२०८३ असार १२ शुक्रबार

गोविन्द मगर साउदी अरेबियाबाट १७ वर्षपछि पक्राउ!!

काठमाडौं । इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएका फरार उदयपुर बेलका नगरपालिका–६ का ४० वर्षका गोविन्द मगर साउदी अरेबियाबाट १७ वर्षपछि पक्राउ परेका छन् ।

कर्तव्य ज्यान मुद्दामा फरार रहेका मगरलाई साउदी अरेबियामा पक्राउ गरेपछि सम्बन्धित कसूरमा कारवाही गर्न प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी बुधबार नेपाल ल्याएको हो ।

मगरले २०६१ मंसिर १३ गते मानबहादुर तामाङको हत्या गरेको मुद्दामा जिल्ला अदालत उदयपुरबाट पक्राउ अनुमति पाएर प्रहरीले उनीमाथि रेड कर्नर नोटिस जारी गरेको थियो ।

अदालतबाट अनुमति पाएपछि ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको अनुरोधमा प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखामार्फत ईन्टरपोल महासचिवालयबाट अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउको लागि २०७७ माघ २६ गते उनीमाथी नोटिस जारी गरेको थियो ।

मगरलाई आवश्यक कानुनी कारबाहीका लागि ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला उदयपुरलाई बुझाइएको प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाले जनाएको छ ।

भक्तपुरमा ट्याटु खोपाउन गएका एक पुरूषको मृत्यु ‼️

भक्तपुरमा ट्याटु खोपाउन गएका एक पुरूषको मृत्यु भएको छ।

बुधबार मध्यपुरथिमी नगरपालिका-१ लोकन्थली घर भई काठमाडौंको कोटेश्वर बस्ने ३३ वर्षीय बिराज खड्काको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

उनी गएराति साढे ९ बजे लोकन्थली मनहरा आँखा अस्पताल नजिकै रहेको आरूष मल्लले सञ्चालन गरेको इन्क ट्याटुमा ट्याटु खोपाउन गएका थिए। उनी त्यहाँ पुग्दा अरू ग्राहकहरूले पनि ट्याटु खोपिरहेका थिए। अरूले नै ट्याटु खोपिरहेको हुँदा उनी त्यहाँ पालो कुरिरहेका थिए।

प्रहरी नायब उपरीक्षक पाण्डेका अनुसार ट्याटु सञ्चालक आरूष र खड्काबीच सामान्य चिनजान पनि थियो।

‘रातितिर ट्याटु खोपाउन भनेर गएका थिए। त्यहाँ अरू पनि ट्याटु हानिरहेका थिए,’ पाण्डेले भने, ‘खड्काको पालो आइसकेको थिएन। उनी कुर्दाकुर्दै बेहोस भएका रहेछन्।’बेहोस भएपछि आरूषले तत्कालै नजिकै रहेका खड्काको परिवारलाई सम्पर्क गरेको पाण्डेले बताए।

त्यसपछि खड्कालाई तत्कालै केएमसी अस्पताल सिनामंगलमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा उनको मध्यराति सवा १२ बजे मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

Twin panda cubs meet visitors at zoo in Japan

Twin panda cubs appeared in front of visitors for the first time on Wednesday at Ueno Zoological Gardens in Tokyo, Japan, with the visitors divided into small groups that entered the panda quarters one by one and stayed for one minute.

The twins, male cub Xiao Xiao and his sister Lei Lei, were born at the zoo last June and will be displayed only for two hours a day from Wednesday to Friday, so they can be seen by roughly 3,000 visitors who were selected from a competitive lottery last December.

“A total of 817 people came to see the panda cubs from 10 am to 12 am in the morning and all enjoyed themselves,” a staffer from Ueno Zoological Gardens told the Global Times on Wednesday.

A netizen named Suga posted a clip on Twitter, showing one cub sitting with its back to a tree playing with bamboo while the other cub tries to climb up the tree. “I’m so lucky to have been chosen! The cubs are super super cute!” Suga said.

The video has been viewed nearly 6,000 times as of press time with numerous netizens expressing their admiration for the energetic cubs and envy toward Suga.

“I know one minute is a little bit short. But the arrangement was made to make sure everyone could have time to see the cubs,” the staffer explained.

Ueno Zoological Gardens opened for the twin pandas from Wednesday to Friday after being temporarily closed on Tuesday due to the rapid spread of COVID-19 in Tokyo.

Xiao Xiao and Lei Lei are the first twin pandas born at Ueno Zoological Gardens. Their mother Zhen Zhen and father Li Li came to the zoo from China in 2016.

विश्वकै कम शक्तिशाली पासपोर्टको सूचीमा नेपालको पासपोर्ट

जुन देशले सबैभन्दा बढी मुलुकमा अन एराइभल भिसा पाउँछ यसैलाई आधार मान्दै गरिएको सर्वे अनुरूप विश्वकै सबैभन्दा कमजोर सूचीमा नेपाली पासपोर्ट परेको छ ।

बेलायतस्थित विश्वव्यापी नागरिकता तथा आवास परामर्शदाता कम्वनी हेन्ली एण्ड पार्टनर्सले सार्वजनिक गरेको सूची अनुसार नेपालको पासपोर्ट सबैभन्दा कमजोरको सूचीमा पारेको हो ।अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए) को तथ्यांकअनुसार सन् २०२२ का लागि सबैभन्दा शक्तिशाली पासपोर्ट जापानको छानिएको हो । उक्त सूचीअनुसार नेपालको पासपोर्ट विश्वको सातौं सबैभन्दा कमजोर पासपोर्टको रुपमा देखिएको छ । नेपालको पासपोर्टबाट ३७ देशमा मात्रै यात्रा गर्दा अनअराइभल भिसा उपलब्ध हुन्छ ।सबैभन्दा कमजोर पासपोर्ट अफगानिस्तानको छ । अफगानिस्तानको पासपोर्टबाट २६ ओटा मुलुकमा अनअराइभल भिसा वा भिसा फ्री व्यवस्था छ ।सबैभन्दा कमजोर पासपोर्टको दोस्रो स्थानमा इराक र तेस्रो स्थानमा सिरिया छ। त्यस्तै चौथोमा पाकिस्तान, पाँचौँमा यमन, छैटौंमा सोमालिया छ। सातौं स्थानमा नेपालसँगै प्यालेस्टाइन टेरिटोरिज पनि छ । सूचीअनुसार नेपालको पासपोर्ट उत्तर कोरियाको पास पोर्टभन्दा पनि कमजोर देखिएको छ । उत्तर कोरियाको पासपोर्टबाट विश्वका ३९ देशमा अगाडि नै भिसा नलगाई यात्रा गर्न सकिन्छ ।सबैभन्दा शक्तिशाली पासपोर्ट जापान र सिंगापुरका छन् । यी दुई मुलुकको पासपोर्टबाट विश्वका १९२ मुलुकको यात्रा अगाडि भिसा लगाइरहनु पर्दैन ।सूचीको दोस्रो स्थानमा जर्मनी र दक्षिण कोरिया छन् । यी दुई मुलुकबाट विश्वका १९० मुलुकमा यात्रा गर्दा अगाडि नै भिसा लगाउनुपर्ने आवश्यकता हुँदैन ।

सन् २००६ देखि हेन्ली एण्ड पार्टनर्स कम्पनीले निरन्तर विश्वका शक्तिशाली पासपोर्टको सूची सार्वजनिक गर्दै आएको छ ।

2 COVID-19 deaths reported Tuesday, 3,075 test positive !

Nepal reported two COVID-19 deaths on Tuesday as the pandemic continues to take lives across the country. The total death toll has now reached 11,609.

The country also reported 3,075 new cases in the past 24 hours including 627 from antigen tests taking the total number of cases to 838,375. Similarly, 278 persons have recovered in the past 24 hours. The total number of active cases has surged to 11,690.

A total of 9,051 PCR tests and 3,985 antigen tests have been conducted in the past 24 hours taking the total number of tests to 4,957,288 PCR and 869,213 antigen tests across the country until now.

मल खरिदमा लाखौंको घोटाला: अख्तियारद्वारा साल्ट ट्रेडिङ सल्यानका इन्चार्जविरुद्ध मुद्धा दायर!!

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानस्थित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको मल बिक्री केन्द्रमा कार्यरत तत्कालीन जुनियर सहायक विजयकुमार पासवानविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पासवानले रासायनिक मल खरिदमा मलको नियमानुसार हिसाब किताब नराखी सार्वजनिक सम्पत्तिको हिनामिना गरेको अनुसन्धानमा खुलेको ठहर गर्दै अख्तियारले आज विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अख्तियारका अनुसार सल्यान मल बिक्री केन्द्रका इन्चार्ज पासवानले मल बिक्रीको रकम आधिकारिक खातामा दाखिला नगरी आफुखुशी व्यक्तिगत खातामा रकम जम्मा गरी सार्वजनिक संस्थाको सम्पत्ति १८ लाख ७६ हजार ६४४ बराबरको मल हिनामिना गरेका थिए।
पासवानलाई भ्रष्टाचार ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम अठार लाख छयहत्तर हजार छ सय चौसठ्ठी रुपैयाँ बिगो मागदावी गरिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ।

यसअघि पनि अख्तियाले गुणस्तरहिन डिएपी मल खरिद गरि सोझा कृषकलाई मारमा परेको भन्दै कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध संचालक नेत्र बहादुर भण्डारी, आपुर्तिकर्ता कम्पनीलगायत १२ जना व्यक्तिहरुबिरुद्ध १ अर्ब ५३ लाख रुपैया मागदावीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

स्थानीय तह निर्वाचनको मिति तोक्न आयोगले बोलायो सर्वदलीय बैठक!

काठमाडौं,२८ पुस । स्थानीय तहको निर्वाचनको मिति तोक्ने सहितका विषयमा छलफल गर्न निर्वाचन आयोगले सर्वदलीय बैठक आह्वान गरेको छ ।

बैकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने करिब १६ दललाई निमन्त्रणा गरिएको छ । आयोगका प्रमुख आयुक्त दिनेश थपलीयाले शुक्रबार दलहरूसँग परामर्श गर्न बैठक आह्वान गरेको जानकारी दिए ।

प्रमुख आयुक्त थपलियाका अनुसार आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचन र हाल जारी रहेको मतदाता नामावली संकलनबारे जानकारी गराउने तथा स्थानीय तहको मिति तय गर्नेबारे बैठकमा छलफल हुने छ ।

आयोगका पदाधिकारीले गत ९ पुसमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर १४ वैशाख र २२ वैशाखमा स्थानीय चुनाव गर्न प्रस्ताव गरेका थिए । तर, सरकारले त्यसबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन् ।

२०७४ को वैशाख र असारमा स्थानीय चुनाव भएको थियो । त्यतिवेला निर्वाचित जनप्रतिनिधिको कार्यकाल आगामी ५ जेठ मा सकिँदै छ । म्याद सकिन लागेकाले स्थानीय तहमा निर्वाचनको तयारीमा नेताहरु जुटिसकेका छन् ।

श्रीमती मारी आगो लगाई सात(७) बर्षदेखि फरार श्रीमान पक्राउ!!

**श्रीमती मारी आगो लगाई सात(७) बर्षदेखि फरार श्रीमान पक्राउ*

घट्नाको संक्षिप्त विवरण:-
मिति २०७१।११।३० गते बेलुकाको समयमा मृतक किशलावती चमारलाई साथमा लिई ससुरालमा आएका भारत जिल्ला सिद्धार्थनगर तहशिल नौगढ धन्सा ग्राम बस्ने बर्ष अं.२३(हाल ३० वर्ष) को मुलायम चमार समेत खाना खाई निज मुलायम चमार र किस्लावती चमार (छोरी ज्वाई) घरमासँगै सुतेकोमा निजको बाबु सुखराम चमार गोठमा सुत्न गएकोमा राती निजको छोरी किस्लावती चमारलाई श्रीनगर गाँउको दक्षिण पश्चिम झिन्कन आरखको रहरको खेतमा लगी कर्तव्य गरी मारी आगो समेत लगाई घटना पश्चात भागी गएका मुलायम चमार भन्ने सिकन्दर चमारलाई गोप्य सुचनाको आधारमा खोजतलास गर्दै जादाँ यस कार्यालयबाट प्र.ना.उ.धर्मराज भण्डारीको कमाण्डमा खटिएको प्रहरी टोलीले मिति २०७८।०९।२७ गते अं.२२:३० बजेको समयमा जिल्ला कपिलवस्तु यशोधरा गाँउपालिका वडा नं.-६ रंगपुर स्थितबाट नेपालतर्फ शंकास्पद तरिकाले आउदै गरेको अवस्थामा फेला पारी निजलाई नियन्त्रणमा लिई कर्तन्य ज्यान मुद्दामा आवश्यक अनुसन्धान कार्य भैरहेको ।

मृतकको नाम थर :- किशलावती चमार
उमेर :-अं.२१ बर्ष
वतन :- जिल्ला कपिलवस्तु साबिक भिल्मी गा.बि.स.वडा नं.-९ हाल ऐ कृष्णनगर न.पा.वडा नं.-६ श्रीनगर ।
घट्ना मिति :- २०७१।१२।०१ गते ।
घट्नास्थल :-जिल्ला कपिलवस्तु साबिक भिल्मी गा.बि.स.वडा नं.-९ हाल ऐ कृष्णनगर न.पा.वडा नं.-६ श्रीनगर गाँउको दक्षिण पश्चिम झिन्कन आरखको रहरको खेत ।

पक्राउ परेका प्रतिवादीको नाम थर वतन:-
१.भारत जिल्ला सिद्धार्थनगर तहसिल नौगढ ग्राम धन्सा बस्ने जयराम चमारको छोरा बर्ष अ.२३ (हाल ३०बर्ष) को मुलायम चमार भन्ने सिकन्दर चमार ।

निज सिकन्दर चमारको साथबाट बरामद गरिएका सामाग्रीहरु
क) उत्तर प्रदेश प्रान्तिय रक्षक दल महानिर्देशनालयको सिकन्दर लेखिएको परिचय पत्र ।
ख) नंम्बर प्लेट नभएको निलो R15 मो.सा. ।
ख) मोबाईल थान -२

मृतकका बाबु (जाहेरवाला) सुखराम चमारले निज प्रतिवादी पक्राउ परेपछि घटनाको सम्बन्धमा बताएका कुराहरु:-
मिति २०७१।११।३० गते राति ससुराल आएका छोरी ज्वाइलाई खाना खुवाई,विस्तारा लगाइ दिई घरमा सुताई आफु गोठमा सुत्न गएको थिएँ । भोली बिहान २०७१।१२।०१ गते बिहान ५:५० बजे उठ्दा घर देखि अन्दाजी ३०० मिटर टाढा रहेको रहरको खेतमा काटिएको र जलाएको अवस्थामा छोरीको लाश फेला परेको भनि गाऊँलेहरूले फोन गरेर जानकारी गराएका थिए । लाश फेला परेको २ दिन पछि मात्रै छोरीको काटिएको खुट्टा कुकुरले लगिरहेको अवस्थमा फेला पारेका थियौँ । घटना लगत्तै निज मुलायम चमारको बारेमा बुझ्दा भारत शिद्धार्थनगर स्थित बडहरा गाउँमा आफ्नी बहिनीको घरमा लुकी बसेको भन्ने बुझिए पश्चात जाँदा निज फरार भईसकेका थिए । घटना हुनुको खास कारण निज मुलायम चमारको परस्त्रीसँग सम्बन्धमा रहेको घटना पश्चात थाहा भएको थियो भने मेरो छोरीको निज मुलायम चमार भन्ने सिकन्दर चमार सँग विवाह भएको २ बर्ष मात्र भएको थियो ।

मिति २०७८।०९।२८ गते ।

बढ्ने भयो दूधको भाउ !!!

राष्ट्रिय दुग्ध विकास बोर्डले हाल कायम रहेको प्रशोधित दूधको मूल्यमा १० रुपैयाँ वृद्धि गरी ८६ रुपैयाँ कामय गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको छ। बोर्डले गठन गरेको दूधको मूल्य निर्धारण सिफारिस समितिले तयार पारेको प्रतिवेदन अनुसार हाल दूधको मूल्य ७६ रुपैयाँ रहेको र त्यसमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरी लिटरको ८६ रुपैयाँ बनाइएको छ। कृषि मन्त्री महिन्द्र राय यादवले बार्डले मूल्य सिफारिस गरेको र त्यसमा छलफल गरी मूल्य निर्धारण गरिने बताए ।

मन्त्रालय स्रोतका अनुसार हालको उपभोक्ता मूल्य ७६ रुपैयाँ प्रति लिटरममा १० रुपैयाँ बढाई त्यसको ७० प्रतिशतले हुन आउने सात रुपैयाँ प्रति लिटर कृषकलाई र ३० प्रतिशतले हुन आउने तीन रुपैयाँ प्रति लिटर उद्योगीलाई जाने गरी वृद्धि गर्नुपर्ने देखिएको अध्ययन समितिले सिफारिस भएको खबर गोरखापत्रमा छ ।

लामो समयदेखि विवादमा अल्झिएको गैरआवासीय नेपाली संघको निर्वाचन गर्न बाटो खुलेको छ।

लामो समयदेखि विवादमा अल्झिएको गैरआवासीय नेपाली संघको निर्वाचन गर्न बाटो खुलेको छ। १० औं महाधिवेशनको लागि प्रतिनिधि विवादमा भएको लामो किचलो साम्य पार्न संघभित्र सहमति जुटेपछि निर्वाचन हुने निश्चित भएको हो।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तद्धारा गठित विवाद समाधान उपसमितिले ७ बुँदे सहमति गर्दै विवादलाई टुंग्गोमा पुर्याउको हो। सहमति पत्रका अध्यक्षका प्रत्यासी डा बद्री केसी, रविना थापा र अर्का प्रत्यासी कुल आचार्यको तर्फबाट समितिका सदस्य डा यादव पण्डितले हस्ताक्षर गरेका छन्।

नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ र एनआरएनए बेल्जियमका पूर्वसभापति गंगाधर गौतमले सहजकर्ताको रुपमा रहेर सो सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

प्राविधिक रुपमा संघका राष्ट्रिय समितिमा रहेरका पूर्वपदाधिकारीहरु, पूर्वअध्यक्षहरु, आइसीसी सदस्यहरुको नाम महाधिवेशन प्रतिनिधिमा छुटेको भए संघको विधि र विधानमा रहेर महाधिवेशन प्रतिनिधिको रुपमा समावेश गर्ने, महाधिवेशन प्रतिनिधिहरुको नाम सहमति भएर आएका देशको नामावली संघभित्र मतदाता नामावलीमा समावेश गर्ने, अगष्ट १५ पछि कसैको नाम महाधिवेशन प्रतिनिधि समावेश भएको भए रद्ध गर्ने, संघको निर्वाचन सम्पन्न गर्न अनुगमन तथा सुपरिवेक्षण गर्न ५ सदस्यीय निर्वाचन अनुगमन समिति गठन गर्ने लगायतका विषयमा संघभित्र सहमति जुटेको हो।

सहमति पत्रमा विवाद मिलाउन गठित उपसमितिका ५ सदस्य मध्ये ४ जनाले हस्ताक्षर गरेका छन्। हस्ताक्षर गर्नेमा गौरीराज जोशी, डा यादव पण्डित, डिबी क्षेत्री र नारायण थापा रहेका छन्। सहमति अनुरुप संघको निर्वाचन फेबुअरी ८ र ९ तारिख गर्ने कार्यतालिका तय भएको छ।

संघको गत अक्टोबरमा हुने भनिएको निर्वाचन मन्त्रालयको हस्तक्षेपपछि रोकिएको थियो। पाटन उच्च अदालतले मन्त्रालयको पत्र खारेज गरिदिएपछि संघको निर्वाचन प्रकृयाअघि बढेको हो। संघको नयाँ नेतृत्वको लागि संघका उपाध्यक्षद्वय डा बद्री केसी, रविना थापा र सल्लाहकार कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन्।

संघको केन्द्रीय सदस्यहरुको निर्वाचन राष्ट्रिय समिति मार्फत यसअघिनै सम्पन्न भए पनि क्षेत्रीय पदाधिकारी सहित ५१ पदको लागि निर्वाचन हुन बाँकी रहेको छ।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय