२०८३ असार १० बुधबार

पिता नभएकालाई सोध, बुबाको महत्त्व के हो ? छोरा ✍️Sunil Khadka

पिता नभएकालाई सोध, बुबाको महत्त्व के हो ?

छोरा ✍️Sunil Khadka

‘बुबा’ यत्ति सम्बोधनले तपाईंको मानसपटलमा कस्तो आभास हुन्छ ? तपाईंले भन्ने उत्तर, ‘मेरो आदर्श’, ‘मेरो पथप्रदर्शक’, ‘मेरो प्रगतिको कारक’, ‘मेरो हौसलाको स्रोत’, ‘मेरो असल साथी’…यस्तै यस्तै धेरै । तपाईंले अहिले सिक्नु भएको सबै श्रेय आफ्नो बुबालाई नै जान्छ । आमाको ममताबाट हुकिर्ने बालक बुबा संर्घष हेर्दै अघि बढ्छ । त्यसैले त बुबाको अर्थ यो ‘ब्रम्हाण्ड’भन्दा व्यापक छ ।
सामाजिक सञ्जालमा भेटिने प्रेरक कुरा मध्ये एक यस्तो प्रेरक कुरा भेटियो जसले सबैलाई एक पटक अड्याएर सोच्न बाध्य बनाउँछ । त्यहाँ भनिएको थियो, ‘बुवाको महत्त्व बुझ्नु छ भने, बुवा नभएकाहरुलाई सोध।’
हुनपनि मातापिताको जस्तो निस्वार्थ प्रेम कसैबाट प्राप्त हुन्न् । आर्थिक रुपले सम्पन्न र पैसाले नै सबथोक खरिद गर्छु भन्ने घमण्ड राख्नेले पनि अन्त्यमा भन्ने गर्दन्, ‘मैले कमाएको पैसाले सबै थोक किने तर, मेरो जन्मदिने बुबाआमा कतैं पाइँन ।’
एक सन्तानका लागि, आमाबुवाको भुमिका समान हुन्छ। ममतामा बाँधिएका हामीले आमालाई भन्दा कम प्राथमिकतामा राखेको हो कि भन्ने भान पनि हुनेगर्छ ।

नेपाली संस्कारमा, कथा, कविता वा फिल्ममा आमाको ममता झल्काउँदै बाबुलाई कठोर र प्रगतिको बाधक देखाइएका घटना पनि धेरै छन् । तर, तपाईले आफैं महशुस गर्नुहोस् तपाईले पाएको माया, ममता र स्नेहमा बुबाआमालाई फरक देख्नुहुन्छ ? पटक्कै यो हुँदैन पनि । आमाले ९ महिना गर्भमा बोकेको बच्चाको भविष्य निर्माण गर्न बुबाले प्रत्येक पल नयाँ नयाँ कल्पना गरेको हुन्छ ।
समाजिक रुपमा पिता सन्तानको सुरक्षा, सहायता, र जिम्मेदारी निभाउने ब्यक्तिको रुपमा परीचित छन् । सन्तान उत्पादन हुन नारीको अतिरिक्त जुन पुरुषको सहयोग हुन्छ, उनैलाई पिता भनिन्छ । वैज्ञानिक दृष्टिमा नारीको कोखमा विर्य दिने ब्यक्ति नै पिता हुन् । अधिकाशंलाई थाहा छ, कुनै पनि सन्तानको लिंग निर्धारणमा उसको पितामा निर्भर रहन्छ । तर पिता जैविक रुपमा मात्र नभई पालनहारका रुपमा स्थापित छन् ।
संस्कृत शब्द ‘पितृ’बाट बनेको पिताको रुप एक शब्द अनेक छन् । बुवा, बा, बापु, बाप, वालिद, बाबा, अब्बा, पापा, ड्याडि, फादर पिता आदी शब्दबाट पुकारिन्छ । पिताबाटै हरेक ब्यक्तिको नाम र पहिचान पुर्ण हुन्छ । पिता ती अनमोल रत्न हुन् जसको आर्शिवाद विश्वको सबैभन्दा ठुलो सफलता प्राप्त गर्ने आधार बन्छ ।
दुनियाँका सबै बैंक खाली भएपनि सन्तानका लागि पिताको गोजी सँधै भरी हुने मान्यता राखिन्छ । जहाँ आवश्यकता भन्दा पहिले इच्छापुर्ति गर्ने क्ष्ँमता हुन्छ । एक सन्तानको जीवनमा पिताको स्थान सबैभन्दा महत्वपूर्ण र शीर्ष स्थानमा हुन्छ । आर्दश सन्तान बनाउने पिताको संघर्ष एक विशाल तपस्या हो । सन्तानको पालनपोषण नैतिक मूल्य, मान्यता, अनुशासन, शिष्टाचार र संस्कार सिकाउने प्रथम गुरु नै पिता हो । अधिकांश धार्मिक शास्त्रमा पितालाई उच्चस्थानमा राखी व्याख्या गरिएको हुन्छ ।

बुबाले कठोर बन्नुको बाध्यता
यतिखेर एउटा सानो उदाहरण उपयुक्त होला । भर्खरै पिता बनेका एक मित्र आफ्नो सन्तान बिरामी भएपछि अस्पताल लिएर । चेकजाँचका क्रममा डाक्टर बच्चाबाट परीक्षणका लागि रगत निकाले बच्चासँगै आमा पनि डाको छोडेर रोए । तर त्यहीँ रहेको बाबु भने अवरुद्ध भएको गला सम्हाल्दै, आँखाको डिलमा छचल्किएको आँसु थाम्दै दुवैलाई सम्हाल्न थाले ।
उनी बाहिर आएर भने, ‘बच्चो रोएको देखेर भक्कानिँए । तर, उसकी आमालाई थाम्न गाह्रो होला भनेर कठोर बने।’ यो आम बाबुको बाध्यता हो । जसले आफ्नो सन्तानलाई सिकाउन, व्यवहारिक बनाउन, अनुशासनमा राख्न कोमल मनलाई कठोर देखाएर अभिनय गरिरहेको हुन्छ ।
सन्तानका खुसिमा सामेल बुवा हाँसेको नदेखिएला तर उनले हास्न दिएको स्वतन्त्रताको मोल सन्तानले बुझ्न सक्नुपर्छ । सन्तानको दुःख बुझ्ने बुवाले सन्तानको सुख कसरी नबुझ्लान् ।

बुबाको उत्तराधिकारी सन्तान

नेपाली कानून अनुसार बुवाको मृत्युपछि बिना कुनै झन्जटिलो प्रकृया छैन । सन्तानलाई स्वतः पैत्रिक सम्पति दिने प्रावधान छ । वारिसका आधारमा कुनै व्यक्तिको पैतृक सम्पत्ति आफ्नो हिस्सामा पार्न कानूनी अधिकार छ ।
बुबाआमाबाट अधिकार लिन शक्तिशाली बनेका सन्तान भने पछिल्लो समय आफ्नो ज्यान जोखिममा राखेर हुकाउने, बढाउने मातापिताप्रति नै अनुदार बन्दै गएका छन् । पितासंग सौहार्दपूर्ण वातावरण बनाउन नसक्दा मातापिताका अप्ठेरा, दुःख र पीडामा सन्तानले मल्हम लगाउन सकेका छैनन् । सानामा सन्तानको खुट्टामा ठेस लाग्दा मुटु चसक्क भएको महशुस गर्ने पिता आज सन्तानको हेय भाव खप्न बाध्य छन् ।
पछिल्लो समय भावनात्मक सम्बन्ध पनि देखावटी बन्न थालेको छ । सामाजिक सञ्जालको लतमा फसेका सन्तान बुबाआमाको सम्मान भन्दापनि सामाजिक सञ्जालमा धेरै लाइक, कमेन्ट र इन्गेज्मेन्टको अपेक्षासहित प्रतिस्पर्धामा उत्रनका लागि मात्र सम्मान गर्ने गर्दछन् ।
आदर्श सन्तानका लागि बुबाको मुखहेर्ने दिनमात्र होइन । प्रत्येक दिन बुबाको सम्मानका लागि हुनुपर्छ । चार्डको विशेष महत्व त होला तर, भावना चार्डको दिन एक र अरु ३६४ दिन फरक हुनु हुँदैन ।
तपाईं आफैं कल्पना गर्नुहोस त, बुबाले सन्तानका लागि गरेको त्याग, तपस्या र संर्घष एक दिनको सम्मान र एक सेल्फीले पूरा होला ? बुबालाई खुसी बनाउन धेरै गर्नै पर्दैन । थोरै बेर सँगै बसेर कुरा गर्नुहोस्, हालखबर सोध्नुहोस, दुःखसुखको कुरा गर्नुहोस् । यो भन्दा ठूलो सम्मान उहाँका लागि केही हुने छैन । कहिकतै पिताको मन दुखाउनु भएको छ भने पनि तपाईको सामिप्यता र सौहाद्रपुर्ण सम्बन्धले तपाईहरुबीचको तित्तता हराएर जान्छ ।
त्यसैले भगवान रुपि मातापिताको मन नदुखाउनुहोस् । गल्ति भए क्षमा माग्नुहोस् । सेवा गर्नुहोस् । खुशी दिनुहोस् । तब मात्र तपाई आफ्नो अस्तित्व प्राप्तिमा सफल हुनुहुनेछ ।

‘बुबा’ यत्ति सम्बोधनले तपाईंको मानसपटलमा कस्तो आभास हुन्छ ? तपाईंले भन्ने उत्तर, ‘मेरो आदर्श’, ‘मेरो पथप्रदर्शक’, ‘मेरो प्रगतिको कारक’, ‘मेरो हौसलाको स्रोत’, ‘मेरो असल साथी’…यस्तै यस्तै धेरै । तपाईंले अहिले सिक्नु भएको सबै श्रेय आफ्नो बुबालाई नै जान्छ । आमाको ममताबाट हुकिर्ने बालक बुबा संर्घष हेर्दै अघि बढ्छ । त्यसैले त बुबाको अर्थ यो ‘ब्रम्हाण्ड’भन्दा व्यापक छ ।
सामाजिक सञ्जालमा भेटिने प्रेरक कुरा मध्ये एक यस्तो प्रेरक कुरा भेटियो जसले सबैलाई एक पटक अड्याएर सोच्न बाध्य बनाउँछ । त्यहाँ भनिएको थियो, ‘बुवाको महत्त्व बुझ्नु छ भने, बुवा नभएकाहरुलाई सोध।’
‘बुबा’ यत्ति सम्बोधनले तपाईंको मानसपटलमा कस्तो आभास हुन्छ ? तपाईंले भन्ने उत्तर, ‘मेरो आदर्श’, ‘मेरो पथप्रदर्शक’, ‘मेरो प्रगतिको कारक’, ‘मेरो हौसलाको स्रोत’, ‘मेरो असल साथी’…यस्तै यस्तै धेरै । तपाईंले अहिले सिक्नु भएको सबै श्रेय आफ्नो बुबालाई नै जान्छ । आमाको ममताबाट हुकिर्ने बालक बुबा संर्घष हेर्दै अघि बढ्छ । त्यसैले त बुबाको अर्थ यो ‘ब्रम्हाण्ड’भन्दा व्यापक छ ।
सामाजिक सञ्जालमा भेटिने प्रेरक कुरा मध्ये एक यस्तो प्रेरक कुरा भेटियो जसले सबैलाई एक पटक अड्याएर सोच्न बाध्य बनाउँछ । त्यहाँ भनिएको थियो, ‘बुवाको महत्त्व बुझ्नु छ भने, बुवा नभएकाहरुलाई सोध।’
हुनपनि मातापिताको जस्तो निस्वार्थ प्रेम कसैबाट प्राप्त हुन्न् । आर्थिक रुपले सम्पन्न र पैसाले नै सबथोक खरिद गर्छु भन्ने घमण्ड राख्नेले पनि अन्त्यमा भन्ने गर्दन्, ‘मैले कमाएको पैसाले सबै थोक किने तर, मेरो जन्मदिने बुबाआमा कतैं पाइँन ।’
एक सन्तानका लागि, आमाबुवाको भुमिका समान हुन्छ। ममतामा बाँधिएका हामीले आमालाई भन्दा कम प्राथमिकतामा राखेको हो कि भन्ने भान पनि हुनेगर्छ ।
नेपाली संस्कारमा, कथा, कविता वा फिल्ममा आमाको ममता झल्काउँदै बाबुलाई कठोर र प्रगतिको बाधक देखाइएका घटना पनि धेरै छन् । तर, तपाईले आफैं महशुस गर्नुहोस् तपाईले पाएको माया, ममता र स्नेहमा बुबाआमालाई फरक देख्नुहुन्छ ? पटक्कै यो हुँदैन पनि । आमाले ९ महिना गर्भमा बोकेको बच्चाको भविष्य निर्माण गर्न बुबाले प्रत्येक पल नयाँ नयाँ कल्पना गरेको हुन्छ ।
समाजिक रुपमा पिता सन्तानको सुरक्षा, सहायता, र जिम्मेदारी निभाउने ब्यक्तिको रुपमा परीचित छन् । सन्तान उत्पादन हुन नारीको अतिरिक्त जुन पुरुषको सहयोग हुन्छ, उनैलाई पिता भनिन्छ । वैज्ञानिक दृष्टिमा नारीको कोखमा विर्य दिने ब्यक्ति नै पिता हुन् । अधिकाशंलाई थाहा छ, कुनै पनि सन्तानको लिंग निर्धारणमा उसको पितामा निर्भर रहन्छ । तर पिता जैविक रुपमा मात्र नभई पालनहारका रुपमा स्थापित छन् ।
संस्कृत शब्द ‘पितृ’बाट बनेको पिताको रुप एक शब्द अनेक छन् । बुवा, बा, बापु, बाप, वालिद, बाबा, अब्बा, पापा, ड्याडि, फादर पिता आदी शब्दबाट पुकारिन्छ । पिताबाटै हरेक ब्यक्तिको नाम र पहिचान पुर्ण हुन्छ । पिता ती अनमोल रत्न हुन् जसको आर्शिवाद विश्वको सबैभन्दा ठुलो सफलता प्राप्त गर्ने आधार बन्छ ।
दुनियाँका सबै बैंक खाली भएपनि सन्तानका लागि पिताको गोजी सँधै भरी हुने मान्यता राखिन्छ । जहाँ आवश्यकता भन्दा पहिले इच्छापुर्ति गर्ने क्ष्ँमता हुन्छ । एक सन्तानको जीवनमा पिताको स्थान सबैभन्दा महत्वपूर्ण र शीर्ष स्थानमा हुन्छ । आर्दश सन्तान बनाउने पिताको संघर्ष एक विशाल तपस्या हो । सन्तानको पालनपोषण नैतिक मूल्य, मान्यता, अनुशासन, शिष्टाचार र संस्कार सिकाउने प्रथम गुरु नै पिता हो । अधिकांश धार्मिक शास्त्रमा पितालाई उच्चस्थानमा राखी व्याख्या गरिएको हुन्छ ।बुबाले कठोर बन्नुको बाध्यता
यतिखेर एउटा सानो उदाहरण उपयुक्त होला । भर्खरै पिता बनेका एक मित्र आफ्नो सन्तान बिरामी भएपछि अस्पताल लिएर । चेकजाँचका क्रममा डाक्टर बच्चाबाट परीक्षणका लागि रगत निकाले बच्चासँगै आमा पनि डाको छोडेर रोए । तर त्यहीँ रहेको बाबु भने अवरुद्ध भएको गला सम्हाल्दै, आँखाको डिलमा छचल्किएको आँसु थाम्दै दुवैलाई सम्हाल्न थाले ।
उनी बाहिर आएर भने, ‘बच्चो रोएको देखेर भक्कानिँए । तर, उसकी आमालाई थाम्न गाह्रो होला भनेर कठोर बने।’ यो आम बाबुको बाध्यता हो । जसले आफ्नो सन्तानलाई सिकाउन, व्यवहारिक बनाउन, अनुशासनमा राख्न कोमल मनलाई कठोर देखाएर अभिनय गरिरहेको हुन्छ ।
सन्तानका खुसिमा सामेल बुवा हाँसेको नदेखिएला तर उनले हास्न दिएको स्वतन्त्रताको मोल सन्तानले बुझ्न सक्नुपर्छ । सन्तानको दुःख बुझ्ने बुवाले सन्तानको सुख कसरी नबुझ्लान् ।

बुबाको उत्तराधिकारी सन्तान

नेपाली कानून अनुसार बुवाको मृत्युपछि बिना कुनै झन्जटिलो प्रकृया छैन । सन्तानलाई स्वतः पैत्रिक सम्पति दिने प्रावधान छ । वारिसका आधारमा कुनै व्यक्तिको पैतृक सम्पत्ति आफ्नो हिस्सामा पार्न कानूनी अधिकार छ ।
बुबाआमाबाट अधिकार लिन शक्तिशाली बनेका सन्तान भने पछिल्लो समय आफ्नो ज्यान जोखिममा राखेर हुकाउने, बढाउने मातापिताप्रति नै अनुदार बन्दै गएका छन् । पितासंग सौहार्दपूर्ण वातावरण बनाउन नसक्दा मातापिताका अप्ठेरा, दुःख र पीडामा सन्तानले मल्हम लगाउन सकेका छैनन् । सानामा सन्तानको खुट्टामा ठेस लाग्दा मुटु चसक्क भएको महशुस गर्ने पिता आज सन्तानको हेय भाव खप्न बाध्य छन् ।
पछिल्लो समय भावनात्मक सम्बन्ध पनि देखावटी बन्न थालेको छ । सामाजिक सञ्जालको लतमा फसेका सन्तान बुबाआमाको सम्मान भन्दापनि सामाजिक सञ्जालमा धेरै लाइक, कमेन्ट र इन्गेज्मेन्टको अपेक्षासहित प्रतिस्पर्धामा उत्रनका लागि मात्र सम्मान गर्ने गर्दछन् ।
आदर्श सन्तानका लागि बुबाको मुखहेर्ने दिनमात्र होइन । प्रत्येक दिन बुबाको सम्मानका लागि हुनुपर्छ । चार्डको विशेष महत्व त होला तर, भावना चार्डको दिन एक र अरु ३६४ दिन फरक हुनु हुँदैन ।
तपाईं आफैं कल्पना गर्नुहोस त, बुबाले सन्तानका लागि गरेको त्याग, तपस्या र संर्घष एक दिनको सम्मान र एक सेल्फीले पूरा होला ? बुबालाई खुसी बनाउन धेरै गर्नै पर्दैन । थोरै बेर सँगै बसेर कुरा गर्नुहोस्, हालखबर सोध्नुहोस, दुःखसुखको कुरा गर्नुहोस् । यो भन्दा ठूलो सम्मान उहाँका लागि केही हुने छैन । कहिकतै पिताको मन दुखाउनु भएको छ भने पनि तपाईको सामिप्यता र सौहाद्रपुर्ण सम्बन्धले तपाईहरुबीचको तित्तता हराएर जान्छ ।
त्यसैले भगवान रुपि मातापिताको मन नदुखाउनुहोस् । गल्ति भए क्षमा माग्नुहोस् । सेवा गर्नुहोस् । खुशी दिनुहोस् । तब मात्र तपाई आफ्नो अस्तित्व प्राप्तिमा सफल हुनुहुनेछ ।

हजुर को आशिर्वाद र माया सधैं म माथि हुनेछ  बाबा!! धेरै धेरै माया बाबा!!

धन्यवाद ! मन को भाबुक शब्द प्रस्पुटन गरेको  ले माया गरिदिनु होला!!

पर्यटन प्रवद्र्धन गर्न खेलकुद विशेष बृहत पातिखोला महोत्सवमा भब्य आयोजना हुने!(फाेटाे फिचर सहित)!!!

पोखरा, फागुन २५ गते ।आन्तरीक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले माछापुच्छे गाँउपालिकामा बृहत पातिखोला महोत्सव तथा सांस्कृतिक कार्यक्रम २०७८ आयोजना हुने भएको छ । पातिखोला गुफा संरक्षण समितिले पातिखोला –गुप्तकालिका) गुफाको राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा परिचित गराउन महोत्सव आयोजना गरिएको महोत्सव मुल आयोजक समिति संयोजक डम्बरसिंह गुरुङले जानकारी दिनुभयो ।राष्ट्रिय युवा संघ कास्की जिल्ला अध्यक्ष  पान बहादुर छेत्री ले बिश्व पाटि लाई  जानकारी दिनुभयो ।

आउदो चैत २५ देखि २७ गतेसम्म पातिखोला महोत्सव आयोजना गर्ने तयारी भैरहेको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको हो ।पातिखोला र वरिपरिका गाउँमा उत्पादन हुने ग्रामीणस्तरका हस्तकलाका सामग्री, माछापुच्छे, गाउँपालिकाको लागि अति आवश्यक फलामका सामग्रीहरु तथा खाद्य सामग्रीको प्रचार प्रसार गर्ने अपेक्षा सहित महोत्सव आयोजना गरिएको आयोजकको भनाई छ ।

पोखरा महानगपालिकाको टुँडिखेलबाट १२ किलोमिटर उत्तर पश्चिमतर्फ करिब आधा घण्टाको यात्रामा पुग्न सकिने माछापुच्छे गाउँपालिका वडा नम्वर ४ र ५ को सिमानामा अवस्थित रहेको छ । ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको माछापुच्छे हिमालको काखमा रहेको सुन्दर पर्यटकीय, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पातिखोला गुफा पर्यटकीय सम्भावना बोकेर पनि ओझेलमा परेको छ अध्यक्ष गुरुङले भन्नुभयो, ‘यसको प्रचार प्रसार गर्नसके यो पर्यटकीय गन्तब्य बन्न सक्छ ।’

समुद्री सतहबाट ११ सयको मिटरको उचाईमा रहेको मर्दीखोलास्थित पातिखोला(गुप्तकालिका) गुफा एक अलौकिक तथा परिचित गुफा भएको दावी आयोजकको रहेको छ । गुफा परिसरमा परम्परागत रुपमा वर्षको तीन पटक कृषि, ब्यापारी विभिन्न परिकारका मिष्ठान्न भोजन सहितको महोत्सव आयोजना हुदै आएको भएपनि पछिल्लो समय स्थानीय बासिन्दाहरु गाउँ छोडी सहरतर्फ आकर्षित भएकाले महोत्वसले निरन्तरता पाउन नसकेका कारण ओझेलमा परेको महोत्सवका प्रतियोगिता संयोजक यामबहादुर गुरुङ बताउनुभयो ।महोत्सवको आकर्षणको रुपमा पालिका स्तरीय भलिबल, खुल्ला छेलो, खुल्ला रस्साकस्सी तथा नेपालकै ख्याति प्राप्त इन्द्रेणी कार्यक्रमको टिम सहित राष्टिय लोक तथा दोहोरी कलाकारहरुको प्रस्तुतीसंगै सास्कृतिक कार्यक्रमहरु रहने संयोजक याम गुरुङले जानकारी दिनुभयो ।

“यत्र नार्यस्तु पुज्यते रमन्ते तत्र देवता” “नारी” जुन शब्द आफैंमा गहन छ ।

✍️ पुजा देवि शर्मा

“यत्र नार्यस्तु पुज्यते रमन्ते तत्र देवता”
“नारी” जुन शब्द आफैमा गहन छ ।
हामी मुल्यांकन गर्न सक्छाै, परापुर्वकालदेखि नै नारीलाई उच्च स्थानमा राखिएकाे थियाे। नारीलाई देविकाे संज्ञा दिँदै केही शुभ काम गर्नुभन्दा अगावै नारीलाई अगाडि लिएर काम गरिन्थ्याे। तर अाज समाजमा नारीप्रतिकाे त्याे सम्मान छैन।
अाज नारिलाई समाजमा स्वतन्त्रता छैन कसैसँग हासेँर बाेल्दा, अबेर घर पुग्दा, कसैसँग सँगै हिड्दा उनिहरुलाई समाजमा दिने उत्तर बाटाेमै खाेजेर जानुपर्छ। उनिहरुलाई स्वतन्त्रता खै??
यहाँ एउटा कुनै ठाँउकाे बलात्कारकाे खबर आउदो  आफ्नै  ठाँउका हरेक पुरुषहरुप्रतिका हाम्रा नजर डराएका छन्। यहाँ आफ्नै दाइ १२ वर्षकि बहिनी बलात्कृत भएकाे खबर आउद आफ्नै दाजुभाईहरु प्रति दिदिबहिनिहरुका नजर डराएका छन्। यहाँ आफ्नै  ससुरा र जेठाजुद्वारा बुहारी बलात्कृत भएकाे खबर आउदो  आफ्नो दाइ सम्मान जेठाजु र बाउसमान ससुराप्रतिका बुहारिहरुका नजर डराएका छन।यहाँ आफ्नै  शिक्षकद्वारा विद्यार्थी बलात्कृत भएकाे खबर आउँदा  आफ्नै भगवानसमान गुरुहरुप्रति विद्यार्थीहरुका नजर डराएका छन। आखिर  कहिलेसम्म यी नजर डराईरहनुपर्ने?? अाखिर कहिलेसम्म यी नजर झुकिईरहनुपर्ने?? आखिर कहिलेसम्म यी नजर दबिईरहनुपर्ने ??
यहाँ महिलाकाे मात्र कुरा हैन यहाँ त संसारका मानवताले भरिएका पुरुषकाे नि कुरा छ । यहाँ एकदुइजना दानवहरुकाे कारण संसारका मानवताले भरिएका पुरुषहरुप्रति पनि हाम्रा नजर डराएका छन।
समाजमा एकदुईजना दानवकाे कारण पुरुषहरु पनि पिडीत छन ।
सामाजीक र व्यवहारिक क्षेत्रमा पनि समाजमा देखाउनकै लागि भएपनि नारीहरुलाई संविधानले सुनिश्चितता गरेका हुनाले संसद र स्थानिय जनप्रतिनिधिमा बल्ल बल्ल ठाउँ दिईएकाे छ त्याे पनि नेतृत्वमा हैन सहभागितामा मात्रै,तर अब हामी सबै नारीहरुले आफ्नो पार्टी संगठन विभागभित्र पनि कस्सिएर आफ्नो आवज राख्ने र गलत भए याे गलत हाे भन्न सक्ने हिम्मत राख्नुपर्छ र समाजमा पुरुषहरुले पनि महिलाकाे सम्मानकाे लागि एकदिन मात्र नारी दिवस मनाउने हैन, उनिहरुलाई सधैभरी भगवान दुर्गा र सृष्टिकर्ताकाे रुपमा सम्मान दिनुपर्छ ।

सम्पुर्णमा नारी दिवशकाे शुभकामना

गण्डकीमा एमाले उर्लियो, केपी ओलीले गराए ७०० बढ़ी प्रवेश । (३०० बढ़ी फ़ोटो सहित)

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देवी सुवेदी र सभा सदस्य डीबी सहित दर्जनौं नेता/कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन्। जसपाका ९ केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा सदस्य १३ जना, जिल्ला सदस्य १२ जना, भातृ संगठनका अध्यक्ष ३ जनासहित थुप्रै एमालेमा प्रवेश गरेका हुन्।

त्यसैगरी अन्य प्रवेशीहरूमा केन्द्रीय सदस्य राजन कार्की, पार्वती जिसी, तारा नेपाली, गोपेन्द्रकेशरी न्यौपाने, चन्दा विश्वकर्मा र पर्वतका जिल्ला अध्यक्ष नवीन पुन रहेका छन्।

!

अष्ट्रेलियामा बाढ़ी, नया घरमा प्रवेश गर्न दुई हप्ता बाँकी छंदा घर भित्र पस्यो खोला ।

अष्ट्रेलियन नागरिक वेनको सपना अनी संसार अहिले ठीक उल्टो भएको छ, तर उनी आफ्नो भन्दा अरूको बारेमा बढी चिन्तित छन ।

“टर्फ किसानहरूले सबै कुरा गुमाइसकेका छन्, त्यसैले यहाँ वरपर काम गर्ने तरकारी बजार मालीहरू छन्, र तिनीहरू अब महिनौंसम्म कामबाट बाहिर हुनेछन्,” वेन ह्यारिसनले भने। ह्यारिसन सिड्नीको उत्तर-पश्चिममा रहेको पिट टाउनमा बस्छन् जहाँ हक्सबरी नदीको बाढीको पानी अब उनको घर र उनको घर वरपरका धेरै घर हरू पानी मुनि  हुने वाला छ।

तर मिस्टर ह्यारिसनले आफ्नो काँध हल्लाउँदै भने, “के नै गर्न सक्छु र यो प्राकृतिक प्रकोप संग?” जब बाढ़ी अब “आफ्नै घर” भित्र पसेको बेला। उनी आफ्नो ब्रान्ड नयाँ घरमा सर्न दुई हप्ता थियो जुन निर्माण गर्न करिब डेढ वर्ष बढ़ी लाग्यो। निर्माणकर्ता हरू ले भर्खरै घर सम्पन्न भइसकेको छ र अब सफा गर्नेहरूले क्लीयर गरे पछी ह्यारिसन र उनको परिवारलाई अन्ततः भित्र जानका लागि आफ्नो काम पूरा गरेका थिए।

तर प्रकृतिले उनी संगै हजारौ घरबार बिहीन अनी कैयौंको मृत्यु भएको छ। ह्यारिसनको मिलियन डलरको घरमा अहिले हक्सबरी नदी बगिरहेको छ – उसको नयाँ चित्रित काठ, बाथरूम र भान्साकोठामा पुरै पानी पसेर डुबेको छ ।

“यो एक बगर हो, र रक्तपातपूर्ण दुर्भाग्य हो,” ह्यारिसनले भने। तर उनले भने कि उनी पुनर्निर्माण गर्नेछन्, “वा राम्रोसँग नयाँ घरमा ठूलो मर्मतसम्भार गर्नेछन”। यस बीचमा, उनी आशा गर्छन् कि उनका छिमेकीहरू जसले सिड्नी बजारका लागि तरकारीहरू रोप्छन् – एक मामूली ज्यालामा – तिनीहरूको पुरानो अवस्थामा फर्कन सक्छन् नि नाई। “म यो सबै फेरि गर्न खर्च गर्न सक्छु … तिनीहरूले सक्दैनन्,” उनले भने।

बाढीबाट प्रभावित मानिसहरूको लागि, त्यहाँ मद्दत उपलब्ध छ। आपतकालीन अवस्थामा, आफ्नो स्थानीय SES एकाइलाई १३२ ५०० मा फोन गर्नुहोस्। जीवन लाई खतरामा पार्ने अवस्थाहरूमा तुरुन्तै ट्रिपल शून्यलाई कल गर्न सकिने छ ।

यति बेला अष्ट्रेलियाको बिभिन्न राज्यमा लगातार ३ हप्ता देखी बर्सात भईरहेको छ जसका कारण हजारौ घर ध्वस्त अनी धेरै जनावर, मानिस हरू को मृत्यु भएको छ । यस अवस्थामा सम्भावित क्षेत्र जहाँ बाढ़ी आऊन सक्ने स्थानहरू मा सरकारले सुरक्षित स्थान तर्फ़ लाग्नका निम्ति अनुरोध गर्दै आएको छ ।

दलित महिलालाई निःशुल्क कम्प्युटर तालिमको शुभारम्भ!!

दलित महिलालाई निःशुल्क कम्प्युटर तालिमको शुभारम्

पोखरा महानगरपालिका वडा नं ९ को सहयोग र महिला दलित समिति पोखरा ९ को आयोजनामा निःशुल्क दलित महिला कम्प्युटर शिक्षा कार्यक्रमको शुभारम्भ भएको छ । सो तलिममा वेसीक कोर्ष र एकाउन्टीङ्ग प्याकेजको लागि वडा नं ९ मा रहेका दलित महिलाहरु २० जना सहभागीता रहनेछन । उत्त कार्यक्रमको उद्घाटन गर्दै कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री, विन्दु कुमार थापाले तालिम मात्र ठूलो नभइ यसलाइ ब्यवहारमा उतार्नु ठुलो उपलब्धी हुने बताउनु भयो ।

पोखरा महानगरपालिका वडा नं ९ का अध्यक्ष श्री रामराज लामिछानेले यो युग सुचना प्रविधिको रहेको हुँदा राज्यले नयाँप्रविधि भित्र्याउदै गर्दा नागरिक स्तरबाट त्यसको प्रयोगकर्ता पनि प्रविधि मैत्रि हुनुपर्ने बताउनु भयो । समाजसेवी उत्तम जोशीले दलित महिलाको लागि यो शिक्षा अवसरको रुपमा लिनुहुन र उत्त अवसरको पूर्ण रुपमा सदुपयोग हुनुपर्ने बताउनु भयो । क्यान महासंघ कास्कीका निवर्तमान अध्यक्ष युवराज पौडेलले यस्ता जन स्तरको तालिमलाइ सरकारले अगाडी सारेको स्मार्ट सिटी, डिजिटल नेपाल परिकल्पना पुराहुन सहयोग गर्ने बताउनु भयो । वडा सदस्य राममाया मानन्धर र गीता चर्माकारले वडा स्तरका धेरै कार्यक्रम महिला तथा दलितलाई लक्ष गरि आएका छन् र त्यस्ता कार्यक्रमले रोजगार तथा स्वरोजगारको लागि सहयोगी बन्नेमा जोड दिनुभयो ।

नेशनल कम्प्युटर सेन्टर बगरको सहकार्य रहेको उत्त तालिम इन्फोम्याक्स प्रालि महेन्द्रपुल वा नेशनल कम्प्युटर सेन्टर बगरमा प्रशिक्षार्थीहरुको अनुकुल हुने ठाउँमा तालिम लिन सकिने गरि सम्झौता रहेको साथै नेशनल कम्प्युटर सेन्टरका संचालक विश्वराज पौडेल र इन्फोम्याक्स प्रालिका संचालक राजेन्द्र शर्मा दुवै जनाले विद्यार्थीको इच्छा र क्षमता अनुसार प्रशिक्षार्थीहरुलाई दक्ष बनाउन प्रतिबद्ध रहेको संस्थाका अध्यक्ष श्री सपना वि.क. ले जनाउनु भयो । संस्थाका अध्यक्ष सपना वि. क. को अध्यक्षता भएको सो कार्यक्रममा स्वागत मन्तब्य संस्थाको उपाध्यक्ष माया दर्जी र कार्यक्रम संचालन सचिव रबिना बि.क. ले गर्नु भएको थियो ।

रेखा थापाको उजुरीपछि युट्युवर पक्राउ!!(बिग्येप्ति सहित )

काठमाडौं । युट्युव च्यानलमार्फत व्यक्तिको मानमर्दन र चरित्र हत्या गर्ने गरी भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै प्रहरीले एक युट्युवरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ‘सेलेब नेपाल’ नामक च्यानलका युट्युवर राहुल थापा रहेका छन् । नायिका रेखा थापाले दिएको उजुरीपछि राहुललाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले जनाएको छ ।

उनले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेकोले काठमाडाैं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई आइतबार पक्राउ गरिएको ब्यूरोले जनाएको छ । ब्यूराेका अनुसार पाँच दिन म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेकाे छ ।

बालिका बलात्कारको आरोपमा पक्राउ परेका पल शाहको विषयलाई जोडेर ती युट्युवरले आफू विरूद्द भ्रामक सामग्री प्रसारण गरेकाे भन्दै नायिका थापाले उजुरी दिएकी थिइन् ।

एनआरएन मा आजको आवश्यकता सहमति, सहकार्य र एकताः डिला खरेल ।

एन आर एन मा आज को आवश्यकता सहमति, सहकार्य र एकता हो !

सन २००३ वाट शुरू भएको एन आर एन अभियान आज आफ्नो इतिहास कै कठिन मोड, प्रश्रव वेदना र संकट पूर्ण घडी बाट गुज्री रहेको छ!

हामी सवै एन आर एन हरु आज सम्म यस संस्थाको विकाश, श्रिवृद्धी र ख्याति को जति हिस्सेदार हौ त्यती नै यो परिस्थिति र कठिन घडी को पनी, हामी सवैले जिम्मेवार भएर संस्था को लागी अन्तिम पटक सोचौ, समाधान सम्भव छ !

सम्पूर्ण एन आर एन अभियान एक प्रश्रव र पिडादायी वेदनामा छ !

हो भन्दा मेरो मन भारी भएको छ तर विविश छु आज सम्पूर्ण एन आर एन अभियान एक प्रश्रव र पिडादायी वेदनामा छ !

अव अवेर नगरी हामी सवै मिलेर यसको निकास का लागी नि:स्वार्थ जुटनु को विकल्प छैन !

यसरी संस्था आज यस किसिमको समस्यामा पर्नुको प्रमुख कारण भनेको संस्था को निर्वाचन प्रक्रिया, नेतृत्व छनौट विधि र तरिका हो – यो आवश्यकता भन्दा वढी (तपाई हामी हरु नै जो जो संलग्न छौ) नेपाल स्थित राजनीतिक दल र अझ चरम स्वार्थ र व्यक्तिगत मानोमानी र टक्राव का पछाडी लागेउं, यो गलत भयो र यो आज दु:खद परिणाम आयो!

अन्य कुरा हरु मा कही कतै समस्या छैन एन आर एन ले उत्कृष्ट काम हरु गरेको छ, गर्ने नै छौ!

निकास के त?

अव सवैले संस्था लाई प्रधान ठानेर, विधि विधान लाई मानेर मात्र निर्वाचन प्रक्रिया र नेतृत्व चयन लाई विश्वव्यापी र अंतरष्ट्रिय मान्यता अनुसार हुनेगरी कायम गरौ र मन, वचन र कर्मले पालना गरौ, जस्तो कि यो अव एन आर एन को “निर्वाचन विधि र पद्धति अन्तरस्ट्रिय परोपकारी र सामाजिक संस्था रोटरी क्लब र लायन्स क्लब को जस्तो हुने गरी अभ्यास गरौ !

संसारभर रहेका गैर आवासीय नेपाली संघ हरू भिजन २०२० एण्ड वियोंड र यसको थप विकास र परिमार्जन सहित अगाडी बढनु पर्दछ ।

उक्त भिजनले संसार भर छरिएर रहेका नेपाली हरू को एक साझा घर को परिकल्पना गरेको छ ।( United Nation’s Of Nepali Diaspora)

अव सम्पूर्ण रूपमा संस्थाको सुधार विकास र परिमार्जनका लागी फेरी एक पटक नि: स्वार्थ जुरुक्क उठौ!

एन आर एन ए विश्व संजालले अपनाएका मूल्य, मान्यता उधेश्य, मिसन, भिजन र एजेण्डा हरु भित्र नै हामी सवै सवै एन आर एन हरुको जीवन छ, भावना छ, नेपाल वाहिर को सानो नेपाल छ भन्ने मेरो बुझाई छ, यि र यस्तै भावना हरु को जीवन्त कार्यन्योयन गराउनका लागी हामी सवै जुटनु को विकल्प छैन..!

एन आर एन ले तत्काल अझ व्यवस्थित गर्नु पर्ने काम हरु :-

१. विश्वशनिय, पारदर्शी र स्वतन्त्र सचिवालय को निर्माण !
(Trusted, Transparent & Independent – NRNA Secretariat)

२. भिजन 2020 and Beyond को विकाश, पालना र कार्यान्वयन !
( Vision 2020 and Beyond – Development, Action & Implementation )

३. एन आर एन लाई साझा, सवैको, सरल, सहभागितामूलक र समावेशी वनाउन – विधान लाई सरल र स्पष्ट पर्ने!
(Constitution Amendment and Easy for all)

४. उदाहरणिय संस्थागत वैदेशिक लगानी गर्ने गराउने !
( Foreign Direct Investment – Exemplary Initiation and implementation )

५. ज्ञान, शिप र बौद्धिक सम्पति को लगानी र सहकार्य गर्ने !
(Skill, Knowledge, Innovation & Intellectual Asset Relate, Transfer and Investment for the Development of Nepal)

६. गैर आवासीय नेपाली का युवा, दोश्रो तथा नया पुस्ता लाई जोडने सेतु वनी काम गर्ने – एक पटक को नेपाली सधैको नेपाली !
( NRNA – A Real Pool & Bridge for youth, second and new generation Nepali in abroad)

७.श्रमिक एन आर एन ए विमा कोष को स्थापना र कार्यान्वयन – नेपाल सरकार संग को सहकार्यमा !
( NRNA Insurance Fund for NRN’s around Golf & Middle East Countries – In Conjunction with Government of Nepal)

८.गोर्खा नेपाली हरुको असमान सेवा सुविधा र पिडा का बारे सशक्त आवाज !
(Lobbying for unjustified and inappropriate agreements of Nepali Gurkha’s in a policy level)

अन्तमा, सवैमा सादर अनुरोध,

एन आर एन ए अभियान र यस संस्थाको अव सम्पूर्ण रूपमा सुधार विकास र परिमार्जनका लागी फेरी एक पटक हामि सवै सवै सरोकारवाला छातीमा हात राखी नि:स्वार्थ रूपमा जुरुक्क उठौ!

यहाहरु सवै सवै लाई जिवनभर सुखले खान पुगोस .. खुसीले दिन पुगोस .. जय एन आर एन .. जय नेपाल !

डिला खरेल !

लेखक एनआरएन अस्ट्रेलिया र अन्तरस्ट्रिय अभियान का कुशल अभियन्ता तथा सफल युवा व्यवसायी तथा अस्ट्रेलियाका प्राध्यापक हुनुहुन्छ !

गठबन्धनले गर्‍यो डरलाग्दो तयारी, स्थानीय चुनाव अब के होला ?

सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा भंग गरेर ‘अर्ली इलेक्सन’ गर्नेबारे छलफल सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसद्को जारी अवरोध खुलाउन सकरात्मक नभए भन्दै गठबन्धनमा आबद्ध ४ दलबीच त्यस किसिमको छलफल भएको हो ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आइतबार प्रतिनिधिसभाको बैठकमा सहभागी हुने क्रममा संसद् भवन बाहिर पत्रकारहरुसँग प्रतिक्रिया दिँदै एमालेका कारण यस्तो निष्कर्षमा पुगिएको बताएका थिए।
कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धन बैठकमा प्रतिनिधिसभा निर्वाचन अघि सार्ने अभिव्यक्ति नेताहरुबाट आए पनि गम्भीर ढंगबाट छलफल नभएको बताए । “स्थानीय तहको निर्वाचनअघि प्रतिनिधिसभा निर्वाचन हुन्छ भन्ने लाग्दैन, यस विषयमा औपचारिक रुपमा एजेन्डा बनाएरै छलफल भएको छैन,” उनले भने ।
एमालेले गत भदौदेखि संसद् अवरोध गर्दै आएको छ । एमाले पार्टी विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाले मुख्य भूमिका खेलेको भन्दै सभामुखको बहिर्गमन या माधवकुमार नेपालसहित आफूले कारबाही गरेका १४ सांसद्को पदमुक्तिको सूचना टाँस गर्नुपर्ने माग गर्दै आइरहेको छ।यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले समेत संसद्को गतिरोध अन्त्य गर्नेबारे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए। तर, एमाले अध्यक्ष ओलीले आफ्ना माग पूरा नभएसम्म संसद्को अवरोध जारी गर्ने बताएका छन्।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले समेत संसद्को गतिरोध अन्त्य गर्नेबारे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए। तर, एमाले अध्यक्ष ओलीले आफ्ना माग पूरा नभएसम्म संसद्को अवरोध जारी गर्ने बताएका छन्।
सर्वोच्चले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ मा गरेको विघटना फागुन ११ मा र २०७८ जेठ २ मा गरेको विघटन असार २८ मा बदर गरेर प्रतिनिधिसभा पुनःस्थापना गरिदिएको थियो।

१८ वर्षका बालकले माछा मारेर कमाए लाखौं, २० मिनेटमै चम्कियो भाग्य l

कहिले कसको भाग्य बन्छ भन्न सकिँदैन भन्ने प्रायः भइरहन्छ । कयौं पटक यस्ता समाचार पनि सुन्न पाइन्छ कि रातारात मानिसको भाग्य उल्टो हुन्छ । तर कहिलेकाहीँ मानिसले आफ्नो सीपको आधारमा पनि धेरै पैसा कमाउँछ। भर्खरै, एक 18 वर्षीय केटाले मात्र 20 मिनेटमा 42 लाख रुपैयाँ (टीन वोन पुरस्कार) जिते। केटाले माछा मार्ने प्रतियोगितामा भाग लिए। यो प्रतियोगिता जितेर केटाले लाखौं कमाए ।

abc.net.au को रिपोर्ट अनुसार माछा प्रतियोगिता जित्ने अष्ट्रेलियन केटाको नाम जोनो मूर हो। मूरले भिक्टोरियाको नागाम्बी शहरमा आयोजित गोफिश प्रतियोगितामा भाग लिएका थिए। यो प्रतियोगिता जित्नका लागि माछा समात्नुपरेको थियो । जुन माछा समात्न लागिएको थियो त्यो सबैभन्दा ठूलो साइजको सिकारी माछा थियो जसको नाम मरे कोड थियो। यो प्रतियोगिता जित्ने जोशका साथ सयौं मानिस सहभागी भएका थिए । तर अन्तमा, शर्त मूरको हातमा थियो। जसका कारण उनले पुरस्कारस्वरुप राम्रो रकम पाए ।

अर्को अचम्मको कुरा के हो भने मूरले यो माछा २० मिनेटमा समातेका थिए । यो अनौठो माछा मार्ने प्रतियोगितामा ८८३ भन्दा बढी मुर्रे कड माछा समातिएको थियो तर ती सबै माछा मुरले छोटो समयमा समातेको माछाभन्दा साना थिए । यो प्रतियोगिता जितेका मुरले पुरस्कारमा प्राप्त भएको रकमबाट आफूले उत्कृष्ट डुङ्गा किन्ने बताए । यससँगै उनले अर्को वर्ष गोफिस प्रतियोगितामा पनि सहभागी हुने बताए ।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय