नेकपा एमाले पोखरा- ६ को पाटि कार्यालय राजिब पाहारि द्वारा उदघाट्न सम्पन्न!
नेकपा एमाले पोखरा- ६ को पाटि कार्यालय राजिब पाहारि द्वारा उदघाट्न
नेपाल कम्यूनिष्ट पार्टी (एमाले) पोखरा माहानगर पालिका वडा नम्बर ६ को पाटि कार्यालय उद्घाटन गरिएको छ ।होलिको पर्ब अर्थात रंगहरुको पर्ब, खुसीको पर्बको दिनको अबसरमा कार्यक्रमको आयोजना गरि नेकपा एमाले केन्द्रिय सदस्य तथा कास्कि जिल्ला सहइन्चार्ज माननीय राजिब पाहरिले उद्घाटन गर्नु भएको हो ।
कार्यालयको उद्घाटन गर्दै पहारिले जनताको दुःख सुःखको पाटी भनेको नेकपा एमाले भएको भन्दै अब समस्याहरु भएमा यस कार्यालयमा आई राख्न सक्ने बताउनु भयो । उद्घाटन गर्नु मात्रै ठुलो कुरा नभई यसको संरक्षण गर्दै पार्टीलाई चलायमान बनाउनको लागि आग्रह गर्नु भयो । तत्कालीन एमाले नेतृत्वको सरकार हुदा यस पोखरा ६ बैदाम मा धेरै बिकास निर्माण काम सुरु भएको स्मरण गर्दै एमालेको समृद्ध नेपाल निर्माणको अभियानमा जोडिनेको संख्या समेत बढदै गएको बताउनु भयो।

नेकपा एमाले पोखरा माहानगरपालिका बडा ६ का अध्यक्ष बलराम पाहारिको सभाध्यक्षतामा भएको भेलामा नेकपा एमाले पोखरा माहानगरपालिकाका अध्यक्ष दिलिप न्यौपाने , जिल्ला कमिटी सदस्य प्रदेश कमिटी मंगल नेपालि कृष्ण न्यौपाने लगायतको आथित्यता रहेको थियो ।
UAE जाने नेपालीको न्युनतम पारिश्रमिक कति ?
खण्ड 62, नम्बर 32, नेपाल राजपत्र, भाग 5 मिति 2069/7/27 BS (2012-11-12)
नेपाल सरकार
श्रम तथा रोजगार मन्त्रालयको सूचना
नेपाल सरकारले वैदेशिक रोजगार ऐन २०६४ को दफा २३ ले दिएको अधिकारको प्रयोग गर्दै संयुक्त अरब इमिरेट्समा काम गर्न जाने कामदारको न्यूनतम पारिश्रमिक देहाय बमोजिम तोकिएको छ ।
सर्वसाधारणको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
1. अदक्ष कामदार:
न्यूनतम तलब
प्रति महिना न्यूनतम आठ सय संयुक्त अरब दिर्हाम।
भत्ता
U.A.E को श्रम कानून बमोजिम खाना, बास, चिकित्सा उपचार, दुर्घटना बीमा, कार्यस्थलमा जानको लागि यात्रा खर्च र फर्कने र रोजगारदाताले वहन गर्ने अन्य खर्चहरू।
टिप्पणी
प्रति महिना खाना भत्ताको लागि निःशुल्क खाना वा न्यूनतम तीन सय अरब इमिरेट्स दिर्हाम।
2. अर्ध-दक्ष कामदार:न्यूनतम तलब
एक हजार संयुक्त अरब दिर्हाम।
भत्ता
U.A.E को श्रम कानून बमोजिम खाना, बास, चिकित्सा उपचार, दुर्घटना बीमा, कार्यस्थलमा जानको लागि यात्रा खर्च र फर्कने र रोजगारदाताले वहन गर्ने अन्य खर्चहरू।
टिप्पणी
प्रति महिना खाना भत्ताको लागि निःशुल्क खाना वा न्यूनतम तीन सय अरब इमिरेट्स दिर्हाम।
3. दक्ष कामदार:
न्यूनतम तलब
कुशल एक हजार र दुई सय संयुक्त अरब दिर्हाम।
भत्ता
U.A.E को श्रम कानून बमोजिम खाना, बास, चिकित्सा उपचार, दुर्घटना बीमा, कार्यस्थलमा जानको लागि यात्रा खर्च र फर्कने र रोजगारदाताले वहन गर्ने अन्य खर्चहरू।
टिप्पणी
प्रति महिना खाना भत्ताको लागि निःशुल्क खाना वा न्यूनतम तीन सय अरब इमिरेट्स दिर्हाम।
4. उच्च-दक्ष:
न्यूनतम तलब
पाँच हजार संयुक्त अरब दिर्हाम।
भत्ता
U.A.E को श्रम कानून बमोजिम खाना, बास, चिकित्सा उपचार, दुर्घटना बीमा, कार्यस्थलमा जानको लागि यात्रा खर्च र फर्कने र रोजगारदाताले वहन गर्ने अन्य खर्चहरू।
टिप्पणी
प्रति महिना खाना भत्ताको लागि निःशुल्क खाना वा न्यूनतम पाँच सय अरब इमिरेट्स दिर्हाम।
कपिलवस्तु महोत्सव प्रवेशद्वारमा बुर्ज खलिफा!
महोत्सव प्रवेशद्वारमा बुर्ज खलिफा॥॥
यही चैत ३ गतेदेखि सुरु हुने १२औं कपिलवस्तु महोत्सवस्थलमा निर्माण गरिएको बुर्ज खलिफा आकारको प्रवेश द्वार । करिब ४५ फुट उचाइ रहेको यो प्रवेशद्वार निर्माण गर्न भारतको चेन्नईबाट कामदार आएका थिए प्रवेशद्वारले दुबईमा रहेको बुर्ज खलिफाको आकार लिएको आयोजकले जनाएको छ ।
साथै उत्त प्रवेश द्वार हेर्न कै निमती र सामाजिक सञ्जाल प्रयोगकत्ता हरु फोटो तथा भिडियो बानाउन आउने क्रम बढेको आयोजकले बताए।

आज बाट संसद् अधिवेशन अन्त्य!! (पत्र सहित )
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्का दुवै सदनको अधिवेशन अन्त्य गरेकी छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले मंगलबार राति १२ बजेदेखि लागु हुनेगरी प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेकी हुन् ।
मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो ।
यसैबीच, संघीय संसद्को सचिवालयले पनि सूचना जारी गरी राष्ट्रपति कार्यालयबाट संसद् अधिवेशन अन्त्य गरिएको जानकारी आएको बताएको छ ।
संघीय संसद्का महासचिव भरतराज गौतमले राष्ट्रियसभा र प्रतिनिधि सभाका सदस्यहरूको जानकारीका लागि सूचना जारी गरिएको बताएका छन् ।

राष्ट्रिय युवा संघ कास्कीको अधिवेशन आयोजक कमिटी अध्यक्षमा पान बहादुर जिसि चयन!!
नेकपा एमाले निकट युवा हरूको संगठन राष्ट्रिय युवा संघ कास्कीको अधिवेशन आयोजक कमिटीको अध्यक्षमा पान बहादुर जिसि चयन भएका छन ।

बृहत् कास्की ज़िल्ला युवा संघ भेलाले १०१ सदस्यीय आयोजक कमिटी निर्माण गरेको छ ।
भेलामा नेकपा एमाले पोलिटब्युरो सदस्य एवं युवा फाँट इंचार्ज महेश बस्नेत प्रमुख अतिथि रहेका थिए । त्यस्तै बिशेष अतिथिमा केन्द्रिय सदस्य एमाले, पुर्ब राष्ट्रिय युवा संघ अध्यक्ष एवम कास्की जिल्ला एमाले सह इन्चार्ज राजिब पाहारि, राष्ट्रिय युवा संघ नेपाल पुर्ब उपाध्यक्ष माधव बास्तोला, नेकपा एमाले केन्द्रीय सदस्य मीना कुमारि गुरुङ, गण्डकी प्रदेश सदस्य सुशिला पराजुलि, कास्की एमाले अध्यक्ष मन बहादुर गुरुङ , उपाध्यक्ष तेज नारायण अधिकारी, राष्ट्रिय युवा संघ गण्डकी प्रदेश इन्चार्ज सन्तोष रावल, राष्ट्रिय युवा संघ गण्डकी प्रदेश अध्यक्ष महेन्द्र गुरुङ, पोखरा महानगर सम्योजक शंकर भण्डारि, खेलकुद महासंघ कास्की अध्यक्ष दिपक गोदर, राष्ट्रिय युवा संघ केन्द्रिय आयोजक कमिटी सद्स्य बिकास अधिकारी, डिल्लीराम सुबेदि र राष्ट्रिय युवा संघ कास्की जिल्ला इन्चार्ज हरि लम्साल रहेका थिए ।

अतिथिहरुमा राष्ट्रिय युवा संघ गण्डकी प्रदेश सचिब सुवास सापकाेटा, उप सचिब सरस्वती पुरी, लक्ष्मी अधिकारी (पुर्ब केन्द्रिय सदस्य युवा संघ, राष्ट्रिय युवा संघ केन्द्रिय सदस्यहरु : बिष्णु सुबेदि, सुजा गुरुङ, पुजा देवी शर्मा, भुवन घिमिरे, आबिस्कार तिमिल्सिना, बिशाल जंग राना, सोवित परियार लगाएत बिभिन्न वडाका अध्यक्ष लगाएतको नेता हरु सहभागी रहेका थिए ।



उक्त कार्यक्रममा प्रेस चौतारी नेपालका नव निर्वाचित अध्यक्ष गणेश बस्नेतलाई प्रमुख अतिथिबाट बधाई सहित माया को चिनो प्रदान गरीएको थियो।

राष्ट्रिय युवा संघ नेपालका पुर्ब अध्यक्ष तथा नेकपा एमालेका केन्द्रिय सदस्य राजिब पहारिले युवा देशका आधारस्तम्भ भएको बताएका छन् । सम्मेलनमा पहारिले युवाहरु नवीन चेतना र विचारका सम्वाहक एवं परिवर्तनका अग्रगामी दस्ता भएको उल्लेख गरे । युवाहरुले नेपालको राजनीतिक परिवर्तनमा युवाहरुले निर्वाह गरेको भूमिका आफैँमा अद्वितीय रहेको भन्दै युवाहरुको सङ्घर्ष, त्याग र बलिदानकै जगमा लामो समयदेखि विद्यमान राजनीतिक संक्रमणकाल अन्त्य भई राष्ट्र समृद्धिको युगमा प्रवेश गरेको बताए । विगतमा राजनीतिक मुद्दाको उल्झनमा विकास र सम्बृद्धिको मुद्धा पछाडि परेको यथार्थ सबैमाझ छर्लङ्ग रहेको उनको भनाइ थियो । अब सबै युवा सुखि नेपाली समृद्ध नेपालको सपना पुरा गर्न लाग्नु पर्छ भने कुरा उल्लेख गरे ।

राष्ट्रिय युवा संघ गण्डकी प्रदेश अध्यक्ष महेन्द्र गुरुङले युवाहरुकाे हक अधिकार स्थापित का लागि निरन्तर अघि बढिरहेको छ र यसै सन्दर्भमा कास्की जिल्ला कमिटी ले स्थापन देखि निरन्तर रुपमा आफुलाइ अग्र मोर्चा का साथमा नेतृत्व गरीएको छ। अब कास्की जिल्लाको युवा आन्दोलन र पार्टीकाे सुदृढीकरण अभियानमा आफुलाई अब्बल रुपमा अगाडि बढाउने आशा व्यक्त गर्दै अब उप्रांत याे वा त्यो बाहाना मा संगठन काे गतिशीलतामा आँच आऊने गरी काम गर्न र काेशिस नहाेस् भन्ने बिचार समेत उल्लेख गरेका थिए।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथिले महेश बस्नेतले राष्ट्रिय युवा संघ नेपाल एक यस्तो संगठन हो जहां भोलीका दिनमा व्यावसायिक, सामाजिक जीवन हरेक किसिमको यात्रामा रहदा पनी बिगतमा म रास्ट्रिय युवा संघको सदस्य कार्यकर्ता भंदा गर्वले छाती फुलेर आउछ यो यस्तो बिरासत बोकेको युवा संगठन रहेको बताए साथै आजको नेपाली कांग्रेश हिजोको जस्तो युवा रहेन खुमचिसक्यो अब बुढो भयो त्यसैले नेकपा एमालेलाई पहिलो पार्टी बनाउनका निम्ति मुख्य कुरा युवा संघले महत्वपूर्ण भूमिका खेलनुपर्ने बताए संगै सम्पूर्ण निर्वाचित कमिटीलाई बधाई व्यक्त गरेका थिए ।

भेलामा करिब १००० बढि युवाहरुको उल्लेखनीय उपस्तिथिति रहेको कुरा राष्ट्रिय युवा संघ जिल्ला कमिटी इंचार्ज हरी लम्सालले बिश्वपाटिलाई बताएका छन ।
अष्ट्रेलियाको जीवन र करिअरबारे नेपाली युवा जमघट हुँदै ।
अष्ट्रेलियाको सिड्नीमा रहेको ओबन पार्कमा नयाँ तथा पुराना नेपाली विद्यार्थीहरूको जमघट हुने भएको छ। अष्ट्रेलियामा भरखर आएका विद्यार्थी तथा विद्यार्थीकाल सकेर करिअर बनाउँदै गरेकाहरू बीच अन्तर्क्रियात्मक जमघट हुन लागेको हो। अष्ट्रेलियाको नेपाली सामुदायिक मिडिया नेपाली पेज डटकम(https://nepalipage.com) र सिड्नीका नेपालीहरूको फेसबुक समुह ‘नेपलिज ईन सिड्नी’ (https://www.facebook.com/groups/NepaleseinSydney को आयोजनामा शुक्रबार हुने कार्यक्रमले सिड्नीमा रहेका युवा तथा विद्यार्थीहरूलाई अष्ट्रेलियाको जीवन, पढाई, काम, पैसा करिअर साथै व्यवसाय सुरू गर्ने सन्दर्भमा अनुभव साटासाटको अवसर दिने आयोजकले अपेक्षा गरेका छन्।
कार्यक्रम १८ मार्च शुक्रबार ओबनको फ्रेण्डसिप पार्कमा हुनेछ। कार्यक्रमका संयोजक धर्वेन्द्रप्रसाद यादवले सिड्नीमा भरखरै आएका विद्यार्थीहरूलाई सेटल भईसकेका तथा यहाँको विभिन्न क्षेत्रमा करिअरबनाएकाहरूको ‘मेन्टरिंग’ मिलोस् भनेर कार्यक्रम गर्न लागिएको बताउनुभयो। यादवका अनुसार अघिल्लो ओबन मिटअप चार-पाँच जना विद्यार्थीले अष्ट्रेलियामा राम्रो जागिर र व्यवसाय सुरू गर्नकालागी सहयोगी भएकाले ‘ओबन मिटअप’को दोश्रो संस्करण गर्न लागिएको हो। मिटअपले नयाँ आएका विद्यार्थीलाई कसरी कस्तो सेवा कहाँबाट लिने, कस्ता कलेज, कोर्ष पढ्ने देखी अष्ट्रेलियाको सामान्य दैनिकीका अनेकन पक्षका बारेमा जानकार गराउने छ। नेपालीपेजडटकमले सन् २०१४ देखी अष्ट्रेलियामा नेपाली समुदायलाई सुसूचित गर्दै विद्यार्थी तथा युवा हकहितको मुद्दा उठाउँदै आएको छ।
यसपालीको मिटअपलाई सिटी एक्सप्रेस, प्रिज्मस एजुकेशन कन्सल्टेन्सी र डेन्टेडकोडले प्रायोजन गरेका छन् भने विश्वपाटी मिडिया पार्टनर रहेको छ। व्यवसायिक भन्दा पनि युवालाई करिअर र नयाँ ठाउँको जीवनको बारेमा जानकारी गराउन, भेटघाटको अवसरको रूपमा कार्यक्रम गर्न लागरेको यादवले बताउनु भयो।
कार्यक्रम विवरण:
स्थान: ओबन पार्क Hutchinson St, Auburn NSW 2144
समय: १८ मार्च २०२२ शुक्रबार साँझ ४.३० बजे
देश के हो ?
देश के हो?
देश के हो?
भन्ने कुरा बुझ्न मलाइ
प्रदेश टेक्नु पर्यो
या भनु देश छोडनु पर्यो
भनिन्छ परवाट सबै थोक देखिन्छ ।
त्यसैले मैले जाने देखि मेरो देश
तराई
पहाड
हिमाल हो।
मैले बुझे देखी मेरो देश
पुर्बमा मेची हो
पश्चिममा माहाकाली हो
लुम्बिनी हो
पशुपति हो
स्वम्भु ,वौध्दनाथ र जनकपुर हो
मेरो देश
सगरमाथा,
धौलागिरी र
अन्नपूर्ण हो
त्यसगरि
वाग्मती,गण्डकी, सेती
र नारायणी हो।
मेरो देश
देउसी, भैलो,
देउडा,
र सोरठ्ठी हो
अनि
चार जात छतिस वर्ण हो
र त्यो भन्दा पनि
ती सबैको आपसी मेलमिलाप
र समधुर सम्बध हो।
तर खै
आज भोलि मेरो देश
आफ्नो परिचय बदल्न खोज्दै छ
देशबाट राज्य खोज्दै छ
पश्चिमका मगर,
पुर्वका राई, लिम्बू र किराँत
तराईका मधेसी र थारु
अनि
काठमाडौका नेवारलाइ देश होईन
मगरात,
लिम्बुवान,
मधेस,
थारुहट,
अनि नेवा
चाहिएको छ।
त्यसैले मेरो देशमा धेरै रगत बगिसक्यो
र बग्दै छ
अनि लाखौं युवालाई
बेच्यो ,बेच्दैछ र बेचिनेछन
भारु,
डलर,
दिराम,
र
रिङेटमा।
र
आज भोलि देश मेरो होइन
बुढा बा आमा र केटाकेटीको भएको छ।
सुन्दै छु मेरो देश
मठ मन्दिर, गुम्बा र चत्य भन्दा
बढी गिरिजाघरले भरिएको छ।
र
आज भोलि यो मरभुमिको काल्लामा अडेस लागेर
समुद्रको नुनिलो पानी पिउदै
समाचार पढ्दै छु कि बागमतिमा
गगाजल होइन
होलि वाइन
बालात्कृत छोरिको रगत र जातकै आधारमा मारिएको एउटा युवाको रगत बगेको छ रे।
खै कसरी भनु या भन्न सक्छु र
म जस्तो एउटा परिस्थितिमा बेचिएको मान्छेले
यति पर वाट
मेरो देश बद्लिरहदा
मुटु
कुडिन्छ
दुख्छ र टुक्रिन्छ
त्यसैले म यहिबाट दुई हातजोडेर
माग्छु
बिन्ती मेरो देशलाई
पहिलेको लयमा
फर्काइदेउ।।।।
साहित्यकारः रमेश अधिकरी ( लतामस)
एमालेको २२ औं जनवर्गीय संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ पोखरा-२१ मा ध्रुबराज ।
३० फाल्गुण २०७८,पोखरा -२१
पोखरा -२१ मा नेपाल कम्युनिष्ट पार्टी एमालेको २२ औं जनवर्गीय संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ कमरेड ध्रुबराज पाेख्रेलकाे अध्यक्षतामा ४५ सदस्यीय कमिटी गठन गरी सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा (एमाले) केन्द्रीय सदस्य एवं कास्की जिल्ला ईन्चार्ज क. भिम कार्कीले ब्यानरमा हस्ताक्षर गरी उद्घाटन गर्नुभयो। उद्घाटन मन्तव्य व्यक्त गर्दै इन्चार्ज कार्कीले नेकपा एमाले का प्रत्येक सदस्य ,शुभचिन्तक र कार्यकर्ता बैचारिक रुपले स्पातिलो हुँदै उत्पादन सङ्ग जोडिएर राष्ट्रिय पूजी निर्माणमा लाग्दा देशमा ब्याप्त बेरोजगारी कम भई आत्मनिर्भर हुने कुरामा जोड दिनुभयो।
कार्यक्रमका बिशेष अतिथि एमाले प्रदेश कमिटीका उप सचिब क. रश्मि आचार्यले जमिनको अवस्था ,हावापानी र माटोको स्थितिका आधारमा कृषिमा व्यापक आधुनिकीकरण गर्नु पर्ने,प्रत्येक देशभक्त -स्वाभिमानी नागरिकले उपरिसमर्चनाको रूपमा रहेको पूजी निर्माण गर्न प्रयत्नशील ,कर्मशील,मेहनती भई अगाडि बढ्दै हरेक दिन परिश्रम गर्दै गएमा सुखी नेपाली र समृद्द नेपालको महा अभियान छिट्टै सफल हुने कुरा प्रष्ट पार्नुभयो।
त्यस्तै कास्की ज़िल्ला कमिटीका प्रभावशाली नेता एवं अखिल कास्कीका पूर्व सफल अध्यक्ष झपट रानाभाटले “मुलुक को बृहत्तर हित र बिकासको निम्ति सधै नेकपा एमाले नै अग्र मोर्चामा रहेको र हरेक खालका मानिसहरू व्यवसाय, युवा-बिद्यार्थी, मजदुर सबैको मनोभावना समेटन सक्ने अनी जनजनमा बस्न सफल मन मनमा बस्न सफल पार्टी नेकपा एमाले रहेको र निर्वाचित सम्पूर्ण प्रति बधाई सहित कार्यकालको शुभकामना सहित जिल्ला कमिटी कास्की साथमा रहेको बताए संगै आगामी निर्वाचनमा एमाले लाई पहिलो पार्टी बनाउन तपाई हामी सबै लाग्नुपर्ने बताए ।”
प्रदेश सदस्य क. संजिब ब काेईराला, प्रदेश सदस्य क. केशव आचार्य ,नेकपा एमाले का प्रभावशाली युवा नेता झपट रानाभाट , जिल्ला कमिटी सदस्य एवं महासंघका केन्द्रीय सदस्य दामु अधिकारी, जिल्ला कमिटी सदस्य एवं पोखरा २१ का ईन्चार्ज अर्जुन गिरी , जिल्ला कमिटी सदस्य एवं पोखरा २१ का वडाअध्यक्ष खगराज आचार्य , जिल्ला कमिटी सदस्य कमरेड सीता बिक , महानगर कमिटी सदस्य एवं महासंघ केन्द्रीय सदस्य चिरन्जिवी पोखरेल , महानगर कमिटी सचिवालय सदस्य अम्बिका थापा, महानगर कमिटि सदस्य एवं पोखरा २१ का ईन्चार्ज कमरेड कृष्ण थापा, सदस्य सरस्वती हमाल लगायतले सम्पूर्ण उद्दमी ब्यवसायीहरुलाई पार्टीले लिएको कार्यदिशा अनुसार अगाडि बढ्दै आगामी स्थानीय तहको निर्वाचनमा कास्की र पोखरा मा नेकपा एमाले को सुनिश्चित बिजय यात्राको सबैभन्दा पहिलो शुरुवात बिगत झैं पोखरा -२१ बाट भारी मत अन्तरले हुने कुरामा ठोकुवा गर्दै त्यो अभियानमा लाग्न दिशानिर्देश गर्नुभयो।
सो कार्यक्रममा बन्द सत्रको अध्यक्ष मन्डलको अध्यक्षता वडा कमिटी अध्यक्ष कमरेड राजेन्द्र थापाले गर्नुभएको थियो। उक्त कार्क्रमकाे अध्यक्षता महासंध महानगर कमिटी अध्यक्ष हरि भुजेलले गर्नु भएकाे थियो भने कार्यक्रममा स्वागत वडा कमिटी उपाध्यक्ष खगराज न्यौपानेले गरेको कार्यक्रमको संचालन महासंघका महानगर कमिटी सचिव हेमराज भण्डारीले गर्नुभएको थियो।
कुनै राजनीतिक पूर्वाग्रह, नियत र उद्देश्य नराखिएको: गायक प्रकाश सपुत ।
प्रकाश सपुत द्वारा रचित पिर नामक गीत बिवाद भई माओबादी केन्द्र पार्टीका नेताहरूले हटाऊन चेतावनी दीए संगै प्रकाश सपुत द्वारा आम श्रोता अनी दर्शक माझ आफ़ुले व्यवस्था परिवर्तन भए पनी अवस्था चाही ऊहि नै भएको बताए । उनी आफ्नो सामाजिक संजाल फ़ेसबुक मार्फत लेख्छन ।
नमस्कार !
‘पिर’ प्रतिको शुभेच्छाका लागि तपाईंहरु सबैलाई धेरै-धेरै धन्यबाद ! सवैको अपेक्षा अनुसारको सिर्जना गर्न सम्भव नहुँदो रहेछ। सधैं कसैको मन नबिझाइ सवैको मुटुमा बस्ने सर्जकको चाहना पूरा नहुने रहेछ। त्यसैले मेरो नयाँ गीत ‘पिर’का कारण केही दर्शकस्रोतालाई मर्का परेको मैले महशुस गरेको छु !
गीतले भन्ने चाहेको कुरा यहाँलाई अवगत भइसकेको छ। एउटा सर्जक भएका नाताले आफ्नो सिर्जनालाई लिएर गरिएका अपेक्षा र टिप्पणीहरुको उपेक्षा गर्न हुन्न भन्ने मलाई महशुस भएको छ। मैले सवै खालका प्रतिक्रिया र टिप्पणी हेरिरहेको छु। यतिबेला आफ्नै सिर्जना तपाईंहरुका नजरबाट नियालिरहेको छु। मैले गल्ती गरेको हो कि ? तपाईंहरु (केही)ले गलत बुझ्नुभएको हो, समिक्षा गर्दैछु।
‘पिर’बाट मैले युद्धकै जग/ बलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको हो । समानताको लागि एकसाथ लडेका कमरेडहरु बिचमा बढ्दै गएको असमान दूरी देखाउन खोजेको हो । एक आमनागरिकले राज्यसँग गरेको अपेक्षा र पाएको उपेक्षालाई चित्रण गर्ने कोशिस गरेको हो । मलाई लागेको – यत्तिको विषय त हामीले टेलिभिजन कार्यक्रमहरुमा हेर्दै आएको होइन र? पत्रपत्रिकाहरुमा त्यसबारे लेखिदै / पढिँदै आएको होइन र? छर्लङ्गै देखिएको विषय होइन र ? स्वीकारिएको विषय होइन र?
जसरी यसअघिका गीतहरु ‘बोल माया’, ‘दोहोरी ब्याटल’, ‘गल्बन्दी’, ‘बदला बरिलै’, ‘फुटेका चुरा’ , ‘मेरो पनि हैन र यो देश’ , ‘कुरा बुझ्न पर्छ ‘ गीतहरुमा कथा बुन्थें, पात्र बनाउथें , टुक्का टिप्थे, लय हाल्थे र रेकर्ड / छायाङकन गर्थें । यसमा पनि त्यही प्रक्रिया छ ।
गीतको पृष्ठभूमिका बारेमा केही अवगत गराउन चाहन्छु। ६ वर्ष अगाडि करिब ४ वर्ष दोहोरी साँझमा काम गर्दा गाउने/बजाउने/ पकाउने/ पस्कने मध्यका थुप्रै सहकर्मीहरु पुर्व लडाकु थिए। उनीहरु चरम निराशाबादी कुरा गर्थे। त्यो समयमा नै मैले यो विषय डायरीमा नोट गरेको थिएँ। संयोगले अहिले निस्क्यो। यसबाहेक कुनै राजनीतिक पूर्वाग्रह, नियत र उद्देश्य नराखिएको स्पस्ट पार्न चाहन्छु। प्रतीकात्मक रुपमा दृष्यहरु निर्माण गरेर बनाएको एउटा कमरेडको कथा हो ‘पिर’। यो बिचमा मैले यस्ता पात्रहरुको अवस्था, स्वभाव, सोचको अध्ययन गरें। केही पात्रहरुसँग भेटेर कुराकानी पनि गरें। केहि पात्रहरु पढें । आम मानिसका भोगाई र संवेदनाहरु बुने र भिडियो बनाएँ। मेरो पेशा र पहिचान यहि हो।
एउटै गीतमा सबै दृष्टिकोण अटाउन सकिदैन। पूरै बुझाइ आउँदैन। त्यसैले अर्को गीतमा अर्को कथा भन्नु त छँदैछ, त्यसमा अर्कै दृष्टिकोण समेटौला। अहिले अलि धेरै कोट्याएर हेरिएको एउटा दृष्य छ, त्यो आत्मसम्मानसँग जोडिएको प्रतीकात्मक दृष्य हो । प्रतिकात्मक रुपमा राखिएका यस्ता दृष्यहरुले कसैको आत्मसम्मानमा असर पुग्न गएको छ भने म फेरि आत्मालोचना गर्छु । यद्यपि मैले भिडियोको सुरुमा यो कुरा लेखेको पनि छु। माफि मागेको छु । अब यस्ता पात्रहरु छन् वा छैनन् भन्नेतर्फ नजाउँ । त्यसो हो भने मुना / मदन छन् कि छैनन्? सुम्निमा र सोमदत्त खोज्न कहाँ जाने ? सुयोगबिर र सकम्बरी कहाँ होलान ? कहाँ होला घु्म्ने मेच माथि बसेको अन्धो मान्छे ? खैर, भिडियोलाई फेरि एकपटक अ़क्षरस हेर्ने हो भने व्यवस्था परिवर्तनमा माओवादी युद्ध र आन्दोलनलाई कहीँनेर पनि गलत अर्थ्याइएको छैन। बरु भएभरका परिवर्तनको जस दिइएको छ । भिडियोमा देखिएका पात्रहरु जस्तैको बलिदानीले पाएको यो नयाँ व्यवस्थामा मैले यति धेरै फाइदा उठाएको छु भने उनीहरुको अवस्थाको गीत किन नगाउने भन्ने हो। अब भिडियो नै हटाउँदा पो युध्द / आन्दोलन / गणतन्त्र / स्वतन्त्रताको अपमान हुने हो कि? म अत्यन्त अन्तरमुखि र शान्त मनुवा हुँ । म सर्जक हुँ, सिर्जना नै मेरो बिचार हो ! आवाज हो । विवाद मेरो स्वभाव र ल्याकतको कुरा होईन ! मैले कसैसँग पनि यो विषयमा सहयोग/ सल्लाह लिएको छैन ! त्यसैले सिर्जना र स्वतन्त्रताको कुरा त गरौं तर यसलाई राजनीतिकरण नगर्न सबैसँग अनुरोध गर्दछु ! मैले आफ्नो स्वतन्त्रताको आनन्द लिइरहेको छु ! मेरो विनम्र अनुरोध मलाई कुनै कित्तामा नउभ्याइदिनु होला ! कुनै विषय जब विवादित बन्छ, त्यो बनेको बन्यै गर्छ । पक्ष /विपक्षमा एकोहोरो भइन्छ ! नेपाली सोसियल मिडियामा यो गलत नजिर स्थापित भएको छ ! विवादले मानसिक तनाव त दिन्छ नै विषयान्तर पनि गर्छ। गीत र भिडियोको भाषा, शैली, प्रस्तुतिलाई कलाका दृष्टिबाट, विचारका दृष्टिबाट हेरौं, समिक्षा गरौ ! तर गीतले उठाउन खोजेको मुख्य विषयहरुलाई एकपटक इमान्दार भएर विचार गरौं। समग्र विषय त सत्य हो भन्दै नेतृत्व पंक्तिले स्विकारिसक्नु भएको छ ! त्यसलाई सम्बोधन गर्नेतर्फ केही कदम उठाइयो भने मेरो सिर्जनाले सार्थकता पाउने थियो। भिडियो हेरिरहँदा जुन–जुन दृष्यले सन्बन्धित साथीहरुलाई आत्मसम्मानमा चोट पुगेको छ, त्यस प्रति म फेरी पनि क्षमा चाहन्छु ! यसलाई कलाको दुष्टिकोणले हेर्न आग्रह गर्न चाहन्छु ! कसैले नियतवस उक्साएर वा कसैले निरन्तर निरुत्साहित गरेर एउटा सर्जकलाई दुविधामा नपारौ ! न अल्झाउँ ! किनकि समाजमा टिप्नुपर्ने कैयौं कथा छन ! गाउनुपर्ने कयौं, गित छन् ! र तपाईंले नै लडेर ल्याएको नयाँ व्यवस्थामा पनि सोध्नुपर्ने कैयौं प्रश्नहरु छन्। प्रश्नहरुलाई निरुत्साहित नगरिदिनुहोस्।धन्यवाद
प्रकाश सपुत ।
२०७८ फागुन ३०
Looking for regional area to get PR? Designated regional area and their postcodes.
| State or Territory | Category | Postcodes |
|---|---|---|
| New South Wales | Cities and major regional centres | 2259, 2264 to 2308, 2500 to 2526, 2528 to 2535 and 2574 |
| Regional centres and other regional areas | 2250 to 2258, 2260 to 2263, 2311 to 2490, 2527, 2536 to 2551, 2575 to 2739, 2753 to 2754, 2756 to 2758 and 2773 to 2898 | |
| Victoria | Cities and major regional centres | 3211 to 3232, 3235, 3240, 3328, 3330 to 3333, 3340 and 3342 |
| Regional centres and other regional areas | 3097 to 3099, 3139, 3233 to 3234, 3236 to 3239, 3241 to 3325, 3329, 3334, 3341, 3345 to 3424, 3430 to 3799, 3809 to 3909, 3912 to 3971 and 3978 to 3996 | |
| Queensland | Cities and major regional centres | 4207 to 4275, 4517 to 4519, 4550 to 4551, 4553 to 4562, 4564 to 4569 and 4571 to 4575 |
| Regional centres and other regional areas | 4124 to 4125, 4133, 4183 to 4184, 4280 to 4287, 4306 to 4498, 4507, 4552, 4563, 4570 and 4580 to 4895 | |
| Western Australia | Cities and major regional centres | 6000 to 6038, 6050 to 6083, 6090 to 6182, 6208 to 6211, 6214 and 6556 to 6558 |
| Regional centres and other regional areas | All postcodes in Western Australia not mentioned in ‘Cities and major regional centres’ category above | |
| South Australia | Cities and major regional centres | 5000 to 5171, 5173 to 5174, 5231 to 5235, 5240 to 5252, 5351 and 5950 to 5960 |
| Regional centres and other regional areas | All postcodes in South Australia not mentioned in ‘Cities and major regional centres’ category above | |
| Tasmania | Cities and major regional centres | 7000, 7004 to 7026, 7030 to 7109, 7140 to 7151 and 7170 to 7177 |
| Regional centres and other regional areas | All postcodes in Tasmania not mentioned in ‘Cities and major regional centres’ category above | |
| Australian Capital Territory | Cities and major regional centres | All postcodes in the Australian Capital Territory |
| Regional centres and other regional areas | None | |
| Northern Territory | Cities and major regional centres | None |
| Regional centres and other regional areas | All postcodes in the Northern Territory | |
| Norfolk Island | Cities and major regional centres | None |
| Regional centres and other regional areas | All postcodes in Norfolk Island | |
| Other Territories | Cities and major regional centres | None |
| Regional centres and other regional areas | All postcodes in a Territory other than the Australian Capital Territory, the Northern Territory or Norfolk Island |
ताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा