने २०७४ सालमा प्रदेश सभाको पहिलो पटक।
२०१५ सालको पहिलो निर्वाचनमा नेपाली कांग्रेसको दुईतिहाइ बहुमत थियो तर राजाले ‘कू’ गरेका कारण सरकार र संसद् दुवै पूरा अवधि चल्न पाएका भने थिएनन् । २०४६ देखि २०५६ सालबीच तीन पटक संसदीय निर्वाचन भएका थिए । २०४८, २०५१ र २०५६ सालमा । पहिलो र तेस्रो निर्वाचनमा नेपाली कांग्रेसले बहुमत पाएको थियो तर पनि संसद् पूर्ण अवधि भने टिकाऊन सकेको थिएन । २०५१ सालमा कसैको बहुमत आएको थिएन । सत्ता राजनीतिमा गठबन्धनको अभ्यास त्यहीँ बाट सुरुवात भएको हो ।
२०६४ साल पस्चात नयाँ निर्वाचन प्रणाली लागू भएपछि संसद्मा कुनै पार्टीको बहुमत आउँदै आएन । हरेक पटक गठबन्धनकै सरकार बन्ने र भत्किने क्रम जारी रही रहयो । २०७४ सालमा केपी ओली नेतृत्वको सरकार बनिसकेपछि एमाले र माओवादीबीच एकीकरण भएर ‘नेकपा डबल’ पार्टी बनेको थियो । जतिन्जेल त्यो पार्टी रह्यो, सदनमा उसको बहुमत थियो । उसैको नेतृत्वमा बहुमतको सरकार पनि थियो । अन्ततः अदालतको निर्णयबाट दुवै पार्टी छुट्टिएपछि सदनमा कसैको बहुमत रहेन भने सत्ताको राजनीतिमा गठबन्धनको अभ्यास फेरी सुरु भयो ।
यसरी हेर्दा सातमध्ये चार पटकको संसदीय निर्वाचनमा कसैको बहुमत आएको थिएन भने तीन पटक कांग्रेस पार्टीको एकल बहुमत आउँदा पनि संसद् पूर्ण अवधि चल्न भने सकेको थिएन ।
दलहरूको सत्ता राजनीतिको अभ्यासमा केही कुरा स्पष्ट रूपमा देखिएका छन् जसमा पहिलो, नेपालको सत्ता राजनीतिमा गठबन्धन कुनै नौलो विषय पनी होइन । सायद यो प्रक्रिया अझ लामो समयसम्म चलिरहनेछ । कसैकसैले अहिलेको मिश्रित निर्वाचन प्रणालीलाई दोष दिन्छन्, तर यथार्थ के हो भने, प्रत्यक्ष निर्वाचन प्रणाली मात्र रहेका बेला पनि र एउटै पार्टीले बहुमत ल्याउँदा पनि सत्ता राजनीतिले स्थिरता पाउन सकेको थिएन ।
दोस्रो, सत्तामा रहेका बेला दलहरूमा आन्तरिक विवाद उग्र हुँदा रहेछन् । सत्तामै रहेका बेला प्रायः दलहरू विभाजित हुँदा रहेछन् । जुन कुरा हामिले एमाले र माओबादि बिचको सम्बंध र अवस्था पानी जस्तै छर्लँग छ ।
अनी तेस्रो, राज्य सत्ताका लागि गठबन्धन गरिँदा चाही न कुनै किसिमका वैचारिक धरातल हेरिने रहेछ । जसरी पनि सङ्ख्या मात्र पुर्याउने, जसको जोसँग जसरी कुरा मिल्छ सत्तामा जान उसैसँग गठबन्धन गरिहाल्ने ।
२०४८ सालमा कांग्रेसको एकल बहुमत थियो । ३६ र ७४ समूहको विवादले यति उग्ररूप लियो कि, देशले मध्यावधि निर्वाचन भोग्नुपर्यो । २०५६ सालमा फेरि नेपाली कांग्रेसले बहुमत पाएको थियो । अनेकौं विवादपछि नेपाली कांग्रेस (प्रजातान्त्रिक) को जन्म भएको थियो । वामपन्थीहरूमा समेत यस्ता अनेक कथा अनी आफनै व्यथा छन् । नेकपा (नेकपा) को गठनदेखि विभाजनसम्मको यात्रा हामी सबैको सामु क्लीयर छ ।
सत्ताका लागि दलहरूबीच हुने गठबन्धनको पनि आफ्नै छुट्टै परिवेष छ । २०५१ सालमा कुनै पनि दलको बहुमत नहुँदा कांग्रेस र कम्युनिस्ट पार्टीहरू पालैपालो पञ्चहरूको पार्टी (राप्रपा) सँग मिलेर सत्तामा पुगेका हुन त्यस पछी २०६५–७० सालबीच राप्रपाको ठाउँमा मधेशी पार्टीहरू आए तर शैली फरक ऊहि । २०७०–७२ सालको समयमा नेपाली कांग्रेस र नेकपा एमाले बीचको गठबन्धन सरकार बन्यो र संविधान जारी भयो । २०७२–७४–७९ सालबीच जेजति सरकारहरू बनेका छन्, ती सबै पुरानै शैलीमा बन्ने अनी फेरी भत्किँदै जाने देखीएको छन् ।
यसरी आन्दोलन र सत्ताको राजनीतिमा पटकपटक गठबन्धन गरेका दलहरूले निर्वाचनमा चाहिँ एक पटक मात्र गठबन्धन गरेका हुन् । २०७४ सालमा भएका तिनटा निर्वाचनमा तीन थरी गठबन्धन बनेका थिए । स्थानीय निर्वाचनको मुखमा नेपाली राजनीतिमा गठबन्धनको व्यापक चर्चा चलिरहँदा विगतका ती गठबन्धनको चर्चा गर्नु सान्दर्भिक हुन्छ ।
२०७४ सालको स्थानीय निर्वाचन तीन चरणमा भएको थियो । केही सीमित स्थानमा कांग्रेस र माओवादी बीच गठबन्धन भएको थियो तर मत आदानप्रदान भने त्यस्तो राम्रो नभएको दुवै पक्षका नेताहरूको ठमयाई छ अनी अन्तिममा परिणामले पनि त्यही देखाएको थियो । त्यति बेला तेस्रो चरणमा भएको मधेश प्रदेशको निर्वाचनमा कांग्रेस, एमाले, माओवादी, फोरम र राजपाबीच पाँचपक्षीय प्रतिस्पर्धा भएको थियो । बाँकी प्रदेशहरूमा मूलतः कांग्रेस, एमाले र माओवादी बीच त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो ।
त्रिपक्षीय प्रतिस्पर्धा भएका ठाउँमा एमालेले सबैभन्दा बढी र माओवादीले सबैभन्दा कम पालिका प्रमुख जितेका थिए । मधेश प्रदेश (जहाँ पाँच पक्षीय प्रतिस्पर्धा थियो) कांग्रेसले सबैभन्दा बढी पालिका जितेको थियो भने एमालेले सबैभन्दा कम ।
गत अन्तिम स्थानीय निर्वाचनको केही महिनापछि नै प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एकैपटक भएको थियो । त्यस निर्वाचनमा एमाले र माओवादी बीच देशैभरि वाम गठबन्धन बनेको थियो भने मधेशमा फोरम र राजपा बीच पनि मधेशी एक मोर्चा बनेको थियो । कहि केही सिटमा कांग्रेस र मधेशी मोर्चाबीच पनि सहमति भएको थियो तर सिमित ठाउँमा । यसरी मधेश प्रदेशमा सामान्यतया कांग्रेस, मधेशी मोर्चा र वाम मोर्चाबीच प्रतिस्पर्धा भएको थियो भने बाँकी ठाउँमा कांग्रेस र वाम मोर्चाबीच सीधा द्विपक्षीय प्रतिस्पर्धा भएको थियो । मधेश प्रदेशमा मधेशी मोर्चाले अग्रता लिएको थियो भने बाँकी प्रदेशहरूमा वाम मोर्चाले । समग्रमा कांग्रेसले सबैतिर घाटा बेहोर्नुपरेको थियो ।
उल्लिखित दुवै तथ्यका आधारमा निष्कर्ष ।
पहिलो, लामो समयदेखि नेपाली समाज वामपन्थी भर्सेज प्रजातान्त्रिकको खेमामा ध्रुवीकृत हुँदै आएकाले पनि कांग्रेस र माओवादीबीचको गठबन्धनले काम नगरेको हुन सक्छ । किनभने स्थानीय निर्वाचन लगत्तै भएको प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनमा फेरि वाम–वाम दलबीच र मधेशी–मधेशी दलबीच भएका गठबन्धनहरूले काम गरेका थिए । सहज रूपमा मत आदानप्रदान भएको तथ्याङ्कले नै देखाउँछ । मधेशमा मधेशी पार्टी भर्सेज अन्य पार्टीको ध्रुवीकरणले काम गरेको थियो भने बाँकी छ प्रदेशमा वामपन्थी भर्सेज कांग्रेसको मनोविज्ञानले । तर, यो विश्लेषण केवल एक वर्षभित्र भएका तिनटा फरक–फरक निर्वाचनको नतिजामा आधारित छ । त्यस निर्वाचनको माहोल भने फरक थियो । आम मानिसले लामो नाकाबन्दी झेलेका थिए । पहाडमा राष्ट्रवादका नाममा संगठित हुने र मधेसमा अधिकारका लागि संघर्ष गर्ने नारा लागेको थियो एकैपटक तर अहिले त्यो अवस्था छैन ।
अहिले कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाबीच गठबन्धन बनेको छ र अर्कातर्फ एमाले, राप्रपा नेपाल आदिको गठबन्धन छ । कतैकतै लोसपाले पनि एमालेसँग गठबन्धन गर्ने केही चर्चा चलेको छ । दलहरूको आफ्नो कोणबाट हेर्दा दुवै खिचडी गठबन्धन देखिन्छन् । गठबन्धनमा सबै पक्ष छन् । सबै विचारका दलहरू छन् तर गठबन्धनको आफ्नै कुनै विचार रहेको बुझिँदैन । एकातर्फ केपी ओलीसँग व्यक्तिगत हिसाबले रिसाएकाहरूले एक ठाउँमा आएर कांग्रेसलाइव उचालेको देखिन्छ भने अर्कातर्फ प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवको विरोधमा मोर्चा कस्ने प्रयास भइरहेको छ । यसले केपी ओली प्रति केही दलले उदारता नदेखाएको सजीलों संग बुझन सकिने छ ।
त्यसैले निर्वाचनको राजनीतिमा कुन गठबन्धनले काम गर्छ र कुन गठबन्धनले काम गर्दैन, अहिल्यै भन्न कठिन छ । कुन गठबन्धनमा दलहरूबीच कति प्रतिशत मत आदानप्रदान हुन्छ वा हुँदैन, यसबारे आजको मितिमा तथ्याङ्क र धेरै भावनाका आधारमै प्रक्षेपण भइरहेको छ । खासमा दलहरू बीचको अहिलेको चुनावी गठबन्धन नेपाली राजनीतिमा एउटा नयाँ प्रयोग भइरहेको छ । यसको परिणामले भविष्यको राजनीतिका धेरै पाटाहरू उघार्नेछ र अन्त्यमा फेरी पनी को कहाँ मिसिने हो कसले कस्लाई उचाल्ने र बोक्ने हो त्यो हेर्न बाकिं नै छ ।
निर्वाचनका लागि दलहरूबीच बनेको गठबन्धन सबैको चासोको विषय अवश्य बनेको छ तर यसले आम नेपालीको चिन्ताको उपचार गर्दैन । आम जनताको चिन्ताचाहिँ राजनैतिक गठबन्धनको आयुसँग जोडिएको छ ।
भाेट माग्ने क्रममा बालिकामाथि यौन दुर्व्यवहार गरेकाे आराेपमा माओवादी नेता पक्राउ!!
१६ बैशाख २०७९, शुक्रबार
काठमाडाैँ– ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एकजना माओवादी नेता पक्राउ परेका छन्। पक्राउ पर्नेमा रसुवाकाे कालिका गाउँपालिका-३ धारापानीका ३५ वर्षीय गणेश बिक रहेका छन्।
पीडितका बाबुले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा माओवादी जिल्ला कमिटी सदस्य तथा कालिका गाउँ कार्यपालिका सदस्यसमेत रहेका बिक पक्राउ परेका हुन्।
बिहीबार स्थानीय निर्वाचनका लागि भोट माग्न घरदैलो अभियानमा हिँडेका माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य बिकले बालिका मात्र रहेको अवस्थामा घरमा पसेर संवेदनशील अंगमा समातेर दुर्व्यवहार गरेको पीडितले दिएको उजुरीका आधारमा प्रहरीले आरोपितलाई पक्राउ गरेको हो।
बिकलाई जिल्ला प्रहरी कार्यालय पठाएको इलाका प्रहरी कार्यालय कालिकास्थानका सई कासीराम बुढाले बताए। शुक्रबार बिहान पीडितको रसुवा अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ।
प्रकाशित मिति: १६ बैशाख २०७९, शुक्रबार
एक करोड ७७ लाख ७५ हजार मतपत्र छापियो!!
काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ७५ हजार मतपत्र छापिएको जानकारी दिएको छ ।आयोगको नियमित पत्रकार सम्मेलनअन्तर्गत बिहीबार सहायक प्रवक्ता तथा उपसचिव सूर्यप्रसाद अर्यालले १५ वैशाखसम्ममा ७२ जिल्लाका लागि एक करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ सम्पन्न भएको जानकारी दिएका हुन् ।उनका अनुसार हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिएको छ ।


सानोकाले परियारले गरे नेकपा एमाले पोखरा १८ को प्रर्तिवद्धता पत्र बिमोचन !
पोखरा १८,

नेकपा एमाले पोखरा १८ सराङ्कोटले आसन स्थानिय चुनाबका लागि आफ्नो पर्तिवद्धत पत्र आनेकी घोषणापत्र बिहिबार घरदैलो कार्यक्रमको दोर्सो दिनको अबसर पारि नेकपा एमालेका समर्थक श्रषमजिबी तथा वडाका सञ्चारकर्ता सानोकाले परियार (कटुवाल)को हातबाट बिमोचन गरेको छ ।परियारले पार्टीले आफु जस्तो भुहिमान्छेलाई पर्तिवद्धता पत्र बिमोचन गर्ने ठुलो काम विश्वा गरेर दिनु भएकोमा धन्यवाद ब्यक्त गरे ।उनले एमाले सर्बहारा जनताको पार्टी भएको र आम सराङ्कोट बासिन्दालाई नेकपा एमालेका सुर्य धोजाबाह्क उम्मेदवारहरुलाइ मतदान गर्न आग्रह गरे ।उत्त कार्यक्रम निर्वाचन परिचालन संयोजक अरूण थापाको अध्यक्षतामा भएको थियो र पार्टी सचिब तथा प्रचारप्रसार संयोजक शालिकराम तिमिल्सिनाले सञ्चालन गरेका थिए ।


उम्मेदवारी किन, आठबीस नगरपालिका प्रमुख, तर्क बहादुर बडुवालको राजनीतिक जीवन ।
दैलेख : २०१८ साल फागुन २१ गते आ.न.पा ८ तिलेपाटामा जन्मिनु भएका क.तर्क बहादुर बडुवाल सानै उमेर दिखे पढाईमा अब्बल व्यक्ति हुनु हुन्थो। २०२८ सालमा प्रा.वी तिलेपाटा बाट ५ कक्षा प्रथम भएका बडुवाल आफ्नो गाउमा माध्यामिक स्कुल नभएकोले माध्यामिक शिक्षा हासिल गर्ने २/३ दिन हिडेर दैलेख बजार गएर एक सालको कोर्स ३ महिना मात्र पढेर ६ कक्षा प्रथम श्रेणीमा उतीर्ण गरे पश्चात उनी कम्युनिस्ट आन्दोलनमा होमिए र २०३३ सालमा त्तकालिन (नेमकिसं)हरु सॅंग भेटधाट र माक्सवाद अध्ययन मडल मा अध्ययनगर्ने कंर्मा दैलेख जिल्लाका कम्युनिस्ट नेता प्रेम शाह , उद्य जंग शाही , हर्क ब. शाही, रंगनाथ जोसी लगायतका नेताहरु सॅग चिनजान साथै २०३६ सालमा सुरुवातमै तत्कालिन पंचायती व्यवस्था बिरुद देशव्यापी आन्दोलनमा सरीक भए!
त्यस्तै २०३६ साल जेठ १० गते राजा विरेन्द्रले जनमत संह्रको घोषणा गरेपछी बहुदलको पक्षमा प्रचार गर्न थाले । २०३६ साल पुस महिनामा बहुदल पक्षका नेताहरु बहुदलको पक्षमा सरिक भएको देखेर तत्कालिन भेरी अंचलाधिश महेभुप शाहको आदेशमा पक्राउ परे उनी संगै रंग ब. शाही हेम ब. शाही, दिल्ले पुजारी, शिबराज जोसी नन्द ब.शाही , भक्त ब.शाही लगायत दर्जनौ नेता थिए।
२०३६ फागुन बाट २०३७ असार सम्न कालिका मा.बि.मा अध्यापन गर्दा बिध्यार्थी हरुलाई संगठित बनाउने कार्य गरे। २०३७ साल बैशाख १० गते जनमत संग्रग गर्दा बहुदलको पक्षमा मतदान गर्न ठुलो भुमिका गरेको थिए। २०३७ भाद्र देखी २०४० सम्म नेत्राविसंगमा सक्रिय भै काम गरेको । पुन तिलेपाट अध्यायन गरेको नेत्राविसंगलाई सक्रीय गरेको निहुमा दैलेख जिल्ला प्रशासकले धम्काउने,मानसिक यातन दिने काम गरेको र पंचहरुले बिभिन्न मुद्दा ममिला लगाएर तनाब दिने गतिबिध गरेको ।
२०४२ सालमा पंचायती व्यवसथा बिरुद पोस्टरीङ पर्चारमा लागेको भर्मा पक्राउ गरेको । २०४५ सालमा शिक्षा आयोगको लेखित परिक्षामा अग्र पंक्तिमा नाम निकाल्दा पनी कम्युनिस्ट भएको निहुमा शिक्षक स्थायी नगरेको। २०४५ पुस देखी २०४६ जेठ सम्म रेडक्रस सोसाईटीमा नायव सुब्बा भई काम गरेकै बेला राजिनामा दिएको । २०४० साल देखी २०४६ साल सम्म भुमिगतरुपमा पाटी (नेमकिसं) जिला समिती सदस्य भएर काम गरेको ।
२०४६ सालको जनआन्दोलन सफल भै बहुदल आएपछी पाटी जिल्ला कोषाध्यक्षको भुमिका खेलेको। २०५२ श्रावण १० देखि २०६४ फागुन २४ गते सम्म पाटी जिल्ला समितीको अध्यक्ष भै काम गरेको । यो बेला संकटले घेरीएका थिए। २०६१ भाद्र २२ गते माओवादीले अपहरण गरेर १ हप्ता पछी छोडेका थिए।
२०७२/२०७३ को दोर्सो जनआन्दोलको क्रममा काठमान्डौमा २ पटक पक्राउ परेका थिए। २०६५ जेखी २०७० सम्म नेमकिपाको केन्द्रिय समिताको सदस्य रहेर काम गरेको । २०५६ सालमा रास्ट्रिय सभाको उम्मेदवार र २०६४ सालमा प्रतिनिधी सभाको उम्मेदवार भई पराजित भएको । २०७४ बैशाखको स्थानिए चुनाबमा आठबिस नगरपालीकाको मेयरमा पराजित भएको ।
२०७४ श्रावण महिनामा मजदु किसान पाटी परीत्यग गरी नेकपा एमालेमा प्रबेश गरी हाल कर्णाली प्रदेश कमिटाको सदस्य रही काम गरीहहेका बडुवा लामो समय कम्युनिस्ट राजनीतीको यात्रा गर्दै। कहिले ऊकाली त कहिले ओराली हुदै दैलेख जिल्लाको कम्युनिस्ट आन्दोलमा अविचलित नभई आफ्नो राजनिती यात्रमा ओफ्नो कुशल कमान्डीङ गर्दै दैलेखि जनताको मर्मर भाबना बुझन सक्ने एक मात्र झुझारु, ईमान्दार र कर्तव्यनिष्ठा साथै सक्षम लोकप्रिय नेता क. तर्क बडुवालज्यू रहेको स्थानीय एक नेताले विश्वपाटि लाई बताए ! उनी अहिले मेयर पदमा उम्मेदवारी दिएका छन ।
बरु नेपाली कांग्रेश परित्याग गर्न तयार छु तर उम्मेदवारी फिर्ता हुन्नः जगन्नाथ पौडेल ।
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका कांग्रेस नेता तथा पूर्वसांसद जगन्नाथ पौडेलले कुनै पनि हालतमा आफ्नो उम्मेदवारी फिर्ता नहुने प्रष्ट पार्नुभएको छ ।
उहाँलाई फकाउन गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठ चितवन पुगेका थिए । मन्त्री खाँणले उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएके थियो । तर, पौडेलले भने आफू निकै अघि बढिसकेको भन्दै पछि हट्न नसकिने बताउनुभएको थियो ।
मन्त्री खाँणले गठबन्धनअनुसार चितवन महानगरपालिका माओवादी केन्द्रको भागमा परेको भन्दै नोमिनेसन फिर्ता लिन आग्रह गर्नुभएको थियो । तर, पौडेलले भने बरु अनुशासनको कारबाही भोग्न तयार रहेको बताउनुभयो ।
‘म फिर्ता नहुने ठाउँमा पुगिसकेको छु । चितवन जिल्ला र साथीहरूको मान मर्यादा, प्रतिष्ठा, उहाँहरूको भविश्वसँग जोडिएको विषय भएकाले मैले एक्लैले निर्णय गर्ने विषय भएन् । जसले गर्दा उम्मेदवारी फिर्ता गर्न सम्भव भएन भन्ने कुरा राखे,’ पौडेलले गृहमन्त्रीसँग भन्नुभयो ।
बिहानको छलफल निष्कर्षमा नपुगेपछि गृहमन्त्री खाँणले पुनः छलफलमा बस्ने बताउनुभएको थियो । पौडेलले पनि आफू कुनै पनि हालतमा आफ्नो अडानबाट पछि नहट्ने भन्दै पुनः बस्दा पनि आफ्नो अडान यही रहने प्रष्ट पार्नुभएको थियो । ‘गृहमन्त्री खाँणसँग फेरि बस्ने भन्ने कुरा गर्नुभयो । तर, मनोनयन फिर्ता हुने विषय भने असम्भव भएको बताएको छु,’ पौडेलले भने, ‘भरतपुर महानगरको ३२ जना मेयरका दाबेदारमध्ये एकजना म हुँ । मेरो कारणले केन्द्रीय गठबन्धनलाई असर गर्नुपर्ने कुनै कारण छैन ।’
आफूले एउटा सामान्य नागरिकको हिसाबले मेयर पदमा उम्मेदवारी दिएको उहाँको भनाइ थियो । यसमा अनुशासन उल्लंघन गरेको जस्तो लागेमा कारवाही स्वीकार्न तयार रहेको बताउनुभएको थियो । ‘तपाईहरूले पनि एउटा कांग्रेसको कार्यकर्ता भएको नाताले यस्ले उम्मेदवारी दिएछ भन्ने सोच्नुपर्छ । यदि तपाईलाई लाग्छ अनुशासनको सीमा नाघ्यो भने अनुशासनमा कारबाही गर्न सक्ने व्यवस्था पनि छ । त्यसमा मलाई कुनै आपत्ति हुँदैन, त्यसमा मेरो कुनै गुनासो हुँदैन,’ पौडेलले भन्नुभयो ।
आफ्नो उम्मेदवारी गठबन्धनलाई असर पर्ने वा पार्टीमा समस्या हुने गरी भन्दा पनि चितवनमा मतदाताको सम्मानका लागि भएको उनले गृहमन्त्रीसँग स्पष्ट पारेका थिए । ‘यो पार्टी र गठबन्धनको संकट जुन छ त्योसँग मलाई जोडेर हेर्नुभएन । यो त केवल स्थानीय पार्टी बचाउने विषयसँग सम्बन्धित छ,’ उनले भने, ‘केन्द्रसँग कुनै लेनदेन छैन । भोलिसम्म अन्योलका स्थिति होला । त्यसपछि सहज रूपमा अगाडि जान्छ ।’
उहाँलाई मेयर पद छाडेको खण्डमा प्रदेश सभा सदस्य बनाउने प्रस्तावसमेत गृहमन्त्री खाँणले राख्नुभएको थियो । त्यति मात्र नभएर प्रतिनिधिसभामा समेत लैजाने र मन्त्री बनाउने प्रस्तावसमेत गरिएको थियो । तर, उहाँले आफू मेयर पदका लागि निकै अघि बढिसकेको र पछि फर्किन सम्भव नरहेको भन्दा प्रस्तावहरू अस्वीकार गर्नुभएको थियो ।
पाँच दलीय गठबन्धनको भागबन्डाको आधारमा भरतपुर महानगरपालिका माओवादी केन्द्रको भागमा परेको छ । जहाँबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहाल मेयरमा उठ्नुभएको छ । नेपाली कांग्रेसका पूर्वसांसद पौडेलले बागी उम्मेदवारी दिनुभएको छ ।
‘ओलीको प्रतिगमनलाइ परास्त गर्न गठबन्धनको जित आवश्यक छ : रेनु दाहाल
चितवन । स्थानीय तहको निर्वाचन अन्तरगत भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनको संयुक्त चुनावी कार्यालय स्थापना गरिएको छ ।
आज (बिहीबार) भरतपुर–१० स्थित चितवन मेडिकल कलेज अगाडि संयुक्त चुनावी कार्यालय स्थापना गरिएको हो ।
कार्यक्रमा बोल्दै दाहालले भनिन् ओलीको प्रतिगमनलाइ परास्त गर्न गठबन्धनको जित आवश्यक रहेको बताइन । भरतपुरलाई देशकै हेर्न लायक शहर बनाउने दाहाले बताइन् ।
गठबन्धनबाट मेयरका उम्मेद्वार नेकपा माओवादी केन्द्र की रेनु दाहाल र उपमेयरका उम्मेद्वार नेपाल कांग्रेसका नगरसभापति चित्रसेन अधिकारीले संयुक्त रुपमा कार्यालयको उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटन पश्चात गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण समेत कार्यालयको अवलोकन गर्न पुगेका थिए ।
कार्यालय स्थापनासंगै गठबन्धनका उम्मेद्वारहरु संयुक्त प्रचार अभियान सुरु गरेका छन् ।
मेयरकी उम्मेद्वार रेनु दाहालले कार्यालय स्थापनासंगै प्रचार अभियानलाई तिव्रता दिएको बताइन् । उनले निर्वाचन सम्बन्धित सबै कामहरु यही कार्यालयबाट हुने जानकारी दिँदै गठबन्धनको पक्षमा माहोल बनाउन सबै नेता तथा कार्यकर्ताहरुमा आग्रह गरिन् ।
यस्तै उपमेयरका उम्मेद्वार चित्रसेन अधिकारीले अहिले गठबन्धनले के गर्दै कसरी अघि बढ्दै छ भन्ने छलफल गर्ने बेला नभएको भन्दै सबैले आफू उम्मेद्वार सम्झिएर गठबन्धनको पक्षमा माहोल बनाउन आग्रह गरे । उनले कोही माओवादीको उम्मेद्वार कोही कांग्रेसको उम्मेद्वार नभएर सबै गठबन्धनको र साझा उम्मेद्वार भएकाले सबै एक भएर अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोखरेल, माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारी, नेकपा ९एकीकृत समाजवादी०का उपाध्यक्ष कृष्णराज न्यौपाने, जनता समाजवादी पार्टीका अध्यक्ष प्रेम भुजेल, कांग्रेस भरतपुर महानगरसमितिका उपसभापति बुद्धिकान्त न्यौपाने, सचिव कृष्ण बगालेलगायतको उपस्थिति रहेको थियो ।
निर्वाचन आयोगको नोटिसमा पर्यो गृहमन्त्रीको गतिविधि ।
काठमाडौं । निर्वाचन आयोगले गृहमन्त्री बालकृष्ण खाण पार्टीको आन्तरिक विवाद मिलाउन सक्रिय रहेको विषय ‘नोटिस’ मा रहेको जनाएको छ ।
आयोगको नियमित पत्रकार सम्मेलनमा बागी उम्मेदवार मनाउन गृहमन्त्री खाण चितवन पुगेको बारे सोधिएको प्रश्नमा प्रतिक्रिया दिँदै आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले यसबारे आयोगले छिट्टै निर्णय लिने बताए ।
‘दलका आन्तरिक विषयमा सावर्पजनिक पदमा रहेको व्यक्तिको सक्रियताबारे आयोगको ध्यानाकर्ष हुनेछ र भएको पनि होला । सार्वजनिक पदमा भएकाहरूले सोही अनुसारको आचारसहिंता पालना गर्नुपर्छ भन्नेमा आयोग दृढ छ’, अर्यालले भने ।
त्यस्तै चुनावी प्रचारका दौरान विभिन्न व्यक्तिहरुले अभिव्यक्ति दिदा ‘हेटस्पीच’ दिनसक्ने तर्फ आयोग सचेत रहेको अर्यालले बताए । हेट स्पीच र मिथ्या सूचना फैलन नदिन आयोगले निर्देशिका नै बनाएका काम गरिरहेको अर्यालको भनाइ छ ।
निर्वाचन आयोगले गर्यो १५ जनाको उम्मेदवारी खारेज!
काठमाडौँ – निर्वाचन आयोगले आगामी बैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका १५ जना उम्मेदवारको उम्मेदवारी खारेज गरेको छ । विगतका निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा नाम रहेका १५ जनाको उम्मेदवारी खारेज भएको हो ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिकतर्फ उम्मेदवार रहेका व्यक्ति स्थानीय निर्वाचनमा समेत उम्मेदवार भएपछि निर्वाचन अधिकृतको कार्यालयले ती व्यक्तिको उम्मेदवारी खारेज गरेको हो। उम्मेदवारी खारेज भएपछि मात्रै व्यक्तिले आफू अझै प्रतिनिधि वा प्रदेश सभाको समानुपातिकतर्फ बन्दसूचीमा उम्मेदवार कायम रहेको महसुस गरेका छन्।
जनकपुरधाम उपमहानगरपालिकामा उपप्रमुख पदका लागि उम्मेदवारी दर्ता गराएका सरोजकुमार मिश्रले प्रचारप्रसारको तयारी गरिरहँदा आफ्नो उम्मेदवारी अस्वीकृत भएको जानकारी पाए। वैशाख १३ गते आफ्नो उम्मेदवारी अस्वीकृत भएको निर्वाचन अधिकृतको कार्यालयबाट जानकारी पाएको उनले बताए।
मिश्रले कुन दलले कुन चुनावमा आफ्नो नाम बन्दसूचीमा राखेको जानकारीसमेत नभएको दाबी गरे। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दर्ताका लागि बुझाइएको निवेदन निर्वाचन अधिकृतको कार्यालयले ‘सफ्टवेयर’ मा प्रविष्ट गर्दा नै व्यक्तिको उम्मेदवारी दर्ता अस्वीकृत हुने बताए।
Next Page » « Previous Pageताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा