२०८३ असार १० बुधबार

एमसीसी कम्प्याक्ट अनुमोदनका सम्बन्धमा अमेरिकी दुतावास, नेपालको विज्ञप्ति।

एमसीसी कम्प्याक्ट अनुमोदनका सम्बन्धमा हाम्रो विज्ञप्ति ॥
𝐒𝐭𝐚𝐭𝐞𝐦𝐞𝐧𝐭 𝐨𝐧 𝐩𝐚𝐫𝐥𝐢𝐚𝐦𝐞𝐧𝐭’𝐬 𝐫𝐚𝐭𝐢𝐟𝐢𝐜𝐚𝐭𝐢𝐨𝐧 𝐨𝐟 𝐭𝐡𝐞 𝐌𝐂𝐂 𝐍𝐞𝐩𝐚𝐥 𝐜𝐨𝐦𝐩𝐚𝐜𝐭

५० करोड अमेरिकी डलरको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को कम्प्याक्टलाई अनुमोदन गर्ने या नगर्ने भन्ने निर्णय सार्वभौम लोकतान्त्रिक राष्ट्रका रूपमा सधैँ नेपाल सरकारको हातमा थियो। हस्ताक्षरित प्रतिबद्धतालाई पूरा गर्दै एमसीसी कम्प्याक्टलाई अनुमोदन गर्ने संसद्‌को आजको निर्णयका कारण नेपाली जनताका लागि थप रोजगारीको सिर्जना हुनेछ, विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुनेछ र ढुवानीको खर्च घट्नेछ।
झन्डै २० वर्षअघि एमसीसीको स्थापना भएयता एमसीसी कम्प्याक्टहरूले विश्वभर नै गरिबी निवारणमा मद्दत गरेका छन् । आर्थिक स्वतन्त्रता, आफ्ना नागरिकमाथिको लगानी र लोकतान्त्रिक सिद्धान्तको प्रवर्द्धन तथा भ्रष्टाचारविरुद्धको लडाइँसहितको सुशासनप्रति कतिबद्ध विकासोन्मुख राष्ट्रहरूसँग साझेदारी गर्दै एमसीसीले कम्प्याक्ट सम्झौता गर्दछ ।
२ करोड ३० लाखभन्दा बढी नेपाली जनतालाई सहयोग गर्ने आशासहित नेपालका ऊर्जा र यातायातका क्षेत्रमा आधुनिकीकरण गर्ने लक्ष्य निर्धारण गरेपछि नेपाल सरकारले सन् २०१७ मा एमसीसी सम्झौतामा हस्ताक्षर गरेको हो । अब यस पाँच-वर्षीय कार्यक्रमको कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बनेको छ।
यो वर्ष नेपाल र अमेरिकाबिचको कूटनीतिक सम्बन्धको ७५औँ वर्ष हो। यी ७५ वर्षमा नेपालमा विशाल र अपत्यारिला परिवर्तनहरू भएका छन्। यी परिवर्तनमा हामी नेपालको साथमा उभिएका छौँ र हामीले नेपाललाई विकास सहायता, विपद् प्रतिकार्य तथा पूर्वतयारी सहयोग, शिक्षा र स्वास्थ्य कार्यक्रमहरूका साथै थप माध्यमबाट मद्दत गरेका छौँ। अमेरिका र नेपालबिचको सम्बन्ध एउटा सम्झौताभन्दा धेरै फराकिलो छ। हामी नेपाल र नेपालको लोकतान्त्रिक मूल्यमान्यता तथा दीर्घकालीन आर्थिक समृद्धिलाई निरन्तर रूपमा समर्थन गर्नेछौँ।

The decision whether to ratify the $500 million-dollar Millennium Challenge Corporation (MCC) compact has always rested with the Government of Nepal as a sovereign democratic nation. Today’s decision by Parliament to follow through on its signed commitment and ratify the MCC compact will mean more jobs for Nepali people, an increased supply of electricity, and lower transportation costs.
In the nearly 20 years since its inception, MCC compacts have helped alleviate poverty around the world by forming partnerships with developing countries who are committed to economic freedom, investing in their citizens, and good governance., including promoting democratic principles and combatting corruption.
The Government of Nepal signed the MCC agreement in 2017 after determining its goals to modernize Nepal’s energy and transportation sectors with the hope of helping more than 23 million Nepalis. The Nepali government will now be able to continue to work towards implementing the five-year program.
This year marks the 75th year of diplomatic relations between Nepal and the United States. During these 75 years, Nepal has seen monumental and incredible changes. We have stood with Nepal through these changes and supported the country with development aid, disaster response and preparedness assistance, health, and education programs, and more. The United States’ relationship with Nepal is broader than one agreement and we will continue to support the country and its democratic values and long-term economic prosperity.

With: Millennium Challenge Corporation – MCC, Millennium Challenge Account Nepal

अनेरास्ववियु पोखरा महानगरद्वारा खुल्ला अन्तर विद्यालय दौड प्रतियोगिता आयोजना ।

नेकपा एमाले निकट बिद्यार्थी संगठन अखिल नेपाल रास्ट्रिय स्वतन्त्र बिध्यार्थी युनियन (अनेरास्ववियु) पोखरा महानगर पालिका कमिटी द्वारा पोखरा महानगर भित्रका बिद्यालय बिच खुल्ला दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।

यही आऊदो फागुन १९ गते बिहिबार का दिन शहीद चोक बाट आयोजना हुन लागेको उक्त प्रतियोगिता बिहानको ठीक ७ः३० बजे बाट सुरु हुने बताईएको छ ।

अनेरास्ववियु पोखरा महानगर कमिटीको आऊदो प्रथम सम्मेलनको अवसरमा महानगरपालिका अन्तर्गत रहेका निजि तथा सरकारी माध्यमिक बिद्यालय (कक्षा १-१०) का विद्यार्थीहरु ले सहभागिता जनाउन पाउने छन । उक्त प्रतियोगिताको पुरस्कार राशि भने निम्न अनुसार रहेको छ ।

प्रथम पुरस्कार : नगद पाँच हजार सहित प्रमाणपत्र
दितिय पुरस्कारः  नगद तीन हजार सहित प्रमाणपत्र र
तृतीय पुरस्कारः नगद एक हजार सहित प्रमाणपत्र रहेको छ ।

“अनेरास्ववियु पोखरा महानगर केवल राजनैतिक मुद्दा मात्र नबोकि समाज भित्रको शिक्षा, खेलकुद, स्वास्थ्य, नेतृत्व अनी व्यक्तित्व बिकासमा समेत काम गर्दै आएको संगठन हो आम युवा बिद्यार्थीहरूको मन र मस्तिष्कमा बस्न सफल महानगर कमिटीले आयोजना गर्न लागेको यस कार्यक्रमलाई सफलताका साथ सम्पन्न गर्नका निम्ति महानगर भित्रका सबै बिद्यालय, आम बिद्यार्थी, युवा, सामाजिक सरोकारवाला सबै प्रति साथ र सहयोगको अपेच्छा राखेका छौ” पोखरा महानगर पालिका कमिटी संयोजक बिनोद भण्डारीले बताए ।

यस अघी महानगर कमिटीले बिभिन्न कार्यक्रमहरू आयोजना गरिसकेको छ, हाजिरी जवाफ प्रतियोगिता, सहयोग कार्यक्रम जस्ता शैक्षिक अनी सामाजिक कामहरू गर्दै आइरहेको छ । आगामी दिनहरूमा समेत यस्तै खालका कार्यक्रमहरुको आयोजना गरिने बताइएको छ ।

देशकै ठुलो महानगर पालिका पोखरा महानगर पालिकामा हज़ारौ बिद्यार्थीहरू अध्यनरत छन, सबैप्रति लक्षित गर्दै भोलीका दिनमा बिद्यार्थिले आफ्नो बिद्यालय स्तरको पढ़ाई सके पछी पनी उपलब्धि मुलक सिप र दक्षताको बिकासको निम्ति बिभिन्न संघ, संस्था तथा सरकारी निकायहरू संग समन्वय गरिरहेको महानगर कमिटि सह-संयोजक डि एन लामिछानेले बताए  साथै यस प्रतियोगिताले बिद्यार्थीमा खेलकुद अनी स्वास्थ्य सबैभंदा ठुलो सम्पति हो भन्ने संदेश समेत जाने बताए ।

 

अभिनेता पल शाह पक्राउ!!

अभिनेता पल शाह पक्राउ परेका छन् । उनले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका हुन् ।  जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ ।

पलमाथि एक नाबालिग गायिकाले जबरजस्ती करणीको आरोपसहित गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् । त्यसयता उनी फरार रहँदै आएका थिए ।

आफू बिरामी रहेको र घर व्यवहार मिलाउँदा तथा शुक्रबारबाट रिलिज भएको आफ्नो चलचित्रलाई असर नपरोस् भनेर प्रहरीसमक्ष उपस्थित हुन नसकेको भन्दै क्षमा याचना गरेका शाहले आइतबार प्रहरीसमक्ष उपस्थित हुने बताएका छन् ।

हामी निरन्तर अभियान मा छौ , नेकपा एमाले पोखरा -१८।।

हामी निरन्तर अभियान मा छौ।
जनतासग नेकपा एमाले ।।

 

 

 

जनतासग नेकपा एमाले अन्तर्गत आज छैटौं दिनको कार्यक्रम सेदि टोल र जनमैत्रि टोल को भेला सेदिमा सप्पन्न भएको छ ।पार्टी वार्ड कमिटी का अध्यक्ष पुश्कल ब थापा को अध्यक्षता मा भएको उक्त कार्यक्रम मा प्रमुख अथिती को रूपमा पार्टी का जिल्ला कमिटी सदस्य तथा वार्ड अध्यक्ष रण ब थापा हुनुभयो भने बिशेष अतिथि को रुपमा नगरकमिटी सदस्य भिम नेपाली ,भोज कुमारी थापा ,ज्ञान ब थापा लक्षमीचन्द्र पहारी वार्ड कमिटी का उपसचिव रमेश थापा,सरला नेपाली धन पुन ,रमेश थापा सुमन पार्टी का सचिबालय सदस्य  र सदस्यहरु लगायत सेदि बासी को उल्लेख्य सहभागीता रहयो ।कार्यक्रम मा स्वागत मन्तब्य उपाध्यक्ष अरुण थापाले राख्नु भयो भने उपसचिव रमेश थापा र प्रमुख अथिती रण ब थापाले मन्तब्य राख्नुभयो।उक्त कार्यक्रम बाट बिनोद थापा को अध्यक्षतामा सेदि टोल कमिटी र ठाकुर गौतम को अध्यक्षतामा जनमैत्रि टोल कमिटी गठन गर्नुको साथै आजको कार्यक्रममा मा सेदि बाट ५३ जनाले पार्टी प्रवेश गर्नुभएको छ आज प्रवेश गर्ने ५३ जना र १३ गते शकरजङ थापा को नेतृत्व मा प्रवेश गर्नुभएका १९ जना गरि ७२ जनालाई भब्य स्वागत गर्दै पार्टी अध्यक्ष पुश्कल ब थापाले कार्यक्रम को समापन गर्नुभयो।।।।।

थप १५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु!!

१४ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजर २३९ पीसीआर परीक्षणमा १०१ जना र दुई हजार ९१३ एन्टिजेन परीक्षणमा ५४ जना गरी १५५ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । त्यस्तै ५४० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या आठ हजार ८३९ रहेको छ ।

गणेश मान गुरुङको नेतृत्वमा १ हजार जना एमाले प्रबेश, अध्यक्ष ओलीले गरे स्वाागत!!

 

गणेश मान गुरुङको नेतृत्वमा १ हजार जना एमाले प्रबेश, अध्यक्ष ओलीले गरे स्वाागत। उनको नेतृत्व मा १००० को सङ्ख्यामा पार्टी प्रवेश गरेका हुन् ।

शुक्रबार मात्र नेकपा एमाले प्रवेश गरेका गणेशमान गुरुङले आफ्नो बाँकी जीवन अब एमालेका लागि समर्पित गर्ने बताएका छन् । पोखरामा शुक्रबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट खादा लगाएर एमालेमै फर्किएका उनले आफ्नो आगामी जीवन एमालेका लागि समर्पित गर्ने बताएका हुन् । गुरुङ नेकपा एमालेमा लामो समय बिताएर जनजाति आन्दोलनमा होमिएका थिए ।

अशोक राईसँगै मधेशी जनअधिकार फोरमहुँदै जसपामा प्रवेश गरेका उनी हाल जसपाको केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश ईञ्चार्जको जिम्मेवारी सम्हालिरहेका थिए । तर शुक्रबार आफ्नो पुरानो पार्टीमा फर्किदै उनले भने,‘अहिलेको नेता भनेको केपी ओली हो । हाम्रो गुरुङहरु भन्छ,‘मलायाको लाहुरे पो लाहुरे, अरु के लाहुेर ? त्यसरी नै अरु के पार्टी ? एमाले पो पार्टी, अरु के नेता ? केपी ओली पो नेता ।’

नेता गुरुङले एमाले अध्यक्ष केपी शर्मा ओलीले मेरो अबको जीवन देश र जनतालाई भनेझैं आफ्नो बाँकी जीवनपनि एमाले लागि हुने बताए ।

‘पुटिन हत्यारा हुन्’ भन्दै रुसमा विरोध प्रदर्शन!!

१३ फागुन, काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सैन्य आक्रमण सुरु गरेपछि युरोपमा सन् १९४५ यताकै अँध्यारो परिस्थिति निम्तिएको भन्दै चिन्ता व्यक्त हुन थालेको छ ।

कतिपयले पुटिनलाई २१औं शताब्दीका ‘हिटलर’ भनेर उनको आलोचना गर्न थालेका छन् । रुसभित्रै उनले चालेको कदमको चर्को विरोध हुन थालेको छ । बिहीबार राति सेन्ट पिटर्सबर्गको प्रमुख सडकमा पुटिनविरुद्ध नाराबाजी गर्दै प्रदर्शन भएको छ । अन्य सहरमा समेत युक्रेनमा भएको हमलाको विरोध भएको थियो ।

विरोध प्रदर्शनमा अधिकांश युवायुवती सहभागी थिए । उनीहरूले ‘रुस युद्धको खिलाफ रहेको’ र ‘पुटिन हत्यारा भएको’ भन्दै नाराबाजी गरेका थिए ।

‘पुटिन हत्यारा हुन् ! पुटिनले रुसलाई लज्जित बनाएका छन्’, विरोध प्रदर्शनमा सहभागीले नाराबाजी गरेका थिए, ‘युक्रेन जिन्दावाद ! युक्रेन जिन्दावाद !’

‘यो युद्ध कति लम्बिने भन्ने कुरा चिठ्ठा जस्तै हो’ एक प्रदर्शनकारीले भने, ‘यी व्यक्ति (पुटिन) ले अब के गर्छन् भनेर कसैले अनुमान गर्न सक्दैन ।’

लामो समयदेखि युक्रेनसँगको तनावले युद्धको रुप लेला भनेर रुसीहरूले विश्वास गरेका थिएनन् । तर सैन्य कारबाही गर्ने पुटिनको घोषणापछि दोस्रो विश्व युद्धपछि कै ‘अँध्यारो अध्याय’ खोलेको भन्दै उनीविरुद्धको आक्रोश निकै बढेको छ ।

संसद भवनमा ओली र देउवाबीच छलफल हुँदै!!

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबफच अहिले छलफल भइरहेको छ ।

अमेरिकी सहयोग एमसीसी परियोजनाविरुद्ध बानेश्वरमा प्रदर्शन भइरहँदा दुई नेताबीच छलफल भइरहेको छ ।

 

सरकारले नै सहमतिका लागि भन्दै प्रतिनिधिसभा रोक्न आग्रह गरेपछि बैठक स्थगित गरिएपछि ओली संसद भवन पुगेका थिए ।

देउवाले सत्तारुढ गठबन्धनमा एमसीसीका लागि सहमति जुटाउन नसक्दा एमालेको सहयोगका लागि अनुरोध गरिरहेका छन् ।

देउवाले ओलीसँग भेट्दै सहयोगका लागि अनुरोध समेत गरेका छन् । यस्तै, बालुवाटारमा नै ओली र देउवाबीच वार्ता भइसकेको छ ।

एमालेले भने पहिला सभामुख अग्‍नि सापकोटालाई हटाउनुपर्ने भन्दै देउवासँग माग अघि सारेका छन्.।

एमसिसीबारे छलफल हुने भनिएको संसद बैठक स्थगित!!

काठमाडौँ – संसद बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ । सूचना टाँस गरेर शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा बैठक बस्दैनबसी स्थगित भएको नेकपा एमालेका नेता भीम रावलले जानकारी दिएका हुन् । बैठकमा एमसिसीमाथि छलफल हुने कार्यसूची थियो ।

कार्यव्यवस्था परामर्श समितिले बोल्न चाहने सांसदलाई एमसिसीबारे धारणा राख्न पाँच मिनेट दिने निर्णय गरेको थियो । तर बैठक शुक्रबारसम्मका लागि स्थगित भएको हो ।

एमसीसी छल्न पर्वत पुगेका अर्थमन्त्री शर्मा घुमघाममा व्यस्त!!

पर्वत : बिहीबार दिउसो एक बजेका लागि प्रतिनिधि सभाको बैठक डाकिएको छ।

बैठकको सम्भावित कार्यसूचीको दोस्रो बुँदामा ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच भएको अनुदान सहायता सम्झौता माथि सामान्य छलफल गरियोस्’ भन्ने लेखिएको छ।

सम्भावित कार्यसूचीका रूपमा राखिएको उक्त प्रस्ताव छलफलका लागि अर्थ मन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने लेखिएको छ।  अर्थमन्त्री शर्माले सम्झौताबारेको छलफलका लागि बैठकमा प्रस्ताव गर्ने कार्यसूची रहेको बेलामा अर्थमन्त्री शर्मा भने पर्वतमा घुमघाममा व्यस्त छन्।

अर्थमन्त्री शर्मा पर्वत उद्योग वाणिज्य सङ्घको ३९ औँ वार्षिक साधारण सभा उद्घाटन गर्नका लागि बुधवार नै पर्वत आएका हुन्। उद्योग वाणिज्य सङ्घ पर्वतका अध्यक्ष गोपी अधिकारीका अनुसार उक्त कार्यक्रम बिहान ११ बजेका लागि आयोजना गरिएको छ।

‘एमसीसी’ संसदमा टेबल हुँदाको दिन गत आइतबारको बैठकमा समेत संसद् बैठकमा उपस्थित नभएका शर्मा त्यस उपर हुने छलफलमा पनि सहभागी नहुने भएका छन्।

नेकपा माओवादी कुश्मा नगर कमिटीका अध्यक्ष शङ्कर गिरीका अनुसार बुधवार ‘द क्लिफ’ को रिसोर्टमा बास बसेका अर्थमन्त्री शर्माले उद्योग वाणिज्य सङ्घको कार्यक्रम सकिएपछि पर्वत र आसपासका पर्यटकीय क्षेत्रहरूको अवलोकन गर्ने कार्यक्रम रहेको छ। समय भएमा बिहीबार र नभए शुक्रवार मात्रै अर्थमन्त्री शर्मा काठमाडौँ फर्किन सक्ने अध्यक्ष गिरीको भनाइ छ।  आफै सहभागी रहेको गठबन्धन सरकारमा बसेर सरकारकैविरुद्धमा आन्दोलन गरेको भन्दै माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका गठबन्धन दलहरूको आलोचना भइरहेको छ। पद र आगामी स्थानीय तहको निर्वाचनका कारण सरकार र पद छाड्न नसकेको, भित्रभित्रै कांग्रेसलाई सघाएको हुन सक्ने लगायतका आरोप र शङ्कामा ती दलहरू परेका छन्।

एमसीसी को विपक्षमा नै रहने भए पनि संसदमा उपस्थित भएर आफ्ना तर्क प्रस्तुत गरेर एमसीसी विवादको अन्त्य गर्न भूमिका निर्वाह गर्नुपर्ने बेलामा अर्थ मन्त्री तथा माओवादीका प्रभावशाली नेता नै काठमाडौं छाडेर जिल्ला हिँड्नु गलत भएको भन्दै उनको आलोचना भएको छ।

सरकार पनि नछाड्ने तथा एमसीसीको पक्षमा मतदान समेत नगर्ने भनेका कारण गठबन्धनमा नै रहेका दलहरूको आलोचना भइरहेको छ। अर्थमन्त्री शर्मासँगै पूर्व मन्त्री दिननाथ शर्मा पनि पर्वत आएका छन्।

 

 

 

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय