विद्यार्थीले अष्ट्रेलियामा आफ्नो रूचि र करिअरलाई बिशेष जोड दिनुपर्छ ।
विद्यार्थीले अष्ट्रेलियामा रूचि र करिअरलाई जोड दिनुपर्छ
अष्ट्रेलिया पढ्न आउने नेपाली विद्यार्थीले आफ्नो रूचि भएको क्षेत्रमा करिअर बनाउनको लागी जोड दिनुपर्ने सरोकारवालाहरूले बताउनुभएको छ। सिड्नीमा रहेको ओबन पार्कमा भएको नेपाली युवाहरूको मिटअपका सहभागीहरूले रूचि र ज्ञान नै नभएको क्षेत्रमा अष्ट्रेलियाको बसाईं लम्ब्याउने हिसाबले लहैलहैमा लाग्दा धेरै विद्यार्थीको समय र भविष्य बर्बाद भईरहेको बताउनुभएको हो।
नयाँ तथा पुराना नेपाली विद्यार्थीहरूको जमघटमा प्रमुख अतिथि एनआरएन उपाध्यक्ष देव गुरूङले नयाँ आउने विद्यार्थीहरूले कामलाई मात्र जोड नदिएर पढाई, स्वास्थ्य, साथीभाई, सम्बन्ध र करिअरलाई पनि केन्द्रमा राख्नुपर्ने बताउनुभयो। अष्ट्रेलिया आउने विद्यार्थीहरूले आर्थिक मानसिक तनाबका साथै परिवार र सम्बन्धमा समेत विभिन्न समस्याहरू भोग्दै आएका छन्। दुर्घटना, काममा शोषण, श्रीमान श्रीमतीको झगडा, केटाकेटी सँगै बस्ने खालको सम्बन्ध (लिभईन रिलेसनसिप), विवाहोत्तर सम्बन्ध साथै आफ्नै ज्यान लिने सम्मका घटनाहरूमा नेपाली विद्यार्थी र युवाहरूले समस्या भोगेको कुरा निरन्तर समाचारमा आईरहेका छन्। सामुदायिक अगुवा तथा शैक्षिक परामर्शदाता दिपक पौडेलले अष्ट्रेलियामा अनेक संभावना भएपनि विद्यार्थीले आफूलाई त्यसको लागी तयार पार्नु जरूरी रहेको बताउनु भयो।
करिअर परामर्शदाता तथा प्रिज्मस एजुकेशन कन्सल्टेन्सी संचालक लेखनाथ अधिकारीले विद्यार्थीहरूले आफ्नो लक्ष र करिअर भन्दा पनि सानो सानो क्षणिक लाभहानीलाई बढी जोड दिँदा समस्यामा पर्ने गरेको बताउनुभयो। उहाँले थप्नुभयो, आफ्नो रूची र भविष्यको विषयलाई लिएर पढाईलाई अगाडी बढाउन चाहनेको संख्या निक्कै कम छ, जसले गर्दा धेरैले अनेक हण्डर खेपिरहेका छन्।
सफ्टवेयर ईंजिनियर तथा सफ्टवेयर प्रोग्रामिङ तालिम दिने संस्था डेन्टेडकोडका संचालक प्रेम आचार्यले विद्यार्थीहरूले सिप र करिअर विकासलाई जोड दिने हो भने अष्ट्रेलियामा यहाँको बासिन्दा बनेर आनन्दसँग बस्न सकिने अवस्था रहेको बताउनु भयो। उहाँले सफ्टवेयरको क्षेत्र व्यापक संभावनाको भएकाले यसमा सिप विकास गर्ने हो भने अष्ट्रेलियामा उच्चस्तरको जीवनशैली अपनाउन सकिने अवस्था रहेकोले सुरूमै आउनेहरूले हतास चाहिँ हुन नहुनेमा जोड दिनुभयो।
ओबन मिटअप २.० नाम दिईएको कार्यक्रममा नयाँ आएका विद्यार्थी, अष्ट्रेलियामा केही समय बिताईसकेका र आफ्नो क्षेत्रमा करिअर बनाईसकेका साथै नेपालीमूलका अष्ट्रेलियन युवाहरूको सहभागिता थियो। छलफलमा ब्राण्डिंग र मार्केटिंग विशेषज्ञ रूपमा सिड्नीमा लामो समयदेखी कार्यरत रमण झाले छलफलमा भन्नुभयो, ‘विद्यार्थीहरूले उचित र कानुनी रूपमा सुरक्षित उपायहरू अपनाउने र करिअर बनाउनमा केन्द्रित हुने हो भने अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई कुनै समस्या छैन।‘

कार्यक्रमका संयोजक धर्वेन्द्रप्रसाद यादवले यस्तै जमघट र ‘मेन्टरिंग’बाट अष्ट्रेलियामा पढ्दै गरेका चार-पाँच जना विद्यार्थीले निक्कै राम्रो कमाई सहितको जागिर र व्यवसाय सुरू गरेको जानकारी दिनुभयो।
उहाँले सफ्टवेयर डेभेलोपर, डिजिटल मार्केटर, प्रोग्रामर लगायतका प्रविधीको क्षेत्रमा धेरै नेपाली विद्यार्थीहरूले सफलता पाईरहेको उदाहरण सुनाउनु भएको थियो।
कार्यक्रममा सुमन खरेल, सन्तोष आचार्य, मदनमणि अधिकारी, समीर ढकाल, उज्जवल घिमिरे लगायतका सामुदायिक अभियन्ताहरूको सहभागिता थियो।
जमघट अष्ट्रेलियाको नेपाली सामुदायिक मिडिया नेपालीपेजडटकम (https://nepalipage.com) र सिड्नीका नेपालीहरूको फेसबुक समुह ‘नेपलिजईनसिड्नी’ (https://www.facebook.com/groups/NepaleseinSydney को आयोजनामा भएको हो। नेपालीपेजडटकमले सन् २०१४ देखी अष्ट्रेलियामा नेपाली समुदायलाई सुसूचित गर्दै विद्यार्थी तथा युवा हकहितको मुद्दा उठाउँदै आएको छ।
कार्यक्रममा www.bishwopati.com (Bishwopati) मुख्य मिडिया पार्टनरको रुपमा रहेको थियो भने बिभिन्न संस्थाहरुको समेत सहयोग रहेको थियो ।
मुगेन गौतमको नेतृत्वमा प्रवासी नेपाली मंच तास्मानिय राज्य कमिटी गठन ।
नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मंच अष्ट्रेलियाले तासमानिया राज्यमा आफ्नो कमिटी पुनर्गठन गरेको छ ।
प्रवासी नेपाली मंचका अध्यक्ष केशब जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेला बाट मुगेन गौतमको अध्यक्षतामा, उपाध्यक्ष केराज खनाल, सचिव सुनिल खंडाल, सह-सचिवमा दीपक नेपाल, कोषाध्यक्षमा रबिन अर्याल र सदस्यहरूमा क्रमशः निस्चल डल्लाकोटि, रीजन लामिछाने, केदार नेपाल, आकाश पौडेल, गोबिन्द क्षेत्री, उज्ज्वल खड़का, शास्वत श्रेस्ठ, बिप्लव दाहाल, पुष्कर न्यौपाने, शिव जी पोख्रेल र पुष्पराज आचार्य गरी कुल १७ सदस्यीय कमिटी चयन गरेको छ ।
उक्त नवगठित कमिटीलाई प्रवासी नेपाली मंच अष्ट्रेलियाका अध्यक्ष केशब जोशीले सर्वसम्मत घोषणा गरेका थिए । निर्वाचित सबैलाई केशब जोशीद्वारा बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका थिए ।
निर्वाचित पस्चात अध्यक्ष मुगेन गौतमले तास्मानियामा रहेका सबै नेपालिहरूको माग र चाहनालाइ सुनवाई हुने गरी काम गर्ने र सबै साथीभाई समक्ष प्रवासी नेपाली मंचको गरिमा र इज्जतलाई अझ अगाड़ी बढ़ाएर लीएर जाने प्रतिवद्दता समेत व्यक्त गरेका थिए ।
साथै प्रवासी नेपाली मंच अन्तराष्ट्रिय कमिटीका सचिव रमेश पाण्डेले फोन मार्फत सबैमा बधाई सहित शुभकामना व्यक्त गरेका थिए ।

उक्त भेला बाट निर्वाचित कमिटीले अब आऊदो दिनमा बिभिन्न सामाजिक कार्यक्रमहरू गरी नेतृत्व र व्यक्तित्व बिकास संगै समाज परिवर्तनको निम्ति प्रवासी नेपालीहरूको योगदान र समय प्रति तत्पर रही काम गर्ने कुराको समेत छलफल र योजना बनाएको कुरा सचिव सुनिल खंडालले बताए । अध्यक्ष गौतम प्रवासी नेपाली युवा मंच तास्मानिया राज्यको संयोजक समेत रहेका छन ।
ढिकुरपोखरी कास्की खेलकुद समितिको अध्यक्षमा भण्डारी-करातेलाई बिशेष पहल ।
ढिकुरपोखरीमा जाग्यो कराते अब एक घर एक खेलाडी बनाउने भण्डारीको लक्ष्य ।
अन्नपूर्ण गाउपालिकाको रंगशाला मानिने माछापुच्छ्रे मा वि को खेलमैदानमा यतिबेला मैदानको स्तर अनुसार खेलाडी विहिन भएको छ । गाउँ मा भएका युवाहरु विदेशीनु र उच्च शिक्षा हासिल र रोजगारका लागि बजार पसेका छन भने बाकी गाउमै रहेका युवालाई पनि खेलकुदमा खासै आकर्षित नभएको पाइएको अवस्थामा करिब ७ वर्ष अगाडि सोही ठाउमा कराते प्रशिक्षण गराएका कराते प्रशिक्षक तथा केन्पो काई नेपालका सदस्य एवं युवा समाजसेवी किशान भन्डारीले फेरि नयाँ जोश जागरका साथ नया तरिकाबाट कराते प्रशिक्षण गर्ने सोचमा छन। उनले भनेका छन अब ढिकुरपोखरीमा बाटो, बत्ती, बिध्यालय मात्र सबै सम्भव छैन त्यसलाइ व्यवस्थापन गर्न शारीरिक हिसाबले पनी दुरुस्त हुन जरुरी रहेको हुदा खेल बिशेष गरी कराते प्रशिक्षण गराउने उद्देश्य लिएका छन साथै एक घर एक खेलाड़ी उत्पादन गर्ने समेत सोच लिएका छन ।
ढिकुरपोखरीमा शिक्षा, खेलकुद जस्ता अवाश्यक चिजमा समुदायको चासो भयो भने अवस्य यी चिज प्रभावकारि हुन्छन र समाज रुपान्तरण गर्न महत्त्वपुर्ण भुमिका खेल्छ भन्ने बिश्वासका साथ ढिकुरपोखरी खेलकुद समिती गठन गरिएको छ ।
समितिमा चयन भएका नाम क्रमशः अध्यक्ष – कृष्ण प्रसाद भण्डारी, उपाध्यक्ष – तुलसी भण्डारी, सचिव किशान भण्डारी, सह सचिव बबिता बास्तोला, कोषाध्यक्ष बालकुमारी भण्डारी, सह कोषाध्यक्ष बिष्णु शर्मा गरी कुल ३३ कमिटी सदस्य गठन भएको छ ।
समग्र खेलकुद र खेलकुद गतिविधिको प्रत्यक्ष निगरानी, व्यवस्थापन र संरक्षण यो समितीले गरे पनि हाललाई भने कराते मात्र सन्चालन हुने भएको छ ।
पोखरा -२१, कृस्तीनाच्नेचौरको सिमलचौरमा एमाले टोल कमिटी गठन, अध्यक्षमा झलकबहादुर थापा ।
राजा दशरथको अयोध्या जस्तै नेकपा एमाले पोखरा -२१ र पोखरा -२१ वडा कमिटीद्वारा कृस्तीनाच्नेचौरको सिमलचौरमा बृहत् टोल भेला सम्पन्न भएको छ।
२०४६ सालको परिवर्तनको लगत्तै कम्युनिस्ट पार्टी र तत्कालीन नेकपा माले ,एमाले कालमा प्रतिगमनकारी ,यथास्थितिवादी ,दक्षिणपन्थी र प्रतिक्रियावादी हरुले कम्युनिस्ट पार्टीको बारेमा विभिन्न अबान्छित ,कपोल्कल्पित र झूटा आरोपहरु लगाउने,छिछी,दूर्दूर र निषेध गर्ने बेलामा समेत तत्कालीन नेकपा एमाले लाई कृस्तीनाच्नेचौरको सदरमुकाममा निशुल्क पार्टी कार्यालय उपलब्ध गराउने दिबङ्गत ईम्द्रबहादुर कार्कीको सहधर्मिनी सीता कार्की प्रति सम्मान व्यक्त गर्दै ,२०४८ सालको आमनिर्वाचनमा पार्टी कार्यालयको ब्यवस्थापक भई पार्टी काम सम्पादन गर्ने दिबङ्गत बेलबहादुर कार्कीप्रति सम्मान सहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभयो । युवा नेता रानाभाटले पार्टी भेलालाई सम्बोधन गर्दै नेकपा एमाले देश निर्माण,बिकास र समृद्धिको नायक पार्टी हो,२०५१ सालको मनमोहन अधिकारी नेतृत्वको एमाले सरकारले शुरु गरेको आफ्नो गाउँ आफैं बनाऔ,एकल महिला ,उत्पीडित भत्ता,बृद्द भत्ता कार्यक्रमको शुरूवात गरेको उल्लेख गर्दै क. केपी ओली प्रधानमन्त्री हुँदा मासिक ४,०००। पाउने सामाजिक सुरक्षा भत्ता अबको स्थानीय र सङ्घको चुनाव पछि पाच हजार पुर्याउने कुरा सुनिश्चित छ भन्नुभयो,साथै युवा नेता रानाभाटले क. केपी ओलीले शुरु गरेका किसान,मजदुर,युवा,महिला ,अपाङ्ग र बिद्यार्थीमैत्री कार्यक्रमको निरन्तरता र युगान्तकारी बिकासका आयोजनाहरुको शुरूवात र सम्पन्न गर्न नेकपा एमाले लाई आगामी निर्वाचनहरुमा जिताउन आग्रह गर्नुभयो।
भेलालाई सम्बोधन गर्नुहुने एमाले जिल्ला कमिटीका सदस्य एवं पोखरा -२१ का ईन्चार्ज अर्जुन गिरीले तपाईं अग्रजहरुले बनाएको समृद्द पार्टी झन् साङ्गठनिक रुपले चुस्तद्रुस्त तुल्याउने ,बैचारिक रुपले स्पातिलो ,साङ्गठनिक रुपले लडाकु पार्टी बनाउने कुरामा जोड दिदै अग्रजहरुले बनाएको पार्टी सकेसम्म झन् बलियो तुल्याउने ,नसके पनि कमजोर बनाएर शिर झुक्न नदिने बिषय दोहोर्याउदै बिगत झैं आगामी निर्वाचनमा एमाले पहिलो पार्टी हुने कुराको ठोकुवा गर्नुभयो।

नेकपा एमाले कास्की जिल्ला कमिटीका सदस्य एवं पोखरा -२१ का अध्यक्ष क. खगराज आचार्य ,निर्वाचित जनप्रतिनिधि एवं नेकपा एमाले पोखरा महानगर सचिवालय सदस्य अम्बिका थापा,सदस्य क. कृष्ण बहादुर थापा , युवा नेता दिपक सुबेदी र निर्वाचित जनप्रतिनिधि नन्दलाल अधिकारीले नेकपा एमाले नेतृत्वमा सम्पन्न भएका बिकास योजनाहरुको चर्चा गर्दै आगामी स्थानीय चुनावमा एमाले लाई पुन: बिगतको फराकिलो मत अन्तरलाई अझ बढाउदै बिजयी तुल्याउन आग्रह गर्नुभयो।
भेलाले क. झलकबहादुर थापा अध्यक्ष ,दीपक अधिकारी उपाध्यक्ष ,चेतभक्त अधिकारी सचिव तथा गङाबहादुर कार्की र कल्पना थापा रानाभाट उपसचिव रहेको २९ सदस्यीय टोलकमिटी गठन गरेको छ।
साथै भेलाले पुराना बामपंथी अग्रजहरु सीता कार्की,अर्जुन रानाभाट ,मोहनबहादुर थापा “काजी ,बलबहादुर सुनार र सेती कुवर रहनुभएको सल्लाहकार कमिटी गठन गरेको छ।

नेकपा एमाले पोखरा -२१ का अध्यक्ष राजेन्द्रबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा संचालन सचिव रोशन भट्टराई र स्वागत मन्तव्य वडा कमिटीका सदस्य हेमन्त अधिकारीले गर्नुभएको थियो।
रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाको रक्तदान कार्यक्रम सम्पन्न, फोटो सहित ।
सिड्नी,
बिगत लामों समय देखी जन्म थलो नेपाल भएर आफ्नो कर्म थलो अष्ट्रेलिया लाई बनाउदै आएका नेपालीहरु अष्ट्रेलियामा विभिन्न संघ संस्था अनी सामाजिक काममा सक्रिय भईरहेका छन् ।
नेपाली समुदायका लागि मात्र हैन अष्ट्रेलियन सरकारका विभिन्न कार्यक्रम हरू मा समेत सामाजिक कार्य मार्फत सहयोग गरिरहेका नेपाली समुदायले बिभिन्न समयमा बिभिन्न संस्था मार्फत रक्तदान कार्यक्रम गर्दै रगत अभाव हुन बाट सहयोग गरीरहेका छन् ।

यसै सन्दर्भमा नेपाली समुदाय बिच एक चिर परिचित संजाल रुपन्देही सामाजिक सञ्जालले जन्मथलो नेपाल भएपनि आफ्नो कर्मथलोमा हुने प्रकृति विपदका कारण रगत अभाव नहोस भनेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

रुपन्देही घर भई अष्ट्रेलियामा रहदै आएका नेपालीहरूको संस्था रूपन्देही सामाजिक सञ्जालको आयोजना र नेप्लिज ब्लड डोनर्स एसोशियसन अष्ट्रेलियाको सहकार्यमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३ जनाले प्लाज्मा दान गरेका छन् भने १० जनाले होल रगत दान गर्नुभएको छ ।

एक विशेष कार्यक्रमका साथ आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा सज्जन उप्रेती, विष्णु हमाल र भूपाल सिटौलाले प्लाज्मा दान गर्नुभएको थियो ।

यसैगरी पदम अधिकारी, प्रदिप खनाल, विशाल भण्डारी, रञ्जिता भण्डारी, ज्योती खड्का, दिलिप खड्का, राजेश तिमल्सिना, मुक्ती पोख्रेल, बासु खरेल र बिक्रम खरेल ले रक्तदान गर्नुभएको थियो ।

उक्त कार्यक्रममा रुपन्देही सामाजिक सञ्जालका अध्यक्ष मुक्ती राम पोख्रेलको अध्यक्षता र सञ्जालन संजालका महासचिव रञ्जिता भण्डारीले गरेकी थीइन ।

कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि तथा उपस्थित सहभागिहरुलाई कार्यक्रमका संयोजक एंव सञ्जालका सचिव रवि केसीले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्धेश्य माथी प्रकास पार्नुभएको थियो ।

उक्त कार्यक्रममा अष्ट्रेलियामा सक्रिय विभिन्न सामाजिक संघ संस्थाहरुको छाता संगठन फेन्काका उपाध्यक्ष विष्णु हमाल, अन्तराष्ट्रिय नेपाली रक्तदाता संघका केन्द्रीय सदस्य विनोद मैनाली, नेपाली रक्तदाता संघ अष्ट्रेलियाका अध्यक्ष भूपाल सिटौला, सञ्जालका संरक्षक राज खनाल, पूर्व अध्यक्ष कृष्ण गैरे, सल्लाहकार डा. प्रकाश पौडेल लगाएतले रक्तदान कार्यक्रम सफलताको बारेमा शुभकामना मन्तव्य राख्नुभएको थियो ।

समितिले अष्ट्रेलियामा हुने रगतको अभावलाई परिपूर्ती गर्न यस्ता कार्यक्रम निरन्तर गरिरहने अध्यक्ष मुक्ती पोख्रेलले बताउनुभयो ।

साथै जन्मथलो नेपाल भएपनि आफ्नो कर्मथलोमा हुने प्राकृतिक विपदका कारण रगत अभाव नहोस भनेर रुपन्देही सामाजिक सञ्जालले गरेको गरेको यो काममा आफ्नो व्यस्तताको समय पनी उपस्थित जनाउनु हुने अतिथिहरू र रक्तदाता सबैमा बिशेष धन्यवाद सहित सहयोगको खुलेर प्रशंसा गर्नुभयो ।

कार्यक्रम सम्पन्न गर्न सचिव एंव कार्यक्रम संयोजक रवि केसी सहित दिल खड्का र राजन खड्काले उल्लेख्य भूमिका निर्वाह गर्नुभएको थियो । अष्ट्रेलियामा रगत अभाव भईरहेको अवस्थामा रुपन्देही सामाजिक सञ्जालले रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा सञ्जालका कार्यसमिती सदस्य, पदाधिकारी एंव विभिन्न क्षेत्रका नेपाली समुदायको उपस्थिती रहेको थियो ।


निर्वाचन अवधीभर सकेसम्म लोगोको प्रयोग नगर्न नेकपा एमालेको अपिल, लोगो सहित ।
नेपाल कम्युनिस्ट पार्टी एमालेले आऊदो बैशाखमा हुन गईरहेको स्थानीय तहको निर्वाचनको लागी कार्यकर्ताहरू माझ अपिल गरेको छ । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेर बहादुर तामाङ द्वारा जारी अपिल तदनुसार रहेको छ ।
नेकपा (एमाले) का कार्यकर्ताहरुमा अपिल ।
यही बैषाख ३० गते स्थानी तहको निर्वाचन हुन गैरहेको सर्वबितित्तै छ । अब निर्वाचन केन्द्रित कार्यक्रमहरु तिब्र रुपमा भैरहेका छन । कार्यक्रम्को झण्डा ब्यानरहरु बनाउँदा र सामाजिक सन्जालमा निर्वाचन सम्बन्धि प्रचार सामाग्री बनाएर पोष्ट गर्दा देहाय बमोजिम ध्यान दिन आग्रह गर्दछु ।
१. निर्वाचन आई सकेकोले निर्वाचन चिन्ह र लोगोको प्रयोगमा बिशेष ध्यान दिनुहोला ।
२. निर्वाचन अवधीभर सकेसम्म लोगोको प्रयोग नगर्नुहोला । लोगोको प्रयोग लेटरप्याड लगायतका आन्तरिक प्रयोजनमा मात्र प्रयोग गर्नुहोला ।
३. ब्यानर, झण्डा र सामाजिक सन्जालको लागि तयार पारिएको प्रचार सामाग्रीमा चुनाव चिन्ह सूर्यमात्र प्रयोग गर्नुहोला ।
४. जुलुसहरुमा पार्टी झण्डा एउटामात्र प्रयोग गर्नुहोला ।
५. प्रशिक्षण, भेला, बैठक स्थल वरपर व्यापक रुपमा चुनाव चिन्ह सूर्य प्रदर्शन गर्ने ।
६. टि-सर्ट, ब्यानर लगायतमा लोगो प्रयोग नगर्ने ।
७. निर्वाचन प्रचार सामग्री व्यावसायिक रुपमा निर्माण गर्नेहरुले पनि लोगो राखेर प्रचार सामाग्री नबनाउनुहोला ।

शेर बहादुर तामाङ
स्थायी कमिटी सदस्य
नेकपा (एमाले)
उद्घाटन ल्यापटपको सुइच थिचेर नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पोखरा वडा नं ७ अधिवेशन सम्पन्न!!
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पोखरा महानगर पालिका वडा नं ७ मासबार को प्रथम वार्ड अधिवेशन सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन सभाध्यक्षले ल्यापटप को सुइच थिचेर गरेका थिए।

शकुन्तला सोति (कोषाध्यक्ष महानगर कमिटी ) को अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि : पुरुषाेतम रेग्मी (नेकपा एमाले वडा ७ महानगर इन्चार्ज )रहेका थिए ।विशेष अतिथि : गणेश श्रेष्ठ( वडा एमाले सचिब) ,योगेन्द्र बहादुर थापा( शिक्षक प्रतिनिधि ) रहनुभएको बताए।अतिथिमा बिजय आचर्य (NNTA आजिबन सदस्य रहेका थिए ।

स्वागत मन्तव्य किशान भणडारी ले गर्नु भयो भने,शुभकामना मन्तव्य क्रमशः गणेश श्रेष्ठ , टीकाराम लामिछाने ले गर्नु भएको थियो।
त्यस भेलाबाट सर्बसम्मत रुपमा दिनेश बरालको नेतित्वमा निम्नबमोजिमका पदअधिकारी चयन भएका छन ।


अध्यक्ष: दिनेश बराल,उपाध्यक्ष: यशाेदा आचर्य,सचिव : गोकुल प्रसाद पौडेल ,कोषाध्यक्ष: दिपा राई ,सदस्यहरुमा किशन भण्डारी,बिजय गौतम, पबित्रा गिरि ,माहिला घले ।सल्हाकारमा भने टीकाराम लामिछाने र योगेन्द्र बाहदुर थापा चयन भएका छन ।

नवनिर्वाचित पदाधिकारीलाई अध्यक्षता गर्नुभएको सकुन्तला सोति ले सपथ ग्रहण गराएका थिए र सम्पूर्ण लाइ हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना दिए ।

उक्त भेलालाई सम्बोधन गर्दै प्रमुख अथिति पुरुषोतम रेग्मी ले अबको शिक्षा सुचना प्रविधी हुनुपर्नेमा जोड दिए। शिक्षकहरुलाई उचित तालिम तथा पोत्साना का कार्यक्रम आगामी दिनमा ल्याउने र आफु सदैब शिक्षा प्रेमी र शिक्षकहरुसँगै रहेको बताए । आफुले सक्ने सम्पुर्ण सुबिधा बिद्यालयलाई बिगत देखि बर्तमान सम्म आफु ले खेलेको भुमिका र सधैं भर बालबालिका लाइ उचित सहयोगिहरु लेराउने आफु बाट सकेको पहल गर्ने जिकिर सहित नबनिर्बाचित कमिटी लाई सफल कार्यकाल को शुभकामना दिनुभएको थियोे ।
महानगर अध्यक्ष बिष्णु हरि त्रिपाठि ,उपाध्यक्ष देवी के सि ले समेत फोन मार्फत कार्यक्रम को भब्य शुभकामना दिनु भएको थियो।
उक्त वडा पार्टी अध्यक्ष किशोर बराल कार्य बेस्तता को कारण उपस्थिति हुन नसकेकाले फोन मार्फत कार्यक्रमको भब्य शुभकामना दिएका थिए ।
निर्बाचित अध्यक्ष ले आफुले मात्र नभई सम्पुर्ण को साथ सहयोग साथै अधि बढने प्रतिबद्धता सहित आउदो दिनमा रोमान्चक कार्यक्रम साथै सदस्य साथिहरु लाइ समेत उचित जिम्मेवारी दिने भन्दै अफ्नो भनाइ रखेका थिए ।

उक्त कार्यक्रमको सञ्चालन वडा इन्चार्ज सुनिल खड्का ले गरेका थिए भने सम्पूर्ण कमिटी लाई बधाई ज्ञापन गर्नुभयो भने आउदो दिन मा विभिन्न कार्यक्रम सहित प्रस्तुत हुने बताए ।
प्रवासी नेपाली मंच, NSW कमिटी अष्ट्रेलियाले नेपाली नयाँ वर्ष बिशेष कार्यक्रम गर्ने ।
सिड्नीः अष्ट्रेलियामा बिगत लामों समय देखी नेपाली समाजमा एक परिचित संस्था प्रबासी नेपाली मञ्च, न्यु साउथ वेल्स (NSW) राज्य कमिटीले यही आऊदो २३ अप्रिल शनिबारका दिन नेपाली नयाँ बर्ष २०७९ को उपल्यक्षमा शुभकामना आदान प्रदान तथा बारबिक्यु कार्यक्रम गर्ने भएको छ ।
न्यु साउथ वेल्स राज्य कमिटीका अध्यक्ष कृष्ण सापकोटाले नयाँ बर्ष २०७९ को उपलक्ष्यमा अष्ट्रेलियामा रहेका नेपाली समुदाय विच शुभकामना आदान प्रदान संगै भेटघाट गर्नका लागि यस कार्यक्रम आयोजना गरिएको बताए । प्रवासी नेपाली मंच, न्यु साउथ वेल्स राज्यको यस कार्यक्रम सिग्नेचर कार्यक्रम समेत रहेको छ ।
नेपाली नयाँ वर्षको शुभकामना आदान प्रादान गर्दै आफू जहां रहे पनी नेपाल र नेपाली संस्कृतिको जगेर्ना र संरक्षण गर्नुपर्ने बताए । पछिल्लो समयमा अष्ट्रेलियामा नेपाली समुदायको बढ्दो उपस्थितिले यहाँको स्थानीय राजनीतिमा समेत नेपालीहरुको प्रभावलाई अझ शशक्त बनाउने काम गरेको छ ।
शुभकामना आदान प्रदान सहित वार्विक्यु कार्यक्रमले पनि नेपाली उपस्थिति बलियो रहेको देखाउन सहयोग पुग्ने अपेक्षा सचिव शिव पौडेलले गरेका छन । उनले नेपाली समूदायका सदस्यहरुबाट नयाँ नयाँ व्यापार व्यवसाय समेत बढ्दो रुपमा भएकाले त्यसको समेत प्रचार र एक आपसमा नजिकिने माध्यम समेत हुने बताए ।
प्रवासी नेपाली मंच न्यु साउथ वेल्स राज्य कमिटिले सिड्नीको अबर्न स्थित, अबर्न पार्कमा दीउसो १ बजे देखी ५ बजे सम्म उक्त कार्यक्रम संचालन गर्ने छ । कार्यक्रममा बिभिन्न नेपाली एवं अष्ट्रेलियन संघ संस्था हरू बाट प्रतिनिधित्व हुने र यस कार्यक्रमलाई सफल बनाउनका निमित्त सबै सरोकार वाला समक्ष अध्यक्ष कृष्ण सापकोटा द्वारा उपस्थितिको निम्ति अपिल समेत गरेका छन ।
कार्यक्रमलाई मल्टी ड़ाइनामिक रियल स्टेट, टिलीचो कन्सलटिंग ग्रुप, ओली एंड एसोसीएट्स, वुईस रियल स्टेट र अजी फाइनान्स एंड होम लोनले प्रायोजन गरेको छ ।
यस अघी मंच ले नेपालमा कोभिड महामारीको समयमा अक्सिजन उत्पादन गर्ने मेशिन हस्तान्तरण, समुदाय बिच बिभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरू संगको सहकार्यमा सचेतना मुलक सेसन हरू जस्ता बिभिन्न सामाजिक कार्यक्रमहरू सम्पन्न गरिसकेको छ । नेपाली समाज र नेपालीको निम्ति हरेक समय साथ र संगै रहेको मंचले आऊदो दिनहरूमा समेत बिध्यार्थी, युवा, व्यवसायी र नेपालीहरू बिच आवश्यकीय कार्यक्रमहरू लिएर आऊने समेत बताईएको छ ।

राष्ट्रिय युवा संघ नेपाल कास्कीले गर्यो अनाथको अभिभाबकत्व ग्रहण !!
पोखरा -१२/०३

राष्ट्रिय युवा संघ कास्कीद्वारा आयोजित फागु पुर्णिामा को अवसरमा कास्की जिल्ला आयोजक कमिटी गठन पशचात सुरुवाती कार्यक्रममा सृजना बिकास केन्द्रद्धारा संचालित सृजना बाल गृहमा रहेका बाबुनानीहरू संग होलि लगायत जिन्सी सहयोग कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा अध्यक्षता जिल्ला अध्यक्ष पान बहादुर जि सि रहेका थिए ।
विशेष अतिथिमा इन्द्र पौडेल (सृजना बिकास केन्द्र अध्यक्ष , प्रेस चौतारी गण्डकी अध्यक्ष ), बिकास अधिकारी (केन्द्रिय आयोजक कमिटी सदस्य), सुबास सापकाेटा ( गण्डकी प्रदेश सचिब ) , सरस्वती पुरी ( सह सचिब गण्डकी प्रदेश ), पुजा देवी शर्मा ( केन्द्रिय सदस्य ) रहनुभएको थियो ।
अतिथिमा, सुनिल खड्का (जिल्ला सदस्य), सन्जिब बराल( जिल्ला सदस्य), रहनु भएको थियो।
कार्यक्रमको भब्य सफलताको कामना सहित कार्य बेस्ताता को कारण गण्डकी प्रदेश अध्यक्ष महेन्द्र गुरुङ र कास्की जिल्ला इन्चार्ज हरि लम्साल ले फोन मार्फत कार्यक्रम को शुभकामना दिनुभएको थियोे ।
।
कार्यक्रममा सृजना बाल गृह अध्यक्ष ईन्द्र पौडेलले राष्ट्रिय युवा संघ कास्की प्रति हार्दिक आभार सहित खुशी व्यक्त गर्नुभएको थियो र आउदो दिन मा पनि येस्तो उल्लेखनीय कार्यक्रम गर्न आग्रह सहित कृतज्ञता ज्ञापन गर्नुभएको थियो ।

राष्ट्रिय युवा संघ नेपाल कास्कीको आयोजना मा आज सृजना बाल गृह का बालबालिका संग होलि मनाउदै बालबालिकालाइ अभिभावकको अपनत्व गराएको संघका अध्यक्ष पान बहादुर जि सि ले बताएका छन्।फाल्गुन ३० गतेको बृहत भेलाबाट चएन भएको राष्ट्रिय युवा संघ नेपाल कास्की को पहिलो कार्यक्रमनै सृजना बाल गृहलयका बालबालिकालाई फलफूल,पानी, जुस , टीसर्ट , प्रधान गरि होलि मनाउँदा अभिभावकत्व महसुस भएको बताए भने केन्द्रिय सदस्य बिकास अधिकारीद्वारा सम्पूर्ण भाइ बहिनिलाई कलम , कपि आदि शिक्षामा चहिने सामग्री किन्नको लागि नगद प्रधान गर्नुभएकाे थियो!
,


कार्यक्रम संचालक राष्ट्रिय युवा संघ कास्की जिल्ला सचिब नवराज के सि ले गर्नुभयो भने कार्यक्रम संयाेजक जिल्ला सदस्य सुनिल खड्का ले गर्नुभएको थियो।



पोखरा -२१, दम्सादी -मासपाटन टोलमा नेकपा एमालेको टोल कमिटी गठन ।
०३ चैत्र २०७८,पोखरा -२१
निर्मलपोखरी-कृस्तीनाच्नेचौर,दम्सादी -मासपाटन टोलमा नेकपा एमाले को टोल कमिटी गठन ।
४ गुणा बढी मतान्तर हुने नेकपा (एमाले ) को अपराजयी अभेध्य किल्ला पोखरा २१ को दम्सादी-मासपाटन टोलमा सु-सप्पन्न बृहत् भेलाले नेकपा (एमाले ) का स्थानीय युवा नेता क. भिमलाल आचार्य अध्यक्ष ,क. हुमनाथ आचार्य उपाध्यक्ष ,क.प्रकाश भण्डारी सचिव र उप सचिवद्वय क.पवित्रा भण्डारी र क. मनिष आचार्य रहेको २१ सदस्यीय टोल सङ्गठन कमिटी गठन गरेको छ।
नेकपा एमाले कास्की जिल्ला कमिटीका उपाध्यक्ष क. तेजनारायण अधिकारीले ब्यानरमा हस्ताक्षर गरी टोल भेलाको उद्घाटन गर्नुभयो। नेकपा एमाले ,कास्कीका उपाध्यक्ष क.तेजनारायण अधिकारीको प्रमुख आतिथ्यतामा भएको भेलाको सभापतित्व नेकपा एमाले पोखरा -२१ दम्सादी-मासपाटन टोल कमिटीका अध्यक्ष क.धर्म आचार्यले गरेको कार्यक्रमको संचालन पार्टी वडा कमिटीका सचिवालय सदस्य क. शालिक भण्डारीले र स्वागत वडा कमिटीका नेता एवं सचिवालय सदस्य कुलदीप आचार्यले गर्नुभएको थियो। नेकपा का संस्थापक महासचिव क. पुष्पलालका २०२३ सालदेखिका अनन्य बेपत्ता मित्र यमनाथ आचार्य ,नेकपा एमाले को तर्फबाट २०४९सालको स्थानीय निकाय निर्वाचनमा पार्टीको तर्फबाट निर्बाचित जनप्रतिनिधि क. कृष्ण प्रसाद आचार्य ,नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादका प्रणेता र आज फाल्गुन २१ झापा बिद्रोहको दर्वियानमा सहादत प्राप्त गर्नु भएका सहीदहरु लगायत ज्ञात् -अज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली सहित शुरु भएको कार्यक्रममा नेकपा एमाले कास्कीका उपाध्यक्ष क. तेजनारायण अधिकारीले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमाले ले ६७४३ वडा र ७५३ स्थानीय तहमा ६५ – ७० % स्थानमा बिजयी हासिल गर्ने कुरा ठोकुवा गर्नुभयो। पाच दलीय गठबन्धन मात्र हैन ,एमालेको विरुद्धमा एकाकार हुने सबै शक्तिहरु निर्वाचनको मैदानबाट तितरबितर हुने र नेकपा एमाले को बिजय यात्रालाई दुनियाँका कुनै प्रतिक्रियावादी ,दक्षिणपन्थी र उग्रवामपन्थीहरुले किन्चित रोक्न नसक्ने कुरामा जोड दिनुभयो। सो भेलामा एमाले कास्कीका युवा नेता क. झपट रानाभाटले सामाजिकआर्थिक परिवर्तन र जनताको मुक्तिकामी आन्दोलनलाई नेकपा एमालेले राजनीति मार्फत भौतिक र पूर्वाधारहरुको निर्माण अनि जनताको समृद्धि सित जोडेको कुरामा जोड दिनु हुँदै राष्ट्रियता,जनजीवीकाको ग्यारेन्टीलाई अलि नजिक तुल्याउदै सामाजिक परिवर्तन र बिभेदरहित समाज ब्यवस्था स्थापना गरी सुखी नेपाली र समृद्द नेपालको महान अभियानलाई मूर्त रुप दिन आगामी सबै तहका निर्वाचनमा नेकपा एमाले लाई बिगत झैं अमूल्य मत दिई बिजयी तुल्याउनुको कुनै बिकल्प छैन भन्दै काङ्ग्रेस ,माओबादी केन्द्र र केही अबैध रूपमा खोलिएकाभूरेटाकुरे पार्टीको औचित्यता र उपयोगिता पूरै समाप्त भैसकेकोले नेकपा एमालेलाई आगामी निर्वाचनमा जनसमुदायले पूर्ण रूपमा जिताई समृद्दिको यात्राको नेतृत्व गर्न दिने कुरामा पूरा बिश्वास व्यक्त गर्नुभयो । नेकपा एमाले पोखरा -२१ का अध्यक्ष क. राजेन्द्र बहादुर थापा , तत्कालीन पोखरा -२४ कृस्तीमा एमाले का पूर्व अध्यक्ष क. दिपक सुबेदी,एमाले पोखरा -२१ का उपाध्यक्ष क. खगराज न्यौपाने ,युवा नेता नगेन्द्र पोख्रेल , कमल गुरुङ्ग,सचिव क. रोशन भट्टराई , त्यस क्षेत्रका पाका नेताहरु रामजी भण्डारी , जीवनाथ पराजुली ,कृष्ण पराजुली तथा वडा कमिटीका भीमा सुवेदी सिग्देल ,बाबुराम पौडेल लगायतले पार्टीको आगामी कार्यभार ,स्थानीय तहको निर्वाचन र बिकास -निर्माणलाई पार्टीसित जोड्नुपर्ने कुरामा जोड दिनुभयो।
२१ सदस्यीय कमिटीको ७ सदस्यीय सल्लाहकार कमिटीमा कृष्णप्रसाद आचार्य ,खिमलाल पराजुली ,कृष्ण प्र. पराजुली ,रेवती आचार्य ,उमानाथ भण्डारी ,उमनाथ अधिकारी र चिरञ्जीवी भण्डारी रहनु भएको छ।
ताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा