२०८३ असार १२ शुक्रबार

प्रधानमन्त्री देउवा आइसोलेशनमा, भाेलि काेराेना परीक्षण गरिने

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि आइसोलेशनमा बस्नुभएको छ । 
प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँ आजदेखि आइसोलेशनमा बस्नुभएको हो । प्रधानमन्त्रीको कोभिड–१९ को परीक्षण आइतवार हुनेछ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना सङ्क्रमण भएपछि प्रधनमन्त्री देउवा आइसोलेशनमा बस्नुभएको हो । 
दुई दिनअघि बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा प्रचण्डसँगै सहभागी हुनुहुन्थ्यो ।
प्रचण्डमा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धनका शीर्ष नेतासमेत कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएको छ । 
माओवादीमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरू हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, रमेश मल्ललगायतमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।

धादिङ एमालेको अध्यक्षमा भूमि त्रिपाठी सर्वसम्मत!!

धादिङ, पुस २४ । नेकपा एमाले धादिङको अध्यक्षमा भूमि त्रिपाठी सर्वसम्मत चयन हुनुभएको छ । शुक्रवारबाट सुरु भएको ८ औँ जिल्ला अधिवेशनले त्रिपाठीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
बन्दसत्रसँगै आज भएको निर्वाचनका लागि अध्यक्षमा त्रिपाठीको मात्र मनोनयन दर्ता भएको हो । बि.स २०३६ सालदेखि विद्यार्थी राजनितिमा सक्रिय त्रिपाठी संघिय साम्सद समेत हुनुहुन्छ । अध्यक्ष बाहेकको पदमा भने आबश्यक पदमा धेरै सङख्यामा उम्मेदवारी परेकोले निर्वाचनको तयारी गरिएको निर्वाचन समितीका संयोजक उपेन्द्रसिंङ अधिकारीले जानकारी दिनुभयो ।
अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव र एक तिहाई महिला र समावेशीलाई समेटेर बन्ने १०५ सदस्यीय जिल्ला कमिटि चयन गर्ने छ । अधिवेशनको शुक्रबार उद्घाटन सत्र सकिएसँगै हाल बन्दसत्र जारी रहेको छ।

राष्ट्रियसभा चुनाव एमालेमाथि गर्ने प्रहारको अन्तिम किस्ता हो : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभाको आगामी निर्वाचनमा आफूहरूका लागि प्रतिकूल परिणाम आउन सक्ने भन्दै त्यो हिजोको जनमतको दुरुपयोग भएको बताएका छन् ।
‘१२ गतेको परिणाम हाम्रा लागि प्रतिकूल आउन सक्छ’, देशव्यापी जिल्ला अधिवेशनको उद्घाटन गर्दै ओलीले भने, ‘किनभने त्यो आजको जनमत र कुनै यथार्थ जनमत होेइन । आजभन्दा ४ वर्षअघि विभिन्न प्रवृत्तिलाई व्यस्थापन गर्न सीट बाँडेका थियौं ।’
ओलीले यो चुनाव हिजोको जनादेशबाट हुन लागेकाले यसबाट नआत्तिन कार्यकर्तालाई आग्रह गरे । ‘२ जना मान्छे तलमाथि पार्दा हाम्रो मान्छे हार्छ,’ ओलीले भने, ‘तर, अहिले पनि हामी अरु पार्टी भन्दा एक्लै मजबुत छौं । हिजोको जनमत दुरुपयोग गरेर राष्ट्रियसभाको परिणाम आउन सक्छ ।’
ओलीले राष्ट्रियसभाको निर्वाचन एमालेमाथिको अन्तिम प्रहार हुने समेत बताए । ‘सकारात्मक परिणाम आएन भनेर कुनै अन्यथा मान्नुपर्ने कारण छैन, किनभने यो पहिलेको जनमत हो,’ उनले भने, ‘एमालेमाथि प्रहारको यो अन्तिम किस्ता हो ।
ओलीले भने, ‘हाम्रो जनतमबाट निर्वाचित भएका थिए । तिनीहरूलाई बिगार्ने भत्काउने स्थितिबाट प्रतिक्रियावादीसँग साँठगाँठ गरेर कम्युनिष्ट आन्दोलन सिध्याउन केही तत्व लागे । ती दुई-तीन जना एकजना तलमाथि हुँदा हामी ५१ बाट ४९ मा झर्ने अवस्था आउला । तर, त्यो ताजा जनादेश होइन । सकारात्मक परिणाम आएन भनेर अनौंठो मान्नु पर्दैन । एमालेमाथि प्रतिगामी कित्ताबाट हुने अन्तिम किस्ताको प्रहार यो हो । तर ताजा जनादेशा जाँदा उनीहरुसँग यो हैसियत रहँदैन ।’

आँखा स्वस्थ र तेजिलो बनाई राख्ने उपायहरू:

हाम्रो आँखा अति कोमल तथा महत्वपूर्ण अंङग हो । यस्तो संवेदनशील अगलाई सफा, स्वस्थ र तेजिलो बनाईराख्नका लागि हामी सबैले निम्न उपायहरु अपनाउनु पर्दछ

क) आँखा सफा राख्न बिहान मुख धुँदा र राति सुत्नुभन्दा पहिले दुबै आँखा सफा पानीले धुनु पर्दछ । यसो गर्नाले आँखाभित्र परेको घुलो तथा फोहरबाट आँखा सफा राख्न र फोहोरका कारणबाट हुने संक्रमणजन्य तथा अन्य रोगहरुबाट बच्न सकिन्छ ।

ख) सबै आफ्नो छुट्टै मुख पुछ्ने रूमाल प्रयोग गर्नु पर्दछ । यसो गर्नाल अरुको आँखाको रोग आफूलाई सर्नबाट बच्नमा मद्दत पुग्दछ

ग) दिनहुँ हरियो सागपातको तरकारी र पहेंलो तथा रातो रंगका पाकेका फलफूल र तरकारी जस्तै मेवा, आँप, गाजर, केरा, भुईकटर आदि मध्ये दिनहुँ कुनै न कुनै कुरा खाने बानी गर्नु पर्दछ । यी पदार्थहरुमा प्रशस्त मात्रामा भिटामिन ए पाइन्छ । यसले आँखालाई स्वस्थ र तेजिलो बनाउँदछ ।

(घ) ज्यादा तेजिलो वस्तु, वेइल्डिङ गर्दा निस्कने प्रकाश तथा सूर्य ग्रहण हेर्नु हुँदैन । यस्ता कडा प्रकाशमा नांगो आँखाले हेर्दा विकीरणले आँखाको दृष्टि पर्दालाई स्थायी रूपमा हानि पुयाई दृष्टि गुम्न सक्दछ ।

ङ) आँखामा धूलो, कसिंगर वा अरु कुनै चीज परेमा आँखा माड्नु हुँदैन । बरू तुरुन्तै सफा पानीले सम्ररी छ्यापेर आँखा धुनु पर्दछ । यदि आँखा पखाल्दा आँखामा परेको मुस वा क़सिगर निस्केन भने नजीकको आँखा अस्पताल वा उपचार केन्द्रमा गई निकाल्नु पर्दछ आँखा माडेमा बाहिरी नानीमा घाउ भई फुलो परी आँखा बिग्रन सक्दछ ।

च)आँखामा कुनै पनि प्रकारको चोटपटक लागेमा, आँखा दुख्ने भएमा अथवा आँखाको दृष्टि कम भएमा तुरुन्तै नजीकको आँखा अस्पताल वा उपचार केन्द्रमा गई उपचार गराउनु पर्दछ ।

(छ) चिकित्सकको सल्लाहविना जथाभावी कुनै पनि औषधी वा जडीबुटी आफूखुशी आँखामा हाल्नु हुँदैन यसले आँखालाई झन हानी पुल्याउन सक्छ ।

ज) मधुमेह तथा उच्च रक्तचाप भएका व्यक्तिहरुको आँखामा कुनै पनि बेला गम्भीर खराबी हुन सक्ने भएकोले यस्ता समस्या भएका व्यक्तिहरूले अनिवार्य रूपले समय समयमा आँखा जँचाउने गर्नु पर्दछ ।

झ) दृष्टिविहीन गराउने अधिकांश आँखाका रोगहरु
४० वर्ष नाघेका व्यक्तिहरुलाई लाग्ने हुँदा यस्ता व्यक्तिहरुले पनि आँखाको स्वस्थताका लागि बेलाबेलामा आँखा जँचाउनु राम्रो हुन्छ।

एनआरएनएले लण्डन गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा मलेसियामा रहेका २५ नेपालीको उद्धार !!

एनआरएनएले लण्डन गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा मलेसियामा रहेका २५ नेपालीको उद्धार गरिएको छ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार वैदेशिक रोजगारीको लागि मलेसिया पुगेर त्यहाँ विभिन्न कारणले जेल जीवन बिताइरहेका २५ नेपाली बिहीबार स्वदेश फर्किएका हुन्।

यसरी घर फर्किनेमा मलेसियामा मृत्युदण्ड सुनाइएका सप्तरीका ३८ वर्षीय राजकुमार साहसमेत दुई महिलासहित २५ नेपाली रहेका छन्। सन् २०१८ को २९ जुलाइमा उच्च अदालतले राजकुमारसहित मलेसियाका अन्य दुई व्यक्तिलार्ई ‘लागूऔषध’ कारोवारमा दोषी ठहर गर्दै मृत्यु दण्डको फैसला सुनाएको थियो।

उच्च अदालतले मृत्युदण्डको सजाय सुनाएपछि त्यहाँस्थित नेपाली दूतावासको आर्थिक र अन्य सहयोगमा राजकुमारले माथिल्लो अदालतमा पुनरावेदन गरेका थिए। संघका उपाध्यक्ष डा. बद्री केसीले संयोजन गरिरहेको संघको वैदेशिक रोजगार तथा कल्याणकारी विभाग अन्तर्गतको राहत तथा उद्धार कार्यक्रममार्फत ती नेपालीलाई जेलबाट छुटाएर स्वदेश फर्काइएको हो।

डा. केसीको पहलमा एनआरएनए एनसीसी मलेसिया र क्वालालम्पुरस्थित नेपाली दूतावासले उनीहरुको स्वदेश फिर्तीका लागि समन्वय गरेका थिए।

संघले जरिवाना तिरेर जेलबाट छुटाउने, कागजी प्रक्रिया मिलाउने र ट्राभल डकुमेन्ट बनाएर पीसीआर परीक्षण गरेपछि उनीहरू स्वदेश फर्कन बाटो खुलेको थियो।

साहसहित भूपेन्द्र भण्डारी, हिमानचल मौरिया, ओके कुमार यादव, टिकाराम प्रजा, पारसनाथ यादव, कर्णबहादुर तामाङ, हृदेश केवत, राजकुमार साह, कृष्णकुमार मण्डल, कैमुल्ला मिया, राजकुमार माझी, कर्णबहादुर पुन, बेलबहादुर थामी, पूर्णबहादुर सुनारी, आशबहादुर कामी, बाबुराम थापा, दिशन सुनार, सन्जय कुमार यादव, जगलाल तामाङ, रामनाथ पण्डित, सपना तामाङ, जुनु माया बोम्जन, बलन राई र छत्रबहादुर न्यौपानेलाई जेलबाट उद्धार गरी नेपाल ल्याइएको हो।

काठमाडौं ओर्लिएपछि उनीहरूलाई संघको समन्वयमा प्रवासी नेपाली समन्वय समिति (पीएनसीस) को सेल्टरमा बसोबासको व्यवस्था गरिएको थियो। उनीहरूलाई संघका स्वयंसेवकले विमानस्थलमै पुगेर रिसिभ गरेका थिए।

बेखर्ची भएर आएका उनीहरूलाई आआफ्ना गन्तव्यसम्म पुर्‍याउन एनआरएनएले नै यातयात खर्च उपलब्ध गराएको संघले जनाएको छ।

पाल्पा एमालेको अध्यक्षमा घिमिरे निर्विरोध, सचिवमा पोखरेल

रूपन्देही । नेकपा एमाले पाल्पाको अध्यक्षमा धनेन्द्र घिमिरे निर्विरोध भएका छन् । उनको नेतृत्वमा एमाले जिल्ला कमिटी १ सय ५ सदस्यीय बनेको छ । कमिटीको उपाध्यक्षमा देवीलाल लामिछाने, सचिव भोजराज पोखरेल, उपसचिव टीका थापा र सुनिता शर्मा निर्विरोध भए । जिल्लाका ८१ वटै वडालाई समेटेर जिल्ला कमिटी निर्माण गरिएको छ !
तानसेन नगरपालिका–९, तिन्टीआँप मदनपोखरामा एमालेको अधिवेशन शुक्रबार सुरू भएको हो । अधिवेशनको उद्घाटन गर्दै पूर्वमन्त्री तथा पोलिटब्युरो सदस्य दलबहादुर रानाले एमाले अझ बढी एकताबद्ध भएर आगामी निर्वाचनको तयारी गर्नुपर्ने बेला आएको बताए । उनले विकास निर्माणका ठूला काम एमाले सरकारले सुरु गरेकाले अब ती काम पूरा गर्न पनि निर्वाचन जित्नुपर्ने बताए ।

माओवादी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना सङ्क्रमण

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना सङ्क्रमण भएको छ ।

प्रचण्डको निजी सचिवालयका अनुसार हिजो बेलुका गरिएको पीसीआर परीक्षणपछि सङ्क्रमण पुष्टि भएको हो ।प्रचण्डले आफ्नै निवासमा आराम गरिरहनुभएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको स्वकीय सचिव गङ्गा दाहालले जानकारी दिनुभयो । साथै प्रचण्डको सचिवालयले यसबीचमा प्रचण्डको सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना सङ्क्रमण भएको छ । माओवादी केन्द्रले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरु स्थगित गरेको जनाएको छ ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी रहेको छ। शनिबार बिहान १० बजे बालकोटमा पुगेका देउवा र प्रमुख प्रतिपक्ष दलका नेता ओलीबीच भेटवार्ता जारी रहेको हो।

प्रधानमन्त्री देउवा संसद अवरोध खुलाउने विषयमा प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँग छलफल गर्न बालकोट पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बताए।

अष्ट्रेलियामा पृथ्वी-जयन्ती तथा अन्तर्राष्ट्रिय नेपाली दिवस कार्यक्रम आयोजना हुने ।

अष्ट्रेलियामा पृथ्वी-जयन्ती तथा अन्तर्राष्ट्रिय नेपाली दिवस कार्यक्रम आयोजना हुने देश एकीकरण गर्ने पृथ्वी नारायण शाहलाई त्यो त्याग र बलिदानको सम्मान अनी समझना स्वरूप अष्ट्रेलियामा रहेका स्वतन्त्र अभियान्ता युवाहरूले बिगतका वर्षहरू मा झै यस वर्ष पनी उक्त समारोह गर्ने कुरा प्रेस बिज्ञप्ति मार्फत बताएका छन ।

प्रेस बिज्ञप्तिः-

नेपाल एकीकरणको युगीन अभिभारा बोकेर विश्वमा एक श्रेष्ठ जातीका रूपमा ‘नेपाली’ पहिचानको अवतरण गराउने नेपाली राष्ट्रियताका प्रणेता र आधुनिक नेपालका निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सम्मान अनि सम्झनामा यस वर्ष पनि ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’ मनाउन लागिएको छ। अष्ट्रेलियामा यतिखेर रहेको कोरोनाको ओमिक्रोन प्रकोपका कारण सरकारले तोकेका कोभिड-१९ मापदण्डको पालना गर्दै सबै राज्यहरूमा ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’ कार्यक्रमको तयारी पुरा भईसकेको छ। कोभिड-१९ केशहरूको अवस्था हेरेर राज्य राज्य तथा शहर शहरका कार्यक्रमको विवरणको अपडेट सम्बन्धित राज्य तथा शहरमा रहनुहुने नेपाली माझ पुरयाईने छ।

‘अन्तर्राष्ट्रिय नेपाली दिवश’ मनाउनका लागी जापान, कोरिया, अमेरिका, बेलायत, फ्रान्स लगायतका यूरोपका देशहरू, दुबई कतार, बर्मा, भारत, मलेशिया लगायतका देशमा सक्रियताका साथ लाग्नुभएका नेपाली समुदायका साथीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको सफलताको कामना गर्दछौं।

सन् २०११ देखी नै अष्ट्रेलियामा नेपालीहरूले सिड्नी साथै अन्य शहरहरूमा ‘राष्ट्रिय एकता दिवश’ कै रूपमा अन्तर्क्रियात्मक कार्यक्रम गरेर पृथ्वी-जयन्ती मनाउने गरेकोमा गत सन् २०१९ देखी यसलाई ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’का रूपमा भव्य र व्यापक रूपमा मनाउन थालिएको यहाँहरू सबैलाई थाहै छ। त्यसैको निरन्तरता एवं नेपाली पहिचानको गौरवपूर्ण स्वीकारलाई साक्षात्कार गर्ने अवसरका रूपमा हामीले ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’को स्वरूपमा पृथ्वी-जयन्तीलाई यस वर्ष पनि गौरव, श्रध्दा र नेपाली एकताको त्रिवेणी बनाउने प्रयास गरेका छौं। नेपाली भएकोमा गर्व गर्ने सबैले गर्व गर्ने कार्यक्रमका रूपमा अन्तर्राष्ट्रिय रूपमा यसलाई भव्यताका साथ अगाडी बढाउन यहाँहरू सबैलाई अनुरोध गर्दै अष्ट्रेलियाको ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’को राष्ट्रिय कार्यक्रम निम्न-लिखित स्थानमा गर्न लागिएको कार्यक्रममा गौरवपूर्ण उपस्थितीको लागी आमन्त्रण गर्दछौं।

कार्यक्रमको विवरण:
स्थान: Auburn Park, Hutchinson Street, Auburn NSW
मिती: पौष २७, २०७८, मंगलबार 11 January, 2022
समय: बिहान १० बजे देखी ५ बजे सम्म (सिड्नीको समय अनुसार)

भवदीय,

‘अन्तर्राष्ट्रिय नेपाली दिवश’ संयोजन समितीका तर्फबाट ॥

– डिलाराम खरेल
– दीपक पौडेल
– मदनमणि अधिकारी

जनताले एमाले नेतृत्व सरकारकाे प्रतीक्षा गरिरहेका छन् : अध्यक्ष ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले एमाले नेतृत्वको सरकारको प्रतीक्षा गरिरहेको भन्दै त्यहीअनुसार चुनावकाे तयारीमा जुट्न पार्टीका नेता/कार्यकर्तालाई निर्देशन दिनुभएकाे छ । आज शुक्रवार भर्चुअल माध्यमबाट एकसाथ ६३ वटा जिल्लाको अधिवेशन उद्घाटन गर्दै उहाँले भन्नुभयाे, ‘देशले नेकपा एमालेबाट धेरै ठूलो अपेक्षा गरेको छ । जनताले एमाले हेरेर आशा भरोसाका साथ एमालेको विजय कहिले कसरी गराउने भनेर प्रतीक्षा गरिरहेका छन् ।’
अध्यक्ष ओलीले आउँदाे चुनाव आफ्नाे पार्टी एक्लै सत्तारुढ गठबन्धनकाे सामना गर्न सक्षम रहेको दाबी गर्नुभएकाे छ । उहाँले असंवैधानिक तरिकाले वर्तमान सरकार बनेको बताउँदै याे सरकारलाई मतदानको माध्यमबाट हटाउन आमनागरिकलाई अपिल पनि गर्नुभयो । उहाँले संसदबाट नभइ अन्यत्रैबाट बनेको सरकारलाई झन्डै तीन करोड नेपाली नागरिकले आउँदाे चुनावमा मतपत्रको माध्यमबाट अन्त्य गर्नुपर्ने बताउनुभयो ।
ओलीले भन्नुभयो, ‘अहिलेको सरकार सरकारमा बस्न सुहाउने नै होइन । यिनीहरूलाई सरकारमा बस्न जनताले आदेश दिएका थिएनन् । जनताले जनादेश नदिएका मान्छेहरू अन्यत्रैबाट आए । सरकार नियुक्त गर्ने काम जहाँ संसद्ले गर्छ । संसद्ले प्रधानमन्त्री हटाइएको, अर्को प्रधानमन्त्री नियुक्त गरिएको, अर्को प्रधानमन्त्रीले शपथ गरिसकेको यी कुरा थाहा पाएन । संसद्ले एकैचोटि विश्वासको मत लिने बेलामा सरिक हुन बाध्य भयो । असंवैधानिक क्रियाकलापबाट जन्मिएको अस्वस्थ नाटक थियो त्यो । म नेपाली जनतालाई आग्रह गर्न चाहन्छु– यस्ता नाटकहरूलाई आउँदा दिनमा अन्त्य गर्नुपर्छ हामीले । म आग्रह गर्न चाहन्छु, निवेदन गर्न चाहन्छु– जनताको अदालतले यस्ता कुराहरूको सही फैसला दिनुपर्छ । सामूहिक फैसला दिनुपर्छ । झन्डै तीन करोड नेपालीले एकजुट आवाज आफ्ना मतपत्रहरूबाट प्रष्फुटित गर्नुपर्दछ । म यो आग्रह गर्न चाहन्छु र यो आग्रह लिएर, हाम्रा महाधिवेशनको सन्देशहरु लिएर जनतामा जान म हाम्रा तमाम कमरेडहरुलाई, तमाम कार्यकर्ता साथीहरुलाई हार्दिक आग्रह गर्न चाहन्छु ।’
अध्यक्ष ओलीले नर्सिङ कलेजहरू हटाउने, हरेक ठाउँलाई पार्टीको भर्ती केन्द्र बनाउने काम सरकारले गरिरहेको भन्दै आक्रोशसमेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयाे, ‘आज हामी देखिरहेका छौँ, हरेक ठाउँमा योग्य मानिसहरूलाई हटाउने र भर्ती केन्द्र बनाउने काम भइरहेको छ । आज ३० हजारभन्दा बढी पालिकाहरूले नर्सिङ खोल्छौँ भनेर निवेदन दिए । नर्सिङ कलेजहरू बन्द गर्ने अभियान चलाएको छ सरकारले । विदेश पठाउने र रेमिट्यान्सबाट देश चलाउने अभियानमा गइरहेको छ सरकार । यो अत्यन्तै दुःखको कुरा हो ।’ 

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय