२०८३ असार १२ शुक्रबार

नेपालले अफगानिस्तानमा सहायता सामग्री पठाउँदै!!

काठमाण्डौ – नेपालले अफगानिस्तानमा सहायता सामग्री पठाउने भएको छ । मानवीय सहायता सामग्रीसहित नेपाली टोली भोलि बिहान अफगानिस्तान जाने भएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार भोलि बिहान हिमालयन एयरलाइन्सको चार्टड विमानबाट परराष्ट्रको टोली त्यहाँ जान लागेको हो ।

नेपाली टोली अफगानिस्तानको राजधानी काबुल पुगेर सहयोग हस्तान्तरण गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्री नारायण खड्काले भोलि बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरेर टोलीलाई काबुल पठाउने तयारी छ ।

दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क) अध्यक्ष देश नेपालले सदस्य देश अफगानिस्तानलाई सहयोग गर्न लागेको हो । अफगानिस्तानमा पछिल्लो समय मानवीय संकट बढ्दै गएको छ । यसअघि संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा सहयोगका लागि अपिल गरेको थियो ।

राष्ट्रिय युवा संघ नेपालको ९औं महाधिबेशनका लागि २५ विभाग गठन, कुन जिम्मेवारी कसलाई ?? (सूचिसहित)

काठमाडौं । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले आगामी फागुनको ११ गते राष्ट्रिय महाधिबेशन गर्ने निर्णय गरेको छ ।

पोखरामा सम्पन्न राष्ट्रिय युवासंघ नेपालको महाधिवेशन आयोजक कमिटीको पहिलो पूर्ण बैठकले फागुन ११ मा राष्ट्रिय महाधिबेशन गर्नेगरी विभिन्न विभागहरु टुंगाएको छ ।

संघले २५ वटा विभागहरु टुंगाउदै जिम्मेवारीहरु बाँडफाँड गरेको छ । संघले महाधिबेशनका लागि ३ सय ८६ सदस्यीय आयोजक कमिटी गठन गरेको छ ।

विभाग र जिम्मेवारी
मूल आयोजक कमिटी संयोजक – किरण पौडेल

सह संयोजक – सन्जीव झा र क्रान्ति बुर्लाकोटी

संगठन विभाग – क्षितिज थेबे

युथफोर्स विभाग – पुष्प श्रेष्ठ

स्कुल तथा नेत्रित्व बिकास विभाग – रमेश आचार्य

कार्यालय विभाग – रामजी सापकोटा

प्रकाशन विभाग – सम्राट गौचन

प्रचार विभाग – महाराज गुरुङ

मानव अधिकार विभाग – सुनिता कार्की

महिला विभाग – उर्मिला सुनुवार

पर्यटन विभाग – सीता सुवेदी

कानून विभाग – बिष्णुराज बिसी

स्वयमसेवक विभाग – राकेश राई

निर्वाचन आयोग प्रमुख – हिमेश केसी

निर्वाचन आयोग उप प्रमुख – बाबु छत्कुली

अनुशासन आयोग प्रमुख – दिनेश थापा

लेखा आयोग प्रमुख – प्रकाश लामिछाने

१ प्रदेश इन्चार्ज – अन्जना अधिकारी

२ प्रदेश इन्चार्ज – सत्य नारायण यादव

बागमती प्रदेश इन्चार्ज – अमित लामा

गण्डकी प्रदेश इन्चार्ज – सन्तोष रावल

लुम्बिनी प्रदेश इन्चार्ज – सुमन पुरी

कर्णाली प्रदेश इन्चार्ज – राजन थापा

सुदुरपश्चिम प्रदेश इन्चार्ज – बिसनाथ चन्द

अन्तर जिल्ला प्रदेश इन्चार्ज – बलरामा वेल्बासे

स्कुल बन्द भएपछि अनलाइनसँगै एफएम र टिभीमा प्रसारण गरिँदै १० कक्षासम्मका पाठ्यसामग्री !!

काठमाडौं । कोभिड संक्रमण फैलिने क्रम पुनः तीव्र बनेसँगै विद्यालयहरू बन्द भएका छन् । यस्तोमा बालबालिकाको पठनपाठन प्रभावित हुन नदिन सरकारले वैकल्पिक माध्यमबाट सिकाइलाई निरन्तरता दिने भएको छ ।

यसका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित श्रव्य दृश्य सामग्री तयार पारेको छ । ती श्रव्यदृश्य पाठहरू प्रसारण हुने समय तय गरिएको छ ।
जसअनुरूप कक्षा ७ र ८ का विषयगत पाठहरू बिहान ५ः४५ बजेदेखि ७ बजेसम्म र कक्षा ६ र ५ का श्रव्यदृश्य पाठहरू बिहान ७ः४५ बजेदेखि ९ बजेसम्म तथा कक्षा १ देखि ४ सम्मका पाठहरू अपरान्ह ४ः३० बजेदेखि साँझ ७ बजेसम्म शनिबार बाहेकका दिन प्रसारण हुनेछन् । जुन नेपाल टेलिभिजनको एनटिभी प्लस च्यानलबाट प्रसारण भइरहेका छन् ।

त्यस्तै कक्षा १ देखि १० सम्मका विषयगत श्रव्यदृश्य सामग्रीहरू डिशमिडिया नेटवर्कको डिशहोम, नेट टिभी, म्याक्स टिभी, मेरो टिभी र क्लियर टिभीको स्कुल एजुकेसन अर्थात विद्यालय शिक्षा च्यानलबाट समेत शनिबार बाहेकका दिनमा बिहान ७ बजेदेखि बेलुकी ९ बजेसम्म प्रसारण भइरहेका छन् ।
जसअनुरूप कक्षा ९ र १० का अनिवार्य विषयका श्रव्य पाठहरू रेडियो नेपालबाट शनिबार बाहेक प्रत्येक दिन साँझ ५ः१५ बजेदेखि ५ः४५ बजेसम्म र बेलुकी ७ः२५ बजेदेखि ७ः५५ बजेसम्म नियमित प्रसारण भइरहेको छ ।


अब आउने चुनाबमा जनाताको सुन्दर शान्त समृद्धिको लागि कुन पार्टी राम्रो होला भोट गर्नुहोस् !

अब आउने चुनाबमा जनाताको सुन्दर शान्त समृद्धिको लागि कुन पार्टी राम्रो होला भोट गर्नुहोस् !

नेपाली सेनाको प्रवक्तामा नारायण सिलवाल!

काठमाडौं । नेपाली सेनाको प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त भएका छन् । सहायक रथी सन्तोष बल्लभ पौडयालले जिम्मेवारी हस्तान्तरण गरेपछि सिलवाल नयाँ प्रवक्ताको जिम्मेवारीमा आएका हुन् ।

‘आजबाट औपचारिक रूपमा नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी नारायण सिलवाललाई हस्तान्तरण गरेको छ,’ बिदाइ सन्देश दिँदै पौडयालले भनेका छन्, ‘मेरो कार्याकालमा प्रत्यक्ष तथा परोक्षरुपमा सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु ।’

निवर्तमान प्रवक्ता पौडयालले नयाँ प्रवक्ता सिलवाललाई सहयोग गर्न अपिलसमेत गरेका छन् ।

आज माघी पर्व, थारु समुदायले नयाँ वर्षका रुपमा मनाउँदै

१ माघ, काठमाडौं । बज माघ १ गते माघी पर्व । थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् ।

सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ ।
माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूला बडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ ।
बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपीन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म उनीहरुले आफू स्वतन्त्र भएको अनुभव गर्छन् ।
यस अवसरमा सक्ने चारधाम जाने र नसक्नेहरुले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ । कुनै कारणवश श्राद्ध कर्म रोकिएकाले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता रहेको छ ।
तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिल युक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास यस समुदायमा छ । तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ भन्ने वैज्ञानिक मत छ ।

गाउँका मुखिया सबै मिलेर छनौट गर्ने चलन छ । यस पर्वका अवसरमा महतो, गुरुबा, पूजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने, आदि सबै पदवीको आजै लोकतान्त्रिक विधिबाट निर्वाचन हुने गर्छ ।
धेरै ठाउँमा माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि मुखियालगायत वर्षभर काम गर्ने पदको छनौट गर्छन् । सहमति नहुने स्थानमा भने निर्वाचन नै हुन्छ । थारु जातिमा यस दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य हुन्छ । बीचमा फेरबदल हुँदैन । यस प्रथालाई माघी देवानी भनिन्छ ।

विशेष गरी तराईका थारुले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई खिचडी भन्ने चलन पनि छ । थारु समुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँड बनाएर राख्ने गर्छन् ।
विवाह, यात्रा, बसाइँ सराइका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन पनि थारु समुदायमा छ । सरकारले विसं २०७२ साउन २ गते निर्णय गरेर कमैया प्रथा उन्मुलन गरी त्यसै वर्ष माघ १ गतेदेखि कार्यान्वयनमा ल्याएपछि यस पर्वलाई स्वतन्त्रता दिवसका रुपमा समेत मनाइन्छ ।

माघी पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले आइतबार बिदासमेत दिएको छ । १ गते शनिबार परेकोले २ गते आइतबार बिदा दिइएको हो ।

राष्ट्रिय युवा संघमा बढ्याे मनाेमानि स्थायि समिति सदस्य पुन ले दिए राजिनामा!!

राष्ट्रिय युवा संघ मा बढ्याे मनाेमानि स्थायि समिति सदस्य पुन ले दिय राजिनामा
राष्टिय युवा संघ यतिबेला बिबाद छताछुल्ल भयकाे छ पाेखरा मा जारि सचिवालय काे बैठमा बिबाद उत्कर्षमा पुगेको हाे सम्मेलन अायाेजक कमिटी निर्माण मा बिना मापदण्ड समिति बनाउदा मनाेमानि भयकाे छ १३०० जनाको पुर्व कमिटी लाई हटायर सानाे बनाउदा अाफु नजिक घुम्नेलाई मात्रै जिम्मेवारी दिईयकाे भन्दै स्थायि समिति सदस्य विष्णु पुनले राजिनामा दियका छन ।

कास्कीको युवा अान्दाेलन जुरुक्क उठायका पुन पुर्ब युथ फाेर्स लेखनाथ नगर कमिटी का संयाेजक हुन भने पुर्ब युवा संघ कास्कीका सफल अध्यक्ष समेत हुन पार्टीको समेत लेखनाथ नगर कमिटी हाकि सकेका पुन भर्खरै सम्पन्न नेकपा एमाले कास्की का नवनिर्वाचित सदस्य समेत हुन स्थाई समिति सदस्य विष्णु पुनको राजिनामा ले युवा संघमा ठुलो तरग ल्याउने अनुमान गरियकाे छ ।

पुनले भनेका छन बिना जानकारी उपाध्यक्ष अमित लामाकाे समेत असहमति हुदाहुदै एकतर्फी रुपमा निर्णय हरु लादियकाे छ पाेखरा महानगर काे सयाेजक माेहन सुवेदीलाई बिना जानकारी पद मुक्त गरेपछि बिबाद अझ चर्कियकाे हाे किन के कारण सुवेदीलाई हटाईयाे ? नेतृत्व काे अगिपछि नघुमेर ? पुन भन्छन संगठन मा गणेश प्रवृत्ति माैलायाे हिजो काम गरेकोे साथिहरु अपमानित ढंगबाट संगठन बाट बिदाई भयका छन सहयाेद्दा लाई अपमानित गर्ने मतियार बन्न नसकेर मैले पदबाट राजिनामा दियकाे हु ।

यहि ढंगबाट अगाडि बढ्नि हाे भने संगठन काे अस्तित्व लाेप हुन सक्छ भन्दै पुनले नेतृत्व लाई सच्चिनका लागि समेत खबरदारी गरेको छन अाज सचिवालय काे बैठक समापन हुन अघि अाफ्नाे असहमति जनाउदै संघ का पुर्व अध्यक्ष तथा बतमान कमिटी मा ईन्चार्न महेश बस्नेतलाई साचि राख्दै संघ का अध्यक्ष किरण पाैडेल लाई अाफ्नाे राजिनामा बुझायका हुन !

Cyberattack hits Ukraine government sites amid Russia tensions

Ukraine has previously accused Russia of mounting major cyber attacks against it as relations between the two neighbours have worsened since a 2014 conflict.

Ukraine said a cyberattack brought down the websites of several government agencies Friday. Authorities didn’t immediately comment on the source of the outage, which comes amid surging tensions with Russia due to its buildup of thousands of troops near the border.

A spokesman for Ukraine’s Foreign Ministry said on Twitter that the websites were down following a massive hack and that authorities were working to restore services. He didn’t identify who might be behind the attack, which hit the site of his agency as well as those of the Agriculture and Education Ministries and the government staff.
All those sites were down, some with their content replaced for a time by messages in Russian, Polish and Ukrainian.

“Ukrainian! All your personal data has been uploaded to the public network,” the message said. “All data on your computer is being erased and won’t be recoverable. All information about you has become public, fear and expect the worst. This is being done to you for the your past, present and future,” it said, with a reference to “historic lands.”

Ukraine has previously accused Russia of mounting major cyber attacks against it as relations between the two neighbours have worsened since a 2014 conflict. In recent months, Ukraine and its allies in the U.S. and Europe have warned that Russia could be preparing to invade as it massed about 100,000 troops near the border. Moscow denies any such plans.

A Kremlin spokesman didn’t immediately respond to a request for comment on the cyber attack.

The US and its allies have warned that Russia might use hacking or other actions short of a military operation to put pressure on Ukraine. Russia denies it uses cyber weapons offensively but President Vladimir Putin has said what he called “patriotic hackers” may take it upon themselves to stand up for the country’s interests online.

As tensions have mounted in recent months, the US and its allies have been working to ready a package of sanctions to respond to a potential invasion or further acts of Russian aggression, though it’s not clear whether a cyber attack, if shown to be linked to Moscow, would trigger major retaliation.

Trading in the Ukrainian currency and government bonds opens after 10 a.m. in Kyiv. As of 9:59 a.m. in Moscow, the ruble was trading 0.4% stronger against the dollar. The currency posted its sharpest daily drop since October 2020 on Thursday after a senior Russian diplomat said Moscow’s demands for security guarantees from the U.S. and its allies had hit “a dead end.”

कम्प्युटर सम्बन्धि ५० प्रश्नोतरहरु!!!

१.ल्याटिन भाषामा कम्प्युटरलाई के भनिन्छ? _ Computare
२. कम्प्युटर बिज्ञानका पिता को हुन् ? _Allen Turing
३. कम्प्युटर कस्तो मेसिन हो? _Electronic
४.पुस्ताका आधारमा कम्प्युटरलाई कति भागमा बिभाजन गरिएको छ? _५ भागमा
५. ब्राण्डका आधारमा कम्प्युटरलाई कति भागमा बिभाजन गरिएको छ? _३ भागमा
६.कम्प्युटर system मा data हरु के मार्फत पठाइन्छ? _ Input
७. Raw facts भनेर कुनलाई चिनिन्छ? _Data
८. Billing को लागि प्रयोग गरिने input device कुन हो? _BCR
९. साझा input device भनेर कुनलाई चिनिन्छ? _Mouse and Keyboard
१०. Soft copy output device कुन हो? _ Speaker
११. “कम्प्युटरले कहिलै थकान र अल्छि गर्दैन” यो कम्प्युटरको कुन विशेषता हो? _ लगनशील
१२. कम्प्युटरको गति के मा नापिन्छ? _ MHz and GHZ
१३. 1 GB बराबर कति MB हुन्छ? _1024 MB
१४.GIGO related to …..? _Accuracy
१५. सुपरभाइजर भनेर CPU को कुन part लाई चिनिन्छ? _ CU
१६. Father of computer is ….? _Charles Babbage
१७. Game खेल्नका लागि कुन input device को प्रयोग गरीन्छ? _ Joysticks
१८. नेपालमा पहिलोपटक भित्रीएको कम्प्युटर कुन हो? _ IBM -1401
१९. Super computer को गति कुन एकाइमा नापिन्छ? _ FLOPS (Floating Points Operation Per Seconds)
२०. The fastest computer in the world is ….? _Super Computer
२१. Continuous data मा आधारित कम्प्युटर कुन हो? _ Analog
२२. Counting data मा आधारित कम्प्युटर कुन हो ? _Digital
२३.कुन कम्प्युटरले Binary Digit को गणना गरि कार्य गर्ने कम्प्युटर कुन हो? – Digital Computer
२४. Number cruncher भनेर चिनिने कम्प्युटर कुन हो?- Super Computer
२५. CPU का कतिवटा भागहरु छ्न? – ३ वटा
२६.CPU को भाग हरु केके हुन् ? – Control Unit, Arthometic Logical Unit, Memory Unit
२७……….. Hardcopy अन्तर्गत पर्दछ्न।- Printer and Plotter
२८. …….soft copy अन्तर्गत पर्दछ्न। – Monitor and speaker( जसले audio/video form मा नतिजा दिन्छ्न।)
२९.Full form of OMR ..?- Optical Mark Reader
३०. कम्प्युटर power off गर्दा data हराउँछ भने त्यसलाई कुन प्रकृतिको memory भनिन्छ? – Volatile Nature
३१. कम्प्युटर power off गर्दा त्यहाँ रहेका data हराउँदैनन भने त्यसलाई कुन प्रकृतिको memory भनिन्छ? – Non- Volatile
३२. RAM को पूरा रुप के हो? – Random Acess Memory
३३. ROM को पूरा रुप के हो?- Read Only Memory
३४. Computer on/off गर्दा कम्प्युटर system ले के को प्रयोग गर्दछ?- ROM
३५. कम्प्युटर off हुँदा operating system कहाँ बस्छ? – Hard disk
३६. कम्प्युटर on हुँदा operating system कहाँ बस्छ? – RAM
३७. RAM कस्तो प्रकृतिको memory हो ?- Volatile
३८. ROM कस्तो प्रकृतीको memory हो?- Non- Volatile
३९. आकारका आधारमा सबैभन्दा ठुलो र तौलको आधारमा सबैभन्दा गह्रौ कम्प्युटर कुन लाई चिनिछ?- मेनफ्रेम
४०. ठुलो ठुलो व्यापार ,ब्यवसाय र बैज्ञानिक अनुसन्धानको लागि प्रयोग गरिने कम्प्युटर कुन हो?- मेनफ्रेम
४१. BCR को पूरा रुप – Bar Code Reader
४२. पहिलो पुस्ताका कम्प्युटर को प्रशोधन गति लाई के भनिन्छ?- Milli Second
दोस्रो लाई Micro Second, तेस्रोलाई Nano Second, चौथोलाई Pico second
पाचौ लाई Femto Second)
४३. IBM 1400 र IBM – 1401 यो कुन पुस्ताका कम्प्युटर हुन् ?- दोश्रो पुस्ताका
४४. Bio- Chips कम्प्युटर कुन पुस्ताका कम्प्युटर हुन? – पाँचौ
४५. 1024 KB = …….?- 1 Megabyte
४६. 8 Bit = …..?- 1 byte
४७. 1024 MB =……?- 1 Gigabyte
४८. 1024 GB = ……..? – 1 Terabyte
४९. 1 Nibble = …..?- 4 Bit
५०. सबैभन्दा पुरानो storage device कुन हो? – Magnetic Tape

लिपुलेकमा भारतले बलमिच्याइँ गर्याे, सरकारले सशक्त ढङ्गले भारतसँग कुरा गर्नुपर्छ : प्रदीप ज्ञवाली

काठमाण्डाै – नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले लिपुलेकमा सडक निर्माण गरिरहेको सम्बन्धमा सरकारले भारतीय पक्षसँग कुरा गर्नुपर्ने बताउनु भएकाे छ ।

आज आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै ज्ञवालीले भारतले नेपालको भूभागमा बलमिच्याइँ गरेको भन्दै देशको सीमाको विषयमा बोल्न नसके सरकारको वैधता समाप्त हुने बताउनु भएकाे छ ।

उहाँले भन्नुभयो – ‘देशको सीमाको बारेमा बोल्न सक्दैन, सार्वभौमिकताको विषयमा बोल्न सक्दैन भने त्यो सरकार, सरकार जस्तो रहँदैन । सरकारको वैधता त्यसै दिनबाट समाप्त हुन्छ ।हामी चाहान्छौँ सरकारले दृढतापूर्वक यो विषयमा भारतीय पक्षसँग कुरा गरोस् । भारतले यो ढङ्गको बलमिच्याइँ पनि गर्नुहुँदैन । त्यो नेपालको भूभाग हो, त्यहाँ एकतर्फी ढङ्गले कुनै पनि संरचना बनाउन मिल्दैन । सरकारले सशक्त ढङ्गले नेपालको राष्ट्रियहितको पक्षमा आवाज उठाउनुपर्छ।’

उहाँले सरकारले पालिका तहको चुनाव पन्छाउन खोजेको आरोप लगाउनु भएको छ । ज्ञवालीले पालिकाको निर्वाचनको सम्बन्धमा निर्वाचन आयोगले गरेको सिफारिस अनुसार सरकारले कुनै निर्णय नगरेको बताउनुभयो ।

उहाँले सरकारले पालिका तहको निर्वाचनलाई पन्छाउन खोजेको आशङ्का पैदा भएको भन्दै एमालेले त्यस्तो हुन नदिने बताउनु भएकाे छ ।
उहाँले सर्वोच्च अदालतमा भइरहेको आन्दोलन न्यायालय सुधारको लागि नभएको टिप्पणी गर्नुभयो । एक व्यक्तिलाई प्रधानन्यायाधीशबाट हटाएर अर्को व्यक्तिलाई ल्याउनका लागि मात्रै याे आन्दोलन केन्द्रित रहेको उहाँले बताउनुभयो ।

उहाँले संसद् चल्न दिने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचमा सकारात्मक छलफल भएको भन्दै आउँदाे दिनमा समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय