काठमाडौं मेडिकल कलेजका सञ्चालक शर्मालाई सिंहदरबारभित्रै मोसो :
काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई शिक्षा मन्त्रालयमै मोसो दलिएको छ।
शिक्षमन्त्री देवेन्द्र पौडेलले शुक्रबार कलेज सञ्चालक शर्मा र विद्यार्थीसँग छलफल गरेका थिए। छलफल सकेर निस्केका वेला विद्यार्थीले मन्त्रालयको पहिलो तलामा मोसो दलेका हुन्।
मोसो दल्नेहरू माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को विद्यार्थी संगठन अनेरास्ववियुका विद्यार्थी हुन्।
काठमाडौं मेडिकल कलेजमा चिकित्सा शिक्षा आयोगले तोकिएको शुल्क भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीले आन्दोलन गर्दै आएका छन्।
काठमाडौं मेडिकल कलेजमा चिकित्सा शिक्षा आयोगले तोकिएको शुल्क भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीले आन्दोलन गर्दै आएका छन्।
लामो समयसम्म माग पूरा भएपछि विद्यार्थीले सञ्चालक शर्मालाई मोसो दलिएको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलेले बताए। “उहाँले मेडिकल शिक्षामा जनताको छोराछोरी पढ्नै नसक्ने गरी कालो बाटो बनाउनु भयो, त्यही भएर उहाँलाई पनि कालो उपहार दिएका हौ,” पराजुलीले भने।
घटनापछि प्रहरीले अनरास्ववियुका उपमहासचिव महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनलाई नियन्त्रणमा लिएको छ।
यसैबीच छलफलपछि शिक्षा मन्त्रालययले चिकित्सा शिक्षा आयोग, काठमाण्डौ मेडिकल कलेज, नेपाल मेडिकल कलेजलाई ५ बुँदे निर्णय गर्न गराउन निर्देशन दिएको छ।
3 COVID-19 deaths reported Friday; 5,087 test positive!!
Nepal reported three COVID-19 deaths on Friday as the pandemic continues to take lives across the country. The total death toll has now reached 11,613.
The country also reported 5,087 new cases in the past 24 hours including 883 from antigen tests taking the total number of cases to 845,507 confirmed with PCR tests and 100,108 with antigen tests. Similarly, 306 persons have recovered in the past 24 hours. The total number of active cases has surged to 18,235.
A total of 13,474 PCR tests and 7,086 antigen tests have been conducted in the past 24 hours taking the total number of tests to 4,981,260 PCR and 880,882 antigen tests across the country until now.
निर्वाचन आयोगमा सर्वदलीय बैठक, को-को गए ?
काठमाडौं । स्थानीय तहको आगामी निर्वाचनलगायतका विषयमा छलफल गर्न निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठक आयोग कार्यालय कान्तिपथमा सुरू भएको छ। बैठकमा विभिन्न दलको प्रतिनिधित्व गर्दै नेताहरू पुगेका छन् ।
बैठकमा एमालेको प्रतिनिधित्व गर्दै नेताहरू विष्णु रिमाल, निरज आचार्य र भीष्म अधिकारी पुगेका छन् । त्यस्तै नेपाली कांग्रेसबाट रमेश लेखकलगायत नेताहरू आयोगमा पुगेका छन् । नेकपा (माओवादी केन्द्र) बाट लीलामणि पोखरेललगायतका नेता छन् ।
नेकपा (एकीकृत समाजवादी), जनता समाजवादीलगायतका दलबाट भने प्रतिनिधि आउन बाँकी छ।
नेपाल मजदुर किसान पार्टीको प्रतिनिध्व गर्दै प्रेम सुवाल बैठकमा गएका छन् । नेपाली जनता दलबाट हरिचरण साह, नेपाल संघीय समाजवादी दलबाट मोहम्मद रिजवान अन्सारीलगायत आयोग पुगेका छन् ।
सैनामैनामा सञ्चालित महिला विद्यालयका आमा विद्यार्थीहरू हातमा कापी-किताब बोक्दै
Appreciable Work By Sainamaina Municipality of Rupandehi🙏सैनामैनामा सञ्चालित महिला विद्यालयका आमा विद्यार्थीहरू हातमा कापी-किताब बोक्दै ❣️
रुपन्देहीको सैनामैना नगरपालिका-६ पटनामा महिला विद्यालय सञ्चालन भएको छ । विभिन्न कारणले बाल्यकालमा विद्यालय जान नपाएका र बीचमै पढाइ छाडेका महिलाको विद्यालय शिक्षा पूरा गराउन विद्यालय खोलिएको हो । गाउँमै महिला विद्यालय खुलेपछि पढ्ने रहर भएका धेरै आमाहरू विद्यालय जान पाएका छन् ।
मेची-महाकाली बुहारी संयुक्त आवाजले विद्यालय व्यवस्थापन गरेको छ । उसले नै नगरपालिकाभित्र पढ्न नपाएका महिलाको सूची तयार पार्ने र विद्यालय आउन परामर्श गरेको छ । उनीहरूमध्ये धेरै साक्षर कक्षाबाट अक्षर चिनेका महिला हुन् । कोही बिचमै पढाइ छाड्ने महिला पनि छन् ।
विद्यालयमा अहिले २५ जना महिला अध्ययनरत छन् । धेरैजसो आमा बनेका विद्यार्थी छन् । कोही हजुरआमा बनेका छन् । आमाहरूको काँधमा घरव्यवहार चलाउने जिम्मेवारी छ । तैपनि जसोतसो समय निकालेर पढ्न गएका छन् ।
अस्ट्रेलियाद्वारा दोस्रो पटक जोकोभिचको भिसा रद्द!
काठमाडौँ — अस्ट्रेलिया सरकारले दोस्रो पटक टेनिस स्टार नोभाक जोकोभिचको भिसा रद्द गरेको छ । आप्रवासन मन्त्री एलेक्स हकले व्यक्तिगत अधिकार प्रयोग गर्दै जोकोभिचको भिसा रद्द गर्ने निर्णय गरेका हुन् ।
मन्त्री हकको निर्णयसँगै सोमबारदेखि सुरु हुने १०औं अस्ट्रेलियन ओपन टेनिसमा सहभागी नहुने सम्भावना बढेको छ । यदि जोकोभिच मन्त्रीको निर्णयविरुद्ध अदालत गएनन् भने उनले तुरुन्तै अस्ट्रेलिया छोड्नुपर्नेछ । जोकोभिचले कोरोना भाइरसविरुद्धको खोप नलगाएको बताइएको छ ।
मन्त्री हकले आप्रवास ऐनको धारा १३३सी(३) बमोजिम स्वास्थ्यमा आधार रहेर जोकोभिचको भिसा रद्द गरेको बताएका छन् । यसअघि जनवरी १० मा संघीय अदालतले जोकोभिचको भिसा रद्द गर्ने सरकारको निर्णय खारेज गरेको थियो ।
मन्त्री हकले अस्ट्रेलियन बोर्डर फोर्स र जोकोभिचले उपलब्ध गराएको सूचनाका आधारमा निर्णय लिएको दाबी गरेका छन् ।
यस्तो छ चुच्चे नक्सा अंकित २ रुपैयाँको नयाँ सिक्का
३० पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालको चुच्चे नक्सा अंकित २ रुपैयाँको नयाँ सिक्का आजबाट चलनचल्तीमा ल्याएको छ ।
लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटिएको नयाँ नक्सासहित सिक्का जारी भएको यो पहिलोपटक हो ।
नयाँ सिक्कामा नेपालको नक्साको ठीक माथिपट्टि दायाँतर्फ फरक क्षमता भएका दृष्टिविहीनहरुले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुईवटा थोप्ला रहेका छन् ।
सिक्काको अग्रभागमा वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्लाहरु रहेका छन् । सिक्काको माथिल्लो भागमा अंग्रेजीमा Rs Two र तल्लो भागमा देवनागरी लिपिमा २ रुपैयाँ लेखिएको छ ।
सिक्काको पृष्ठभागमा पनि वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्लाहरु रहेका छन् । आठ थोप्ला सहितको वृत्ताकार चित्र र सोभित्र वर्गाकार आकृतिको बाहिरपट्टि वरिपरि चन्द्र, सूर्य, चक्र, शंख, पद्म, गदाको आकृति रहेका छन् ।
सूर्यविनायकमा ‘एक शिक्षक एक ल्यापटप’
सूर्यविनायकमा ‘एक शिक्षक एक ल्यापटप’
भक्तपुर।
भक्तपुरको सूर्यविनायक नगरपालिकाको एक विद्यालयले ‘एक शिक्षकः एक ल्यापटप कार्यक्रम’ सुरु गरेको छ।
सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोलको गणेश माध्यमिक विद्यालयले सो कार्यक्रम लागू गरेको हो। कार्यक्रम अनुसार विद्यालयका शिक्षकहरुले ल्यापटप पाएका छन्।
विद्यालयका प्रधानाध्यापक रवीन्द्रकुमार थापाले विद्यालयका २० जना शिक्षकलाई ल्यापटप वितरण गरिएको जानकारी दिए। उनले अहिलेको समय अनुसारको पठनपाठन गराउन र शिक्षण सिकाइलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउँदै शिक्षकहरुलाई सूचना प्रविधिमैत्री बनाउन सहयोग गर्न ल्यापटप वितरण गरिएको जानकारी दिए।
‘अहिलेको समय अनुसार सूचना प्रविधिको मार्फत् शिक्षण क्रियाकलाप चलाउन हामीले यो ल्यापटपको आवश्यकता महसुस गरेका थियौं’, उनले भने, ‘ त्यो आवश्यकता पूरा गर्नका लागि वडाध्यक्षज्यूले पहल गर्नुभयो, समाजसेवी तथा व्यवसायीहरुको सहयोग मिल्यो, केही नपुग रकम विद्यालयको आन्तरिक स्रोतबाट व्यहोर्यौं।’
उक्त सहयोगबाट शिक्षकहरु खुसी भएको उनको भनाइ छ। वडाध्यक्ष एवं सोही विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष किरण थापाले महामारीको समयमा भौतिक पठनपाठन गर्न नसक्ने अवस्थामा पनि पठनपाठनलाई निरन्तर बनाउन शिक्षकहरुलाई ल्यापटप दिइएको जानकारी दिए।
नागरिकताको सिफारिसमा नै १ लाख ३५ हजार रुपैयाँ घुस !
काठमाडौं । नेपाली नागरिकले जन्मका आधारमा नागरिकता पाउने कानूनी प्रबन्ध छ । नागरिकता पाउने नेपाली नागरिकको जन्मसिद्ध अधिकार हो । नागरिकताको सिफारिसका लागि स्थानीय निकायले केही सामान्य शूल्क तोकेको हुन्छ ।
तर, स्याङ्जा जिल्लाको एक नगरपालिकाका वडाध्यक्ष र वडा सदस्यले नागरिकता बनाइदिन्छु भनी रु एक लाख ३५ हजार घुस लिएको फेला परेको छ । स्याङ्जाको भीरकोट नगरपालिका–९ का वडाअध्यक्ष भीमबहादुर गुरुङ र वडा सदस्य कुलबहादुर गुरुङले सेवाग्राहीसँग नागरिकता बनाइदिन्छु भनेर घुस लिएको पाइएको हो ।
वडाध्यक्ष भीमबहादुरले आर्थिक प्रलोभनमा परी दोहोरो नागरिकता बनाउन झुठो विवरणका आधारमा बद्नियत तरिकाले गलत सिफारिस गरेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
आयोगले आज वडाध्यक्ष भीमबहादुरविरुद्ध बिगोअनुसारको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।
सरकारले बनायाे सामुदायिक विद्यालयका लागि यस्तो कार्यविधि!
काठमाडौं । सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले आफैंले कमाएर अध्ययन गर्न पाउने गरी कार्यविधि तयार पारेको छ ।
स्वआर्जन गरी अध्ययन गर्न चाहने र गरिबीको कारणबाट आय आर्जन गरी पढ्नुपर्ने अवस्थाका विद्यार्थीलाई लक्षित गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन कार्यविधि, २०७८ तयार पारेको हो ।
विद्यार्थीमा उद्यमशीलता, स्वावलम्बन, प्राविधिक सीप तथा व्यावसायिक सोच विकास गरी आत्मनिर्भर बनाउने उद्देश्य कार्यविधिले राखेको छ ।
कार्यविधिमा उल्लेख भएअनुसार कृषि (बाली विज्ञान-पशु विज्ञान-वागबानी), इन्जिनियरिङ (सिभिल-इलेक्ट्रिकल-कम्प्युटर), पर्यटन तथा हस्पिटालिटी, वन तथा वातावरण, निर्माण, अटोमोबाइल, व्यवसायिक कीट (मौरी पालन च्याउ र रेसम खेती) लगायतका क्षेत्रमा यो कार्यक्रम सञ्चालन गरिने छ ।
कार्यक्रम सञ्चालनका लागि छनोट भएका विद्यालयलाई सम्बन्धित स्थानीय तहमार्फत पेश गरेको प्रस्ताव र आवश्यकताका आधारमा सशर्त अनुदानको रूपमा रकम उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ ।
निर्वाचन आयोगमा सर्वदलीय बैठक हुँदै, स्थानीय चुनावको मिति पनि एजेण्डा
काठमाडौं । निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ । शुक्रबार बिहान ११ बजेदेखि सुरू हुने बैठकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने दलहरूलाई निमन्त्रणा गरिएको आयोगले जानकारी दिएको छ ।
प्रमुख आयुक्त दिनेश थपलियाका अनुसार माघ १२ मा तय गरिएको राष्ट्रियसभा निर्वाचन र हाल जारी मतदाता नामावली संकलनबारे दलहरूलाई जानकारी गराइने छ । साथै स्थानीय तहको मिति तय गर्नेबारे पनि बैठकमा छलफल हुनेछ ।
निर्वाचनको वातावरणका लागि सर्वदलीय बैठक आव्हान गरिएको आयोगले जनाएको छ ।
आयोगका पदाधिकारीले गत ९ पुसमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर १४ वैशाख र २२ वैशाखमा स्थानीय चुनाव गर्न प्रस्ताव गरेका थिए । तर, सरकारले त्यसबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन ।
निर्वाचन सार्न सकिने सम्भावना र कानूनी तथा संवैधानिक प्राबधानका विषयमा सरकारले चासो राखेको बताइन्छ । यद्यपि आयोगले चुनाव वैशाखभित्र गर्नैपर्ने अडान लिएको स्रोतले जनाएको छ ।
सरकारले भने स्थानीय तहको तेस्रो चरणको चुनाव २०७४ असोजमा भएकाले असोजलाई ५ वर्ष मानेर चुनाव गर्न सकिने उपाय खोजेको छ । त्यसो गर्दा स्थानीय चुनाव एक वर्ष धकेलिन सक्छ । आयोगले र नेकपा एमालेले भने वैशाखलाई ५ वर्ष मान्नुपर्ने भनेका छन् ।
२०७४ को वैशाख र असारमा स्थानीय चुनाव भएको थियो ।
Next Page » « Previous Pageताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा