२०८३ असार १२ शुक्रबार

चेक बाउन्स मुद्दामा २६ लाख जरिवाना ठहर भएका श्रेष्ठ पक्राउ

२३ पुस, काठमाडौं । अदालतबाट २६ लाख रुपैयाँ जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंका ४१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ छन् ।

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले २६ लाख जरिवाना गरेपछि फरार रहेका श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज बानेश्वरबाट पक्राउ गरेको हो । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको २०७८ असोज १० गतेको फैसलापछि पाँच दिन कैद र बिगोबमोजिम २६ लाख जरिवाना ठहर गरेपछि फरार रहेका श्रेष्ठलाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका श्रेष्ठले सिभिल बैंक लिमिटेड भक्तपुरको आफ्नो खातामा पर्याप्त मौज्दात नहुँदा नहुदै झुक्याएर चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । उच्च अदालतले श्रेष्ठलाई बैकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।

नेपालमा थप २४ जनामा ‘ओमिक्राेन’ पुष्टि(विज्ञप्ति सहित)

काठमाण्डाै – नेपालमा थप २४ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज शुक्रवार विज्ञप्ति निकालेर पुस महिनामा सङ्कलन गरिएका एक हजार एक सय ४६ नमुनामध्ये २४ वटामा ओमिक्रोन सङ्क्रमण पुष्टि भएको जानकारी गराएको हो ।
यी नमुना देशभरबाट सङ्कलन गरिएका हुन् । यसअघि नेपालमा तीन जनामा ओमिक्रोनकाे सङ्क्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा ओमिक्रोन पुष्टि हुनेको सङ्ख्या २७ जना पुगेको छ ।
ओमिक्रोन भेरियन्ट फैलिएको पाइएपछि यसका कारण हुन सक्ने बिरामीको चापलाई ध्यान दिएर स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई तयारी अवस्थामा रहन आग्रह गरेको छ । यस्तै मन्त्रालयले उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायत अरू सामग्रीको जोहो गर्न र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन पनि निर्देशन दिइएको छ । सीमा नाकामा कोरोना परीक्षणलाई थप प्रभावकारी बनाउने तथा सङ्क्रमण देखिएका व्यक्तिलाई आइसोलेशनमा राखिने विज्ञप्तिमा उल्लेख छ । 

काठमाण्डाैका वीर, निजामती, वीरेन्द्र सैनिक, टिचिङ, प्रदेश २ को प्रदेश जनप्रयोगशालामा एस–जिन सिक्वेन्सिङ हुने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । पछिल्ला केही दिनदेखि कोरोना सङ्क्रमणको दर पनि बढिरहेको छ । मन्त्रालयले सङ्क्रमणबाट बच्न जनस्वास्थ्यका मापदण्डलाई पालना गर्न अनुरोध पनि गरेको छ । 

पुष २३ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । छर छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । परिवारजन तथा बन्धु बान्धवबीच आत्मीय भाव बढ्नेछ । मान्यजनसँग असमझदारी बढ्ला ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । समय उत्साहवर्द्धक रहला । नयाँ ज्ञान प्राप्त हुने योग छ । पितृधन समेत लाभ हुनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार व्यवसायमा विशेष लाभ लिने समय छ
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
श्रमको उचित मूल्यांकन होला । सामाजिक कामको दायित्व बढ्नेछ । अरूका जिम्मेवारी समेत बहन गर्नुपर्ला । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन् । प्रयत्न गर्दा गोप्य रहस्य पत्ता लगाउन सकिनेछ । सानातिना काम र घरेलु समस्यामा अल्झनु पर्ने समय छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सहयोगीले तपाईंको कमजोरी प्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस् । निर्णायक क्षमतामा कमी आउने योग छ । काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । चुनौती सामना गर्नुपर्ला । व्यापार तथा उद्योग तर्फ फाइदाको योग छ ।सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
उठ्नु पर्ने रकम हात लागी हुने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । भूमि तथा मातृधनबाट लाभ मिल्नेछ । विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत होलान् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सामाजिक उत्तरदायित्व बहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट भने सामान्य लाभ मिल्ने योग छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला । तर, जिम्मेवारी भने बढि रहनेछन् । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । वैदेशिक यात्राको अवसर आउला । लेनदेनमा विवाद आउने योग छ । सहयोगको तत्परता देखाउनेहरूबाट सजग रहनुहोला ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
प्रयास गर्दा रोकिएका बन्नेछन् । नयाँ काम पाइने योग छ । केही मात्रामा खर्च बढ्नेछ । काममा लगानीको समय छ । काममा माता पिताको सहयोग प्राप्त होला । कृषि चौपायाबाट लाभ मिल्नेछ । अरूको भर पर्दा धोकामा परिने समय छ, सचेत रहनुहोला । बाध्यतापूर्ण काममै समय बित्न सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । परिवारजनको भरण पोषणमा खर्च बढ्नेछ । उत्साहमा कमी आउला । माता पिता र आफन्तको सहयोगले काम बन्नेछन् । विशेष लाभ उठाउन सकिनेछ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला । सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
पढाइमा राम्रै प्रगति हुनेछ । स्वास्थ्यमा कमजोरी र परिश्रम धेरै गर्नुपर्ने समय छ । भाग्योन्नतिको समय छ । अप्रिय समाचारले खिन्नता बढ्न सक्छ । पढाइ लेखाइमा पनि ध्यान दिन नसकिएला । व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
विभिन्न अवसर पाइने समय छ । सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ । काममा केही चुनौती देखिए पनि समयको सदुपयोग हुनेछ । धेरैले सहयोगको तत्परता देखाउनेछन् । नसोचेको फाइदा उठाउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला ।

एमाले जिल्ला अधिवेशन आज, उद्घाटन भर्चुअल माध्यमबाट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ७७ वटै जिल्ला अधिवेशन आज शुक्रबार हुँदैछ ।

अधिवेशन उद्घाटन भर्चुअल माध्यमबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालयबाट गर्ने कार्यक्रम रहेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।
महाधिवेशनपूर्व तोकिएको एकै दिनमा पालिकास्तरको अधिवेशन तथा प्रतिनिधि छनोट कार्य गरेको एमाले अब जिल्ला र प्रदेश अधिवेशनका लागि जुटेको छ ।

सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट शुक्रबार पार्टीका ७७ वटै भूगोल र विशेष क्षेत्रका जिल्ला अधिवेशनको उद्घाटन थापाथालीस्थित केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअलरुपमा गर्ने तय भएको एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख रिजालले जानकारी दिए ।

गत मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा भएको दशौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको मङ्सिर २५ र २६ गते भक्तपुरमा सम्पन्न दोस्रो पूर्ण बैठकले यही पुस २३ गतेका लागि जिल्ला र आउँदो माघ ८ गतेका लागि पार्टीको प्रदेश अधिवेशन गर्ने निर्धारण गरेको थियो ।

महाधिवेशनमा ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदर्शनमा समाजवादका आधार निर्माण गरौँ’ भन्ने मूल नारा तय गरेको एमालेले जिल्ला अधिवेशनको तयारीका लागि सम्बन्धित कमिटीलाई परिचालन गरेको छ । ती जिल्लाबाट केन्द्रीय नेतृत्वमा पुगेका नेता तथा तोकिएका जिल्ला इञ्चार्ज गृहजिल्लामा पुगेका छन् ।

प्रधानमन्त्री देउवाको भारत भ्रमण रद्द!!

२२ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ । भारतमा कोरोना सङ्क्रमण बढेकाले प्रधानमन्त्रीको भ्रमण रद्द भएको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनको गृहराज्य गुजरातमा यही पुस २६ देखि २८ गतेसम्म आयोजना हुने भनिएको ‘गुञ्जायमान गुजरात’ विषयको विश्वस्तरीय सम्मेलनलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम थियो ।
‘अहिलेको असहज परिस्थितिका कारण गुजरात ग्लोबल समिट स्थगन गरिएको जानकारी प्राप्त भएकाले सम्माननीय प्रधानमन्त्रीको भारत भ्रमणको कार्यक्रम रद्द भएको छ,’ प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले बताए ।
बाह्य लगानी आकर्षित गर्ने उद्देश्यले गुजरातका तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीले प्रारम्भ गरेको उक्त सम्मेलनको १०औँ शृङ्खलामा प्रधानमन्त्री देउवासहित विभिन्न मुलुकका राष्ट्राध्यक्ष एवं सरकारप्रमुखहरुले भाग लिने कार्यक्रम थियो ।

एमाले रोल्पा सचिव रोकाको हृदयघातबाट निधन!!

रोल्पा। नेकपा (एमाले) रोल्पा जिल्ला कमिटी सचिव निमप्रसाद रोकाको हृदयघातबाट निधन भएको छ।
४७ बर्षीय रोकालाई हिजो हृदयघात भएको थियो । उपचारमा लैजाने क्रममा उनको निधन भएको हो ।

उनी रोल्पाको त्रिवेणी गाउँपालिका–२ नुवागाउँ निवासी हुन् । रोकाको निधनबाट पार्टीले रोल्पामा एक जिम्मेवार नेता गुमाएको एमाले केन्द्रीय कार्यालयले उल्लेख गरेको छ ।

सालकको खपटासहित दुई जना कोटेश्वरबाट पक्राउ

काठमाडौं
संरक्षित वन्यजन्तुको आखेटोपहार सालकको खपटासहित कोटेश्वरबाट दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भोजपुरको राम प्रसाद राई गाँउपालिका–४ लाखुरे बस्ने वर्ष ४० को रुक्मण बहादुर बुर्जामगर र पाँचथरको मिक्लाजुङ गाँउपालिका–८, टोखा बस्ने वर्ष २७ को भबिन्द्र बहादुर मगर रहेका छन्।

उनीहरुको साथबाट संरक्षित वन्यजन्तु सालकको खपटा १ किलो ५०० ग्राम बरामद भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रणका लागि खटिएको प्रहरी टोलीले काठमाडौंको कोटेश्वर एरियाबाट उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका उपर आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय, हात्तीसार पठाइएको छ।

प्रतिनिधिसभाको बैठक स्थगित !!

प्रतिनिधिसभाको भोलि पुस २२ गते बस्ने गरी तय भएको बैठक विशेष कारणवश स्थगित भएको छ ।

प्रतिनिधिसभाको भोलि पुस २२ गते बस्ने गरी तय भएको बैठक विशेष कारणवश स्थगित भएको छ ।

भोलि दिउँसो १ बजे बस्ने तय भएको बैठक यही पुस २८ गते बुधबारसम्मका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ ।
सङ्घीय संसदका महासचिव डा भरतराज गौतमले आज जारी गर्नुभएको सूचनामा प्रतिनिधिसभा नियमावली २०७५ को नियम(६) को उपनियम (३) वमोजिम प्रतिनिधिसभाको अर्को बैठक यही पुस २८ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको छ

Who is eligible for free rapid antigen tests and when do you need a PCR test explained?

Rapid antigen tests will now be free for eligible Australians and positive rapid antigens will no longer need a confirmation PCR test, National Cabinet has agreed.
State and territory leaders agreed to the new announcements as COVID-19 case soar across the country, testing queues are banked up for hours and people are waiting days for their PCR results to come back.
Here is what we know about who can get a free rapid antigen test and when you will need to get a PCR test.
Who is eligible for a free rapid antigen test?
Scott Morrison announced today rapid antigen tests would not be “universally free” however some Australians will be able to access them for free.
You can get one for free if you are one of the following cardholders:
Commonwealth seniors health card,
A healthcare card,
A low-income card,
A pension concession card,
DVA Gold card
DVA white card
Mr Morrison said more than 6.6 million people fall into these categories.
Where can I get them?
For these eligible cardholders, you will be available to get the free tests in pharmacies and there will be caps on how many you can purchase.
“They will be able to get up to 10 tests over a course of three months, no more than five per month,” Mr Morrison said.
“They should only be getting those test their if they are not symptomatic and they are not close contacts.”
When do I need to get a PCR test?
It was also announced today that if you take a rapid antigen test and it comes back positive, you won’t need to get a follow up PCR test to confirm the result.
So you will only need to take the rapid antigen test and if it comes back positive, you will begin the seven day isolation period.
National Cabinet also announced last week the day six testing requirement for confirmed COVID-19 cases was removed.
However, if you are still symptomatic on day six of your isolation you should seek either another rapid antigen test or PCR test.
Close contacts still need to undergo a day six rapid antigen test to leave isolation.
What happens if you do get a positive rapid antigen test?
Mr Morrison advised if you have a positive rapid antigen test, you should let your health provider know that you have COVID-19.
This is because the PCR testing system was originally used by health authorities to know how many positive COVID-19 cases there are nationwide.
The federal government is also working on a reporting system so that you can report your positive test result.
“We are working on a system through our GPs and other processes for people to report that they have got a positive test,” he said.

What else has changed?
Truck drivers will no longer be required to have seven-day rolling tests.
If you are going to the hospital as a patient for treatment and going to work in the private hospital sector you will also not be required to get a COVID-19 test.

The requirement for a second test post-arrival in Australia from overseas will also be removed.

प्रधानमन्त्रीले किन डाके सबै सचिवहरुलाई सिंहदरबारमा ?

काठमाडौं, पुस २१ । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै मन्त्रालयका सचिवहरुसँग आज छलफल गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अपराह्न ३ बजेमा छलफल हुन लागेका हुन् ।

छलफलपछि प्रधानमन्त्रीले सचिवहरुलाई निर्देशन दिने कार्यक्रम रहेको छ । छलफलमा अन्तर मन्त्रालय समन्वय, पुँजीगत खर्चको अवस्था र सार्वजनिक सेवा लगायतका विषयमा छलफल हुने जनाइएको छ ।l

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय