२०८३ असार ९ मंगलवार

गुल्मी समाज अष्ट्रेलियाले नयाँ वर्ष-२०७९ बिशेष कार्यक्रम गर्ने ।

सिड्नी,

गुल्मी समाज अष्ट्रेलियाले नेपालीहरूको आऊदै गरेको नयाँ वर्ष २०७९ को अवसरमा बिशेष कार्यक्रम गर्ने भएको छ ।

गुल्मी जिल्ला घर भई हाल अष्ट्रेलिया बसोबास गर्दै आएका नेपालीहरूको समाज गुल्मी समाज अष्ट्रेलियाले यही १६ अप्रिल, २०२२ दिउसो १२.३० बजेदेखि ५ बजे सम्म Black Muscat park, Chopping Norton भन्ने स्थान मा उक्त कार्यक्रम गर्दै छ ।

कार्यक्रममा बार्बिक्यू, नाचगान र बालबालिकाहरूको लागि मनोरन्जनात्मक लगायतको कार्यक्रमहरू संगै नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना आदान-प्रदान समेत गरिने बताइएको छ ।

करिब दुई वर्षदेखि कोभिड-१९ अर्थात्को रोना महामारीको कारण गुल्मेली जन-मनहरू एक ठाउॅमा भेला हुन सकेका अवस्था थीएन, त्यसैले उक्त कार्यक्रममा संख्यात्मक हिसाबले पनी धेरै भंदा धेरै जनाको उपस्थिति रहने पाइएको छ ।

गुल्मी समाजको आधिकारिक फेसबुक पेजमा मार्फत उक्त कार्यक्रमको आयोजना हुने भनी जानकारी समेत राखीएको छ कमला बस्नेतले बताईन । साथै उनले संसारको जुन सुकै कुनामा रहे पनी आफ्नो भाषा, धर्म, स्थान कहिले पनी नर्बिसने संगै एकापसमा भेंट हुदा गाउका संगै आफ्नो भविष्यको बारेमा के कसरी अगाड़ी बढ़न सकिने कुरामा सर-सल्लाह समेत हुने बताईन ।

उक्त कार्यक्रममा बिबिध जानकारिको लागी निम्न व्यक्ति र सम्पर्क नम्बरमा संपर्क गर्न सकिने छ ।

कमला बस्नेत ०४११७०६२७५
युवराज भण्डारी ०४०२५४३२८८
सिर्जना गौतम ०४२४३४७२५०
अन्जु शर्मा घिमिरे ०४३४४५०६५७

मौद्रिक सञ्चिति कायम राख्न नोटबन्दी सम्मको निर्णय : हजार र पाँच सयका नोटमा बन्देज हुनसक्ने ।

काठमाडौं । विदेशी मुद्रा सञ्चिति घटेको खबर आउन थालेपछि सरकारले विलासिताका वस्तुको आयातमा कडाइ गर्न थालेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार हाल मुलुकमा ९ अर्ब ७५ करोड अमेरिकी डलर सञ्चिति रहेको छ, जुन ६ देखि ७ महिनाका लागि अत्यावश्यक वस्तु आयात गर्न पर्याप्त हो ।

नेपालको पछिल्लो मौद्रिक नीतिले कम्तीमा सात महिनाको आयात धान्न सकिने उल्लेख गरेको छ । अहिले नेपाल सरकारले विदेशी मुद्रा देश बाहिर जान नदिने नीति अवलम्बन गरिरहेको छ ।

तर, मौद्रिक सञ्चिति कायम राख्न आयात र विदेशी मुद्रा आर्जनमा कडाई गर्नुपर्ने सुझाव केही विज्ञले दिएका छन् ।

अर्कोतर्फ नेपालले अन्य मुलुकबाट सामान किन्न डलरमा तिर्नु पर्ने भएकाले आयात खर्च बढेकाले अहिलेको समस्या आएको नेपाल राष्ट्र बैंकले जानकारी दियो ।

नेपाल राष्ट्र बैंकका अनुसार देशको विदेशी मुद्रा सञ्चितिको प्रमुख स्रोत भनेको रेमिट्यान्स हो । नेपालको जीडीपीमा यसको योगदान २२ प्रतिशत रहेको छ।

केन्द्रीय बैंकका प्रवक्ता गुणाकर भट्टले बीबीसी नेपाली सेवालाई कोभिड महामारीका बावजुद गत वर्ष रेमिट्यान्स आप्रवाह राम्रो भएको बताए । नेपालको लागि विदेशी मुद्राको अर्को प्रमुख स्रोत भनेको पर्यटन हो ।

नेपाल आउने विदेशीहरूले डलर वा अन्य विदेशी मुद्रा खर्च गर्छन्। तर कोभिड महामारीका कारण पर्यटन क्षेत्र प्रभावित भएसँगै विदेशी मुद्रा सञ्चितिमा पनि असर पर्यो ।

नेपालले अन्य देशबाट सामान किन्दा डलरमा तिर्नुपर्छ । यसकारण वर्तमान सरकारले विलासिताका सामानको आयातमा कडाइ गर्ने नीति अपनाएको देखिन्छ ।

मौद्रिक सञ्चिति कायम राख्न नोटबन्दी सम्मको निर्णय जरुरी रहेको विज्ञहरुको भनाई छ । विलासिता रोक्न हजार र पाँच सयका नोटहरुमा बन्देज लगाउन सकिने सुझाव आएको छ ।

सुझाव अनुसार विलासिता रोक्न सरकारले अर्को नयाँ नियम ल्याउन सक्नेछ ।

हजार र ५ सयका नोटलाई चलन–चल्तीबाट रोकावट ल्याएर खर्च नियन्त्रण गर्ने सरकारले नीति ल्याउन सक्छ । नेपाली एक हजार र पाँच सयका नोट किनमेल, खरिदबिक्रि वा उपभोग गर्ने ठाउँमा नचल्ने बनाउँन सक्ने निर्णय आउन सक्ने एक अधिकारीले बताए ।

त्यो भन्दा अघि नै उक्त नोटहरु भएका मानिसले बैकमा लगेर राखिसक्नुपर्ने निश्चित समय तोक्नेछ ।

त्यो समयमा बैकमा नबुझाएमा पैसा कागज समान हुने नीति अख्तियार गर्न सकिन्छ स्रोतले भन्यो । भारतलेपनि केही बर्ष अघि नोटबन्दीको निर्णय लिएको थियो ।

नेपालमा आयात हुने बस्तु धेरै जसो विलासिताका रहेका छन् । विलासिता घट्यो भने आयात घट्छ । आयात घटेमा मौद्रिक सञ्चिति कायम राख्न सकिनेछ । यसैलेपनि नोटबन्दीको निर्णय उपयुक्त हुनेछ । योसँगै गलत गरेर आर्जन गरेको धनपनि राष्ट्रिय ढुकुटीमा जम्मा हुनेछ । समग्र अर्थतन्त्र चलायमान हुनेछ ।

राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत!!!

काठमाडौं, २८ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि पाँच मुलुकका गैरआवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।
राष्ट्रपति भवन, शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा अष्ट्रिया, हङ्गेरी, अर्जेण्टिना, क्यानडा र डोमिनिकन गणतन्त्रका राजदूत क्रमशः क्याथरिना विजर, आन्द्रेस लाज्लो किराली, ह्युगो हाभियर गोबी, क्यामरुन डीन म्याके र डेभिड पुइगले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो । उहाँहरू सबैजना भारतका लागि तत् देशका आवसीय राजदूत हुनुहुन्छ र नयाँदिल्लीबाटै नेपाल मामिला सम्हाल्नुहुन्छ ।
त्यस अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्का, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो ।

रूपन्देही सामाजिक संजाल अष्ट्रेलियाले मनायो नयाँ वर्ष-२०७९ ।

दुबई ।

रूपन्देही सामाजिक संजाल अष्ट्रेलियाले मनायो नयाँ वर्ष-२०७९ ।

रुपन्देही समाजिक सञ्जाल अष्ट्रेलियाको आयोजनामा नयाँ वर्ष २०७९ को अवसरमा नयाँ वर्ष बिशेष कार्यक्रम सम्पन्न ।

रुपन्देही ज़िल्ला घर भई हाल अष्ट्रेलियामा रही विभिन्न पेशा व्यवसायमा आवद्ध रहेका नेपाली, विभिन्न सामाजिक संघ संस्थाका अगुवा, पत्रकार, सामाजिक अभियन्ता र अष्ट्रेलियन लगाएतको बाक्लो उपस्थितीमा भएको कार्यक्रममा अष्ट्रेलियाका न्यु साउथ वेल्स राज्यका वहु-साँस्कृतिक तथा जेष्ठ नागरिक मन्त्री मार्क जोसेफ कोरले नेपाली क्यालेण्डर २०७९ विमोचन गरेका थियो ।

रुपन्देही सामाजिक सञ्जालले ६ वर्ष देखी निरन्तर सामाजिक, परोपकारी, शिक्षा, स्वास्थ्य, महामारीबाट प्रभावित समुदाय एंव वालवालिकाहरुका लागि गरेको कार्यको मन्त्री कोरले प्रसंशा गरेका थिए । उनले आफुहरु पनि यस्तै सामाजिक संस्था मार्फत सामाजिक काममा अनेकौ सञ्जाल संग मिलेर काम गर्न चाहेको बताए ।

कार्यक्रममा सञ्जालका अध्यक्ष मुक्तिराम पोखरेलले प्रमुख अतिथी कोरलाई नेपाली टोपी र खादाले स्वागत गर्नुभएको थियो । कार्यक्रम सञ्जालका महासचिव रन्जीता भण्डारीले गर्नुभएको थियो भने उपाध्यक्ष एंव कार्यक्रम संयोजक दिवाकर काफ्लेले स्वागत गर्नुभएको थियो ।

नयाँ वर्षको कार्यक्रममा एन आर एन ए का राष्ट्रिय उपाध्यक्ष धर्मराज अधिकारी, फेन्काका महासचिव डा. मधुसुदन पुडासैनि, एन आर एन ए अष्ट्रेलियाका संस्थापक अध्यक्ष एवं पूर्व राष्ट्रिय उपाध्यक्ष मना केसी ओएनएफका अन्तराष्ट्रिय कमिटिका सचिव रमेश पाण्डे, लिभरल नेपाली कम्यूनिटिका उम्मेद्धवार एंव सामाजिक अभियन्ता विनोद पौडेल, अनेसास अष्ट्रेलिया न्यु साउथ वेल्स राज्यका अध्यक्ष ममता तिवारी, पेन्सस कम्यूनिटि एंव सञ्जालका सल्लाहकार डा. प्रकाश पौडेल लगाएतले नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभएको थियो ।

यसैगरी कार्यक्रममा एनआरएनए न्यु साउथ वेल्स राज्यका उप-प्रमुख स्वीकृती भट्ट, ओएनएफ अष्ट्रेलियाका अध्यक्ष केशव जोशि, वरिष्ठ समाज सेवी नारायण प्रधान, झापाली समाजका अध्यक्ष निराजन प्रसाई, साउथ वेष्ठ नेपाली कम्यूनिटिका अध्यष सुदिप ढकाल, गुल्मी समाजका अध्यक्ष कमला वस्नेत, सुदूरपश्चिम समाजका अध्यक्ष तोरम अवस्थी, प्रवासी नेपाली यूवा मञ्च अष्ट्रेलियाका अध्यक्ष अरुण गौतम, द नेपाली टाईम्स अष्ट्रेलियाका निर्देशक मेहन्द्र लम्साल, एन वि डि ए का महासचिव प्रकाश लामिछाने, पोखरा समाजका अष्ट्रेलियाका महासचिव प्रकाश सुवेदी, नवलपुर समाजका अध्यक्ष खेमराज पंगेनी, अभिभावक संघका अध्यक्ष राम अधिकारी, मल्टि डाइनमिकका मेनेजिङ डाइरेक्टर विजय पहल, ल्याण्ड लिज का निर्देशक अशोक थपलिया, जुनो होम लोन्सका निर्देशक विनोद प्रसाद मौनाली, भिजन फर मोटिभेसनका महेश प्रर्साई, विश्व पाटिका मिडियाका चर्चित पत्रकार अनिल खड्का, एभरेष्ट टिभिका अष्ट्रेलियाका नविन गौतम, नेपाल न्यूज अष्ट्रेलियाका माधव गैरे, पत्रकार महासंघका अध्यक्ष रिषि आचार्य, संस्थाका संरक्षक राज खनाल, पूर्व अध्यक्ष कृष्ण गैरे, इश्वर अविरल पोख्रेल, सल्लाहकार एंव कार्यसमितिका पदाधिकारीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रम सफल पार्न विज वक्सका निर्देशक होमनाथ उपाध्याय, पोपर्टि पल्सका निर्देशक प्रमोद कार्कीले सहयोग प्रदान गर्नुभएको थियो । कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुती समेत राखिएको थियो । शेरया पौडेल, प्रदिप खनाल र एडिसा न्यौपानेले विभिन्न साँगीतिक प्रस्तुतीहरु राख्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता गर्दै पोख्रेल ले संजालले गरेको यस कार्यक्रममा केवल ज़िल्ला बासी मात्रै नभई हरेक नेपाली समुदायलाई जोड़न पाउदा ख़ुशी रहेको व्यक्त गरे साथै सबैमा बिशेष धन्यवाद एवं आगामी दिनमा समेत यो खालको साथ र सहयोगको अपेक्षा समेत गरेका थिए ।

विप्लवलाई देखाएर चुनाव सार्ने तयारी l

काठमाडौं, २७ चैत्र । चुनावको मुखमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा किन छिर्यो ? यसको वास्तविकता विस्तारै खुल्न थालेको छ । विप्लवको दलका नेता प्रकाण्ड आयोग छिरेर स्थानीय चुनावमा भाग लिने वातावरण बनाइदिन भनेलगत्तै सत्ता पक्षसँग भित्र भित्र वार्ता हुन थालेको छ ।

निर्वाचन आयोगले चुनवाी प्रक्रिया बढिसकेको नमिल्ने बताइदियो । तर, विप्लवका नेताहरु सरकारमा रहेका प्रभावशाली मन्त्रीहरुसँग छलफल गर्न थालेका छन् ।

विश्वस्त स्रोतका अनुसार नेपाली काँग्रेसका एकजना प्रभावशाली मन्त्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विप्लवको चुनावमा आउने चाहनालाई पूरा नगरे भविष्यमा ठूलो जोखिम मोल्नुपर्ने अवस्था आउनसक्ने रिपोर्टिङ गरेका छन् । उनले विगतमा माओवादीले राखेका मागहरुको बेवास्ता गर्दा देशमा हिंसात्मक द्वन्द्व भएको इतिहास स्मरण गराउँदै चुनावमा आउने विप्लवको चाहनालाई सम्बोधन गर्नुपर्ने प्रस्ताव राखेको बुझिएको छ ।

विप्लवलाई चुनावमा ल्याउन पार्टी दर्ताको अवसर दिनुपर्छ । तर, निर्वाचन आयोगले आव्हान गरेको पार्टी दर्ताको म्याद गुज्रिइसकेको छ । यसलाई पुनः सुचारु गर्दा ३० वैशाखमा चुनाव नहुने सक्छ । यसकारण पनि विप्लवलाई चुनावमा ल्याउने वातावरण बनाउँदा केही पर धकेलिन सक्छ ।
सरकारले केही समय चुनाव सार्ने विकल्पबारे समेत छलफल भित्र भित्र चलाएको बुझिएको छ । यसरी पर सार्दा चुनाव जेठको अन्ततिर या भविष्यमा तीन तहको चुनाव एकैपटक गर्ने अवस्था बन्नसक्छ ।

सत्ता गठबन्धनबीच स्थानीय चुनावमा भागवण्डाको समस्या यसै पनि आइरहेको छ । जिल्ला जिल्लामा सत्ता गठबन्धनका दलहरुबीच कुरा मिल्न सकेको छ । यसलाई दृष्टिगत गरी कात्तिक या मंसिरमा तीन तहको चुनाव एकैपटक गर्ने, चुनावी तालमेल पनि एकैपटक भई सम्भावित विद्रोहहरु रोक्न सक्ने विषयमा पनि छलफल बढेको छ ।

यसैगरी, शनिबार नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले चुनाव सर्न सक्ने संकेत गरेका छन् । उनले असोजमा चुनिएका जनप्रतिनिधिहरुको संवैधानिक अधिकार हरण हुने तर्क समेत गरेका छन् । यसका अर्थ स्थानीय निकायमा असोजमा जनप्रतिनिधि भएकाले ५ वर्ष पूर्ण कार्यकाल रहन पाउनुपर्छ भन्ने हो । यससम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ ।

श्रीलंकाको कसरी भयो आर्थिक दुर्दशा ?

एजेन्सी, २७ चैत्र । एउटा सुन्दर टापु देश सानो गल्तीले बर्बाद भएको छ । श्रीलंकामा अहिले ठूलो आर्थिक संकट छ । मानिसहरु दैनिक उपभोग्य सामाग्री खरिद गर्न नसकेर समस्यामा छन् । कतिपय सामाग्रीको अभाव छ ।

श्रीलंकाको मुद्रा कमजोर भएर एक डलर बराबर ३१५ श्रीलंकाली रुपियाँमा झरेको छ । इन्धनको संकट छ । विद्युत आपूर्तिमा समस्या भएर दैनिक १३ घन्टाभन्दा बढी लोडसेडिङ छ ।

खानेकुरा र डेरा भाडा तिर्न नसकेर शहरका बासिन्दा गरगहना बेच्न थालेका छन् । हिंसा भड्कन थालेको छ । त्यहाँको सरकारले सुरक्षा कडा बनाएको छ । तर, भोको पेटले छटपटिएका नागरिक राष्ट्रपति गोटावाया राजापाक्षेको निवासमा आगजनी गर्न पुगे । त्यहाँ संकटकाल घोषणा भयो । मन्त्रिमण्डल पूरै परिवर्तन गरियो ।

श्रीलंका दक्षिण एशियाकै नमूना देश थियो । आर्थिक समृद्धि थियो । तर, एकाएक किन यस्तो भयो ? यसका पछाडि कोरोना भाइरसको संकट, पर्यटनमा मन्दी मात्र कारण छैन । श्रीलंका आन्तरिक उत्पादन सुन्य जस्तै अवस्थामा पुग्यो । महत्वाकांक्षी पूर्वाधार विकासका परियोजनाहरु अगाडि सार्यो । त्यो पनि चीनको बीआरआई अन्तर्गतको ऋणमा ।

चर्को ब्याजमा ऋण लिएर उसले बन्दरगाह बनाउन थाल्यो । तर, ऋणको ब्याज समेत तिर्न नसकेर संकटमा पर्दै गयो । घाँटी हेरेर हाँड ननिल्दा श्रीलंकालाई ऋण हड्डी बनेर अड्किएको छ ।

विश्वभर आर्थिक संकट बढ्दा देश श्रीलंकाको हालतमा पुग्ने विषय उठाइन थालिएको छ । नेपालमा पनि त्यस्तै भन्न थालिएको छ ।

कसरी यस्तो भयो

श्रीलंका आफ्नो प्राकृतिक सौन्दर्यका लागि विश्वभर चिनिएको देश हो। तर आज श्रीलंका अकल्पनीय खालको खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ ।

एक वर्षअघि श्रीलंकाको विदेशी मुद्रा सञ्चिति ५ अर्ब डलरभन्दा बढी थियो तर यो घटेर १ अर्ब डलरभन्दा कममा झरेको छ । श्रीलंका टाटको अवस्थामा पुगिसकेको छ । एक त सामानको भाउले आकाश छोएको छ र दोस्रो, सामान किन्न पसलबाहिर पनि लामो लाइन लाग्ने गरेको छ ।

एक रिपोर्टका अनुसार चीनले श्रीलंकालाई ४.६ अर्ब डलर ऋण दिएको छ । श्रीलंकामा चीनको मात्रै १८ प्रतिशत ऋण रहेको दाबी पनि गरिएको छ । विश्व बैंकको एक प्रतिवेदनमा सन् २०१९ मा श्रीलंकामाथिको ऋण समग्र राष्ट्रिय आयको ६९ प्रतिशत पुगेको उल्लेख छ । यो सोचनीय छ कि २०१० मा यो केवल ३९ प्रतिशत थियो।

श्रीलंकाको दुर्दशाको पछाडि त्यहाँको सरकारले जारी गरेको एक आदेशको पनि ठूलो भूमिका छ । श्रीलंका सरकारले अर्गानिक खेती गरेर अर्गानिक बाली लगाउने घोषणा गर्यो । यो घोषणापछि श्रीलंकामा विषादी र मलमा प्रतिबन्ध लगाइयो। त्यसमाथि चीनले गुणस्तरहीन जैविक मल पठायो।फलफूल र बाली किराले खायो र मलको अभावले उत्पादनमा ह्रास आयो । त्यसको माथि श्रीलंकाले पनि विदेशबाट पाम तेल आयातमा प्रतिबन्ध लगाएको थियो ।

एकातर्फ श्रीलंकाले आफ्नो आवश्यकता अनुसार पनि बाली उत्पादन गर्न सकेन र अर्को तर्फ विदेशबाट पाम तेल आयातमा प्रतिबन्ध लगाइएको थियो। जसका कारण दैनिक उपभोग्य वस्तुको आपूर्ति घटेर मुद्रास्फीति आकाशमा पुगेको छ ।

त्यहाँको सरकारले अहिले भारतसँग पनि सहयोग मागेको छ र भारतले पनि सहयोग गरिरहेको छ । खराब आर्थिक अवस्थाबाट बाहिर निस्कन र जनतालाई सहयोग गर्न सरकारले अरबौं डलरको राहत प्याकेज पनि घोषणा गरेको छ । भारतले थप सहयोगको घोषणा गरेको छ ।

श्रीलंकाको भौगोलिक अवस्थितिले हिन्द महासागरमा यसलाई रणनीतिक महत्व दिन्छ र यसै कारणले चीनले चासो बढाएको छ । पहिले श्रीलंका चीनको ऋणको परेको थियो । व्यापारिक रणनीतिमा चतुर चिनियाँहरुले स्रोतमाथि प्रभाव बनाउन खोजेको विश्लेषण भइरहेको छ । यसलाई बुझेर श्रीलंका पछिल्लो समय चीनबाट टाढिन थालेको छ । तर, त्यो धेरै ढिलो भइसकेको छ ।

प्रचण्ड विरुद्ध उठने कोशिस असफल पछी गगन बिरुद्ध उठने मुकुन्देको घोषणा ।

काठमाडौं । सामाजिक सञ्जालमा उटपटाङ अभिव्यक्ति दिएर भाइरल बनेका मुकुन्द घिमिरे उर्फ मुकुन्देले नयाँ फण्डा सुरू गरेका छन् । उनले आइतबार फेसबुकमा स्टाटस लेख्दै काठमाडौं क्षेत्र नम्बर ४ बाट संसदीय चुनाव लड्ने तयारी गरेको जनाउ दिए ।

मुकुन्देले लेखेका छन्, ‘अब मलाई संसदमा पुगेर बोल्न कसैले रोक्न सक्दैन । बेजिल्लाबाट उठ्नलाई गृहजिल्लाको मतदाता नामावलीको प्रमाणितप्रति चाहिने रहेछ । अघिल्ला चुनावहरूमा साथमा नभएको मेरो दस्तावेज अहिले उपलब्ध भएको छ । संघीय संसदका लागि काठमाडौं क्षेत्र नम्बर ४ मा स्वतन्त्र उमेदवार हुने मेरो तयारी सुरू भयो ।’

काठमाडौं-४ कांग्रेसका महामन्त्री गगन थापाले चुनाव जितेको क्षेत्र हो । चर्चित हस्तीको क्षेत्रबाट चुनाव लड्ने भनेर मुकुन्देले आफूलाई चर्चामा ल्याउन खोजेको धेरैको अनुमान छ । तर, हामीसँगको कुराकानीमा उनले चर्चाको लागि नभएर जित्नका लागि उम्मेदवारी दिन लागेको बताए । विगतमा आफूले प्रचण्डविरुद्ध उम्मेदवारी दिने तयारी गर्दा प्राविधिक कारणले रोकिएको तर यसपाली नरोकिने उनको भनाइ छ ।

चुनाव लड्ने नै हो त ? भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘लड्नै पर्ने भयो हजुर । पहिला पनि धेरै कोशिस गरेको प्रचण्डविरुद्ध उठ्नलाई । २०७० सालमा किर्तिपुरमा प्रचण्डविरुद्ध लड्ने तयारी गरेको थिउँ । तर अर्को जिल्लाबाट उम्मेदवार दिँदा मतदाता नामावलीसँगै छुट्टै चिठी आउन पर्ने रहेछ सम्बन्धित जिल्लाबाट । त्यो नहुँदा म रोकिएँ । अहिले त्यो पेपर प्राप्त भएको छ । अब कुनै राष्टिय स्तरको खराब मान्छेलाई चुनौती दिनुपर्ने छ ।’

– अनि गगन थापाकै क्षेत्रमा चाहीँ किन ? उहाँलाई हराउन सक्नुहोला ?

सबै मिलेर हराउन पर्छ । उहाँलाई पनि पालो दिन पर्यो नि अब । लगातार उहाँको पनि के काम ? दुईचोटि भईसक्यो । अब उहाँलाई पालो दिनुपर्छ । म दिन्छु ।

– कति भोटले गगन थापालाई जित्ने अनुमान गर्नुभएको छ त ?

ठ्याक्क त्यस्तो त कहाँ गिन्ती भइसक्या छ र ? त्यतिबेलाका जल्दाबल्दा कृष्णप्रसाद भट्टराईले मदन भण्डारीबाट हार खानु पर्‍याथ्यो । ताप्लेजुङको एउटा मजस्तै उमेरको युवा मदन भण्डारीले दरबारको साह्रै प्यारो प्रधानमन्त्री कृष्णप्रसादलाई हराएका हुन् ।
गिरिजाले पनि सहयोग गर्‍या थिए त्यसमा पनि भनिथ्यो । त्यस्तै मलाई पनि सो क्षेत्रका जल्दाबल्दालाई हराउनलाई कांग्रेसभित्रकै इमान्दार पक्ष, एमाले भित्रकै मदन भण्डारी पक्षले सहयोग गर्नुपर्छ ।

– गिरिजाले मदन भण्डारीलाई जिताए, मलाई शेरबहादुरले जिताउँछन् भन्न खोज्नु भएको हो ?

होइन । देउवाहरु चाहीँ कृष्णप्रसाद लाइन हुन् । यो मैले चुनौती दिन खोजेको सांसद (गगन) समेत कोइराला लाइनले मदन भण्डारीलाई सहयोग गर्या थिए त्यो बेला । कांग्रेस भित्रको कोइराला पक्ष र एमाले भित्रको भण्डारी पक्ष, जुन भनेको अहिलेको सिङ्गो एमालेले मलाई सहयोग गर्छ । शेरबहादुर देउवा त प्रधानमन्त्री भएकाले प्रचार प्रसार गर्न मिल्दैन पनि भन्या छ नयाँ आचारसंहिताले ।
अनि चुनाव लड्न तपाईंका एजेण्डाहरु के-के हुन् त ?

एजेण्डा त मेरो उही मुकुन्दल्याण्ड छदै छ नि । त्यसमा मेरो मुख्य लक्ष्य भनेको भोजपुर र काठमाडौंलाई रेलले जोड्ने हो ।

– अनि तपाई पार्टी खोलेर चुनाव लड्ने कि स्वतन्त्र उठ्ने ?

पार्टी दर्ता गर्ने प्रोसेस पुगेन हजुर, अब त्यतिन्जेल पुगेछ भने गज्जब हुन्छ । कोरम नपुगेकोले अहिले स्वतन्त्र उठ्न पर्छ ।

– मुकुन्देले चर्चामा आउनलाई मात्रै यो घोषणा गरेको भनिरहेका छन् नि अरुले त ?

चर्चाको लागि त ती (गगन) थापाले नै बरु प्रचण्डसँग उठ्छु कि कोसँग उठ्छु भन्दै आएका हुन् । मैले त प्रचण्डसँग नै पहिल्यै उठ्न खोजेको तर त्यही कागज नहुँदा उठ्न पाइनँ । बामदेवसँग उठ्न खोज्दा उनी राष्ट्रियसभाको बाटो भागे । उनीसँग नि उठ्न पाइनँ । पोखरामा उठ्न खोज्दा रविन्द्र अधिकारीकी रोइरहेकी श्रीमतीसँग उठ्न चाहिनँ मैले ।

अहिले चाहीँ काठमाडौं क्षेत्र न ४ मा ती थापा परे । त्यो क्षेत्र भनेको मदन भण्डारीको क्षेत्र हो, विद्या भण्डारीको क्षेत्र हो । त्यहाँ एउटा पशुपतिनाथ भन्ने अन्तर्राष्ट्रिय धाम पनि छ । क्षेत्र नं. ४ भने पनि नेपालकै १ नम्बर जस्तो लाग्छ । मलाई त्यही भएर त्यो क्षेत्र रोजेको हो ।

– साभारः नेपाल प्रेस ।

देउवा सरकार र अर्थमन्त्री जनार्दनका कारण देश दुर्घटना तर्फः पूर्व अर्थमन्त्री ।

सरकार र अर्थमन्त्रीका कारण मुलुक दुर्घटना तर्फ

काठमाडौं । एमालेले आइतबार देशको अर्थतन्त्रबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । एमालेबाट अर्थमन्त्री भएका तीन जनाले पत्रकार सम्मेलन गरेर देशको अर्थतन्त्र कमजोर बनेको र यही बेला सरकारले गर्भनरलाई हटाउने कार्यले अर्थतन्त्रलाई थप कमजोर बनाउने बताएका छन् ।

एमालेबाट अर्थमन्त्री बनिसकेका विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले देशको अर्थतन्त्र कमजोेर बनेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

सरकारले देशको अर्थतन्त्र ध्वस्त बनायो : पौडेल

पूर्व अर्थमन्त्री तथा एमालेले उपाध्यक्ष विष्णु पौडेलले सरकारले देशको अर्थतन्त्र ध्वस्त बनाएको र मुलुकको आर्थिक अवस्था इतिहासकै कमजोर अवस्थामा पुर्याएको जिकीर गरे ।

उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकारले देशको अर्थतन्त्र ट्रयाकमा ल्याएर यस सरकारलाई हस्तान्तरण गरेको तर याे सरकारले ध्वस्त बनाएकाे बताए । ‘यो सरकारले सही नीति लिएर प्रभावकारी ढंगबाट अगाडि बढ्न चाहेको भए यो अवस्थामा आउने थिएन । आर्थिक अवस्था यस्तो हुने थिएन । मुलुक श्रीलंका बन्ने अवस्थामा पुगिसक्यो ।’ पौडेलले भने ।

पौडेलले वर्तमान अर्थमन्त्री असफल र असक्षम भएपछि राष्ट्र बैंकमा गर्भनरमाथि प्रहार गरेको उनको भनाइ छ । हरेक दृष्टिकोणले अब्बल भूमिकामा रहेका गर्भनरलाई सरकारका अवाञ्छित गतिविधि पुरा गर्न नदिएको अवस्थामा निलम्बन गरेको उनको दावी छ । ‘राष्ट्र बैंक एउटा स्वायत्त संस्था हो । मन्त्रीले आफ्नो अभिन्न अंगको रूपमा विकास गरे । राष्ट्र बैंकमाथि अर्थमन्त्रीले हस्तक्षेप गरे ।’ पौडेलले भने ।

अर्थमन्त्रीले मौद्रिक नीति ल्याउनको निमित्त गर्भनरलाई रोक लगाउने काम गरेको आरोप लगाउँदै उनले भने, ‘मुलुकको अर्थतन्त्र सुधारको काम गरिरहेका गर्भनरलाई आफ्नो सचिव र सह-सचिव जस्तो बनाए । उनले त्यसरी नै चलाउन खोजे ।’

वर्तमान सरकारकै कारण रेमिट्यान्स घटेको उनको भनाइ छ । ‘अघिल्लो सरकारको पालामा विदेश जानेको संख्या घट्दा पनि ११ प्रतिशतले रेमिट्यान्स बढेको थियो । अहिले विदेश जानेको संख्या बढेको छ । तर, रेमिट्यान्स घटेको छ ।’ पौडेलले भने ।

देशको अर्थतन्त्रमा गम्भीर दुर्घटना हुने अवस्थामा : पूर्वअर्थमन्त्री पाण्डे

पूर्व अर्थमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले देशमा आर्थिक संकटको अवस्था आएको र मुलुक गम्भीर मोडमा जान लागेको बताए । अहिलेको अवस्थामा राजनीतिकभन्दा पनि आर्थिक समस्या सुल्झाउनेतिर लाग्नुपर्ने उनको भनाइ छ । ‘राजनीतिक अवस्स्थाको कुरा पछि गर्दै गरौंला । अहिले सबै मिलेर अर्थतन्त्र सुधार गर्न तिर लाग्नुपर्छ । यसलाई समयमै सुधार गर्न सकिएन भने देशको अर्थतन्त्र गम्भीर दुर्घटनातर्फ जाने अवस्थामा छ,’ पाण्डेले भने ।

सरकारका अर्थतन्त्रलाई सुधार गर्न नसकेर त्यसको दोष राष्ट्र बैंकमा गर्भनरमाथि लगाइरहेको उनको आरोप छ । सरकार आफ्नै कारण मुलुकलाई अर्थतन्त्र अस्तव्यस्त बनाउने अवस्थामा पुगेको उनको भनाइ छ । अहिलेकै अवस्था रहने हो भने एकदिन अर्थमन्त्रि नै भाग्नुपर्ने अवस्था आउने बताए ।

अर्थमन्त्रि शर्माले कानुन विपरीत काम गरिरहेको भन्दै यसले उनलाई नै समस्या पर्ने बताए । अर्थमन्त्रीले विदेशबाट आएको रकम खुलाउन राष्ट्र बैंकका गभर्नरलाई पत्र लेखेको भन्दै पाण्डेले उक्त काम गैर कानुनी भएको बताए ।

‘यदि एजेन्सी दह्रो हुने हो भने यही केसमा लगेर अर्थमन्त्रीलाई हाल्नुपर्ने हो भित्र, किन लेख्यौं पत्र भनेर यसो गर्न मिल्छ ? हामीले बनाएको ऐनभन्दा बाहिर गएर कसैले चल्न मिल्छ र ?,’ उनले भने ।

देशको अर्थतन्त्र गलत व्यक्तिको हातमा : पूर्वअर्थमन्त्री खतिवडा

पूर्वअर्थमन्त्री तथा एमाले नेता युवराज खतिवडाले देशको अर्थतन्त्र गलत व्यक्तिको हातमा पुगेको आरोप लगाएका छन् । गलत व्यक्तिको हातमा जाँदा देशको अर्थतन्त्र इतिहासकै गम्भीर अवस्थामा पुगेको उनको आरोप छ ।

‘देश गलत व्यक्ति र गलत प्रवृतिको हातमा पुगेको छ । अहिले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका अर्थमन्त्रिले भने भूमाफिया, भ्रष्टाचारीले देश चलाइरहेका छन् । अर्थमन्त्री अफवाह मात्र फैलाउँदै हिडिरहेका छन्,’ खतिवडाले भने ।

मुलुकमा व्यापार घाटा निकै बढेको उनको भनाइ छ । अहिले आर्थिक बृद्धिभन्दा पनि धरासायी हुने चिन्ता भइरहेको उनको भनाइ छ । ‘आठ महिनामा आठ खर्ब आयात भइसकेको छ । वर्षभरिमा २२ खर्बको आयात हुनेछ । दुई खर्ब निर्यात गर्दा पनि २० खर्ब व्यापार घाटा हुनेछ,’ खतिवडाले भने ।

वर्तमान सरकार संकट उन्मुख अर्थतन्त्र बचाउनेभन्दा पनि गठबन्धन जोगाउने काममा व्यस्त रहेको उनको भनाइ छ । अहिलेका अर्थमन्त्री अर्थतन्त्र जाेगाउनेभन्दा पनि आफ्नो नालायकीपन प्रस्तुत गर्नतिर लागिरहेको उनको भनाइ छ । ‘अर्थमन्त्री फेर्नुपर्छ भन्ने हल्ला चलिरहेका बेला आफ्नो कमजोरी सार्वजनिक गर्ने गर्भनरलाई निशाना बनाए,’ खतिवडाले भने ।

पाकिस्तानका प्रधानमन्त्री पदमुक्त!!!

पाकिस्तानका प्रधानमन्त्री पदमुक्त

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि पदमुक्त भएका छन् । खान अविश्वासको मतबाट पदमुक्त हुने पहिलो पाकिस्तानी प्रधानमन्त्री समेत बनेका छन् ।

विपक्षी दलहरूले उनि विरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि संसद नै विघटनगरिदिएका थिए तर सर्वोच्च अदालतले संसद बिउत्याइदिएको थियो । गएराति भएको मतदानमा संसदमा रहेका ३ सय ४२ सदस्यमध्ये प्रस्तावको पक्षमा एक सय ७४ सदस्यले मत दिएका छन् ।

स्पाईरल ग्यालेक्सी एकेडेमी पोखराको सहकार्यमा तीन दिने अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न !!

स्पाईरल ग्यालेक्सी एकेडेमी पोखराको सहकार्यमा तीन दिने अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न :-

पोखराको प्रसिद्ध निजि बिधालय स्पाईरल ग्यालेक्सी एकेडेमीको सहकार्य तथा एकेडेमीक डेभलपमेन्ट फर ग्वलोबल लिडरसीप ईन एजुकेसन नेपालको आयोजनामा नेपालमै पहिलो पटक बिधालय स्तरमा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।प्राबिधिक मैत्री शिक्षा र सिकाईका नयाँ आयामहरु सम्बन्धी अनुभव साटासाट तथा नयाँ शैक्षिक खोज प्रस्तुत उक्त सम्मेलनमा ३५ जना बिदेशी बक्ताहरुले आफ्नो अनुभव र खोज प्रस्तुत गरेका थिए ।बिश्व भरिका ५० मुलुकबाट ४५० भन्दा बडि सहभागी रहयको उक्त सम्मेलन कोबिडको कारण भर्चुअल माध्यमबाट सन्चालन गरिएको ग्लोबल लिडरसिप ईन एजुकेसन नेपाल का प्रमुख ईन्जिनियर यमकृष्ण पौडेलले बताए ।सम्मेलनमा बक्ताहरुले २१ औ शताब्दिको शैक्षिक मोडेल प्रविधिमैत्री र बिश्व बजारको मागलाई संम्बोधन हुन सक्ने बनाउनुपर्नेमा जोड दियका थिए ।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय