नेकपा एमाले पोखरा-७, मासबार र पुष्पलाल क्षेत्र टोल कमिटी गठन सम्पन्न।फाेटाेसहित)
नेकपा एमाले पोखरा-७, मासबार र पुष्पलाल क्षेत्र टोल कमिटी गठन सम्पन्न ।फाेटाेसिहत)
नेकपा एमाले कास्की जिल्ला उपाध्यक्ष तेजनारायण अधिकारीको प्रमुख आथित्यतामा भएको कार्यक्रमको अध्यक्षता भने एमाले वार्ड कमिटी अध्यक्ष किशोर बरालले गरेका थिए।विशेष अथितिमा ओम गाैचन(जिल्ला कमिटि सदस्य)चिरञ्जीवी पाेख्ररेल (जिल्ला कमिटि सदस्य),दिलिप न्याैपाने(अध्यक्ष महानगर कमिटी),जीवन अाचार्य (सचिव महानगर कमिटि),टीका देवि अधिकारी (महानगर कमिटि सदस्य),बिष्णुमणी बराल (महानगर कमिटि सदस्य),पुरूसाेत्तम रेग्मी (महानगर कमिटि सदस्य),रामचन्द्र बराल (अध्यक्ष वडा नं.७ तथा पूर्व जिल्ला कमिटि सदस्य)दिनबन्धु पाैडेल (वडा सदस्य ७-जनप्रतिनिधि),विध्या बिमल बराल(बुद्धिजीवी ),शारदा गिरी (वडा कमिटि ७ उपाध्यक्ष),दिपक कार्की वडा कमिटि ७ उपसचिव तथा राष्ट्रिय युवा सघ वडा कमिटि अध्यक्ष)कुमार भण्डारी (राष्ट्रिय युवा सघ वडा कमिटि ७ उपाध्यक्ष) रहेका थिए ।


कार्यक्रमका प्रमुख अतिथि तेजनारायण अधिकारीद्वारा सबै नव गठित टोल कमिटीबाट चयन हुनुहुने सबैप्रति बधाई सहित नेकपा एमालेलाई आऊदो चुनावमा पहिलो पार्टी बनाउनका लागी सबैको सहयोग र योगदानको आवश्यकता रहेको बताए संगै देश बिकास र संबृद्धिको लागी केवल केपी ओली नेतृत्वको सरकार मात्र रहेको बताए ।
साथै सम्पूर्ण टोल कमिटी बाट गठित पदाधिकारीहरुलाई वडा कमिटीका अध्यक्ष किशोर बरालले पद तथा गोपनीयताको शपथ ग्रहण सम्पुर्ण कमरेड हरुमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।



नेपाल कम्युनिस्ट पार्टी (एमाले) वडा कमिटी -७ को मासबार र पुष्पलाल क्षेत्र मा तपसिल बमोजिमको पदाधिकारी सहित २१ सदस्यीय
१. पुष्पलाल टोल कमिटी : अध्यक्ष : नारायणी पहारी ढकाल ,उपाध्यक्ष : बिष्णु प्रसाद सुबेदि ,सचीव :तुलसी आचार्य , उप सचिव : माधव अधिकारी,उप सचीव : त्रिविक्रम सुबेदी
२. मासबार कमिटी :अध्यक्ष : टंक राज बराल ,उपाध्यक्ष : ऋषिराम बराल, सचीव : दिनेश बराल,उप सचिव : प्रमिला बराल,उप सचीव : उमा कंडेल
कार्यक्रमको संचालन कमिटीका सचिव गणेश श्रेष्ठले गरेका थिए ।साथै हामी निरन्तर अभियान मा छौ भने।




बिन्दा पाण्डेको पुस्तक धर्ति माथिकाे दाबी माथि बहस सप्पन्न !!
पोखरा , माघ २३ गते आईतवार बिन्दा पाण्डेको पुस्तक धर्ति माथिकाे दाबि माथि बहस सप्पन्न भएको छ । लेकसाईड स्थित हाेटल डेण्डिल्याण्ड मा आयोजना याेजना भएकाे छ।
उक्त कार्यक्रम काे सभापति मदन भण्डारी फाउन्डेसन कास्कीका अध्यक्ष माधव बास्ताेलाले गर्नु भएकाे थियाे। प्रमुख अतिथिमा गण्डकी प्रदेश का पूर्व मुख्यमन्त्री तथा नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरूङ तथा विशेष अतिथिमा गण्डकी प्रदेश का पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरूङ हुनुहुन्थ्याे। अरू अतिथिमा नेकपा एमाले कास्की जिल्ला ईन्चार्ज भिम कार्की , कास्की जिल्ला कमिटी अध्यक्ष मन बहादुर गुरूङ हुनुहुन्थ्याे ।
त्यस कार्यक्रम काे अायाेजक मदन भण्डारी फाउन्डेसन कास्की ले गरेको जानकारी दिए।


उक्त कार्यक्रम संचालक हिरा गिरी ले गर्नु भएको थियोे ।
पुस्तक समिक्षामा: अखिल नेपाल स्वतन्त्र बिध्यार्थी युनियन केन्द्रीय सदस्य स्मृति बराल , लेखक तथा बिष्लेश्क सृजना खनाल र नेकपा एमाले अनुशासन आयोग सदस्य डा.भरत पहारी ले गर्नु भएकाे थियाे।।
विद्यालय फागुन १ देखि मात्र खोल्ने निर्णय!!
काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले उपत्यकाभित्र सवारीसाधनमा लगाइएको जोरबिजोर भोलिदेखि हटाउन सरकारलाई सिफारिस गरेको छ ।
सीसीएमसीसीले आउँदो फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।कोरोना संक्रमण दर घट्दै गएपछि जोरबिजोर प्रणाली हटाउने तयारी गरिएको हो ।
भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने निर्णय सीसीएमसीसीको आज बसेको बैठकले गरेकाे हाे।
राजस्व छलेको अभियोगमा सात जनाविरुद्ध मुद्दा दायर!!
राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा सात जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
विभागले मकवानपुर मनहरी–६ का विशाल राई, सिन्धुली भीमस्थान–५ का मुकुन्दप्रसाद काफ्ले, वीरगञ्ज महानगरपालिका–२२ का इन्तयाजुल हक मन्सुरी, सोही स्थानका इन्ताज मन्सुरी, धादिङ गजुरी–४ का सन्तोषी नेपाली, पर्सा बगही–९ का रुपेश तिवारी र अर्का ठेगाना नखुलेका देवलाल कुशवाहाविरुद्ध मुद्दा दायर गरेको हो ।
विभागले अभि टे«डर्स कलैया–७ बाराको गत मङ्सिर ३ गतेको विजक नं ७१ बमोजिम प्लास्टिकको दाना बोकेको ना७ख ७२५ नम्बरको ट्रकमा चालक विशाल राईले विजक र प्रमाणपत्रबिनाको ३१ पोका कपडा वीरगञ्जबाट लुकाइछिपाइ काठमाडौँतर्फ ल्याइरहेका बेला पक्राउ गरेको थियो ।
विभागले आरोपी सात जनाविरुद्ध रु ५८ लाख ७९ हजार ७४६ बराबरको बिगो कायम गरी यही माघ २० गते मुद्दा दायर गरेको आज प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु!!!
पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।
१ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ । ९ हजार २५१ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ६ हजार ४४३ जनाको पिसिआर गर्दा ११८३ जना र २ हजार ८०८ जनाको एन्टिजेन परीक्षण गर्दा २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
हाल देशभर कोरोनाको सक्रिय संक्रमित ४५ हजार २४८ जना रहेका छन् ।
‘तिमी’ भनेर बोलाउने श्रीमानले ‘तँ’ भन्दा…
✍️ दुर्गा देवकोटा ।
टीकापुर । कैलालीकी रुपा हिजोआज सम्मानजनक व्यवहारका कुरा गर्नुहुन्छ ।
१३ वर्षको कलिलो उमेरमा विवाह गरेकी रुपाका श्रीमान् जागिरे हुन् । तीन सन्तानकी आमा उनले श्रीमान्बाट कहिल्यै राम्रो व्यवहार पाइनन् । पतिले उनलाई सधैं घरको नोकरजस्तै सोंचिरहे र कहिल्यै राम्रो बोलिबचनसम्म गरेनन् ।
सन्तान नहुर्कुञ्जेल रुपाले यी सबै व्यवहार सहेर बसिन् । उनलाई सन्तान हुर्किसकेपछि श्रीमान्ले गर्ने दुर्व्यवहार विरुद्ध आवाज उठाउन मन लाग्यो । वैवाहिक जीवनको २३ वर्षपछि उनले अगल हुने निर्णय गरिन् । ‘मलाई श्रीमान्ले कहिल्यै सम्मानजनक व्यवहार र अवसर दिएनन् । खान लाउन दिए, धन सम्पत्ति दिए तर इज्जत दिएनन्’ उनले भनिन्, ‘दम्पत्ती भनेका जोडी हुन् । जोडी बराबर भए पो जीवन सजिलो हुन्छ । मैले सधैं मीठो बोल्नुपर्ने, स्याहार गर्नुपर्ने, माया दिनुपर्ने तर उनले तिमी भनेर सम्मानजनक बोल्न पनि नचाहने ।’
रुपा श्रीमानले दास सम्झने व्यवहारकै कारण आफू मिलेर बस्न नसकेको बताउँछिन् । ‘उहाँ अरु केही गलत हुनुहुन्नथ्यो्, म आत्मसम्मान गिरेको महसुस गर्न थालें, उनले कहिल्यै बुझ्नु भएन’ उनले भनिन्, ‘मनमुटाव बिस्तारै बढ्दै गयो, दुःखी भएर बस्नुभन्दा अलग बस्ने निर्णय गर्यौं।’
सम्बन्ध विच्छेदपछि हाल उनी सम्बन्धमा सम्मानजनक व्यवहार चाहिन्छ भनी सिकाउन थालेकी छन् । उनी हिजोआज सामाजिक जीवनमा सक्रिय छन् र समाजमा महिला र पुरुषबीच समान तथा सम्मानजनक व्यवहार हुनुपर्छ भनी सिकाउने गर्छिन् ।
कैलालीकै रमा धामीलाई पनि श्रीमान्को व्यवहार पटक्कै मन पर्दैन । उनी श्रीमान्ले जीवनसाथीको जस्तो व्यवहार गरुन भन्ने चाहन्छिन् । प्रेम विवाह गरेकी उनले सुरुवाती दिनमा श्रीमान्बाट साथीजस्तै व्यवहार पाउँथिन् । विवाहपछि व्यवहार बदलियो । ‘विवाहअघि हामी तिमी भनेर बोल्थ्यौं, परिवारको सहमतिमा विवाह भयो’, उनी भन्छिन्, ‘भोलिपल्टबाट मलाई हजुर भनेर सम्बोधन गर्न परिवारले अह्राए, नाम लिएर वा तिमी भनेर बोल्दा श्रीमान्को नाम लिएर बोल्ने सभ्यता नभएकी रहेछ भनी कुरा काटे ।’
परिवार र छिमेकीले कुरा काटेपछि उनलाई अप्ठ्यारो पर्यो । उनले बोलीवचनमा सुधार गरिन् । परिवार र समाजले चाहेजस्तै शब्दले सम्बोधन गरिन् तर उनका श्रीमान्ले थप बोली र व्यवहार बिगारे । तिमी भनेर बोल्ने श्रीमान् त भनी सम्बोधन गर्न थाले । ‘हामी विवाहपछि बराबरी रहेनौं, हाम्रो हैसियत समेत बदलियो’, उनले भनिन् ।
दम्पती भनेका जीवनसाथी हुन् । जीवनसाथीको व्यवहार साथीजस्तै हुनुपर्छ । तर हाम्रो समाजमा जीवनसाथी बराबरी व्यवहार गर्ने निकै कम छन् ।
सम्मानजनक तरिकाले बोल्दाका फाइदा धेरै छन् । ‘हरेक श्रीमानले आफ्नो बोली र व्यवहारमा आफ्नी श्रीमतीप्रति सम्मान र प्रशंसा गर्न सक्नुपर्छ । श्रीमतीको कामप्रति प्रोत्साहन र प्रशंसामात्र गर्न सकेमा धेरै घरमा शान्ति हुन्छ’ शिक्षक झपट कडायत भन्छन्, ‘परिवारका सदस्यले पनि दम्पत्तिका सकारात्मक कार्यमा हौसला दिने काम गरेमा सम्मानजनक व्यवहार सम्बन्धमा स्थापित हुन सघाउँछ ।’
बलियो र दिगो सम्बन्धका लागि जसरी श्रीमतीले श्रीमान्लाई साथ दिन्छिन् यसैगरी श्रीमान्ले समेत साथ दिन आवश्यक छ ।
अधिकारकर्मी योजना अधिकारी महिलालाई गाली गर्ने, डर देखाउने, अपमान गर्ने, धम्की दिने, नियन्त्रणमा राख्ने काम सदियौँदेखि चलिरहँदा समाजमा महिलाहरू महिला भएकै कारण बढी हिंसा सहिरहेका बताउँछिन् । ‘विवाहमा माया र सम्मान आवश्यक हुन्छ । यही माया र सम्मान गर्न नजान्दा विवाहको सकारात्मक पक्षको लाभ दम्पती र परिवारले नै लिन नसकेको देखिन्छ’ उनी भन्छिन्, ‘आत्मसम्मान नपाउँदा बर्सेनि आत्महत्या गर्ने महिलाको संख्यासमेत बढेको देखिन्छ । सम्मानजनक व्यवहारको कमीकै कारण महिला आफूलाई समाजमा स्थापित गर्न कठिन ठान्छन् ।’
अधिवक्ता गम्भीरसिंह ऐर ७५ प्रतिशत सम्बन्ध विच्छेदका घटना सम्मानजनक व्यवहार नभएकै कारण हुने गरेको बताउँछन् । ‘गत वर्ष कैलालीमा सय बढी घटना सम्बन्ध विच्छेदका भएका छन् । सम्बन्ध विच्छेदले परिवार विखण्डन भएको छ’ उनले भने, ‘परिवार बिखण्डन भए बालबालिकाको जीवन बर्वाद हुन्छ । उनीहरु अभिभावकको माया पाउनबाट बञ्चित हुन्छन् ।’
उनी पुरुषले माया देखाउन नजान्दा र महिलाको कानुनीरुपमा पाएको अधिकार प्रयोग गर्ने मानसिक क्षमता कम भएकाले घटना बढ्न थालेको बताउँछन् । ‘महिलालाई अहिले कानुनले धेरै अधिकार दिएको छ । अधिकार प्रयोग गर्न क्षमतामा कमी छ’ उनी भन्छन्, ‘समान अस्तित्व स्वीकार गरी महिलाको क्षमता विकासमा ध्यान दिनुपर्छ ।’
रास्ट्रिय युवा संघ गण्डकीले मुख्यमन्त्री कार्यलय अगाड़ी कालो ब्यानर र बेलुन उड़ायो ।(फाेटाे,भिडियाे सहित)
राष्ट्रिय युवा संघ गण्डकी प्रदेशद्वारा कालो व्यानर र बेलुन सहित बिरोध प्रदशन ।
(फोटो भिडियो सहित)

.


पोखरा -७
राष्ट्रिय युवा संघ नेपाल गण्डकी द्वारा मुल्यवृद्धिको बिरोध र स्थानीय निर्वाचनको समय घोषणा गर्न माग गर्दै गण्डकी प्रदेस मुख्यमन्त्री कार्यालय अगाड़ी आन्दोलन गरेको छ।
राष्ट्रिय युवा संघ गण्डकीले मापशे सरकारले बढ़ाएको मुल्य बृद्धि , स्थानीय निकायको चुनाबको मिति घोषणा लगाएतका मुद्दाहरुको बिरोधमा आज गण्डकी प्रदेश मुख्यमन्त्री को कार्यलय अगाडि गरिएको विरोधको साथमा कालो ब्यानर र कालो बेलून पनि उडाएको छ ।
राष्ट्रिय युवा संघ गण्डकी अध्यक्ष महेन्द्र गुरुङ को नेतृत्व मा सम्पन्न भएको थियो । उक्त कार्यक्रम मा सम्पुर्ण गण्डकी प्रदेश अन्तर्गतको राष्ट्रिय युवा संघ गण्डकी प्रदेश ,जिल्ला, महानगर , केन्द्रिय नेता कार्यकर्ता को उपस्थिति रहेको थियो ।
उक्त विरोधको कार्यक्रममा ३ जना फाेटाे पत्रकार र उनको सहयोगीलाई पक्राउ भएको र बिना सर्त रिहाई गर्नुपर्ने माग युवा संघ कास्की ज़िल्ला इंचार्ज हरी लम्सालले बिश्वपाटीलाई बताए ।











आज प्रदेश १ मा मन्त्रिपरिषद विस्तार, ७ मन्त्रालयलाइ फुटाएर पुर्याइयो १३ l
प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्।
सात मन्त्रालय रहेको प्रदेश १ मा अब मन्त्रालय नै १३ वटा बनाइएको छ। यी मन्त्रालयहरूमा सत्तारूढ दलहरूबाट आज मन्त्री नियुक्त गर्ने तयारी छ।
प्रदेश १ मा नेपाली कांग्रेसबाट ५, नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्रीसहित ४, नेकपा माओवादी केन्द्रबाट ३, जसपाबाट १ र संघीय लोकतान्त्रिक मञ्चबाट एक जना मन्त्रिपरिषदमा रहनेछन्।
संघीय लोकतान्त्रिक मञ्चलाई यसअघि नै राज्यमन्त्री दिइएको थियो।
साथै यसअघि कांग्रेसले २ मन्त्री पाएकोमा आज ३ जना थप हुन लागेका छन्।
झापाका ओमप्रकाश सरावागी, ताप्लेजुङका प्रतापप्रकाश हाङगाम र मोरङका शेखरचन्द्र थापा मन्त्री हुने सम्भावना छ।
यस्तै नेकपा (एकीकृत समाजवादी) बाट खोटाङका राजन राई, इलामकी खिनुलङवा लिम्बु र मोरङका उपेन्द्रप्रसाद घिमिरे मन्त्री हुने तयारीमा छन्।
नेकपा माओवादी केन्द्रबाट यसअघ १ मन्त्री रहेकोमा आज २ जना थप गर्न लागिएको छ। खोटाङका रामकुमार राई र झापाका झलकबहादुर मगर मन्त्री हुन लागेका छन्।
जसपा र संघीय लोकतान्त्रिक मन्चबाट एकेक जना मन्त्री हुने गरी सत्तारूढ गठबन्धनले मन्त्रालय भागबन्डा गरेका थिए।
सात मन्त्रालय फुटाएर १३ बनाउने यसअघि नै मन्त्रिपरिषदबाट निर्णय भएको थियो।
प्रदेश १ मा १९ मन्त्रालयसम्म बनाउन पाइने संविधानको व्यवस्था रहेको सत्तारूढ गठबन्धनले दाबी गरिरहेका छन् भने नेकपा एमालेले भने मन्त्रालय फुटाउने निर्णयको विरोध गरेको छ।
आज मुख्यमन्त्री राईले मन्त्रिपरिषद विस्तार गर्ने र नियुक्त हुने मन्त्रीहरूले आज ११ बजे सपथ लिने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतले बताएको छ।
‘मुख्यमन्त्रीले मन्त्री हुनेहरूको नाम दलहरूसँग माग गर्नुभएको छ। दलहरूले नाम दिएका छन्। सपथ हुने बेलासम्म एक/दुई नाम यताउता पनि हुनसक्छ,’ स्रोतले भन्यो।
गत कात्तिक १६ मा राई मुख्यमन्त्री नियुक्त भएका थिए।
नेकपा एमाले पोखरा-७, ढाँड क्षेत्र टोल कमिटी गठन सम्पन्न ।फाेटाेसिहत)
नेपाल कम्युनिस्ट पार्टी (एमाले) वडा कमिटी -७ को ढाँड क्षेत्रमा तपसिल बमोजिमको पदाधिकारी सहित २१ सदस्यीय टोल कमिटी गठन गर्ने कार्य सम्पन्न भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) वडा कमिटी -७ को ढाँड क्षेत्रमा तपसिल बमोजिमको पदाधिकारी सहित २१ सदस्यीय टोल कमिटी गठन गर्ने कार्य सम्पन्न भएको छ । सम्पूर्ण कमिटि सर्वसम्मत निर्वाचित भएकाे थियाे।
कार्यक्रम सभापति : पार्टी अध्यक्ष किशोर बराल हुनुहुन्थ्यो भने कार्यक्रमको प्रमुख अतिथि : टंक सुवेदी ( प्रदेश कमिटि सदस्य), कार्यक्रम विशेष अतिथि : तेजनारायण अधिकारी ( उपाध्यक्ष जिल्ला कमिटि सदस्य ), अतिथिहरू : ओम गाैचन ( जिल्ला कमिटि सदस्य), चिरञ्जीवी पाेख्ररेल, ( जिल्ला कमिटि सदस्य), टीका देवि अधिकारी ( महानगर कमिटि सदस्य), बिष्णुमणी बराल ( महानगर कमिटि सदस्य), भुवन दाहाल ( राष्ट्रिय निजामती कर्मचारी सगठन केन्दीय सदस्य ), बिष्णु भण्डारी ( स्वास्थ्य तथा जनसंख्या प्रदेस कमिटि सदस्य तथा पूर्व जिल्ला कमिटि सदस्य), रामचन्द्र बराल ( अध्यक्ष वडा नं.७ तथा पूर्व जिल्ला कमिटि सदस्य), शंकर भण्डारी ( अध्यक्ष राष्ट्रिय युवा सघ महानगर कमिटि तथा पूर्व जिल्ला कमिटि सदस्य), दिनबन्धु पाैडेल ( वडा सदस्य ७ – जनप्रतिनिधि), दिनेश लामिछाने ( बुद्धिजीवी ), मित्र बन्धु भट्टराई ( बुद्धिजीवी ), शारदा गिरी ( वडा कमिटि ७ उपाध्यक्ष ), गणेश श्रेष्ठ ( वडा कमिटि ७ सचिव), कुमार भण्डारी ( राष्ट्रिय युवा सघ वडा कमिटि ७ उपाध्यक्ष ) ।
झपिन्द्र टोल कमिटी अध्यक्ष : अर्जुन बहादुर भुजेल, उपाध्यक्ष : कल्पना गौचन , सचीव : शिव गिरी , उप सचिव : मिना सुबेदी, उप सचीव : अभिषेक बराल ।
यसै गरि ढाँड टोल कमिटी अध्यक्षमा :लालु सुबेदी , उपाध्यक्ष :नारायणी पौडेल , सचीव :राजेश्वर आचार्य , उप सचिव :कृष्ण कु.अधिकारी(अनिषा), उप सचीव : शुभद्रा खनाल ।
कार्यक्रमको संचालन भने दिपक कार्की ( वडा कमिटि ७ उपसचिव) ले गरेका थिए । कार्यक्रम को सुभारम्मभ प्रमुख अतिथि र विशेष अतिथिले सहिद झपेन्द्र कार्की को तस्बिरमा माला तथा टिका लगाएर गर्नु भएकाे थियो ।
उक्त कार्यक्रममा स्वागत मन्तव्य दिनबन्धु पौडेल ले गरेका थिए भने कार्यक्रमको बारे प्रकाश पार्टी अध्यक्ष किशोर बराल ले पारेका थिए साथै शुभकामना मन्तव्य : वार्ड अध्यक्ष रामचन्द्र बराल, दिनेश लामिछाने, ओम गाैचन, तेजनारायण अधिकारी र टंक सुवेदी ले दीएका थिए भने निर्वाचित अध्यक्ष बाट प्रतिबद्धता मन्तव्य समेत व्यक्त गरेका थिए र अर्जुन भुजेल तथा लालु सुवेदी पार्टिको सुर्य अङ्कित झण्डा नवनिर्वाचित कमिटिलाई हस्तान्तरण गरेका थिए भने माईनुट नवनिर्वाचित कमिटिलाई हस्तान्तरण भुवन दाहाल तथा बिष्णु भण्डारीले गरेका थिए । कार्यक्रममा धन्यवाद मन्तव्य : पार्टी उपाध्याक्ष शारदा गिरी ले दीएकी थीइन भने पार्टी अध्यक्ष किशोर बरालले समापन गर्दै कमरेडहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।





ड
नेकपा एमाले पोखरा, वडा -७ ले गठन गर्यो टोल कमिटि।!!
नेकपा एमाले, पोखरा ७ ले गठन गर्यो टोल कमिटि ।
१०/२२ पोखरा-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले पोखरा महानगरपालिका वार्ड नं ७ ले टोल कमिटि गठन गरेको छ। एमाले वडा कमिटी ७ को आयोजनामा वडा भित्रका आफ्नो मातहतमा रहेका तिनवटा क्षेत्रहरुमा ( घारिपाटन, प्रगती र राधाकृष्ण ) टोल कमिटि गठन भएको छ।
नेकपा एमाले कास्की जिल्ला उपाध्यक्ष तेजनारायण अधिकारीको प्रमुख आथित्यतामा भएको कार्यक्रमको अध्यक्षता भने एमाले वार्ड कमिटी अध्यक्ष किशोर बरालले गरेका थिए।
गठन बाट प्रगति टोल अन्तर्गत चित्र बहादुर सुनार अध्यक्षमा मनोनीत भएका छन् भने उपाध्यक्ष र सचिबमा क्रमशः सुनिता नेपाली र सम्झना परियारले पाएका छन् संगै राधाकृष्ण टोल कमिटी अन्तर्गत अध्यक्षमा बसुन्धरा लामिछाने र उपाध्यक्ष अनी सचिवमा पबित्रा जिसि र अशोक खड्काले ज़िम्मेवारी पाउन सफल भएका छन साथै घारीपाटन टोलको जिम्मेवारीमा लक्ष्मण गुरुङ अध्यक्षमा मनोनित भए भने उपाध्यक्ष र सचिबमा क्रमशः राधिका जैसी र राजन सुबेदि मनोनित भएका छन्।
कार्यक्रमका प्रमुख अतिथि तेजनारायण अधिकारीद्वारा सबै नव गठित टोल कमिटीबाट चयन हुनुहुने सबैप्रति बधाई सहित नेकपा एमालेलाई आऊदो चुनावमा पहिलो पार्टी बनाउनका लागी सबैको सहयोग र योगदानको आवश्यकता रहेको बताए संगै देश बिकास र संबृद्धिको लागी केवल केपी ओली नेतृत्वको सरकार मात्र रहेको बताए । साथै सम्पूर्ण टोल कमिटी बाट गठित पदाधिकारीहरुलाई वडा कमिटीका अध्यक्ष किशोर बरालले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
कार्यक्रमको संचालन कमिटीका सचिव गणेश श्रेष्ठले गरेका थिए ।


ताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा