२०८३ जेष्ठ २५ सोमबार

जापानको होकुतो सहर र पोखरा महानगरबीच पर्वतीय भगिनी सम्बन्ध कायम

जापानको होकुतो सहर र पोखरा महानगरबीच पर्वतीय भगिनी सम्बन्ध कायम
पोखरा महानगरपालिका र जापानको होकुतो सहर बिच पर्वतीय नगर मित्रता (भगिनी सम्बन्ध) कायम भएको छ । सो सम्बन्धी सम्झौता पत्रमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र जापानको यामानासी प्रिफेक्चर स्थित होकुतो नगरका नगर प्रमुख एइजी उएमुराले शुक्रवार हस्ताक्षर गरेका हुन् ।

दुवै नगरहरूबिच मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक विश्वास र सम्मानको आधारमा पर्वतीय नगर मित्रता कायम गरिएको पोखरा महानगरपालिकाका नगर प्रमुख आचार्यले बताए । उनका अनुसार दुवै सहरहरूका नागरिकहरू एक अर्काको पर्वतीय भूगोल, संस्कृति र इतिहासलाई सम्मान गर्दै भविष्यमा हुने द्विपक्षीय सहयात्रालाई आपसी हित, विकास साझेदारी र जनसम्बन्धको आयामका आधारमा प्रभावकारी बनाउँदै अगाडी बढाउन प्रतिबद्ध रहनेछन् ।

पोखरा महानगरपालिकाको अन्तर्राष्ट्रिय नगरसँगको भगिनी सम्बन्ध जापानको कोमागानेसँग सन् २००१ मा कायम गरिएको थियो, त्यसको निरन्तरताले विदेशका विभिन्न १४ वटा सहरसँग पोखराको मितेरी साइनो जोडिएको छ, ।” मेयर आचार्यले भने, “पछिल्लो पटक १५ औँ अन्तर्राष्ट्रिय नगरका रूपमा जापानको होकुतो नगरसँग हामीले नयाँ सम्बन्धको सुरुवात गरेका छौँ, यसले पोखरा जस्तै हिमालको काखमा रहेको होकुतोसँग पर्वतीय संस्कृति, रहनसहन र समग्र पर्यटन विकासका असल अभ्यासहरूको आदानप्रदानमा महत्त्वपूर्ण योगदान पुग्नेछ ।”

अवैध रूपमा बसोबास गरेकालाईयूएई सरकारले दियो आममाफी !!

  • अवैध रूपमा बसोबास गरेकालाईयूएई सरकारले दियो आममाफी

 

संयुक्त अरब इमिरेट्स (यूएई)ले गैरकानुनी हैसियतमा रहेका आप्रवासी श्रमिकलाई कानुनी हैसियतमा आउने अवसर प्रदान गर्दै दुई महिनासम्मको आममाफी योजना लागू गरेको छ। यो योजना १ सेप्टेम्बरदेखि सुरु भई ३० अक्टोबरसम्म लागू हुनेछ। यूएईको नेपाली दूतावासका अनुसार, यो माफी श्रम वा भिजिट भिसामा गएर म्याद नाघेका (ओभरस्टे) श्रमिकलाई लक्षित छ, जसले जरिवाना नतिरी स्वदेश फर्कन सक्नेछन्।

आममाफी योजना अन्तर्गत, गैरकानुनी अवस्थामा रहेका श्रमिकले कानुनी प्रक्रिया पुर्‍याएर यूएईमा वैध बसोबास गर्न वा नेपाल फर्कन पाउनेछन्। यसले खासगरी भिजिट भिसामा काम खोज्न गएका र म्याद नाघेका श्रमिकलाई राहत दिनेछ। नेपाली दूतावासले पनि सम्पूर्ण श्रमिकलाई यो अवसरको फाइदा उठाउन अनुरोध गरेको छ।

यूएईमा बस्न इच्छुक व्यक्तिहरूले मान्यताप्राप्त ‘जव अफर लेटर’ लिई आफ्नो हैसियत परिवर्तन गर्न सक्नेछन्। आममाफीमा सहभागी हुन आवेदन दिन, सम्बन्धित इमिरेट्सका अध्यागमन विभागमा जानुपर्नेछ। साथै, राहदानी नभएका श्रमिकलाई दूतावासले आवश्यक कागजात जारी गर्ने जनाएको छ, तर स्वदेश फर्किनुअघि जरिवाना र प्रहरी प्रतिवेदनको प्रक्रिया पूरा गर्नुपर्नेछ।

पर्वतको ठानामौला खाल्टेमा १ लाख पुरस्कार राशीको भलिवल प्रतियोगिता हुँदै !!

पर्वतको ठानामौला खाल्टेमा १ लाख पुरस्कार राशीको भलिवल प्रतियोगिता हुँदै !

पर्वतको फलेवास ८ ठानामौला खाल्टेमा खूल्ला भलिवल प्रतियोगिता हुने भएको छ । विजय दशमी २०८१ को अवसरमा चारभञ्याङ यूवा क्लवले चारभञ्याङ गाँउ फलेवास ८ ठानामौला खाल्टेमा वडा स्तरिय खूल्ला भलिवल प्रतियोगिता आयोजना गर्न लागेको हो । क्लवले सार्वजनिक गरेको पुरस्कार राशी अहिले सम्मकै वढी रहेको छ ।

गत वर्ष भव्यतका साथ खेलकुद प्रतियोगिता सम्पन्न गरेको क्लवले यस वर्ष पनि भलिवल प्रतियोगिता आयोजना गर्न लागेको हो ।
रोजगार र शिक्षाको लागि यूवाहरु गाँउ छोड्न थालेपछी खेलकुद संगै गाउ सुनसान वन्दै गएको अवस्थामा गाउमा यूवाहरुको सकृयता वढाउने र खेलकुदर सामाजिक विकासका कार्यक्रम यूवाहरुलाई सक्रियताका लागि खेलकुद कार्यक्रम आयोजना गएिको क्लवका अध्यक्ष याम वहादुर गूरुङले वताए ।

कुनै वेला हरेक वर्ष खेलकुद र सांस्कृतिक कार्याक्रम आयोजना हुने खाल्टे गाँउ भलिवल खेल र राम्रा खेलाडीले चिनिएको गाँउ हो । भलिवल खेलले चिनाएको गाँउ केही वर्ष सुनसान वने पनि यतीवेला चारभञ्याङ यूवा क्लव गठनले चिनाउन थालेको छ ।

भलिवल प्रतियोगिता यही २०८१ आश्विन १९ देखी २४ गते सम्म आयोजन गर्न लागेको क्लवले जनाएको छ । भलिवल प्रतियोगिता सगै अन्य प्रतियोगिता पनि संचालन गरिने तथा सास्किृतक कार्यक्रमहरुले दर्शकहरुलाई मनोरञ्न प्रदान गरिने क्लवका अध्यक्ष याम वहादुर गूरुङले जानकारी दिएका छन् ।

कुनै वेला भलिवल खेलले चिनिएको खाल्टे गाँउमा २ दशक पछि यूवाहरुको सक्रियताले पुन खेलकुद कार्याक्रमको आयोजना हुन लागेकोमा खुसी व्यक्त गर्दै आफूहरुले पनि सक्दो सहयोग गर्ने पुर्व खेलाडी तथा चारभञ्याङ यूवा क्लवका सल्लाहकार शिव घलेले वताए ।

प्रतियोगितामा प्रथम पुरस्कार नगद रु १ लाख शिल्ड मेडल र प्रमाण पत्र रहने र खेलमा उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कार प्रदान गरिने समाजका सचिव सुमन जिसीले वताएका छन् ।
दोस्रो पटक क्लवले खाल्टेमा आयोजना गर्न लागेको खुल्ला वडा स्तरिय भलिवल प्रतियोगिताका लागि पुर्व खेलाडी तथा सुभचिन्तकहरुले खुसी हुदै आर्थिक सहयोग समेत गरेका छन् ।

खाल्टेगाउमा आयोजना हुन लागेको खूल्ला भलिवल प्रतियोगिले गाउको चिनारी हुने साथै भलिवल खेलप्रमीहरु हर्षित भएको खाल्टे गाउका पुर्व खेलाडी तथा क्लवका सल्लाहकार शिव घले वताउनु भयो ।

प्रतियोगितामा टाढा वाट आउने खेलाडीहरुलाई स्थानिय चारभञ्याङ सामुदायिक होमष्टेमा वस्नका लागि व्यवस्थापन गरिएको आयोजकले जनाएको छ ।

विगतमा भलिबलले चिनिएको खाल्टे गाँउमा २० वर्ष पछि प्रतियोगिता

खप्तडी बस्नेत समाज सिडनी अष्ट्रेलियाले सम्मान सहित तिज कार्यक्रम सम्पन्न ।

“खप्तडी बस्नेत समाज, सिड्नी, अष्ट्रेलियाले बिभिन्न ब्यक्तिलाई सम्मान सहित सम्पन्न गर्यो तिज कार्यक्रम”

सिडनी । अष्ट्रेलिया । यहि अगस्ट ३१, २०२४ शनिबार खप्तडी बस्नेत समाज, सिड्नी, अष्ट्रेलियाले तिज कार्यक्रम सम्पन्न गरेको छ।प्रवाशको भुमिमा “हाम्रो सॅस्कृती हाम्रो पहिचान, बॅशावली जोगाउने हाम्रो अभियान” मुल उदेश्य सहित २०१९ मा शुरू भएको उक्त सॅस्था बिभिन्न बस्नेत बन्धहरूबाट शुरू भई उक्त समयको सॅस्थापक अध्यक्ष राम बस्नेत भई सॅस्था २०१९-२०२१ सॅचालन गर्नु भएको थियो।

करिब १०० जनाको उपस्थितीमा भएको तिज कार्यक्रममा नेपालबाट घुम्न आउनु भएको बस्नेत अभिभाबकहरू चन्द्रकला बस्नेत, कृष्ण बस्नेत, मैया बस्नेत, राजु बस्नेत र अम्बिका बस्नेतलाई सम्मान गरिएको थियो भने छोरिहरू तथा फुपुहरू समेत सम्मान खप्तडी बस्नेत समाज, सिड्नीको सॅरक्षक राजन कुमार बस्नेत ले गर्नु भएको थियो।

यस सॅस्थाको मुल उदेश्य भनेको बन्धुहरू बिच भाईचारा अभिबृद्दी, खप्तडी बस्नेतहरूको सॅस्कृती जोगाउने, समस्या पर्दा सहयोग आदानप्रदान सहित हाम्रो सॅस्कृती अष्ट्रेलियामा रहेको दोस्रो पुस्तालाई सिकाउने तथा हस्तान्तरण गर्ने रहेको यस सॅस्थाको अध्यक्ष बिमल बस्नेतले जानकारी गराउनु भयो।

 

जुम्लाका छ हजार ६६५ घरधुरीमा विद्युत् पहुँच !!

जुम्लाका आठ वटा स्थानीय तहका करिब छ हजार छ सय ६५ घरधुरीमा विद्युत्को पहुँच पुगेको छ । यहाँको पातारासी गाउँपालिकाबाहेक यहाँका अन्य पालिकाका छ हजार छ सय ६५ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युतीकरण पुगेको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख रामआशिष शाहले जानकारी दिए ।

जिल्लाको तिला गाउँपालिका–८ र ९ मा केन्द्रीय लाइनको विद्युत् विस्तार हुने सकेकोे छैन । बाँकी सबै वडाका घरधुरीमा विद्युत्को पहुँच पुगेको छ । त्यस्तै सिञ्जा गाउँपालिका–३ मा रहेको नराकोट बजारमा विद्युत्को लाइन पुगेको छ भने बाँकी वडामा पुग्न सकेको छैन । हिमा गाउँपालिका–२ र ६ बाहेक अरु सबै वडाका घरधुरीमा विद्युत् लाइन पुगेको प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख शाहले बताए ।

१३० किलोमिटर लामो पाइपलाइनमार्फत खाना पकाउने एलपी ग्यास आपूर्ति गर्ने तयारी !!

भारतको मोतीहारीदेखि नेपालको सर्लाहीसम्म १३० किलोमिटर लामो पाइपलाइनमार्फत खाना पकाउने एलपी ग्यास आपूर्ति गर्ने तयारी गरिएको छ । सो स्थानमा पाइपलाइन निर्माण गरी ग्यास ढुवानी गर्ने विषयमा दुवै देशका उच्च पदस्त अधिकारीबिच छलफल हो ।

भारतमा हालै सम्पन्न बिम्स्टेक सम्मेलनका क्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदीपसिंह पुरीसँगको भेटमा ग्यासको पाइपलाइन निर्माण गर्ने विषयमा छलफल भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । पाइपलाइन निर्माण गर्ने विषयमा भारतीय पक्ष सकारात्मक भएको मन्त्रालयले जनाएको छ । गोरखापत्रमा खबर छ ।

सिट क्षमता भन्दा बढि बिद्यार्थी बोक्ने १७ वटा स्कुल बस कारबाहीमा !

पोखरा, १२ भदौ ।

पछिल्लो समय पोखरामा स्कुल बसले सिट क्षमता भन्दा बढी विद्यार्थी राख्ने, चालकले तिब्र गतिमा बस चलाउने लगायतसमस्याहरु बढेसगै कास्की प्रहरीले स्कुल बसमा अनुगमन थालेको छ ।

मगंलबरा बिहान साढे आठ बजेदेखि बेलुकी साढे पाँच बजेसम्म जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलिले पोखरा महानगरपालिकाका विभिन्न स्थानमा स्कुल बसलाई अनुगमन तथा चेक जाँच गरेको थियो ।

अनुगमनका क्रममा सिट क्षमता भन्दा बढि बिद्यार्थी बोकेको पाइएपछि १७ वटा स्कुल बसलाई कारबाही गरिएको छ ।

पोखरा महानगरपालिका अन्तर्गत बिभिन्न वडामा चल्ने स्कुलका विद्यार्थी बोक्ने विभिन्न २२३ वटा स्कुल बसहरुलाई चेकजाँच गर्दा सिट क्षमता भन्दा बढी विद्यार्थी बोकेका १७ वटा स्कुल बसलाई ट्राफिक नियम अनुसार कारबाही गरिएको कास्की प्रहरीले जनाएको छ ।

साथै चेकजाँचका क्रममा सम्पुर्ण चालकहरुलाई ट्राफिक नियम उल्लङ्घन गरी सवारी नचलाउन भनि सम्झाई बुझाई समेत गरिएको प्रहरीले जनाँएको छ ।

केहीदिन अघि तिव्र गतिका कारण पोखरा २१ मा स्कुल बस दुर्घटना हुँदा आमा छोराको मृत्यु भएको थियो भने केही दिन अघि पोखरा १७ हिमालय आँखा अस्पताल अगाडि स्कुल बस दुर्घटना हुँदा चालक घाइते भएको थिए ।

प्रकाशलाई हामीले कसरी भेट्यौं ? अहिले प्रकाश कहाँ छन् ? – हेर्ने कथा !

प्रकाशलाई हामीले कसरी भेट्यौं ? अहिले प्रकाश कहाँ छन् ?

हामी सन् २०२३ को अप्रिल महिनाको अन्तिम साता चुम भ्याली गएका थियौं – फुन्जोको कथा गर्न । छेकम्पारमा फुन्जोको वाल्यकालका सम्झनाहरु पछ्याउने क्रममा हामी गाउँ मास्तिरको चौंरी गोठमा पुगेका थियौं । यो हिउँदे गोठ थियो । त्यहिँ भेटिएका थिए प्रकाश ।

प्रकाश फुन्जोका वाल्यकालका सम्झनाहरुसँग पनि जोडिन्छन् । प्रकाशको बारेमा बुझ्दै जाँदा थाहा भयो उनी काठमाडौंमा गलैंचा बुन्न भनी आएका रहेछन् । गलैंचा कारखानाबाट वालमजदूरहरु निकालिए । प्रकाश अर्का सूर्य भनिने साथीसँग जोरपाटीतिर भौंतारिरहेका थिए । छेकम्पारकै एक जना मानिसले प्रकाश र सूर्यलाई गोठालो काम गर्न भनी लिएर गए ।

प्रकाशलाई ठ्याक्कै तिथिमिति थाहा छैन । तर उनले भने अनुसार सन् १९९० को दशकको मध्यतिर हुनुपर्छ । सँगै आएका साथी केही समयमै भागेर फर्किए । तर प्रकाश भाग्न सकेनन् । प्रकाशका मिल्ने साथी सूर्यले नै ‘काले’को नाम ‘प्रकाश’ राखिदिएका थिए । सूर्य अहिले कहाँ छन् प्रकाशलाई थाहा छैन ।

प्रकाशको विगतको बारेमा खोजिनिति गरेपछि वर्षौं हराएका उनलाई परिवारसँग भेटाइदिन पाए कस्तो हुँदो हो भनेर हामी कल्पियौं । प्रकाशले पनि घर खोज्ने इच्छा देखाए ।

साहु प्रकाशलाई सजिलै पठाउन मान्दैनन् भन्ने थाहा थियो । उनका केही शुभेच्छुकहरूले साहुलाई खबर नै नगरी सुटुक्क हिँड्ने सल्लाह दिए । तर हामीलाई चाहिँ सल्लाह गरेर नै जाँदा ठीक होला भन्ने लाग्यो । साहुलाई मनाउने जिम्मा प्रकाशले लिए । हामी विहान प्रकाशको साहुको घरमा पुग्यौं ।

साहुनी मानेकी थिइनन् । साहु दोधारमा थिए । एकछिन तनावको वातावरण भयो । साहुले १० दिनमा प्रकाशलाई गाउँमै ल्याएर नबुझाए ‘पुलिस केस गर्छु’ सम्म भने । हामीले तल जगत भन्ने ठाउँसम्म ल्याएर छाडिदिन्छौं भन्यौं । १० दिन भित्र प्रकाशलाई जिम्मा लगाउने शर्तमा हामीले गाउँ छाड्यौं ।

प्रकाशले भनेको झापाको तीन कठ्ठे भन्ने गाउँ पत्ता लगाउन साथी पर्वत पोर्तेलले सघाए ।

हामी सबै डर र अन्यौल बोकेर हिँडेका थियौं । प्रकाशको गाउँ र परिवार भेटिने नभेटिने टुङ्गो थिएन । त्यसपछि केके भयो कसरी प्रकाशका आफन्त भेटिए सबै कथामा नै हेर्न सकिन्छ ।

माथि भोजपुरमा प्रकाशका परिवारले ‘फर्कनु पर्दैन यहिँ बस्नु’ भनेका थिए । साहुलाई दिएको वचनले प्रकाश पनि बाँधिएका थिए, हामी पनि बाँधिएका थियौं ।

हामी काठमाडौं फर्कियौं । साहुका एक जना छोरा काठमाडौंमा बस्दा रहेछन् । हामीले उनलाई नै प्रकाशको जिम्मा लगायौं । उनले प्रकाशलाई छेकम्पार फर्काउने व्यवस्था गरे ।

यो बिचमा केही पटक प्रकाशसँग हाम्रो फोन सम्पर्क भएको थियो । र पछिल्लो पटक आज प्रकाशसँग फोनमा कुरा भयो । प्रकाशले भनेका केही कुराहरु उनकै शब्दमा :

“ म दशैं मान्न पोहोर गाउँ गएँ । गाउँ जानेमा बेलामा साहुले खर्च दिएनन् । यत्रो वर्ष काम गरेको पैसाको हिसाब छैन । साहुका विदेशमा भएका छोराले १ लाख पठाइदिए अनि काठमाडौंमा भएका छोराले ६० हजार । १ लाख ६० हजार बोकेर म नफर्किने गरी भोजपुर गएँ ।

घरको अवस्था साह्रै नाजुक रहेछ । आफ्नो जग्गा जमिन खासै छैन । अँधियाका केही हल बारी छन् । बाउले गोरु किन्नु पर्छ भन्नु भयो । एक हल गोरु किनिदिएँ । कान्छो भाइलाई विदेश जान ४० हजार दिएँ । बाउलाई औषधी र बैशाखी किनिदिएँ । चाडबाड मनाउँदा अलिअलि खर्च भयो । बाउलाई अहिले सन्चो छ ।

नागरिकता बनाउन खोजेको तर भएन । जन्मदर्ता चाहिन्छ । झापाबाट आएको बसाइसराई चाहिन्छ भने ।

पाँच-छ महिना गाउँमै बसेँ । गाउँमा जति दुःख गरे पनि केही नहुने । आफ्नो भन्ने केही छैन । बरु ज्यालादारी नै काम गरे पनि चुम भ्यालीमै अलिअलि कमाइन्छ जस्तो लाग्यो अनि म छेकम्पार फर्किएँ । यहाँ काम पनि पाइएन । पहिलाकै साहुको घरमा काम गर्न थालेको छु । मैले त दिनको १ हजार दिनुपर्छ भनेको छु । तर उनीहरु पैसाको कुरै गर्न चाहँदैनन् ।

खै अब के गर्ने हो । के हुने हो मलाई पनि थाहा छैन । बाउले फोन गरेर “गोरुले दुःख दियो छिटो आइज” भन्छ । दशैंमा फेरि भोजपुर जाने सोचेको छु । “
@Bidhya Chapagain

सुदुरपश्चिम समाज अष्ट्रेलियाले गौरा पर्व २०२४ आयोजना गर्ने ।

सुदुरपश्चिम समाज अष्ट्रेलियाले गौरा पर्व आयोजना गर्ने ।
सिड्नी । सुदुरपश्चिम समाज अस्ट्रेलिया न्यु साउथ वेल्स राज्यमा गौरा पर्व धुमधामका साथ मनाउने भएको छ । नेपालको सुदुरपश्चिम क्षेत्रको महत्त्वपूर्ण धार्मिक एवम् सांस्कृतिक पर्व गौरा पर्व अस्ट्रेलियामा रहेका सुदरपश्चिम र मध्यपश्चिमेलीहरुले धुमधामका साथ मनाउन लागेका हुन् ।
समाजले विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि यही अगष्ट ३१ तारिख सिड्नी क्याम्पसीमा रहेको कोरियन हलमा गौरा पर्व मनाउन लागेको सुदुरपश्चिम समाज अस्ट्रेलिया एनएसडब्ल्यू का अध्यक्ष लक्ष्मी जोशीले बिश्वपाटीलाई जानकारी दिए । उक्त अवसरमा धार्मिक अनुष्ठान, पूजाआजाका साथ हुडाखेली नृत्यका साथै देउडा गीत र मौलिक खानाका परिकार सहित विभिन्न रमाईलो कार्यक्रमको आयोजना गरिएको छ ।
समाजले कन्सर्ट भन्दा पनि मौलिक रुपमा नेपालकै संस्कार र संस्कृति तथा गौराको विधि बमोजिम पुजाआजा सहित गौरा पर्व मनाउने तैयारी गरेको हो । कार्यक्रममा देउडा गायक गायिका केशव राज गिरी, राधिका बोहोरा सहितका कलाकारहरुको विशेष सांगीतिक प्रस्तुती सहित देउडा गीतहरु प्रस्तुत गर्नेछन् । कार्यक्रममा उपस्थितिका लागि आयोजकले सबैसंग अनुरोध समेत गरेको छ । कार्यक्रममा नयाँ कार्यसमितिलाई पद हस्तान्तरण, परिचय सहितका कार्यक्रम समेत रहनेछन् । कार्यक्रमबाट संकलन भएको रकम कुजी लाईन्स क्लवसंग मिलेर धनगढीमा बाढी पहिरोबाट प्रभावित विद्यालयहरुमा सहयोग गर्ने उद्धेश्य रहेको समाजले जनाएको छ ।
के हो गौरा पर्व,कसरी मनाईन्छ ?
गौरा पर्व भाद्र कृष्णको षष्ठीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ । गौरा पर्वको पहिलो दिन गौरापर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ‘बिरुडा’ अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गर्छन् । गौरापर्वमा व्रतालु तथा तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ । बिरुडा भिजाएको केही दिनपछि महिलाहरूले सामूहिकरूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा (मूर्ति) बनाई गौराघरमा भित्र्याउँछन् । धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्ने गरिन्छ । गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् । अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्याउने मात्र नभई यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ। सुदूपश्चिमेलीहरूले धुमधामका साथ मनाइने गौरापर्व भाद्र कृष्ण पञ्चमीदेखि सुरु हुने गर्दछ । गौरा पर्वको पहिलो दिन घर-घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरिन्छ। यो पर्व सुदूरपश्चिममा एक ठूलो पर्वको रूपमा मनाइन्छ । साथै यस पर्वमा सरकारले देशभर गौरा पर्व मनाउने समुदायलाई सार्वजनिक विदा दिने गर्दछ ।

तनहुँ भारतीय सवारी दुर्घटना एपडेट ! !

तनहुँ सवारी दुर्घटना एपडेट

आज बिहान ११:२० बजे तनहुको आँबुखैरेनी- २ ऐना पहरामा UP 53 FT 7623 नम्बरको बस सडकबाट अन्दाजि १५० मिटर तल मर्स्याङदी नदिमा खसि भएको सवारी दुर्घटनामा परी बसमा सवार २७ जनाको मृत्यु र १६ जना घाईते भएका छन । घाईते सबै जनालाई उपचारको लागि काठमाडौ पठाईएको छ । बसमा सबै भारतिय नागरिकहरु सवार रहेको खुल्न आएको छ भने सवारी दुर्घटनाको कारण अनुसन्धान र थप यात्रुहरुको खोजि भईरहेको छ ।
स्रोतः गण्डकी प्रदेश प्रहरी

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय