कोभिड नेपालः थप १२ हजार ३०० जनामा कोरोना भाइरस, सङ्क्रमण ह्वात्तै बढेपछि काठमाण्डूमा ‘चहलपहल कम’, त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा स्थगित!!
नेपालमा थप १२,३०० जनाभन्दा बढी मानिसमा कोभिड पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। नेपालमा कोभिड महमारी सुरु भएपछि दैनिक पुष्टि भएका सङ्क्रमितको यो नै सर्वाधिक सङ्ख्या हो।
विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको पनि मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
अहिलेको वृद्धिसँगै देशभरि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ५७,००० नाघेको छ।
विगत दुई सातादेखि नेपालमा कोभिड-१९ निरन्तर बढिरहेको छ।
त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्ने वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ।
बिहीवार एउटा सूचना प्रकाशित गर्दै त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी र प्राध्यापक पनि सङ्क्रमित भएकाले त्यस्तो निर्णय लिइएको जनाएको छ।


समाज भाड्ने हरुलाई समाजको चिन्ता दक्षिणपन्थी यात्रामा हिडेका लाई वामपन्थीको चिन्ता॥
खेमराज महरा
दार्चुला जिल्ला मार्मा गाउँपालिका 4 बार्कु
हाल कामको सिलसिलामा भारत!!
नारायणहिटी र पशुपति धर्मशाला ठेक्का हात पार्न सेटिङ मिलाउने आनन्द बतासले जसरी सेटिङ मिलाउन सफल भयाे । त्यसैगरी हामीहरु पनि पनि शक्तिकेन्द्र चाहार्दै हिडेका छोै । कहिले मावबादी कहिले बैद्य कहिले बिप्लब र हिजाे आज कांग्रेस भएकाे पनि देखिन थाल्यौ । यसरी मान्छे परिवर्तन हुँदै जानु कुनै नोैलो कुरा हैन यसमा कुनै आपत्ती पनि छैन तर आफु अनुकुल हुँदा वावा गर्ने प्रचलन आफु अनुकुल नहुदा कसैका खुट्टा तान्ने प्रबिर्ती सुधार गर्नेकी? । जसले जति नै फुर्ती गरेपनि संसारभरी नै जति आफन्तबाट पीडित हुन्छन् अरुबाट कुनै हालतमा हुन सक्दैनन् अप्ठ्यारो समयमा तपाई हामीहरूको घाँटी अठ्याउने तपाई हामीहरुका नै आफन्त हुन्छन् किनकि त्यो घाँटीको साइज पनि आफन्तलाई राम्रोसँग थाहा हुन्छ त्यसैले निरपेक्ष र स्वावलम्बी बनाै आफन्तबाट पनि सचेत बनौं ॥आफू सहर पसेर हामी गाउँले हरूलाई फसाउने काममा कोहि पनि अगाडि नबढोै॥ सके गाउँ समाजको लागि केही गरौं नसके मिलेर बसेको समाजलाई टुक्राटुक्रा पार्ने काममा हामी कोही पनि अगाडि नबढाै ॥ समाज भाड्ने हरुलाई समाजको चिन्ता दक्षिणपन्थी यात्रामा हिडेका लाई वामपन्थीको चिन्ता॥ त्यसैले संसार बदल्नु अघि देशलाई बदलौं देशलाई बदल्नु अघि समाजलाई समाजलाई बदल्नु अघि आफ्नो घरपरिवारलाई बदलौं घरपरिवारलाई बदल्नु अघि हामी सबै आ आफ्नो सोचलाई परिवर्तन गरौं त्यसपछि के हुँदोरहेछ हेरौ यति गर्न हामी सबैले सक्यौं भने समाज परिवर्तन मज्जाले हुन्छ ॥ आफ्नो आङको भैंसी लुकाउने अरूको एउटा पनि जुम्रो कुदेको सही नसक्दै बानीको विकास भइरहेको बेला त्यसको अन्त हामी सबै गरोै बतासकाे मिलनका लागि बधाई छ ।संसारका सबैले प्रयाेग गर्ने र हेर्ने याे सामाजिक सञ्जालमा कसैले कसैलाई नाता, सम्बन्धनै ताेड्ने हिसाबले हामि कोहि पनि भद्दा टिप्पणी नगरोै॥
प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य!!
काठमाण्डाै – सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतका योजनामा कार्यरत श्रमिकको ज्याला बढाएको छ ।
पुस अन्तिम हप्ता बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका–२०७५ संशोधन गरेसँगै श्रमिकको ज्याला बढेको हो । निर्देशिका संशोधनसँगै पारिश्रमिकमा वृद्धि र अनिवार्यरुपमा बीमा कार्यान्वयनमा आउने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवम् प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय निर्देशक डण्डुराज घिमिरेले मन्त्रिपरिषद् बैठकले निर्देशिका स्वीकृति गरेसँगै चालु आर्थिक वर्षबाटै ज्याला वृद्धिको निर्णय कार्यान्वयन हुने जानकारी दिनुभयो ।
कार्यक्रमअन्तर्गत बेरोजगार युवालाई दिने गरिएको रोजगारीको पारिश्रमिक कम भएको भन्ने धेरै गुनासो पालिकाबाट आएपछि निर्देशिका संशोधनको प्रस्ताव मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा पठाइएको थियो ।
अब मन्त्रालयले तोकेको दैनिक ज्यालादर ५७७ रुपैयाँ न्यूनतम पारिश्रमिकभन्दा कम नहुने गरी पालिकाको दररेटमा ८० प्रतिशतमा कम नहुने गरी भुक्तानी हुनेछ । गएकाे साउन महिनाबाट सरकारले बढाएको न्यूनतम ज्यालाको दरअनुसार ज्यालादर निर्धारण गरिएको घिमिरेले जानकारी दिनुभयो ।
यसअघि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सहभागी भएका बेरोजगार युवाले दैनिकरुपमा ५१७ रुपैयाँ ज्याला पाउने गरेका थिए । यसअघिको तुलनामा चालु आवबाट दैनिकरुपम ६० रुपैयाँ ज्यालादर वृद्धि भएको छ । बेरोजगार युवालाई दिइने ज्याला दर न्यून रहेको भन्दै केही समय अघि अर्थमन्त्री जनादर्न शर्माले दैनिक ज्यालादर रकम दोब्बर बनाउन श्रम मन्त्रालयलाई निर्देशनसमेत दिनुभएको थियो।
निर्देशक घिमिरेका अनुसार निर्देशिकामा श्रमिकको पारिश्रमिक सरकारले तोकेको न्यूनतम पारिश्रमिक वा सम्बन्धित पालिकाले निर्धारण गरेको दरमध्ये जुन बढी हुन्छ, त्यही आधारमा निर्धारण गर्नुपर्ने व्यवस्था गरिएको छ ।
सरकारले गएकाे साउनदेखि लागू हुने गरी महँगी भत्तासहित गरेर न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपैयाँ तोकेको छ । यो व्यवस्थाअनुसार श्रमिकले दैनिक ५७७ रुपैयाँ ज्याला पाउँछन् । अघिल्लो वर्ष सरकारले न्यूनतम पारिश्रमिक १३ हजार ४५० रुपैयाँ मात्र तोकेको थियो ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालामा पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गरी आन्तरिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले २०७५ सालमा यो कार्यक्रम अघि सारिएको हो । बेरोजगार युवालाई वार्षिक कम्तीमा पनि १०० दिनको रोजगारी दिने गरी योजना थियो ।
पाँच लाखको सामूहिक दुर्घटना बीमा
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको रोजगारी पाएका श्रमिकको पाँच लाख रुपैयाँको सामूहिक कार्यस्थल दुर्घटना बीमा हुने भएको छ । मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका संशोधन गरेर याे व्यवस्था लागू गरेको हो ।
नयाँ व्यवस्थाअनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमको रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत भएकामध्ये रोजगारीमा खटिने दुई लाख श्रमिकको काममा खटिएका १०० दिनको अवधिको मात्र सामूहिक कार्यस्थल दुर्घटना बीमा लागू हुनेछ ।
निर्देशिकाअनुसार श्रमिकको बढेको ज्याला र बीमा चालु आर्थिक वर्षबाट लागू हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बीमाका लागि चालु आवमा दुई करोड रुपैयाँ विनियोजन गरिएको छ । गएकाे आवमा बीमाका लागि एक करोड ९९ लाख रुपैयाँ रकम विनियोजन गरिएको थियो ।
श्रम मन्त्रालयका अनुसार रोजगार व्यवस्थापन सूचना प्रणालीमा देशभरबाट सात लाख ४३ हजार ८१ हजार युवा बेरोजगार सूचीमा सूचीकृत भएका छन् । यो सङ्ख्या गएकाे वर्ष नै प्रधानमन्त्री रोजगारका कार्यक्रममा आबद्ध हुनका लागि आवेदन दिएका बेरोजगारको हो । चालु आवमा रोजगार कार्यक्रमका लागि सरकारले १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।
मौसमले जहाज समयमै अवतरण हुन नसक्दा यात्रु आकाशमै बेहोस!!
६ माघ, काठमाडौं । काठमाडौंबाट नेपालगञ्ज उडेको बुद्ध एयरको जहाजमा एक यात्रु बेहोस भएका छन् । बुद्ध एयरका अनुसार काठमाडौंबाट ७:४४ मा उडेको उडान नं ४५१ जहाज निर्धारित समयअनुसार ८:४४ मा अवतरण हुनुपर्ने थियो ।
तर, नेपालगञ्ज विमानस्थलको मौसम प्रतिकुल नभएपछि जहाज होल्डमा पर्यो । यो जहाज बिहान ९:१८ मा अवतरण भएको थियो । सो क्रममा एक महिला यात्रु बेहोस भेटिएको र उनलाइ बुद्ध एयरको एम्बुलेन्सबाटै नेपाल आर्मीको अस्पतालमा लगिएको थियो ।
अस्पतालमा सामान्य उपचारपछि उनी निको भएर फर्किसकेको कम्पनीका एक अधिकारीले जानकारी दिए । ‘जहाज धेरै समय होल्ड भएपछि आत्तिएर बेहोस भएको जस्तो देखिन्छ,’ उनले भने । जहाजमा ६९ जना यात्रु थिए ।
विमान कम्पनीको विरोधपछि अमेरिकामा फाइभ जी सेवा स्थगित!!
६ माघ, काठमाडौं । अमेरिकी मोबाइल सेवा कम्पनीहरु विमानस्थलहरुमा फाइभ जी सेवा स्थगति गर्न सहमत भएका छन् । विमान कम्पनीहरुले फाइभ जी सेवाले उडानमा असर पुर्याउने भन्दै अमेरिका आउ-जाउ गर्ने उडान रद्द गरेका थिए । त्यसपछि अमेरिकाका एटी एण्ड टी र भिरिजोनले फाइभ जी सेवा हाललाई स्थगित गरेका बीबीसीले जनाएको छ ।
यी कम्पनीहरुले अमेरिकामा बुधबारदेखि फाइभ जी सेवा सुरु गर्ने निर्णय गरेका थिए । एटी एण्ड टीका प्रवक्ताले समाचार एजेन्सी पीटीआईलाई प्रतिक्रिया दिंदै आफूहरुले ४० बढी देशमा यो सेवा सुरु गरिसकेको तर अमेरिकामा सुरु गर्न नसक्दा निराश भएको बताएका छन् ।
फाइभ जी सेवा सुरु हुने जानकारी पाएलगत्तै भारतको ध्वजाबाहक एयर एण्डिया, इमिरेट्स लगायतका कम्पनीहरुले अमेरिकाको उडान रद्द गरेका थिए । अमेरिकाकै अमेरिकन एयरलाइन्स, डेल्टा, युनाइटेड लगायतका १० भन्दा बढी एयरलाइन्स कम्पनीहरुले पनि फाइभ जी मोबाइल फोन सेवा सुरु नगर्न आग्रह गरेका थिए ।
फाइभ जीले विमानमा कस्तो असर पुर्याउँछ ?
फाइभ जी सिग्नलको सी ब्याण्डले हवाई उडानमा असर पुर्याउने चेतावनी एयरलाइन्स कम्पनीहरुले दिएका छन् । यसले विमानको नेभिगेसन सिस्टम (दिशानिर्देश प्रणाली)लाई असर गर्ने एयरलाइन्स कम्पनीहरुको भनाइ छ ।
विमानमा रेडियो अल्टिमिटर जडान गरिएको हुन्छ । यसले विमानको गतिविधिको जानकारी दिनुका साथै पाइलटलाई सुरक्षित तरिकाले विमान उडाउन सहयोग गर्दछ । फाइभ जीले त्यही रेडियो अल्टिमिटरमा असर पुर्याउने चेतावनी दिइएको छ । यसले विमानको ब्रेकिङ सिस्टममा पनि असर गर्ने र रनवेमा विमानलाई रोक्न नसकिने हुनसक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।
एयरलाइन्स कम्पनीहरुले फाइभ जी सिग्नललाई हवाई अड्डाभन्दा करिब दुई माइल टाढा राख्नुपर्ने माग गरेका छन् । यदि यसो नगरिएमा फाइभ जीले विमान उद्योग, यात्रु, आपूर्ति प्रणाली, भ्याक्सिन वितरण र अर्थव्यवस्थामा असर पर्ने चेतावनी उनीहरुले दिएका छन् ।
‘तथ्यलाई तोडमोड गर्न खोजियो’
मोबाइल कम्पनीहरुले उच्च गतिको इन्टरनेट सेवा फाइभ जी लागू गर्नका लागि आफ्नो नेटवर्क प्रणालीलाई अपग्रेड गरेका छन् । यस कार्यमा अरबौं डलर खर्च गरिएको छ । तर एयरलाइन्स कम्पनीहरुको विरोधका कारण त्यो लगानीमा जोखिम पैदा भएको विश्लेषण गरिएको छ ।
अमेरिकाको वायरलेस उद्योगको समूह सीटीआईएले भने फाइभ जी प्रणाली सुरक्षित रहेको जनाएको छ । एयरलाइन्स कम्पनीहरुले तथ्यलाई तोडमोड गरेर डर पैदा गर्न खोजेको आरोप पनि उसले लगाएको छ ।
एटी एण्ड टी कम्पनीका प्रवक्ताले फाइभ जी सेवा ४० देशमा लागू गरिसकेको र त्यसबाट विमान सेवामा असर नपरेको बताएका छन् । तर अमेरिकामा यो सेवा लागू गर्न नसक्दा आफू निराश भएको बताउँदै उनले भनेका छन्- अमेरिकी नियामक निकायलाई हामी अनुरोध गर्दछौं कि समयबद्ध तरिकाले यो लागू गर्नुस् ।
फाइभ जी सेवा हाललाई स्थगित गर्ने निर्णयको अमेरिकी राष्ट्रपति जो बाइडन प्रशासनले स्वागत गरेको छ । बाइडन प्रशासनले भनेको छ- यो निर्णयबाट यात्रुहरुको आउजाउ र कार्गो विमान सन्चालनमा हुने रोकावट हट्नुका साथै अर्थव्यवस्था सही बाटोमा आउने काम पनि जारी रहने छ ।
आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य!!
काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ।
निगमले बुधबार राति १२ः०० बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ बढाएको हो। यस्तै हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ बढाइएको छ।
अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १२२ रुपैयाँ तथा हवाई इन्धन प्रतिलिटर १०६ रुपैयाँ पर्नेछ।
यसअघि निगमले कार्तिक २४ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो।

“हिजोको स्वर्ग जस्तो नेपाललाई आज नर्ग बनाए “-सराेज गाैतम
सराेज गाैतम रामेछाप ,गुन्सि ,भदाैरे ,सिम्पानि।
मेराे देश शिवकाे अवतार श्री गुरु गाेरखनाथ काे प्रशादकाे रुपमा चिनियकाे मेराे देश। त्यहि गुरु गाेरखनाथकाे अासिर्वनदले यउटा लाैहा पुरुषकाे नेपालामा जन्न भई हामि नेपालि र हाम्रो नेपाल भन्ने शब्द उल्लेख गर्न पायका छाै ।
अाज त्यहि जार जात छतिस बर्ण फुलका फुलबारि हामि नेपाली अाज यहाँ जात र भातकाे कुराहरुले गर्दा नेपाली नेपाली बिच दिनदिनै मनमुटाव हुने गरेकाे छ।
स्वर्ग जस्तो मेराे देश नेपाल अाज यहाँ सत्तामा भयका बिखन्डनकारिहरुले भागवन्डा लगायका छन।अाज हामी नेपाली नेपाली बिच देशलाई भागबन्डा लगायर अलग अलग गरेका छन ।गाेर्खालि भन्ने बितिकै अङ्ग्रेजहरुले सिर झुकायकाे मेराे देश नेपाल अाज त्यहि देशमा बसेर देशलाईनै अराजक्तातरिकाले तरिकाले देख्दा दिन दिनै रुन मन लाग्छ ।मेराे देश नेपाल सान्तिकाे अग्रताकाे रुपमा चिनियकाे मेराे देश अाज अायर त्यहि बुद्दका उपदेश नमान्ने देशका नागरिक जहाँ पुर्व मेचि देखि पचिम महाकालि हाम्रो हाे भनेर सिर ठाडाे पारेर हिड्न सिकाउने सीता र भृकुटी काे देश अाज उहाँहरुकै नीति र नियमलाई नम्मान्ने हामी नेपाली जनता हिजाेकाे दिनमा वीर भक्ति थापा र अमर सिह थापाले ७० बर्सकाे उमेर सम्म शत्रुहरुलाई पराजय गरेकाे मेराे देश। बिडम्बना लागेर अाउछ अाज त्यहि सालिकमा उहाँ प्रती सम्मान सम्मान नगर्न हामी कस्तो नेपाली?
बंगलादेशी अभिनेत्रीको शव दुई टुक्रा पारेर बोरामा फ्याँकिएको अवस्थामा फेला!!
५ माघ, काठमाडौं । आइतबारदेखि हराइरहेकी बंगलादेशी अभिनेत्री राइमा इस्लाम शिमुको शव फेला परेको छ । शरीरलाई दुई टुक्रा पारेर बोरामा बन्द गरेर फ्याँकिएको अवस्थामा ढाकाको केरानीगञ्जको आलियापुर क्षेत्रमा सोमबार बिहान शव फेला परेको त्यहाँको प्रहरीले जनाएको छ ।
३५ वर्षीया अभिनेत्री शिमुको गर्धनमा चोट लागेको देखिएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उनका पतिसहित ६ जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार ढाकामा पत्रकार सम्मेलन गरी प्रहरीले शिमुका पति सखावत, उसका साथी, ड्राइभर सहिति ६ जनालाई पक्राउ गरी तीन दिनको म्याद थपेर हिरासतमा राखेको जानकारी दिएको छ ।
उनका पतिले घरायसी विवादका कारण पत्नीको हत्या गरेर फ्याँकेको प्रहरीसँगको बयानमा स्वीकार गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
शिमु ढाकाको ग्रीन रोड क्षेत्रमा आफ्ना पति र दुई सन्तानका साथ बस्दै आएकी थिइन् । आइतबार बिहान सुटिङका लागि घरबाट निस्किएकी उनी त्यसपछि बेपत्ता भएकी थिइन् । राति अबेरसम्म पनि नफर्किएपछि उनको खोजी तीव्र पारिएको थियो!
सोमबार बिहान उनको शव दुई टुक्रा भएको अवस्थामा फेला परेको हो । प्रहरीले शवलाई पोष्टमार्टमका लागि मिडफोर्ड अस्पताल पठाएको छ ।
शव फेला परेसँगै शिमुका भाइले उनका पतिविरुद्ध मुद्दा दर्ता गराएका थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको ढाका प्रहरीले बताएको छ ।
सुदूरपश्चिममा राष्ट्रियसभा चुनावको तयारी तीव्र!!
सुदूरपश्चिममा राष्ट्रियसभा चुनावको तयारी तीव्र,
धनगढीः
सुदूरपश्चिम प्रदेशमा तीन जना राष्ट्रियसभा सदस्य चुन्न एमाले एक्लै र अन्य तीन दल गठबन्धन बनाएर निर्वाचनमा होमिएका छन्। प्रदेशमा ५२ जना प्रदेशसभा सदस्य र १७५ जना स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन्। ५२ जनामध्ये एकीकृत समाजवादी पार्टीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, नेकपा एमालेका ११, राष्ट्रिय जनता पार्टी (राजपा)का एक र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का एकजना प्रदेशसभा सदस्य छन्।
-मुख्यसाप।।
स्वर्गीय सहिद श्री मदन भण्डारीको तुलना जिउदो प्रचण्ड बाबुराम समक्ष गर्नु देसकै अपमान मात्र नभएर ,माओ लेनिनको बिचार धाराणा पर्ती बन्दुक दर्साउनु हो।-बिर सिहं बिस्ट
बिर सिहं बिस्ट, लेकम १ दार्चुला ।
स्वर्गीय सहिद श्री मदन भण्डारीको तुलना जिउदो प्रचण्ड बाबुराम समक्ष गर्नु देसकै अपमान मात्र नभएर ,माओ लेनिनको बिचार धाराणा पर्ती बन्दुक दर्साउनु हो।
यद्यपि – २०५२ देखि हाराहारीमा २०६२ सम्मको १० बर्से जनयुद्धमा करिब १७ हजार भन्दा बढिले रगत दिनुपर्यो, देसका सार्बजनिक श्रोत तथा सर्बहारा नागरिकले ब्याक्तिगत श्रोत पनि गुमाउनु परो।त्यो जनयुद्ध साम्राज्यवाद र बिस्तारवाद तथा निरङ्कुस तानाशाही पुजीवादी लगायत अन्य अपारदर्शी अनैतिक आकाडा बोक्नेहरुसगंको थियो।
तर- हाम्रा नेता प्रचण्ड बाबुरामले एउटा पनि युद्ध लडेका होइनन, आफू लुकेर भारतमा बस्दै नेपालमा सर्बहारा जनतालाइ लडाउने प्रणालीमा, ज्यु हरुको बढी भुमिका थियो।
होईन भने- उहाका छोराछोरी अमेरिका ब्रीटिस लगायत अन्य देसको शिक्षा प्रणाली कसरी पढ्थे?
जनयुद्धको ज्वालाले प्रचण्ड र बाबुरामलाइ छोएको छ भने कमेन्टमा भन्दिनुस।
अब- यो सङ्घिय लोकतान्त्रिक गणतन्त्र नेपाल र नेपालीहरुको खुसहाली र समृद्धिको निम्ति स्वर्गीय कमरेड मदन भण्डारी खुला मैदानमा जनताको निम्ति ज्यानकै आसा नराखी हिडिरहन्थे।
लुकेर गतिविधि गर्नु र खुलेर गतिविधि गर्नुमा निकै फरक हुन्छ ।
यदि- मदन जिउदो हुनुहुन्थ्यो भने बिना जनयुद्धको देसले गणतन्त्र पाउथ्यो,तर योत नेपाली हरुको बिडमबना पो थियो ,जुन हामिले रास्ट्रको सेवक गुमाउनुपरो।
हाल हेर्नुहोस- बाबुराम ज्यु अलग नै छ्न।
प्रचण्ड ज्यु आज माओवादी भोलि काग्रेस,र पर्सि एमाले , मेरो भन्नुको तात्पर्य योहोकी यी नेताको गतिविधिले नेपाली जनताले उहामाथिको बिश्वास पाउने आधारा गुमाइ सक्यो ,र उहाँ बिस्वासका पात्र हैनन भन्ने प्रकाश झल्किन्छ।
अझै केही भनौ- वैदेशिक बिस्तारबादको सक्तिलाइ परास्त गर्न पनि अहिले यिनिहरु डराउदै छन,।किन डराउनुहुन्छ त प्रचण्ड ज्यु?
कस्लाइ खुसी पार्न सिमाना मिचिरहदा पनि चुइक्क बोल्नुहुन्न?
ताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा