२०८३ असार १२ शुक्रबार

राष्ट्रिय सभाको चुनावका लागि उम्मेदवारको मनोनयन दर्ता आज, माओवादी र जसपाले नाम टुङ्ग्याउन बाँकी

काठमाण्डाै – आउँदो माघ १२ गते हुने राष्ट्रिय सभाको चुनावका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।
बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ । चुनावमा १२ राजनीतिक दलले भाग लिने छन् । आयोगले आउँदो २५ गते उम्मेदवारलाई चुनाव चिह्न दिने आयोगका सहायक प्रवक्ता कोमल धमलाले जानकारी दिनुभयो ।
 चुनाव चिह्न दिएसँगै निर्वाचन आचारसंहिता सबैका लागि लागू गराउने आयोगले जनाएको छ । आउँदाे फागुन २० गते नेकपा एमालेका आठ, नेकपा एकीकृत समाजवादीका चार, नेकपा माओवादी केन्द्रका चार र  नेपाली कांग्रेसका तीन राष्ट्रिय सभा सदस्यको पदावधि सकिँदैछ ।
सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै चुनाव गर्नुपर्ने प्रावधान छ । चुनावमा नौ राजनीतिक दलले सबै प्रदेशमा र तीन दलले प्रदेश विशेषमा मात्र भाग लिनेछन् । चुनावका लागि सत्ता गठबन्धन र प्रतिपक्षी दल एमालेबीच  प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धन एकातिर भए पछि एमालेले अहिलेको आठ सिट गुमाउने सम्भावना बढेको छ ।
एमाले, कांग्रेस, एकीकृत समाजवादीले उम्मेदवारको नाम टुङ्गो लगाइसकेका छन् भने माओवादी केन्द्र र जसपाले टुङ्ग्याउन बाँकी छ । चुनावका लागि आयोगले यसअघि नै निर्वाचन अधिकृतको नियुक्ति तथा मतदानस्थल र मतदान केन्द्र तोकिसकेको छ ।
चुनावमा प्रदेश सभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता  भाग लिने छन् । पालिकाका एक हजार ४ सय ९३ र प्रदेश सभाका ५ सय ३२ मतदाता रहनेछन् । चुनावबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन् ।
राष्ट्रिय सभाका एक तिहाइ सदस्यको दुई वर्षमा पदावधि सकिने संवैधानिक व्यवस्था छ । राष्ट्रिय सभा सदस्यको पदावधि ६ वर्ष भए पनि पहिलो पटक गोलाप्रथाद्वारा कार्यकाल निर्धारण गरिएको थियो । 

ओमिक्रोनको असर फोक्सोमा न्यून, घाँटीमा बढी!

पछिल्लो समय विश्वभर द्रुत गतिमा फैलिरहेको कोभिड–१९ को संक्रामक भेरिएन्ट ओमिक्रोनले गम्भीर प्रकृतिको रोग निम्त्याउने खतरा कम रहेको नयाँ अनुसन्धानले देखाएको छ !
बेलायतमा ६ वटा अनुसन्धान समूहले गरेको अध्ययनमा ओमिक्रोनले संक्रमित व्यक्तिको घाँटीमा समस्या उत्पन्न गरे पनि फोक्सोमा गम्भीर असर नगर्ने देखिएको हो । तीमध्ये चारवटा अध्ययनअनुसार यसअघिका डेल्टा वा अन्य भेरिएन्टले जस्तो ओमिक्रोनले मानिसको फोक्सोमा असर नगर्ने देखिएको बेलायती अखबारहरूले उल्लेख गरेका छन् । उक्त अध्ययन प्रतिवेदन अन्य वैज्ञानिकहरूले गहिरोसँग अध्ययन गर्न भने बाँकी रहेको जनाइएको छ ।
प्राध्यापक जेम्स स्टेवार्टका अनुसार युनिभर्सिटी अफ लिभरपुल मोलकुलर भाइरोलोजी रिसर्च ग्रुपले प्रकाशित गरेको प्रतिवेदनमा ओमिक्रोन मुसामा परीक्षण गर्दा असर निकै कम देखिएको पाइएको छ । मुसा ओमिक्रोनबाट संक्रमित गराउँदा तौल खासै नघटेको तथा निमोनिया भए पनि सामान्य मात्र असर देखिएको हो ।
‘यो एनिमल मोडल (मुसा) मा प्रयोग गरी प्रकाशित प्रारम्भिक अध्ययन प्रतिवेदन हो । ओमिक्रोनले उपल्लो श्वासप्रणाली नाक तथा घाँटीमा असर पुर्‍याउने, छिटोछिटो भाइरसको संख्या बढ्ने र छिटो सर्ने देखिएको छ,’ लन्डन वाटफोर्ड जनरल हस्पिटलका कन्सल्टेन्ट फिजिसियन डा. मोहन थापाले भने, ‘तर फोक्सोमा गम्भीर असर गरेको पाइएको छैन ।’
डा. थापाका अनुसार ओमिक्रोन फोक्सोको तन्तुमा भन्दा बढी नाक तथा घाँटीका कोषिकामा छिरेर रहिरहने, संख्या बढाउने र लक्षण देखाउने पाइएको छ । नाक तथाघाँटीमा रहिरहने भएकाले हाछ्युँ गर्दा अरूलाई छिटो सर्छ । डा. थापाले डिसेम्बरअघि र अहिलेको तुलना गर्दा अस्पताल भर्ना हुने बिरामी दोब्बर बढेको तर मृत्युदर निकै कम भएको बताए । ‘अहिले बेलायत, युरोप र अमेरिकातिर ओमिक्रोनकै संक्रमण बढी छ । ओमिक्रोनको स्पाइक प्रोटिनमा परिवर्तन आए पनि बुस्टर डोजका कारण मृत्युदर कम देखिएको छ,’ थापाले भने । बुस्टर डोजका कारण रोगप्रतिरोध क्षमता बढेपछि मृत्युदर न्यून देखिएको चिकित्सकहरूको विश्वास छ ।
यसअघि बेलायतको स्वास्थ्य सुरक्षा नियकाले आफ्नो प्रारम्भिक अध्ययनमा डेल्टा भेरिएन्टभन्दा ओमिक्रोन कम घातक भएको र झन्डै ७० प्रतिशत ओमिक्रोन संक्रमित अस्पताल भर्ना हुन नपर्ने देखिएको बताएको थियो ।
डिसेम्बर २३ मा प्रकाशित इम्पेरियल कलेज लन्डनले गरेको अध्ययन र विश्लेषणमा पनि डेल्टाभन्दा ओमिक्रोन छिटो सर्ने तर मानिसलाई असर कम गर्ने पाइएको थियो । ओमिक्रोन संक्रमण तीव्र फैलिइरहँदा बेलायतले कामदारको चर्को अभाव झेलिरहेको छ । फाइनान्सियल टाइम्सका अनुसार ओमिक्रोन संक्रमणपछि आइसोलेसन बस्दा अहिले निजी कम्पनीहरूमा झन्डै २५ प्रतिशत कामदार गयल भएका छन्।

अनुहार तथा छालाको सुरक्षा गर्ने घरेलु उपाय !!

अनुहार तथा छालाको सुरक्षा गर्ने घरेलु उपाय
शरीरमा भएको छालाले हाम्रो भित्री अंगहरुको सुरक्षा गर्दछ । तर यहि छालाको भने विशेष ख्याल पुर्याउन सकिएन भने यसमा असर पर्ने गर्दछ । गर्मीमा अत्यधिक तापमान र सूर्यको तेज किरणका कारण छाला शिथिल हुन्छ । यसबाट टेनिङ, एलर्जी, चायाँ, पोतो लगायतका समस्या देखा पर्दछ ।

छालामा देखिने यी समस्याबाट बच्न गर्मीमा दैनकि दुई पटक नुहाउनुपर्छ । यसो गर्दा पसिनाको दुर्गन्ध र त्यसबाट हुने इन्फेक्सनमा कमी आउँछ । साथै घामतर्फ र्फकदा माइल्ड फेस क्लिन्जर तथा चिसो पानीले अनुहार धुनुपर्छ ।

यदि फेसियल गर्नपरे घरभित्रै काँक्रोको रस, एलोबेराको जुस, कागती, मिल्क पाउडर, दही, बेसार, चन्दन पाउडर, गाजर, मह, पुदिना तथा तुलसीका पातको लेप बनाएर यसबाट गर्नु पर्दछ । यसले गर्मीमा छालालाई राहत प्रदान गर्छ ।

तैलीय छालाकालागि दूध, मह र कागती मिसाएर अनुहारमा लगाउनुपर्छ र १५ मिनेटसम्म त्यसै छोड्नुपर्छ । यो प्राकृतिक ब्लिच हो । यो तैलीय छालाकालागि उपयुक्त मानिन्छ ।

पिम्पल्स हटाउन काँक्राको रसमा कागती, बेसार र चन्दन पाउडर मिसाएर अनुहारमा लगाएपछि १५ मिनेटसम्म रहन दिएर धुनु पर्दछ । यसमा तुलसी वा पुदिनाको पातको पाउडर मिसाएमा लाभ बढि मिल्दछ । यो लेपले शीतलता प्रदान गर्नुका साथै मरेका कोष, संक्रमण फैलाउने कीटाणु समेत हटाएर रोमछिद्र समेत खोल्दछ ।

अनुहार चिलाउने समस्या भएमा एलोबेरा जुसमा गुलाबजल मिसाएर प्रयोग गर्नुपर्छ । यसले टोनिङ र क्लागिङलाई टाढा राख्छ । यसबाट स्किन एलर्जी, र्‍यासेस एवं चिलाउने समस्या पनि हट्छ ।

घाममा बाहिर निस्कनु परे १५ मिनेट सनब्लक लोसन लगाउनुपर्छ । केलामाइन लोसन, टाइनेनियम डाइ अक्साइड तथा जिन्क अक्साइड लोसनले पनि छालाको सुरक्षा गर्छ ।

दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि खेलाडी छनोट!!

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुलाह अल्मुताइरीले आगामी माघ महिनामा हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि बन्द प्रशिक्षणमा ३४ खेलाडीलाई बोलाउनुभएको छ ।

आगामी माघ १५ र १८ गतेका लागि तय भएको नेपाल र अफ्रिकी राष्ट्र मौरिसससँग हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि प्रारम्भिक चरणमा ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउनुभएको हो । नेपाल र मौरिससबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।

छनोटमा पर्ने नेपाली टोलीमा विशाल श्रेष्ठ, दीप कार्की, किरणकुमार लिम्बू, शत्रुघन चौधरी, टेकेन्द्र थापा, आशिष लामा, आयुश घलान, आकाश बुढा मगर, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट र बिमल घर्तिमगर रहेका छन् ।

त्यसैगरी, विशाल राई, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश हेमजन, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, क्षितिज रत्न छुन्जु, मनिष डाँगी, नवीन गुरुङ, नितिस थापा, पुजन उपरकोटी, सन्तोष तामाङ, सुवास गुरुङ, सुदीप गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यू ठकुरी, सुशील राई र तेज तामाङ रहेका छन् ।

प्रचण्ड माओवादी अध्यक्षमा निर्विरोध निर्वाचित!!

नेकपा (माओवादी केन्द्र)को अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विरोध निर्वाचित हुनुभएको छ । ललितपुरको सानेपा हाइटस्थित हेरिटेज गार्डेनमा आज अपराह्न बसेको केन्द्रीय समितिको पहिलो बैठकबाट प्रचण्ड अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको केन्द्रीय सदस्य हिमाल शर्माले जानकारी दिनुभयो ।

प्रचण्डलाई पार्टी अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव नेता नारायणकाजी श्रेष्ठ र समर्थन नेता कृष्णबहादुर महराले गर्नुभएको थियो । नेता श्रेष्ठको प्रस्ताव र नेता महराको समर्थनलाई केन्द्रीय समितिका सदस्यले सर्वसम्मत स्वीकृत गरेका थिए । अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि प्रचण्डले केन्द्रीय समिति बैठकलाई सम्बोधन गरिरहनुभएको छ ।

नवर्निवाचित केन्द्रीय सदस्यहरूको शपथसँगै माओवादीको केन्द्रीय समितिको बैठक चलिरहेको छ । बैठकले अध्यक्षबाहेकको पदाधिकारीको टुङ्गो लगाउने बताइएको छ । माओवादीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ ।

एमाले ले राष्ट्रियसभा निर्वाचनका लागि निम्नानुसार उम्मेद्वारहरू तय !!

(नेकपा एमाले) ले राष्ट्रियसभा निर्वाचनका लागि निम्नानुसार उम्मेद्वारहरू तय गरेको छ:

प्रदेश–१
खुलाः देवराज घिमिरे (झापा)
महिलाः सुमित्रा भण्डारी (झापा)
अल्पसंख्यकः सोनाम गेल्जेन शेर्पा (सोलुखम्बु)

प्रदेश–२
खुलाः असर्फी भिनवार यादव (धनुषा)
महिलाः बिना साह (रौतहट)

बागमती
खुलाः गोपाल शाक्य (ललितपुर)
महिलाः निरकुमारी कुँवर (निरु) दर्लामी (सिन्धुली)

गण्डकी
खुलाः पुण्यप्रसाद पौडेल (कास्की)
महिलाः लीला पोखरेल थनेट (नवलपुर)
दलितः गोविन्दबहादुर नेपाली (बाग्लुङ)

लुम्बिनी
खुलाः रामदयाल गुप्ता (दाङ)
महिलाः भारती खनाल (बाँके)
दलितः कृष्णबहादुर सुनार (गुल्मी)

कर्णाली
खुलाः चूडामणि शर्मा (सुर्खेत)
महिलाः गंगा थापा महत (जुम्ला)
अल्पसंख्यकः पदमबहादुर माझी (दैलेख)

सूदुरपश्चिम
खलाः डिल्लीराज भट्ट (डोटी)
महिलाः सन्तोषकुमारी शर्मा (कैलाली)
दलितः नरेश बिक (बैतडी)

के तपाईलाई ‘प्रेसर लो’ छ ? सामान्य राख्न खानुहोस् यी खानेकुरा!!

काठमाडौँ / ब्लड प्रेसर लो भएका बिरामीहरुले आफ्नो खानेकुरामा विशेष ध्यान दिन अत्यावश्यक छ। खानपानमार्फत नै यसलाई सामान्य बनाउन सक्नुहुन्छ!
सामान्तयाः यदि कसैको लो ब्लड प्रेसर छ भने त्यस्ता व्यक्तिले इन्सुलिन बढाउनका लागि त्यस्ता व्यक्तिहरुले गुलियो खानेकुराहरु खाने गर्दछन् । लो ब्लड प्रेसरका बिरामीले कस्तो प्रकारको खानेकुरा खानुपर्छ भन्ने विषयमा केहि जानकारी तल दिइएको छ।
१.पात भएको सागसब्जीः
पात भएको सागसब्जीमा आइरन हुने गर्दछ जुन मानव शरिरको लागि अत्यावश्यक खनिज पदार्थ हो । ब्लड प्रेसरलाई कम गरेर त्यसलाई सामान्य बनाउनका लागि यो निकै महत्वपूर्ण हुने गर्दछ । सागसब्जीमा प्रोटिन र भिटामिन हुने गर्दछ । ब्लडप्रेसरलाई सामान्य बनाइराख्नका लागि प्रत्येक दिन सागसब्जी खाने गर्नुहोस् ।
२. डार्क चक्लेटः
डार्क चक्लेटले मुटुको रोगी र कम ब्लड प्रेसर भएका बिरामीहरुका लागि राम्रो मानिन्छ।
३. बदामः
बदामले तपाईंको उर्जा र प्रतिरोध क्षमतालाई बृद्धि गर्ने गर्दछ । यसका साथै यसले रक्तचापलाई नियमित गर्ने गर्दछ त्यसकारण यसलाई दैनिक आहारमा समावेश गर्नुहोस्।
४. बिना बोसोको मासुः
यस्तो मासुको सेवन गर्नुहोस् जसमा बोसोको मात्रा कम हुन्छ । जो व्यक्तिको कम रक्तचापको समस्या छ उनीहरुका लागि टर्की, चिकन र माछाजस्ता पदार्थको सेवन गर्न उचित हुन्छ । यो कम रक्तचापका लागि सर्वोत्तम आहार हो।
५. रसिलो पोषिलो झोल पदार्थ:
टुसा उम्रेको गेडागुडी र झोलिलो पदार्थ खाँदा शरिरमा उर्जा र राम्ररी रक्तसञ्चार हुन्छ। प्रेसर लो भएको बेला टुसा उम्रेको गेडागुडीको कारण शरीरमा छिटै शक्ति प्राप्त हुन्छ।
६. फलफूलः
यस्तो फलफूलको सेवन गर्नुहोस् जसमा प्रोटिनको मात्रा बढि हुन्छ । यो यस्तो फल हो जसले रक्तचापका बिरामीका लागि निकै राम्रो हुने गर्दछ।
७. कालो खाद्य पदार्थः
कालो अंगुर, कालो छोगडा आदि खाद्य पदार्थमा आइरनको मात्रा अत्यधिक हुने गर्दछ । यी सबै पदार्थ कम रक्तचापलाई सामान्य बनाउनका लागि निकै उपयोगी हुने गर्दछ । यसलाई आहारमा समावेश गर्दा रक्तचापका साथै मुटुलाई पनि स्वस्थ राख्ने गर्दछ।
८. अमिलो खाद्य पदार्थः
गर्मीमा अमिलो खाद्य पदार्थ जस्तो सुन्तला आदि स्वास्थ्यका लागि निकै राम्रो हुने गर्दछ किनभने यसमा पानी र एसिड दुबै पाइने हुनाले कम रक्तचाप भएका बिरामीहरुको शरिरमा उर्जा निर्माण गर्न सहयोग गर्ने गर्दछ।
९. गहुँः
मैदाको तुलनामा गहुँ निकै राम्रो मानिन्छ । कम रक्तचापलाई सामान्य बनाउनका लागि यसको प्रयोग गर्नु लाभदायक हुने गर्दछ भने स्वास्थ्यको दृष्टिकोणले पनि उत्कृष्ट साबित हुन्छ।
१०. लसुनः
लसुनलाई आफ्नो आहारमा समावेश गर्ने मानिसहरुको रक्तचाप सामान्य हुने गर्दछ।

सुदूरपश्चिमको भौतिक पूर्वाधार मन्त्रीका छोरा पक्राउ!!

१९ पुस, धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारीलाई प्रहरीले पक्राउ गरेको छ ।

सवारी ज्यान मुुद्दामा फरार भएका २३ वर्षीय सोडारीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए ।
‘हामीले सवारी ज्यान मुद्दामा आइतबार उहाँलाई नियन्त्रणमा लिएर अनुुसन्धान गरिरहेका छौं,’ डीएसपी जोशीले जानकारी दिए ।

डीएसपी जोशीकाअनुसार गत पुस २ गते कैलालीको टीकापुरमा सोडारीले चलाएको बागमती प्रदेश ०१०२५ च ६६५५ नम्बरको गाडीको ठक्करबाट पैदल यात्री ९९ वर्षीया दुर्गादेवी न्यौपाने घाइते भएकी थिइन् । न्यौपानेको उपचारका क्रममा नेपालगञ्जमा पुस ११ गते मृत्युु भएको थियो ।

नयाँ गुप्तचर प्रमुख नियुक्तिको तयारी

नयाँ गुप्तचर प्रमुख नियुक्तिको तयारी

काठमाडौं । राष्ट्रिय अन्तर्राष्ट्रिय सूचना संकलन गर्ने र सरकारलाई सुझाव दिने निकाय राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचरी निकाय)को प्रमुख गणेश अधिकारीको अवकाशसँगै नयाँ प्रमुख नियुक्तिको तयारी गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले नयाँ गुप्तचर प्रमुख नियुक्तिको तयारी गरेको हो । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीको यही २३ गते अवकाश हुने भएपछि सरकारले प्रमुख नियुक्तिको तयारी गरेको हो । तीन वर्षे कार्यकाल सकिएपछि अधिकारी अनिवार्य अवकाशमा जान लागेका हुन् ।

आन्तरिक तथा बाह्य गुप्तचरी निकायको प्रमुख बन्न अतिरिक्त मुख्य अनुसन्धान निर्देशकको रुपमा कार्यरत यदुलाल खरेल र यादवप्रसाद रेग्मीको दाबी छ । तर सरकारले खरेललाई अघि बढाउने तयारी गरेको छ । खरेलको समय थोरै भएकाले दुई वर्ष अधिकारीलाई नै निरन्तरता दिन खोजेको तर अधिकारीले अस्वीकार गरेपछि भने खरेलका लागि बाटो खुलेको हो । खरेल भएमा उनी सात महिना मात्रै सो पदमा बहाल रहनेछन् ।

एमालेको तर्फबाट प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले २३ पुस २०७५ अधिकारीलाई मुख्य अनुसन्धान निर्देशकमा नियुक्त गरेका थिए । त्यसअघि प्रधानमन्त्री ओलीले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहतमा लगिएको थियो ।

हाल सो विभाग प्रधानमन्त्री कार्यालय मातहत रहेको छ । हालका प्रमुख अधिकारीको २३ पुसमा सकिदैछ । अधिकारी विभागको प्रमुखमा नियुक्त हुनुअघि तत्कालिन अवस्थामा बहाल रहेका दिलिप रेग्मीलाई बर्खास्त गरेर अधिकारीलाई नियुक्त गरेका थिए । हाल शेरबहादुर देउवा नेतृत्वको सरकारले उनलाई पूरा कार्यकाल राखेर अवकाशमा पठाउन लागेको हो । पुस २३ अघि नै सरकारले खरेल र रेग्मी मध्ये एक जनालाई नियुक्ति गर्नुपर्ने हुन्छ ।

युवा परिषद पोखरा महानगरपालिकाको सदस्यमा सुनिल खड़का ।

पोखरा महानगरपालिका अन्तर्गतको समस्त युवाहरूको बिकासका निम्ति गठन भएको युवा परिषद को सदस्यमा पोखरा महानगर-८ सिमलचौर निवासी सुनिल खड़का सदस्यमा मनोनीत भएका छन ।

पोखरा महानगरपालिका युवा परिषदका कार्यकारी उपाध्यक्ष हरिबोल गौतमको अध्यक्षतामा सम्पन्न बैठकले सुनिल खड़का लाई मनोनीत गरेको हो । उनलाइ संघ संस्थाको तर्फ़बाट मनोनीत गरीएको हो उनी लगायत अन्य युवाहरू लाई बिभिन्न क्षेत्र बाट समेत मनोनीत गरीएको छ ।

सुनिल खड़का बिगत लामों समय देखी खेल क्षेत्र, बिभिन्न सामाजिक संस्थाहरूमा रहेर अगुवाईको भुमिका समेत निर्वाह गर्दै आएका छन । पेशाले शिक्षक रहे पनी उनी बिभिन्न बिधामा अगाड़ी रहेका छन ।
उनको महानगरको युवा परिषदमा प्रवेश गरे संगै पोखरामा रहेका बिभिन्न संघ संस्थाहरू संगको समन्वय र बिकासमा आफूले सकेको टेवा पुर्याउने बताए ।

यस अघी महानगरले पोखरा भित्र रहेका ३३ ओटा वडा बाटै संयोजक र अन्य गरी धेरै युवाहरू लाई युवा परिषदमा आवद्ध गराएको छ । महानगर भित्र रहेका समस्त युवाहरूलाई खेलकुद, शिक्षा, आवास र समाज परिवर्तनको यात्रामा लगाउन बिकास गर्ने उद्देश्यले अगाड़ी बढेको परिषदले सुरूवात देखी नै सामाजिक गतिविधिहरू गर्दै आएको छ ।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय