२०८३ असार ९ मंगलवार

काठमाडौंको मेयरमा एमालेबाट पाँच जना सिफारिस !( दौड धुपमा नेताहरु)

नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरका लागि पाँच जनाको नाम सिफारिस गरेको छ।

एमाले काठमाडौं नगर कमिटीले विद्यासुन्दर शाक्य, रामवीर मानन्धर, केशव स्थापित, निर्मल देउला र ईन्दिरा पन्तको नाम जिल्लामा सिफारिस गरेको छ।

शाक्य ०७४ को स्थानीय चुनावमा मेयर जितेका थिए । उनले फेरि एक कार्यकाल आफैँ दोहोऱ्याउने भन्दै उम्मेदवार बन्न इच्छा देखाएका छन्।
पूर्वमन्त्री मानन्धर पनि मेयरको दौडमा छन्।

बागमती प्रदेश सभा सदस्य स्थापित पनि मेयर हुन खोजिरहेका छन्। उनले वडा-वडा पुगेर जनताका समस्या र पार्टीले गर्नुपर्ने कामबारे छलफल गर्दै आएको बताइरहेका छन्।

नगर कमिटी अध्यक्ष देउला र जिल्ला कमिटी सदस्य पन्त पनि मेयरका लागि पहल गरिरहेका छन्।

यी पाँच जनाको नाम जिल्ला कमिटीमा पठाइएको र त्यहाँबाट केन्द्रमा सिफारिस गरिनेछ । जिल्लाले उम्मेदवार सिफारिसमा परेकाबारे रायसहित प्रदेशलाई जानकारी दिनेछ । प्रदेशले नाम केन्द्रमा पठाएपछि केन्द्रले उम्मेदवार तय गर्नेछ ।

उपमेयरमा भने नाम सिफारिस भइसकेको छैन। अध्यक्ष देउलाले उपमेयरका लागि छलफल भइरहेको बताए । महानगरका १६ वडाका लागि वडाध्यक्षमा नाम तय गरिसकिएको पनि उनले बताए । अरू वडाका लागि छलफल जारी रहेको उनको भनाइ छ।
वैशाख ३० मा हुने स्थानीय चुनावका लागि वैशाख ११ मा उम्मेदवारले मनोनयन पत्र दर्ता गर्नुपर्ने हुन्छ । एमालेले स्थानीय तहमा सर्वसम्मत तरिकाले उम्मेदवार छान्ने भने पनि पहिले आफूले जितेका क्षेत्रमा भने एकभन्दा बढीका नाम सिफारिस भइरहेका छन् ।

आकांक्षी धेरै हुँदा आन्तरिक मतदान गरी उम्मेदवार सिफारिससमेत हुन थालेका छन् ।

चरम आर्थिक संकट झेलिरहेको श्रीलंकामा अत्यावश्यक औषधिको अभाव!!!

श्रीलङ्कामा चरम आर्थिक सङ्कटका कारण अत्यावश्यक औषधि अभाव हुन थालेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अधिकारीहरूले विरामीलाई अत्यावश्यक कतिपय औषधिको अभाव हुन थालिसकेकाले तत्काल व्यवस्था गर्न आग्रह गरेका छन् ।

सरकारी अस्पतालहरूमा उपकरणको समेत अभाव भएको उनीहरुको भनाइ छ । अत्यावश्यक औषधि तथा उपकरणहरु छिमेकी तथा सहयोगी मुलुकहरुसँग तत्काल माग्नु पर्नेमा पनि स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।

दक्षिण एसियाली मुलुक श्रीलङ्कामा आर्थिक सङ्कटका कारण केही सातादेखि अन्य उपभोग्य वस्तुको पनि अभाव छ । औषधिको अभावसँगै मूल्य वृद्धि पनि अत्यधिक भएको छ ।

अभाव र मूल्य बृद्धिको विरोधमा नागरिक आन्दोलन सुरु भएपछि राजनीतिक सङ्कट पनि थपिएको छ । तत्कालीन सबै मन्त्रीले राजीनामा दिएपछि अहिले केही नयाँ मन्त्री नियुक्त गरेर सरकार संचालन गरिए पनि प्रभावकारी काम हुन सकेको छैन । सरकारले समस्या समाधान गर्न ठोस कदम चाल्न नसकेको भन्दै आलोचना भएको छ ।

नेकपा एमाले पोखरा -१८ शुभकामना आदानप्रदान तथा बृहत कार्यकर्ता भेला।।।

नेकपा एमाले पोखरा -१८
शुभकामना आदानप्रदान तथा बृहत कार्यकर्ता भेला।।।।।
आज मिति२०७९/०१/०१गतेका दिन पोखरा १८स्थित ग्यारजती सामुदायिक भवन मा सम्पन्न भएको छ। वडा कमिटी का अध्यक्ष तथा पोखरा १८ नेकपा एमालेको तर्फबाट अध्यक्ष पद्का उम्मेदवार ,पुस्कल ब थापाको अध्यक्ष तामा भएको उक्त कार्यक्रम मा प्रमुख अथिती प्रदेश कमिटी का सदस्य ,मित्रमणी तिमिल्सिना विशेष अथिती जिल्ला सदस्य तथा वडाअध्यक्ष , रण ब थापा नगरकमिटी सदस्यहरु ,डिल ब जि सि ,भोजकुमारी थापा र भिम ब नेपाली लगायत वडाकमिटि टोल कमिटी र अग्रज कमरेडहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रम लाई प्रमुख अथिती र विशेष अतिथि ले सम्बोधन गर्दै सबै यकजुट भइ लाग्न कार्यकर्ता लाई निर्देशन दिनुभयो उक्त कार्यक्रम मा उम्मेदवारहरुलाइ परिच्यात्मक गर्दै अरुण थापा सयोजक र रामचन्द्र शर्मा शालिकराम तिमिल्सिना र सुशील जि सि सहसयोजक रहेको ५०१ जनाको निर्बाचन परिचालन कमिटी गठन गरेको को छ।। सालिक तिमिल्सिना जि ले बिश्व पाटि लाइ बताए ।।

एमाले र राप्रपा नेपालबीच गठबन्धन, एउटै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने

काठमाडौं । नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी गठबन्धन भएको छ । एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

बुधबार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपालका अध्यक्ष कमल थापाको उपस्थितिमा दुई पार्टीबीच सहमतिपत्र आदानप्रदान भएको छ । सहमति अनुसार देशभर सम्भव गएको ठाउँमा एमाले र राप्रपा नेपालबीच तालमेल हुनेछ र राप्रपा नेपालका उम्मेदवारले पनि सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।

राप्रपा नेपालले आफ्नो उम्मेदवार नभएको ठाउँमा नेकपा एमालेका उम्मेदवारलाई सघाउनेछ भने एमालेले पनि राप्रपा नेपालका उम्मेदवारलाई सघाउने सहमति भएको छ ।

भारतले बनायो महाकाली नदीमा ९ मिटर अग्लो पक्की बाँध ,नेपाल सरकार बेखवर l

एकअर्काको सहमतिबिना सीमा नदीको बहाव प्रभावित हुने संरचना निर्माण गर्न नपाइने भए पनि भारतले दार्चुला सदरमुकामनजिकै नदी किनारमा एकतर्फी पक्की तटबन्ध बनाइरहेको छ ।

यो विषयमा स्थानीयले लगातार गुनासो गर्दा पनि सरकारले भारतसँग संवादको पहल नगर्दा तनाव बढेको छ । मंगलबार वारिपारिका सर्वसाधारणबीच भएको तनाव प्रशासनिक पहलपछि मत्थर भएको छ ।

नेपाली पक्षलाई औपचारिक जानकारी नदिई भारतले दार्चुला सदरमुकाम पारि महाकाली किनारमा पाँच किलोमिटर लामो तटबन्ध बनाइरहेको छ । ९ मिटर उचाइ र ७ मिटर चौडाइको यो संरचनाबारे दार्चुला प्रशासनले चासो राखे पनि भारतीय पक्षले जानकारी दिएको छैन ।

गत पुसबाट तटबन्ध निर्माण भइरहेको ठाउँ २०७० मा बाढी आउनुअघि नेपालको सार्वजनिक जमिन थियो । त्यही स्थानमा जिल्ला वन र भूसंरक्षण कार्यालयको भूभाग रहेको स्थानीयको भनाइ छ । गत वर्ष भौराबगर पारिपट्टि पनि भारतले बाँध निर्माण गरेको थियो, यो भूभाग पनि बाढी आउनुअघि महाकालीवारिको बगर थियो ।

आठ वर्षअघिको बाढीले दार्चुला सदरमुकाम क्षेत्रमा व्यापक क्षति गरेको थियो । त्यतिबेला भारतीय क्षेत्रमा तटबन्ध भएका कारण नेपालतर्फ बढी क्षति भएको स्थानीयको भनाइ छ । बाढीपछि नेपालतर्फ पक्की तटबन्ध निर्माण गर्दा भारतीय प्रशासनले अवरोध गरेको थियो । भारतीय पक्षले पत्राचार गरेपछि दुवै देशले नदी किनारको केही भाग छाडेर मात्रै तटबन्ध बनाउने सहमति गरेका थिए । तर, भारतले भने अहिले महाकाली नदी मिचेर तटबन्ध बनाइरहेको स्थानीय बताउँछन् ।

‘भारतले पुरानो तटबन्ध नभत्काई त्यसभन्दा १०–१२ मिटर वर नदी किनारमा जग खनिरहेको छ,’ पुलघाटका दानसिंह महरले भने । त्यसको करिब ५० मिटरमाथि भारतले नदीको बहाव नै परिवर्तन गर्न खोजेको छ । महाकाली नगरपालिका–४ स्थित लास्कु खोलानजिक एक्स्काभेटर लगाएर भारतले नदीको बहाव नेपालतर्फ फर्काउन खोजेपछि वारिका नेपालीले विरोध गरेका हुन् । लगातार ढुंगा निकाल्दै आएको एक्स्काभेटर मंगलबार बंगाबगरस्थित नदी किनारसम्म आइपुगेपछि स्थानीय जम्मा

भएका थिए । सरकारीस्तरबाट समाधान गर्नुपर्ने यस्तो संवेदनशील मुद्दा सम्बोधन नभएपछि वारि र पारिका सर्वसाधारणबीच ढुंगा हानाहान भएको थियो ।

स्थानीय रामसिंह कार्कीका अनुसार वारि करिब डेढ सय नेपाली जम्मा भएका थिए, पारिबाट पनि ठूलै समूह थियो । केहीबेरको ढुंगा हानाहान भएपछि दुवैतर्फ आइपुगेका सुरक्षाकर्मीले थामथुम पारेका थिए । एक्स्काभेटर पारि फर्काएपछि नदीको ढुंगा निकाल्ने काम रोकिएको छ । ‘महाकालीको वारिपट्टि रहेका ठूला ढुंगा लगेर पारि जम्मा गर्ने र नदीको बहाव नेपालपट्टि फर्काउन खोज्दै थिए,’ कार्कीले भने, ‘एक्स्काभेटर फर्काउन नमानेपछि तनाव भएको हो ।’

प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय पनि नदीबाट एकतर्फी ढुंगा, बालुवा, गिट्टी उत्खनन गरेर भारतले सीमा क्षेत्रमा तटबन्ध बनाइरहेको बताउँछन् । ‘भारतले तटबन्ध निर्माणमा नेपाली भूभागबाट ढुंगा उत्खनन गरेपछि स्थानीयले आक्रोशित भई ढुंगा हानेको बुझिएको छ,’ उनले भने, ‘उताबाट पनि ढुंगा हानेको सुनियो । पछि दुवैतर्फका प्रशासनको सहयोगमा स्थानीयलाई तितरबितर गरियो ।’

प्रजिअ उपाध्यायले नेपाली प्रशासनसँग समन्वय नै नगरी भारतले एकतर्फी एक्स्काभेटर चलाएर महाकाली नदीको बहाव परिवर्तन गर्न खोज्दा समस्या आएको बताए ।

भारतले निर्माण गरिरहेको तटबन्धको विषयमा औपचारिक छलफल गर्न दार्चुला प्रशासनले भारतीय समकक्षीसँग अनुरोध गर्दै आएको छ । गत माघमा सीमा अधिकारीबीचको ‘भर्चुअल’ बैठकमा प्रजिअ उपाध्यायले यो विषय उठाएका थिए ।

जवाफमा भारतीय पक्षले नेपाली भूभागतिर केही असर नगर्ने गरी तटबन्ध निर्माण गर्ने र त्यसको विस्तृत जानकारी दिने प्रतिबद्धता जनाए पनि अहिलेसम्म कुनै प्रगति भएको छैन, बरु निर्माण जारी छ ।

प्राकृतिक बहाव परिवर्तन गर्दा बर्खामा ठूलो विपत्ति हुने जोखिमले स्थानीय डराएका छन् । ‘सीमा नदी हो, त्यसको बहाव परिवर्तन गर्दा बर्खामा नेपालतर्फ विपत्ति बढ्नेछ, सिँचाइ चाहिएका बेला उनीहरूले उपयोग गर्ने र बाढी आउँदा नेपाल पस्ने गराउन पाइँदैन, नेपाल सरकारले यो कुरा संवादबाट भारतलाई बुझाउनुपर्छ,’ स्थानीय बासिन्दा कार्कीको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी उपाध्याय पनि दुवै देशका इन्जिनियरको समन्वयमा मात्र तटबन्ध बनाउन सकिने बताउँछन् । तर, त्यसो नभएमा स्थानीयबीच झडप हुने र त्यसले समस्या समाधान नगर्ने उनको भनाइ छ । ‘सीमामा संरचना निर्माण गर्दा स्थानीयबीच झडप हुने सम्भावना रहेकाले समन्वय गरेर मात्र अगाडि बढ्न भारतीय पक्षलाई भनेका छौं, दुवैतर्फ संवेदनशीलता आवश्यक छ,’ उनले भने ।

भारतको पिथौरागढका जिल्लाधिकारी आशिष चौहानले गत साता अनुगमन गरे पनि सीमा क्षेत्रमा संरचना निर्माणबारे नेपाली अधिकारीसित कुनै समन्वय गरेनन् । चौहानले तटबन्ध निर्माणको काम छिटो सम्पन्न गर्न ठेकेदारलाई निर्देशन दिएका थिए, आजको कान्तिपुर दैनिकमा मनोज बडूले दार्चुलाबाट समाचार लेखेका छन्

उम्मेदवार बन्नेहरूलाई मन्दिरमा कसम खुवाउछु – लिङ्देन l

काठमाडौँ फागुन २६

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीबाट स्थानीय तहमा उम्मेदवार बन्नेहरूले स्थानीय मन्दिरमा कसम खानुपर्ने बताएका छन् ।

मोरङको सुन्दर हरैंचामा आज आयोजित पार्टी प्रवेश तथा आमसभा कार्यक्रममा बोल्दै लिङ्देनले सुशासनका लागि, जनताप्रति उत्तरदायी बन्नका लागि र देशहितमा काम गर्नका लागि उम्मेदवारले अनिवार्य रूपमा कसम खानुपर्ने बताएका हुन् ।

‘राप्रपाको टिकट लिन आउनुभन्दा अगाडि आफ्नो निर्वाचन क्षेत्रको कुनै पनि ठाउँको मन्दिरमा गएर कसम खाएर आउनु पर्नेछ,’ लिङ्देनले भने ।

कार्यक्रममा बोल्दै राप्रपाका नेता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीलाई पार्टीले कहिल्यै पनि टिकट नदिने घोषणा गरे ।

मोरङको सुन्दर हरैंचामा आज आयोजित पार्टी प्रवेश तथा आमसभा कार्यक्रममा बोल्दै लिङ्देनले सुशासनका लागि, जनताप्रति उत्तरदायी बन्नका लागि र देशहितमा काम गर्नका लागि उम्मेदवारले अनिवार्य रूपमा कसम खानुपर्ने बताएका हुन् ।

साउदी अरबका राजकुमार आज नेपाल आउँदै l

काठमाडौं, फागुन ३० ।

साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद नेपालको दुई दिने औपचारिक भ्रमणमा आज अपरान्ह काठमाडौं आउदैछन् ।

र मंगलबार दुई दिने नेपाल भ्रमणमा आउन लागेका विदेशमन्त्री राजकुमार फैसलले राष्टपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना साउदी समकक्षीसँग भोली मंगलबार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । दुई देशका परराष्ट्र मन्त्रीबीचको भेटवार्तामा जनलर कोअपरेसन एग्रिमेन्टमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद नेपालको दुई दिने औपचारिक भ्रमणमा आज अपरान्ह काठमाडौं आउदैछन् ।

Don’t miss out on 12 days of free* travel from 14-25 April.

Don’t miss out on 12 days of free travel from 14-25 April

Tap and travel for free from 4am Thursday 14 April to 3.59am Tuesday 26 April, anywhere on the Opal network. Tap on and off each time with a valid Opal card, American Express, Mastercard or Visa to get your free travel.

Hop on the metro, train, bus, ferry or light rail, and travel for free anywhere on the Opal network: from the Illawarra, Greater Sydney, and the Blue Mountains, up to Newcastle and the Central Coast.

These school holidays, relax and let us take you there for free. Spend some quality time with family and friends and discover new places, new people, new experiences.

Enjoy the ride and remember to wear your mask.

*Terms and conditions: To take advantage of free public transport travel for 12 days offer you must tap on and tap off with a valid Opal card with a positive balance or an American Express, Mastercard or Visa card. Offer excludes On Demand, Single Trip Tickets and Sydney Airport Line station access fees. A $1 pre-authorisation charge will appear on participating credit or debit cards and will be reversed at the end of the day.

गभर्नर निलम्बन गर्नु वर्तमान सरकार र जनार्दनको गैर जिम्मेवारीपन हो: शेखर कोइराला ।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देशको अर्थतन्त्र ओरालो लागेको बेला राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरिनु गैरजिम्मेवारीपन भएको बताएका छन्।
आज निजामती कर्मचारी युनियनले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै कोइरालाले गभर्नरलाई निलम्बन गर्दा अर्थतन्त्र झन् अप्ठ्यारो अवस्थामा जाने बताए।
‘देशको अर्थतन्त्र ओरालो लागेको अवस्था छ। त्यो अर्थतन्त्र ओरालो लागेको बेलामा राष्ट्र बैंकको गभर्नरलाई निलम्बन गरिएको छ त्यसले झन् अप्ठ्यारो परिस्थितिमा जान्छ भन्नेमा दुईमत छैन,’ उनले भने, ‘किनभने नेपालको अर्थतन्त्रलाई विश्व बैंकलगायतले सुष्म ढंगले हेरिरहेका छन्।’
अर्थमन्त्री जनार्दन शर्मासँग कुरा मिलेन भनेर गभर्नर निलम्बन गर्न नहुने उनले बताए। ‘अर्थतन्त्र ओरालो लागेको बेलामा अर्थमन्त्रीसँग तालमेल मिलेन रे, उहाँले कुरा सुन्नु भएन रे भनेर निलम्बन गर्नु गैरजिम्मेवार हो,’ उनले भने।
उनले ४० करोड विदेशी रकम नेपाल आएको र त्यसबारे छानबिन राष्ट्र बैंकले गरेको प्रसंग निकाल्दै विश्वमा जहाँ पनि अर्थमन्त्री र गभर्नरबीच खटपट चलिरहेको हुने बताए।
‘अर्थ मन्त्रालयले गलत काम गरेको छ भने रोक्ने काम राष्ट्र बैंकले गरिरहेको हुन्छ,’ उनले भने।
साथै कोइरालाले सुपारी, मरिच, छोकडा, मटरदानाको आयात किन भइरहेको छ भन्ने प्रश्न गरेका थिए। यस्ता बस्तु आयात गर्दा अर्बौं विदेशी रकम खर्च हुने उनको भनाइ छ। ‘यति धेरै सुपारी किन चाहियो नेपाललाई? त्यसको जवाफ सरकार र अर्थमन्त्रालयले दिनुपर्छ,’ उनले भने।
यस्ता आयात रोक्न खोजेर गभर्नरले गल्ती नगरेको उनले बताए। ‘उहाँका केही कमीकमजोरी होलान् तर अर्थतन्त्र ओरालो लागेको बेलामा गभर्नर निलम्बन गर्नु सरासर गैरजिम्मेवारपन हो,’ उनले भने।

नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखको अधिकार खोस्ने तयारी l

काठमाडौं, चैत २९ । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखको अधिकारलाई निजामती कर्मचारीमा केन्द्रित गर्ने गरी नियमावली संशोधनको अन्तिम तयारी गरेको छ। गृह मन्त्रालयले प्रहरी (एघारौं संशोधन) नियमावली, २०७८ र सशस्त्र प्रहरी (दोस्रो संशोधन) नियमावली, २०७८ को संशोधन तयारी गरेको हो।

सैद्धान्तिक सहमतिका लागि तयार पारिएका मस्यौदा अर्थ मन्त्रालयमा पुगेका छन् । प्रहरी ऐन, २०१२ को दफा ३९ ले दिएको अधिकार प्रयोग गरी प्रहरी नियमावलीका १० र सशस्त्र प्रहरी ऐन २०५८ को दफा ३६ ले दिएको अधिकार प्रयोग गरी १५ प्रावधान संशोधन गर्ने गरी मस्यौदा बनेको गृह मन्त्रालय स्रोतले जनाएको छ। मस्यौदामा दुवै प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक (आइजिपी) को अधिकारलाई कटौती गरी निजामती कर्मचारीमा केन्द्रित गर्ने प्रस्ताव गरिएको छ।

संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण, वैदेशिक अध्ययनका लागि प्रतिस्पर्धा गर्दा प्रहरी र सशस्त्रका कर्मचारीले आआफ्ना आइजिपीबाट पूर्वस्वीकृति लिनुपर्नेमा गृह मन्त्रालयबाट स्वीकृति लिनुपर्ने, बढुवाको कार्यसम्पादन तथा मूल्यांकनको अंकमा आइजिपीको अधिकारलाई कटौती गरी गृहको समितिबाट निर्धारण गर्नुपर्नेजस्ता धेरै प्रावधान हटाएर प्रहरी संगठनको प्रमुखलाई नाम मात्रको कमान्डर बनाउन खोजिएको आजको नागरिक दैनिकमा खवर छ ।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय