संसद भवन अगाडि नक्कली ‘प्रेसर कुकर बम’ राख्ने व्यक्ति पक्राउ!!
नयाँ बानेश्वरस्थित संसद भवन अगाडीको मूख्य सडकमा नक्कली प्रेसरकुकर बम राखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।अनेरास्ववियु क्रान्तिकारीका पशुपति बहुमुखी क्याम्पस कमिटि अध्यक्ष काभ्रेको भुम्लु गाउँपालिका२ घर भई हाल चावाहिल बस्ने २१ वर्षीय सुवास महतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई काठमाडौंबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ।
गत आइतबार प्रतिनिधि सभाबाट एमसीसी पारित भएको थियो सोही विरोधमा छ दल र दुई मोर्चाले सोमबार बन्द आह्वान गरेका थिए। त्यही दिन संसद भवन अगाडि सडकमा तारले जेलिएको अवस्थामा प्रेसर कुकर फेला परेको थियो।
प्रहरीले घटनाबारे अनुसन्धान गर्दा सिसीक्यामेरा फुटेजमा मोटरसाइकलमा सवार दुई युवकले प्रेसरकुकर छाडेर गएको देखिएको अपराध महाशाखाले उल्लेख गरेको छ। उक्त घटनामा प्रयोग गरेको मोटरसाईकलसहित मिति काठमाडौंस्थित गौशालाबाट पक्राउ गरी थप आवश्यक अनुसन्धान भैईरहेको महाशाखाले जनाएको छ।
७ मिनेट बसेर स्थगित भयोे संसद बैठक, एमालेकाे विरोध कायमै!!
काठमाडौं । प्रतिनिधिसभाको बैठक छोटो समय बसेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७७/७८’ पेश गरेका छन्।बैठक करिब ७ मिनेट बसेपछि अर्को बैठक फागुन २२ गते दिउँसो १ बजे बस्नेगरि सकिएको सभामुख अग्निप्रसाद सापकोटाले जनाएका छन्।
आज पनि बैठक सुरू हुनासाथ एमाले सांसदले नाराबाजी गरेर विरोध कायमै राखे ।
एमसीसीले खुलायो जागीर, व्यवस्थापक, ड्राईभर देखी कार्यालय सहयोगीसम्म माग(सूचना सहित)
एमसीसीका कम्प्याक्ट सम्झौता अनुमोदन भएसँगै मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल)ले विभिन्न पदमा कर्मचारीहरू माग गरेको छ । एमसीसी परियोजना कार्यान्वयनमा लैजान तयारीका लागि सडक मर्मत तथा प्रविधि सहायतातर्फको परियोजना व्यवस्थापकदेखि ड्राइभर तथा कार्यालय सहयोगीसम्मका पदमा जागिर खुलाएको छ ।

एमसीए नेपालले असिस्टेन्ट इन्जिनियर (सबस्टेसन), अनुगमन मूल्यांकन तथा आर्थिक विलेषण गर्ने व्यवस्थापक, लिड इन्जिनियर (प्रसारणलाइन), ऊर्जा क्षेत्र पुनर्संरचनाका विषेशज्ञ, अनुगमन मूल्यांकनका विशेषज्ञ, डीईडी म्यानेजमेन्ट गर्ने असिस्टेन्ट, आउटरिच कम्युनिकेसन असिस्टेन्ट, कार्यलय सहयोगी र ड्राइभर पदमा आवेदन माग गरेको छ ।
यी पदहरुमा आवेदन दिन इच्छुकले १५ मार्चसम्म आवेदन दिन सक्नेछन् । करिब ३१५ किलोमिटर लामो ४०० केभी क्षमताको विद्युत् प्रसारणलाइन तथा तीन वटा ४०० केभी क्षमताका सब-स्टेशन निर्माण गर्ने र ७७ किलोमिटर सडकलाई नयाँ प्रविधिबाट मर्मत र विस्तार गर्ने गरी यो आयोजना कार्यान्वयनमा लगिँदैछ ।
यी आयोजना निर्माणको काम सुरु गर्नुअघि जग्गा प्राप्ति, रुख कटानको लागि स्वीकृति, वातावरणीय प्रभाव मूल्यांकन (ईआईए), टेन्डर डकुमेन्टको तयारी र टेन्डर लगायतका काम सक्नुपर्छ । एमसीए-नेपालले निर्माण सुरु हुने दिन (मिति) तोकेर त्यसैअनुसार यी पूर्वतयारीको काम सुरु गर्न विभिन्न पदमा आवेदन मागेको हो ।
यस्ता पूर्वतयारीका काम सक्न लाग्ने अवधि मूल्यांकन गरेर एमसीए-नेपालले परियोजनाको कार्यान्वयन सुरु हुने हुने मिति तोक्ने छ । यसअघि पनि यस्ता मितिहरु पटक-पटक तोकिएका थिए, तर संसदबाट सम्झौता अनुमोदनमा ढिलाइ भएपछि सर्दै आएको थियो ।
अब एमसीए नेपाले मुख्य रुपमा आयोजना सुरु हुनुअघि कार्यस्थलमा गर्नुपर्ने पूर्वतयारी सक्ने र कागजी रुपमा नेपाल सरकारले तोकेका प्रक्रिया पुरा गर्नेतर्फ केन्द्रित हुने बताएको छ ।
मृत्यु भन्ने शब्दको उस्तै अर्थ आऊने १०८ शब्द हेरौ र नया कुरा सिकौ ।
मर्नु —
१. मर्नु, २. सास जानु, ३. आलु खानु, ४. सिद्धिनु, ५. सिलटिम्मुर खानु, ६. गुल्टिनु, ७. जानु, ८. माथि जानु, ९. परमधाम हुनु, १०. हावा खानु, ११. जिब्रो टोक्नु, १२. दिवङ्गत हुनु, १३. देहावसान हुनु, १४. मास छर्न जानु, १५. स्वर्गवास हुनु, १६. स्वर्गे हुनु, १७. स्वर्ग जानु, १८. इहलीला समाप्त गर्नु, १९. चिप्लिनु, २०. संसार छोड्नु, २१. माटो खानु, २२. ब्रह्मलीन हुनु, २३. खुस्किनु, २४. देहान्त हुनु, २५. हृदयगति बन्द हुनु, २६. सास फेर्न बिर्सिनु, २७. माछा मार्न जानु, २८. मृत्यु हुनु, २९. मरण हुनु, ३०. खस्नु, ३१. काल आउनु, ३२ देहत्याग गर्नु, ३३. महाप्रयाण गर्नु, ३४. महाप्रस्थान गर्नु, ३५. छोडेर जानु, ३६. कीर्तिशेष हुनु, ३७. सकिनु, ३८. जिब्रो टोक्नु, ३९. सूर्ति खानु, ४०. आँखा पल्टाउनु, ४१. परलोक हुनु, ४२. साथ छाड्नु, ४३. सास छाड्नु, ४४. जौतिल खानु, ४५ ईश्वरको प्यारो हुनु, ४६. कालले ध्वजा हाल्नु, ४७. कालले झटारो हान्नु, ४८. हरियो बाँसमा झुन्ड्याउनु, ४९. टुँ पार्नु , ५०. कालले घिच्याउनु, ५१. मोक्ष प्राप्त गर्नु, ५२. बित्नु, ५३. चोला बदल्नु, ५४. विदा हुनु, ५५. खतम हुनु, ५६. निर्वाण प्राप्त गर्नु, ५७. प्राणपखेरु उड्नु, ५८. आकाशमा जानु, ५९. तारा हुनु, ६०. कालले लानु, ६१. काल मोटाउनु, ६२. अशरीर हुनु, ६३. कालको आहारा हुनु, ६४. मिति सिद्धिनु, ६५. मिति पुग्नु, ६६. देउताको घर जानु, ६७. नफर्किने बाटो लाग्नु, ६८. मानो घोप्टिनु, ६९. खरानी बन्नु, ७०. माछाको आहारा हुनु, ७१. विदेह हुनु, ७२. चिलिम फर्किनु, ७३. मानु सकिनु, ७४. यमलोक जानु, ७५. नफर्कने गरी जानु, ७६. चोला उठ्नु, ७७. माटोमा मिल्नु, ७८. निधन हुनु, ७९. आखा चिम्लिनु, ८०. बालुवाको सिरानी हाल्नु, ८१. चपरीमुनिको बास हुनु, ८२. पञ्चतत्त्वमा मिल्नु, ८३. खीर खान जानु, ८४. पिठो सकिनु, ८५. दिन आउनु, ८६. दुःख बिसाउनु, ८७. शरीर छाड्नु, ८८. हरियो बाँसमा सुत्नु, ८९. पिण्ड खानु, ९०. मुक्त हुनु, ९१. सास चुँडिनु, ९२. यात्रा सकिनु, ९३. अन्त्य हुनु, ९४. दियो निभ्नु, ९५. चिहान बन्नु, ९६. बही बुझाउनु, ९७. सामल सकिनु, ९८. चट हुनु, ९९. चिरनिद्रा, १००, महानिद्रा, १०१. नुन लिन जानु, १०२. ठहरै हुनु, १०३. पुर्खा भेट्न जानु, १०४. स्वाहा हुनु, १०५. दिन सकिनु, १०६. खलास हुनु, १०७. पिण्ड खान जानु, १०८. सुइँकिनु ।
पशुपति मन्दिरको पुलमा क्षति पुगेपछि भक्तजन बागमती नदीमा खसेका छन्, आखिर भएको के थियो?
मङ्गलबार अत्याधिक भीडभाडका कारण पशुपतिनाथ मन्दिर स्थित बागमती नदीको पुल भत्किँदा केही भक्तहरु बागमतीमा खसेका थिए । जसमा एकजना घाईते भएको जानकारी आएको छ जसको अवस्था अहिले सामान्य रहेको पाईएको छ ।
शिवरात्रिको अवसरमा मंगलबार साँझ बागमती नदीमा ठूलो संख्यामा मानिसको भीड लागेको थियो । पुल निकै पुरानो भएकाले यो घटना भएको हो ।
महाशिवरात्रिको अवसरमा सधै झै भक्तालु हरूको भिड़ निकै बाक्लो हुने गर्द्छ त्यसै अनुरूप पुलमा धेरै मानिसहरू जम्मा भएपछी पुलले थेगं नसकेर भत्कीएको थियो । अहिले भने उक्त पुलमा आवतजावत बन्द गरीएको पशुपती बिकास बोर्डले बताएको छ ।
मलेसियामा आफ्नो साथीकै योजनामा सामूहिक बलात्कृत हुँदै नेपाली युवतीहरू ।
तनहुँ ढोरफिर्दीकी उमा अधिकारी (नाम परिवर्तन) मलेसिया रोजगारीमा पुगेको आधा दशक भयो । उनी मलेसिया गएपछि स्वदेश फर्कन पाएकी छैनन् । साथमा राहदानी नभएका कारण अवैध रूपमा बसेर काम गर्न उनी बाध्य भएकी छिन् । करिव दुई साताअघि आफू सामुहिक बलात्कारमा परेको भन्दै मलेसियास्थित नेपाली दूतावासको सम्पर्कमा अधिकारी आएकी थिइन् । हाल उनी स्वदेश फिर्ती सेल्टरमा बसेकी छिन् ।
सामाजिक सञ्जालमार्फत बिश्वपाटीको सम्पर्कमा आएकी उनले अवैध रूपमा बसेकै कारण आफूले शारीरिक, मानसिकदेखि याैन यातना भाेग्नुपरेकाे बताइन् । ‘७ वर्ष अगाडि मलेसिया रोजगारीका लागि आएकी थिएँ । यहाँ आएको दुई वषपछि अवैध रूपमा बसेर कम्पनी फेर्दै काम गरिरहेको छु । यति नगरे मलेसियाकाे प्रहरीले समातिहाल्छ’, उनले भनिन् ।
उनी मलेसियाकाे क्वालालाम्पुर शहर त्रिपुराको ग्रामेन्टमा काम गरिरहेका बेला दुई पटक बलाकृत भएकी हुन् । अधिकारी जस्तै एक महिनाअघि सामूहिक बलात्कारमा परेको भन्दै नेपालको स्थायी ठेगाना नखुलाएकी रमना सार्की (नाम परिवर्तन) पनि दूतावासको सम्पर्कमा पुगिन् ।
सार्कीले आफूमाथि जोरवारु शहरनजिकै मलेसिया टाउनभित्रको कृषि फार्ममा सामूहिक बलात्कार भएकाे जानकारी दूतावासमा गराएकी थिइन् । सार्की पनि ८ वर्षयता मलेसियामा अवैध रुपमा काममा बसिरहेकी छन् । मलेसियामा कोरोनाका कारण अवैध रूपमा काम गर्दै बसेका नेपाली महिला कामदार धेरै असुरक्षित भएका छन् । अवैध रूपमा बसेका कारण नेपाली र भारतीय मूलका कामदारहरूको सहयोगमा बस्नुपर्दा सामूहिक बलात्कारकाे शिकार हुनुपरेको सार्की बताउँछिन् ।
मलेसियामा कार्यरत नेपाली कामदारले नै भारतीय र बंगाली श्रमिकसँग पैसा लिएर सामूहिक बलात्कार गराउने गरेको उनले बताइन् । ‘म कृषि फार्ममा कार्यरत थिए । त्यही मसँगै काम गर्ने लमजुङका केशव परियार नाम बताउने व्यक्तिले ३ जना बंगालीसँग ८ सय रिंग्रेट लिएर सामूहिक बलात्कार गराए’, उनले भनिन्, ‘अवैध रूपमा बसेका कारण बलाकृत भएपछि उजुरी गर्नै सकिनँ । अन्याय सहेर बस्नुपर्याे । उजुरी गर्न जाँदा उल्टो प्रहरीले समाउँछ ।’
सार्की दुईवर्ष यता पटक–पटक सामूहिक बलात्कारमा परेकी छिन् । अवैध बसेका कारण नेपालीहरूले नै झुक्याएर अथवा नशालु पदार्थ खुवाएर बलात्कार गर्ने गरेकाे सार्की गुनासो गर्छिन् । सार्कीजस्तै मलेसियाको त्रिपुरा शहरमा सामूहिक बलात्कारमा परेकी जोशीको समस्या पनि उस्तै छ । उनी ग्रामेन्ट कम्पनीभित्र लुगा मिलाउने काम गर्दै आएकी थिइन् ।
मासिक १ हजार ३ सय रिंग्रेट तलब कमाइरहेकी जोशिको साथीको लहैलहैमा लागेर बलाकृत हुनुपरेको बताउँछिन् । ‘मलेसियामा काम गर्दै बसेकी बागलुङकी ममता गुरुङले सामूहिक बलात्कार गराइन् । उनले एक दिन भारतीय साथीको काेठामा पार्टी खान लगिन् । पहिले भारतीय २ जना पुरुषसँग मलाई ल्याउँछु भनेर पैसा लिएकी रहेछ’, उनले भनिन्, ‘एक पटक बलात्कार गरेपछि भारतीय पुरुषले भिडियो छ भनेर ब्ल्याककमेलिङ गर्न थाले । त्यसपछि कम्पनी छाडेर भागे । मलाई बलात्कार गराउने गुरुङ पनि कम्पनी छाडेर भागिन् ।’
अधिकारी र सार्की हाल मलेसियाको स्वदेश फिर्ती केन्द्रमा छन् ।
मलेसिया अवैध बसेका नेपाली कामदारका समस्या बाहिर नआउने गरेको र उनीहरू धेरै समस्या भोगेर लुक्दै काम गरिरहेको नेपाली दूतावासका श्रम कन्सुलर पन्थी बताउँछन् । ‘अवैध रूपमा बसेका नेपालीहरूलाई समस्या परे तत्काल सहयोग गर्नसक्ने अवस्था हुँदैन । यो नै मुख्य समस्या हो । अवैध बसेका कामदार दूतावाससम्म आइपुग्न नै गाह्राे छ’, उनले भने ।
एमसीसी पारित भएपछि बोल्यो उत्तरी छिमेकी चीन, दियो अहिलेसम्मकै कडा प्रतिक्रिया!!
एमसीसी पारित भएपछि बोल्यो उत्तरी छिमेकी चीन, दियो अहिलेसम्मकै कडा प्रतिक्रिया
काठमाडौं । लामो समयको विवाद र किचलोका विच नेपालको संसदबाट विवादित अमेरिकी सहयोग परियोजना एमसीसी पारित भए पछि छिमेकी मूलुक चिनले मुख खोलेको छ ।एमसीसी पारित भए पछि अमेरिकाले तत्कालै विज्ञप्ती जारी गरेर स्वागत गरेको थियो भने चिनले पनि यस बिषयमा खरो प्रतिक्रिया दिएको छ । यस अघि पनि एमसीसीको बिषयमा दुई पटक बोलिसकेको चिनले यस पटक भने फरक खालको प्रतिक्रिया दिएको छ ।नेपालको संसदबाट एमसीसी पारित भएको बिषयमा चिनले व्याख्यात्मक घोषणालाई ध्यान दिएको बताएको छ। यस अघि अमेरिकाले नेपालमा धम्की कुटनिती सुरु गरेको भन्दै प्रतिवाद गर्ने चेतावनी दिएको चिनले एमसीसीलाई प्यान्डोराज बक्सको संज्ञा दिएको थियो भने एमसीसी पारित भए पछि यसलाई नोटिसमा राखेको भनेको छ ।सोमबार बेइजिङमा पत्रकार सम्मेलन गरी चिनियाँ परराष्ट्र प्रवक्ता वाङ वनपिनले एक मित्रवत् छिमेकी र विकास साझेदारका रूपमा चीनले सधैंझैं नेपाली जनताको विकासको बाटो छनोटलाई समर्थन गर्ने बताए।
सुर्खेत एमाले पार्टी कार्यालयमा आगजनी, कांग्रेस र माओवादीको तोडफोड!!
सुर्खेत एमाले पार्टी कार्यालयमा आगजनी, कांग्रेस र माओवादीको तोडफोड!!
सुर्खेतमा विभिन्न राजनीतिक दलका पार्टी कार्यालयहरुमा बन्दकर्ताले क्षति पुर्याएका छन् ।
एमसीसी अनुमोदनको विरोधमा बन्द आह्वान गरेका दलका कार्यकर्ताहरुले नेकपा एमालेको पार्टी कार्यालयमा आगो लगाएका छन् ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड गरेका छन् ।
सत्तारुढ गठबन्धनबाट राष्ट्रिय जनमोर्चा अलग भएको घोषणा!!
सत्तारुढ गठबन्धनबाट राष्ट्रिय जनमोर्चा अलग भएको घोषणा
२०७८,फाल्गुन,१६,काठमाडौं । सत्तारुढ गठबन्धनमा आवद्ध दल राष्ट्रिय जनमोर्चाले सरकारबाट अलग भएको घोषणा गरेको छ ।
संसदबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) पास भएकोप्रति गम्भीर असन्तुष्टि रहेको जनाउँदै गठबन्धनबाट बाहिर निस्किएको जनाएको छ ।
सोमबार बसेको सत्ता राष्ट्रिय जनमोर्चाको सचिवालय बैठकले सत्ता गठबन्धनबाट बाहिर निस्किएको घोषणासँगै पाँच दलीय गठबन्धन विभाजित भएको हो ।
‘पाँच दलीय गठबन्धनभित्रको हाम्रो पार्टी बाहेकका चार पार्टीले एमसीसीलाई संसदद्वारा पारित गराउन गरेको षड्यन्त्र, जालझेल, तिकडम र साम्राज्यवादीहरुको दलाली तथा पृष्ठपोषण गर्ने काम गरेको हुनाले पाँच दलीय गठबन्धन देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको विरुद्ध खडा भएको स्थितिमा पाँच दलीय गठबन्धनलाई कायम राखिरहनु पर्ने औचित्य समाप्त भएको छ । गठबन्धनबाट देशको सार्वभौमसत्ता र अखण्डतालाई गम्भीर क्षती पुगेकोले त्यसबाट हाम्रो पार्टी आ कै मितिदेखि अलग भएको घोषणा समेत गर्दछौँ ।’ बैठकपछि जनमोर्चाले भनेको छ ।
सर्वोच्च अदालनको आदेश अनुसार गत असार २८ गते बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारमा जनमोर्चासहित ५ दलको समर्थन रहेको थियो ।
यस्तो छ प्रेस वक्तव्य
आज बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय सचिवालयको बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न यो वक्तव्य जारी गरिएको छ ।
१. केपी ओलीले लादेको प्रतिगमनका विरुद्ध हाम्रो पार्टीले प्रतिगमन विरुद्धको पाँच दलीय गठबन्धनको निर्माण र त्यसको निरन्तरतामा जोड दिदै आएको थियो । प्रतिगमन विरुद्धको पाँच दलीय गठबन्धनले विघटित संसदको पुनस्र्थापना, ओली सरकारको अन्त्य, प्रतिगमनका विरोधी शक्तिहरुको नेतृत्वमा नयाँ सरकारको निर्माण तथा गणतन्त्रको रक्षाका लागि महत्वपूर्ण काम गरेको थियो, जुन सही थियो । एमसीसी जस्तो राष्ट्रघाती सम्झौताका विरुद्ध सम्पूर्ण देशभक्त नेपाली जनता सडकमा उत्रेका छन् । हाम्रो पार्टीले लगातार एमसीसीको खारेजीमा जोड दिंदै आएको छ । एमसीसी सम्झौताले देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतालाई कमजोर बनाउनुका साथै सम्झौताका आडमा अमेरिकी सेना समेत नेपाल आउन सक्ने र त्यसबाट हाम्रो असंलग्न परराष्ट्रनीति पनि धरासायी हुने भएकोले विद्यमान अवस्थामा एमसीसी विरुद्धको संघर्ष प्रधान बनेर अगाडि आएको छ । यस परिप्रेक्ष्यमा पाँच दलीय गठबन्धनभित्रको हाम्रो पार्टी बाहेकका चार पार्टीले एमसीसीलाई संसदद्वारा पारित गराउन गरेको षड्यन्त्र, जालझेल, तिकडम र साम्राज्यवादीहरुको दलाली तथा पृष्ठपोषण गर्ने काम गरेको हुनाले पाँच दलीय गठबन्धन देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको विरुद्ध खडा भएको स्थितिमा पाँच दलीय गठबन्धनलाई कायम राखिरहनु पर्ने औचित्य समाप्त भएको छ । गठबन्धनबाट देशको सार्वभौमसत्ता र अखण्डतालाई गम्भीर क्षती पुगेकोले त्यसबाट हाम्रो पार्टी आज कै मितिदेखि अलग भएको घोषणा समेत गर्दछौँ ।
२. एमसीसीलाई पारित गराउनका लागि सरकारले अपनाएको मतदान प्रक्रियाको पनि हाम्रो पार्टी घोर विरोध तथा भत्र्सना गर्दछ । एमसीसी जस्तो राष्ट्रघाती सम्झौता जसले राष्ट्रलाई दीर्घकालीन रुपले गम्भीर क्षति पु¥याउने छ । जसको विरुद्ध सम्पूर्ण नेपाली जनता सडकमा उत्रेको अवस्थामा जलझेल गरेर ध्वनि मतको आधारमा त्यसलाई पारित गरियो । यदि अल्पमत बहुमतको विधि अनुसार मत विभाजन गरेको भए एमसीसीलाई विद्यमान अवस्थामा अनुमोदन गर्न सरकारका लागि मुश्कील पर्ने भएको हुनाले नै ध्वनि मतको सहारा लिएर अनुमोदन गर्ने काम भएको छ । सरकारको यस प्रकारको तानाशाही तथा निरंकुश प्रवृत्तिको हामी घोर विरोध तथा भण्डाफोर पर्दछौँ ।
३. एमसीसी सम्झौता संसदद्वारा षड्यन्त्रमूलक ढंगबाट पारित गर्नुका साथै सम्झौताको व्याख्यात्मक प्रस्ताव पनि पारित गरिएको छ । उक्त कथित व्याख्यात्मक प्रस्तावलाई समेत हाम्रो बैठकले औचित्यहिन ठहर गरेको छ । माओवादी र एकीकृत समाजवादीले व्याख्यात्मक प्रस्तावमा कथित सहमति जनाउने कुरा आफ्ना कार्यकर्ताहरुको एमसीसी विरुद्धको आक्रोसलाई मत्थर पार्न गरिएको नौटङ्की मात्र हो । अन्तिम अवस्थामा आएर एमसीसी जस्तो राष्ट्रघाती सम्झौता पारित गर्न माओवादी र एकीकृत समाजवादीले खेलेको भूमिकाको समेत हाम्रो पार्टीले घोर विरोध तथा भत्र्सना गर्दछ । त्यसका साथै राष्ट्रियता जस्तो गम्भीर सवालमा एमालेले देखाएको रमित गैर जिम्मेवार व्यवहार र प्रकारान्तरले एमसीसीलाई पारित गराउन खेलेको भूमिकाको पनि बैठकले भत्र्सना गरेको छ ।
४. एमसीसी विरुद्धको संघर्षलाई अगाडि बढाउन दलको स्वतन्त्र पहलकदमीमा फागुन १९–२२ गतेसम्म देशव्यापी जिल्ला तथा स्थानीय स्तरका विरोध सभाहरु गर्ने ठेगान भएको छ ।
राष्ट्रिय युवा संघ पोखरा ८ द्दारा रक्तदान कार्यक्रम सम्पन्न, ४१ युनिट संकलन ।(फाेटाे फिचर सहित)
- राष्ट्रिय युबा संघ पोखरा८ द्दारा रक्तदान कार्यक्रम सम्पन्न, ४१ युनिट संकलन ।

पोखरा । राष्ट्रिय युवा संघ नेपाल पोखरा मनपा-८ द्वारा पोखरा सृजनाचोकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। रगत अभाव नहोस् भनेर रक्तदान गरि राष्ट्रिय युवा संघले सरहानिय काम गरेको कार्यक्रमका प्रमुख अतिथि पोखरा-०८ का अध्यक्ष रुद्रनाथ बरालले बताएका थिए ।
रक्त संचार केन्द्र पोखराको सहयोग मा भएको कार्यक्रमको अध्यक्षता राष्ट्रिय युबा संघ ८ का अध्यक्ष सन्जिब बरालले गरेका थिए भने कार्यक्रममा नेकपा एमाले पोखरा-०८ उपाध्यक्ष कमला गिरि, सचिब दिपकराज घिमिरे , नेकपा एमालेका जिल्ला सदस्य पर्शुराम बराल, रेडक्रस पोखरा ८ का सचिब बलराम बराल, राष्ट्रिय युवा संघका उपाध्यक्ष सुनिल खड्का, समाजसेबि दलबहादुर जिसि, गणेश अधिकारी लगायतका अतिथि एवं महानुभावहरुको उपस्थिति रहेको थियो ।
राष्ट्रिय युवा संघ पोखरा-०८ का अध्यक्ष सन्जिब बरालको अध्यक्षतामा भएको कार्यक्रममा ४१ पिन्ट रगत संकलन भएको युवा संघ पोखरा-०८का सचिव किरण भण्डारीले बताएका थिए। कार्यक्रमको संयोजकको रुपमा उपाध्यक्ष सुनिल खड्काले रहेका थिए। उक्त कार्यक्रम संचालक किरण भण्डारी रहेका थिए ।


















Next Page » « Previous Page