२०८३ असार १० बुधबार

आजमात्र हैन सधैं तिम्रो माया महसूस गर्न सकूँ!! कविता

✍️निराजन खड्का

आजमात्र हैन सधैं तिम्रो माया महसूस गर्न सकूँ,
सधैं तिम्रो ईज्जत र कदर पाउन सकूँ!
जिन्दगीको हरेक पाईला तिमी संगै चाल्न सकूँ,
दुःख र सुख तिमि सँगै साट्न सकूँ!!

तिमी मुटु भए म धड्कन हुन सकूँ,
तिम्रो न्यानो काख मेरो सिरानी बानाउन सकूँ!
हरेक बिहानीको पहिलो सुन्दरतामा तिमीलाई देख्न सकूँ,
जिवनसाथीकाे रूपमा होईन सृष्टिकर्ताकाे रूपमा सम्मान गर्न सकूँ!

जीवन काे अन्तिम यात्रा सम्म तिम्रै साथ रहन सकूँ,
तिम्रो मुहारमा आँसु भन्दाधेरै मुस्कान दिन सकूँ!
हाम्रो सम्बन्ध जुनी भरि टिकाई राख्न सकूँ,
दुनियाँको नराम्रो नजरबाट जोगाई राख्न सकूँ॥

रामनारायण विडारीको सांसद पद चैट, उनी सहित अरु को-को?

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता, बरिष्ठ अधिवक्ता तथा प्रतिनिधिसभा सदस्य रामनारायण विडारीको सांसद पट चैट भएको छ । २०७४ सालमा राष्ट्रपतिबाट मनोनित भइ गोलाप्रथावाट चारवर्षे कार्यकालमा परेका विडारीको सांसद पद चैट भएको हो ।

उनीसहित २० सांसदको पदावधि आजबाट सकिँदैछ ।

रिक्त पदका लागि निर्वाचित भइसकेका सन्दर्भमा चारवर्षे पदावधि भएका २० राष्ट्रियसभा सदस्यको पद आजबाट सकिन लागेको हो ।

आजबाट बिदा हुने सांसदमा एमालेका अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, रामलखन चमार र सुमनराज प्याकुरेल रहेका छन् ।

कांग्रेसका दृगनारायण पाण्डे, तारादेवी भट्ट, राधेश्याम अधिकारी पनि आजबाट राष्ट्रिसभाबाट बाहिरिँदैछन् ।

नेकपा माओवादी केन्द्रका खिमकुमार विक, जीवन बुढा, दीनानाथ शर्मा र शशीकला दाहालको पदावधि पनि आजबाट सकिँदैछ ।

नेकपा एकीकृत समाजवादीका उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्तिकुमारी अधिकारी जिसी र शेरबहादुर कुँवरको पद पनि आजबाट समाप्त हुँदैछ ।

२०७५ असार ४ मा भएको गोलाप्रथाअनुसार आजबाट रिक्त हुने सांसदले चारवर्षे कार्यकालका चिठ्ठा समाएका थिए ।

सांसद रामनारायण विडारी माओवादी केन्द्रको कोटाबाट मनोनित सांसद हुन् ।

नेपालि दुतावास र एनआरएन एनएसडब्लु अष्ट्रेलियाले बिद्यार्थी बिशेष कार्यक्रम गर्ने ।

अष्ट्रेलियाका लागी नेपाली दुतावास र नेपालीहरूको साझा संस्था एनआरएन अष्ट्रेलिया न्यु साउथ वेल्स राज्यको आयोजना र महावाणिज्य दूतावास न्यु साउथ वेल्सको सहयोग मा अन्तराष्ट्रिय बिध्यार्थीहरू को लागी सचेतना मुलक कार्यक्रम हुने भएको छ ।

अष्ट्रेलियमा रहेर शैक्षिक परामर्श दिने संस्था हरू र स्थानीय बिभिन्न संघ संस्था संगको समन्वयमा अष्ट्रेलियामा रहेका उच्च शिक्षा हासिल गर्ने आएका बिद्यार्थीहरू अष्ट्रेलिया आइसकेपछी यहाँको वातावरण संग घुलमिल हुन, यहाँको नियम र क़ानुन को बारेमा अनी नेपालीहरूको कागजपत्र जस्तै पासपोर्ट, लगायत धेरै कुराहरू दुतावास संगको हरेक प्रश्न अनी जानकारी लीन सकिने बताइएको छ बिशेष गरी यहाँको अवसर, चुनौती अनी अष्ट्रेलिया मै बस्ने योजना भएकाहरू र अन्य सहभागीहरूले सिक्ने मात्र नभई विशेषज्ञहरूसँग संलग्न हुने र कुनै पनि चिन्ता वा प्रश्नहरू उठाउने अवसरहरू समेत प्रशस्त पाउनेछन्।

नव आगन्तुक बिद्यार्थीहरू हाल अष्ट्रेलियामा बिभिन्न किसिमका लत अनी साथीभाईको संगतले लागुपदार्थ सेवन, मानसिक समस्या, भिषा सम्बन्धी समस्या, भविष्य के गर्ने कसो गर्ने, काम, अध्यन अनी बिभिन्न समस्या यी सबै कुराहरू बाट पिडित र उन्मुक्ति को अनेक बाटो खोजीरहदा अनी रोज़िदै गर्दा यस कार्यक्रमले पक्कै पनी बिद्यार्थी वर्गमा एक खालको राहत अनी सान्त्वना प्रदान गर्न सकिने एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं न्यु साउथ वेल्स राज्य संयोजक देब बहादुर गुरुङले बताए साथै एनआरएन सधै नेपालीको हित र दुःख अनी सुखमा सदैव संगै रहने र आऊदो दिनमा समेत यस्ता किसिमका जसले समाजमा सचेतना अनी जागरूकता पैदा गर्ने खालको कार्यक्रमहरू लिएर अवश्य आऊने साथै यस्तो कार्यक्रममा मिले सम्म सबैजनाले अनिवार्य उपस्थिति जनाउनु पर्ने कुरा विश्वपाटि लाई बताए ।

कार्यक्रममा नेपाली दूतावासका प्रतिनिधिहरुको पनि उपस्थिति रहने भएकोले कार्यवाहक राजदूत र दूतावासका प्रतिनिधिले राहदानी, भिसा र एनआरएन परिचयपत्र लगायतका सबै प्रकारका कागजातहरु सम्बन्धी धेरैजसो जिज्ञासाहरुको जवाफ दिने छन ।

यो देशमा आइसकेपछी हरेक चुनौती लाई आफ्नो बलबुताले भ्याए सम्म एक्लै सामना गर्नुपर्ने हुदा केही कठिनाई हरू आऊनु अस्वभाविक मान्न सकिदैन त्यसैका लागी साथ र सहयोग गर्ने एनआरएन रहेको न्यु साउथ वेल्स उप-प्रमुख सुकृति भट्टले बताईंन संगै यस कार्यक्रमलाई सफल बनाउन स्वयं बिद्यार्थी वर्ग नै उत्साहित भई उपस्थिति हुनुपर्ने र सबैलाई निमंत्रणा समेत रहेको बताईन ।

कार्यक्रम १२ मार्च २०२२, शनिबार दिउँसो २ देखि ४ बजे सम्म सिभिक थिएटर, 16 म्याकमोहन सेन्ट, हर्स्टभिल, सिड्नीमा हुन गईरहेको छ ।

एमाले अध्यक्ष ओली दोलखामा!!!

काठमाडौ ! विभिन्न कार्यक्रममा सहभागी हुन नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली दोलखा पुग्नुभएको छ । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले दोखलाको शैलुङ डाँडामा गर्ने शैलुङ साहित्यिक सांस्कृतिक महोत्सवको शुक्रवार उद्घाटन गर्ने कार्यक्रम छ,उक्त महोत्सव उहाँले उद्घाटन गर्नुहुनेछ ।

साहित्यिक महोत्सवमा एमाले निकट कलाकार सहभागी हुँदैछन् ।
नेकपा एमाले दोलखा जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा पनि ओली सहभागी हुनु हुने कार्यक्रम जनाइएको छ। अध्यक्ष ओली आजै काठमाडौ फर्किने कार्यक्रम रहेको छ।

माओवादी दोस्रो हुने रिपोर्ट छ, तर पहिलो बन्न सक्छौँ- प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा माओवादी दोस्रो हुने रिपोर्टिङ भएको थाहा पाएको बताएका छन्।
दोस्रो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पहिलो काङ्ग्रेस हुने र दोस्रोमा माओवादी हुने आकलन भएको आफूले सूचना पाएको बताए।
पहिलो दल कांग्रेस हुन्छ भन्ने रहेछ, दोस्रोमा माओवादी केन्द्र छ तर हामी पहिलो दल बन्नु पर्छ, त्यो संभावना छ, प्रचण्डले बने।

संसदीय राजनीतिमा खारिएका एमाले र कांग्रेस गाउँ गाउँ पुगिसकेकोले आफ्नो पार्टीले अब मिहिनेत गर्नुपर्ने अवस्था रहेको प्रचण्डले बताए।
संसदीय राजनीतिमा खारिएका एमाले र कांग्रेस गाउँ गाउँ पुगिसकेकोले आफ्नो पार्टीले अब मिहिनेत गर्नुपर्ने अवस्था रहेको प्रचण्डले बताए।

शुक्रबारदेखि राष्ट्रियसभा गृहमा सुरु आठौँ राष्ट्रिय महाधिवेशनपछिको पहिलो केन्द्रीय समिति बैठकमा अहिलेसम्मको राजनीतिक परिस्थितिमा सबैभन्दा पहिले रिपोर्टिङ गरिरहेका छन्।

आँउदो बर्ष बाट नौ दिन सार्वजनिक बिदा बढाउने सरकारको निर्णय !!

सरकारले आँउदो वर्ष भने ९ दिन बिदा थप गर्ने भएको छ । गृह मन्त्रालयको प्रस्तावअनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ०७९ मा दसैँ–तिहारको बिदासमेत लम्ब्याएर नौ दिन बढाएको हो ।

सरकारले थप गरेको बिदामा आगामी वर्ष विजयादशमीको पर्सिपल्ट (द्वादशी)सम्म दसैं बिदा हुने भएको छ । यसअघि टीकाको भोलिपल्ट (एकादशी) सम्म मात्र बिदा हुन्थ्यो । त्यस्तै, तिहारमा भाइटीकाको भोलिपल्ट पनि बिदा हुने भएको छ ।

नेवार समुदायले त्यस दिन भाइटीकाकै रूपमा किजा पूजा गर्छन् । आगामी वर्ष क्रिसमस, धान्नेपूर्णे (वैशाख पूर्णिमा), मोहम्मदजयन्तीमा पनि बिदा दिने निर्णय भएको छ । तमु तथा सोनाम ल्होसार र मुस्लिम समुदायको दुईवटा चाडमा पनि बिदा दिने निर्णय भएको छ ।

यो वर्ष पनि मन्त्रिपरिषद्का निर्णयका आधारमा यी चाडपर्वमा बिदा दिइएकोमा आगामी वर्ष भने बिदासम्बन्धी सूचनामै यसलाई समेट्ने निर्णय भएको छ ।

सर्वोच्चमा आजदेखि संवैधानिक इजलास!

२० फागुन, काठमाडौं । लामो समयदेखि अवरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलास आजदेखि शुरु हुँदैछ ।

कोरोना संक्रमणको जोखिमका कारण सेवा संकुचन हुँदा संवैधानिक इजलास बारम्बार प्रभावित भएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा विवादमा परेपछि गत असोजदेखि संवैधानिक इजलास बस्न सकेको थिएन ।

सर्वोच्च अदालतमा गोला प्रक्रिया शुरु भएपछि संवैधानिक इजलास बस्न थालेको हो । तर संविधानमा नै प्रधानन्यायाधीशले न्यायपरिषदको सिफारिसमा अरु न्यायाधीश तोक्ने भन्ने व्यवस्था भएकाले संवैधानिक इजलासमा बस्ने न्यायाधीशको टुंगो लगाउन गोला प्रक्रियामा जानु पर्दैन ।
यसअघि नै प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालत बार एसोसिएसनसँगको प्रतिवद्धताका क्रममा बरिष्ठताक्रम अनुसार संवैधानिक इजलास गठन गर्ने प्रतिवद्धता जनाएका थिए ।

वाईसिएल उपाध्यक्ष सहित २५ एमाले प्रवेश, दुर्योधन र खिमले पाए बिशेष जिम्मेवारी ।

हामी निरन्तर अभियान मा छौ।
जनतासग नेकपा एमाले नबौ दिन
आज भकुण्डे
जनतासग एमाले अन्तर्गत आज भकुण्डे र चखपुर टोल को भेला पार्टी वार्ड कमिटीका अध्यक्ष पुश्कल ब थापाको अध्यक्षता मा सम्पन्न भयो।
उक्त कार्यक्रम मा पार्टी का जि क स तथा वार्ड अध्यक्ष रण ब थापा र विशेष अथिती को रुपमा हरि लम्साल, भिम नेपाली भोजकुमारी थापा ,डिल ब जि सि ,सरला नेपाली, ज्ञान ब जि सि ,मित्रमणि तिमिल्सिना लगायत पार्टी का नेताकार्यकर्ता सहित स्थानीय बासिको उल्लेख्य सहभागी रहयो।।
भेलाले दुर्योधन खड्का को अध्यक्षतमा भकुण्डे टोल कमिटी र खिम प्र तिमिल्सिना को अध्यक्षतामा चखपुर टोल कमिटी गठन गर्नुको साथै । भेक ब नेपाली ycl सराङ्कोट ( बि स २०६४)का उपाध्यक्ष रहेका कमरेड को नेतृत्व मा २६ जना ले नेकपा एमाले प्रवेश गरेका छ्न नब प्रबेशिलाइ कार्यक्रम का प्रमुख अतिथी बिशेश अतिथी र पार्टी का अध्यक्ष ले भब्य स्वागत गर्नुभयो ।सालिकराम तिमिल्सिना ले बिश्व पाटिलाई जानकारी दिए।

बिबाह पछि पहिलोपटक छोरी माइत आएर आफ्नो घर जाँदा, बुबाले गरे यस्तो काम….एकचोटी अवश्य पढौं यो मन छुने कथा

बिबाह पछि छोरी पहिलोपटक माइत आएकी थिइन , छोरिको स्वागत हप्तादिनसम्म चल्यो । हप्ताभरमा छोरिलाई जे मनपर्छ त्यो खुवाउने दिने कार्यक्रम चलिरह्यो ।जब छोरी फर्किएर आफ्नो घर जान लागिन तब बुबाले छोरिलाइ एउटा अगरबत्तीको पाकेट दिनुभयो

आमाले भन्नुभयो: छोरी पहिलोपटक माइतीघर बाट आफ्नो घर जाँदै छिन्, यस्तो अगरबती जस्तो चिज कसैले दिन्छन्..। तब हत्तपत्त बुबाले गोजीमा हात
हाले र गोजिमा भएको सबै पैसा छोरिको हातमा थमाइदिए।

घरमा पुग्ने बित्तिकै सासुआमाले बुहारीलाई सोधिन: आमाबुबाले छोरीलाई बिदाइ गर्दा के दिए? जब उनले अगरबात्तिको पाकेट देखिन , तब सासुआमाले बुहारीलाई भनिन्: भोलि पुजामा यो अगरबत्ती बाल्नु ।

बिहान जब छोरी पुजा गर्न बसिन , तब उनले अगरबत्तिको पाकेट खोलिन , जसबाट एउटा चिठी निस्कियो। चिठीमा लेखिएको थियो..

“छोरी ! यो अगरबत्ती आफै बल्छ,तर सुगन्धले पुरै घर भरिदिन्छ। यतिमात्र होइन यसले वरिपरिको बाताबरणलाई आफ्नो सुगन्धले आनन्दित बनाउँछ ।”

“सायद कहिलेकाही श्रीमानसँग मन खिन्न हुनसक्छ वा सासू ससुरासँग रिसाउन सक्छौं , अथवा देवर आमाजु नन्दहरुसँग रिसाउन सक्छौ या कहिले तिमिलाई कसैको कुरा सुन्नुपर्ने हुन्छ , वा कहिले छिमेकीसँग मन अमिलो महसुस हुनसक्छ ।

तब तिमि मेरो यस उपहारलाई सम्झने गर्नु, र अगरबत्ती झै जलेर आफ्नो घरलाई खुशी राख्ने , आफै सहने अनि आफ्नो व्यबहार र कर्मले श्रीमानको घरलाई सुगन्धित पार्ने गर्नु..”

चिठी पढेर छोरी रुन थालिन । सासू-आमा आइन ससुरा र श्रीमान पनि पुजा कोठामा पुगे जहाँ बुहारी रोइरहेकी थिइन् ।
के भयो औंला पोल्यो कि क्याहो? यसरी श्रीमानले सोधे।

“के भयो? कमसेकम यति त भन” ससुरा बा ले भने ।सासुआमाले वरिपरि चारैतिर हेर्न थालिन, उनले बुहारीको बुबा द्वारा सुन्दर अक्षरमा लेखिएको चिठी देखिन. चिठी पढ्ने बित्तिकै उनले बुहारीलाई अंकमाल गरिन र चिठी ससुराको हातमा सुम्पि दिइन् । चस्मा नलगाएकोले उहाँले चिठी छोरालाई दिएर चिठी पढ्न आग्रह गरे। छोराले पत्र पढेर सुनाएपछी सबैजना स्तब्ध भए।

सासुआमाले भनिन्: “ओहो! यो चिठी फ्रेममा राख्नुपर्छ। यो मेरो बुहारिको माइतबाट पाएको सबभन्दा अमुल्य उपहार हो । यो चिठी पुजा कोठामा नै हुनुपर्छ ।

र सदैव यस् फ्रेमको आफ्नो सब्दले सम्पुर्ण घर र वरिपरिको बाताबरणलाई आफ्नो तरिकाले सुगन्धित पारिरहन्छ । बालेको अगरबत्ति सकिएपछि पनि त्यसैले आमाबुबाले आफ्नो छोरिलाई राम्रो संस्कार दिनुपर्छ जसले ससुराली र माइतीघर बासनाले सुगन्धित पार्न सकुन्

भाेलि ग्याल्पो ल्होसार, सार्वजनिक बिदा दिने सरकारको निर्णय!(बिग्यप्ति सहित)

काठमाण्डाै – सरकारले भोलि बिहीवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले सूचना निकालेर जनाएको छ । यही फागुन १६ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक बिदा दिइएको मन्त्रालयका सूचना अधिकारीले निकाल्नुभएकाे विज्ञप्तिमा भनिएकाे छ । 

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय