२०८३ असार १२ शुक्रबार

देशमा फेरि नयाँ पुस्तकताकाे थालनि हुन जरुरी छ।।

देशले पंचायत र बहुदल खाेजेकाे हाे कि ???

पंचायत ब्यबस्थाकाे सुरुवाद श्री महेन्द्र सरकार द्ववारा निर्मित भयकाे ब्यबस्था हाे।

जुन ब्यबस्था जनता सामु लाेक प्रिय थियाे जनताकाे हितमा थियाे
त्यसै अनुसार महेन्द्र सरकारकाे देह सान पछि देशमा अर्का एक कर्मठ ब्यक्तिकाे उदय भयाे । राजा बिरेन्द्व सरकार आएपछि पनि देशका जनताले सुख सुबिधा पाय र जनताका सामु लाेक प्रिय भयाे। र त्याे ब्यबस्था जनता सामु धेरै नै लामाे समय टिकाउ भयाे ।

त्यसै अनुसार जनताका लाेक प्रिय राजा काे स्वर्गराेहण भय पछि अर्का यउटा उदारवादि ब्यक्तिकाे जन्म भयाे जुन ब्यक्ति निडर र साहसि थिय जुन ब्यक्तिले नियम र कानुन पुर्खाकै निति र नियम कदर गरि जनता सामु लाेक प्रिय भयाे । जुन ब्यक्तिदेखि हाम्रो मित्र रास्ट्र भारत चिन र अमेरिकी हरु पनि सिर झुकाउन बाध्य हुन्थे उनिमा एउटा अलाैकिक देश प्रती शक्ति थियाे। उनिले बहुदल संग संगै जनताका सामु उनी अाफै नै लाेक प्रिय थिए।

कथित घटना वि. स २०७२ बमाेजिम देशमा अर्काे नयाँ नियमकाे थालनि भयाे जुन नियम र कानुन जनताहरु सामु धेरै लामाे समय सम्म टिक्न सकेन्न किनकि त्याे ब्यबस्थाजनता सामु असुईकार्य थियाे र जनता सामु घृणाकाे पात्रमा समाबेसि भयाे।

जुन कानुन ले गर्दा अर्का नियम काे उदय भय पछि जनताहरु सामु कुर ब्यबस्था सुरु भयाे किनकि त्याे ब्बस्था जनतासामु लाेक प्रिय थिएन। त्याे ब्यबस्थाले पुरायकाे असर अझ पनि जनताहरु पिडित नै छन किनकि लाेकतन्त्रकाे उदय पछि माेटा घाटा र हसिला पुसिलाहरुकाे देशमा राज भयाे , दिन दिनै देशमा असान्ति भयाे ।स्वर्गीय राजा बिरेन्द्वकाे बंस नास पछि देशले कहिले डुक्क संग सास फेर्न सकेन किनकि देश दिनदिनै असातिकाे मार्ग तर्फ लगियाे जुन र ब्यबस्था र नियम कानुन मानेर अाज म त्यसकै बिरुद्धमा बाेल्दा सारा जनताकाे मन रुने गर्छ किनकि अब फेरि राजा बिरेन्द्वकाे उदय हुनु पर्छ जस्तो लाग्न थालेकाे छ ।

देशमा असान्ति अनैतिक तरिका नियम र कानुन बमाेजिम जनता जति चिच्याउनु बेकार भयाे किन कि याे यउटा कुर ब्यबस्था थियाे अाज सम्म पनि याे कुर ब्यबस्थाले जनता मा भयकाे असर र टीका टिप्पणी यसै अनुसार छन।

क्रान्ति बाज अर्जुन सुनामलाई राष्ट्रिय सभा चुनावमा किन भोट दिने?

आदरणीय मतदाताज्युहरु,
नमस्कार अभिवादन ।

स्याङजा जिल्लाको फेदिखोला गा.पा. ३ भाटखोलामा जन्मेका अर्जुन कुमार सुनाम विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका त्यागी,ईमान्दार तथा निष्ठावान युवा नेता हुन्। २०४५ सालमा नेकपा मार्क्सवादीको नेपाल प्रगतिशील विधार्थी युनियनमार्फत राजनीतिमा प्रवेश गरेका सुनाम अनेरास्ववियुको स्याङ्जा जिल्ला सचिव र उपाध्यक्षको समेत भूमिका निर्वाह थिए। २०६० सालमा अनेरास्ववियु गण्डकी अधिवेशनबाट अध्यक्ष । त्यसैगरी २०६० मा नै पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भएका सुनाम ०६३ मा उपसभापतिमा निर्वाचित भए । उनले अनेरास्ववियुको केन्द्रीय सदस्य, पार्टीको महाधिवेशन प्रतिनिधि, दलित बिधार्थीहरुको प्रतिनिधित्व गर्ने संगठन नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठनको केन्द्रीय अध्यक्षको समेत जिम्मेवारी पूरा गरेका हाल नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य,नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रीय सचिवालय सदस्य तथा गण्डकी प्रदेश सचिव रहेका छन।

राजनैतिक त्याग र बलिदान:
– विधार्थी हकहित,समाज रुपान्तरण तथा समाज परिवर्तनका आन्दोलनको मोर्चामा कुशल तथा अग्रणी नेतृत्व गरेका सुनाम पटकपटक पक्राउ,गिरफ्तार ,यातना र जेल जीवन समेत भोगेका छन। -विभिन्न विद्यार्थी संगठनबीच चर्को राजनीति हुने पृथ्वीनारायण क्याम्पसमा २०६५ साल माघ ०८ गते अखिल क्रान्तिकारी र वाईसीएलको साङ्घातिक आक्रमणमा परेर मृत्युको मुखमा पुगेका राजनैतिक योद्धा गम्भीर घाइते भई १३ घण्टा बेहोस हुनुभएका पोखराको चरक,मणिपाल ,गण्डकी अस्पताल हुदै त्रि.बि.अस्पताल र काठमाडौं मोडलमा लामो उपचार पछि घरमा फर्कनु भएको थियो ।डिस्चार्ज भएपश्चात पनि दुई वर्षसम्म वैशाखीको सहारामा हिँडडुल गर्दै पार्टी तथा सामाजिक क्षेत्रमा क्रियाशिल रहनु भएको थियो ।हालसम्म पनि शारीरिक रुपमा अशक्त एवम अौषधीको सहारामा जीवन ब्यतित गर्नु भएको छ।

–अर्जुन कुमार सुनामलाई राष्ट्रिय सभामा किन विजय गराउने ?
*समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय अाकाङ्क्षा पूरा गर्न।
श्रमजीवी,भुमिहिन,दलित तथा अल्पसंख्यक समुदायको हकहितका लागि प्रभावकारी अावाज बुलन्द गर्न ।
* राष्ट्र र राष्ट्रियताको पक्षमा वकालत गर्न। * कुशल भुमिका,कार्यकौशलता र प्रभावकारीताको प्रदर्शन गर्न । * स्थायी प्रकृतिको व्यवस्थापकीय अंग राष्ट्रिय सभामा समावेशी र लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना र विकासका लागि ।
तसर्थ यहि माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा यो वा त्यो राजनीतिक दल,बिचार,समुदाय,क्षेत्र,वर्ग नभनी एउटा समाज परिवर्तनको मुद्दामा सदैब अडिग,राजनैतिक तथा सामाजिक ब्यक्तित्व,सायद जिवनदान पाएको व्यक्ति(सायद तपाईं हाम्रो आशिर्वाद नभएको भए हरेक वर्षको माघ ०८ गते समवेदनाका २ शव्द लेख्नुपर्ने थियो)तर हाम्रो आशिर्वाद र शुभेच्छाले नै पुनर्जिबन पाएर निरन्तर राजनीतिक तथा समाजसेवामा तल्लिन निस्वार्थ राजनितिकर्मीको रुपमा देखेका छोै।.त्यसैले समाज विकास र राष्ट्र विकासको पर्याय अर्जुन कुमार सुनामलाई यस निर्वाचनमा जिताउनुहुन सम्पुर्ण मतदाता प्रदेश सभाका माननीय सांसदज्युहरु,पालिकाका प्रमुख,उप-प्रमुख एवं अध्यक्ष उपाध्यक्ष ज्युहरुहरुलाई हार्दिक अनुरोध गर्दछु।
(नोट: बुवा टेकबहादुर नेपाली ,२०३४ आश्विन २९ गते,स्याङ्जा ,भाटखोला)

✍️ क. झपट रानाभाट “निर्माण”
कास्की, गण्डकी प्रदेश ॥

आइतबार देशभरका अदालत बन्द!!!

८ माघ, काठमाडौं । पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा देशभरका न्यायालयहरू आइतबार बन्द हुने भएका छन् । पूर्वप्रधानन्यायाधीश शर्माको गत बुधबार दिउँसो निधन भएको थियो ।

मुलुकबाहिर रहेका परिवारका सदस्यहरू आएपछि उनको शनिबार अन्त्येष्टि गरिएको हो । शनिबार नै सर्वोच्च अदालतको आकस्मिक पूर्णबैठकले शोक प्रस्ताव पारित गरी आइतबार देशभरका अदालतहरूमा बिदा गर्ने निर्णय गरेको हो ।

काठमाडौंको कमलपोखरीमा १९९१ साल पुस १ गते जन्मेका पूर्वप्रधानन्यायाधीश शर्मा २०१६ सालदेखि सरकारी सेवामा प्रवेश गरेका थिए । उनी २०५४ साल चैत ३० देखि २०५६ मंसिर ३० गतेसम्म प्रधानन्यायाधीश थिए । सर्वोच्च अदालतले उनको निधनबाट सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्वलाई गुमाएको भनी टिप्पणी गरेको छ ।

भारतसँग झुक्दै नझुक्ने हक्कि निडर नेता केपि ओली बाहेक अन्य कुनै रास्ट्रबादि नेता देखिएन ।।

भारतसँग झुक्दै नझुक्ने हक्कि निडर नेता केपि ओली बाहेक अन्य कुनै रास्ट्रबादि नेता देखिएन : लक्ष्मण बहादुर धामी

नेपाल भारत शान्ति तथा मैत्री सन्धि १९५० पश्चात् भारतीय सेना नेपालको कालापानी क्षेत्रमा प्रवेश गरी औपचारिक रूपमा १९६२ देखि बस्न थालेको देखिन्छ । त्यो बेला देखि हालसम्म पनि भारतीय सेनाको उक्त क्षेत्रमा उपस्थिति रहेकोमा नेपालले वि.सं.२०५१ देखि निरन्तर उठी रहे पनि यसअघि कुनै कार्यवाही अगाडि बढेको थिएन ।
(केपि ओलीको राष्ट्रवादी कार्य)

कोरोना कहरको अवस्थामा विश्व नै लकडाउनमा रहेको बेला भारतको राजधानी दिल्लीमा भारतका रक्षामन्त्री राजनाथ सिंहले लिपुलेक सडकको भिडियो कन्फ्रेन्सबाट उद्घाटन गरेको समाचार बाहिर आयो ।
त्यसको नेपालले तत्काल डिप्लोम्याटिक नोट जारी गरी विरोध जनायो तर भारतले डिप्लोम्याटिक नोटका बारेमा त्यति चासो लिएन । नेपाल सरकारले हालसम्मका प्रमाण कागजहरू समेतको आधारमा महाकालीको मुख्य मुहान लिम्पियाधुराबाट आउने नदी भएको प्रमाणित भइसकेकोले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भएको तर लामो समय देखि भारतले अतिक्रमण गरिरहेकोले सो क्षेत्रलाई समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा प्रकाशन गर्ने निर्णय गर्‍यो, जसको अगुवाइ वर्तमान प्रधानमन्त्री केपि शर्मा ओलीले गरे ।
सिमाका बारेमा नेपालमा लामो समय देखि राजनीति भइरहे पनि वास्तविक सरकारी स्तलिपुलेक र कालापानी समेतको क्षेत्रको सीमा सहितको नक्सा विस्तार गर्ने ऐतिहासिक निर्णय वर्तमान केपि ओली सरकारले गर्‍यो ।
कालापानी लुपिलेक लिम्पियाधुरा केपि वली ले नेपालकाे नक्सा मा राख्दा खेरि नि अहिलेका बरिस्ठ प्रधानमन्त्री जी ले भारतकाे एउटा जबाफ पनि नदिदा के याे सरकार भाेलीकाे दिनमा सफल हाेला? अहिले काे सरकारकाे बिकास प्रति धारणा के हाे ?
अघिल्लो केपि वली काे सरकार का अरबाैका बिकास याेजनाका बजेट काट्नु बिकास हाे?
मन्त्रालय फुटाई फुटाई मन्त्री थपरे राज्य दाेहन गर्नु बिकास हाे? वा कुनै निर्माण काे अनुगमनमा गएर कुनै मन्त्री ले एक रात बसेकाे ५ लाख भन्दा बढिकाे बिल निकाल्नु बिकास हाे?
वा प्रत्यक्ष २५ लाख र अप्रत्यक्ष ४५ लाख भन्दा बढी मान्छे काे लगानी शेयर बजार लाई घरायसी गर्नु बिकास हाे? जब केपि ओली प्रधानमन्त्री हुदा यसरी बिकास हुन्थ्याे, भुकम्प ले ढलेका लाखाैँ घरहरु ठडिए,हजारौं बिधालय हरु ठडिए, हजारौं मठ मन्दिर ,गुम्बा ,चर्च ठडिए ऐतिहासिक धराेहर ठडिए, र ठडियाे हाम्रो धरहरा। याे केबल धरहरा मात्रै ठडिएकाे हाेईन । नेपाली जनताकाे स्वाभिमान ठडिएकाेहाे। प्राकृतिक प्रकाेप ले ध्वस्त पारेका संरचना हरु ठिएका छन ,र उठ्ने क्रम मा छन बर्षाे देखिकाे सपना सकार पर्ने तल्लिन छ भन्ने पनि उदाहरण पनि हाे।
सम्पदाहरुकाे पुननिर्माण बन्दै गरेकाबाटाहरु,पुलहरु,सुरुङ्गहरु,अस्पताल हरु,बिमानस्थलहरु,कलकारखाना तथा कृषि उधमहरु हेर्दा लाग्छ साच्चै नै हाम्रो पाईला समृद्ध नेपाल सुखी नेपाली निर्माण काे महान लक्ष्य तर्फ अगाडि बढेकाे छ ।अझ पछिल्लो समय हाम्रो दशमा लामाे बाटाहरुलाई छाेटाे र दुर्घटना रहित बनाउन सुरुङ्ग मार्गमा प्रबेश गरेकाे छ।

तीन राजनीतिक दलको दर्ता खारेज॥

७ माघ, काठमाडौं । निर्वाचन आयोगले तीन राजनीतिक दलको दर्ता खारेज गरेको छ । नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषदको दर्ता खारेज गरेको आयोगले जनाएको छ ।

आयोगका अनुसार यी तीन दलले लेखा परीक्षण प्रतिवेदन आयोगमा बुझाएका थिएनन् । प्रतिवेदन नबुझाएपछि गत साउन २० गते सार्वजनिक सूचना गरेर आयोगले ३० दिन भित्र २० हजार रुपैयाँ जरिवाना बुझाउन भनेको थियो । जरिवाना पनि नबुझाएपछि दल दर्ता खारेज गरिएको आयोगले जनाएको छ ।
नेपाल युवा किसान पार्टी २०७३ मंसिर ३० गते, ३३ दलीय मोर्चा २०७४ असार २८ गते र नेपाल शान्ति क्षेत्र परिषद २०७४ असार ३० गते आयोगमा दर्ता भएका थिए ।

नेपाल प्रहरीले गर्‍यो “अप्रेसन हनी” सफल !!(फाेटाे सहित)

“अप्रेसन हनी” (2078/10/07)

घटना विवरणः-
काठमाण्डौ उपत्यकाको बिभिन्न स्थानहरुमा गुणस्तरहिन महको उत्पादन एवं बिक्री बितरण भई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा मिति २०७८।१०।०६ गते यस महाशाखाको बिशेष टोलीले जिल्ला काठमान्डौ का.म.न.पा. वडा नं. २७ ज्याठा बस्ने नतिजा प्याकेजिङका सञ्चालक बर्ष ३८ को नरेश श्रेष्ठ भन्ने नर बहादुर श्रेष्ठलाई मिसावट गरी गुणस्तरहिन मह बनाई रहेको अवस्थामा मह बनाउनको लागि प्रयोग गरिने बिभिन्न प्रकारका सामाग्री, मेसिन, केमिकलहरु र गुणस्तरहिन (७६०० के.जी. ) तयारी तथा कच्चा मह समेत बरामद गरी प्रारम्भिक अनुसन्धान पश्चात अनुसन्धान कारवाहीको लागि मिति २०७८।१०।०७ गते महानगरीय प्रहरी परिसर, टेकु, काठमाण्डौ पठाईएको ।
पक्राउ परेका व्यक्तिहरु:-
१.नामथर :- नरेश श्रेष्ठ भन्ने नर बहादुर श्रेष्ठ ।
उमेर:- ३८ बर्ष
ठेगाना :- जि. सिन्धुपाल्चोक ईन्द्रावति गा.पा. वडा नं. ६
हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २७ ज्याठा ।
अनुसन्धानबाट खुल्न आएका कुराहरुः-
•निज नरेश श्रेष्ठ भन्ने नर बहादुर श्रेष्ठले बिगत ७ बर्ष अगाडिदेखि निजको श्रीमती रस्मिला श्रेष्ठको नाममा नतिजा प्याकेजिङ सञ्चालन गरी गुणस्तरहिन मह बनाई बिक्री बितरण गर्दै आएको ।
•निजले नतिजा प्याकेजिङको नाममा कम्पनि दर्ता गरी स्पर्स हनी नामको लेबल टाँसी बिक्री बितरण गर्ने गरेको ।
•निजले गुणस्तरहिन मह काठमाण्डौ, भक्तपुर र पोखराका होटेल, रेष्टुरेण्टहरुमा थोक तथा खुद्रा बिक्री बितरण गर्ने गरेको ।
•निजले मह बनाउन प्रयोग हुने कच्चा पदार्थ दाङ, नवलपरासी र चितवनबाट खरिद गरी गुणस्तरहिन मह बनाई प्रति के.जी. रु. ६५०।– मा बिक्री बितरण गर्दै आएको बुझिएको ।
•निजले सञ्चालन गरी आएको स्पर्स हनी भन्ने ब्राण्ड दर्ता समेत भएको नदेखिएको ।
•निजले गुणस्तरहिन मह बनाउनको लागि ३०% ग्लुकोज, ३०% चिनी र बाँकी ४०% मह बनाउन प्रयोग हुने कच्चा पदार्थ मिसावट गरी बनाउने गरेको ।
•उक्त स्पर्स हनी खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग, बबरमहल, काठमाण्डौमा परिक्षण गर्दा HMF र F/G ratio को मात्र नेपाल सरकारको लागि तोकिएको अनिबार्य गुणस्तर अनुरुप नरहेको र मह खान योग्य नरहेको भनि खुलि आएको ।
बरामद गरेका सामानहरुः-
१.गुणस्तरहिन तयारी मह ६०० के.जी.
२.कच्चा तथा गुणस्तरहिन मह ६५०० के.जी. ।
३.ग्लुकोज ५०० के.जी.
४.चिनी १०० के.जी.
५.Weight मेसिन थान-१
६.लेभल मेसिन थान-१
७.सिल मेसिन थान-१
८.पेट्राइज मेसिन थान-१
९.स्टोरेज मेसिन थान-१
१०.स्पर्स हनीका लेभलहरु ( स्टिकर )
११.पेट जार अ. १००० पिस

पुनश्चः काठमाण्डौ उपत्यका लगायतका देशका बिभिन्न भागमा नक्कली एबं गुणस्तरहिन मह बिक्री बितरण भै रहेको पाईएकोले त्यसतर्फ सजग एवं सचेत रहन आम नागरिक तथा उपभोक्ताहरुलाई यस महानगरीय अपराध महाशाखा हार्दिक अपिल गर्दछ ।




अस्ट्रियामा खोप नलगाउनेलाई ३६ सय डलर जरिवाना!!

अस्ट्रिया सरकारले खोप नलगाउने व्यक्तिलाई तीन हजार ६०० डलर जरिवाना लगाउने भएको छ। सबै नागरिकलाई खोप लगाउने नीति अनुसार सरकारले यही १ फेब्रुबरीदेखि लागू हुने गरी नयाँ नियम ल्याउन लागेको हो।
अहिलेसम्म ७२ प्रतिशत अस्ट्रियाली कोभिडविरुद्ध पूर्ण खोप लगाएका छन्। सबै नागरिकले अनिवार्य खोप लगाउनुपर्ने विधेयक तल्लो सदनबाट पारित भइसकेको छ।
खोप आदेश सन् २०२४ को जनवरीसम्म लागू हुनेछ। त्यसका लागि एक अर्ब ४० करोड डलर खर्च लाग्ने छ।

महामारीमा सञ्चालित निजी विद्यालयलाई कारबाहीको चेतावनी!!!!

काठमाडौं ।काठमाडौं महानगरपालिकाकाले महामारी तीव्ररूपमा बढिरहेका बेला केही निजी विद्यालय सञ्चालन भइरहेको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयविपरीत महानगरपालिकाका केही निजी विद्यालय सञ्चालन भइरहेका छन् ।

कोरोना भाइरसको तेस्रो लहर तीव्ररूपमा बढिरहेको भन्दै सरकारले गत पुस २७ गतेदेखि सबै विद्यालय भौतिक उपस्तिथिमा सञ्चालन नगरी वैकल्पिक माध्ययमबाट सञ्चालन गर्न निर्देशन दिएको थियो ।

सरकारले दिएको निर्देशनको बेवास्ता गरी महानगरपालिकाका वडा नं १५ र १८ का केही निजी विद्यालय सञ्चालन भइरहेका बताइएको छ । महानगर १५ मा सञ्चालित फ्युचरस्टार बोर्डिङ स्कुलले बिहान र दिउँसो दुई समूहमा पठनपाठन गरिरहेको छ । त्यस्तै महानगरकै घना बस्ती रहेका अन्य केही वडामा पनि विद्यालय सञ्चालन भइरहेका जनाइएको छ ।
यस सन्दर्भमा महानगरपालिकाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले सरकारले जारी गरेको निर्देशनविपरीत सञ्चालन भएका विद्यालय तत्काल बन्द नगरे कारबाही गर्ने चेतावनी दिएका छन् । सुवेदीले भने,‘महामारी नियन्त्रणका लागि सबैले साथ र सहयोग गर्नुपर्ने समयमा निर्देशनविपरीत शुल्क लिने बहानामा विद्यालय सञ्चालन गर्नु दण्डनीय छ ।’

अहिले पनि सबै विद्यार्थीमा खोपको पहुँच पुगेको छैन । बाह्र वर्ष उमेर पुगेका विद्यार्थीले खोप लगाए पनि अझै धेरैले खोप लगाउन बाँकी छ । ‘महामारी बढिरहेको समयमा विद्यालय खोल्नु घातक छ, यो तत्काल रोक्नुपर्छ, अन्यथा कडा कारबाही हुन्छ’, सुवेदीले भने, ‘सरकारले भौतिकरूपमा मात्रै विद्यालय सञ्चालन नगर्न भनेको हो, यसअघि झै अनलाइनका माध्ययमबाट विद्यालय सञ्चालन गर्न सकिन्छ ।

अहिले काठमाडौं उपत्यका महामारीको केन्द्र बनेको छ । यहाँ दैनिक सात हजार संक्रमित देखिन थालेका छन् । महामारी नियन्त्रण गर्न भन्दै लोकसेवा आयोग र त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्ने परीक्षासमेत स्थगन गरिसकेको अवस्था छ भने यातायातका साधनमा पनि जोर–बिजोर प्रणली लागू गरिसकिएको छ । पछिल्ला केही दिनयता देशभर दैनिक १२ हजार बढी कारोना संक्रमित थपिइरहेका छन् ।

प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने!!

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री देउवाले समसामयिक विषयलाई लिएर शुक्रबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री देउवाले कोरोना महामारी र समसामयिक राजनीतिक विषयहरूलाई लिएर सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्री भएपछि देउवाले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने सचिवालयले जानकारी दिएको छ । गएको २९ असारमा देउवा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

कास्कीमा चितुवाको छाला र हतियार सहित १ जना पक्राउ ।।

कास्कीमा चितुवाको छाला र हतियार सहित १ जना पक्राउ ।।

पोखरा २२ पुम्दि भुम्दी वर्ष २८ का खो बहादुर थापालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

घरबाट अवैध वन्यजन्तु चितुवाको जस्तो देखिने छाला ७ फिट लम्बाइ, २ फिट ६ ईन्च चौडाई भएको पुच्छर सहितको टाटेपाटे आकारको खैरो रङको छाला १ थान, वन्यजन्तु चितुवाको जस्तो देखिने २ वटा दाह्रा सहितको दाँतको भागको टुक्रा १ थान, हतियार नम्बर 78134 भएको ३ फिट १०.०५ इन्च लम्बाइ भएको भिर्ने फित्ता (सिलिङ) सहितको दुई नाले कार्तुस बन्दुक १ थान ऐ. बन्दुकमा लाग्ने SUNDERI SUPER PRIX समेत लेखिएको प्रयोग भइसकेको खालि खोका ४५ थान, ऐ. बन्दुकमा लाग्ने धातुका छर्रा १९१ थान, ऐ. बन्दुकमा प्रयोग हुने बारुद ३१५ ग्राम, ऐ. बन्दुकमा प्रयोग हुने धातुका सानो छर्रा १५० ग्राम, छर्रा बनाउन प्रयोग हुने सिसाको धातुको विभिन्न आकारको डल्लो पदार्थ ३ थान (तौल गर्दा २ के.जी. ९०५ ग्राम) र सानो पटका रहेको रातो रंगको पत्ता १ थान सहित नियन्त्रणमा लिएको हो । उनलाई कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा दिन सात (७) म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाइएको र निजले वन्यजन्तु संरक्षण ऐन २०२९ सम्बन्धी कसुर समेत गरेको हुँदा थप अनुसन्धान र कारवाहीको लागि उक्त वन्यजन्तुको अखेटोपहार डिभिजन वन कार्यालय कास्कीमा पठाउने प्रकृयामा रहेको कास्की प्रहरीले बताएको छ ।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय