राष्ट्रिय सभाका १९ पदमा आज निर्वाचन!!
१२ माघ, काठमाडौं । राष्ट्रिय सभामा एक महिनापछि रिक्त हुन लागेका १९ सदस्यका लागि आज सात वटै प्रदेशमा निर्वाचन हुँदै छ ।
बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।
आगामी फागुन २० गते नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४ र नेपाली कांग्रेसका ३ राष्ट्रियसभा सदस्यको पदावधि समाप्त हुने भएकाले निर्वाचन गर्न लागिएको हो । सदस्यको पदावधि समाप्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ ।
त्यसैले प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी जम्मा १९ पदका लागि निर्वाचन हुन लागेको हो ।
राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा आज, केके सार्वजनिक हुन्छ ?
१२ माघ, काठमाडौं । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक नतिजा आज सार्वजनिक गर्दै छ ।
अहिले जनगणनाको प्रारम्भिक र ६ महिनाभित्र विस्तृत नतिजा सार्वजनिक गर्ने विभागको योजना छ । जनगणनाको अन्तिम नतिजा सार्वजनिक हुन भने करिब नौ महिना लाग्ने अनुमान छ ।
विभागका उपनिर्देशक हेमराज रेग्मीका अनुसार गणकले भरेका मुख्य प्रश्नावलीमा उल्लिखित विवरणका आधारमा प्रारम्भिक नतिजा सार्वजनिक गर्न लागिएको हो । प्रारम्भिक नतिजामा नेपालमा जम्मा परिवार संख्या, महिला र पुरुषसहित जम्मा जनसंख्या र विदेशमा रहेका नेपालीको जनसंख्या सार्वजनिक गरिने उनले बताए ।
पहिलेका र अहिलेका साथी– ✍️सुमन काफ्ले
पहिलेका र अहिलेका साथी💖
अहिले फेसबुकमा add भएका दुई हजार जना साथी भन्दा Facebook नहुदा खेरिका पाँच जना साथीहरु नै ठीक थिए । 💝त्यति बेला “add” गर्न मिल्थ्यो तर “unfriend” गर्न मिल्थेन, रिस उठ्दा एकछिन mute गर्न मिल्थ्यो । भोलि पल्ट यताबाट यो हास्थ्यो उताबाट उ हास्थ्यो आफै unmute हुन्थ्यो, तर block गर्न मिल्थेन ।😌 एकै शब्द भए पनि रिप्लाई आउथ्यो त्यहाँ कसैको कुरा seen गरेर छोड्न मिल्थेन अहिले झैं झुटो emoji त हुन्थेन तर मनको expression मुखमा प्रत्यक्ष देखिन्थ्यो । wifi भएर मात्र online देखाको हो भनेर ढाट्न पनि मिल्थेन नयाँ भेटे पछि पुरानालाइ साट्न पनि त मिल्न एउटालाई 9 बज्न नपाउदै सारै निन्द्रा लग्यो “goodnight byee” भनेर अर्कोलाई hi 👋 आज मलाई निन्द्रै लागेन भनेर राती 2 बजे सम्म गफ गर्न मिल्थेन सन्सार भरिका हजारौ साथीहरुको अप्सन हुन्थेन, निकै कम हुन्थे तर आफ्नै पास हुन्थे तर उनीहरू नै सबै भन्दा खास हुन्थे मन देखि happy birthday भने पुग्थ्यो । राती 12 बजे उठेर कहिल्यै पूरा न हुने 1 पेज लामो झुटो birthday wish गर्नु पर्थेन अनि कसको wish हो भन्ने सम्म नहेरी wholesale मा Love react गरेर “Thank You Everyone” भन्ने readymade reply पनि दिनुपर्थेन । त्यति बेला समृद्धता हेरेर सम्बाद हुन्थेन सुन्दरता हेरेर मित्रता हुन्थेन नत्र ती मेरा साथीका हुन्थे ! जे थियो सबै सरल थियो, सहज थियो अहिले सब थोक छ तर केहीपनि छैन । अहिलेका chat का सम्बन्धहरु मनमा पुग्दैनन केवल बुढी औंलाका टुप्पामा सीमित छन्। 😔
✍️ सुमन काफ्ले
एनएसडब्लु-अष्ट्रेलियाका मन्त्रीद्वारा सामाजिक कार्यको प्रशंसा गर्दै मुक्ति रामलाई सम्मान ।
✍️ सिड्नी, अष्ट्रेलिया ॥
सकारात्मक सोच र स्वयंसेवक भावना जागृति भयो भने समाज परिवर्तन गर्न सकिन्छ भन्ने भावन लाई आत्मसाथ गर्दै बिश्वका शान्ति दुत भगवान गौतम बुद्ध को जन्मथलो लुम्बिनी, रूपन्देहि जिल्लामा जन्म र आफ्नो मातृभुमि मा करिव दुई दशक भन्दा बढि स्थानीय समुदाय, आफ्नो जिल्ला र केन्द्रका बिभिन्न तह र अहोदामा रहेर सामाजिक, परोपकारी एवं अनुकरणीय काम गर्दै सामाजिक यात्रामा लम्किएका मुक्तिराम पोखरेल पछिल्लो समय बिगत ९ वर्ष देखि अस्टे्लियालाई आफ्नो कर्मथलो बनाई बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सामाजिक संघ संस्थामा आवद्ध र सक्रिय हुदै आईरहेका छन् जस अन्तर्गत फेन्का प्रतिनिधि (RANA) सदस्य , नेपालि कला-संस्कृति तथा साहित्यिक प्रतिस्ठानको पूर्व महासचिव, नेप्लिज ब्लड डोनर एसोसिएशन अस्टे्लियाका उपाध्यक्ष, अन्तराष्ट्रिय साहित्य समाजका आजीवन सदस्य, नेपाली युथ फोरम अष्ट्रेलियाका संरक्षक, रूपन्देहि सामाजिक संन्जाल (RSNA)अष्ट्रेलिया नेपालका वर्तमान अध्यक्ष मुक्तिराम पोखरेल सेण्ट जोर्ज कम्युनिटी भोलिंटेयर्स अवार्डस बाट न्यु साउथ वेल्स राज्य, अस्टे्लियामा सम्मानित भएका छन् पोख्रेलले सेन्ट जर्ज एरिया र सिंगो राज्यमा रहेर राष्ट्रिय तथा अन्तराष्ट्रिय समुदाय बिच परोपकारी एवं हितका लागि गरेको योगदानको उच्च मुल्याकन गर्दै एक कार्यक्रमका बिच आज मंगलवार न्यु साउथ वेल्स राज्य, अस्टे्लियाका नवनियुक्त बहु-सास्कृतिक तथा जेष्ठ नागरिक मन्त्रि मार्क कोर जोसेफ (Mark Joseph COURE) ले पोखरेल लाई सम्मान पत्रका साथ सम्मान गरेका हुन् ।
यसै बिचमा मन्त्री मार्कले मुक्ति केवल एक उदाहरणिय पात्र मात्र हुन बिशेष गरी नेपाल बाट बिभिन्न वहानामा अष्ट्रेलियामा आइ अष्ट्रेलियालाई कर्मथलो बनाएर बसेका आम नेपालीहरू आफ्नो काममा सत-प्रतिसत मेहेनत र परिश्रम अनी बिश्वसनीय रहेको पाईएको बताए जसले सिंगो समाज मात्र नभई अन्तराष्ट्रिय स्तर मै नेपालीहरूको शान रहेको बताए साथै कैयौ पटक सदनमा नेपालीहरूको समाज प्रतिको लगाव र देश बिकासको बारेमा बिभिन्न स्थानीय र राज्य स्तरको सांसदहरूले प्रशंसा गर्ने गरेको बताए संगै मुक्ति रामलाई यो अभियानलाई अटूट रूपमा लाग्नको निम्ति आगामी दिनको शुभकामना समेत व्यक्त गरेका थिए ।
सम्मान प्राप्त गर्दै मुक्ति राम पोख्रेलले यस समाज प्रतिको दायित्व र कर्तव्य पालनालाई राज्यको मन्त्रालय स्तर बाट गरीएको सम्मानले आफुलाई अझ सकारात्मक ऊर्जा थप भएको र समुदायको हितको लागि सामाजिक कार्यमा अगाडी बढ्न् प्रेरित र थप जिम्मेबारी बहन् भएको धारणा समेत ब्यक्त गरे साथै संसारभर रहेका नेपालीहरूलाई जहां रहेपनी आफ्नो देश, भाषा, संस्कृति र मौलिकता अनी इमानदारिताको बिरासतलाई बढ़ाएर लानुपर्ने सबैको दायित्व रहेको बताए ।
“बढ्दै गएको उमेर “–✍️ सफलता पौडेल
“बढ्दै गएको उमेर ”
सपनाको संसारबाट विपनाको संसारमा आउन न त बस चढनुपर्छ न त हवाइजहाजमा नै केवल व्युझिदिए पुग्छ।
ब्युजिनसाथ आँखा मिच्दै झ्यालबाट बाहिर नियाले झ्यालबाट छिमेकीको लिचीको बोट छरलंगै देखिन्थो , त्यस बोटलाई नियाली राखे । चराहरू कोई प्यार प्यार गर्दै, कोई नाच्दै, कोई गाउदै ।
नाच्दा नाच्दै एउटा चरो भूर्र उड्यो, चरा भन्दा माथि उमेर उड्यो, हो यो उमेर मेरै थियो। लाग्यो मेरो उमेरका पखेटा निकै बलिया भए। छोरी!! मामिले बोलाउनु भयो, हजुर फ्रेस भएर आउछु भने। म नित्य कर्म गर्न लागे। मुख धुँदा ऐनामा हेरे डन्डिफोर आएका थिए तर पनि मेरो मुहारको चामकलाई कदापि फरक परेको थिएन। म एकछिन सोच्न मघदा भए। अस्ति भर्खर लागेको थियो मेरो बालिका आँखाले परबाट आफूतिर आउँदै गरेको बैंस छर्लङ्गै देखाएको आज लाग्छ बैंस को सबै भन्दा मिठो सुवास चल्ने, कल्पनामा उडेर आकाश छुने, साँच्चै नै जुन तारा टिपेको सम्झिदै रमाउने उमेरमा लागे। के सधैँ यही जोस र जाँगर होला म संग? के यही तंग र चम्किला छाला होलान्?
✍ सफलता पौडेल
कोरोना संक्रमणमुक्त हुनेबित्तिकै ‘एक्शन-ओरियन्टेड’ मन्त्री आले काममा फर्किए!!
काठमाडौं, १० माघ । कोरोना संक्रमणमुक्त हुनेबित्तिकै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले काममा फर्किएका छन् । उनी आजबाट मन्त्रालयको नियमित काममा फर्किएका हुन् । हिजो (आइतबार) गरिएको पिसिआर परीक्षणमा मन्त्री आलेको रिपोर्ट नेगेटिभ आएको थियो ।
संक्रमणमुक्त भएको भोलिपल्ट अर्थात आजैबाट उनी काममा फर्किएका हुन् । पछिल्लो समय उनको कामलाई लिएर जनस्तरबाट व्यापक प्रशंसा आईरहेको छ । खासगरी उनले नारायणहिटी दरबार संग्राहलयमा क्याफ्टेरिया बनाउन नदिने निर्णय गराउनेदेखि पशुपति क्षेत्र विकास परिसरमा रहेको धर्मशालामा चलाईएको होटलबारे कडा कदम चालेका छन् ।
पर्यटनमन्त्री भएदेखि नै आलेले देखिनेगरि सुधारका थुप्रै कामहरु गरेका छन् । त्रिभुवन विमास्थलको आन्तरिकतर्फ यात्रुहरुलाई गोल्डेन गेटबाट विमानस्थलसम्म निःशुल्क सटल बस सेवा सञ्चालनदेखि थुप्रै सुधारको काम गरेका छन् ।
आलेले मन्त्रीको पदभार सम्हाल्दै गर्दा पनि आफूले पर्यटन क्षेत्रको दिगो विकासका लागि प्रभावकारी रुपमा योजना तथा कार्यक्रम अघि बढाउने घोषणा गरेका थिए । नभन्दै उनले आफूले घोषणा गरेबमोजिम एक्शनमा आफूलाई खरो उतारेका छन् । पर्यटनमन्त्री आलेले नेपाललाई विश्वकै पर्यटनको आकर्षक गन्तव्यको रुपमा विकास गर्न खरो रुपमा उत्रनुपर्ने खाँचोमात्रै औंल्याएका छैनन् । नजिता निस्किनेगरि काम पनि गरिरहेका छन् ।
मन्त्री आलेले निगम सुधारको लागि पनि द्रुत गतिमा काम गरिरहेका छन् । निगको कार्यालयमा पुगेर उनले निगमको वृद्धि र विकास हुनेगरि काममा खट्न कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।
त्यस्तै, पर्यटक हिँड्ने पदमार्ग निमार्णका लागि १५ करोड रुपैयाँको ठेक्काको टेन्डर सूचना (बोलपत्र) ठेकेदारकै मिलेमतोमा जारी भएको पाइएपछि मन्त्री आलेले आफ्नो ठाडो आदेशमा बोलपत्र सूचना रद्ध गराएका छन् ।
उनले आफू पदमा जति समय रहेपनि देशको हित हुनेगरि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
टाउको दुखेको छ? रुघाखोकी लागेको छ? यस्ता कुरामा विशेष ध्यान दिनुहोस् ।
कुन प्रकारको समस्या हो ,अनि मात्र चेक गरौं ,सामान्य समस्यालाइ प्राथमिक उपचार बाट निको बनाउन सकिन्छ।।
अहिले चलिरहेको जटिल महामारी हो। ओमिक्रोन र रुघाखोकीलाइ लक्षणको आधारमा फरक छुट्याएर बुझ्न मिल्दैन । यसलाई चिकित्सकले विशेष निगरानी र अनुभवका आधारमा अलि अलि फरक छुट्याउन सकेपनि कुनै यस्तो मापदण्ड छैन।जसका आधारमा यो रुघाखोकी हो वा ओमिक्रोन भनेर छुट्याउन सकियोस् । सामान्य लक्षण देखिने बित्तिकै चेक गराउनु आवश्यक छैन । यदि चेक गराएर ओमिक्रोन पोजिटिभ भयो भनेर आत्तिनु पनि पर्दैन ।लक्षणको आधारमा स्टेथेस्कोप लगाएर जाचेकै आधारमा ओमिक्रोन र रुघाखोकी छुट्याउन नसकिने भएकाले श्वास फुलेको श्वासको गति बढेको जस्तो लागेमा जाच गर्न जानुपर्छ । एउटा वयस्क मान्छेको श्वासको गति २० भन्दा बढी भएको खण्डमा,जीउ ,हात गलेर उठनै नसक्ने भए ज्वरो नआएको अवस्थामा मुटुको धडकन १ सय भन्दा बढी भए जुन आफैले पनि नाप्न सकिन्छ । एक मिनेटमा नाडीको गति १ सय भन्दा बढी भए शरीरमा कुनै न कुनै समस्या छ भन्न सकिन्छ ।अथवा सामान्य रुघाखोकी ,घाटि दुखेको छ भने परिक्षण गरिहाल्नु पर्छ भन्ने छैन। ओमिक्रोन ४/५ पटकभन्दा लामो समयसम्म नजाने हुनाले दिनमा ३/४ पटक तातोपानीको वाफ लिने मनतातो पानी धेरै पिउने,झोलिलो खाने कुरा प्रशस्त खाने ,सधै साबुन पानीले मिचिमिचि हात धुने , बाहिर निस्कदा मास्कको प्रयोग गर्ने तथा यो सङ्क्रमन भएको मान्छे ५ /६ दिनपछि यसको लक्षण गइसक्छ । यदि कुनै लक्षण देखिदा पोजिटिभ आयो भने डराउने र नेगेटिभ भयो भने ढुक्क हुने चाहि गर्नु हुदैन ।हामि सतर्क हुनैपर्छ । सङ्वेदनशिलता ६०/७० प्रतिशत भन्दा टाढा छैन । २० जना COVID भएको मान्छेको परिक्षण गर्दा १३/१४ जना पहिचान भए पनि ६/७ जना यसै छुट्न पनि सक्छ। यसकारण COVID-19 परिक्षण भएको छैन भने मनपरि हिड्न चाहि हुँदैन ।
ओमिक्रोनको सङ्क्रमणदर एकदमै उच्च भएकोले तपाईंलाइ लक्षण देखिएकै दिन घरका परिवारलाई पनि सङ्क्रमण भैसकेको हुनसक्छ । तर , शरीरको प्रतिरोधात्मक क्षमताका कारण कसैमा लक्षण देखिन सक्छ भने कसैमा नदेखिन सक्छ । लक्षण देखियो भने छुट्टै कोठामा बस्ने सामान पनि छुट्टै प्रयोग गर्ने , मास्कको प्रयोग गर्ने त्यसैगरि खानेकुरामा विशेष गरि चिसो खाने खानु हुदैन ,मनतातो पानी पिउने ,प्रोटिनयुक्त तथा माछा ,मासु खान सकिन्छ । दुइ किसिमका मिश्रित दाल खाने, सागसब्जि खाने गर्नु पर्दछ।
ओमिक्रोनलाइ कमजोर नसोचौ :
ओमिक्रोन डेल्टा भन्दा कम खतरनाक हो तर , डेल्टाभन्दा ४/५ गुणा छिटो प्रसार हुन्छ। ओमिक्रोनले मान्छे मर्न सुरु भैसकेको छ। खोप सबैले अनिवार्य लगायौ । ७०/८० बर्षदेखि भर्खर डाक्टर पास भएकासम्मले खोप लगाएका छन । खोपको साइड इफेक्ट छैन । यसबारे भ्रम फैलाइएको हो । त्यसकारण सम्पुर्ण ले आफ्नो पायक पर्ने ठाउमा खोप लगाअौ ।सबैलाई COVID बाट मुक्त हुने वातावरण बनाऔ,सचेत रहौ, सजग बनौं ” ओमिक्रोन तथा कोभिड जस्ता घातक रोगहरु एवम् भाइरसबाट बचौ अरुलाइ सुरक्षित रहन जनचेतना फैलाउ हरेक व्यक्तिमा सकारात्मक सोचको विकास गरौं।
डब्लूएचओले भन्यो : ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछ!!
एजेन्सी । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड १९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्वास विश्व स्वास्थ्य संगठनका युरोपेली निर्देशकले गरेका छन् ।
‘ओमिक्रोनले युरोपलाई महामारी अन्त्यको खेलतर्फ लग्दैछ,’ डब्लूएचओ युरोपका महानिर्देशक हान्स क्लुगले भने । मार्चसम्म भने ओमिक्रोनबाट ६० प्रतिशत युरोपेली संक्रमित हुने उनको भनाई छ ।
सम्पूर्ण युरोपलाई ढाकेको ओमिक्रोन केही महिनापछि शान्त रहने उनको विश्वास छ । खोपका कारण विश्वव्यापी रुपमा मानिसहरुको रोग प्रतिरोधात्मक क्षमता बढेको उनले बताए । ‘तर, यस वर्षको अन्त्यसम्ममा विश्व शान्त बन्नेछ,’ उनले भने ।
अमेरिकाका वरिष्ठ वैज्ञानिक एन्थोनी फाउचीले पनि कोभिड संक्रमण विस्तारै विश्वबाटै घट्दै जाने विश्वास गरेका छन् । अमेरिकामा कोभिड संक्रमण विस्तारै घट्दो क्रममा छ ।
एमालेको चुनाव चिन्ह सूर्य अब नरहने ।
काठमाडौं, १० माघ । नेकपा एमालेका सूर्य चिन्ह नरहने अवस्था बनेको छ । उसले उक्त चिन्ह पुनरावलाकेन गर्नुपर्ने अवस्था बनेको हो । निर्वाचन आयोगले यसको संकेत गरिसकेको छ ।
निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई गाई चिन्ह हटाउन पत्र लेखिसकेको छ । २ माघमा लेखेको पत्रमा ‘नेपालको राष्ट्रिय झण्डा, निशान छाप, राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ्ग सिम्रिक, राष्ट्रिय जनावर गाई, राष्ट्रिय पंक्षी डाँफे, नेपालको नक्सा, राष्ट्रिय पहिचान बोकेका व्यक्तित्वका तस्वीर वा चिन्ह दललाई प्रदान नगर्ने र वरिसकिएको भए सोको पुनरावलोकन गर्ने’ भन्ने निर्णयसहित उल्लेख गरेको छ । आयोगले यसबारे २०७७ माघ ७ गते निर्णय भएको भन्दै राप्रपालाई गाई चिन्ह भएको भन्ने वाक्यांश हटाई विधानमा उल्लेख गर्न भनेको छ ।
आयोगको यो पत्रका आधारमा राप्रपा अदालत जाने भएको छ । यो मुद्दा अब अदालतमा जाने भएकाले आयोगको निर्णयको पक्षमा फैसला भएर आदेश भएमा राप्रपाको गाई चिन्ह मात्र नभई एमालेको सूर्य चिन्ह समेत बदर हुने भएको छ ।
अब चुनाव चिन्हको विषयमा अदालतमा अलमल हुने भएकाले पनि प्रतिनिधि सभा चुनाव धकेलिने सम्भावना रहेको बुझिएको छ । अदालतले यसबारे गर्ने निर्णयको ढिलोचाँडोले प्रतिनिधि सभा चुनाव मात्र नभई स्थानीय चुनाव र प्रदेश सभा चुनावको मिति समेत प्रभावित हुने सम्भावना छ ।
राप्रपाको चुनाव चिन्ह गाई राष्ट्रिय जनावर हो । एमालेको चुनाव चिन्ह सूर्य राष्ट्रिय झण्डामा अंकित छ । आयोगले गरेको निर्णय अनुसार अब एमालेको चुनाव चिन्ह समेत पुनरावलोकन गर्नुपर्ने हुन्छ । एमालेले सूर्यको साटो अर्को चुनाव चिन्ह रोज्नुपर्ने अवस्था बन्ने सम्भावना छ ।
तर अहिले नै परिवर्तन गर्नुपर्ने भन्ने चाही होईन यद्दपी उल्लेखित चिन्हहरू राख्न नपाइने र राखेको भएपनी परिमार्जन गर्नुपर्ने अवस्थाका कारण एमालेको सूर्य चिन्ह रास्ट्रिय झण्डा भित्रको चिन्ह परेको हुनाले अब निर्वाचन आयोग मार्फत यस्को अन्तिम फ़ैसला र निर्देशन भने आऊने सम्भावना रहेको एक कर्मचारीले बिश्वपाटीलाई बताए ।
बिभिन्न राजनैतिक पार्टीहरूको आफ्नो चुनाव चिन्ह देश नेपालको सार्वभौमसत्ता संग जोड़ीएको हुदा यसले भिन्नता र राष्ट्रियतालाई राजनैतिक द्रीस्टीले हेर्ने गरीएको पाईएको छ । राप्रपा लाई भने आयोग बाट पत्र गईसकेको अवस्था रहेको छ ।
‘पहिलेको बाल्यकाल’- ✍️ मिलन खड्का
पहिले बाल्यकाल मा १० रुपैयाँ को चाउचाउ खान पनि हामी साथीहरु जम्मा गर्थेउ, ४,५ जना मिलेर १० रुपैयाँ जम्मा पार्थेउ र मिलेर चाउचाउ खान्थेउ। बर्सेनि हाम्रो पिकनिक स्पोट तेई खेत का गरा हुन्थ्ये। स्कुल बिहान सधै ढिला पुग्थेउ अनि बेलुका मुमिन सकिएला भन्दै दगुर्दै घर फिर्थेउ।
घरमा डिस, केबल थिएन् अर्काको घरमा सिडि मा चक्का हालेर फ्लिम लगाउथ्ये अनि त्याहा ५ रुपैयाँ तिरेर सिनेमा हेर्थेउ। आकासमा उडेको प्लेन हेर्न पाउँदा मात्र पनि यो मन रमाउथ्ये, यो ओठमा साच्चै मुस्कान त सिर्फ त्यो बेला( बाल्यकाल) मा थियो। आज त्यो बेलाका साथी खै काहा काहा छन् बस उनिहरु सङ्गको याद भने बेला बेला आइरहन्छन् ।।
Next Page » « Previous Pageताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा