२०८३ असार ९ मंगलवार

पूर्वडिआइजी रमेश खरेल काठमाडौंको मेयरमा उठ्ने तयारी

नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले काठमाडौं महानगरपालिकाको मेयर उठ्ने तयारी गरेका छन्।

नेपाल प्रहरीका पूर्वडिआइजी रहेका खरेलले यसबारे पार्टीभित्र आन्तरिक छलफल समेत गरिरहेका छन्।

वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा काठमाडौंको मेयर उठ्नेबारेमा खरेल सकारात्मक रहेको बताइएको छ।

खरेल आफैंले औपचारिक निर्णय नभए पनि काठमाडौंको मेयर उठ्ने विषयलाई नकार्न नसकिने बताए।

‘साथीभाइसँग पार्टीभित्र पहिले छलफल गर्छु, अहिले निर्णय भएको केही पनि छैन,’ उनले भने, ‘नकार्न चाहिँ सकिँदैन।’

गत पुसमा खरेलले नेपाल सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता गरेका थिए। त्यसयता उनी सो पार्टीको संगठन विस्तारमा छन्।

खरेलले २०७४ सालमा नेपाल प्रहरीबाट राजीनामा दिएका थिए। सरकारले अर्का डिआइजी सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षक नियुक्त गरेपछि राजीनामा दिएर खरेल नेपाल सुशासन अभियानमा क्रियाशील थिए।

अभियानलाई पार्टीमा रूपान्तरण गरेका खरेल प्रहरीमा सेलिब्रिटी छवि बनाएका भ्रष्टाचारविरोधी अभियन्ता हुन्।

रूपन्देहि सामाजिक संजाल, अष्ट्रेलियाले नयाँ वर्षको अवसरमा बिशेष कार्यक्रम गर्ने ।

सिड्नी,

रूपन्देहि सामाजिक संजाल, अस्टे्लिया(RSNA) ले नयाँ वर्ष २०७९ को अवसरमा शुभ -कामना आदानप्रदान, नेपालि नयाँ वर्ष २०७९ को क्यालेण्डर विमोचन, किड्स फण्ड प्रोगाम एवं म्यूजिक, नृत्य तथा साथमा BBQ कार्यक्रम यहि आउँदो अप्रिल १० तारिख आइतवार का दिन दिउँसो १२ वजे बाट केंड्रिक पार्क टेम्पेमा हुने भएको छ ।

उक्त कार्यक्रममा रुपन्देहि जिल्ला बाट अष्ट्रेलियामा आई बसोवास गरी रहेका व्यक्तित्वहरु र सुमदायमा काम गर्ने विभिन्न संघ-संस्थाका अगुवा प्रतिनिधि, वाल बालिका तथा अमिभावक को उपस्थिति रहने संस्थाका उपाध्यक्ष एंव कार्यक्रम संयोजक दिवाकर काफ्ले ले जानकारी गराए साथै उक्त कर्यक्रम लाई थप आयाम प्रदान गर्न प्रोपर्टि प्लस र बिज बक्स ले सहयोग प्रदान गरेका छन् ।

रुपन्देहि घर भई हामी बिभिन्न पेशा, व्यवसाय अध्ययनको कारणले हामीहरु छरिएर रहेका थियौ तर संजालले रुपन्देहि बासि लाई अझ प्रगाढ भाइचारा र आत्मीयता वृद्धि गरी एकआपस विच सु-सम्बध कायम गरी मातृत्व अनी भातृत्व को वोध गराएको छ ।

जन्म भुमीको एकता अनी भाईचाराको सम्बन्ध बिकास गर्नका निम्ति र समाजिक जागरण अभियान, परोपकारी कार्य अनी सुख दुःखमा समाज छ भन्ने हेतुले बिभिन्न समुदायका मानिस र संस्थाहरू संग समन्वय गरी सबैमा समान र समानता नै मुख्य मानिसको मानवीय भावना रहेको कारणले संस्थालाई अझ ठुलो र बिश्वासिलो बनाउन लागी परेको संजालका अध्यक्ष मुक्ति राम पोख्रेलले बिश्वपाटी लाई बताए।


सन २०१५ मा स्थापना भएको सञ्जालले हाल सम्म कोभिड महामारी प्रभावितलाई राहत वितरण, यौन हिंसामा परेका बालबालिकाहरु लाई सहयोग, क्यान्सर पीडितलाई सहयोग, भूकम्प पीडितलाई एनआरएनए मार्फत सहयोग, अनाथ आश्रममा फरक क्षमता भएका व्यक्तिहरुलाई सहयोग, स्वास्य तथा शैक्षिक सामग्री प्रदान गरिएको जानकारी गराएका थिए आगामी दिनमा पनि यसप्रकारका सहयोगात्मक सामाजिक कामहरुलाई अझै बढी सक्रिय बनाउने समेत उनले जानकारी दिए ।

साथै कार्यक्रममा सबै समाजमा रहनु हुने नेपाली दाजु भाई तथा दिदी बहिनीहरू सबै मा उपस्थितिको निम्ति अनुरोध संगै स्वागत समेत गरेका छन । कार्यक्रम धेरै भंदा धेरै जनाको अमुल्य उपस्थिति समेत रहने आकलन गरीएको छ ।

संजाल अष्ट्रेलियामा रहेका बिभिन्न नेपाली समुदाय बिचको संस्थाहरू मध्यको एक अब्बल र पपुलर संस्था समेत रहेको सिड्नी बासी कुशल गैरे ले बताए ।

नेकपा एमाले अध्यक्ष ओलीले देशभरका पालिकालाई सम्बोधन गर्दै!

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (बुधबार) पार्टीका स्थानीय तह अध्यक्षहरूलाई सम्बोधन गर्ने भएका छन् ।
दिउँसो २ बजे भर्चुअल माध्यमबाट ओलीले सम्बोधन गर्ने भएका हुन् । उनले स्थानीय तह निर्वाचनमा पार्टीलाई पहिलो बनाउनेगरी खट्न निर्देशन दिनेछन् ।
कांग्रेस नेतृत्वमा रहेको पाँच दलीय गठबन्धन निर्वाचनसम्म जाने निश्चित भएको भोलिपल्ट ओलीले पार्टीको स्थानीय तह अध्यक्षहरूलाई निर्देशन दिन लागेका हुन् ।
गत साता सम्पन्न केन्द्रीय कमिटी बैठकमा ओलीले एमालेको पाखुरा देखेर कांग्रेस सभापति शेरबहादुर देउवा डराएको भन्दै दर्ता भएका सबै दलको गठबन्धन बने पनि निर्वाचनमा पराजित गर्ने चेतावनी दिएका थिए ।

बर्दघाट नगरपालिका ४ देविनगर, आनन्द नगर स्थित ट्रस पुल उद्धघाटन ।

२०७८ -१२-१५
बर्दघाट नगरपालिका वडा नं ४. देविनगर , आनन्द नगर स्थित ट्रस पुलको सुमुद्घघाटन बर्दघाट नगरपालिका मेयर तथा नेकपा एमाले जिल्ला सुस्ता पश्चिम सचिब धिरज बस्याल ज्यु को करमलम बाट सु- सम्पन्न भयको छ।

यो पुलले देविनगर – आनन्द नगर मात्रै नभएर केराबारी – बिजयपुर समेत जोड़ने गरि निर्माण गरीएको छ। बिगत लामो समय देखि देवीनगर र आनन्द नगर जोड़ने पुल नभएको हुदा ति बस्तिमा बस्ने स्थानियहरू लाई आवत जावत गर्न सास्ति भएको थियो।

बिशेष गरि खोला वार पार गर्नु पर्ने हुदा बाल बालिका लाई एकदम डर थियो। दिउँसो र रातिको समयमा मानिसको चाप कम हुने गर्दा बाल बालिकाको सुरक्षा खतरा थियो। रातिको समयमा केही दुर्घटना हुने सम्भावना भएको हुदा स्थानीय बासिले पटक पटक सानो पुल भए पनि बनाईदिनु पर्ने माग गरि समिति बनाएर बर्दघाट नगरपालिका मेयर धिरज बस्याल लाई ध्यानाकर्षण गराउनुभएको थियो।

सबैको गुनासो आए पछि मेयर आफैले स्थलगत अवलोकन गर्न जानु भएको थियो र स्कुल आवत जावत गर्ने बिध्यार्थी र स्थानीयको सुरक्षा र आवत जावतमा सहज होस भनेर बेलि बृज बनाउने प्रतिबद्दता सबै माझ दिनु भएको थियो र त्यही अनुरूप समिति बनाएर बजेट बिनियोजन गरि कार्य कम्पन्न भएको थियो। आज समय अनुकुल मिलाएर देविनगर र आनन्द नगर लाई जोड़ने बेलि बृज समुद्घघाटन बर्दघाट नगरपालिका मेयर धिरज बस्यालको प्रमुख अतिथिमा भएको थियो भने बिषेश अतिथि बर्दघाट नगरपालिका वडा सदस्य गौमाया आरसी, अतिथि नवलपरासी जिल्ला सदस्य लक्ष्मि बर्तौला, पुल उपभोक्ता समितिको अध्यक्ष कदम बहादुर जि.सी, सचिब लाब बहादुर दमाई, कोषाध्यक्ष शर्मिला शाही , स्थानिय युवा र स्थानियको उपस्थितिमा भब्य रूपमा सम्पन्न भयकाे थियो।

कार्यक्रमको अध्यक्षता उपभोक्ता समितिका अध्यक्ष कदम बहादुर जिसी ले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन मिठु नेपालीले गर्नु भएको थियो । पुल निर्माण पछि स्थानिय जनतामा खुसि छाएको थियो भने सबैले स्थानियले स्थानिय सरकारले आफुहरूको माग पूरा गरी दीएको र स्थानिय सरकार भएको अनुभूति पाएको कुरा सबैले गर्नु भएको थियो।

स्थानिय जनताले आगामी दिन पनि नगर प्रमुखले यसरि नै जनताको मर्म बुझेर साथ दिनुहुनेछ भन्दै नगर प्रमुखको खुलेर प्रशम्सा गरीएको थियो ।।

राष्ट्रिय युवा संघ नेपाल माछापुच्छ्रे गाउपालिका १ को अधिवेशन बाट अध्यक्षमा पुन !!

राष्ट्रिय युवा सघ नेपाल माछापुच्छ्रे गाउपालिका १ को अधिवेशन बाट अध्यक्ष मा पुन ।

राष्ट्रिय युवा संघ नेपाल कास्कीको संगठन बिस्तारको क्रममा आज माछापुच्छ्रे गाउ पालिका वडा नं १ को अधिवेशन सम्पन्न भएको छ बृहत युवा भेला बाट अध्यक्ष मा बिनोद पुन उपाध्यक्ष अर्जुन मगर सचीव हेमन्त थापा उप सचीव सुनिल सुनार र मदन पुन सदस्यहरू मा बिशाल पुन खिम बहादुर दमै मोहन बास्तोला प्रतीक भट्टराई चम बहादु पुन चन्द्र बहादुर पुन हिरा पुन सबिता थापा सोनिया मगर चन्द्र कुमारी पुन आशिष पुन प्रवेश पुन दिपेन्द्र मगर कलाधर लम्साल मन बहादुर पुन लाई सर्वसम्मत निर्वाचित गरेको छ ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय कमिटी सदस्य कास्की सह इन्चार्ज पुर्व राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष तथा माननीय गण्डकी प्रदेश सभा सदस्य राजीव पाहारी ले जब नेकपा एमालेले नेतृत्व लियो अनि यश ठाउका बिकासले तिब्रता लियो आज पोखरा बाट सरर यहाँ आउदा बिकास महसुस भएको जनाउनु भयो । कार्यक्रममा बोल्दै बिशेष अतिथि नेकपा एमाले का अध्यक्ष तथा माननीय गण्डकी प्रदेश सभा सदस्य मन बहादुर गुरुङ्गले युवाको नेतृत्व बिकास गर्न आफू सधैं दृढ रुपमा लागी परेको युवा सास्कृती तवर खेलकुदका माध्यम बाट आज विश्वको धनी भएका साकिरा मेस्सी रोनाल्डो लगाएतको उदाहरण दिदै आफ्नो क्षमता देखाउन प्रयत्न गर्नुस अवसर नेकपा एमालेले दिने छ भन्ने बिश्वास दिलाउनु भयो राष्ट्रिय युवा संघ कास्कीका इन्चार्ज नेकपा एमाले कास्कीका सदस्य हरि लम्सालले युवाको काधमा ठूलो जिम्मेवारी आएको हुदा एक ढिक्का भएर लागि पर्न निर्देशन दिनु कार्य आसन्न निर्वाचन जिताउन राष्ट्रिय युवा संघका सम्पुर्ण युवा निरन्तर लागिरहनु पर्ने बताउनु भयो कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य डिल्लीराम सुवेदी राष्ट्रिय युवा संघ कास्की का अध्यक्ष पान बहादुर जि सि माछापुच्छ्रे अध्यक्ष राजेन्द्र गौतम उपाध्यक्ष उज्ज्वल पुन लगाएतले बोल्नु भएको थियो किसान थापाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत यम गुरुङले गर्नु भयो भने सन्चालन राम बहादुर सुनारले गर्नु भएको थियो ।

राष्ट्रिय युवा संघ नेपाल माछापुच्छ्रे गाउँपालिकाको कार्यालय भब्य समारोह बिच उद्द्घाटन!!

राष्ट्रिय युवा संघ नेपाल कास्की अन्तरगत माछापुच्छ्रे गाउपालिकाको सम्पर्क कार्यालय आज एक भब्य समारोह बिच उद्दघाटन भएको छ ।

उद्दघाटन गर्दै पुर्व राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष नेकपा एमाले केन्द्रिय कमिटी सदस्य कास्की सह इन्चार्ज राजिब पाहारिले देश भिख मागेर चलाउ एमाले सग जुध्न सबै आफ्नो बिचार नमिलेनी गठबन्धन गर्न खोज्ने अन्य युवा र राष्ट्र प्रती प्रतिबद्ध देशको सिमा किटान गर्न सक्षम राष्ट्रको दुर्त बिकासमा तल्लिन नेकपा एमाले को युवाको तुलना गर्न नमिल्ने भन्दै सक्छौ भने सिङ्गल आउ देशलाई भिखारी भएर सदन बाट भिख नमाग्न च्यालेन्ज गर्नु भयो ।

कार्यक्रमका बिशेष अतिथि नेकपा एमालेका अध्यक्ष गण्डकी प्रदेश सभा सदस्य मन बहादुर गुरुङले कन्या हिमालको काखका जनताको मन पनि स्वच्छ भएको मर्दिको पानी जस्तै निश्चल रहेको जनताले नेकपा एमाले भुमिगत काल देखि नै संरक्षण गर्दै कास्कीकै धेरै वडा जिताउने माछापुच्छ्रेका जनताको उच्च मुल्यांकन रहेको समेत बताउदै युवा बिनाको पार्टी हुनै सक्दैन युवाले नेतृत्व लिन अब तयार हुनु पर्ने र स्थानीय निर्वाचन केन्द्रित कार्यक्रममा जुत्नुपर्ने भन्दै युवा लागेसी देशीविदेशी प्रतिकृया बादीको खुट्टा कापेको छ र त्यस्ता कापेको खुट्टा अब जनताले बैशाख ३० निर्वाचनको माध्यमबाट भाच्ने भन्दै जनता सर्बोच्च हुन भन्नुभयो ।

नेकपा एमालेका नेता गणेश मान गुरुङ्गले ५ दल भनेको भुसले भरिएको ५ थैलो जस्तै हो र नेकपा एमाले भनेको चामलले भरिएको एक थैलो हो आब जनताले कुन थैलो रोज्छन चामलकै थैलो रोज्छन नेकपा एमाले रोज्छन भन्नू भयो वडा वडा बाट बाजागाजा सहित उपस्तिथित भेलालाई नेकपा एमाले जिल्ला कमिटी सदस्य माछापुच्छ्रे गाउँ पालिका उपाध्यक्ष कृष्ण कुमारी दवाडी राष्ट्रिय युवा संघ नेपाल कास्कीका अध्यक्ष पान बहादुर जि सि नेकपा एमाले माछापुच्छ्रे गाउँ पालिका अध्यक्ष बिक्रम गुरुङ लगाएतले बोल्नु भएको थियो माछापुच्छ्रे गाउपालिका अध्यक्ष राजेन्द्र गौतमको अध्यक्षता भएको कार्यक्रम संचालन युवराज जि सि ले गरेका थिए।

आफनै भवनमा चिसापानी अस्पताल, चिसापानीका जनताको चाहना पुरा ।

नवलपरासी सुस्ता पश्चिम
चैत १५ ।

बर्दघाट नगरपालिका वडा नं २ चिसापानीमा रहेको चिसापानी सरकारी अस्पाताल भाडामा ५ बर्ष देखि सन्चालन हुदै आएको थियाे।

काेभिड -१९ को महामारीले बिश्व भरि आतंक मच्याएको बेला नेपालमा पनि ठुलो असर परेको थियो र कोभिड -१९ को बिरामिको चाप बर्दघाट नगरपालिका बासिमा बढ्न थाले पछि आफ्नो नागरिकलाई सहज होस भनेर नगरपालिकाले २ वटा टस हालेर आइसोलेसन भवन निर्माण गरेको थियो र १ बर्ष देखि सेवा सुचारू हुँदै आएको थियो।

हाल विश्व भरि कोरोना सङ्क्रमित बिरामि कम हुँदै गर्दा नेपालमा पनि सङ्क्रमित सङ्ख्या कम देखिन थाले पछि चिसापानी आइसोलेसन भवन खालि रहेको हुदाँ आइसोलेशन भवन खाली अनि चिसापानी अस्पाताल मासिक १ लाख भाडा तिरेर किन सन्चालन गर्ने भनेर बर्दघाट नगरपलिका मेयर तथा नेकपा एमाले जिल्ला सचिब धिरज बस्यालले भाडामा रहेको अस्पाताल खालि रहेको आइसोलेसन सार्ने सोच बनाएर चैत १४, २०७८ मा आइसोलेसन भवनलाई अस्पताल भवनको रूपमा उद्घाटन गर्नु भएको थियो ।

मेयर धिरज बस्यालको अनुसार चिसापानी मा नया अस्पाताल भवनको डि पि आर पनि तैयार भएको र छिटै नया सुबिधा सम्पन्न भवन बन्ने कुरा पनि उल्लेख गर्नु भएको छ।

चिसापानी अस्पाताल भवनको उद्घघाटन प्रमुख अतिथि मेयर धिरज बस्याल ले गर्नु भएको थियो भने विशेष अतिथिमा चिसापानी अस्पतालको सस्थापक अध्यक्ष शेर बहादुर आचार्य र कार्यक्रमको अध्यक्षता वडा नं २ को वडा अध्यक्ष दया दर्लामी ले गरेका थियो ।

अस्पाताल भवनको लागि भनिएको ८ बिगाहा २ कठ्ठा १२ धुर जमिन राष्ट्रिय आवास कम्पनिको नाममा वर्षौ देखि रही आएको र जमिन समंरक्षण स्थानियले गर्दै आएका थिय। राष्ट्रिय आवास कम्पनिले ५ बर्ष पहिला नै सस्तो भाउमा सबै जमिन तिमल्सिना ट्रेडर्स लाई टेन्डरमा दिइसके पछि जमिन बिबादमा आएको थियो र अस्पाताल भवन बन्न भने सकेको थिएन ।

वर्षौ देखि स्थानिय ले जमिन समंरक्षण समिति बनाउदै जोगाउने गरेको र अचानक टेन्डरमा गए पछी जनता आन्दोलनमा पटक पटक उत्रीएका थिए। त्यो जमिनमा अस्पताल बन्नु पर्छ कसैले बेच्न पाउदैन भनेर स्थानीय युवा सन्तोष अधिकारीले चिसापानी अस्पाताल बचाउ अभियान पेज समेत सन्चाल गरेर सबै जनला लाई बेला बेलामा हुने भुमाफियाको चलखेल बारे उक्त पेज मार्फत सबैलाई जानाकारी दिएर सबै लाई जमिन बचाउन सचेत समेत बनाउदै आएका थिए ।

आक ठीक ५ बर्ष पछि अस्पाताल भवन त सर्ने भयो तर जमिन सबै फिर्ता आऊने हो कि नआऊने भन्ने बिबाद सधैको लागि अन्त्य हुन्छ कि नाई भनेर जनता अझै अन्योलमा छन। जनताले सरकार मार्फत सबै जमिन फिर्ता आवस र देशकै नमुना अस्पाताल बानोस भनेर चाहेका समेत छन।

कपिलवस्तुका दुई सांसदसहित संयौ नेता कार्यकर्ता एमालेमा प्रवेश!!

काठमाडौं।कपिलवस्तु क्षेत्र नम्बर २ बाट २०७४ सालमा संघीय संसदको प्रतिनिधि सभामा विजयी सांसद वृजेश कुमार गुप्ता र लुम्बिनी प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवात्सव नेकपा (एमाले)मा प्रवेश गरेका छन्।

स्वतन्त्र समूहबाट सूर्य चिन्ह लिएर कपिलवस्तु क्षेत्र नम्बर २ बाट निर्वाचित गुप्ता र कपिलवस्तु क्षेत्र नम्बर २ को ‘ख’ बाट निर्वाचित भएका श्रीवात्सवलाई सोमवार एमाले अध्यक्ष केपी शर्मा ओलीले
तौलिहवा नगरपालिकामा आयोजित वृहत् सभा तथा पार्टी प्रवेश कार्यक्रममा एमालेमा स्वागत गरेका हुन्।

गुप्ता र श्रीवात्सवसँगै कपिलवस्तु नगरपालिकाका पूर्व मेयर रामदास गुप्ता, पूर्व उपमेयर वासुदेव कशौधन, कपिलवस्तु नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सुदिप पौडेल, वडा नम्बर ४ वडाध्यक्ष रवीन्द्र त्रिपाठी, वडा नम्बर १२ का वडाध्यक्ष ओमप्रकाश पाण्डे, बुद्धभूमि नगरपालिका वडा नम्बर ६ वडाध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष साहवुदिन मुसलमान र खेमराज शर्मा पनि एमाले प्रवेश गरेका छन्।

यसैगरी, कृष्णनगर नगरपालिकामा युवा नेता कुनाल प्रताप शाह ३ हजार कार्यकर्तासहित एमाले प्रवेश गरेका छन्। विभिन्न राजनीतिक दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, माओवादी केन्द्र, राप्रपा लगायतबाट एमाले प्रवेश गरेका छन्।

एनआरएनएले पायो नयाँ नेतृत्व, अब देखी ३ अध्यक्ष, (नामावली सहित)।

एनआरएनएमा नयां नेतृत्व , को को चुनिए ? ( नामावली सहित)

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नयाँ नेतृत्व पाएको छ। अबदेखी संघमा तीन जना अध्यक्ष रहने घोषणा गरिएको छ। कुल आचार्य, रबिना थापा र डा. बद्री केसी अध्यक्ष चुनिएका छन्।

यसैगरी उपाध्यक्षमा धर्मराज अधिकारी भुषण घिमिरे, डिबी क्षेत्री, दुर्गा आचार्य, गोविन्द श्रेष्ठ रविन्द्रर, डा. हेमराज शर्मा, जयप्रकाश गुरुङ, महेश श्रेष्ठ, नारायण आचार्य, नरेन्द्र भाट र आरके शर्मा गरेर ११ जना चयन भएका छन ।

महिला उपाध्यक्षमा विष्णुमाया परियार र यसमिन बेगम चयन भएका छन् । युवा उपाध्यक्षमा राज रेग्मी, रोशन थापा र हिमाल गुरुङ निर्वाचित भएका छन् । महासचिवमा गौरीराज जोशी र केशवप्रसाद पौडेल निर्वाचित भएका छन् । चयन गरिएका ६ जना उपमहासचिवहरूमा गणेश केसी, डा. देवी बस्नेत, नारायण काफ्ले, ओम गुरुङ रामशरण सिंखडा र डा विनय अधिकारी निर्वाचित भएका छन्।

सचिव १० जना चुनिएका छन् । चिरज्जीवी घिमिरे,, गंगाधर गौतम, खगेन्द्र न्यौपाने, प्रविण गुरुङ, शकर खड्का, अभिमानसिंह बस्नेत, प्रमोद सिटौला, गोविन्द गौतम, होम पाण्डे, राजन त्रिपाठी निर्वाचित भएका छन्। यसैगरी महिला सचिवमा टिका गुरूंग र डा अलिनी पोखरेल निर्वाचित भएका छन् ।

कोषाध्यक्ष तीन जना निर्वाचित भएका छन् । सुनिल शाह, लोक दाहाल र फनिन्द्र पन्त निर्वाचित भएका छन्। प्रवक्ता सोम सापकोटा र शिव बडुवाल चुनिएका छन्।

क्षेत्रीय संयोजकमा रामजी पोखरेल र प्रकाश सापकोटा, उपसंयोजकमा अभिमन्यु बस्नेत, पुरुषोतम बोहोरा, रामकुमार सुवेदी र तुला भट्टचन चुनिएका छन्।

श्रोतः एनआरएनए टिभी शो ।

अन्नपूर्ण गाउँपालिकाको कार्यलय उद्द्घाट्न !!

अन्नपूर्ण गाउँ पालिकाको कार्यलय उद्द्घाट्न

राष्ट्रिय युवा संघ नेपाल कास्की अन्तरगत आन्न्पुर्ण गाउपालिकाको कार्यालय आज एक भब्य समारोह बिच पुर्व मन्त्री ,राष्ट्रिय युवा संघ नेपालका पुर्व अध्यक्ष , नेकपा एमाले पोलिटब्युरो सदस्य तथा युवा इन्चार्ज महेश बस्नेतले गर्नु भयो उक्त कार्यक्रम बोल्दै नेकपा एमाले लाई अत्याधिक मतले बिजय गराउन सम्पुर्ण युवाहरु लाग्न निर्देश दिदै धन्यवाद समेत व्यक्त गर्नु भयो । कार्यक्रमका बिशेष अतिथी राष्ट्रिय युवा संघ नेपाल का पुर्व अध्यक्ष तथा नेकपा एमाले केन्द्रिय कमिटी सदस्य राजीव पाहारीले अन्नपूर्णको समग्र बिकासको लागि आफू लागि परेको र प्रदेश तथा केन्द्रिय बजेट ल्याइ आफुले प्रतिबद्धता गरेको र जनताले आस गरे अनुरुप नै काम गरेको जानकारी गराउनु भयो त्यस्तै राष्ट्रिय युवा संघ कास्कीका अध्यक्ष पान बहादुर जि सि ले राष्ट्रिय युवा संघका सम्पुर्ण सदस्यलाइ व्यावसायिक तथा टेक्नोलोजी मैत्री बनाउने काममा जिल्ला कमिटी लागी परेको हुदा संगठन आबद्ध सदस्यको डाटा कलेक्सनमा लाग्न समेत निर्देशन दिनु भयो कार्यक्रममा अन्नपूर्ण गाउँ पालिकाका अध्यक्ष बिबेक देवकोटा राष्ट्रिय युवा संघ नेपाल कास्कीका सचिव नमराज के सि रेटिङ फेडेरेसन कास्किका अध्यक्ष बिष्णु हरि भुगाइ लगाएतले आफ्नो भनाइ राखेका थिए । शिव सुबेदिको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सन्तोष गुरुङले गरे भने सन्चालन राम प्रसाद ढुंगानाले गरेका थिए उक्त कार्यक्रममा संस्थापन प्र रा यु संघ का सदस्यहरूलाई सम्मान समेत गरिएको थियो ।


Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय