प्रधानमन्त्रीको युटर्न : ऐन संशोधन नगरौं, तत्काल स्थानीय निर्वाचन गरौं।।
१५ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन ऐन २०७३ को संशोधन नगर्ने र स्थानीय तहको निर्वाचन चाँडै नै गर्ने प्रस्ताव राखेका छन् ।
स्थानीय तह निर्वाचन ऐनअनुसार आगामी जेठ ५ मा स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै निर्वाचन आयोगले वैशाखभित्र निर्वाचन गर्न प्रस्ताव गरेको छ ।
तर सत्तारुढ पाँच दलले संविधानसँग बाँझिएको भन्दै स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने र स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिएको ६ महिनाभित्र निर्वाचन गराउने व्यवस्था गर्ने सहमति गरेका थिए । नेताहरुका अनुसार तीनै तह (स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा) को निर्वाचन फागुन २०७९ मा गर्ने मोटामोटी सहमति जुटेको थियो ।
तर स्थानीय निर्वाचन टार्न खोजेको भन्दै चौतर्फी आलोचना भएको छ भने राष्ट्रपति विद्यादेवी भण्डारीले समेत प्रधानमन्त्रीलाई पत्र पठाएर दबाव दिएकी छन् ।
शनिबार बालुवाटारमा बसेको सत्तारुढ पाँचदलीय गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले अब ऐन संशोधन नगरी तत्काल स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव राखेका हुन् ।
निर्वाचनबारे सहमति जुटेन, अपराह्न फेरि बैठक बस्ने!!
१५ माघ, काठमाडौं । स्थानीय तह निर्वाचन मितिको विषयमा सहमति जुटाउन सत्ता गठबन्धनको बिहानको बैठक असफल भएको छ । आजै अपराह्न फेरि बस्ने गरी बैठक सकिएको छ ।
स्थानीय तह निर्वाचनबारे छलफल गर्न शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुको बैठक बसेको थियो ।
आन्तरिक छलफल गरेर फेरि बैठक बस्ने गरी बिहानको बैठक सकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
निर्वाचन आयोगले वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न आग्रह गरेपछि गठबन्धन सरकार दबावमा छ ।
आजदेखि क्यूआर सहितको कोभिड खोप कार्ड र अनलाइन आवेदन नागरिक एपबाटै !!!
काठमाडौं । नेपाल सरकारको मुख्य एपको रुपमा रहेको नागरिक एपको नयाँ अपडेट सार्वजनिक भएको छ । नयाँ अपडेटमा कोभिड खोपको लागि आवेदन भर्न सकिने र क्यूआर कोड सहितको खोपकार्ड लिन सकिने फिचर आएको हो ।
बिहीबार रातिदेखि एन्ड्रोइडमा नागरिक एपको अपडेटेड भर्सन १.४.८ आइसकेको छ । आईओएसमा भने अपडेट पठाइसकेको भए पनि रिलिज हुन केही दिन लाग्ने अनुमान गरिएको छ ।
नागरिक एपबाट आवेदन दिएको १२ देखि २४ घण्टाभित्र स्वास्थ्य सेवा विभागको परिवार महाशाखाबाट स्वीकृत हुने बताइएको छ । त्यसपछि नागरिक एपबाटै पीडीएफमा क्यूआर कोड सहितको कोरोना खोपकार्ड डाउनलोड गर्न सकिनेछ ।
क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्रका लागि अनलाइन आवेदन दिन नागरिकता, पासपोर्ट, ड्राइभिङ लाइसेन्स आदि मध्ये आफ्नो परिचय खुल्ने प्रमाण, खोप कार्ड, पासपोर्ट साइजको फोटो लगायतको विवरण खुलाउनुपर्ने हुन्छ ।
तर कोभिड-१९ को भ्याक्सिन कार्डमा स्थानीय तहको नाम, खोप केन्द्रको नाम र छाप प्रष्ट बुझिने नभएमा क्यूआर कोड भेरिफाइ हुँदैन । यदि त्यस्तो प्रकारको खोप कार्ड छ भने तुरुन्त आफूले खोप लगाएको खोप केन्द्रमा सम्पर्क गर्नुपर्नेछ ।
नागरिक एपबाटै आफ्नो क्यूआर कोड सहितको सर्टिफिकेट प्रमाणित भए नभएको थाहा पाउन समेत सकिन्छ । तर क फर्जी कागजपत्र अपलोड गरेको भेटिएमा कानूनी कारबाही गरिने बताइएको छ।
त्यस्तै नागरिक एपबाट कोभिड खोप लगाउनका लागि अनलाइन आवेदन दिन समेत सकिन्छ । तर फारम भर्ने बित्तिकै खोप लगाउने सुनिश्चितता भने हुँदैन ।
.उपलब्धताका आधारमा खोप पाइने बताइएको छ । कोभिड-१९ विरुद्ध कुनै पनि खोप नलगाएका, तर खोप लगाउन इच्छुक १२ वर्ष भन्दा माथिका व्यक्तिहरूले यो फारम स्वैच्छिक रुपमा भर्न सक्नेछन् ।
फारममा आफ्नो पूरा नाम, पूरा ठेगाना, जन्म मिति, पेशा, स्वास्थ्य अवस्था, मोबाइल नम्बर र परिचय पत्र नम्बर (नागरिकता, राष्ट्रिय परिचय पत्र, सवारी चालक अनुमतिपत्र, मतदाता परिचय पत्र, पासपोर्ट, अपाङ्गता परिचय पत्र, जन्म दर्ता) आदि खुलाउनुपर्ने हुन्छ ।
यसरी फारम भर्दा तपाईंले कुन केन्द्रमा खोप लगाउने भन्ने सूचना प्राप्त गर्न सकिन्छ । साथै यो आवेदन फारमबाट प्राप्त भएको विवरण स्थानीय तह स्तरमा खोपसँग सम्बन्धित योजना तथा व्यवस्थापन कार्यमा प्रयोग गरिने छ ।
यसका साथै सवारी साधन नवीकरणका लागि नागरिक एपमा भुक्तानी सेवाप्रदायकलाई आवद्ध गराउने काम समेत भइसकेको छ । तर बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको ढिलाई गर्दा नागरिक एपमा उक्त सेवा उपलब्ध हुन सकेको छैन ।
अनलाइन आवेदन दिने र क्यूआर कोड सहितको कोभिड खोपकार्ड कसरी लिने ?
यसका लागि गुगल प्ले स्टोरमा अथवा आईओएस एप स्टोरमा गएर नागरिक एप डाउनलोड गर्नुहोस् । तर यस अघि नै एप डाउनलोड गरिसक्नु भएको छ भने प्ले स्टोरमा गएर त्यसलाई अपडेट गर्नुहोस् ।
आईओएसका लागि भने यो भर्सनको अपडेट केही दिनमा उपलब्ध हुनेछ । यदि प्ले स्टोरमा त्यसको अपडेट देखिएन भने फोनको सेटिङ हुँदै एप्समा गएर गुगल प्ले स्टोरको क्याश क्लियर गरी पुनः प्ले स्टोरमा गएर अपडेट गर्नुहोस् ।
एप १.४.८ भर्सनमा अपडेट भइसकेपछि त्यहाँ तपाईँले ‘कोभिड भ्याक्सिनेस’ अप्सन देख्न सक्नुहुनेछ । त्यसमा दबाएर भित्र गइसकेपछि अनलाइन आवेदनका लागि प्रि रजिस्ट्रेसन तथा क्यूआर कोड सहितको खोपकार्डका लागि भेरिफिकेसन अप्सनमा गएर तल दायाँ कुनामा रहेको प्लस आइकन थिच्नुहोस् र आवेदन भर्नुहोस् ।
बिना स्विकृति तस्वीर-भिडियो सामाजिक सञ्जालमा हाले कारबाही हुने ।
✍️ सिड्नी ।
गृहमन्त्रालयले जोकोहि व्यक्तिको बिना सहमति कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ।
मन्त्रालयले आज एक सूचना जारी गरी सम्बन्धित व्यक्तिको अनुमतिबिना तस्बिर खिचेर र ‘भिडियो’ बनाएर निजलाई जानकारी नै नदिई सहमति/अनुमतिबिना सामाजिक सञ्जालमा प्रकाशन गर्ने जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही हुने जनाएको छ।
सार्वजनिकस्थलमा ख्यालठट्टाका नाममा गोप्यरूपमा भिडियो तयार गरी तिनलाई सामाजिक सञ्जालमा राख्ने गरिएको गुनासो मन्त्रालयलाई प्राप्त भएकाले सर्वसाधारणलाई शारीरिक तथा मानसिक सास्ती दिनेजस्ता गतिविधि नगर्न गृहमन्त्रालयले सम्बद्ध सबैलाई सचेत गराएको छ।
सार्वजनिकस्थलमा गरिएका भद्दा ख्यालठट्टाबाट पीडित व्यक्तिमा मानसिक तनाव उत्पन्न हुनसक्ने, वादविवाद र द्वन्द्व तथा सामाजिक सद्भाव एवं शान्ति सुव्यवस्थामा पर्नसक्ने नकारात्मक प्रभावका साथै व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा पर्नसक्ने असरलाई दृष्टिगत गरी व्यक्तिको अनुमतिबिना व्यक्तिको तस्बिर र भिडियो नखिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन नगर्न मन्त्रालयले सचेत गराएको हो।
जनप्रिय बहुमुखी क्याम्पस पोखराको निमित्त क्याम्पस प्रमुखमा कृष्ण बाबु बराल ।
✍️ सिड्नी ।
जनप्रिय बहुमुखी क्याम्पस पोखराको निमित्त क्याम्पस प्रमुखमा कृष्ण बाबु बराल ।
नेपालकै सामुदायिक क्याम्पसहरू मध्यको उत्कृष्ट क्याम्पस जनप्रिय बहुमुखी क्याम्पस पोखरा-८, कास्कीको निमित्त क्याम्पस प्रमुखमा उप-प्राध्यापक एवं सहायक क्याम्पस प्रमुख कृष्ण बाबु बराल चयन भएका छन ।
यस अघी क्याम्पस प्रमुखको रूपमा दुई कार्यकाल क्याम्पस प्रमुखको रूपमा रहेका बिरंजि गौतमले आफ्नो कार्यकालको अवधी पूरा गरे संगै सहायक क्याम्पस प्रमुख कृष्ण बाबु बराललाई निमित्त प्रमुख प्रदान गरेका छन । बिरंजि गौतम क्याम्पस प्रमुख रही रहदा क्याम्पसलाई देश मै दुई पटक सम्म नमुना र उत्कृष्ट क्याम्पस बनाउन सफल भएका थिए र उनको क्याम्पस प्रति निकै मेहेनत र लगाव रहेको एक बिधार्थिले बताए ।
बि.सं २०६५ मंसिर ५ गते बाट जनप्रिय बहुमुखी क्याम्पसमा कृष्ण बाबु बरालले आफ्नो शिक्षण पेशा सुरु गरे संगै २०६८ असार १ गते क्याम्पसमा स्थायी प्राध्यापकको रुपमा नियुक्ति पाएका थिए त्यस पस्चात २०६८ असार १४ गते बाट बिबिए संकायको कार्यक्रम संयोजकको रुपमा दुई कार्यकाल उदाहरणिय रुपमा पूरा गरे । उनको कार्यकालमा बिबिए संकायले देश मै उत्कृष्ट नतीजा ल्याउन सफल भएको थियो र यसै कार्यको उच्च मुल्यांकन गर्दै क्याम्पस संचालक समितिले उनलाइ २०७५ माघ १७ गतेका दिन देखी सहायक क्याम्पस प्रमुखको बिशेष जिम्मेवारी समेत प्रदान गरेको थियो संगै उनले आफ्नो यस कार्यकालमा क्याम्पस प्रमुखलाई हरतहर बाट क्याम्पसको बृहत्तर हितको निम्ति सहयोग गरेका थिए यसै मेहेनत र लगावका कारण आज उनी निमित्त क्याम्पस प्रमुखको रुपमा पदभार ग्रहण समेत गर्ने अवसर प्राप्त गरे ।
कृष्ण बाबु बराल स्वभावले निकै मिजासिलो र उनी क्याम्पस भित्रका हरेक बिध्यार्थी, कर्मचारी, अभिभावक, प्राध्यापक, समुदाय, संचालक समिति सबै संग मित्रभाव र नरम व्यवहार गर्दछन । उनी क्याम्पस संगै बिभिन्न सामाजिक संघ-संस्थामा समेत आवद्ध रहेका छन यस कारण पनी उनलाइ सामाजिक सेवकको रुपमा चिनिने अनेरास्ववियु क्याम्पस कमिटीका पूर्व अध्यक्ष अनिल खड़काले बताए साथै उनले कृष्ण बाबु बराल सरलाई क्याम्पसले निमित्त प्रमुख पाउनु सही व्यक्ति सही ठाऊमा र क्षमता अनी दक्षता भए पद परीपरी आऊने संगै बराल हरेक बिध्यार्थीको मन मस्तिष्कमा बस्न सफल समेत रहेको बिश्वपाटीलाई बताए ।
लामो समय देखी शिक्षण पेशामा आवद्ध कृष्ण बाबु बराल, सहायक प्राध्यापक हुदै अहिले निमित्त भएका छन । यति बेला उनको सामाजिक संजाल मार्फत बधाई दिनेहरूको लर्को लागेको छ यसले के पनी देखाऊछ भने उनको बिगतको कार्य कौशलताले नै उनीप्रति हरेक सरोकारवालाहरू ले ख़ुशी व्यक्त गरेको पाइएको छ ।
नेपाल सरकार शिक्षा मन्त्रालय बाट दुई दुई पटक सम्म उत्कृष्ट क्याम्पस घोषित भइसकेको अवस्थामा त्यो बिगतको शान र मानलाई जोगाउनु चुनौतीपूर्ण नै रहेको छ संगै सम्पूर्ण भौतिक पूर्वाधार, आवश्यक जनशक्ति लाई सन्तुलन गर्दै हरेक बिधार्थिको गन्तव्यको रुपमा क्याम्पसलाई चिनाऊन र शिक्षा क्षेत्रमा अब्बल बनाउने जिम्मेवारी अब उनको काधमा रहेको छ ।
शिक्षक हुँदा को अनुभव (गर्ब लाग्छ ) !!!– ✍️ सुनिल खड्का
शिक्षक हुँदा को अनुभव (गर्ब लाग्छ ) !!!
✍️ सुनिल खड्का
पोखरा-८
म सुनिल खड्का एक शिक्षक, मलाई मान्छेहरु मेरो कमाई सोध्छन् ,खासमा भन्नुपर्दा त्यो महिनाभरी गरेको मेहेनत को अगाडि महिनाको अन्तिम मा आएको त्यो तलब तपाईले सोचे भन्दा निक्कै कम हुन्छ। तर खुसी लाग्छ मैले पैसा कति कमाए यो भन्दानी मैले कति बिध्यार्थी आफ्नो बनाए त्यो सोचेर। दाम थोरै नै कमाए होला तर मैले समाजमा एउटा इज्जत कमाए।
शिक्षक शब्दमा प्रयोग भएको अक्षर शि ले `शिखरमा लैजाने मान्छे` , क्ष ले `क्षमा गर्ने ब्यक्ति` र क ले `कमजोरी दूर गर्ने ब्यक्ति´ लाई पनि जनाउँन सकिन्छ ।
शिक्षक शब्द गुरु शब्दसँग समान अर्थ राख्छ। यहाँ `गुरु´ को `गु´ ले अंधकार र `रु´ ले तेज लाई जनाउँछ। ज्ञान रुपि प्रकाश दिएर अंधकारलाई हटाउने ब्यक्ती नै गुरु मानिन्छ ।
खुसी लाग्छ कसैले मेरो नामको पछाडी सर ( गुरु) जोडिदिदा, खुसी लाग्छ बिध्यार्थी हरुले एकाबिहानै कक्षा प्रबेश गर्दा सर चकलेट भनी दिदा, खुसी लाग्छ जब उनिहरु सर लाई आज कति राम्राे देखिएको भनी तारिफ गर्छन् । म भन्दा धेरै आग्रज बेक्तित्वो हरुको साथ मा पढाउनु मेरो सौभग्य जस्तो लागिरहेछ र धेरै ज्ञान् साथ सहयोग गर्नुहुदा खुसि लगेको महसुस हुदोरहेछ ।
` एहि हो मैले कमाएको, बस एत्तिमै सन्तुष्ट छु, खुसी छु आफू सङ्ग ´।।
सुदूरपश्चिममा राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएको छ।
धनगढीः सुदूरपश्चिममा राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएको छ। निर्वाचनमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन्। एमालेका उम्मेदवारले हार व्यहोरेको छ। गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका नारायणदत्त मिश्र, दलितमा माओवादी केन्द्रका जगत पार्की र महिलामा एकीकृत समाजवादीकी गरिमा शाह निर्वाचित भएका हुन्।
Reporter – मुख्यसाप।।
एमालेको टिप्पणी : राष्ट्रिय सभाको चुनावमा हारेर पनि जितियो!!
नेकपा एमालेको प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रियसभा सदस्य निर्वाचनमा हारेर पनि जितेको टिप्पणी गरेका छन् । बुधबार भएको राष्ट्रिय सभा निर्वाचनमा चुनावी परिणामपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।
नेकपा एमालेको प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रियसभा सदस्य निर्वाचनमा हारेर पनि जितेको टिप्पणी गरेका छन् ।
बुधबार भएको राष्ट्रिय सभा निर्वाचनमा चुनावी परिणामपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।
आजको चुनावी परिणाम कस्ता लाग्यो ? भन्ने biswopati काे प्रश्नमा उनले भने, ‘ एमाले पार्टीले हारेर पनि जितेकै हो । सबै एकातिर लाग्दा यो अपेक्षित नै हो ।’
उनले आजको परिणाम अनौठो नभइ अपेक्षित भएको प्रतिक्रिया दिए । उनले भने, ‘आजको परिणाम अनौठो होइन । अपेक्षित हो । दुइटै जितिन्थ्यो कि भन्ने थियो एउटा जितियो, एउटामा बराबर भएर हारियो ।’
उनले एमालेसँग बहुमत नभएपनि अरुको भोट पाएर जित्नु र बराबरीमा रोकिनु एमालेको लागि ठूलो र अर्थपूर्ण रहेको बताए । उनले भने, ‘आफूसँग बहुमत नहुँदा नहुँदै अर्काको भोट ल्याएर एउटा जित्नु र एउटा बराबरमा रोकिनु एमालेका लागि ठुलो कुरा हो।’
उनले अब हुने प्रत्यक्ष निर्वाचनमा एमालेले गठबन्धनलाई हराउने अन्तिम चुनाब हुनेसमेत जिकिर गरे। उनले भने, ‘अब यसको अर्थ जनताको प्रत्यक्ष निर्वाचनमा हाम्रो परिणाम कस्तो आउँछ भन्ने पनि हो । र यो नै गठबन्धनले हराउने अन्तिम चुनाव हो ।’
काठमाण्डौलाई सिड्नीबाट हेर्दा ।
✍️ पोखरा, नेपाल ।
काठमाण्डौलाई सिड्निबाट हेर्दा!
नेपाल राष्ट्रको राजधानी काठमाण्डौ बिशेष मौलिक कला,धर्मिक बिबिधता,आर्थिक महत्ब र छुट्टै सॅास्कृतिक महत्ब बोकेको शहरको रूपमा चिनिन्छ।हाल सन २०२१ को डाटा अनुसार काठमाण्डौको जनसॅख्या १५ लाख पुग्न लागेको देखिन्छ जुन सन २०२० भन्दा ३.५%ले बढी हो।काठमाण्डौलाई नेपाल मण्डला पनि भनिन्छ र यो नेबार समुदायको घर भनेर पनि चिनिन्छ।काठमाण्डौलाई नेपालको पर्यटन घुम्नको लागि प्रबेशद्दबार क्षेत्रको रूपमा पनि हेरिन्छ बिभिन्न हिमालहरू चड्नको लागि नेपालको प्रबेश सहरनै काठमाण्डौ हो।सन २००८ मा नेपालमा संघिय गणतन्त्र घोषणापछि अहिले बागमति प्रदेश अन्तरगत प्रर्दछ।यॅाहा चर्चा गर्न खोजिएको के हो भने यति सुन्दर सहरको रूपमा चिनिदॅा पनि अहिले यसलाई जसरी बिकाशको नाममा र स्मार्ट सिटीको नाममा साश फेर्न पनि गार्हो हुने गरि धुलो ,कुनैपनि मनोरन्जनात्मक कार्यको लागि पार्क,पैदल यात्रीको लागि बाटो र बिशेष क्षमता भएको हरूलाई सुबिधाको सम्बोधन हुन नसक्नुलाई सिड्नि जस्तो सहरहरूले कसरी ब्यबस्थापना गरिरहेको छ भनेर चर्चा गर्दा उपयुक्त हुने देखिन्छ।भारतको बैंग्लोरलाई आईटीको सहर,मुब्बईलाई ब्यापारिक सहर,कलकत्तालाई बित्तिय अघ्ययन क्षेत्र र दिल्लीलाई ब्यबस्थापकिय सहरको रूपमा बिकाश गर्दै गएको देखिन्छ।
अष्ट्रेलियाको बिभिन्न सहरहरू मध्य सिड्नीलाई कसरी १) शिक्षा र स्बास्थ्यको सहर २)समाजिक न्यायको सहर ३) अबसरको सहर ४)सफा हरित सहर को रूपमा ब्यबस्थापन गरेको छ ।काठमाण्डैमा थप्नु पर्ने ५)सॅकृतिको सहरको रूपमा यि ५ मुख्य बॅुदाहरूमा परिणत गर्न सक्ने अहिलेको प्रबिधी मैत्री क्षमता सहितको नेतृत्ब खोजिरहेको देखिन्छ।
१) शिक्षा र स्बास्थ्यःसॅसारभरिको अधॅकाश राष्ट्रहरूले शिक्षा र स्बास्थ्यलाई प्रत्येक मुलुकको आफ्नो सॅबिधानमा मौलिक हकको रूपमा प्रतृत गरेको हुनाले सिड्निमा पनि स्बास्थ्यलाई आफ्नो नागरिक लाई सरकारी स्बस्थ्य बिमा सहितको निशुल्क कार्डको ब्यबस्था गरेको छ र काठमाण्डौमा पनि अहिले शुरू हुदै गर्दा चेतना र शिक्षाको आभाबले त्यति धेरै प्रभाबकारिता देखिदैन त्यसैले निशुल्क सामान्य चेकजॅाचको लागि स्बास्थ प्ररिक्षण को शुरूबात गर्नु पर्ने देखिन्छ।शिक्षा त काठमाण्डौमा निजिकरणको कारणले गर्दा च्याउ जसरी निजी बिधालयहरू स्थापना भएको देखिन्छ भने त्यसबाट मनलागि शुल्क असुलि देखिन्छ त्यसलाई प्रभाबकारि नियगमन गर्नु पर्ने छ जुन सिड्निमा यॅाहाको नागकिलाई प्राय नगन्य शुल्कमा अध्ययन गरेको पाईन्छ र सर्टिफिकेट लागि भन्दा पनि ब्यबसायिक र क्षमता अभिबृद्दि प्रयोजनको लागि शिक्षालाई लिएको देखिन्छ।
२) समाजिक न्यायको शहरःपर्यटनलाई आकर्षण गर्ने र घुम्न जानु अघि सहर कतिको शुरक्षित छ र कुनै धटना घटेमा सरकारी तहबाट न्याय कत्तिको शुरक्षित छ भनेर हेर्ने गरिन्छ।सरकारी सॅयन्त्र कतिको चुस्त दुरूस्त छ भनेर पनि हेर्ने गरिन्छ सॅकारको मुख्य आर्कषणको सहरहरू मध्य सिड्नीलाई पनि शुरक्षित सहरको चौथो नम्बरमा आउछ त्यसरीनै काठमाण्डौलाई पनि समाजिक न्यायको क्षेत्रको रूपमा बिकाश गर्न जरूरि देखिन्छ।
३) अबसरको शहरः
अहिले काठमाण्डौमा अबसर पाउन र शुरू गर्न निक्कै झन्झटिलो र अफ्ठयारो प्रकिया छ कुनै कम्पनी दर्ता गर्न होस अथबा नॅया आईडियाहरूलाई प्रमोट गर्नको निमित्त अहिले पनि बन्द हड्ताल र राजनितिक चन्दा आतॅन्कले अबसर शुरू गर्न डर मान्वे गर्छन।प्रत्येक टोल र चोकचोकमा २४ घन्टा प्रहरी निगरानी बढाउने र शुरक्षाको प्रत्याभुति गराउन सके काठमाण्डौ पनि नॅया अबसरको शहरमा रूपान्तरण हुन सक्छ।काम गर्ने र काम लगाउनेको बिमा को शुरक्षा गराउने सरकारी न्यूनतम तलब दिएको छ कि छै फेयर बर्सको सरकारी नियन्त्रक सॅयन्त्र बनाएर नियमन गर्नालेनै सिड्नीलाई अबसरको सहर भनेर नि चिनिन्छ।
४)सफा हरित सहरःस्बाथ्यनै मानब जिबनको मुख्य सम्पती भएको कारणले अहिले काठमाण्डौ जत्ति प्रदुषण धॅुलो र धुवा छ त्यसबाट पनि मानिस आजित त र बाहिर बाट घुम्न जानको लागि मुख्य समस्यालाई त्यही धुलो र धुवालाई हेर्ने गर्छन ।अहिले काठमाण्डौको एयर को गुणस्तरनै अत्ति खराब सहरहरू मध्यमा पर्दछ त्यसैले प्रत्येक दिन बिहान एकपल्ट सरसफाई गर्ने स्थानिय सरकारहरू मिलेर र प्रत्येक टोल र प्रत्येक घर तथा सडकमा रूख अभियान शुरू गर्ने उधोगहरूलाई निरिक्षण गर्ने र कति मात्रमा धुलो र धुवॅा निकाल्न दिने भनेर नियम बनाउने र निरिक्षण गर्ने गर्दा सहर सफा हुने र अहिलेको अबस्था केहि हद सम्म हट्ने देखिन्छ।
५) सॅकृतिको सहरःशुरूबातमै पनि मैले भनिसकेको छु कि काठमाण्डौ भनेको कला सॅकृति र नेबारी समुदायको नेपाल मण्डला भनेर चिनिन्छ तर बिस्तारै अब्यबस्थित सहरीकरणले गर्दा नबारी समुदायको बिभिन्न चाड र सॅकृतिलाई स्थानिय सरकारले प्रत्येक टोलमा प्रबिधी सॅग जोड्दै आफ्नो टोल समुदायको सॅकृति र पर्वलाई प्रबर्धन र शुरक्षित गर्ने र बिभिन्न खानाहरूलाई प्रमोट गर्ने जस्तो कि जुजु धौ।यस्तो सॅकृतिलाई प्रबर्धन गर्दानै भबिस्यको पुस्ताले निरन्तरता पाउने र सन्सार भरिको मान्छै काठमाण्डौको आदिबासीको ईतिहास बुझ्ने र पढ्ने सहरको रूपमा बिकाश हुनेछ।
✍️ बिमल बस्नेत मेकानिकल ईन्जिनियर
हाल सिड्नीबाट!
सिटामाेल लगायतका औषधि उपलब्ध गराउन सरकारका नाममा सर्वाेच्चकाे आदेश!!!
काठमाण्डाै – सर्वोच्च अदालतले पारासिटामोल जस्ता अतिआवश्यक औषधि सहजरूपमा उपलब्ध गराउन सरकारको नाममा आदेश जारी गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आज मङ्गलवार सरकारका नाममा यस्ताे आदेश जारी गरेको हो ।
आदेशमा अहिले कोभिडको प्रकोप कायम रहेको अवस्थामा त्यसकाे उपचारका लागि आवश्यक पर्ने अति सामान्य र महत्त्वपूर्ण औषधि सिटामोल र पारासिटामोल देशभरिका अस्पताल तथा औषधि पसलहरूमा पर्याप्त मात्रामा सहज आपूर्ति हुन नसकेको उल्लेख छ ।
नागरिकको स्वास्थ्यसम्बन्धी मौलिक हकको व्यावहारिक प्रचलन गराउन वाञ्छनीय देखिएको हुँदा सबै तहका सरकारबीच समन्वय गरी अहिलेकाे अवस्थामा स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने औषधिहरूको तत्काल सहज वितरणको विशेष प्रबन्ध मिलाउन आदेशमा भनिएकाे छ ।
यसअघि साेमवार अधिवक्ता टीकाबहादुर कुँवरले नागरिकलाई सिटामोललगायत अत्यावश्यक औषधि उपलब्ध गराउन आदेशको माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो । त्यही रिट निवेदनको सुनुवाइपछि अदालतले यस्ताे आदेश जारी गरेको हो ।
ताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा