२०८३ असार ९ मंगलवार

नेकपा एमाले सराङ्कोटको पार्टी कार्यलयको भव्य तरिकाले उद्घाटन!!

नेकपा एमाले सराङ्कोटको पार्टी कार्यलयको भव्य तरिकाले उद्घाटन

नेकपा एमाले पोखरा १८ (सराङ्कोट) को पार्टी कार्यलयको आज उदघाटन भएको छ।पार्टी वडा कमिटीका अध्यक्ष पुश्कल बहादुर थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अथितीको रुपमा नेकपा एमाले पोलिटब्युरो सदस्य साथै पुर्व युवा तथा खेलकुद मन्त्री माननीय जगत बहादुर बिश्वकर्मा,विशेष अथितीको रुपमा केन्द्रिय कमिटी सदस्य तथा कास्की इन्चार्ज भिम कार्की र केन्द्रिय कमिटी सदस्य तथा कास्की सहइन्चार्ज माननीय प्रदेश साम्सद राजिब पहारी रहेका थिए । साथै अथितिहरुमा क्रमश: पार्टीका जिल्ला अध्यक्ष माननीय मन बहादुर गुरुङ, जिल्ला उपाध्यक्ष तेजनारायण अधिकारी, पोखरा महानगर कमिटी अध्यक्ष दिलिप न्यौपाने, उपाध्यक्ष मोहन बहादुर गुरुङ, महानगर सचिब जीवन आचार्य, उपसचिव रामचन्द्र थापा, जिल्ला कमिटी सदस्य तथा वडा अध्यक्ष जनप्रतिनिधि रण बहादुर थापा, अर्का जिल्ला सदस्य हरि लम्साल, पोखरा महानगर कमिटीका सचिबालय सदस्य लक्ष्मण तिमिल्सिना, सदस्यहरु डिल बहादुर जि.सि, भोज कुमारी थापा, भिम बहादुर नेपाली जनप्रतिनिधि तथा पुर्व जनप्रतिनिधिहरु पुर्व पार्टी प्रमुख वडा कमिटीका पदाधिकारी सहित सदस्यहरु टोल कमिटीका अध्यक्ष पदाधिकारी सहित सदस्य र इन्चार्जहरु विभिन्न संघ-संस्थाका प्रतिनिधि पत्रकार लगायत एमाले प्रेमी सराङ्कोट बासीको उल्लेख्य सहभागी रहेको कार्यक्रममा उपाध्यक्ष अरुण थापाले स्वागत मन्तब्य राखेका थिए ।
प्रमुख अथितीले रिबन काटी कार्यलयको उदघाट्न गरेका थिए। नयाँ ग्रह प्रवेसआर्थ सबैमा सहकार्यको भावनाका साथ अधि बढ्न बिस्वकर्माले सुझाए । हाल बढिरहेको महंगाइले सराङ्कोटको चुचुरो नाग्न लागेको कुरालाइ प्रकाश पर्दै उत्त महंगाइला नकार्न नसकिने कुरा समेत उनले बताएका छन । सुकुम्बासीको समस्य आफ्नो सरकार आएपछि आफ्नो सरकारले सहयोग गर्ने प्रतिबद्ध जनाएका छन । महिलाको हकमा उनले आफ्नो एकमात्र यस्तो पार्टी हो जसले स्थानिय तहमा ४० प्रतिशत भन्दा बढी महिलारुलाइ सहभागी गराउन पहल गरेको कुरा समेत बताएका थिए ।

उक्त कार्यक्रममा रण बहादुर थापा, जिल्ला कमिटी अध्यक्ष मन बहादुर गुरुङ , केन्द्रिय कमिटी सदस्य राजिब पाहारी, केन्द्रिय कमिटी सदस्य तथा कास्की इन्चार्ज भिम कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रमको समापन पार्टी वडा कमिटी अध्यक्ष पुश्कल बहादुर थापाले गरेका थिए भने कार्यक्रम सञ्चालन वडा कमिटी सचिव शालिकराम तिमिल्सीनाले गरेका थिए ।

मतदाता नामावली आज प्रकाशन गरिंदै!!!

१३ चैत, काठमाडौं । स्थानीय तहको निर्वाचनको लागि मतदाता नामावलीको अन्तिम सूची आज प्रकाशित हुने भएको छ ।

निर्वाचन आयोगले मतदाता नामावलीमा दाबी विरोधपछि मतदानका लागि योग्य मतदाताको अन्तिम सूची आज प्रकाशित गर्न लागेको हो ।आयोगका अनुसार दाबी विरोधपछि करिब एक लाख मतदाता घटेका छन् भने आगामी स्थानी तह निर्वाचनमा करिब एक करोड ७७ लाखभन्दा बढी मतदाताले मतदान गर्न पाउने छन् ।
मतदाता नामावली ऐनअनुसार अद्यावधिक मतदाता नामावली प्राप्त भएको मितिले ३५ दिनभित्र पुनरावलोकन गरी प्रकाशन गर्नुपर्नेछ । यसरी अन्तिम नामावली प्रकाशन भइसकेपछि कुनै प्रकारबाट हेरफेर, थपघट वा सच्याउन मिल्दैन ।

एमाले पोखरा -२१ रामदी-एकहाते टोल भेला सम्पन्न, अध्यक्षमा मित्र बन्धु ।

१२ चैत्र २०७८, पोखरा -२१, रामदी
नेपाल कम्युनिस्ट पार्टी एमाले पोखरा -२१ द्वारा रामदी-एकहाते टोल भेला गरी एमालेको रामदी-एकहाते टोल कमिटी गठन गरेको छ।
टोल कमिटी भेलालाई नेकपा एमाले प्रदेश सङ्गठन कमिटीका सदस्य क. चन्द्रबहादुर रोकाहा ,एमाले जिल्ला कमिटी सदस्य झपट रानाभाट ,महानगर कमिटी सदस्य क. कृष्ण थापा मगर,निर्वाचित जनप्रतिनिधि एवं एमाले युवा नेता रामबहादुर गुरुङ्ग,सामाजिक अभियन्ता एवं एमाले युवा नेता दीपक सुवेदी र राजकुमार गुरुङ्ग ,टोल बिकास संस्थाका अध्यक्ष क. कृष्ण देवकोटा ,क. समनबहादुर गुरुङ्ग,क. सर्मीला हमाल,कुलदीप आचार्य ,कोपिला क्षे त्री,सावित्री लामिछाने ,युवराज गुरुङ्ग,प्रेम गुरुङ लगायतले सामाजिक रुपान्तरण ,वर्गबिहीन समाज निर्माण एवं बिकास र समृद्धिको सपनालाई पूरा गर्न आगामी स्थानीय तह निर्वाचनमा नेकपा एमाले लाई बिगत झैँ भारी मत अन्तरसाथ एमालेलाई बिजयी तुल्याउन आग्रह र पूरा बिश्वास व्यक्त गर्नुभयो।
सो टोलभेलाले क. मित्रबन्धु पौडेल अध्यक्ष ,उपाध्यक्ष क. सन्ध्या सुनार,सचिव क. सन्तोष पौडेल ,उपसचिवद्वय कमला सुनार र साजन सुनार रहनुभएको १९ सदस्यीय टोल कमिटी गठन गरेको छ। निर्वाचित कमिटीको ५ सदस्यीय सल्लाहकारमा समनबहादुर गुरुङ ,कमल ब. रेग्मी,बोधराज बराल रहनुभएको छ। सम्पूर्ण पदाधिकारी ,सदस्य तथा सल्लाहकारहरुलाई नेकपा एमाले पोखरा -२१ का अध्यक्ष क. राजेन्द्र थापाले अनुशासन र गोपनीयताको सपथ खुवाउनु भएको थियो।
भेलाको सभापतित्व वडा सचिवालय सदस्य भक्त गुरुङ्ग,स्वागत उपाध्यक्ष क. खगराज न्यौपाने र सन्चालन सचिव क. रोशन भट्टराईले गर्नुभएको थियो।

एमाले पोखरा -२१, दुवार- रघैचौर टोलभेला सम्पन्न, अध्यक्षमा खेमराज ।

१२ चैत्र २०७८, पोखरा -२१,निर्मलपोखरी, दुवार- रघैचौर टोलभेला

नेपाल कम्युनिस्ट पार्टी एमाले पोखरा -२१ द्वारा दुवार -रघैचौर टोल भेला गरी एमालेको टोल कमिटी गठन गरेको छ।
टोल कमिटी भेलालाई नेकपा एमालेका युवा नेता झपट रानाभाटले “नेकपा एमाले आकाशमा उडिरहेको चरा जस्तै हो जसले आफ्नो पखेटा जस्तो नीति ,सिद्धान्त ,कार्यक्रम र जनताको अपार शक्तिमा बिश्वास गर्छ न कि,अरु दलहरु जस्तो रुखको हागा र काण्डमा बिश्वास गर्छ ” भन्नुभयो । पार्टी नेता रानाभाट सहित पार्टी नेत्री एवं अनेमसङ्घ केन्द्रीय सदस्य हिरा गिरी, महानगर सदस्य कृष्ण थापा मगर ,युवा नेता दिपक सुबेदी , राजकुमार गुरुङ्ग,खगराज न्यौपाने ,रमादेवी आचार्य लगायतले सामाजिक रुपान्तरण ,वर्गबिहीन समाज निर्माण एवं बिकास र समृद्धिको सपनालाई पूरा गर्न आगामी स्थानीय तह निर्वाचनमा नेकपा एमाले लाई बिगत झैँ भारी मत अन्तरसाथ एमालेलाई बिजयी तुल्याउन आग्रह र पूरा बिश्वास व्यक्त गर्नुभयो।
सो टोलभेलाले क.खेमराज आचार्य अध्यक्ष ,उपाध्यक्ष क. बिष्णुप्रसाद आचार्य ,सचिव क. सुवास आचार्य ,उपसचिवद्वय चन्द्रा नेपाली र सुनिता आचार्य रहनुभएको २५ सदस्यीय टोल कमिटी गठन गरेको छ। निर्वाचित कमिटीको ५ सदस्यीय सल्लाहकार कमिटी ,सम्पूर्ण पदाधिकारी ,सदस्यहरुलाई नेकपा एमाले पोखरा -२१ का अध्यक्ष क. राजेन्द्र थापाले अनुशासन र गोपनीयताको सपथ खुवाउनु भएको थियो भने अविरापर्ण क. झपट रानाभाट र क.हिरा गिरीले गर्नुभएको थियो।
भेलाको सभापतित्व वडा कमिटीका अध्यक्ष राजेन्द्र थापा ,स्वागत क.श्रीराम आचार्य र सन्चालन पार्टी सचिव क. रोशन भट्टराईले गर्नुभएको थियो।

राष्ट्रिय युवा संघ नेपाल माछापुच्छ्रे गाउँ पालिका ८ को अध्यक्षमा सुर्य गौतम॥

राष्ट्रिय युवा संघ नेपाल माछापुच्छ्रे गाउँ पालिका ८ को अध्यक्षमा सुर्य गौतम।।
राष्ट्रिय युवा संघ नेपाल कास्कीको संगठन बिस्तार कार्यक्रम अन्तर गत माछापुच्छ्रे गाउपालिका वडा नं ८ को बृहत युवा भेला बाट सुर्य गौतमको अध्यक्षतामा २९ सदस्यीय राष्ट्रिय युवा संघ वडा कमिटी गठन भएको छ जसको उपाध्यक्ष सचीव उप सचिव दुई मा क्रमस बिकास गुरुङ अनिल गुरुङ अञ्चल गुरुङ र उदय श्रेष्ठ चयन भएका छन सदस्यहरुमा बिक्रम बि क ,सम बहादुर बि क, बिबेक परियार, दिनेश परियार ,अनोद गुरुङ ,विशाल परियार ,बिजय बि क ,सन्देश बास्तोला, रोशन अधिकारी ,बाशुदेब तिमिल्सिना, नेत्र प्रसाद अधिकारी, अमृत दाहाल ,सन्तोष दाहाल, कृष्ण गौतम,सोमनाथ गौतम, लक्षमण गौतम, बाबुराम गौतम, एकराज गौतम, बुद्ध गुरुङ सुगम अधिकारी, रजेश दाहाल ,जीवन थापा मगर ,होमनाथ अधिकारी र हरि प्रसाद दाहाल चयन गरेको छ ।

माछापुच्छ्रे गाउँ पालिका वडा नं ८ का अध्यक्ष कृष्ण प्रसाद दवाडीको अध्यक्षतामा भएको भेलालाई सम्बोधन गर्दै उत्पादन मुखी युवा राष्ट्रिय युवा संघले जन्माउने काम गर्छ । सफतमा जसरी कुनैन कुनै उत्पादन जोडिने छौ भन्छौ त्यसरिनै उत्पादन मा जोड्छौ युवा संघमा लागेसी व्यावसायिक युवा भइनछ अन्य पार्टीको युवा मा लागे के भैइन्छ भन्ने देखिरहेका छन भन्दै जिल्ला अध्यक्ष समेत रहेका पान बहादुर जि सिले नवनिर्वाचित कमिटीलाई सफत खुवाउदै सम्पुर्ण युवालाइ संगठित गर्न नवनिर्वाचित कमिटीलाई निर्देशन समेत दिनु भयो । युवा नेता इन्द्र प्रसाद गौतमले युवाले नेतृत्व पाए ल्वाङ घलेल जस्तो हुन्छ त्यसैले युवाले नेतृत्व लिनु पर्ने बताउनु भयो उक्त भेलामा राष्ट्रिय युवा संघ जिल्ला कमिटी सदस्य नवीन राना माछापुच्छ्रे गा पा अध्यक्ष राजेन्द्र गौतम अनेरास्ववियु माछापुच्छ्रे का अध्यक्ष अनिल पौडेल लगाएतले आफ्नो भनाइ राखेका थिए पसुपती दाहालले सन्चाल्न गरेको कार्यक्रममा स्वगत मन्तव्य ऋषि गौतमले गरेका थिए ।

विद्युतीय सवारी साधनको प्रयोग गर्न घिसिङको आग्रह!!

विद्युतीय सवारी साधनको प्रयोग गर्न घिसिङको आग्रह

काठमाडौं, १२ चैत/
इलेक्ट्रिक मोटरसाइकल र स्कुटरको नक्सालस्थित शोरूम उदघाटन गर्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालभित्रै इनर्जीको खपत गरेर नेपाललाई आत्मनिर्भर बनाउन विद्युतीय सवारी साधनको प्रयोग गर्न सबैलाई आग्रह गरेका छन् ।

विद्युतीय सवारी साधान प्रयोगमा ढिलाई गर्न नहुने भन्दै विद्युतीय सवारी साधन सञ्चालनका लागि सबै ठाउँमा चार्जिङ स्टेशनको व्यवस्था गर्न लागिएको बताए ।

नेपालका लागि ब्राण्ड इ गो अटोमोटिभले उक्त उत्पादनहरु नेपाली बजारमा बिक्री वितरण शुरु गरेको छ ।

भारतकै ओएचएम नामक कम्पनीले ओडिसीका लागि इलेक्ट्रिक मोटरसाइकल र स्कुटर उत्पादन गर्दै आएको छ ।

भारतीय बजारमा उपभोक्ताको मन जित्न सफल इलेक्ट्रिक मोटरसाइकल र स्कुटरहरुले नेपाली बजारमा पनि उपभोक्ताको मन जित्ने अपेक्षा रहेको ओएचएम र ओडिसीका संस्थापक करनाकर रेड्डीले बताए ।

नेपालका लागि ब्राण्ड इ गो अटोमोटिभसँगको सहकार्यमा नेपाली बजारमा विस्तार गरिएको बताइएको छ ।

नेपालका लागि ब्राण्ड इ गो अटोमोटिभको ब्राण्डमा आधिकारिक शोरूम नक्सालस्थित मेरिअट होटलको अगाडि शुक्रबारदेखि सञ्चालनमा आएको हो ।

उक्त शोरूमबाट मोटरसाइकल, स्कुटर र साइकलका आकर्षक मोडेलहरुको बिक्री वितरण हुने ब्राण्ड इ गो अटोमोटिभका सञ्चालक लक्ष्मण रायमाझी बताउँछन् ।

ब्राण्ड इ गो अटोमोटिभका मोटरसाइकल र स्कुटरमा ४0 रूपैयाँ बराबरको विद्युतले ८0 किलोमिटर गुड्न सक्ने कम्पनीका सञ्चालक रायमाझीले बताए ।

स्कुटरमा वातावरणअनुसार उज्यालो दिने एलइडी हेडलाइट, रेयर-डिस्क, ब्रेकवाटर प्रुफिङ, ब्लू टूथ, कि-लेस इन्ट्री, सर्च मोड, सेन्सर कन्ट्रोल सिस्टम र फेलियर इन्डिकेशन सिस्टमलगायत विशेषता छन् ।

फेलियर इन्डिकेशन सिस्टमले स्कुटरको मोटर, ब्रेक र स्पीड कन्ट्रोलरमा समस्या आए डिस्प्लेमा देखाउने कम्पनीले जनाएको छ ।

ती उत्पादनहरुमध्ये स्पोर्टी, क्याजुअल र स्टाइलिस भएकाले सबैखाले उपभोक्ताको रोजाइमा पर्नेमा उत्पादकहरू विश्वस्त छन् ।

मोटरसाइकल तथा स्कुटर पावर, पर्फमेन्स, फिचर्स र मूल्य प्रतिस्पर्धी ब्राण्डको तुलनामा अव्वल तथा प्रयोग भएका पार्ट्स संसारकै उत्कृष्ट कम्पनीको प्रयोग गरिएको कम्पनीका संस्थापक करनाकर रेड्डीले जानकारी दाबी गरे ।

वातावरणीय हिसाबले मात्र होइन इलेक्ट्रीकल सवारी साधन कम खर्चिलो भए पनि खरिद गर्दा ज्यादै महँगो मूल्य भुक्तान गर्नुपर्ने भएकोले पनि आमनागरिकहरूले रूचि नदेखाउने भुक्तभोगीहरूको तीतो अनुभव रहेको पाइएको छ ।

चीनसँग दर्जन समझदारीको तयारी, बीआरआईमा नेपालको अरुचि, रेलमा चासो!!

काठमाडौं । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणमा दुई देशबीच करिब एक दर्जन विषयहरूमा सम्झौता हुने भएको छ ।

शुक्रबार काठमाडौं आएका वाङ र समकक्षी मन्त्री नारायण खड्काबीच शनिबार सिंहदरबारमा वार्ता हुँदै छ ।

चिनियाँ विदेशमन्त्री वाङलाई लिन परराष्ट्र सचिव भरतराज पौड्याल शुक्रबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

वाङ र परराष्ट्रमन्त्री खड्काबीच शनिबार हुने वार्तामा नयाँ विषयभन्दा पनि पुरानै विषय कार्यान्वयन प्राथमिकतामा पर्ने नेपाली अधिकारीले बताएका छन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार १० देखि १२ विषयमा सहकार्य गर्ने गरी टुंगो लागेको हो । नेपालले सन् २०१७ मा हस्ताक्षर गरेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) भने तत्काल अघि नबढ्ने भएको छ ।

बीआरआईमा अनुदानको अपेक्षा गरेको नेपालले ऋण लिने गरी परियोजनाहरू तत्काल अघि नबढाउने सन्देश पनि दिएको छ ।

परराष्ट्र मन्त्रालय र नेपालस्थित चिनियाँ राजदूतावासले बीआरआई कार्यान्वयन सम्झौता गर्ने विषयलाई अन्तिम रूप दिए पनि नेपालतर्फको उच्च तहबाट ‘संकेत’ नआउँदा सम्झौता नहुने भएको हो ।

नेपालतर्फको राजनीतिक नेतृत्व ऋण लिन सकारात्मक नभएको परराष्ट्रका एक अधिकारीले बताए । तर, चीनले बर्सेनि दिने अनुदान भने थप्ने गरी समझदारी हुँदै छ ।

अहिले वर्षमा १३ अर्ब अनुदान आउने गरेकामा अब यो रकम १५ अर्बमा पुर्‍याउन चीन सकारात्मक भएको छ । राष्ट्रपति सी चिनपिङको भ्रमणको दौरान नेपाललाई दिने भनिएको ५६ अर्ब रकमको उपयोग गर्ने सम्बन्धमा पनि छलफल हुँदै छ ।

केरुङ–काठमाडौं रेलको सम्भाव्यता अध्ययन (टेक्निकल स्किम अफ ट्रान्स हिमालयन रेल्वे) सम्बन्धमा पनि सम्झौता गर्ने तयारी छ ।

नेपाल र चीनबीच हुन सक्ने सम्झौताको सूचीमा कोरला नाका सुसञ्चालन, हुम्लाको हिल्सामा सुक्खा बन्दरगाह निर्माण, रातमाटे–रसुवागढी–केरुङ ट्रान्समिसन लाइन निर्माण पनि छन् ।

चीनको ऋण तथा प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको पोखरा विमानस्थलको संरचना पनि नेपाललाई हस्तान्तरण गर्ने तयारी छ ।
वीर अस्पताललाई दुवाकोटमा विस्तार गर्ने सरकारी योजना अहिलेसम्म अघि बढ्न सकेको छैन । यसमा चीन सरकारले मद्दत गर्ने गरि गृहकार्य भएको हो ।

नेपालबाट ‘हेलेज’ प्रजातिको घाँस चीन निर्यात गर्ने विषयमा पनि समझादारी गर्ने दुवै पक्षको तयारी छ ।

राष्ट्रिय युवा संघ नेपाल कास्किको संगठन बिस्तार तीब्र !!

राष्ट्रिय युवा संघ नेपाल कास्किको संगठन बिस्तारमा तिब्रता
राष्ट्रिय युवा संघ नेपाल कास्किले फाल्गुन ३० गते पुर्णता पाए यता संगठन बिस्तारमा तिब्रता पाएको छ । हाल सम्म पोखरा महानगर पालिकाका ११ वडा माछापुच्छ्रे गाउपालिका ६ वटा वडा अन्नपूर्ण गाउपालिका ९ वटा वडा मादी गाउपालिका ५ वटा रुपा गाउपालिका ५ वटा वडा गरि ३६ वटा वडामा सगठन बिस्तार भैसकेको जानकारी राष्ट्रिय युवा संघ कास्कीका अध्यक्ष पान बहादुर जि सि ले दिनु भयो।

सगठन बिस्तारकै क्रममा आज पोखरा माहानगर पलिका वडा नं ९ मा निरज मैनालीको अध्यक्षतामा ३५ सदस्यीय कमिटी गठन भएको छ । संघको उपाध्यक्ष , सचीव , दुई उप सचीव तथा कोषाध्यक्षमा क्रमश मनोज गुरुङ , आशिष् अधिकारी , सुनिता रानामगर , सन्तोष दाहाल र हरि मैनाली सर्वसम्मत निर्वाचित भए उक्त कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले गण्डकी प्रदेश उपसचिव रश्मि आचार्य सहित राष्ट्रिय युवा संघ जिल्ला कमिटी अध्यक्ष पान बहादुर जि सि सचीव नमराज केसि नेकपा एमाले जिल्ला कमिटी सदस्य गोपि गौचन माहानगर पालिका सचिवालय सदस्य कमल श्रेष्ठ ले शुभकामना मन्तब्य राख्नु भएको थियो भने अन्नपूर्ण गाउ पालिका वाड नं ५ मा पनि गण्डकी प्रदेश कमिटी सदस्य बुद्धिमान गुरुङको प्रमुख आतिथ्यतामा २९ सदस्यीय कमिटी गठन भएको छ उक्त कार्यक्रममा नेकपा एमाले नेता दामोदर बैरागी , बिबेक देवकोटा ,सुबास सापकोटा तथा युवा संघ नेपाल कास्की अध्यक्ष पान बहादुर जि सि अन्नपूर्ण अध्यक्ष शिभ सुवेदी जिल्ला सदस्री लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो भने दिपक मणि पौडेल अध्यक्ष निर्मल सुनार उपाध्यक्ष भुवन भुषाल सचीव सलिन बि क र सरिता के सि उप सचीव तथा पुनम गिरि कोषाध्यक्ष हुने गरि २९ सदस्यीय कमिटी गठन भएको छ दुबै निर्वाचित कमिटीलाई पद तथा गोपनियताको सफत राष्ट्रिय युवा संघ कास्किका अध्यक्ष पान बहादुरले गराउदै संगठन टोल टोलमा बिस्तार गरि आसन्न निर्वाचन केन्दृत हुन निर्देशन गर्नु भयो ।


?

हाम्रो पार्टीका लागि कार्यक्रम हल नेपालमा साना हुन थाले, – माधव नेपाल!!

काठमाडौं चैत १० नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेशको लहरले देशभरका सभाहल साना हुन थालेको दाबी गरेका छन् ।
पार्टीको पक्षमा देखिएको जनलहरले वैरीहरू अत्तालिन थालेको उनको टिप्पणी छ ।
अखिल नेपाल महिला स‌ंघ (समाजवादी) जिल्ला कार्यसमिति काठमाडौंले आयोजना गरेको बृहत् महिला भेला तथा प्रशिक्षण कार्यक्रममा नेता नेपालले हिमालदेखि तराईसम्म नेकपा एसको पक्षमा जनलहर चलेको दाबी गरेका हुन् ।
‘हाम्रा पार्टीको कार्यक्रममा हल सानो हुन थाल्यो, कुर्सीले पुगेन । हिमाल, पहाड, तराई, पूर्व होस् या पश्चिम सबैतिर पार्टी फैलिएको छ,’ नेता नेपालले भने, ‘वैरीहरू आत्तिएर मानसिक सन्तुलन गुमाउन थाले । जब मान्छेको मानसिक सन्तुलन गुम्छ, बर्बराउन थाल्छ, के बोले थाहा हुँदेन । बर्बराउँछ र बेहोसी हुन्छ ।’
नेता नेपालले ६ महिनाको समयभित्र कुनै पार्टीले यत्रो आकार ग्रहण गर्न नसकेको उनको दाबी छ । ‘एमाले दक्षिणपन्थी भासमा भासिएको छ, हामी क्रान्तिकारी अडानमा उभिएका छौं । एमाले व्यक्तिवादमा चुर्लुम्म डुबेको छ, व्यक्तिवादमा डुबेपछि नेताहरू अहंकारमा डुबेका छन्, हामी व्यक्ति पूजामा लाग्दैनौँ । असल विचार, संस्कार र संस्कृतिलाई सम्मान गर्छौं,’ नेता नेपालले भने ।

कांग्रेस प्रदेश सभापतिहरुको निष्कर्ष : गठबन्धनको अधिकार स्थानीय तहलाई!!

११ चैत, काठमाडौं । नेपाली कांग्रेसका प्रदेश सभापतिहरुले स्थानीय निर्वाचनमा गठबन्धन गर्ने अधिकार स्थानीय तहलाई दिनुपर्ने बताएका छन् ।

केन्द्रीय कार्यसमितिको बैठकअघि बसेको ७ प्रदेशका सभापतिहरुको बैठकले यस्तो माग गरेका हुन् । बैठकले आफूहरुलाई पदेन सदस्यका रुपमा केन्द्रीय सदस्यको मान्यता दिन र प्रोटोकल टुंग्याउन पनि माग गरेको प्रदेश १ का सभापति उद्धव थापाले जानकारी दिए ।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय