राष्ट्रिय युवा संघ जिल्ला कमिटी कास्की द्वारा भोलि मुल्य वृद्धि बिरुध सांकेतिक कार्यक्रम आयोजना !!!!
राष्ट्रिय युवा संघ जिल्ला कमिटी कास्की द्वारा भोलि मुल्य वृद्धि बिरुध सांकेतिक कार्यक्रम !!!!
संबाददाता-किरण भण्डारी
१०/१९ पोखरा-प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल कास्की जिल्ला कमिटिले सरकारले गरेको पेट्रोलियम पदार्थको मुल्य वृद्धिको बिरोध स्वरुप भोलि दबाब मुलक साङ्केतिक कार्यक्रम गर्ने भएको छ अध्यक्ष पान बहादुर जिसिले फोनबाट जानकारी दिए। उनले भने “हामी सम्पुर्ण सदस्यहरुलाई आ-आफ्नो मोटरसाइकल र स्कुटर लिएर आउन आह्वान गरेका छौ लाचार सरकारको भणडाफोर गर्छौ।” साथै कार्यक्रमपोखरा चिप्लेढुंगाको मानव अधिकार चोकमा दिउँसो ४ बजे राखिएको छ।
अध्यक्ष जिसिको भनाइ यस्तो थियो;
हाम्रो अभियान निरन्तर जारि छ गैर जिम्मेवार ढंगले पेट्रोलियम पदार्थ मा अहिलेसम्म कै उच्च मुल्य वृद्धिका विरुद्ध तथा संविधानिक रुपमा हुनुपर्ने निर्वाचन का लागि युवा दवाब कार्यक्रम मा भाेलि दिउँसो ४ बजे मानव अधिकार चाेक मा उपस्थिति का लागि सम्पुर्ण न्याय प्रेमि युवा विद्यार्थी लगायत सम्पुर्ण मा उपस्थिति का लागि राष्ट्रिय युवा संघ नेपाल कास्की हार्दिक अनुरोध गर्दछ !!!! ((साथै सबै लाई आफ्नो सवारी साधन विशेष गरि माेटर साईकल् र ईस्कुटर् लियर अाउनु हुन जानकारी गराईन्छ्)) !!!!।
The price of gold has been increased in the market by Rs 300 per tola on Wednesday.!!
The price of gold has been increased in the market by Rs 300 per tola on Wednesday.
Reporter
Abishek poudel
KATHMANDU: The price of gold has increased by Rs 300 per tola in the domestic market on Wednesday.
According to the Federation of Nepal Gold and Silver Dealers Association (FENEGOSIDA), hallmark gold, which was traded at 91,900 per tola Tuesday, is being sold for Rs 92,200 per tola from today.
Similarly, tejabi gold is being traded at Rs 91,700 and silver at Rs 1,255.
घट्यो बिदेश जाने श्रमिकको संख्या !!
घट्यो बिदेश जाने श्रमिकको संख्या
संबाददाता-किरण भण्डारी
१९ माघ, काठमाडौं । गत पुस महिनामा रोजगारीका लागि विदेशिने नेपाली श्रमिकको संख्या घटेको छ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत जेठयता लगातार उकालो लागिरहेको थियो।
वैदेशिक रोजगार विभागका अनुसार पुस महिनामा ६६ हजार ६२५ जना श्रमिकले वैदेशिक रोजगारमिा जान श्रम स्वीकृति लिएका छन् । पुस महिनामा दनिक ओसत २ हजार २२० जना श्रमिक विदेश गएका छन्।गत मंसिर महनिमा दैनिक औसत वैदेशिक रोजगारीमा जानेको संख्या करिब २ हजार ५ सय पुगेको थियो । पुस महिनामा बाहिरिएका साढ ६६ हजारमध्ये ३५ हजार ९९५ जनाले नयाँ श्रम स्वीकति लिएका थिए भने अन्यले पुरानो श्रम स्वीकृति नवकीरण गरेका थिए ।
एमसिसी पास गर्न देउवाको मोरिहत्ते भेटे प्रचण्डलाई।
एमसिसी पास गर्न देउवाको मोरिहत्ते भेटे प्रचण्डलाई।
संबाददाता- किरण भण्डारी
१०/१९ काठमाडौं-प्रधानमन्त्री देउवा र प्रचण्ड छलफलमा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा जुटेका छन् । स्रोतका अनुसार उनीहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले पनि छलफल भइरहेको छ ।
अमेरिकी सहायता परियोजना (एमसीसी) र स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका हुन् । देउवाले पछिल्लो समय एमसीसी अनुमोदन गर्न दबाब बढाएपछि गठबन्धनमा चिसोपना आएको छ ।
देउवा ४ जेठमा स्थानीय तहको चुनाव गराउने गरी अघि बढेपछि यसले पनि गठबन्धनमा खटपट बढाएको बताइन्छ ।
देउवाले आफूनिकट नेताहरू समेत प्रचण्ड र माधव नेपाल निवासमा पठाएर यी दुवै विषयमा मनाउने कोसिस समेत गरेका छन् ।
उनले हिजो कांग्रेस नेताहरू ज्ञानेन्द्र कार्की र बालकृष्ण खाणलाई खुमलटार पठाएका थिए । आज बिहान कोटेश्वरस्थित निवासमै पुगेर नेपाललाई भेटेका थिए ।
नक्कली पिसीआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारी तथा बिचौलियाहरु पक्राउ ।
नक्कली PCR रिपोर्ट बनाउने अस्पतालका कर्मचारी तथा बिचौलियाहरु पक्राउ”
घटना विवरण :-
भक्तपुरको मध्यपुर ठिमीमा रहेको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेड र काठमाण्डौ तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रा.लि. बाट बैदेशिक रोजगारमा जाने ब्यक्तिहरुका लागि आवश्यक पर्ने पिसीआर रिपोर्ट नेपाल सरकारले तोकेको भन्दा अत्याधिक बढी रकम लिई स्वाबको नमुना समेत नलिई नक्कली पिसीआर रिपोर्ट बनाईदिने गरेको भन्ने बिशेष सूचनाको आधारमा मिति २०७८।१०।१८ गते बिहान अ. १०.३० बजेको समयमा नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेडका कर्मचारी परिचयपत्र भएका रोशन कुमार छिट्टानलाई नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेडबाट जारी भएका ८ थान नक्कली पिसीआर परीक्षण रिपोर्ट सहित एयरपोर्ट अगाडिबाट पक्राउ गरि जिल्ला भक्तपुर मध्यपुर थिमी नगरपालिका वडा नं. ३ कौशलटार स्थित नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा पुग्दा उक्त हस्पिटलका ल्याब म्यानेजर प्रसन्न कुमार झालाई फेला पारी नियन्त्रणमा लिइएको तथा काठमाण्डौं तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रा.लि.का कर्मचारी परिचय पत्र भएका नागेन्द्र कुमार यादवलाई १७ थान नक्कली पिसीआर रिपोर्ट सहित सोही अस्पताल अगाडि फेला पारी उक्त अस्पतालको ल्याबमा पुग्दा सोही ल्याबका कर्मचारी माधव मैनालीलाई फेला पारी नियन्त्रणमा लिइएको, सम्बन्धित व्यक्तिहरुको स्वाब संकलन तथा परीक्षण नै नगरी कान्तिपुर अस्पताल प्रा.लि. बाट PCR TEST Negative भनि उल्लेख भएका ४ थान नक्कली पिसीआर परीक्षण रिपोर्ट सहित जम्मा ४ (चार) जना ब्यक्तिहरुलाई यस महाशाखा बाट खटि गएको प्रहरी टोलीले पक्राउ गरी राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिहरु समेतको रोहबारमा दुवै अस्पतालका ल्याबबाट पिसीआर रिपोर्ट Generate गर्न प्रयोग भएका कम्प्यूटर लगायतका उपकरण र PCR TEST दर्ता रजिष्टरहरु समेत नियन्त्रणमा लिईएको, फरार रहेका दुबै ल्याबका सञ्चालक भावेश मिश्र र निर्मल गिरी तथा पिसिआर रिपोर्टमा दस्तखत गर्ने ल्याब चिकित्सकहरुको खोजतलास कार्य भइरहेको । साथै दुबै अस्पतालका PCR Lab हरु सिल गरि पिसीआर सम्बन्धी सबै सेवा हाल लाई बन्द गरिएको र अन्य थप अनुसन्धान कार्य भइरहेको ।
प्रारम्भिक अनुसन्धानबाट खुल्न आएका कुराहरुः
उल्लेखित अस्पतालका ल्याबहरुले कतिपय व्यक्तिको स्वाब र परीक्षण बिनै नेगेटिभ पिसीआर रिपोर्ट दिने गरेको ।
उक्त ल्याबहरुमा कार्यरत भनिएका बिशेषज्ञ चिकित्सकले रिपोर्ट नै नहेरी आफ्नो Digital Signature प्रयोग गरि रिपोर्ट दिने गरेको ।
कतिपय पिसिआर पोजेटिभ देखिएका स्याम्पलहरुको CT Value तलमाथि गरि नेगेटिभ रिपोर्ट दिने गरेको तथा पिसिआर रिपोर्टको मिति समेत तलमाथि गरी रिपोर्ट दिने गरेको भन्ने खुल्न आएको ।
उल्लेखित अस्पतालहरुले केहि बिचौलियाहरुलाई अस्पतालको कर्मचारी भनि परिचयपत्र समेत बनाई दिई सामुहिक स्वाब संकलन गर्न प्रयोग गर्ने गरेको ।
सम्बन्धित व्यक्तिको उपस्थिति र स्वाब बिनै बिचौलियाहरुले आफैले आफ्नै स्वाव संकलन गरि बिभिन्न व्यक्तिका नाममा ल्याबमा दिने र ल्याबले सहजै पिसिआर रिपोर्ट उपलब्ध गराउने गरेको ।
बिचौलिया र ल्याबका कर्मचारी एवं व्यबस्थापनको मिलेमतोमा बिदेश जाने व्यक्तिहरुलाई पिसीआर रिपोर्ट Negative बनाइदिने भनि प्रति व्यक्ति रु. १० हजार सम्म असुल गरेको भेटिएको ।
QR Code बाट Scan गरी हेर्ने मिल्ने गरी सक्कली जस्तै Report बनाउने गरेको पाईएको ।
पक्राउ परेका व्यक्तिहरु :-
१. जिल्ला धनुषा बिदेह नगरपालिका वडा नं.४ घर भई हाल जि.ललितपुर ग्वार्को बस्ने बर्ष २५ को रोसन कुमार छिट्टान ।
२. जिल्ला धनुषा छिरेश्वर न.पा.वडा नं.१ घर भई हाल का.जि.गौशाला बस्ने बर्ष २५ को नागेन्द्र यादव ।
३. जिल्ला काभ्रेपलान्चोक तेमाल गा.पा.५ घर भई हाल जि.भक्तपुर सुर्यबिनायक न.पा.वडा नं.५ सल्लाघारी बस्ने बर्ष २९ को माधव मैनाली ।
४. जिल्ला सर्लाही बलरा न.पा.वडा नं.७ घर भई हाल जि.भक्तपुर कौशलटार बस्ने बर्ष २४ को नागरिक हस्पिटलका ल्याब प्रबन्धक प्रसन्न कुमार झा ।
फरार रहेका ब्यक्तिहरु :
१. जिल्ला रौतहट राजदेवी न.पा. ४ बसतपुर घर भई हाल भक्तपुर दुवाकोट बस्ने नागरिक कम्युनिटी अस्पतालको PCR Lab सञ्चालक अ. बर्ष ४० को भावेश मिश्र ।
२. हाल जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं ३२ पेप्सीकोला बस्ने कान्तिपुर अस्पताल प्रा.लि. को PCR Lab सञ्चालक अ. बर्ष ४० को निर्मल गिरी ।
बरामद सामग्रीहरुः
१. पिसिआर रिपोर्ट जेनेरेट गर्न प्रयोग भएको Computer Monitor थान १, Laptop थान १, CPU थान ३ ।
२. पिसिआर दर्ता रजिष्टरहरु, नक्कली पिसिआर रिपोर्टहरु, रसिद ।
More than 167.21 crore of Covid -19 vaccine doses has been administered in India so far.
More than 167.21 crore of Covid -19 vaccine doses has been administered in India so far.
NEW DELHI: India’s Covid-19 vaccination coverage has crossed 167.21 crore with more than 50 lakh vaccine doses being administered on Tuesday, according to India’s Union Health Ministry.
The daily vaccination tally is expected to increase with the compilation of the final reports for the day, India Today has reported.
Cumulatively, 54,19,67,745 first doses of Covid-19 vaccine have been administered to individuals in the 18-44 age group across states and union territories and 40,81,92,353 second doses have been given in the same age group since the start of Phase-3 of the vaccination drive, according to ministry data.
The ministry further said that cumulatively, 94,33,81,379 first doses have been administered and 71,58,56,810 second doses have been given.
India’s Covid-19 vaccination coverage has crossed 167.21 crore (167,21,94,503). More than 50 lakh (50,63,394) vaccine doses were administered till 7 pm on Tuesday, it said.
In the 15-18 age group, 4,71,44,423 first doses and 10,81,838 second doses have been administered.
More than 1,29,56,314 ‘precaution’ doses have been administered to the identified categories of beneficiaries.
The vaccination exercise as a tool to protect the most vulnerable population groups in the country from Covid-19 continues to be regularly reviewed and monitored at the highest level, the ministry underlined.
Reporter Avishek poudel
नेपाल प्रहरीले समात्यो बैंकिङ कसुरका फरार प्रतिवादी।
नेपाल प्रहरीले समात्यो बैंकिङ कसुरका फरार प्रतिवादी।
संबाददाता- किरण भण्डारी
१०/१९ काठमाडौं-बैंकिङ कसूरका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने धनुषा जनकपुरधाम उप-महानगरपालिका-८ घर भएका ४९ वर्षीय कमल कुमार सिंहलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
सिंहले बिभिन्न ब्यक्तिहरूलाई प्रलोभनमा पारी साझेदारीमा जग्गा/जमिन खरिद गर्ने, ब्यापार ब्यवसाय सञ्चालन गर्ने भनी झुक्यानमा पारी लिएको रकममध्ये एकजनालाई ६० लाख रुपैयाँ फिर्ता गर्ने क्रममा चेक जारी गरेकोमा बैंकबाट चेक बाउन्स भएपश्चात फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३२ काँडाघारीबाट पक्राउ गरेको हो ।
साथै सिंहले अर्का एकजना पीडितलाई समेत यस्तै प्रकारले दिएको ६१ लाख रूपैयाँको बैंक चेक बाउन्स भई उच्च अदालत पाटन ललितपुरको २०७७ पुस १५ गतेको आदेशले १५ लाख धरौटी माग हुँदा तत्काल बुझाउन नसकी उनी डिल्लीबजार कारागारमा गएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनी उपर उच्च अदालत पाटन ललितपुरबाट ७ दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
Now the national identity card has been provided from the local level!!!
Now the national identity card has been provided from the local level
Reporter -Abishek poudel
The government has started distributing national identity cards at the local level. The distribution of national identity cards from the district administration office has now started from the local level.
The government has been started distributing national identity cards from the local level as the pressure of service recipients has increased in the most of district administration office. The law maker was being criticized after the service recipients had to wait in line all night to get the national identity card after it was made mandatory to get the e-passport.
The distribution of cards started from five municipalities of Kathmandu and 28 other municipalities across the country is being prepared to start from other municipalities as well.
In Kathmandu valley , this service has been started for the permanent residents of Gokarneshwar, Kageshwari Manohara, Kirtipur, Chandragiri and Nagarjuna municipalities.
आयल निगमले फेरि बढायो तेलको मुल्य।( मुल्य सहित)
आयल निगमले फेरि बढायो तेलको मुल्य। मुल्य सहित
संबाददाता- किरण भण्डारी
१०/१८ काठमाडौं नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मट्टीतेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो ।
अब नयाँ मूल्य पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ र डिजेल/मट्टीतेल १२५ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यासको मूल्य भने बढाइएको छैन । आन्तरिक हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको छ ।
नेपालका कोच अमुल्तारी भन्छन्- फूटबलमा तनावपुर्ण खेल हुनु सामान्य हो।
नेपालका कोच अमुल्तारी भन्छन्- फूटबलमा तनावपुर्ण खेल हुनु सामान्य हो।
नेपालका कोच अमुल्तारी भन्छन्- फूटबलमा तनावपुर्ण खेल हुनु सामान्य हो।
संबाददाता-किरण भण्डारी
१०/१८ काठमाडौं-मोरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल निकै तनावग्रस्त रह्यो । खेलमा देखिएको तनावग्रस्त अवस्थाका बारेमा बोल्दै नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले फुटबलमा यो सामान्य रहेको बताएका छन् ।
‘‘मैत्रिपूर्ण खेल कहिलेकाँही झगडा भएर पूरा हुनपनि पाउँदैन । फुटबलमा रिस, झगडा, एग्रेसन समान्य हो । त्यसलाई ठूलो रुपमा लिनु पर्दैन,’उनले भने ।
खेलका दौरान मैदानमा अवस्था तनावग्रस्त भएपछि खेलका दौरान मोरिससका सात खेलाडीले पहेँलो र दुई खेलाडीले रातो कार्ड पाएका थिए । यस्तै, नेपालका एक खेलाडी र गोलकिपर कोच विकाश मल्लले रातो कार्ड तथा ४ खेलाडीले पहेँलो कार्ड पाएका थिए ।
आजको खेलमा ३–४–३ फर्मेसनमा खेलाएको र ७० प्रतिशत बल राख्न सफल रहेको बताएका थिए ।
मोरिससविरुद्धको मैत्रीपूर्ण श्रृंखलामा दुवै जितको आसा नरहेको प्रशिक्षक अब्दुल्लाहले बताए ।
Next Page » « Previous Pageताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा