कोरोना खोप प्रकरण : अन्ततः जोकोभिचले छाडे अस्ट्रेलिया !!
मेलबर्न — विश्व पुरुष टेनिस वरीयताका नम्बर एक खेलाडी नोभाक जोकोभिचले आइतबार अस्ट्रेलिया छाडेका छन् । संघीय अदालतले कोभिड–१९ विरुद्धको खोप नलगाएको आरोपमा सरकारले जोकोभिचको प्रवेशाज्ञा रद्द गर्ने निर्णय कायम राखेपछि उनी अस्ट्रेलिया छाड्न बाध्य रहे ।
सरकारले कोभिड–१९ विरुद्धको खोप नलगाएका जोकोभिच आफ्नो देशका लागि जोखिम रहेको जनाएको थियो । जोकोभिचले आफूले खोप लगाएको वा नलगाएको हो, त्यसबारे प्रस्ट भनेका छैनन् ।
एकपछि अर्को नाटकीय घटनाक्रमपछि तीन सदस्यीय संघीय अदालतको बेञ्चले जोकोभिचविरुद्ध निर्णय गरेको थियो । यो निर्णयबाट उनको कीर्तिमान २१ औं ग्रान्ड स्लाम उपाधि जित्ने सपना तत्कालका लागि रोकिएको छ ।
अदालतको निर्णय आएको केही घण्टापछि नै सर्बियाली खेलाडी मेलबर्न विमानस्थल पुगे । उनी दुबई जाने इमिरेट्सको उडानमा बसे । विमान स्थानीय समयअनुसार राति ११ बजे उडेको थियो । जनवरी ६ मा उनी मेलबर्न आइपुगेका थिए । उनलाई विमानस्थलका सुरक्षाकर्मीले नै रोकेका थिए ।
लेकम-दार्चुलाको समृद्धि र खुसी नजिक ल्याउन एमाले सरकारमा आउन अनिवार्य ।
लेकम 1सर्मोली दार्चुलाको हाल हेर्ने हो भने आफैलाइ दिक्क लाग्छ,त्यहाका किसान देखि युवा र युवती सम्मका विशेष प्राय बेरोजगार नै छन। कारण त्यहाका नेताहरुको कमि।
नेताहरु प्राय त्यहाका चुनाव जितेपछी डाडाको चउरमा दिनभरी घाम ताप्न वा चिया पीएर बस्न बाहेक संबंधित कार्यालयको रेखदेख गर्न बाहेक अन्य कुनै हितको प्रणालीमा लागि परेका देखिनन्न।भने- यसो गर्दा यो प्रणालिले नेताको घर चलाउने एउटा ब्यवसाय मात्र भयो।अब जनताले के समृद्धि पाए त?
एमाले सरकार छदा गाउमा रोड आएकै हो, र भवन आएकै हुन,तर त्यो पनि सन्तुष्ट हुने काम भएन।
जहापनी बिगार्ने राजनीति बाहेक अन्य केही हितको सुरेली सुनिन्न।
अझै हेर्ने हो भने चुनाव जितिसकेपछी जि महोदय बिजेताहरु रागो पाल्दै गाउभरी डुल्न बाहेक अन्य केही गर्न नसक्ने पनि छन।यो प्रणालिले त्यहाका युवाहरुको भाग्य र भबिस्य अझै कमजोर तुच्छ हुने भयो।
बित्थड, छेडेसाल, दुरकाडा , सिराड ,गाजरी,कोठार, बण्डोली,लगायत अन्य गाउको जनतालाइ पानीसम्म पिउन कठिन छ।
त्यो कठिनाइ बारे काग्रेसी नेताहरु मुख खोल्न मरे मान्दैनन,कहिलेकाही सम्बन्धित सरकारले कुनै राहत वा नौला बिकासबादी तत्वहरु दर्साउन खोज्दा जि योजना पनि नेताकै आफन्त वा चाकडिबाज बाहेकले पाउने कुरा भएन।यो बाट उनिहरुमा आफन्तबादीको दुर्गन्ध पनि आयो।
प्रतिनिधि सभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित!!
काठमाण्डौ – प्रतिनिधि सभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित भएको छ । यसअघि भोलि दिउँसो एक बजे बस्नेगरी बोलाइएको प्रतिनिधि सभाको बैठक कोरोना सङ्क्रमण जोखिमको कारण देखाउँदै माघ १६ गतेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।
संघीय संसदका महासचिव डा.भरतराज गौतमले आज सूचना निकालेर कोरोना सङक्रमण जोखिमका कारण माघ तीन गतेका लागि बोलाइएको बैठक माघ १६ दिउँसो १ बजेसम्मका लागि स्थगित गरेको जानकारी दिनुभएको हो । भोलि बोलाइएको राष्ट्रिय सभाको बैठक पनि अनिश्चितकालका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।
४९६१ जनामा कोरोना संक्रमण पुष्टि!!
२ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४९६१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरमा १५ हजार १३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ४३५ जना संक्रमणमुक्त भएका छन् भने तीन जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर २५ हजार ६८० संक्रिय संक्रमित छन् ।
पशुपति धर्मशाला सेभेन स्टार होटलजस्तो बनाइएको रहेछ: मन्त्री आले‼️
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपति धर्मशालाको निरीक्षण गरेका छन्।
यो धर्मशाला बतास अर्गनाइजेशनले भाडामा लिएर सञ्चालन गरेको छ।
‘धर्मशाला त सेभेन स्टार होटलकै सेरोफेरोजस्तो छ, म चकित परेँ,’ आज धर्मशाला निरीक्षण गरेपछि मन्त्री आलेले पत्रकारहरूसँग भने।
उक्त धर्मशाला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेका थिए।
भक्तजनलाई बसोबासका लागि सजिलो होस् भनेर भारतीय सरकारले भारू २५ करोड खर्चेर धर्मशाला बनाएको थियो।
‘यो धर्मशाला त यसो हेर्दा आलिसान होटलजस्तो छ। एकै रूमको ११ हजारसम्म शुल्क लाग्ने गरी दिइएको रहेछ,’ उनले भने, ‘धर्मशालाजस्तो रूप नभएर यो आधुनिक, सेभेन स्टार होटलजस्तो छ।’
उनले पशुपति क्षेत्र विकास कोषका सम्पत्तिमाथि कहाँ के भइरहेको छ भन्नेबारे छानबिन समितिले काम गरिरहेको बताए।
कोषका कोषाध्यक्ष नारायण सुवेदी संयोजक रहेको समितिले आवश्यक छानबिन गरेको छ।
सुवेदीका अनुसार सोमबार अपरान्ह ४ बजे क्षेत्र विकास कोषको कार्यालयमा छानबिन प्रतिवेदन मन्त्री आलेलाई बुझाउने कार्यक्रम छ।
उक्त प्रतिवेदन हात परेपछि कहाँ के भइरहेको छ भन्नेबारे छलंग हुने मन्त्री आलेले बताए।
‘पशुपति क्षेत्र विकास कोषबाट निर्णय नगरी केही काम गरेको देखियो। यस्तो गरिनु अवैधानिक हुन्छ,’ उनले भने, ‘भोलि प्रतिवेदन आएपछि आवश्यक निर्णय लिन्छौं।’
उनले दोषी देखिने कर्मचारीदेखि सबैलाई कारबाही गरिने पनि बताए। आफूले कसैमाथि राजनीतिक प्रतिशोध नराखेको उनको भनाइ छ।
सीके राउतका कार्यकर्ताले पूर्वाधारमन्त्री यादवको पुत्ला जलाए!!
जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले भौतिक पूर्वाधार तथा यातायात्र मन्त्री रेणु यादवको पुत्ला दहन गरेका छन् ।
धनुषाको मुखियापट्टी मुसहर्नियाको बैरिया बजारमा जसपाको पार्टी प्रवेश कार्यक्रममा मन्त्री यादव आउने तय थियो । मन्त्री यादव र कृषि मन्त्री महेन्द्रराय यादवविरुद्ध उनीहरू नाराबाजीसमेत गरेका छन् ।
किसानका माग पूरा गर्न सरकारले चासो नदेखाएको भन्दै जनमत पार्टीले संघीय सरकारका मन्त्रीहरुलाई मधेशमा प्रवेश गर्न नदिने घोषणा गरेको थियो । मन्त्री यादवविरुद्ध जनमतका कार्यकर्ताहरूले बिहानैदेखि जनकपुरधामको विभिन्न भागमा प्रदर्शन गरिरहेका छन् ।
थप ४ हजार ६३६ जनामा संक्रमण, सक्रिय संक्रमितको संख्या २१ हजार नाघ्यो!
काठमाडौँ– पछिल्लो २४ घण्टामा थप ४ हजार ६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका गत २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६१७ पुगेको छ।
यस्तै शनिबार ३५० जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल देशभर २१ हजार ५८४ सक्रिय संक्रमित छन्।.
गत २४ घण्टामा १० हजार ४१२ पीसीआर तथा ४ हजार १४४ एन्टिजेन परीक्षण भएको छ।
टाइगर कप भलिबलः पुरुषतर्फ आर्मी र महिलातर्फ एपीएफलाई उपाधि!!
पोखरा । पोखरामा सञ्चालन भएको दोस्रो संस्करणको ‘टाइगर कप आमन्त्रित खुला महिला तथा पुरुष भलिबल’ प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ सशस्त्र प्रहरीको एपिएफ क्लबले उपाधि जितेका छन् ।
टाइगर ग्रुप अफ पोखराका आयोजनामा यही पुस २६ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा पुरुषतर्फ आर्मीले टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबमाथि ३–१ को सेटमा जीत निकाल्दै च्याम्पियन बन्न सफल भएको हो ।

उपाधि विजेता आर्मीले रु तीन लाखसहित ट्रफी र मेडल प्राप्त गर्न सफल भयो भने उपविजेता टिपटपले रु एक लाख ५० हजारसहित ट्रफी र मेडल प्राप्त गरेको छ । आर्मीले टिपटपलाई २५–१८, २४–२६, २५–१८ र २५–१९ अङ्कले पराजित गरेको हो । महिलातर्फको उपाधिका लागि दुई विभागीय टोलीबीचको खेलमा एपिएफले नेपाल आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो ।
एपिएफले आर्मीलाई २५–२३, २५–१५ र २५–२० को सोझो सेटमा पराजित गर्न सफल भयो । उपाधि विजेता एपिएफले रु तीन लाखसहित ट्रफी र उपविजेता आर्मीले रु एक लाख ५० हजार पुरस्कार पायो ।
प्रतियोगितामा महिलातर्फ होङ्गान्जी न्यू डायमन्ड स्पोर्ट्स क्लब रु ७५ हजार तथा चौथो भएको पुलिसले रु ३५ हजार पुरस्कार प्राप्त गर्न सफल भयो ।
पुरुषतर्फ नेपाल पुलिस तृतीय र आयोजक गण्डकी प्रदेश चौथौ स्थान प्राप्त गरी क्रमशः रु ७५ हजार र रु ३५ हजार पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुरुषतर्फ आर्मीका दानबहादुर बुढा क्षेत्री र महिलातर्फ एपिएफका सरस्वती चौधरी घोषित हुँदै जनही रु २५ हजार पुरस्कार पाए ।
विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि नगदसहित पुरस्कृत गरिएको थियो ।
महिलातर्फ उत्कृष्ट सर्भर एपिएफका निरुता ठगुन्ना, सेटर आर्मीका कृपा अधिकारी, ब्लकर एपिएफका हीरा केसी, लिब्रो न्यू डायमण्डका शलिना श्रेष्ठ, स्पाइकरमा आर्मीका शान्तिकुमारी थारू र प्रशिक्षकमा एपिएफका महेश चौधरी घोषित हुँदै जनही रु १० हजार पुरस्कार प्राप्त गरेका छन् ।
त्यसैगरी पुरुषतर्फ उत्कृष्ट सेटर नेपाल प्रहरीका इमबहादुर राना, सर्भर आर्मीका हरिहजुर थापा, ब्लकर टिपटपका अमित गुलिया, लिब्रो आर्मीका ईश्वर थापा, स्पाइकर टिपटपका विनितकुमार चौधरी र प्रशिक्षक आर्मीका जगतबहादुर सिंह घोषित हुँदै जनही रु १० हजारका दरले पुरस्कार प्राप्त गरे । प्रतियोगितामा महिला तथा पुरुषतर्फ पाँच–पाँच वटा टोली गरी १० टोलीको सहभागिता रहेको थियो ।

प्रतियोगिताको विजयी टोली तथा सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट खेलाडीलाई गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमण शर्मा, साउद एशियन सेन्टर भलिबल एशोसिएशनका अध्यक्ष मोहम्मद लतिफ, नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्द, राखेप बोर्ड सदस्य राजेशकुमार गुरुङ, आयोजक टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्मालगायतले पुरस्कार वितरण गरेका थिए ।
राष्ट्रिय युवा संघ नेपाल कास्की संयोजकमा पान बहादुर जि सि चयन!!
पोखरा । राष्ट्रिय युवा संघ कास्की संयोजकमा पानबहादुर जिसी चयन भएका छन् । पोखरामा सम्पन्न संघको केन्द्रीय कमिटी बैठकले जिसीलाई संयोजक तोकेको हो ।
कास्कीको राष्ट्रिय युवा संघमा जिसीको नाम निकै परिचीत हो । जुझारु र सिर्जनशील छवि बनाएका जिसी माछापुच्छ्रे गाउँपालिका लाहाचोक निवासी हुन् ।जि सि एक कुशल व्यावसायिक युवा हुन।
अनेरास्ववियु बाट आफ्नो राजनीति यात्रा तय गरेका जिसि महेन्द्र मा बि लाहाचोकको प्रा क अध्यक्ष पृथ्वीनारायण क्यम्पस ब्यबस्थापन संकाय उपाध्यक्ष जनपृय क्यम्मस प्रा क सहसचिब हुँदै तत्कालीन लाहाचोक गाविसको अध्यक्ष,तत्कालीन कास्की क्षेत्र नम्बरको ४ को सदस्य हुँदै क्षेत्रीय अध्यक्ष, जिल्ला कमिटी सदस्य हुँदै सचिवालय सदस्य, जिल्ला कमिटी सहसचिव हुँदै सहसंयोजक बनेका जिसी आगामी जिल्ला अधिवेशनको सम्मेलन कमिटीको संयोजक प्राप्त गरेका हुन ।
पानबहादुर जिसीले केन्द्रीय कमिटीले दिएको निर्देशन र आम कस्केली युवाको मनोभावना बुजि संगठनको अराजकता अन्त्य गर्दै युवा आन्दोलन शिखर पुर्याउन अनर्बरत लागि युवा हकहितका अघि बढ्ने र आम युवालाइ व्यावसायिक बनाउनेतर्फ लागि पर्ने बताए ।
तेस्रो लहरको सुरुवातमै ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमित!!!
काठमाडौँ – तेस्रो लहरको सुरुवातमै काठमाडौँसहित देशभरका स्वास्थ्य संस्थामा कार्यरत ठूलो संख्यामा स्वास्थ्यकर्मी र कर्मचारीहरूमा कोरोना संक्रमण देखिएको छ।
काठमाडौंका ६ ठूला सरकारी अस्पतालमा मात्रै १४३ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । अस्पतालहरुका अनुसार काठमाडौँको महाराजगन्जस्थित टिचिङ अस्पतालमा ६५, वीर अस्पतालमा ३५, पाटन अस्पतालमा २५, टेकु अस्पताल ४, नेपाल प्रहरी अस्पतालमा १०, सशस्त्र प्रहरी अस्पतालमा ४ जना स्वास्थ्यकर्मी तथा कर्मचारी संक्रमित भएका छन् ।
उपत्यकाबाहिरका जिल्लाका स्वास्थ्यकर्मीमा पनि संक्रमण बढ्दै गएको छ । दाङमा २७ जना, भरतपुर अस्पतालमा १५ जना, गोरखाको आँपपिपल अस्पतालमा चार जना, बाँकेमा चार जना, सिराहाको नगयनपुर अस्पतालमा चार जना, महोत्तरीमा दुई जना, पर्सामा दुई जना, सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा एक जना, मेची अस्पताल झापामा एक जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।
तीव्र गतिमा फैलिरहेको संक्रमण नियन्त्रणको प्रभावकारी पहल नभए उपचार प्रणाली नै प्रभावित हुने जोखिम बढेको स्वयम स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
Next Page » « Previous Pageताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा