जनार्दन र प्रचण्ड, यति सम्म छट्टु रहेछन् ! छक्क पार्दै सबैलाइ यस्तो सम्म गरे l
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न बनेको समितिमा अर्थमन्त्री जनार्दन शर्माका नातेदार र माओवादी कार्यकर्ता मात्रै रहेको खुलासा भएको छ ।
अमेरिकाबाट शंकास्पद रकम आएको खाता रोक्का गर्न अर्थमन्त्रीले दिएको ‘निर्देशन’ अस्वीकार गरेको प्रतिशोधमा गभर्नरलाई निलम्बन गर्दै जाँचबुझ गर्न थालिएको छ ।
तर, समितिको संयोजकमा अर्थमन्त्रीका नजिकका नातेदार दाइलाई राखिएको छ ।अन्य दुई सदस्य पनि माओवादीकै कमिटीमा आबद्ध रहेको पुष्टि भएको छ ।
गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर अधिकारीमाथि छानबिन गर्न बनाएको समितिको संयोजकमा सर्वोच्च अदालतका
पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारी तथा सदस्यमा चन्द्रकान्त पौडेल र सूर्यबहादुर थापा छन् । अर्थमन्त्री शर्माका आफन्त तथा पार्टी कार्यकर्ताले
रुकुमबाट दिएको जानकारीअनुसार मन्त्री शर्मा र पूर्वन्यायाधीश भण्डारी दिदीभाइका नातिहरू हुन् । ‘दिदी भद्रशिला भण्डारीका नाति पूर्वन्यायाधीश हुन् भने उनका
कान्छा भाइका नाति मन्त्री शर्मा हुन्,’ एक आफन्तले भने । त्यसो त पूर्वन्यायाधीश भण्डारीले पनि आफूहरूको नाता पर्ने स्वीकार गरे तर मुद्दा हेर्न मिल्ने दाबी गरे ।
‘टाढाको नाताले दाइ–भाइ पर्छौं । तर, मुद्दा हेर्न नमिल्ने गरी कानुनले निषेध गरेको तहको नाता होइन,’ उनले कान्तिपुरसँग भने, ‘उसले (मन्त्री शर्माले) एक्लै निर्णय गरेको पनि होइन ।
मन्त्रिपरिषद्ले निर्णय गरेका कारणले ऊसँगको टाढाको नाताले केही फरक पार्छ जस्तो लाग्दैन ।’माओवादी अध्यक्ष पुष्पकमल दाहाल
प्रधानमन्त्री रहेका बेला भण्डारी सर्वोच्चका न्यायाधीश भएका हुन् । कानुनमन्त्रीका रूपमा माओवादी नेता अजयशंकर नायक न्यायपरिषद्मा रहेका बेला
२०७३ फागुन १८ मा उनी उच्च अदालतको मुख्य न्यायाधीशबाट सर्वोच्च अदालतको न्यायाधीश बनेका हुन् । सर्वोच्च पुगेलगत्तै २०७४ साउन १५ मा उनी विवादास्पद
फैसलामा जोडिएका थिए । भण्डारी र अर्का न्यायाधीश ओमप्रकाश मिश्रसँगको इजलासले दिएको फैसलाले भरतपुर महानगरपालिकाको नतिजा माओवादीको पोल्टामा परेको विश्वास गरिन्छ ।
२०७४ को स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकामा कांग्रेस र माओवादीको तालमेलमा माओवादी अध्यक्ष दाहालकी छोरी रेनु मेयरको उम्मेदवार बनेकी थिइन् ।
मतगणना जारी रहँदा माओवादी कार्यकर्ताले वडा नं. १९ को मतपत्र च्यातेका थिए । उक्त विवाद निर्वाचन आयोग हुँदै सर्वोच्च अदालतसम्म आयो ।
अयोधीप्रसाद यादव नेतृत्वको निर्वाचन आयोगले उक्त वडामा पुनः मतदान गर्ने निर्णय गर्यो । त्यसलाई सर्वोच्च अदालतमा चुनौती दिइएकामा मिश्र र भण्डारीको
इजलासले पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको थियो । पुनः मतदानबाट रेनु मेयर बनेकी थिइन् । संयोजक भण्डारी मात्र होइन,
जाँचबुझ समितिका सदस्य पौडेल माओवादी केन्द्रको सल्लाहकार समिति र अर्थ तथा योजना विभागका सदस्य हुन् ।
माओवादी सरकारमा भएका बेला उनी राष्ट्रिय योजना आयोगको सदस्य भएका थिए । पौडेलले यसबारेमा केही टिप्पणी नगर्ने बताए । ‘मलाई लाग्छ,
नियम कानुनअनुसार नै यो छानबिन समिति गठन भएको हो,’ उनले भने, ‘हाम्रो समितिले भोलि (बुधबार) बाट काम सुरु गर्छ होला ।’
जाँचबुझ समितिका अर्का सदस्य थापा भने पेसाले प्राध्यापक हुन् । उनी त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायतर्फ अर्थशास्त्रका प्राध्यापक हुन् ।
थापाले माओवादीनिकट संगठनहरू अहिले निष्क्रिय रहेको बताए । ‘म सहसंयोजक हुँ । तर यी संगठन पहिले थिए, अहिले क्रियाशील छैनन्,’ उनले भने,
‘मलाई पार्टीगत शुभेच्छाको हिसाबले हेर्ने हो भने सबैको हुँ । राम्रो काम गर्नेहरूको पक्षमा हुन्छु । नभए कतै पनि छैन । स्वतन्त्रपूर्वक काम गर्छु ।’
यसरी पारिवारिक तथा राजनीतिक सम्बन्ध प्रस्ट भएपछि यो जाँचबुझ समितिले न्याय अन्याय छुट्याउँछ भन्नेमा प्रश्न उठेको कानुनविद्हरूको भनाइ छ ।
अझ पूर्वन्यायाधीश भण्डारी त आफैं यो जिम्मेवारीमा नमिल्ने उनीहरूको तर्क छ । ‘नातेदारलाई नियुक्त गर्ने र हुने दुवैका तर्फबाट कन्फ्लिक्ट अफ इन्ट्रेस्ट (स्वार्थको द्वन्द्व) हुन्छ ।
भ्रष्टाचारसम्बन्धी महासन्धिले स्वार्थको द्वन्द्व हुने गरी मुद्दा हेर्न नहुने, काम गर्न नहुने व्यवस्था गरेको छ,’ विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीले भने,
यसअघि पनि उहाँले माओवादीको पक्षमा काम गरेको भनेर सार्वजनिक रूपमा आरोप लागिरहेको छ । अहिले फेरि नातेदार भन्ने
आइसकेपछि उहाँ आफैं यो जाँचबुझ समितिमा बस्न हुँदैन । यो जिम्मेवारी लिनु वा काम गर्नु भनेको अहिलेसम्म न्यायाधीशका रूपमा कमाएको इज्जत धुलिसात पार्नु हो ।’
पूर्वन्यायाधीश भण्डारीले यो जिम्मेवारी स्विकारेमा न्यायालयकै गरिमामा समेत प्रश्न उठ्ने कार्कीको भनाइ छ । ‘उहाँको मात्रै होइन,
न्यायपालिका र अरू न्यायाधीशमाथि पनि आक्षेप आउनेछ । किनभने यस्ता पनि न्यायाधीश रहेछन् भनेर समाजले नराम्रो दृष्टिकोण बनाउँछ,’ कार्कीले भने,
‘न्यायपालिकाकै विश्वासमा आँच आउने काम उहाँले गर्नु हुँदैन । प्राकृतिक न्याय र कानुनको सर्वमान्य सिद्धान्त बुझेको न्यायाधीश जस्तो मान्छेले यो जिम्मेवारी स्वीकार गर्न हुँदैन ।’
सर्वोच्चका पूर्वन्यायाधीश बलराम केसीको टिप्पणी छ, ‘अर्थमन्त्रीसँग नाता पर्ने विवरण सार्वजनिक भएको अवस्थामा यो समितिमा पूर्वन्यायाधीश
पुरुषोत्तम भण्डारी बस्न मिल्दै मिल्दैन । कुनै न्यायाधीश वा जाँचबुझ समितिले आफ्नो स्वार्थ बाझिने विषयको निरूपण गर्न सक्दैनन् ।
भण्डारी श्रीमान्ले टाढाको नाता पर्ने स्वीकार गरिसक्नुभएको रहेछ, त्यो अवस्थामा उहाँले जाँचबुझ गर्न मिल्दैन । टाढा वा नजिकको नाता भन्ने नै हुँदैन, स्वार्थ बाझिन्छ भनेर हो,
मन्त्र सुनाउने गुरुको पनि मुद्दा हेर्न नमिल्ने व्यवस्था छ ।’ जाँचबुझ समितिका अन्य दुई सदस्यको योग्यतामाथि पनि प्रशस्त प्रश्न उठेकाले समितिबाट
निष्पक्ष प्रतिवेदनको आशा गर्न नसकिने उनको भनाइ छ । ‘उनीहरूको योग्यता के हो ? बैंकिङ प्रणाली, गभर्नरको काम, कर्तव्य,
अधिकार र राष्ट्रको मौद्रिक नीतिमा गभर्नरको भूमिका के हुन्छ भन्नेबारे ती सदस्यलाई के थाहा छ ? कानुनले तीन जनाको नेतृत्वमा समिति
बनाउने व्यवस्था गर्नुको अर्थ केवल संख्यात्मक रूपमा तीन जना पुर्याउने होइन । देशको आर्थिक र मौद्रिक नीतिबारे जानकार, राष्ट्र बैंक र त्यसका गभर्नरको भूमिका बुझेका विज्ञ
मान्छे चाहिन्छ । त्यस्तो मापदण्ड चाहिनेमा पार्टीका कार्यकर्ता राखिएको जाँचबुझ समितिमा आफू बस्दिनँ भनेर भण्डारी श्रीमान्ले भन्नुपर्छ ।’
पूर्वन्यायाधीश बस्न तयार भएको अवस्थामा पनि जाँचबुझ समितिलाई प्रधानमन्त्री देउवाले नै विघटन गर्नुपर्ने केसीको सुझाव छ ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले गभर्नरलाई विशेष प्रकारको सुरक्षा दिएको छ । त्यसको पृष्ठभूमि पनि छ । तत्कालीन नेपाली कांग्रेसको
सरकारले तत्कालीन गभर्नर तिलक रावललाई हटायो । रावलका तर्फबाट वकिल म आफैं थिएँ, पछि सर्वोच्चले सरकारको निर्णय बदर गरिदियो ।
त्यो पृष्ठभूमिमा गभर्नरमाथि सजिलै हस्तक्षेप नहोस् भनेर ऐन ल्याइएको थियो । अहिले त्यो पृष्ठभूमि सम्झन आवश्यक छ,’ उनले भने ।
देश यस्तो आर्थिक संकटमा पर्दै गएको अवस्थामा गभर्नरमाथि कारबाही गर्ने अर्थमन्त्री शर्मालाई हटाउनुपर्ने केसीको भनाइ छ ।
कानुनविद् टीकाराम भट्टराई त यो समिति सिधै अर्थमन्त्रीमातहतको हुन पुगेको टिप्पणी गर्छन् । ‘गभर्नरमाथि हुने जाँचबुझ निष्पक्ष हुन्छ भन्ने प्रत्याभूत हुनुपर्छ ।
पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारी नेतृत्वको समितिले निष्पक्ष रूपमा काम गर्न सक्छ त भन्ने प्रश्न उठेका छन् । अर्थमन्त्रीसँग उहाँको नाता पर्ने र
समितिका अन्य दुई सदस्य पनि अर्थमन्त्रीको पार्टीका कार्यकर्ता भएको विवरण सार्वजनिक भइरहेका छन्,’ उनी भन्छन्,
‘यस्तो अवस्थामा यो समितिले निष्पक्ष प्रतिवेदन दिन सक्दैन । यो समिति नै अर्थमन्त्रीमातहतको समिति जस्तो हुन पुगेको छ ।’
समिति सदस्यहरू नै माओवादी केन्द्रका नेता–कार्यकर्ता रहेबाट नेपाल राष्ट्र बैंक ऐनले जाँचबुझ समितिका सदस्यका लागि तोकेको मापदण्ड नै नपुग्ने भट्टराईको दाबी छ ।
‘पूर्वन्यायाधीश अर्थमन्त्रीसँग टाढाको नाता पर्ने भए पनि उहाँ त्यस्तो समितिमा बस्न मिल्दैन । यसै कारण भण्डारी नेतृत्वको समितिमाथि जनता,
प्रेस र राजनीतिक पार्टीहरूले प्रश्न गरेका छन् । यस्तो अवस्थामा उहाँले स्वेच्छाले समिति त्याग गर्नु राम्रो हुन्छ,’ उनी भन्छन् । विवादकै बीच यो समितिले दिने प्रतिवेदन पनि विवादित हुने उनको भनाइ छ ।
Following are the ways to Make Money Online?
There are a lot of ways to make money online. It’s never been easier to earn an income from home without experience or qualifications. The business has developed into one of the greatest innovations of the millennium as more and more people look for alternative sources of income.
There are a lot of ways to make money online these days. You can be an influencer, start a blog, or even create an online course. It’s easier than ever to get started, and you can make a decent income if you put in the work.
If you’re looking to make money online, here are some tips to get you started:
1. Find your niche.
The first step is finding your niche. What are you good at? What do you enjoy doing? Once you know your strengths, you can start finding ways to monetize them.
2. Create content.
This is where a blog comes in handy. Share your knowledge and experiences with your audience, and offer valuable insights that they can’t find anywhere else. If people love your content, they’ll be more likely to support you financially.
3. Promote your content.
Just creating content isn’t enough – you need to promote it if you want people to see it. Use social media, email marketing, and other channels to get the word out about your blog or website.
4. Offer something of value.
AFFILIATE MARKETING
As its name suggests, affiliate marketing involves partnering with a company and earning a commission for every sale that you help them make. It’s a great way to earn money online, and can be especially lucrative if you have a large audience.
To get started, sign up for an affiliate program with a company that sells products that you think your audience would be interested in. Once you’re approved, start promoting the products on your blog or website. You can use special links to track how many sales come from your promotion, and you’ll receive a commission on every sale made through your link.
To be successful at affiliate marketing, it’s important to choose products that you believe in and that are relevant to your audience. You should also promote the products in a way that is helpful and informative, rather than just giving a sales pitch. If you do this, your audience will be more likely to trust you and make purchases from your links.
Turn Your Hobby into an Internet Business
Do you have a hobby that you absolutely love? Perhaps it’s something like knitting, cooking, or gardening. Maybe you’re passionate about writing, photography, or painting. Whatever it is, there’s a good chance you can turn your hobby into an internet business.
Yes, you read that correctly. You can actually make money online by doing something that you already enjoy!
Think about it – if you’re already spending time on your hobby, why not monetize it? There are plenty of people out there who would be interested in what you have to offer. And with the internet, it’s easy to reach them.
There are a few different ways to go about making money from your hobby online. One option is to sell products related to your hobby. For example, if you knit, you could sell handmade scarves or hats. Or if you enjoy cooking, you could sell recipe books or cooking utensils.
Another way to monetize your hobby is to offer services related to it. For instance, if you’re a great photographer, you could offer your services for weddings or other events. Or if you’re passionate about writing, you could start a blog and offer writing services to businesses and others.
What is Affiliate Marketing?
Affiliate marketing is a way for companies to earn money by promoting other companies’ products on their own websites. If a customer clicks on a link on the affiliate’s website and then makes a purchase from the company that they were linked to, the affiliate will earn a commission.
This type of marketing is popular with companies that sell physical products, as it allows them to reach a wider audience than they would be able to if they were relying solely on brick-and-mortar sales. It is also popular with companies that offer digital products or services, as it allows them to track sales and leads in a more efficient way.
There are a few different ways that affiliates can be compensated for their efforts. The most common is through a pay-per-sale commission, where the affiliate earns a percentage of the sale price of any product or service that they refer customers to.
Another way is through pay-per-lead commissions, where the affiliate earns a commission for each lead (customer contact information) that they refer to the company. And finally, some companies offer a rev share, where the affiliate earns a percentage of all revenue generated by customers that they refer.
How Much Do You Get Paid with Affiliate Marketing?
In affiliate marketing, you get paid for every sale that you generate. The commission that you earn can vary, but it is typically a percentage of the sale price. For example, if you sell a product for $100 and earn a 5% commission, you will make $5 for every sale.
If you are just starting out in affiliate marketing, it can be difficult to know how much you can expect to earn. However, there are some general guidelines that can help you determine how much money you can make.
First, remember that the amount of money you make depends on the number of sales that you generate. If you only generate a few sales, your earnings will be lower than if you generate a lot of sales.
Second, the commission rate that you earn also affects your earnings. Higher commission rates will lead to higher earnings, while lower commission rates will lead to lower earnings.
Finally, the price of the products that you sell also affects your earnings. If you sell high-priced products, your commissions will be higher than if you sell low-priced products.
Keep these general guidelines in mind when thinking about how much money you can make with affiliate marketing.
The Pros and Cons of Making Money Online from Home
There are many ways to make money online from home, but not all of them are created equal. Some methods are more reliable and sustainable than others, while some are simply more convenient. Here, we’ll take a look at the pros and cons of making money online from home, so you can decide what’s right for you.
Pro: You Can Make a Lot of Money
If you’re good at what you do, there’s no reason why you couldn’t make a lot of money online from home. In fact, some people have made enough money online to quit their day jobs and work from home full-time. If you’re looking to supplement your income or replace your day job entirely, making money online is a great option.
Con: It Can Be Inconsistent
One of the downsides of making money online is that it can be inconsistent. You might have months where you make a lot of money and months where you don’t make any at all. This can be stressful if you’re relying on this income to pay your bills. However, if you have a steady day job or another source of income, this inconsistency can be less of a problem.
How to Earn Passive Income: Stay at Home Income Ideas and Strategies
We all know that one of the best ways to make money online is to create and sell our own products or services. However, not everyone has the time, energy, or creativity required to do this. That’s where passive income comes in.
Passive income is any money that you earn without having to put in any active work. In other words, it’s “money for nothing”.
There are many different ways to earn passive income, but they all have one thing in common: once you set up the initial work, you can continue to earn money from it for years to come with little or no additional effort required on your part.
Here are some of the best ways to make passive income:
1) Invest in real estate: This is a tried and true way to make money passively. You can buy an investment property and rent it out to tenants. The rental income will provide you with a steady stream of cash flow every month, and over time the property will increase in value, providing you with even more passive income.
2) Create an online course: Do you have a skill or knowledge that others would be willing to pay to learn?
अन्नपूर्ण-०२को माछापुच्छ्रे खेल मैदानमा खेलकुद सामाग्री हस्तान्तरण।
अन्नपूर्ण-०२को माछापुच्छ्रे खेल मैदानमा खेलकुद सामाग्री हस्तान्तरण।
०१/०२
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं २ स्थित माछापुच्छ्रे खेल मैदानमा युवाहरुले खेलकुदका सामग्री वितरण गरेका छन्। दिकुरपोखरी खेलकुद समितिका सदस्य सचिब किसान भण्डारीको नेतृत्वमा पोखराबाट युबाहरुको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको थियो।उक्त कार्यक्रममा एमाले विद्यार्थी राजनितिबाट उदायका नेता रमेश भण्डारी, राष्ट्रिय युबा संघ नेपालका कास्की जिल्ला सदस्य सन्जिब बराल लगायतका ब्यक्तित्वहरुबाट बल, नेट, भलिबल पम्प र अन्य सामाग्रीहरु बालबालिकाहरुलाई दिइएको थियो। साथै सदस्य सचिब किशान भण्डारीले युबा लक्षित यस्ता थुप्रै कार्यक्रमहरु गरि गाउँका युवाहरुलाई स्वास्थ र तन्दुरुस्त बनाउन्ने बताए।भने भण्डारीले करातेका माध्यमबाट गाउँमा खेलाडीहरु उत्पादन गरिरहेका छन्।
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-मालढुङ्गा सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक ५ घण्टा बन्द हुने !!
म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-मालढुङ्गा सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक ५ घण्टा बन्द गर्न थालिएको छ ।
मालढुङ्गा-बेनी सडक निर्माणको कामलाई सहजरुपमा गति दिन २०७९ वैशाख २५ गतेसम्म दैनिक ५ घण्टा सवारी आवतजावत बन्द गरिएको हो । बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मालढुङ्गा-बेनी सडकमा यातायात बन्द गरिएको बेनी-जोमसोम-कोरला सडक आयोजनाले जनाएको छ ।
सवारी साधनको चापले सडक विस्तारको काम प्रभावित बनेपछि बेनी-जोमसोम-कोरला सडक आयोजना र निर्माण कम्पनी एपेक्स-खड्का कृष्ण जेभीले जिल्ला प्रशासन कार्यालयमा समय व्यवस्थापनको प्रस्ताव गरेका थिए । यसअघि गत पुस १५ देखि माघ १४ गतेसम्म पनि दैनिक पाँच घण्टा सवारी साधन बन्द गरिएको थियो ।
बेनी–मालढुङ्गा सडक बन्द हुने समयमा बेनी-रत्नेचौर-बागलुङ हुँदै मालढुङ्गा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न सकिनेछ । एम्बुलेन्स र बिरामी बोकेका सवारी साधन तथा विकास निर्माणका अत्यावश्यक सवारी साधन सञ्चालनमा भने सहजीकरण गरिने भएको छ ।
एपेक्स-खड्का कृष्ण जेभीको सहायक ठेकेदार कम्पनी ओमकारेश्वरका सञ्चालक अमृत दाहालले सडक निर्माणलाई तीव्रता दिन सवारी साधन रोकेर काम गर्न समय मागिएको बताए । कुश्मा नगरपालिका-१ मा पर्ने मालढुङ्गादेखि जलजला गाउँपालिकाका ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक बिस्तार, सुधार गरी दुई लेनको बनाउन काम भइरहेको छ ।
मालढुङ्गा-बेनी सडक चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ । विसं २०७७ चैतमा रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले विभिन्न खण्डमा मजदूर र उपकरण परिचालन गरेर सडक विस्तार, पर्खाल र नाली निर्माणको काम गरिरहेको छ ।
हाल कालोपत्रसहित करिब छ मिटरको हाराहारीमा रहेको सडकलाई नौ मिटर चाक्लो बनाएर एक मिटरको नाली र दुई लेनमा आठ मिटर चौडाइका दरले अमेरिकी आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न लागिएको हो । विसं २०४८ ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत सुरु गरेर २०५२ मा मार्ग खुलेको र २०६८ मा कालोपत्र भएको मालढुङ्गा–बेनी सडक पछिल्लो समय जीर्ण अवस्थामा थियो ।
सहायक सडक र पाखोबाट खस्ने पहिरो तथा खोलामा आउने बाढीले सवारी साधन आवतजावत प्रभावित हुने गरेका छन् । बर्खामा पहिराले दैनिकजसो अवरुद्ध हुने सडकमा यात्रा गर्दा धेरै समय लाग्ने, गाडी परिवर्तन गर्दा झन्झट हुने, दुर्घटनाको जोखिम र सास्ती भएको छ । म्याग्दी र मुस्ताङका साथै पर्वतको जलजला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने मालढुङ्गा–बेनी सडक पर्यटकीय, व्यापारिक र धार्मिक हिसाबले सम्भावनायुक्त छ ।
माधव नेपालको ठुलो हुने प्रवृत्तिले गर्दा तालमेलमा समस्याः प्रचण्ड ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व स्थायी समिति सदस्य र प्रदेश इन्चार्जहरुहको बैठकमा चुनावी तालमेलको अवस्थाबारे ब्रिफिङ गरेका छन् ।
आजको उक्त बैठकमा अध्यक्ष दाहालले वर्तमान सत्ता गठबन्धनमा एकीकृत समाजवादीले ठूलो भाग खोज्दा समस्या भएको बताए । यद्यपि गठबन्धनमा विवाद भए पनि ५ वटै दल मिलेर जानुपर्ने उनले बताए ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेमा हुँदाको जसरी ठूलो भाग खोज्दा भागबण्डा मिलाउन समस्या हुने गरेको उनको भनाइ थियो । आफूलाई अझै पनि एमाले नै देख्ने र सानो पार्टीको अध्यक्ष हुँ भन्ने कुरा हेक्का नराख्ने प्रवृत्तिमा माधव नेपालमा रहेको संकेत गर्दै प्रचण्डले भने, ‘हाँले आफूलाई अझै पनि एमाले नै सम्झिएर धेरै भाग माग्नुहुन्छ ।’

अध्यक्ष प्रचण्डले ठूलो दल कांग्रेससँग माओवादीले पनि सकेसम्म बार्गेनिङ गरेर धेरै भाग माग्नुपर्ने, नभए जतिमा हुन्छ त्यतिमा तालमेल गरेर जानुपर्ने समेत बताए ।
बाँके जिल्लामा गठबन्धन भत्कियो, जसपा बाहिरियो ।
बाँके । पाँच दलीय सत्तारुढ दलहरुबीच चुनावी तालमेल गर्ने निर्णयले सार्थकता नपाउँदै गठबन्धनभित्र विवाद बढ्न थालेको छ ।
केन्द्रमा शीर्ष नेताहरुले गठबन्धन गर्ने समझदारी गरेपनि जिल्लामा भने चुनावी तालमेलको सम्भावना कम रहेको गठबन्धनकै नेताहरु बताउन थालेकाछन् । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसमा स्थानीय स्तरमा गठबन्धन गर्न नहुने मत बढि छ जसले गर्दा चुनावी तालमेल हुन नसकेको अन्य दलहरुको गुनासो छ ।
यसैबीच बाँकेका चार स्थानीय तहमा गठबन्धन दलहरूबीच दरार आएको छ । कांग्रेस र सत्तारुढ दल जनता समाजवादी पार्टी जसपाले नेपालगञ्जको मेयरमा अडान नछोडेपछि सहमति हुन नसकेको हो । कांग्रेसले उपमहानरको नेतृत्व आफ्नो पार्टीले पाउनुपर्ने दावी गरेपछि जसपा गठबन्धनबाट बाहिरिएको छ ।
कर्णाली सरकारले बढायो मुख्यमन्त्री र मन्त्रीहरूको तलब-सुविधा!!!
देशमा आर्थिक संकट बढ्दै गएका वेला कर्णाली सरकारले भने मुख्यमन्त्री, मन्त्री र प्रदेश सभाका पदाधिकारी तथा सदस्यको तलब–सुविधा वृद्धि गरेर खर्चभार बढाएको छ । प्रदेश सरकारले मुख्यमन्त्री र मन्त्रीहरूको तलब–सुविधा बढाएको सूचना बुधबारको राजपत्रमा प्रकाशित गरेको हो । मन्त्रिपरिषद्ले २५ फागुनमै निर्णय गरे पनि एक महिनापछि मात्रै राजपत्रमा प्रकाशित गरिएको स्रोतले बतायो । प्रदेश सभाका पदाधिकारी र सदस्यको तलब सुविधा बढाएर २५ फागुनमै राजपत्रमा प्रकाशित गरेको थियो ।
मुख्यमन्त्रीको मासिक तलब नौ हजार सात सय ६० रुपैयाँले वृद्धि गरिएको छ । यसअघि ६० हजार नौ सय ७० रुपैयाँ पाउँदै आएकोमा अब ७० हजार सात सय ३० पुर्याइएको हो । मुख्यमन्त्रीलाई अतिथि सत्कार शीर्षकमा दिँदै आएको १५ हजार सुविधामा पनि पाँच हजार थपेर २० हजार पुर्याइएको छ । त्यस्तै, मासिक ५२ हजार तलब पाउँदै आएका मन्त्रीका लागि आठ हजार तीन सय २० रुपैयाँ वृद्धि गरेर ६० हजार तीन सय २० तोकिएको भने अतिथि सत्कारमा पाँच हजार बढाएर १५ हजार पुर्याएको छ । कर्णालीमा सात मन्त्री छन् । यसरी मुख्यमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् सदस्यका लागि मात्रै तलब र अतिथि सत्कारमा मासिक एक लाख आठ हजार आर्थिक भार थपिएको छ ।
सभामुखको मासिक तलब आठ हजार चार सय ८० रुपैयाँले बढाएर ६१ हजार चार सय ८० पुर्याइएको छ । यसअघि ५३ हजार थियो । सभामुखलाई सञ्चार सुविधा पनि दुई हजारबाट बढाएर तीन हजार पाँच सय कायम गरिएको छ ।
त्यस्तै, उपसभामुख र विपक्षी दलका नेताको तलब आठ हजारका दरले बढाएर ५० हजारबाट ५८ हजार पुर्याइएको छ । उनीहरूलाई सञ्चार सुविधा दुई हजारबाट एक हजार चार सय बढाएर तीन हजार चार सय बनाइएको छ । कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र एकीकृत समाजवादीको संयुक्त सरकार रहेको कर्णालीमा एमाले र राप्रपा विपक्षमा छन् । राप्रपाको एक मात्र सांसद छन् । यसरी सभामुख, उपसभामुख र दुई विपक्षी दलका नेताका लागि मात्रै मासिक तलबमा ३८ हजार एक सय ८० रुपैयाँले भार बढेको छ ।
सत्तापक्षको प्रमुख सचेतक, विपक्षी दलको प्रमुख सचेतक र संसदीय समितिका अध्यक्षहरूको तलब ४८ हजार भएकोमा ५६ हजार आठ सय ४० पुर्याइएको छ । कर्णालीमा सत्तारुढ कांग्रेस र माओवादीका दुई तथा विपक्षी दल एमालेका एक गरी कुल तीन प्रमुख सचेतक छन् । त्यस्तै, चार संसदीय समितिका चार अध्यक्ष छन् । यसरी प्रमुख सचेतक र संसदीय समिति अध्यक्ष गरी सातजनाका लागि मासिक तलब भार ६१ हजार आठ सय ८० रुपैयाँ बढेको छ । सत्तापक्षका प्रमुख सचेतक र विपक्षी दलको प्रमुख सचेतकलाई सञ्चार सुविधा तीन हजार तीन सय थप गरिएको छ । तीनजनाका लागि यो शीर्षकमा नौ हजार नौ सय मासिक खर्च बढेको छ ।
दलको प्रमुख सचेतक, सत्तापक्षको सचेतक र विपक्षी दलको सचेतकको तलब पनि ४८ हजारबाट बढाएर ५४ हजार पाँच सय २० कायम गरिएको छ जुन पहिलेभन्दा ६ हजार पाँच सय २० ले बढी हो । सत्तापक्ष कांग्रेस, माओवादी र समाजवादीका तीन तथा विपक्षी दल एमालेका एक सचेतक गरी चारजनाका लागि मासिक तलबमा २६ हजार ८० रुपैयाँ खर्च बढेको छ । सञ्चार सुविधाबापत दलको प्रमुख सचेतक र सत्तापक्षका तीन सचेतकलाई थपिएको तीन हजार दुई सयका दरले नौ हजार ६ सय आर्थिक भार बढेको छ । त्यस्तै, विपक्षी दलको सचेतकका लागि तीन हजार सञ्चार सुविधा थपिएको छ ।
सांसदको मासिक तलब पनि ४५ हजारबाट सात हजार ६ सय रुपैयाँले बढाएर ५२ हजार ६ सय कायम गरिएको छ । हाल कर्णाली प्रदेश सभामा ३४ सांसद कायम छन् । तर, यीमध्ये मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख, दलको नेता, प्रमुख सचेतक, सचेतकको हैसियतमा तलब–सुविधा बुझ्ने २३ जना छन् । दोहोरो सुविधा लिन नपाइने भएकाले बाँकी ११ जनाले मात्रै सांसदको हैसियतमा तलब–सुविधा लिन्छन् । ११ सांसदको मासिक तलबमा मात्रै ८३ हजार ६ सय आर्थिक भार थपिएको छ । उनीहरूको पनि सञ्चार सुविधा तीन हजारका दरले बढ्दा थप ३३ हजार आर्थिक भार थपिएको छ ।
सांसदको दैनिक बैठक भत्तादेखि वैदेशिक भ्रमण भत्ता पनि बढ्यो
सांसदको दैनिक बैठक भत्ता पनि बढाइएको छ । यसअघि करसहित सांसदहरूले दैनिक सात सय ५० रुपैयाँ पाउने गरेकोमा अब एक हजारका दरले दैनिक बैठक भत्ता पाउने भएका छन् । ३४ सांसदका लागि एक बैठकमा ३४ हजार बढी खर्च हुने भएको छ ।
वैदेशिक भ्रमण भत्ता पनि बढाइएको छ । यसअघि सदनका सबै पदाधिकारी तथा सांसदहरूले प्रतिदिन एक सय ७५ अमेरिकी डलर पाउने गरेकामा अब सभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, उपसभामुख, प्रमुख सचेतकले दुई २५ अमेरिकी डलर, प्रदेश सभा सदस्यले दुई सय अमेरिकी डलरका दरमा सेवा सुविधा पाउनेछन् ।
महँगीले बाँच्न गाह्रो भएपछि तलब–सुविधा बढाइएको हो : विन्दमान विष्ट, कर्णाली सरकारका प्रवक्ता
सरकारका मन्त्री, संसद्का पदाधिकारी र सदस्यहरूको तलब–भत्ता वृद्धि गर्नु हाम्रो बाध्यता हो । देशमा अचाक्ली महँगी बढ्दा हामीलाई बाँच्न गाह्रो भयो । त्यसैले, तलब–भत्ता बढाएका हौँ ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक तथा सेवा–सुविधा ऐनले दिएको अधिकार प्रयोग गरी तलब–सुविधा बढाइएको हो ।
देशमा कुन त्यस्तो बेथिति बाँकी छ, जसका लागि राजतन्त्र नै चाहिएको छ ?
देशमा कुन त्यस्तो बेथिति बाँकी छ, जसका लागि राजतन्त्र नै चाहिएको छ ?
पूर्वपञ्चहरूको पुरानो पार्टी राप्रपाका नयाँ अध्यक्ष राजेन्द्र लिङ्देनले तेज गतिमा राजा खोजिरहेको देखेर ठूला नेता पक्कै चकित र दिग्दार होलान् । तिनलाई लागिरहेको होला, कहाँ के कमी हुन दिइएछ र राजा चाहिएछ ?
सन् २०१० देखि पाँच वर्ष उरुग्वेका राष्ट्रपति रहेका जोसे अल्बर्टो ‘पेपे’ मुजिका कोरनाडोले राजधानी मोन्टेभिडिओको भव्य निवास छाडेर सहरबाहिरको सानो फार्महाउसमा कार्यकाल पूरा गरे । घरमा सुरक्षाका लागि जम्मा दुई प्रहरी थिए । सन् १९६० र ७० को दशकको वामपन्थी गुरिल्ला युद्धका यी कमान्डर १४ वर्ष जेल बसेका थिए । ६ पटक त उनीमाथि गोली प्रहार भएको थियो । उनले नयाँ धारासम्म जडान गरेनन्, पुरानै इनारको पानी तानेर पिए । श्रीमतीसँग मिलेर फलफूल र तरकारी उमारे । जनताको प्रतिमहिना औसत आम्दानी करिब चार सय पचहत्तर डलरभन्दा बढीको सबै तलब दान गरे । फेरि राजा सम्झन राजतन्त्रभन्दा यति भिन्न देखिने यस्तो सस्तो अनि चुत्थो गणतन्त्र नेपालमा छ र राजेन्द्रजी ?
हाम्रो गणतन्त्र पेपेको गणतन्त्र रहेन, न हो ची मिन्हको, न मन्डेलाको । नेपाली नेताहरूले गणतन्त्रलाई श्रीपेचको स्थानान्तरण मात्रै बुझेका रहेछन्, त्यसैले सिंहासन नै सिंहासन छन् देशमा । बुढानीलकण्ठ वा बालुवाटार, बालकोट वा खुमलटार, यी ठाउँ होइनन्, सिंहासनका नाम हुन् । हुुकुमप्रमांगी उस्तै छ । टोलटोलमा राजा फलेका छन् र तिनले साइजअनुसारका सिंहासन सँगसँगै बोकेरै हिँडेका छन् । तिनले पाए मन्च, नपाए पिर्का, त्यो पनि नभए डोजर र लोडरमै भए पनि सलामी लिइरहेका छन् । राजदरबारहरूको यति भव्य विकेन्द्रीकरण एउटा राजावादीका रूपमा तपाईंको जित होइन र राजेन्द्रजी ?
हाम्रा कुनै पनि राष्ट्रपतिले भारतीय राष्ट्रपति एवं महान् वैज्ञानिक अब्दुल कलाम आजादले झैँ औपचारिक कार्यक्रममै फाटेका चप्पल लगाएर राष्ट्रपति पदको मानमर्दन गरेनन् । क्रोएसियाकी पूर्वराष्ट्रपति कोलिन्दा ग्राबर कितारोविकले झैँ ‘इकनमी क्लास’को हवाई यात्रा गरेर यो महान् पदको गरिमा घटाएनन् । उरुग्वेका पूर्वराष्ट्रपति मुजिकाले झैँ राष्ट्रपति भवन खाली छाडेर पाँचकोठे सामान्य घरमा यो सर्वोच्च पदको प्रतिष्ठाको हुर्मत लिएनन् । तपाईंले शिर झुकाएको शाही सानलाई यो गणतन्त्रले बरु थप रंगरोगन गर्यो, घट्न त मरे दिएन । तैपनि तपाईंको राजशाही तिर्सना मेटिएन राजेन्द्रजी ?
हाम्रा राष्ट्रपति र प्रधानमन्त्रीहरूले नेदरल्यान्डका प्रधानमन्त्री मार्क रुटले झैँ सातामा दुई घन्टा सामान्य कलेजमा पढाएर मास्टरीको तमासा देखाएनन्, न उनले जस्तो विनासुरक्षाकर्मी साइकलमा अफिस गएर कहिल्यै शाही मर्यादा घटाए । हामीले त राजासमेत लजाउने गरी राष्ट्रपतिहरूका सवारीमा सडक मात्र होइन, आकाशसम्म खाली गर्ने गरेका छौँ । कुनै तामझाम कम होला र शाही मर्यादा क्षतविक्षत् होला भन्नेमा बरु ज्ञानेन्द्रलाई मतलब नहोला, गणतन्त्रलाई छ । तैपनि, तपाईंको शाही तिर्खा मेटिएन राजेन्द्रजी ?
हरेक नेता र तिनका निवासमा राजशाही छ । हरेक नेताको कार्यशैलीमा राजशाही छ । हरेक नेताको निर्णय–प्रक्रियामा राजशाही छ । यत्ति हो, शाही पोसाक अझैँ नारायणहिटीमै छ । त्यो पनि लगाइदिएहुन्थ्यो भन्ने हो राजेन्द्रजी ?
भारतका राष्ट्रपति राधाकृष्णन्को जन्मदिन मनाउन अनुरोध गर्नेलाई उनले शिक्षक दिवस मनाउन आग्रह गरे । त्यसैको सम्मानमा भारतमा शिक्षक दिवस सुरु भयो । उनले सातामा दुई दिन खाली राखेका थिए, हरेक नागरिकलाई भेट्न । न समय लिनुपथ्र्यो, न निवेदन दिनुपर्थ्यो । हामीकहाँ त्यस्तो सस्तो गणतन्त्र छ र राजेन्द्रजी ? राजा बिर्सिएलान् भनेर गेटमै फोन खोस्छौँ र कुराउँछौँ । हाम्रा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले अझैँ आँट नगरेको एउटै काम बाँकी छ, एक हजार एक सदस्यीय शुभजन्मोत्सव समिति र सार्वजनिक बिदा । अब त्यसका लागि प्रेरित गर्ने त राजेन्द्रजी ?
उरुग्वेका पूर्वराष्ट्रपति मुजिकालाई न महामहिम भन्नुपर्थ्यो, न श्रीमान् । न नामअगाडि ‘मिस्टर प्रेजिडेन्ट’ चाहिन्थ्यो, न ‘सर’ । उनको त नामै ‘पेपे’ राखिएको थियो । हामीकहाँ ‘तिमी’ नभन्न झन्डै अध्यादेश आएन । तपाईं आफैँ भन्नोस्, कहाँ के गल्ती गरेर कसरी बिर्साइयो राजा ? कुन तामझाम कम भयो वा कुन शाही मर्यादा क्षतविक्षत् गरियो ? वा, कुन जात्रा रोकियो र राजा चाहियो राजेन्द्रजी ?
मलावीकी प्रथम महिला राष्ट्रपति जोयस वान्दाले राष्ट्रपतिका निजी जेट र ६० वटा लिमोजिन बेचिदिइन् । दक्षिणी अफ्रिकाकी यी प्रथम र अहिलेसम्म एक मात्र महिला राष्ट्रपतिले यसरी आएको दश लाख डलर राष्ट्रलाई समर्पण गरिन् । झन्डै यस्तै प्रयास भर्खरै निवर्तमान पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पनि गरे । के हामीकहाँ पनि यस्तै सस्तो काम भयो र तपाईंको चित्त दुख्यो राजेन्द्रजी ? तामझाम र वैभव नदेखिने राष्ट्रपति र प्रधानमन्त्री बनेर नेताहरूले राजतन्त्र बिर्साएको अनुभव भयो र तपाईंलाई ? गणतन्त्रले कहाँ राजा बिर्सायो र तपाईंलाई सम्झना आयो ? यत्ति हो, राष्ट्रपति, प्रधानमन्त्री वा कोही बडे नेताले सिधै राजदण्ड समाइसकेका छैनन् । त्यो पनि ग्रहण गरिदिएहुन्थ्यो भन्ने हो राजेन्द्रजी ?
राजतन्त्रकै सम्मानमा हाम्रा कुनै पनि नेताले सादगीपूर्ण जीवन बिताएर शाही तामझामको मर्यादा घटाएका छैनन् । तिनका स्कर्टिङ हेर्नोस् । तिनका घाँटीका माला हेर्नोस् । तिनका मञ्च हेर्नोस् । तिनको जीवनशैली हेर्नोस् । तिनको बसाइ हेर्नोस् । हरेक नेता र तिनका निवासमा राजशाही छ । हरेक नेताको कार्यशैलीमा राजशाही छ । हरेक नेताको निर्णय–प्रक्रियामा राजशाही छ । यत्ति हो, शाही पोसाक अझै नारायणहिटीमै छ । त्यो पनि लगाइदिएहुन्थ्यो भन्ने हो राजेन्द्रजी ?
मान्छे मारेर नक्कली चालक खडा गर्न र राज्यको दुरुपयोग गर्न अब पारस सरकार नै चाहिने भन्ने पनि छैन । शीर्ष परिवारदेखि प्रदेश–प्रदेशसम्म उच्च कोटीका पारस सरकारहरू जन्मिएका छन् ।
ढल्दै गरेको सिंहासनको चिन्ता छाडेर अफ्रिकी महादेशमा टेलिकमका टावर हेर्दै हिँडेका थिए राजा ज्ञानेन्द्र । त्यस्तो व्यापार अब थप ज्ञानसहित नेताहरूले पनि सिकिसकेका छन् । देशमा कुन त्यस्तो बेथिति बाँकी छ, जसका लागि राजतन्त्र नै आवश्यक छ ? यत्ति हो, श्रीपेच अझैँ संग्रहालयमा छ । एउटै मात्र भएर पनि होला, त्यसलाई पहिरिइसकिएको छैन । के त्यो पनि धारण गरिदिएहुन्थ्यो भन्ने तपाईंको चाहना हो राजेन्द्रजी ?
पक्कै पनि तपाईंले राजा चाहिन्छ भन्न पाउनुपर्छ । हिजो गणतन्त्र चाहिन्छ भन्दा तातो गोली खानुपर्थ्यो, आज राज्यको सुरक्षामा माइक समाएर तपाईंले सानका साथ राजा खोजिरहनुभएको छ । गणतन्त्रका हजारौँ सहिद छन्, तपाईंको एउटै सहिद छैन र हुनुपर्दैन । नेताले जति विरूप बनाए पनि जनताले गणतन्त्र यत्तिका लागि ल्याएको हो ।
तर, राजा फर्किंदा केही झमेला छन् । अढाई सय वर्ष शासन गरेर बिदा भए राजा । त्यो बिदाइ बल्ल पन्ध्र वर्ष पुग्दै छ । पन्ध्र वर्षअघि देशमा दूधको नदी बग्थ्यो भन्न अलि छिटो हुन्छ । शासनको मर्यादा राख्न मौसुफले फेरि एकपटक इन्टरनेट काटिबक्सेला । रेडियो त बन्द गरिबक्सन्थ्यो, सोसल मिडियालाई के गरी बक्सेला ? फेरि एयरपोर्ट बन्द गरिबक्सेला । सेना उतारेर संकटकाल लगाइबक्सेला । यो झन्झट हुन्छ राजेन्द्रजी ! काठमाडौंमा उन्नाइस दिने जनआन्दोलनका वेला तपाईं झापामा राजाको चुनावको जिविस सभापति हुनुहुन्थ्यो सायद ।
चर्चिलले भनेका थिए, ‘इतिहास मप्रति दयालु हुनेछ किनकि म आफैँले यसलाई लेख्ने फैसला गरेको छु ।’ नेपाली राजतन्त्रले पनि आफ्नो इतिहास आफैँ लेखिसकेको छ । अब त्यसलाई इतिहासको शान्त कक्षमा सुत्न दिनोस् । हेर्नोस्, कति अप्ठेरो हुन्छ ज्ञानेन्द्र सरकारलाई नेपाली बोल्न । सरकारले के बिराउनुभएको छ र बोल्ने र सुन्ने दुवैलाई दु:ख हुने गरी फेरि अंग्रेजी टोनमा शाही सम्बोधन पढाउनुहुन्छ ? हेल्मेटसमेत फालेर यति उन्मुक्त जीवन बाँचिरहेका पारस सरकारले तपाईंको बिगार गर्नुभएको छ र उहाँलाई फेरि छोपेर शाही पिँजडामा लैजानुहुन्छ ? यति धेरै भेराइटीका तौल–तौलका राजाहरू हुँदाहुँदै ज्ञानेन्द्र वा पारस सरकारलाई अब दु:ख नदिऊँ । यो हाम्रो होइन, तपाईंकै गणतन्त्र हो । प्लिज, चित्त बुझाइदिनोस् राजेन्द्रजी !
नेताहरू सकेसम्म ठूलो राजा हुने दौडमा छन् र इतिहासको पुनर्लेखन होइन, इतिहासको भ्रष्टीकरणलाई सघाउँदै छन् । आज गणतन्त्रमा तन्त्र बलियो र गण कमजोर भएको छ । उत्तर छन्, उत्तरदायित्व छैन । राजतन्त्रकै संगीतमा बजिरहेको गणतन्त्रको यो गीत तपाईंको जित होइन र राजेन्द्रजी ?
देशकै ठुलो माहानगरमा नेकपा एमालेले आन्तरिक मतदानबाट मेयर र उपमेयर छान्ने!!
पोखरा महानगरपालिकामा मेयर र उपमेयरको उम्मेदवार छनोट गर्न नेकपा एमालेले मतदान गराउने भएको छ । नेकपा एमाले पोखरा महानगर कमिटीले आन्तरिक मतदानबाट मेयर र उपमेयरको उम्मेदवार छनोट गर्न लागेको हो । लामो छलफलमा समेत सहमति नभएपछि शुक्रबार मतदान गर्ने तयारी गरिएको छ ।
मनोनयन समेत शुक्रबार नै हुने एमाले पोखरा महानगर कमिटीले जनाएको छ । यसअघि आकांक्षाका रुपमा नाम टिपाएकाहरु बाहेकले समेत मनोनयन गर्न पाउने छन् । सचिवालय बैठकले निर्वाचन मण्डल गठन गरेको छ ।
एमाले निकट अधिवक्ताहरू कमल अर्याल, जुना गुरुङ, भगवती पहारी र यामबहादुर खत्री सम्मिलित निर्वाचन मण्डल बनाइएको हो । मेयरमा १२ जनाले आकांक्षा देखाएका थिए, भने उपमेयरमा ११ जना छन् ।
मेयरमा प्रदेशसभा सदस्य कृष्णबहादुर थापा र राजीव पहारीसहित वडाध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा), व्यवसायी पुष्पज्योती ढुंगाना, पुष्पराज अधिकारी, महानगरका पुर्व अध्यक्ष दिपक पौडेल, बालासिंह काउचा मगर, सावित्री भण्डारी, मीनाकुमारी गुरुङ, भीमबहादुर कार्की, रश्मी आचार्य र प्राडा विश्वकल्याण पराजुलीले आकांक्षा देखाएका थिए ।
उपमेयरका लागि एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारी, सचिव बैनबहादुर अधिकारी क्षेत्री, पत्रकार सुष्मा पौडेल, वडाध्यक्ष शोभामोहन पौडेल र जीवन आचार्य, बामदेव ढुंगाना, टिकाराम पंगेनी, व्यवसायी संजीव बहादुर कोइराला, देवका पहारी (त्रिपाठी), बलराम गायक (गन्दर्भ) र हरिमाया गुरुङले नाम दर्ता गराएका थिए।
विपद्का कारण एक वर्षमा झन्डै २ अर्ब ६२ करोड बराबरको क्षति, ५ सय ५ जनाले ज्यान गुमाए!( विवरण सहित)
काठमाण्डाै – विपद्का कारण एक वर्षमा झन्डै दुई अर्ब ६२ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको वर्ष वैशाख एक गतेदेखि चैत मसान्तसम्ममा २ अर्ब ६२ करोड २८ लाख ६७ हजार ५ सय ७४ रुपैयाँ बराबरको क्षति भएको हो ।
सबैभन्दा धेरै क्षति आगलागीका कारण भएको छ । गएको वर्ष आगलागीबाट मात्रै झन्डै २ अर्ब २७ करोड बराबरको क्षति भएको प्राधिकरणको तथ्याङ्क छ । एक वर्षमा आगलागीमा परेर ९४ जनाले ज्यान गुमाएका छन् । यस्तै बाढी/पहिरो, चट्याङ्ग, हावाहुरी, सर्पदंश, जनावरको आक्रमणलगायतका ३ हजार ९ सय ४ वटा घटनामा परि एक वर्षमा पाँच सय पाँच जनाले ज्यान गुमाएका छन् । ७६ जना बेपत्ता छन् ।
यी घटनामा एक हजार ७ सय ७७ जना घाइते भएका प्राधिकरणको तथ्याङ्क छ । विपद्का घटनाबाट ६ हजार एक सय ३८ परिवार प्रभावित भएका प्राधिकरणका प्रवक्ता डिजेन भट्टराईले जानकारी दिनुभयो ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन–२०७४ ले विपद् व्यवस्थापनमा तीन वटै तहलाई जिम्मेवारी दिएको छ । जिम्मेवारी अनुसार विपद् जोखिम व्यवस्थापनमा साझा दायित्व लिएर काम गर्नुपर्नेमा प्रवक्ता भट्टराईको जोड छ ।
विपद् व्यवस्थापनको प्रमुख दायित्व पालिकामा रहेको र त्यसैअनुसार कार्ययोजना बनाएर समुदायमा लगानी र प्रभावकारी काम गर्न सके क्षति घटाउन सकिने उहाँको भनाइ छ ।
Next Page » « Previous Pageताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा