२०८३ असार ९ मंगलवार

चितवनमा प्रचण्ड कार्यकर्ता फकाउँदै, कार्यकर्ता भने काठमाडौं आएर एमालेमा भित्रँदै ।

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार चितवनका विभिन्न कार्यक्रममा व्यस्त हुनुहुन्थ्यो ।

आउने संघीय निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र बनाउन र स्थानीय तह निर्वाचनमा छोरीलाई पुनः मेयर जिताउने कसरतमा उहाँ निरन्तर चितवनमा खटिरहनुभएको छ । प्रचण्डलाई चितवनमा अन्य पार्टीका नेतालाई आफ्नो पार्टीमा ल्याउन त सकस परेको छ नै, आफ्नै पार्टीका नेता कार्यकर्तालाई जोगाएर राख्न पनि धौ धौ परेको छ ।

चितवनकै माडी र भरतपुरका विभिन्न कार्यक्रममा व्यस्त रहनुभएका प्रचण्ड आफ्ना कार्यकर्तालाई गठबन्धन नटुट्ने र गठबन्धनबाटै चुनावमा जाने भएकोले माओवादीले चुनाव जित्ने भन्दै सम्झाउँदै हुनुहुन्थ्यो । माओवादीका नेता कार्यकर्ता भने उहाँको कुरामा विश्वास गर्न छाडेका छन् । त्यसैले उनीहरू धमाधम माओवादी पार्टी छाड्दै छन् ।

प्रचण्ड जिल्लामा पार्टी मिलाउन लागि रहँदा उहाँकै निर्वाचन क्षेत्र चितवनको भरतपुरका माओवादी नेता खेमराज पौडेल बिहीबार नेकपा एमालेमा प्रवेश गर्नुभयो । काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँ एमाले प्रवेश गर्नुभएको हो ।

चितवन महानगरपालिकाकाका पूर्व वडाध्यक्ष पौडेललाई बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभयो । पौडेल २०४९ सालमा भरतपुर वडा नम्बर १ बाट वडाध्यक्ष निर्वाचित हुनुभएको थियो । उहाँ भरतपुरमा माओवादीको प्रभावशाली नेता हुनुहुन्थ्यो ।

माओवादीलाई काँग्रेस कै काउन्टर, एमाले सँग यी स्थानमा तालमेल गर्दैछ !

– आसन्न निर्वाचन नजिकिएका बेला प्रमुख दलहरु तालमेलको बिषय सर्वाधिक चर्चामा रहेको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रलाई सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले नै केही स्थानमा आसन्न चुनावमा काउन्टर दिने गरी तयारीहरु सार्वजनिक हुन थालेका छन् । कुनै पनि दलले अझै तालमेलबारे आधिकारिक रुपमा निर्णय लिन सकिरहेका छैनन् ।

सत्ता घटकहरुबीच चुनावी गठबन्धनको मोडालिटिबारे छलफल हुँदै गर्दा जिल्लास्तरमा भने केन्द्र प्रतिकुलको अवस्था सिर्जना हुने देखिएको छ । गठबन्धनभित्र सोलोडोलो सबैतीर तालमेल गर्ने भन्दा पनि आवश्यकता अनुसार अघि बढ्ने तयारी छ । तर रोल्पा, रुकुम लगायतका माओवादी केन्द्रको बर्चस्व रहेको जिल्लामा नै कांग्रेस–एमाले तालमेलको परिस्थिती विकास भएपछि सत्ताघटक कसरी अघि बढ्छन चासोको विषय बनेको हो ।

स्थानीय तहको निर्वाचन नजिकिएसंगै सत्ता घटकभित्र मात्र नभई प्रमुख प्रतिपक्षी दल एमालेभित्र पनि तालमेलको विषयमा चर्चा सुरु भएको छ । कांग्रेसले गठबन्धन नरोजे वामपन्थी एकहुन सक्ने वा कांग्रेसविहिन गठबन्धन बन्न सक्ने आंकलनकाबीच केहि जिल्लामा भने एमाले–काग्रेसको गठन्धनको समेत सम्भावना देखिएको छ ।

अहिले सत्ताघटक भित्र कांग्रसले सबै स्थानीय तहमा गठबन्धन गर्न नसकिने तर आफू कमजोर रहेको स्थानमा भने मिलेर जाने अडान लिदैँ आएको छ । जुन कांग्रेसकै गठबन्धनविरुद्ध रहेको एक तप्का र गठबन्धन आवश्यक रहेको माओवादी केन्द्र र एकीकृत समाजवादीको बुझाईको मध्यमार्गी बाटो हुनसक्नेमा सत्ताघटक सहमत नै देखिएका छन । फलत: कांग्रेस कमजोर रहेको चार जिल्लामा जिल्लास्तरबाटै तालमेल गरेरै अघि बढ्ने सहमती भएको छ । विशेषत रोल्पा रुकुम लगायतका जिल्लाका कांग्रेस नेता एमालेसंग तालमेल गर्ने तयारीमा देखिएका छन ।

सो क्षेत्रमा तालमेलका लागि कांग्रेसले प्रस्ताव पठाएको एमाले नेताहरुको दाबीका बीच कांग्रेकै नेताहरुले समेत केन्द्रको अवस्था भन्दा त्यहाँको स्थिती फरक रहेको स्वीकारेका छन । एमालेका प्रदेशस्तरीय नेताहरुले नै तालमेलका लागि भेटघाटसमेत बढाएको र कार्यकताको माग पनि त्यहि रहेको कांग्रेस रोल्पा सभापती किशोर आचार्यको भनाई छ ।

आफू बलियो रहेकै स्थानमा कांग्रेसको यो तयारीले माओवादी केन्द्र भने झस्किएको छ । १ नगरपालिका र ९ गाउपालिका रहेको रोल्पामा ७ स्थानीय तहमा माओवादीले नेतृत्व गर्दै आएको छ । तर त्यहि आफू विरुद्ध कांग्रेसले कदम चाल्दा कांग्रेस कमजोर रहेका स्थानमा किन साथ दिने भन्ने प्रश्न माओवादी भित्र देखिएको छ ।

यद्यपी केन्द्रबाटै निर्देशन आए त्यस विरुद्ध जिल्लास्तरका नेताहरु जाने सम्भावना कम भएपनि स्थानीय आवश्यकताका आधारमा पार्टीले चुनावी गठबन्धन गर्ने कांग्रेसको तयारीले भने माओवादीलाई चिसो पसेको हो । कांग्रेस नेताहरुका अनुसार काठमाडौंसहित मुलुकका ६ वटा महानगरपालिकामा सत्ता गठबन्धन दलहरूसँग तालमेलको तयारी भईरहेको छ । तर यसको आधिकारिक निर्णय भने चैत ११ गतेका लागि केन्द्रीय समितिको बैठकले गर्ने छ ।

भिडियो स्रोतः योहो टेलिभिजन —

समाजवादी बिध्यार्थी गण्डकीका सचिव महतको नेतृत्वमा ३०० बढ़ी युवा-बिद्यार्थी एमालेमा ।

(more…)

माओवादी प्रवक्ता महराका स्वकीय सचिव शर्मा पत्नीसहित एमालेमा प्रवेश !!

दाङ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले शर्मालाई पार्टीमा स्वागत गरेका छन् । उनीसँगै पत्नी सीता चौधरी पनि एमाले प्रवेश गरेकी हुन् । शर्मा माओवादी घोराही उपमहानगर अध्यक्ष थिए भने पत्नी २०७४ को स्थानीय चुनावमा घोराही उपमहानगरपालिकामा माओवादीबाट उपमेयरमा चुनाव लडेर पराजित भएकी थिइन ।

कम्युनिष्ट पार्टीको नेतृत्व एमाले मात्रै गर्नसक्ने र माओवादी गैरराजनीतिक चरित्रको भएकाले एमाले रोजेको शर्माले बताए ।

सोमबार दाङ जिल्लामा माओवादीले गरेको जिम्मेवारी बाँडफाँटमा असन्तुष्टि जनाउँदै उनले माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहने राजीनामा दिएका थिए ।

 

जेलेन्स्कीले बल्ल बनाए ठूलो छाती, रुस र युक्रेनको युद्धविराम यसरी हुदैछ सधैँका लागि अन्त्य !

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले युद्धविरामका लागि युक्रेनलाई नेटोको सदस्य नबनाउने विषयमा सम्झौता गर्न तयार रहेको स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् । जेलेन्स्कीले बल्ल छाती ठूलो बनाएको टिप्पणी भइरहेको समाचारहरुमा उल्लेख गरिएको छ ।

यो सबैका लागि मान्य विषय हो । नेटोका विषयमा हामीलाई के गर्ने भनी पश्चिमलाई थाहा छैन । युक्रेन सुरक्षा प्रत्याभूति चाहन्छ । रुस नेटोको थप विस्तार नहोस् भन्छ,’ जेलेन्स्कीले बताए । आफू रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष कुराकानीका लागि तयार भएको जेलेन्स्कीले बताए ।

यता राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले रुसलाई युक्रेनमा जारी युद्ध तत्काल अन्त्य गर्न अनुरोध गरेका छन् । गुटेरेसले युक्रेनमा जारी युद्ध नजित्ने भन्दै रुसलाई तत्काल युद्ध अन्त्य गर्न आग्रह गरेका हुन् । ‘यो युद्ध जित्न सकिँदैन’, गुटेरेसले भने, ‘ढिलो–चाँडो यो युद्ध रणभूमिबाट शान्तिको टेबलमा पुग्ने छ । यो अपरिहार्य छ ।’

महासचिव गुटेरेसले युद्धरत पक्षलाई तत्काल वार्तामा बस्न पनि अपिल गरेका छन् । युक्रेन युद्ध मूर्खतापूर्ण भएको पनि उनको भनाइ थियो ।

मंगलबार न्युयोर्कमा पत्रकारसँग बोल्दै उनले भने, ‘युक्रेनमा युद्ध जारी राख्नु नैतिक रुपमा अस्वीकार्य, राजनीतिक रुपमा औचित्यहीन र सैनिक रुपमा मूर्खतापूर्ण छ ।’

‘मूर्खतापूर्ण यो युद्ध अन्त्य गर्ने समय आएको छ’, गुटेरेसले थपे । युद्धका कारण एक करोड युक्रेनीले आफ्नो घर छोड्न बाध्य भएको पनि गुटेरेसले बताए । युद्धको असर विश्वभर देखिने पनि उनको चेतावनी थियो । खाद्यान्न, इन्धन र रासायनिक मलको बढ्दो मूल्य वृद्धिले विश्वभर भोकमरीको जोखिम उत्पन्न हुन सक्ने भन्दै उनले यस्तो चेतावनी दिएका हुन् ।  source: praharnews

 

 

स्कुल बसले स्कुटरलाई ठक्कर दिँदा बिहीबार बिहान एक युवकको मृत्यु!!

१० चैत, पोखरा । स्कुल बसले स्कुटरलाई ठक्कर दिँदा बिहीबार बिहान एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ घर भई हाल पोखरा महानगरपालिका- १४ चाउथे बस्ने १९ वर्षीय किस्मत वाग्ले रहेका छन् ।

दुर्घटना आज (बिहीबार) बिहान करिब ६ बजेतिर भएको जिल्ला प्रहरी कास्कीले जनाएको छ । किस्मतले चलाइरहेको स्कुटर एक पैदलयात्री महिलालाई ठक्कर दिएर स्कुल बससँग ठोक्किएको जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।

चाउथेबाट विजयपुरतर्फ आउँदै गरेको ग२२प ००७ नम्बरको स्कुटरले सुरुम  ३२ वर्षीय टेकमाया घर्तीलाई ठक्कर दिएको थियो । लगत्तै विपरीत दिशाबाट आइरहेको पोखरा १५, रामबजातस्थित गोल्डेन फ्युचर बोर्डिङ स्कुलको ग१क ९९६ नम्बरको बसमा ठोक्किन पुगेको थियो । स्कुटर चालक घाइते वाग्लेलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

स्कुटरको ठक्करबाट घाइते पैदलयात्रीको लेखनाथ सिटी अस्पताल शिशुवामा उपचार भएको र अवस्था सामान्य रहेकाले डिस्चार्ज गरिसकिएको डीएसपी तिवारीले जानकारी दिए ।

साउथ वेस्ट नेप्लिज कम्युनिटी सिड्नीको कोभिड महामारी रिकभरी कार्यक्रम सम्पन्न ।

कोभिड १९ महामारीपछी मानसिक स्वास्थ्य तथा व्यापार व्यवसायमा पर्ने असर न्युनिकरणका विषयमा सिड्नीमा एक विशेष कार्यक्रम आयोजना गरेको छ ।

साउथ वेस्ट नेप्लिज कम्युनिटी सिड्नीले न्यु साउथ वेल्स राज्यको बहुसांस्कृतिक विभागको सहयोगमा पोष्ट प्यानडेमिक रिकवरीकार्यक्रम आयोजना गरेको हो ।

क्याम्प्वेलटाउनको ईंगर्लवनमा आयोजना भएको कार्यक्रममा कोभिड १९ ले जनजिवन नराम्रो संग प्रभावित पारेको भन्दै त्यसले मानसिक रुपमा निकै असर पारेको सहभागिहरुले बताएका थिए । कार्यक्रममा सो अयरबाट उन्मुक्तिका उपाय बारे विभिन्न कार्यपत्रहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा रिकभरी कलेजको तर्फबाट मानसिक स्वास्थ्य सम्बन्धी आनाबकिंगहाम र सिन्थिया वेभले कार्यपत्र प्रस्तुत गरेकी थिइन । यस्तै अष्टलेयीन सरकारको पछिल्लो कर नीतिको विषयमा वीलीइम जुलेकार्यपत्र प्रस्तुत गरेका थिए । व्यापार व्यावसाय विकास प्रर्बद्धन सम्बन्धी कार्यपत्र क्रिस्टोफर मोनीले प्रस्तुत गरेका थिइन । यस्तै प्रहरी रसुमदाय सुरक्षाको सम्बन्धमा प्रहरी अधिकृत पौल क्रिमरले कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै स्वस्थ्य जिवन शैलीको विषयमा योगागुरु भीमसेन सापकोटाले कार्यशाला तथा कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रस्तोताहरूले मानसिक स्थास्थ्य कायम राख्न खानपान तथा व्यायाममा ध्यान दिनु पर्ने उल्लेख गरेका थिए । यस्तै व्यपार व्यवसायसमेत कोभिडले चौपट्ट पारेकोभन्दै उनीहरूले कोबिडपछी कसरी पुरानै लयमा फर्किन सकिन्छ भन्ने विषयमा आआफ्नो योजना सुनाएका थिए ।

कार्यक्रम उद्घाटनमा मकारथर क्षेत्रका लिवरल पार्टीका संघीय निर्वाचनका उम्मेद्वार नेपाली मुलका अष्टे्लीयन नागरिक विनोद पौडेललेनेपाली कम्युनिटीको हितका लागि यस्ता कार्यक्रमको आबश्यकता भएको भन्दै आफु निर्वाचित भए सघीय संसदमा कोबिडका कारणअन्य समुदाय जस्तै नेपाली समुदायमा पनि असर परेको भन्दै संसदमा कुरा उठाउने बताए ।

कार्यक्रममा न्यु साउथ वेल्स राज्यका सांसद एनालग चान्थीभोमले न्यु साउथ वेल्सका विभिन्न स्थानमा नेपाली समुदायको उपस्थिती रहेको भन्दै नेपाली समुदायले अष्ट्लीयाको सामाजिक कार्यमा सहयोग गरेको भन्दै प्रशंशा गरेका थिए ।

यस्तै क्यम्बेलटाउन सिटी काउन्सिलका मेयर जर्ज ग्रेसीसले आगामी दिनमा पनि नेपाली कम्युनिटीले समाजिक सेवा लगायतकाविषयमा निरन्तरता दिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा क्याम्डेन काउन्सीलकी मेयर टेरिस फेड्ली, लिभरपुलकी उपमेयर केरिसरोड्स, एनआरएनए अष्ट्ेलीया उपाध्यक्ष देव गुरुंग, कोषाअध्यक्ष अनिल पोखरेल, साउथ वेस्ट नेप्लिज कम्युनिटीका संस्थापक अध्यक्षदेवेन्द्र सापकोटा, महासचिव प्रेम शाह, मेगराज पौडेल, मुरारी लम्साल लगायतले संस्थाले कोबिडको समयमा उल्लेखनीय भुमिकाखेलेको भन्दै आगामी दिनमा पनि सामाजिक कार्यहरुले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

संस्थाका अध्यक्ष सुदिप ढकालको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष चतुर्भुज खरेलले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा रुपेन्देही सामाजिक संजालका पुर्व अध्यक्ष कृष्ण गैरे र इश्वर पोखरेल वर्तमान उपाध्यक्ष दिवाकर काफ्ले, चितवन समाजका संस्थापक अध्यक्ष सत्यप्रकाश कडेंल, साउथ वेस्ट नेप्लिज कम्युनिटीका पुर्व प्रवक्ता सुर्य खनाल , सचिव प्रज्वल भट्टराई, एनआरएनए नारी निकुञ्ज अष्टेलीयाकी कोषाअध्यक्ष जिप्सना पौडेल, एनआरएनएका न्यु साउथ वेल्स कार्यसमिति सदस्य संदिप अधिकारी, सामाजिक अगुवा दिपेश चिलवाल, प्रकाश पौड्ल, भरत नेपाल लगायतका सहभागिता रहेको थियो ।

कार्यक्रम संस्थाका कोषाध्यक्ष मिनराज भूषाल पब्लिक रिलेशन ऑफ़िसर प्रकाश पौडेल सदस्यहरू बावुराम गौतम , सुजन न्यौपानेले व्यवस्थापन गरेका थिए ।

सिड्नीको साउथ वेष्ट क्षेत्रमा कम्तीमा करिब दश हजार नेपाली वसोवास गर्ने अनुमान रहेको छ । साउथ वेष्ट नेपाली कम्यूनीटी सोक्षेत्रको सबैभन्दा ठुलो नेपाली सामुदायीक संस्था पनि हो । संस्थाले यस अगाडि कोभिडबायट संक्रमित भएर आइसोलेसनमा बसेकानेपालीहरुलाई खाना तथा सेनिटाइजरको लगायत अत्यावश्यक सामग्री वितरण गरेको थियो । यस्तै संस्थाले अध्यायनका लागि नेपालबाट अष्ट्रेलीया आएका विद्यार्थी तथा घुम्न आएका अभिभावकलाई निशुल्क स्वास्थ्य तथा कानुनी शिविर संचालन समेत गरेको छ ।

संस्थाले अष्ट्रेलीयमा आगलागीबाट पीडित भएका तथा बाढीका कारण घरबार गुमएका अष्टेलीयन नागरिकहरुलाई समेत सहयोगगरेको पनि वताईएको छ ।

कार्यक्रममा एनआरएनए तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।साउथ वेष्ट नेप्लीज कम्यूनिटी सिड्नीकै आयोजनामा सो क्षेत्रमा पहिलो पटक आगामी अप्रिल ९ मा नेपाली नयां बर्षको शुभकामनाआदान प्रदान गर्ने उदेश्यले बनभोज तथा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गर्ने बताएको छ ।

नेपाली संस्कृति जगेर्ना गर्ने उदेश्यले आयोजित उक्त कार्यक्रममा निःशुल्क प्रवेस सँगै सहभागिहरूलाई निःशुल्क दिवा खानाको व्यावस्था समेत गरिएको संस्थाका महासचिव सुरेश रेग्मीले  बताएका छन

। लेपिंगटनको विलोडेल पार्कमा हुने कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिसंगै बच्चा देखि वृद्ध सम्म लक्षित कार्यक्रम र पुरस्कारजन्य मनोरन्जनातमक प्रतिस्पर्धा समेटिने आयोजक साउथ वेष्ट नेप्लीज कम्यूनीटि सिड्नीका सचिव दामोदर अधिकारीले बिश्वपाटी लाई बताएका छन ।

पूर्वमन्त्री सिंह र अभिनेत्री करिश्मा मानन्धर एमाले प्रवेश

काठमाडौँ — अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छिन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।

मानन्धरसँगै समाजवादी जनता पार्टी (सजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंह पनि एमाले प्रवेश गरेका छन् ।

नेतृत्वमा सिंगै दल र अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।

सिंहको नेतृत्वमा रहेको समाजवादी जनता पार्टी एमालेमा समाहित भएको हो । सिंह पुष्पकमल दाहाल नेतृत्वको सरकार हुँदा खानेपानीमन्त्री थिए । सजपा अध्यक्ष सिंह यसअघि एमालेमै आबद्ध थिए ।

अभिनेत्री मानन्धर भने बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीतिमा सक्रिय रहेकी भए पनि पछिल्लो समय निष्क्रिय रहेकी थिइन् ।

प्रवासी नेपाली मंच जापान, ओकिनावा क्षेत्रको प्रथम अधिबेशन सम्पन्न, अध्यक्षमा खत्री ।

प्रवासी नेपाली मंच क्षेत्रीय कमिटि ओकिनावाको प्रथम अधिबेशन आज सम्पन्न भएको छ ।

प्रमुख अतिथि प्रवासी नेपाली मंच अन्तर्राष्ट्रिय कमिटि सचिवालय सदस्य तथा पूर्वी एसिया ईन्चार्ज कमरेड भक्त गुरुङले सम्मेलनको उदघाटन गर्नुभयो । अधिबेशनलाई जुम मार्फत प्रमुख अतिथि कमरेड भक्त गुरुङ र बिशेष अतिथि पूर्वी एसिया कमिटि अध्यक्ष कमरेड सरोज कंडेल ले संबोधन गर्नुभयो ।

अधिबेशनमा प्रत्यक्ष उपस्थित भई बिशेष अतिथि प्रवासी नेपाली मंच राष्ट्रिय कमिटि अध्यक्ष कमरेड सुरेश केसी , अतिथि हरु संगठन बिभाग प्रमुख कमरेड कुलचन्द्र खरेल , पूर्वी एसिया कमिटि सदस्य कमरेड स्वतन्त्र पौडेल एनआरएनए ओकिनावा अध्यक्ष ज्ञानु भट्ट नेपाली जनप्रगतिशिल मंच ओकिनावा मंचका सचिव बिश्वनाथ यादव ओकिनावाका अग्रज व्यक्तित्व प्रितम पुन गर्बुजा लगाएत बिभिन्न संघ सस्थाका प्रतिनीधि हरुले अधिबेशन सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।

कार्यक्रम आयोजक कमिटि संयोजक कमरेड मिलन खत्री र संचालन कमरेड नविन बस्नेत र स्वागत कमरेड राजकुमार जोसीले गर्नु भएको थियो ।


अधिबेशनले २५ सदस्सिय कमिटि निर्माण गरेको छ जसमा १९ सदस्य हलबाट र ६ जना कमिटिको पहिलो बैठकले मनोनित गर्ने छ ।

अधिबेशनबाट निर्वाचित कमिटि निम्नानुसार रहेको छ ।

१. मिलन खत्री – अध्यक्ष
२. सुभास थापा – उपाध्यक्ष
३. राजकुमार जोशी -सचिब
४. दिपेश पौडेल – उपसचिब
५. नबिन बस्नेत – उपसचिब

सदस्य हरु क्रमशः
६. प्रकाश गुरुङ
७. बसन्त भण्डारी
८.अनिश चौधरी
९. शुशिल अधिकारी
१०. मिलन अधिकारी
११. रुजन पोखरेल
१२. महेश खरेल
१३. शर्मिला ज्ञवाली
१४. अस्मिता गिरी
१५. भीम डिसी
१६. बिनोद श्रेष्ठ
१७. उमेश रायमाझी
१८. बिनिसा बॅानिया
१९. दिनेश चौधरी

रहेको कुरा प्रवासी नेपाली मंच जापानका प्रचार बिभाग प्रमुख प्रकाश ढकालले बिश्वपाटीलाई बताए साथै उनले नवगठित टीमलाई बधाई सहित शुभकामना व्यक्त समेत गरेका थिए ।

Subclass 190 Visa in Australia what you can do and others in details.

With this visa what you can

  • stay in Australia permanently.
  • work and study in Australia.
  • enrol in Australia’s public health-care scheme, Medicare
  • sponsor your relatives to come to Australia
  • travel to and from Australia for next 5 years
  • if eligible, become an Australian citizen

Newly arrived residents may have to wait before they can access certain Australian Government payments and benefits.

How long you can stay here

This is a permanent visa. It lets you stay in Australia indefinitely. The visa has a travel component that expires 5 years after the date of visa grant.

You become a permanent resident on the day grant the visa.

For citizenship purposes, your permanent residency starts on the day:

  • we grant the visa, if you are in Australia
  • you enter Australia on this visa, if you are outside Australia

Include family

You can include members of the family unit in your application. You can:

  • include them when you lodge your visa application
  • add them after you lodge your application but before we decide on your visa.

Family members who apply for the visa must meet our health and character requirements. Family members not accompanying you to Australia might also need to meet our health and character requirements.

If your partner or dependent children are not included in this application, to assist us in processing your visa please tell us the reason why.

Cost

The visa costs AUD4,115 for the main applicant.

There is also a charge for each family member who applies for the visa with you.

To work out what your visa will cost use the Visa Pricing Estimator.

You might have to pay an extra charge for any applicant 18 years old or older who has less than functional English. This charge is called the second instalment. Pay it only when we ask you to. We ask for the charge only if we are going to grant the visa.

The second instalment charge for family members is AUD4,885.

The Visa Pricing Estimator does not include the second instalment or other costs.You might also have to pay other costs for health checks, police certificates and biometrics.

Apply from

You can be in or outside Australia when you apply for the visa and when we decide your application but not in immigration clearance.

If you apply in Australia, you must hold a substantive visa or a Subclass 010 Bridging A visa, a Subclass 020 Bridging B visa or a Subclass 030 Bridging C visa, otherwise your application will not be valid.

Processing times

  • 25% of applications: 4 months
  • 50% of applications: 7 months
  • 75% of applications: 8 months
  • 90% of applications: 22 months

We assess applications on a case-by-case basis, and actual processing times can vary due to individual circumstances including:

  • whether you have lodged a complete application, including all necessary supporting documents
  • how quickly you respond to any requests for additional information
  • how long it takes to perform required checks on the supporting information provided
  • how long it takes to receive additional information from external agencies, particularly in relation to health, character, and national security requirements
  • for permanent migration visa applications, how many places are available in the migration program

Travel

You can travel in and out of Australia as many times as you want for 5 years from the date we grant the visa. After 5 years you will need a Resident Return (RRV) visa (subclass 155 or 157) to re-enter Australia as a permanent resident.

Visa label

We will digitally link your visa to your passport. You will not get a label in your passport.

From Subclass 190 Skilled Nominated visa (homeaffairs.gov.au)

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय