तीन दलको बैठक सकेर प्रचण्ड बालुवाटारमा!!
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
तीन दलका शीर्ष नेताको बैठक सकेर प्रचण्ड देउवालाई भेट्न गएका हुन् । एमसिसीका सम्बन्धमा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीका नेताबी सिंहदरबारमा छलफल भएको थियो ।
त्यसपछि प्रचण्ड प्रधानमन्त्री निवास गएका हुन् । प्रचण्डले देउवालाई तीन दलीय बैठकको विषयमा जानकारी गराएको बुझिएको छ ।
एमसिसी संसदमा पेश भएपछि सत्ता गठबन्धनमा गम्भीर दरार आएको छ । माओवादी र एकीकृत समाजवादीले एमसिसीको विपक्षमा उभिने बताएका छन् । कांग्रेस भने पारित गर्ने पक्षमा छन् ।
एमसिसीमाथि संसदमा बिहीबारदेखि छलफल सुरु हुँदैछ।
संसद् बैठक: प्रतिनिधिसभामा एमसीसीबारे छलफल हुने!!
अमेरिकी अनुदान सम्झौता एमसीसी सम्बन्धी प्रस्तावबारे प्रतिनिधिसभामा आजबाट छलफल सुरु हुने प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए।
उनका अनुसार विहीवार दिउँसो १ बजे बस्ने संसद् बैठकमा एमसीसीको विषयमा सैद्धान्तिक छलफलसँगै महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत हुनेछ।
एमसीसी सम्बन्धी प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्ने कार्यसूचिमा छ।
“प्रस्ताव पेस गर्ने कुरा सम्बन्धित विभाग/मन्त्रीले गर्ने हो। एमसीसी अर्थ मन्त्रालयले पेस गरेका हुनाले अर्थमन्त्रीकै नाममा कार्यसूची गएको छ,” योगीले भने।
महान्यायाधिवक्ता कार्यालयको प्रतिवेदन भने कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुको नाममा रहेको उनले बताए।
“कहिलेकाहीँ प्रधानमन्त्रीको तर्फबाट अरू कुनै मन्त्रीले पनि प्रस्तुत गर्न सक्छन्। एमसीसीकै पनि अर्थमन्त्रीका तर्फबाट सञ्चारमन्त्रीले पेस गर्नु भएको थियो,” उनले भने।
योगीले यस्तो कार्यसूची रहेको बताए पनि सरकारमा सहभागी नेकपा माओवादी केन्द्रको असहमतिका कारण माओवादीका मन्त्रीहरू एमसीसी सम्बन्धी छलफलमा सहभागी भएका छैनन्।
यसअघि फागुन ८ गते, आइतवारको बैठकमा एमसीसी सम्झौता टेबल गर्दा अर्थमन्त्री शर्मा अनुपस्थित थिए। त्यसैले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौताको प्रस्ताव पेस गरेका थिए।
विहीवारको बैठकमा पनि अर्थमन्त्री अनुपस्थित रहे सञ्चारमन्त्रीले नै एमसीसीको प्रस्ताव पेस गर्ने संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए।
“संसदीय प्रचलन अनुसार सम्बन्धित मन्त्रीले नै पेस गर्नु पर्ने हो। उपस्थित हुने नहुने उहाँको पाटोको विषय हो। उहाँ अनुपस्थित रहे अरू मन्त्रीलाई त्यो जिम्मेवारी जान्छ,” पाण्डेले भने।
प्रतिनिधिसभाको बैठक सुरु हुनुअघि एघार बजेदेखि कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ। बैठकले बैठकले निर्धारित कार्यसूचीबारे छलफल अगाडि बढाउने वा नबढाउने, छलफलका मुद्दाहरूलाई कसरी प्रस्तुत गर्ने, कति समय निर्धारण गर्ने लगायत विषयको टुङ्गो लगाउने पाण्डेले जानकारी दिए।
एमसीसीको विषयमा सांसदहरू अझै पनि एकमत नभएका कारण बैठक अवरोध भएको अवस्थामा ‘के गर्ने?’ भन्नेबारे पनि समितिकै सुझाव अनुसार अघि बढ्ने उनले बताए।
सचिव योगीले त्यसबारे भने,”कार्य व्यवस्थाको बैठकमा सबै दलका प्रतिनिधिहरू बस्नु हुन्छ। त्यसपछि के गर्ने भन्ने निक्र्यौल गर्नेछौँ।”
एमसीसीमाथिको छलफल कहिलेसम्म चल्नेछ भन्ने चाहिँ सम्बन्धित मन्त्रीले प्रस्ताव पेस गरिसकेपछि कति जना सांसद बोल्छन् भन्नेले निर्धारण गर्नेछ। सदनमा उक्त विषयमाथि बोल्न चाहनेहरूको नाम सभामुख अग्निप्रसाद सापकोटाले टिपोट गर्नेछन्।
“हरेक माननीयले दलीय नभई व्यक्तिगत रूपमा आफ्नो मत राख्नेछन्,” योगीले बताए।
कांग्रेसले सर्त माने एमालेले सघाउने!!
काठमाडौं, फागुन १२ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोग प्रस्ताव ल्याउन नेपाली कांग्रेस तयार भए एमसिसी अनुमोदनमा सघाउने संकेत गरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरूसँग पटकपटक भएका संवादपछि एमालेले सभामुखविरुद्ध महाभियोग ल्याए संसद् अवरोध हटाउनुका साथै एमसिसी पारित गर्न सहयोग गर्ने संकेत गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका नेताहरू र एमाले अध्यक्ष केपी ओलीलगायतका नेताहरूबीच एमसिसीलाई लिएर पटकपटक वार्ता भएको छ।
एमालेले संसद्को अवरोध हटाउन सभामुखबाट सापकोटाको बहिर्गमन वा पार्टीले कारबाही सिफारिस गरेका माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने सर्त राखेको छ। कांग्रेसले सभामुखको बहिर्गमनबारे सोच्न सकिने जवाफ दिएपछि एमालेले पनि सकारात्मक संकेत दिएको स्रोतको दाबी छ। ‘हाम्रा माग सम्बोधनका विषयमा काँग्रेसले सकारात्मक प्रतिक्रिया दिएको छ, ‘एमालेका एक उच्च नेताले भने ।
ती नेताका अनुसार माओवादी केन्द्रले धोका दिएकै कारण काँग्रेसले एमालेको साथ खोजेको र एमालेले पनि विश्वसनीय आधार बनाउन सांसदहरूको हस्ताक्षर खोजेको हो ।’ कांग्रेसका एक नेताका अनुसार सांसदको हस्ताक्षर पनि तयारी अवस्थामा भएकाले एमालेको माग सम्बोधन हुने सम्भावना बढेर गएको छ। सभामुखविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरे संसद् मा दुईतिहाइ पुर्याउन आफूले सहयोग गर्ने आश्वासन एमालेले प्रधानमन्त्री देउवालाई दिएको स्रोतको दाबी छ। आजको नागरिक दैनिकमा समाचार छ ।
पाेखरा ७ राष्ट्रिय युवा संघ नेपालकाे प्रथम वडा अधिवेशन सम्पन्न!!(फाेटाे सहित)
पोखरा ७.
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ र युर्थ फोर्स पोखरा ७ को आज प्रथम वडा अधिबेशन सम्पन्न भएको छ।

राष्ट्रिय युवा संघ वडा अध्यक्ष दिपक कार्की ले अध्यक्षता गरेका थिए भने कार्यक्रम संचालक कुमार भण्डारी रहेका थिए ।



उक्त कार्यक्रम को प्रमुख अतिथि महेन्द्र गुरुङ (राष्ट्रिय युवा संघ गण्डकी प्रदेश अध्यक्ष ) थिए भने विशेष अतिथिहरूमा:चिरञ्जीवी पाेख्रेल जिल्ला कमिटि सदस्य,हिरा गिरी जिल्ला कमिटि सदस्य,बिष्णुमणी बराल महानगर कमिटि सदस्य,पुरूसाेत्तम रेग्मी महानगर कमिटि सदस्य ,टीका देवि अधिकारी महानगर कमिटि सदस्य,बिकास अधिकारी राष्ट्रिय युवा सघ केन्द्रीय सदस्य,बिष्णु भण्डारी स्वास्थय महासघ केन्द्रीय सदस्य,सुवास सापकाेटा राष्ट्रिय युवा सघ प्रदेश सचिव,पान बहादुर जिसि राष्ट्रिय युवा सघ जिल्ला अध्यक्ष,शंकर भण्डारी राष्ट्रिय युवा संघ महानगर अध्यक्ष ,दिपक गाेदार खेलकुद महासघ जिल्ला अध्यक्ष रामचन्द्र बराल वडा अध्यक्ष ७ ,किशोर बराल वडा कमिटि अध्यक्ष एमाले, प्रभा पन्त जनप्रतिनिधि,सुकमाया नेपाली जनप्रतिनिधि, सारदा गिरि वडा कमिटि उपाध्यक्ष ,गणेश श्रेष्ठ वडा कमिटि सचिव,)सन्जिब बराल अध्यक्ष (राष्ट्रिय युवा संघ वडा-८ कमिटि),अशाेक खड्का( उधाेग व्यापार महासंघ महानगर सदस्य) ,पंकज पाैडेल (उधाेग व्यापार महासंघ )रहनुभएको थियोे ।


उक्त भेलाले राष्ट्रिय युवा संघ नेपाल पोखरामहानगरपालिका-७ मा कुमार भण्डारी को अध्यक्षतामा ४५ सदस्सिय राष्ट्रिय युवा संघ नेपाल कमिटि गठन भएको छ र त्रिबीक्रम सुबेदी को संयोजकमा युथ फोर्ष गठन भएको छ।

उक्त अधिबेशन बाट नब गठित टोलिलाइ शपथ तथा गोपनियेता प्रमुख अतिथि महेन्द्र गुरुङले गराएका थिए । भेलालाई सम्वोधन गदै गुरुङले नेकपा एमाले विना देशमा विकास र समृद्धिको ढोका बन्द हुने बताउदै आगामी निर्वाचनमा एमालेलाई बहुमत ल्याउने गरी युवाहरु लाग्नुपर्नेमा जोड दिन र सम्पूर्ण युवाहरूलाई पेशा , व्यापार, व्यवसाय मा पनि हाेमिन जोड दिए।कार्यक्रमका प्रमुख अतिथि द्वारा सबै नव गठित टोल कमिटीबाट चयन हुनुहुने सबैप्रति बधाई सहित नेकपा एमालेलाई आऊदो चुनावमा पहिलो पार्टी बनाउनका लागी सबैको सहयोग र योगदानको आवश्यकता रहेको बताए संगै देश बिकास र संबृद्धिको लागी केवल केपी ओली नेतृत्वको सरकार मात्र रहेको बताए । नव गठित दुवै कमिटिलाई राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश को तर्फ द्वारा हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना समेत बेक्त गरेका थिए ।














अभिनेता पल शाहविरुद्ध बलात्कारकाे आराेपमा जाहेरी दर्ता, पक्राउ गर्ने तयारी!!
काठमाण्डाै – अभिनेता पल शाहविरुद्ध बलात्कारको आरोपमा जाहेरी दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरुद्ध कास्की घर भएकी एक १७ वर्षकी गायिकाले मुद्दा दर्ता गराएको प्रहरीले जनाएको छ ।
जाहेरीमा बालिकाले आफूलाई बिहे गर्छु भनेर शाहले फकाएर बलात्कार गरेको आरोप लगाइएको प्रहरीको भनाइ छ ।
‘जाहेरी दर्ता भइसकेकाले अब पल शाहलाई पक्राउको तयारी गरिएको छ, बाहिर धेरै हल्ला गर्दा मुद्दा प्रभावित हुने भएकाले यो विषयलाई धेरै प्रचार नगरिदिए हुन्थ्यो भन्ने हाम्रो चाहना हो’, एक प्रहरी अधिकृतले उज्यालो अनलाइनसँग भने ।
यस्ताे छ सजायकाे व्यवस्था!
मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिने र दोषी ठहर भएमा कसुरदारलाई १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने उल्लेख छ ।
कांग्रेस पदाधिकारी बैठक बस्दै, भ्रातृसंघ तथा शुभेच्छुक संस्थाको विधानमाथि छलफल हुने!!
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बुधबार बस्दैछ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टीका भ्रातृ संघ तथा शुभेच्छुक संस्थाको विधानमाथि छलफल हुनेछ । केन्द्रीय सदस्य एनपी साउद नेतृत्वको समितिले तयार पारेको ड्राफ्ट भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका विधानको रूपमा पारित भइसकेपछि पदाधिकारी बैठकमा छलफल भइरहेको छ । पदाधिकारी बैठकमा छलफल गरेर विधानमाथि सुझाव दिने सहमहामन्त्री पाण्डेले बताए ।
केही दिनदेखि जारी छलफलमा दलित संघ, महिला संघलगायत ६ वटा भ्रातृसंघको विधानमाथि छलफल गरेर सुझाव दिने नेता साउदले बताए । ‘मेरो नेतृत्वको समितिले तयार पारेको विधानको ड्राफ्टमथि छलफल गरेर विधानको रूपमा पारित भइसकेको छ, सोही विधानलाई पार्टी पदाधिकारीले अध्ययन गरेर सुझाव दिने काम भइरहेको छ,’ नेता साउदले भने ।
पार्टीको केन्द्रीय समिति बैठकमा उठेका सुझावलाई समावेश गरेर विधान पारित भइसकेको हो । नेपाली कांग्रेसले म्याद सकिएका सबै भ्रातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन गर्न विधान तयार पारेर पदाधिकारी बैठकमा छलफल भइरहको छ । कांग्रेसले भ्रातृ संघ तथा शुभेच्छुक संस्थाको अधिवेशन विधानअनुसार गर्न नसक्दा आलोचना हुँदै आएको छ भने भ्रातृसंघले गति लिन नसक्दा ऊर्जाहीन भएका छन् । पार्टीको १४औ महाधिवेशनमार्फत शेरबहादुर देउवा सभापतिमा दोहोरिएपछि म्याद गुज्रिएका सबै भ्रातृ तथा शुभेच्छुक संघको अधिवेशन गर्ने कांग्रेसले तयारी गरेको छ ।
नेकपा एमाले मेथलाङ कमिटीमा आनन्द गैतम निर्वाचित!!।
जनता सँग ने क पा एमाले अन्तर्गत बुधबार आज चौथो दिनको कार्यक्रम मेथलाङ टोल मा सप्पन्न भएको छ ।पार्टी अध्यक्ष पुश्कल बाहदुर थापा को अध्यक्षता मा भएको कार्यक्रम सचिब शालिकराम तिमिल्सिनाले सञ्चालन गरेका थिए । उत्त कार्यक्रममा प्रमुख अथिती को रुपमा नेकपा एमाले नगर कमिटी सदस्य भिम बाहादुर नेपाली रहेका थिए ,विशेष अथिती नगरकमिटी सदस्य तथा वडा १८का जनप्रतिनिधि भोज कुमारी थापा रहेकी थिइन ।अथितिहरु मा क्रमशः पार्टी का सह -सचिब रमेश थापा ,सचिबालय सदस्य तथा जनप्रतिनिधि सरला नेपाली ,नबराज सुवेदी अग्रज नेता पिताम्बर गौतम , ठाकुर गौतम ,इन्द्र थापा टोल इन्चार्ज ,गणेश देबकोटा राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य सुशिल जि सि ,हरि ढकाल सुनिल थापा ,बुद्दी खड्का ,रुद्र बानिया ,दिपेन्द्र थापा ,मिना नेपाली ,बिरेन्द्र बानिया ,कृष्ण गौतम (ठुलो ),स्थानीय महिला स्वास्थ स्व सेविका सरिता गौतम लगायत स्थानीय को उपस्थिति रहेको थियो ।

कार्यक्रम मा स्वागत मन्तव्य टोल इन्चार्ज गणेश देबकोटा ले राख्नु भयो ।प्रमुख अथिती महानगर कमिटी सदस्य भिम बाहादुर नेपाली ले बिगत देखि बर्तमान सम्म का गतिविधि बारे चर्चा गर्दै निवार्चन केन्द्रीत हुन सबैलाई आग्रह गरे ।उत्त भेला ले आनन्द गौतम को अध्यक्षतामा मेथलाङ टोल कमिटी गठन गर्यो र निर्बाचित कमिटी लाई प्रमुख अथिती नेपाली ले सफतग्रहण गराए ।उत्त कार्यक्रम को समापन गर्दै पार्टी का अध्यक्ष पुश्कल बाहादुर थापा ले पार्टी ले स्थानीय निर्बाचन पश्यात भएका बिकास निर्माण र जेष्ठ नागरिकहरु प्रती पार्टी ले अब ल्याउदै गरेको कार्यक्रम बारे जानकारी गराउदै सदैब जनता को सेबा मा लाग्ने प्रतिबद्धता व्यक्त गरे।

जयनन्द लामा हास्य कलाकारको निधन!!
११ फागुन, काठमाडौं । कलाकार जयनन्द लामाको निधन भएको छ ।
बरिस्ठ कलाकार सिन्धुपाल्चोक जिल्लाका गहना जयनन्द लामा ज्यु प्रती भावपुर्ण श्रद्धाञ्जली ।
सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो ।
हिजो राति एक भोजमा सहभागी भएर घर फर्किएका लामा गाडीबाट झर्ने बेला लडेका थिए । लडेर लामाको टाउकोमा गहिरो चोट लागेको थियो ।
दुईवटा खुट्टा गाडीभित्र र टाउको बाहिर रहेको अवस्थामा उनलाई परिवारका सदस्यले भेटेका थिए ।
उनले गाएका र संगीत भरेका थुप्रै गीतहरु नेपाली संगीतबजारमा चर्चित छन् ।
शिवरात्रीको अवसरमा अन्नपूर्ण-२ मा भजन प्रतियोगिता हुने !!
शिवरात्रीको अवसरमा अन्नपूर्ण-२ मा भजन प्रतियोगिता हुने।
किरण भण्डारी११/१० पोखरा
शिबरात्रि पर्बको अबसरमा अन्नपूर्ण गाउपालिका वाड नं २ स्थित नर्बदेश्वर शिबमन्दिर राटमाटमा यहि फाल्गुन१७ गते तेस्रो शिबरात्रि मेला एबम् भजन प्रतियोगिता हुने भएको छ।उक्त कार्यक्रम सम्योजक युबराज भण्डारी ले गर्ने बताए भने सचिब रमेश भण्डारी ले भब्य रूपमा सप्पन्न गर्ने जिकिर गरे ।

जसमा शिवको महिमा अन्तर्गत चुट्का हुनुपर्ने छ। समूह दर्ताको शुल्क ५०० राखीएको छ।उक्त प्रतियोगिताका बिजेतालाई प्रथम पुरस्कार रु १५००० तथा प्रमाणपत्र दृतिय पुरस्कार रु १०००० तथा प्रमाणपत्र तृतिय पुरस्कार रु ६००० तथा प्रमाणपत्र।साथै सहभागी समुहलाइ प्रमाणपत्रको ब्यबस्था गरिएको प्रचार समिती को सह सम्योजक र युबा परिचालन समितिको सम्योजक किशान भण्डारीले जानकारी दिए।
साथै बिबिध सास्कृतिक कार्यक्रम हुने भएकाले उपस्थितिको लागि समेत अनुरोध गरे।
वास्तविक धरातलमा टेकेर बिकास सँगै राजनीति गर्नुपर्ने नेकपा एमाले!!
जनतासँग नेकपा एमाले नाराका साथ आज मंगलबार तेस्रो दिनको कार्यक्रम नेकपा एमालेले गोठादि टोलमा सम्पन्न गरेको छ । नेकपा एमाले वडा पार्टी कमिटी का अध्यक्ष पुश्कल बाहादुर थापा को अध्यक्षतामा भएको कार्यक्रम सचिब शालिकराम तिमिल्सिनाले सञ्चालन गरेका थिए। उत्त कार्यक्रम का प्रमुख अथिती पार्टी का पुर्ब उपाध्यक्ष तथा जनप्रतिनिधि ज्ञान बाहादुर थापा , विशेष अथिती पोखरा नगर कमिटी का सदस्य तथा १८ का जनप्रतिनिधि भोज कुमारी थापा रहेका थिए । उत्त कार्यक्रममा अथिती को रुपमा क्रमशः रमेश थापा बेल बाहादुर थापा सरला नेपाली बेल बाहादुर खड्का सुनिल थापा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य सुशील जि सि सन्दीप थापामगर गणेश गिरि भरत खड्का मिना नेपाली बिरेन्द्र बानिया युबा सघ का अध्यक्ष धन पुन र टोल इन्चार्ज राजेन्द्र थापामगर समाजसेबी टिकाराम पाहारी लगायत नेता कार्यकर्ताहरु सहित उल्लेख्य संख्या मा स्थानियबासिको उपस्थिति रहेको थियो ।कार्यक्रम मा स्वागत मन्तव्य राख्दै नगर कमिटी का सदस्य तथा जनप्रतिनिधि भोज कुमारी थापाले वास्तविक धरातल मा टेकेर बिकास सँगै राजनीति अघि बढाउनु पर्ने र जनता ले पनि बिकास मा कुन दलले कति भुमिका खेलेको छ त्यस्को मुल्यांकन गर्नुपर्ने धारणा राखिन् । प्रमुख अथिती ज्ञान बहादुर थापा ले बिगत मा भयगरेका बिकास निर्माण र अबगर्नुपर्ने काम बारे चर्चा गरे ।

उक्त भेलाले गणेश बानिया को अध्यक्षता मा गोठादि टोल कमिटी गठन गरेको बाताए । बेल ब थापा ले निबाचित कमिटी लाई बधाई सहित सफत ग्रहण गराएका थिए। उक्त भेला को समापन गर्दै कार्यक्रम को अध्यक्षता गरिरहेका तथा नेकपा एमाले पोखरा १८ का पार्टी अध्यक्ष पुश्कल बाहादुर थापाले बिकास को अर्को नाम ने क पा एमाले रहेको बताउदै जनताको हरेक समस्या मा सदैब तयार रहेको र आबश्यक पर्दा सम्पर्क गर्नुहुन अनुरोध गर्दै आफुहरुले गर्दै आएका कार्यक्रमहरुको विवरण समाचार को रूपमा जनतामाझ पुर्याउनुभएकोमा गज्जेक्ट . कम र बिश्वपाटी .कम लाई धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि साथ र सहकार्यको अपेक्षा गरेको बताए ।

ताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा