पूर्व राजा ज्ञानेन्द्रले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने
काठमाडौं: पूर्वाराजा ज्ञानेन्द्र शाह पृथ्वी जयन्तीको अवसरमा सिंहदरवारको मूल गेटस्थित पृथ्वी नारायण शाहको शालिकमा मल्यार्पण गर्ने भएका छन्। पूर्वराजाका संवाद सचिव फणिराज पाठकका अनुसार पुस २७ गते अपरान्ह साढे १२ बजे मल्यार्पण गर्ने कार्यक्रम रहेको छ।
महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव ३००औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अर्थात् पुस २७ गते मंगलबार दिनको १२:३० बजे सिंहदरवारको मूल गेट अगाडि रहेको श्री ५ बडामहाराजधिराज पृथ्वी नाराषण शाहको शालिकमा माल्यार्पण गर्न सवारी होइबक्सने कार्यक्रम रहेको छ,’ पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
भोलिदेखि नै देशभरका सबै विद्यालय बन्द हुने
काठमाडौं । भोलिदेखि देशभरका सबै विद्यालय बन्द हुने भएका छन् ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पुस २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने सीसीएमसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।
कोरोनाको संक्रमण बढेपछि सीसीएमसीले विद्यालयहरु माघ १५ गतेसम्म बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो ।
सो सिफारिस सार्वजनिक भएपछि आज शिक्षा मन्त्रालयका अधिकारीहरु छलफलमा बसेका थिए ।
कक्षा १ देखि १२ सम्म र सीटीईभीटीअन्तर्गतका कक्षा पुस २७ देखि माघ १५ सम्म बन्द गर्ने निर्णय शिक्षा मन्त्रालयले गरेको हो ।
भौतिक उपस्थितिमा सञ्चालन हुने कक्षा बन्द गरिएपछि वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गरिने मन्त्रालयले जनाएकोछ ।
बिदाकै अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षभन्दा माथिका सबै उमेर समूह र पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकलाई खोप उपलब्ध गराउन पनि सिफारिस गरिएको छ ।

विद्यालय बन्दको मोडालिटीसहितको पूर्ण जानकारीसहितको सूचना मन्त्रालयले जारी गर्ने तयारी गरेको छ ।
विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित सेमेस्टर र वार्षिक परीक्षा जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना हुने गरी सञ्चालन, परीक्षा केन्द्रमा मास्क र सेनिटाइजरको प्रयोग र भौतिक दूरीको प्रावधान कडाइका साथ परिपालना गराउने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरिएको थियो ।
भोलिदेखि देशभरका सबै विद्यालय बन्द ।।
काठमाडौं । भोलिदेखि देशभरका सबै विद्यालय बन्द हुने भएका छन् ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पुस २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने सीसीएमसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।
कोरोनाको संक्रमण बढेपछि सीसीएमसीले विद्यालयहरु माघ १५ गतेसम्म बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो ।
सो सिफारिस सार्वजनिक भएपछि आज शिक्षा मन्त्रालयका अधिकारीहरु छलफलमा बसेका थिए ।

कक्षा १ देखि १२ सम्म र सीटीईभीटीअन्तर्गतका कक्षा पुस २७ देखि माघ १५ सम्म बन्द गर्ने निर्णय शिक्षा मन्त्रालयले गरेको हो ।
भौतिक उपस्थितिमा सञ्चालन हुने कक्षा बन्द गरिएपछि वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गरिने मन्त्रालयले जनाएको छ ।
बिदाकै अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षभन्दा माथिका सबै उमेर समूह र पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकलाई खोप उपलब्ध गराउन पनि सिफारिस गरिएको छ ।
विद्यालय बन्दको मोडालिटीसहितको पूर्ण जानकारीसहितको सूचना मन्त्रालयले जारी गर्ने तयारी गरेको छ ।
विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित सेमेस्टर र वार्षिक परीक्षा जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना हुने गरी सञ्चालन, परीक्षा केन्द्रमा मास्क र सेनिटाइजरको प्रयोग र भौतिक दूरीको प्रावधान कडाइका साथ परिपालना गराउने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरिएको थियो ।
बागलुङकाे एमाले अध्यक्षमा हीराबहादुर केसी विजयी
बागलुङ । नेकपा (एमाले) काे बागलुङ अध्यक्षमा हीराबहादुर केसी विजयी भएका छन् । केसी पार्टीकाे नवाैं जिल्ला अधिवेशनबाट अध्यक्षमा विजयी भएका हुन् । केसीले ३२९ मत प्राप्त गरे ।
यसैगरी कृष्ण पाठकले २२८ र मेहरसिंह पाइजाले ३४ मत पाए। उपाध्यक्षमा लक्ष्मण पुन, सचिवमा विष्णु भुसाल, उपसचिवमा गणेश थापा र डम्मरबहादुर श्रीस विजयी भएका छन् । अधिवेशनमा अध्यक्ष, उपसचिव र खुल्ला पुरुष सदस्य गरी जम्मा ३० पदमा मात्रै निर्वाचन भएको थियो।
बाँके : बाघ नियन्त्रणमा नआउँदा राप्ती सोनारीका नागरिक त्रसित।।
बाँके – बाँकेको राप्तीसोनारी गाउँपालिकामा आतङ्क मच्चाइरहेको बाघलाई नियन्त्रणमा लिन नसक्दा स्थानीय बासिन्दा त्रसित भएका छन् । बाघले दिनहुँ आतङ्क मच्चाइरहेको छ ।
बाघले दुई दिनकाे अन्तरालमा राप्तीसोनारीमा दुई महिलाको ज्यान लिनुका साथै स्थानीयवासीलाई आक्रमणकाे प्रयास गरेको जनाइएको छ ।
राप्तीसोनारी –६ फत्तेपुरका लालबहादुर थापाले बाघले विगत एक हप्तादेखि राप्तीपारीमा रहेकाे बैजापुर, बिनौना र फत्तेपुरको जङ्गलभित्र मान्छे र पशु चौपायामाथि निरन्तर आक्रमण गर्दै आएको जानकारी दिनुभयो । बाघको शृङ्खलाबद्ध आक्रमण नरोकिएपछि राप्तीपारीका स्थानीय बासिन्दा अहिले निकै त्रसित भएका छन् ।
बाघको आक्रमणबाट शनिवार राप्तीसोनारी–६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारु र बिहीवार राप्तीसोनारी ४ पर्सोनाकी ५३ वर्षीया लिला विष्टको ज्यान गएकाे थियाे । बाघको आक्रमणबाट बाँकेमा तीन महिनायता चार जनाको ज्यान गइसकेको छ । यसअघि राप्तीसोनारी–१ गाभर र नरैनापुरमा एक/एक जनाको ज्यान गएकाे थियाे । बाघको निगरानी गर्न बाँके राष्ट्रिय निकुञ्जले तीन दिनयतादेखि राप्तीपारी क्षेत्रमा दुई हात्तीसहित कर्मचारी तथा सुरक्षाकर्मी परिचालन गरेको छ । बाघले आतङ्क मच्चाइरहेको ठाउँ राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रअन्तर्गत पर्ने भएकाले डिभिजन वन कार्यालय बाँकेका कर्मचारी पनि परिचालित भएका छन् ।
राप्तीसोनारी–५ का वडाध्यक्ष झगरु थारुले बाघलाई नियन्त्रणमा आउन नसक्दा नागरिकमा त्रास फैलिएको बताउनुभयो । धेरैजसाे नागरिक कृषि पेसामा आबद्ध रहेकाले वन, जङ्गलभित्र प्रवेश गर्नु उनीहरुको बाध्यता रहेको वडाध्यक्ष थारुको भनाइ छ ।
राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बाघलाई चाँडोभन्दा चाँडो नियन्त्रणमा लिएर जनतालाई त्रासमुक्त गर्न आफूले सम्बन्धित निकायसँग बारम्बार आग्रह गरिरहेको बताउनुभयो ।
कालिज मार्न जाँदा आफ्नै साथीलाई लाग्यो गोली,गयो ज्यान, समातिए ६ जना ।
वालिङ ,पुस २५ गते :
स्याङ्जाको आँधीखोलामा आफ्नै साथीको हत्यामा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । गएको मंगलबार आँधीखोला १ को कालिखर्क जंगलमा बन कुखुरा मार्न गएका ७ जना मध्ये एक जनाको ज्यान गएको थियो । अवैध भरुवा बन्दुक सहित जंगल गएकाहरु मध्ये आँधीखोला १ का २७ बर्षीय मनोज बिकको गोली लागेर घटनास्थलमा नै मृत्यु भएको प्रहरीको भनाई छ ।
घटना लगत्तै आँधीखोला १ का सूर्य भीम बहादुर सुनार, सुनिल बिक,रेवत पौडेल, धन बहादुर बिक पक्राउ परेका थिए । घटना पश्चात फरार रहेका थप दुई जनालाई रुपन्देहीको बुटवल बसपार्कबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुशार फुननारायण अधिकारी र साजन कामीलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका ६ जनालाई नै जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्धा दर्ता गरी अनुसन्धान शुरु गरिएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।
पार्टीको विश्वास र मतदाताको माया सम्झेर उम्मेदवारी दिए : सुनार ।
गुल्मी । राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार कृष्ण सुनारले आफुलाई विजयी बनाउन सबै मतदातालाई अपिल गरेका छन् ।
तम्घासमा पत्रकार भेटघाट गर्दै उनले दलित समुदायको मुद्दालाई स्थापित गराउने र नागरिकको जनजिविकाको स्थितिमा सुधार ल्याउनका लागि सहयोग गर्न मतदातालाई अपिल गरे । उनले गठबन्धनका कारण परिणाममा जोखिम देख्दा पनि पार्टीको विश्वास र मतदाताको सहयोग सम्झेर उम्मेदवारी दिएको बताए ।
उनले अहिलेको स्थितिमा केही मत कम भएपनि मतदाताको माया र विश्वासले विजयी हुने दाबी गरे । आफुलाई मतदान गर्न लुम्बिनी प्रदेशका प्रदेश सभाका सदस्य, समन्वय समितिका प्रमुख/उपप्रमुख र पालिकाका प्रमुख/उपप्रमुखलाई आग्रह गरे ।
व्यक्तिगत जीवन सधै राजनीति र समाजसेवामा समर्पित गरेको अवस्थामा जातिय हिसाबले दलित र जातीय छुवाछूतको न्यूनीकरण र नागरिक भएर बाच्ने अवस्था सिर्जना गर्न आफुले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने सुनारले बिश्वपाटिलाई बताए ।
माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय
काठमाडौं । कोभिड-१९ संक्रमण रोकथामका लागि भन्दै आज बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
प्रेसलाई यस्तो जानकारी दिएकी हुन् । भोलिदेखि नै लागू हुने गरी शैक्षिक संस्थाबारे यस्तो निर्णय गरेको जानकारी उनले दिइन् ।
अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने गरी भीड रोक्नसमेत गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको समेत उनले जनाइन् ।
माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने भएको छ । सीमानाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ ।
भीडभाड हुने सार्वजनिक स्थलमा एन्टीजेन बुथ राख्ने निर्णय पनि सीसीएमसी बैठकले गरेको छ । साथै, बैठकले राजनीतिक कार्यक्रम र मेला महोत्सव नगर्न समेत आग्रह गरेको छ । गर्नेपरे स्थानिय प्रशासनको अनुमति पनि आवश्यक पर्ने भएको छ ।
सीमानाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ ।



परीक्षाको तालिका सार्वजनिक भैसकेका शिक्षण संस्थाको हकमा सामाजिक दूरी कायम गर्दै परीक्षा संचालन गर्ने निर्णय पनि भएको छ । आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइ यात्रुको चाप नहुने गरी उडान तालिका बनाउन पर्यटन मन्त्रालयलाई आग्रह गर्ने निर्णय पनि भएको छ ।
२०७८ सालमा आएको स्मार्ट लकडाउन कार्यविधिलाई कार्यान्वयनमा लैजान डीसीसीएमसीलाई आग्रह गर्ने निर्णय पनि भएको छ । प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा आज सीसीएमसी बैठक बसेको थियो ।
ओमिक्रोन भेरिएन्ट : विद्यालय बन्द गर्नबारे सिसिएमसिसी छलफल
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सिसिएमसिसी० व्यवस्थापन समितिको बैठकमा विद्यालय बन्द गर्नबारे छलफल भएको छ।ओमिक्रोन भेरिएन्टको संक्रमण बढ्न थालेपछि आइतबार बसेको सिसिएमसिसी व्यवस्थापनको बैठकमा विद्यालय बन्द गर्नबारे छलफल भएको हो। सिसिएमसिसीकी प्रवक्ता सुनिता नेपालले बैठकमा जाडो विदा लम्ब्याएर विद्यालय बन्द गर्नुका साथै अन्य विषयहरूमा छलफलमा भएको जानकारी दिइन्।
१८ वर्षमूनिका सबै बालबालिकालाई खोप दिन सकिएको छैन, माघ महिनाभित्र यस उमेर समूहका बालबालिकालाई खोप दिने लक्ष्य लिइएको छ,’ नेपालले आयोमेलसँग भनिन्,‘कतिपय विद्यालयहरू जाडो विदामा गइसकेको छ। कतिपय जाने तयारीमा छ। जाडो विदा लम्ब्याएर यस अवधिमा बालबालिकालाई खोप दिने विषयमा बैठकमा छलफल भएको छ।’नेपालले छलफलमा उठेका कतिपय निर्णय सिसिएमसिसी व्यवस्थापन समितिबाटै लागू गर्न सकिए पनि विद्यालय बन्द गर्ने जस्ता नीतिगत निर्णय नेपाल सरकारबाटै गर्नुपर्ने बताएकी छिन्।
जाडो विदा लम्ब्याएर १८ वर्षमुनिका सबै बालबालिकालाई खोपका लागि सदुपयोग गर्ने विषयमा बैठकमा छलफल भएको नेपालले जानकारी दिइन्।यो व्यवस्थापनको बैठक भएकोले विद्यालयमा विदा दिने निर्णय मन्त्रिपरिषदबाटै स्वीकृत गराउनुपर्ने उनले बताइन्।यसैगरी नाकामा कडाइ गर्नुका साथै नागरिकलाई कोरोनाको जोखिमबाट जोगिन स्वास्थ्यमापदण्ड पालना गर्न आग्रह गर्नबारे छलफल भएको उनले बताइन्।
१२ देखि १७ वर्षका बालबालिकालाई कोरोना खोप दिन आइतबारबाटमात्रै सुरू भएको छ।
धनुषामा लामो समयदेखि थन्किएको रेल गुड्यो!!!
जनकपुरधाम । धनुषाको इनरुवा स्टेशनमा लामो समयदेखि थन्किएको दुवै रेलको इन्जिन शनिबार परीक्षण गरिएको छ ।
खरिद गरिएको लामो समयपछि एकै स्थानमा राखिएकोले दुवै रेलको इन्जिनलाई शनिबार कुर्थासम्म गुडाएर पुराइएको हो ।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले लामो समयदेखि एकै स्थानमा राखिएको रेलको इन्जिन ट्रायलको लागि चलाएको बताए ।
खरिद गरेर नेपाल आएदेखि रेल नचलाउँदा दुबै रेलका इन्जिनका ब्याट्री, चक्काको पिस्टन, जेनरेटर खराब भएको थियो । शनिबार कुर्था ल्याउनुअघि दुबै रेलको इन्जिन मर्मतसम्भार गरिएको महाप्रबन्धक झाले बताए ।
Next Page » « Previous Pageताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा