२०८३ असार १२ शुक्रबार

राष्ट्रियसभा चुनावमा उम्मेदवारले कति खर्च गर्न पाउँछन्?

काठमाडौँ – यहीँ माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा तोकिएको छ। निर्वाचन आयोगले एक उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकेको हो।
आयोगका अनुसार उम्मेदवारले मतदाता नामावली खरिदमा १ सवारी साधन/घोडा ७० हजार र सवारी इन्धन (घोडा प्रयोग गरिएकोमा दानासमेत) १० हजार र प्रचार सामग्रीमा १४ हजार ५ सय रुपैयाँ खर्च गर्न पाउन तोकेको छ।
त्यस्तै ढुवानी १० हजार, गोष्ठी र अन्तरक्रिया १ लाख, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यममा १४ हजार ५ सय, कार्यालय सञ्चालनमा ७० हजार, प्रतिनिधि परिचालन ३० हजार र विविध खर्च ३ हजार गरी ३ लाख ५० हजारको खर्च सीमा तोकिएको हो।
निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता भइसकेको छ। १९ पदका लागि ४३ जनाले उम्मेदवारी दिएका छन्।

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त!

काठमाडौँ – नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त भएकी छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयानुसार कम्पनीका नायब प्रबन्ध निर्देशक वैद्यलाई निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको हो। उनले कम्पनीको नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन्। मन्त्रालयले जिम्मेवारी दिएसँगै वैद्यले पुस १९ गतेदेखि निमित्त प्रबन्ध निर्देशकको कामकाज सम्हालेको टेलिकमले जनाएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रबन्ध निर्देशकको पदका लागि दरखास्त आह्वान गरेको थियो तर हाल सो प्रक्रिया सम्पन्न नभइसकेकोले वैद्यलाई निमित्तको जिम्मेवारी दिइएको हो।

नवनियुक्त निमित्त प्रबन्ध निर्देशक वैद्यले सरकारको योजना तथा कार्यक्रमलाई सहयोग हुने कार्यक्रमहरु, कम्पनीको सञ्चालक समितिको निर्णय र मार्ग निर्देशनहरु तथा नियामक निकायलगायत अन्य सरोकारवालाको तर्फबाट प्राप्त हुने सल्लाह, सुझाव, गुनासाहरु छिटो/छरितो तथा उचित रुपले सम्बोधन गर्ने बताइन्। आफ्नो कार्यमा सबै निर्देशनालय, विभाग, कार्यालयमा कार्यरत कर्मचारी मित्रहरु तथा कम्पनीमा क्रियाशील ट्रेड युनियनका मित्रहरुबाट विगतमा जस्तै सहयोग प्राप्त हुने उनले अपेक्षा व्यक्त गरिने।

निमित्त प्रबन्ध निर्देशकले कम्पनीको उत्तरोत्तर प्रगतितर्फ एकजुट भई अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

नेकपा एमालेको भातृ संगठन आखिल नेपाल पिछ्डा वर्ग(OBC) धनुषा जिल्ला कमिटी गठन!!!

नेकपा एमालेको भातृ संगठन आखिल नेपाल पिछ्डा वर्ग(OBC) धनुषा जिल्ला कमिटी गठन!!!

धनुषाको पार्टी कार्यालय मिथिला भवनमा बसेकाे बैठक ,सो बैठकबाट जिल्ला अध्यक्षमा देवेन्द्र कु साह सर्व सहमतिले चैन भएका छन ।

कमिटी गठनका ( OBC) माहासघँ प्रदेश न. २ अध्यक्ष क. सिपि यादव प्रमुख अतिथी तथा विशिष्ट अतिथी केन्द्रिय सदस्य क. फुलकुमारी महतो , सन्तोष कापर, किरन कापर को विशिष्ट उपस्थितमा जिल्ला अदिवेशन २०७८-१०-०८ गते गन्रे निर्णय भएकाे छ ॥

जिल्ला अध्यक्ष देवेन्द्र कु साह ले , मलाई यो एमाले पार्टीका जन्वर्गिय संगठन ( OBC) का अध्यक्षको जिम्मेवारी दिनुभएको सम्पुर्ण काम्रेड म हिर्दयले धन्यवाद दिन चाहन्छु! एमाले पार्टीको जति जन्वर्गिय संगठन छ। त्यो सबै संगठन भन्दा अबत्त सङठन बनाउनेछु।म अध्यक्षको नाताले कसैलाई काखा र पाखा गर्दैन म बिस्वास दिलाउन चाहन्छु । जिल्ला अध्यक्ष देवेन्द्र कु साहले जानकारी दिनुभयो ।

राष्ट्रियसभा सदस्य निर्वाचन: १९ पदका लागि ४३ उम्मेदवार!

काठमाडौँ, २० पुस । राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि नौ राजनीतिक दलका ४३ जनाको उम्मेदवारी परेको छ ।

images
आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि ४३ उम्मेदवारबाट मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिनुभयो ।

उक्त निर्वाचनका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको समयावधि तोकिएको थियो ।

आयोगले यही पुस २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ । आगामी फागुन २० गते नेकपा (एमाले) का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली काँग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ । सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ ।

प्रबुद्ध वर्गको प्रतिनिधित्व रहने ५९ सदस्सीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको प्रत्येक दुई वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ ।

निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।

नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउन पर्यटन मन्त्री आलेको रोक!

काठमाडौं, २० पुस : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउन रोक लगाइएको छ । दरबारभित्र रेस्टुन्ट बनाउन लागिएको भन्दै विरोध भइरहेका बेला मन्त्री आलेको निर्देशनमा रोक लगाइएको छ ।
मन्त्रालयअन्तर्गतको नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यबस्थापन तथा सञ्चालम विकास समितिले नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट निर्माण कार्य रोक्न निर्देशन दिएको छ । समितिले २० पुसमा बि. म्यानेजमेन्ट प्रा.लिलाई पत्र काटेर निर्माण कार्य रोक्न निर्देशन दिएको हो ।

‘यस नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा सञ्चालन बिकास समिति र त्यस प्रा.लि. बिच सम्झौता भई अगाडी बढेको निर्माण कार्यका सम्बन्धमा सञ्चार माध्यमहरुमा आएका समाचारका कारण विवाद सृजना हुन गएकोले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मौखिक आदेश बमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य तत्काल रोक्न हुन जानकारी गराइन्छ,’ समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले बि. म्यानेजमेन्ट प्रा.लिलाई दिएको निर्देशन पत्रमा उल्लेख छ ।

लिङ्देनद्वारा ३१ जनालाई केन्द्रीय सदस्यमा मनाेनीत (सूचीसहित)

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पा (राप्रपा) र्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ३१ जनालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनीत गर्नुभएको छ । लिङ्देनले राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदी र पूर्वमन्त्री दीपक बोहरासहित ३१ जनालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनीत गर्नुभएको हो !
राप्रपाको विधानमा एक सय ९९ सदस्यीय केन्द्रीय कार्यसमिति हुने व्यवस्था छ । यस्ताे छ सूची– 

महाधिवेशनको निर्वाचन प्रक्रियामा भाग नलिएका वरिष्ठ र युवा नेताहरूलाई कार्यसमितिमा मनोनयन गरिएको छ । विधानअनुसार अध्यक्षले पहिलो चरणमा सबै पुस्ता र समावेशी मिलाएर केन्द्रीय सदस्य मनोनयन गरेको केन्द्रीय सदस्य मोहनकुमार श्रेष्ठले बताउनुभयो ।

लुम्बिनीको भौतिक मन्त्रालयकै अगाडी खाल्डोको राज!

काठमाडौं । बुटवलको राजमार्ग चौराहचोकदेखि गोलपार्कको चिडियाचौकीसम्म सडकको दुरावस्था वयान गरी साध्य छैन । 
विस्तारको ठेक्का लागेर सयममै काम नभएपछि बुटवल बजारभित्रको मुख्य सडकको बेहाल छ । यसका कारण बुटवलमा मन्त्रालयकै प्रवेशद्वारमा खाल्डोको राज छ । वर्षायाममा हिलाम्मे भएको सडकमा अहिले धलोको सम्राज्य  खडा भएको छ ।
सडकको दुर्दशाले बुटवलबासीलाई मात्रै सताएको छैन, बुटवलका विकासे मन्त्रालयहरु भौतिक पूर्वाधार विकास मन्त्रालय र पर्यटन मन्त्रालयसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै कार्यालयहरु पनि सडक विस्तारमा भएको ढिलाइका कारण समस्यामा छन् ।
छिटो निर्माणको लागि पहल गर्नुपर्ने निकायहरुकै अघि सडकमा ठूला–ठूला खाल्डा छन् । ६ लेनको बनाउने २०७४ साल चैतमा ठेक्का लागेको थियो ।
शुरुमा अदालतमा पुगेको मुद्दाका कारण सडक निर्माणको काम अल्झिएको थियो । पुस २०७७मा अदालतले घर भत्काएर सडक विस्तार गर्न बाटो खोलिदिएको थियो ।
तर, त्यसपछि  पनि ठेकेदार कम्पनी द कञ्चनजंगा बिरूवा जेभी ले कामको गति बढाएन । यसका कारण अहिले बुटवलको मुख्य क्षेत्रकै सडकको बेहाल भएको छ ।विभिन्न अस्पतालहरु समेत रहेको यो सडक खण्डमा बिरामी भएर जाने मात्रै हैन, स्थानीय रुपमा व्यवसाय गर्नेहरु पनि धुलो हिलोको समस्याले ग्रस्त छन् । असोज २०७६मै सकिनुपर्ने काम अझै पनि अधुरै छ ।
कम्पनीले अझै एक वर्ष समय लाग्ने बताउँदै आएको सडक विभागका अधिकारीहरु बताउँछन् । करिब ४८ करोडमा ठेक्का लागेको यो सडक सयममै काम नभएपछि सडकखण्डमा हेक्का विकासे मन्त्रालयहरु पनि प्रभावित छन् ।
सडक खण्डमै पर्ने लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयअघिको सडकमा पानी जमेको तस्वीर हिजोआज समाजिक सञ्जालमा भाइरल छ । पूर्वाधार विकास आफैं प्रदेशमा सडक निर्माणको जिम्मा लिएर बसेको मन्त्रालय हो ।
मन्त्रालयका सचिव अमृत श्रेष्ठले सडक विभागले यो सडक खण्ड विस्तारको काम गरिरहेकाले आफूहरुको कार्यक्षेत्र नपर्ने बताए । 
उनले भने, “निर्माण कम्पनीले अहिले नाला बनाइरहेको छ, निर्माणको क्रममा रहेकाले सडकको अवस्था राम्रो छैन । कसैले निर्माणाधीन सडकबाट मन्त्रालय देखिने गरी फोटो हाल्नुभयो होला ।”
उनका अनुसार मन्त्रालय गेटअघिको भागमा नालाको काम हुन बाँकी छ । उनले घर भत्काएर सडक विस्तार गर्ने काम सहज नभएकाले केही ढिलाइ भएको बताए । अब विस्तारको काम अघि बढेकाले केही समयमै समस्या हल हुने उनको भनाइ छ । 

अनेरास्ववियुको विधान महाधिवेशन धुलिखेलमा हुने l

नेकपा एमालेनिकट अनेरास्ववियुको विधान महाधिवेशन काभ्रेको धुलिखेलमा हुने भएको छ । यसअघि पोखरामा हुने भनिएको विधान महाधिवेशन फागुन ७ र ८ गते धुलिखेलमा तय भएको महासचिव समिक बडालले बिश्वपाटिलाई बताए ।

हालै झापाको बिर्तामोडमा सम्पन्न सचिवालय बैठकले राष्ट्रिय महाधिवेशन र विधान महाधिवेशनको मिति तोकेको थियो । बैठकका निर्णय सर्कुलरमार्फत जानकारी गराउँदै महासचिव बडालले चैत २२ देखि २४ सम्म हुने राष्ट्रिय महाधिवेशनको स्थान भने विधान महाधिवेशनबाट तय गरिने जनाएका छन् ।

विधान महाधिवेशनका लागि विभिन्न उपसमितिहरू समेत गठन भएका छन् भने केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरिएको छ ।

माओवादीले टुंग्यायो राष्ट्रिय सभाका उम्मेदवार : गण्डकीमा सुरेश आलेमगर, अन्य को-को ?

पोखरा । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारहरूको नाम टुङ्गो लगाएको छ ।

माओवादी अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार पार्टीले गण्डकीमा सुरेश आलेमगर (अन्य समूह), प्रदेश २ मा उर्मिला अर्याल र भरत सुनार (दलित), कर्णालीमा नरबहादुर विष्ट (अपाङ्ग÷अल्पसंख्यक) र सुदूरपश्चिममा जगत पार्की (दलित) लाई उम्मेदवार बनाएको छ ।
सोमबार बसेको माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रिय सभा सदस्यका उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

सोही अनुसार प्रचण्डले मंगलबार बिहान उम्मेदवारको टुङ्गो लगाएको प्रचण्डको सचिवालयले जनाएको छ ।

आगामी माघ १२ गते हुने १९ पदको निर्वाचनका लागि आज उम्मेदवारी दिनुपर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।

माओवादी महासचिवका दाबेदार वर्षमान पुन आज स्वदेश फर्कँदै!!

माओवादी महासचिवका दाबेदार वर्षमान पुन आज स्वदेश फर्कँदै

काठमाडौं। नेकपा माओवादी केन्द्रका महासचिवका दाबेदार वर्षमान पुन आज (मंगलबार) स्वदेश फर्किँदै छन्। जन्डिसको उपचारका लागि चीनमा रहेका उनी नेपाल फर्किन लागेका हुन्।

उनी स्वदेश फर्किएपछि मात्रै माओवादीले पदाधिकारी चयन गर्ने छ। महाधिवेशनपछिको पहिलो केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पार्टीको पदाधिकारी पुनकै सहभागिता समेतमा छानिने बताएका थिए।

पुनले पार्टी महासचिवका रुपमा आफ्नो दाबी पेस गर्दै आएका छन्। अर्का नेता जनार्दन शर्मा पनि सोही पदका दाबेदार मानिन्छन्

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय