२०८३ बैशाख १५ मंगलवार

पत्रकार अमृत कुमार भट्टराई जिल्ला प्रहरी कास्की बाट सम्मानित !!

पोखरा १२,
पब्लिक फोरके टेलिभिजनकर्मी अमृतकुमार भट्टराईलाई जिल्ला प्रहरी कार्यालय कास्कीले सम्मान गरेको छ ।

समाजमा शान्ति सुरक्षा कायम राख्न तथा अपराध अनुसन्धान रोकथाम नियन्त्रण गर्न सञ्चार क्षेत्रबाट योगदान पुराएको भन्दै कास्की प्रहरीले भट्टराईलाई सम्मान गरेको हो ।

 

प्रहरीको शान्तिपूर्ण र सुरक्षित समाजको लक्ष्यसाथ प्रादुभाव भएको समुदाय प्रहरी साझेदारी अवधारणाको कार्यान्वयनको क्रममा नागरिक प्रहरीबिचको सुमधुर सम्बन्ध स्थापित गर्न योगदानका आधारमा भट्टराई सम्मानित गरिएको कास्कीका प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए ।

कार्यक्रममा एसपी थापाले प्रहरीको एक प्रयासले मात्रै समाजमा शान्ति स्थापना गर्न सम्भव नभएको यसका लागि हरेक पेशाकर्मी लाग्नुपर्ने कुरा जोड दिए । सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समितिका अध्यक्ष भीम पराजुलीले समाजमा रहेका विकृति विसंगतीहरुलाई न्यूनिकरण गर्नका लागि सामुदायिक प्रहरी सेवा केन्द्र सदैव तत्पर रहेको बताए ।

भट्टराईसँगै कास्कीका क्रियाशिल सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्षहरुलाई समेत सम्मान गरिएको थियो ।

एनसीसी द्वारा शुभकामना आदान प्रदान सहित दशै कप सम्पन्न

एनसीसी द्वारा शुभकामना आदान प्रदान सहित दशै कप सम्पन्न

अष्ट्रल नेप्लिज कम्यूनिटि क्लव (एएनसीसि )को आयोजनमा शनिवार एक कार्यक्रमको समारोह विच क्रेक पार्क अष्टल प्ले ग्राउण्ड मा विविध कार्यक्रमका साथ वडादशैको अवसरमा शुभ कामना आदान प्रदान , सकर कप , किड्स फण्ड प्रोग्राम अन्तर्गत एथलेटिक्स दौड ,फेस पेन्टिङ बुवा आमाका लागि म्यूजिकल चेयर , घैटो फोर्ने साथमा मनोरजतात्मक राफल चिट्ठा कृयाकलापका साथ कार्यक्रम सम्पन भएको छ
क्लवका अध्यक्ष सुनिल पराजुलिको अध्यक्षता तथा नेपालि अभिभावक समाज अष्ट्रेलिया अष्ट्रल का अध्यक्ष मुरारी प्रसाद घिमिरेको प्रमुख आथितवमा भएको सो कार्यक्रममा क्लवका सामुदायिक कोडिनेटर कृष्ण के सि को संयोजन एवं समन्वयमा २ चरणमा गरी कार्यक्रम सम्पन्न भएको थियो अष्ट्रल क्षेत्रमा रहनु भएका नेपालि अभिभावक बुवा आमा दाजु भाई दिदि बहिनि तथा बालवालिका को वाक्लो उपस्थिति रहेको सो कार्यक्रम मा तिन वटा समुहरु क्रमश सगरमाथा , अन्नपूर्ण , कन्चनजङ्गा विच 3 घण्टा बढो रोजक प्रतिस्पर्धात्मक खेल सम्पन्न भएको थियो जसमा अन्नपूर्णका क्याप्टेन पारश भहराई कचनजङ्गा को क्याप्टेन निराजन श्रेष्ठ र सगरमाथा टिमको क्याप्टेन विवेक लुइटेल खेलको नेतृत्व गरेका थिए जसमा अन्नपूर्ण को टिम प्रथम ,सगरमाथा टिम रनर अप र तृतिय कन्चनजङ्गा भएको थियो जसमा फुटवलमा म्यान अफ द टुनामेन्ट पारस भहराई भएका थिए जसमा विजेता तथा सबै खेलप्रेमि तथा अन्य कृयाकलाप मा उष्कृत भएका वालबालिका तथा व्यक्तित्वहरु लाई प्रमुख अतिथि घिमिरे ज्यू ले पुस्कार मेडल वितरण गर्नु भएको थियो साथै आफ्नो धारणा व्यक्त गर्दै क्लवले छोटो समयमा पनि युवाहरुलाई समेटि सामाजिक एवं परोपकारी कार्य गरेकोमा खुशि व्यक्त गर्दै कार्यक्रमको सरहना गर्नु भएको थियो यस्तै अर्को अतिथि फेन्का न्यु साउथ बेल्थ का डेपुटि कोडिनेटर एवं आरएन एस अस्टेलियाका संरक्षण मुक्तिराम पोखरेल ज्यू ले आफ्नो धारणा राख्दै
सामाजिक रुपान्तरण गरी युवा वर्गलाई एकिकृत गर्दै खेलकुद तथा सामुदायिक गतिविधिमा सामाजिक कार्य मार्फत आयाम थप्दै काम गर्दै अगाडि बढेकोमा प्रशंशा गर्दै क्लवले गरेको कार्यको सरहाना गर्नु भएको थियो यस्तै अर्को समाजसेवि एवं अभिभावक समाजका सकृय सदस्य भरत बहादुर खड्का ज्यूले आफ्नो मन्तव्य दिदै यस क्लवले आगमि दिन महिला शशक्तिकरण नेतृत्व विकास सहित सामुदायिक गतिविधि लाई पनि अगाडि बढाउन सुझाव विदै क्लवले हाल सम्म गरेका कार्यको प्रशंसा गर्नु भएको थियो संस्थाका अध्यक्ष सुनिल पराजुलि ले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा कार्यक्रम लाई सफलिभूत बताउन सहयोग गर्ने टिम का साथिहरु , मिडिया कर्मौ , अभिभावक समाज , स्पोन्सरदाता खेलाडि एवं अस्ट्रल वासि समस्त आमा बुवा दाजु भाई दिदी बहिनि ज्यू लाई विशेष धन्यवाद दिदै आफ्नो मन्तव्यको क्रममा युवाहरु परिवर्तनका संवाहाक हुनु जसले यूवाहरुमा भएको ज्ञान सिप र दृष्टिकोण क्लवले आफ्नो संस्कृत्ति मार्फत एकिकृत्त सामुदायिक योजना बनाई विभिन्न सरोकारवाला सँग सहकार्य गरी कार्य गर्ने छ भन्ने धारणा व्यक्त गर्नु भयो थियो भने सो कार्यक्रम लाई सफलिभूत पुऱ्याउन विभिन्न व्यक्ति तथा संघ संस्थाले पनि साझेदारी गरी सहयोगी हातहरु अगि बढाएका थिए जसमा कमःश द गिल्डफर्ड एक्सप्रेसो र टप सेल्फ कफि एण्ड किचनका प्रोपराइटर अनिल जङ थापा रे प्रोपट्रीका निराजन श्रेष्ठ ,गुरुङ सुटलेस एण्ड ट्रावल्सका विष्णु गुरुङ्,सेज होम लोनका समिर श्रेष्ठ , डिजाइन ल्यावका किजन महर्जन ,कोच डिल खड्का लगायतका व्यक्ति तथा व्यवसायिक संस्थाले कार्यक्रमलाई सफल बनाउन सहयोगि भुमिका खेलेका थिए |

देशभरका स्कुल र विश्वविद्यालय तीन दिन बन्द गर्न मन्त्रालयको अनुरोध !

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका स्कुल र विश्वविद्यालयहरू तीन दिन बन्द गर्न अनुरोध गरेको छ।

शनिबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै शैक्षिक संस्थाका भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै स्कुल र विश्वविद्यालय आइतबारदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध गरेको हो।

देशभर विश्वविद्यालय र स्कुलका भवनमा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढी पहिरोको चपेटामा परेको, यातायात अवरूद्ध भएको र दैनिक जीवनयापनमा कठिनाइ भएको जानकारी मन्त्रालयमा प्राप्त भइरहेकाले यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

यस्तै, बाढी पहिरोबाट विस्थापित भएकालाई आकस्मिक रूपमा शैक्षिक संस्थाका भवनमा व्यवस्थापन गर्नुपर्ने हुँदा तीन दिन बन्द गर्न अनुरोध गरिएको जनाइएको छ।

यात्रुबाहक बस कोशी नदीमा खस्यो !!

#Sad News : सुनसरीको सप्तरी -सुनसरी जोड्ने काेशी ब्यारेजबाट यात्रु बाहक बस नदीमा खसेकाे छ ।२० जनाकाे उद्धार ।
थप विवरण आउन बाँकी ..

मेडिकल व्यवसायी प्रसाईँलाई थप पाँच दिन थुनामा राख्न अनुमति ।

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ।

अदालतका सूचना अधिकारी मेलिश बास्कोटाका अनुसार बुधबार म्याद थपका लागि उनलाई काठमाडौं जिल्ला अदालत पेस गरिएकोमा न्यायाधीश श्यामविहारी मौर्यले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन्। उनलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ।

उनलाई साइबर ब्युरोले भक्तपुरस्थित निवासबाट आइतबार पक्राउ गरेको थियो। सोमबार उनलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो। मंगलबार सरकारी वकिल कार्यालयले उनको बयान लिएको थियो।

पिएन प्रिमियर कपको उपाधि नेटिभ फ्लेम्सलाई : पिच प्रिडेटर माथि नेटिभ फ्लेम्स १ विकेटले विजयी

पिएन प्रिमियर कपको उपाधि नेटिभ फ्लेम्सलाई : पिच प्रिडेटर माथि नेटिभ फ्लेम्स १ विकेटले

पिएन प्रिमिफ्लेम्सलाई : पिच प्रिडेटर माथि नेटिभ फ्लेम्स १ विकेटले विजयी

पिएन प्रिमियर कपको फाइनलमा नेटिभ फ्लेम्सले पिच प्रिडेटरलाई १ विकेटको झिनो अन्तरले पराजित गरेको छ।

जारी पिएन प्रिमियर कपको फाइनल खेलको पहिलो इनिङ्गमा टस हारेर व्याटिङको निम्तो पाएको पिच प्रिडेटरले ८ विकेट गुमाउदै ७५ रन बनाएयो थियो। ७६ रनको लक्ष्य पछाएको नेटिभ फ्लेम्सले १३.२ ओभरमा ९ विकेट गुमाउदै पूरा गरेको थियो । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको पिच प्रिडेटरले पुश्कल गोडेलको २८,विराट डुवाडिको ११ र मनिष गौतमको १० रनको सहयोगमा १५ ओभरमा ८ विकेट गुमाउदै केवल ७५ रन बनाएको थियो ।

७६ रनको लक्ष्य पछाएको नेटिभ फ्लेम्सले लगातार अन्तरालमा विकेट गुमाउदै १३.२ ओभरमा सुदिपको ३६ तथा ईश्वरको १४ रनको मदतमा अन्तिम विकेट रहदा ईमरानले जिताएका थिए।
खेलमा सुदिप भट्टराई उत्कृष्ट खेलाडी घोषित भएका थिए।

प्रतियोगिताको उत्कृष्ट खेलाडी पुष्कल गौडेल, उत्कृष्ट बलर विकास थापा मगर तथा उत्कृष्ट ब्याटिङको उपाधि सुदिप भट्टराईले पाए। खेलको विजेतालाई २२,२२२ ट्रफि, मेडल तथा प्रमाणपत्र तथा उपविजेतालाई ११,१११ मेडल र प्रमाणपत्र प्रमुख अतिथि तथा विशिष्ट अतिथिले वितरण गर्नुभएको थियो ।

पिएन प्रिमियर कपको उपाधि नेटिभ फ्लेम्सलाई : पिच प्रिडेटर माथि नेटिभ फ्लेम्स १ विकेटले विजयी

पिएन प्रिमियर कपको फाइनलमा नेटिभ फ्लेम्सले पिच प्रिडेटरलाई १ विकेटको झिनो अन्तरले पराजित गरेको छ।

जारी पिएन प्रिमियर कपको फाइनल खेलको पहिलो इनिङ्गमा टस हारेर व्याटिङको निम्तो पाएको पिच प्रिडेटरले ८ विकेट गुमाउदै ७५ रन बनाएयो थियो। ७६ रनको लक्ष्य पछाएको नेटिभ फ्लेम्सले १३.२ ओभरमा ९ विकेट गुमाउदै पूरा गरेको थियो । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको पिच प्रिडेटरले पुश्कल गोडेलको २८,विराट डुवाडिको ११ र मनिष गौतमको १० रनको सहयोगमा १५ ओभरमा ८ विकेट गुमाउदै केवल ७५ रन बनाएको थियो ।

७६ रनको लक्ष्य पछाएको नेटिभ फ्लेम्सले लगातार अन्तरालमा विकेट गुमाउदै १३.२ ओभरमा सुदिपको ३६ तथा ईश्वरको १४ रनको मदतमा अन्तिम विकेट रहदा ईमरानले जिताएका थिए।
खेलमा सुदिप भट्टराई उत्कृष्ट खेलाडी घोषित भएका थिए।

प्रतियोगिताको उत्कृष्ट खेलाडी पुष्कल गौडेल, उत्कृष्ट बलर विकास थापा मगर तथा उत्कृष्ट ब्याटिङको उपाधि सुदिप भट्टराईले पाए। खेलको विजेतालाई २२,२२२ ट्रफि, मेडल तथा प्रमाणपत्र तथा उपविजेतालाई ११,१११ मेडल र प्रमाणपत्र प्रमुख अतिथि तथा विशिष्ट अतिथिले वितरण गर्नुभएको थियो ।

सेप्टेम्बर २८ मा सिडनी अस्ट्रलमा दशै कप संगै बिभिन्न कार्यक्रम हुने ।

सेप्टेम्बर २८ मा अस्ट्रलमा दशै कप संगै, बिभिन्न कार्यक्रम हुने । ।

सिड्नी । अस्ट्रल नेप्लिज कम्युनिटी क्लब (एएनसीसी) २०२४ अगष्ट महिनामा स्थापित भई युवा वर्गलाई समेटी पवित्र सामाजिक कार्य गर्ने भावना बाट स्थापित क्लव ले युवाहरुको विभिन्न विधामा क्षमता अभिवृदि गर्ने उदेश्यले सुनिल पराजुलिको अध्यक्षतामा ११ सदस्यिय कार्य समिति गठन गरेको छ ।

क्लवको उपाध्यक्षमा उपाध्यक्ष विवेक लुइटेल सचिव निराजन श्रेष्ठ , कोषाध्यक्ष अनिल जङ थापा रहेका छन् । साथै समिर पौडेल स्पोर्टस कोर्डिनेटर ,रन्जित थापा , सामुदायिक निर्देशक र परेश भटराई -फुटवल क्याप्टेन रहेका छन् ।

बिजयादशमिको पूर्वसन्ध्यामा युवाहरुमा भएको उत्साहलाई खेल सम्बन्धी विभिन्न सिप, ज्ञानलाई खेल मार्फत चौतर्फि विकास गर्ने उद्देश्यले दशै कप २०२४ आयजना गरिने भएको छ हालै मात्रै स्थापित सो क्लवले आउदो सेप्टेम्बर २८ शनिवारका दिन पहिलो कार्यक्रम गर्न थालेको हो ।

जसमा युवाहरुविच फुटवल खेल बच्चाहरुका लागि निशुल्क फेस पेन्टिङ,बुबाआमा का लागि घैंटो फुटाउने तथा म्यूजिकल जस्ता विभिन्न रचनात्मक कार्यक्रम हरु गर्न थालिएको क्लवका अध्यक्ष सुनिल पराजुलि ले विश्वपाटि मिडिया सँगको कुराकानिमा बताउनु भएको छ ।

विविध सांस्कृत्तिक कार्यक्रम साथ सांगितिक नृत्य प्रस्तृति समेत हुने सो कार्यक्रममा फुड स्टलहरु समेत राखिएको क्लवका सदस्य रवि केसीले जानकारी दिएका छन् । तसर्थ सम्पूर्ण अव्ट्रलवासि आमाबुबा दाजुभाई दिदिबहिनि ज्यूहरुलाई उपस्थिति भईदिनु हुन केसिले अनुरोध समेत गरेका छन् सो कार्यक्रम लाई सफलिभूत पुऱ्याउन विभिन्न व्यक्ति तथा संघ संस्थाले पनि साझेदारी गरी सहयोगी हातहरु अगि बढाएका छन् जसमा कमःश अनिल जंग थापा, द गिल्डफोर्ड एस्प्रेसो र टप सेल्फ कफी एण्ड किचेन, निरजन श्रेष्ठ, रे प्रोपर्टीज विष्णु गुरुङ, गुरुङ शटल्स एण्ड ट्राभल्स, दिल खड्का, कोचदिल, र किजन महर्जन र डिजाइन ल्याबले प्रायोजन गरेका छन् ।

पिएन प्रिमियर कपको दोस्रो दिन : पिच प्रिडेटर र नेटिभ फ्लेम्स विजयी !!

पिएन प्रिमियर कपको दोस्रो दिन : पिच प्रिडेटर र नेटिभ फ्लेम्स विजय

पिएन प्रिमियर कपको दोस्रो दिनको पहिलो खेलमा पिच प्रिडेटरले मिसफिट तथा दोस्रो खेलमा नेटिभ फ्लेम्सले क्लब डिलाई पराजित गरेको छ। यस साथै टिम पिच प्रिडेटर ४ अङ्कका शिर्षस्थान, समान २ अङ्क भएको मिसफिट दोस्रो तथा नेटिभ फ्लेम्स तेस्रो र क्लब डि अन्तिममा रहेको छ ।

जारी पिएन प्रिमियर कपको दोस्रो दिनको पहिलो खेलमा पिच प्रिडेटरले दिएको केवल ११० रनको लक्ष्य पछाएको मिसफिटले १५ ओभरमा ९ विकेट गुमाउदै जम्मा ९१ रन बनाएको थियो । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको पिच प्रिडेटरले १५ ओभरमा ८ विकेट गुमाउदै केवल १०९ रन बनाएको थियो ।

दिनको दोस्रो खेलमा नेटिभ फ्लेम्सले दिएको केवल ११२ रनको लक्ष्य पछाएको क्लब डि सम्पूर्ण ओभर खेल्दै जम्मा ९२ रन बनाए पनि खेल जित्न सकेन् ।यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेटिभ फ्लेम्सले १५ ओभर पूरा खेल्दै केवल ११२ रन बनाएको थियो ।

पहिलो खेलमा पुष्कल गौडेल तथा दोस्रो खेलमा सुदिप भट्टराई उत्कृष्ट खेलाडी घोषित भएका थिए।

दोस्रो दिनको खेल सकिँदा रनरेट का आधारमा भने अन्तिम दिनको खेल सबै टिमलाई महत्वपूर्ण रहन्छ । पिच प्रीडेटरस समूहको शीर्ष स्थान मा रहँदा अन्तिम खेलको जीतले मात्र पनि फाइनल पुग्ने छ ।
त्यस्तै समुहको दोस्रो स्थानमा रहेको मिस फिष्टस समान अंक रहेको नेटिभ फ्लेम भन्दा रनरेट अघि रहेको छ ।
यससाथै पिच प्रेडेटर लाइ अन्तिम खेलमा जित या झिनो अन्तरको हारले पनि अघिल्लो चरणमा जाने समिकरण रहेको छ ।
त्यस्तै मिस फिष्ट्स लाइ दोस्रो दिनको खेल जिते वा सानो अन्तरले मात्र हरे पनि अघिल्लो चरणमा जानेछ ।
नेटिभ फ्लेमलाई भने खेल जिते सोझै नत्र मिस फिष्टस र क्लब डी को खेलको नतिजा कुर्नु पर्ने हुन्छ ।
क्लब डी लाई भने भोलिको पहिलो खेलबाटै समिकरण मिलेर आउनु पर्ने छ । पहिलो खेलमा नेटिभ हारे र दोस्रो खेलमा जित हासिल गरे मात्र अघिल्लो चरणको यात्रा तय गर्ने छ ।

यो सँगै लिगको अन्तिम खेलहरू भोलि पहिलो खेल पिच प्रिडेटरले नेटिभ फ्लेम्सको सामना गर्ने छ भने दोस्रो खेल मिसफिटले क्लब डि सँग खेल्ने छ।

पलेसा गोवर्धनलाई पोखरा महानगरपालिकाले नगद सहित सम्मान !!

पेरिस प्यारालिम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई पोखरा महानगरपालिकाले नगद सहित सम्मान गरेको छ। पेरिस ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल खेलाडी गोवर्धनलाई नगर प्रमुख धनराज आचार्यले आइतबार नगद रु.२ लाख २२ हजार २२२ सहित सम्मान पत्रले सम्मान गर्नुभएको हो। पोखरा रङ्गशालामा आयोजित एक कार्यक्रमका बिच पलेसालाई सो सम्मान प्रदान गरिएको हो।

‘नेपाली खेलकुदको क्षेत्रमा नेपालकी छोरी पलेसा गोवर्धनले प्राप्त गरेको सफलताले खेल जगत मै उत्साहको नयाँ सञ्चार गरेको छ, नगर प्रमुख आचार्यले भन्नुभयो, यो सफलता नेपाल र नेपालीका लागि गर्वको विषय हो। म विश्वास व्यक्त गर्न चाहन्छु, कि ओलम्पिक यात्रामा नेपाली खेलाडीहरूको सफलता अव यसै गरी दर्ज हुँदै जानेछ ।’ भविष्यमा हुने कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालका खेलाडीहरूको प्रेरणाको स्रोतको रूपमा गोवर्धनको सफलता महत्त्वपूर्ण हुने उहाँले उल्लेख गर्नुभयो ।

‘नेपालले लामो समयदेखि ओलम्पिक गेम्समा सहभागिता जनाउँदै आएको छ, प्रमुख आचार्यले भन्नुभयो, तर अहिलेसम्म पदक तालिकामा नेपालको नाम चढेको थिएन, पलेसाले त्यसको अभावलाई सम्बोधन गर्ने स्थानमा पुर्‍याएकी छिन्, यो खेलाडीहरूका लागि महत्त्वपूर्ण प्रेरणा हो।’ महानगरपालिकाले प्रदान गरेको सम्मान पलेसा लगायत खेलाडीहरूको प्रोत्साहन र हौसलाका लागि महत्त्वपूर्ण हुने प्रमुख आचार्यले बताउनुभयो। आइतबार पलेसाका प्रशिक्षक कविराज नेगी लामा र म्यानेजर रामचन्द्र श्रेष्ठलाई समेत सम्मान गरिएको छ।

‘हामीले यसअघि पोखरामा सम्पन्न नवौँ संस्करणको राष्ट्रिय खेलकुदमा सहभागी भई पदक जित्ने १९२ जना नगरवासी खेलाडीहरू, ३६ जना टिम म्यानेजर र ४० जना प्रशिक्षकहरूलाई समेत नगद सहित सम्मान गनिसकेका छौँ, आज पेरिस प्यारालिम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी पारा तेक्वान्दो खेलाडी पलेसालाई सम्मान गरेका छौँ, उहाँले भन्नुभयो, पोखरा महानगरपालिका राष्ट्रको गहनाका रूपमा रहेका खेलाडीहरूको सदैव साथमा रहनेछ।’ समग्र खेलकुदको विकास, पूर्वाधार निर्माण, खेलाडीहरूको खेल कौशल तथा क्षमता विकास, विद्यालय तहका विद्यार्थीहरूको खेल प्रतिको रुचिको प्रवर्द्धन लगायत गतिविधिहरू सञ्चालन गर्न पोखरा महानगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो।

नेपालको पर्यटन राजधानी पोखरा खेलकुदको पनि राजधानी सहर भएको उहाँले उल्लेख गर्नुभयो । पोखरा सबै मौसममा हरेक खेल गतिविधिहरू सञ्चालन गर्न सकिने सहरका रूपमा उपयुक्त रहेको बताउँदै उहाँले यहाँ सञ्चालन हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा महानगरपालिकाले सहकार्य गर्दै आइरहेको बताउनुभयो ।

नेपाललाई पारा ओलम्पिकमा ऐतिहासिक पदक दिलाएकी गोवर्द्धनले तेक्वान्दोको ५७ केजीभन्दा कम तौलको प्रतिस्पर्धामा सर्वियाली खेलाडीलाई पराजित गरी कांस्य पदक जितेकी थिइन् । पलेसा ओलम्पिक प्रतिस्पर्धामा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् । २०२१ को एसिया यूथ पारा गेम्समा स्वर्ण जितेकी पलेसा २०१० देखि तेक्वान्दो खेल्न थालेकी थिइन्।

प्रधानमन्त्री ओलीले आज मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै !!

प्रधानमन्त्री ओलीले आज मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दL
प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो साढे २ बजे सिंहदरबारमा मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दैछन् ।

यो सम्झौताका आधारमा मन्त्रीहरुको ‘रिपोर्ट कार्ड’ बन्ने छ । २१ जना मन्त्रीसँग हुने कार्यसम्पादन सम्झौतामा मन्त्रालयहरुले आर्थिक वर्ष २०८१÷८२ मा गर्नुपर्ने प्रमुख काम र समयसीमा उल्लेख छ ।

मन्त्रीहरुले सम्झौता अनुसार काम गरेको वा नगरेको आधारमा मासिक÷चौमासिक समीक्षा हुनेछ ।

प्रधानमन्त्री कार्यालयका अनुसार यो १ वर्षे सम्झौतामा मन्त्रीहरुले के–के गर्ने भन्ने उल्लेख छ । सरकारको नीति, नियम, निर्णय र निर्देशनअनुसार काम गर्न मन्त्रीहरुलाई सम्झौताले सहयोग गर्ने दाबी प्रधानमन्त्री निकट स्रोतको छ ।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय