क्यानलाई रिपोर्टिंग नगर्ने खेलाडीको संख्या १४ पुग्यो [लिस्टसहित]
नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजदेखि शुरुहुँदै छ । टिमको नयाँ प्रशिक्षकको रुपमा पुबुदु दशानायके काठमाडौं आइपुगेपछि पहिलो पटक बन्द प्रशिक्षण शुरुहुन लागेको हो ।
त्रिवि क्रिकेट मैदानमा विहान १० बजेपछि शुरुहुने बन्द प्रशिक्षणका लागि नेपाल क्रिकेट संघ क्यानले प्रशिक्षक दशानायकेसँग सल्लाह गरेर ३० जनाको प्रारम्भीक सूची सार्वजनिक गरेको थियोे । प्रशिक्षक नआउँदै क्यान र खेलाडीबीचको सुरु भएको विवादको गुत्थी नसुल्झिएकाले आजको बन्द प्रशिक्षणमा तोकिएको संख्या भन्दा थोरै खेलाडीहरु उपस्थित हुने सम्भावना रहेको छ ।
क्यानले तत्कालिन कप्तान ज्ञानेन्द्र मल्ल, उप कप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई अनुशासनको कारबाही गरेको थियो । मल्ल र ऐरीको क्रमस कप्तान र उपकप्तान पद खोसेको छ भने चारै जना खेलाडीलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा शुरुको ६ महिना अर्थात जुनसम्म सहभागी नगराउने निर्णय बोर्ड बैठकबाटै गरेको छ ।
कारबाही गरेपछि मुख्य प्रशिक्षक दशानायकेले चारै खेलाडीलाई समेटेर ३० जनाको प्रारम्भिक सूची क्यान मार्फत सार्वजनिक गराएका थिए । चार जना खेलाडीलाई कारबाही गरिए पनि खेल्न भने क्यानले कुनै प्रतिवन्ध लगाएको छैन् । नयाँ कप्तानको रुपमा क्यानले सन्दीप लामिछानेलाई नियुक्त गरिसकेको छ ।
तर, चार जना खेलाडीलाई गरिएको कारबाही प्रकरणका कारण अहिले खेलाडीहरु गुटमा विभक्त भएका छन् । जसका कारण मल्ल र ऐरी पक्षका केही खेलाडीहरु क्यानले शनिबारका लागि रिर्पोटिङ गर्न दिएको समयमा सम्पर्क नगर्ने खेलाडीको संख्या १४ पुगेको छ ।
बन्द प्रशिक्षणका लागि रिपोर्टिङ नगर्ने १४ खेलाडीहरु :
ज्ञानेन्द्र मल्ल
दीपेन्द्रसिंह ऐरी
सोमपाल कामी
कमलसिंह ऐरी
विनोद भण्डारी
रोहित कुमार पौडेल
कुशल भुर्तेल
बिक्रम शोब
करण केसी
सुशन भारी
सन्दीप जोरा
नन्दन यादव
अविनाश बोहोरा
कुशल मल्ल
पाल्पामा ३५ जना मलामी सवार बस दुर्घटना: ७ जनाको घटनास्थलमै निधन, जेसीभी झिकाएर शव निकालिदै
पाल्पाको अन्तिम संस्कारका लागि हिडेको बस दुर्घटना हुँदा ७ जनाको निधन भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका–३, लघुवामा आइतबार बस दुर्घटना हुँदा सात जनाको भृत्यु भएको हो । दुर्घटनामा आठ जना घाइते भएको र उनीहरुलाई उपचारका लागि अस्प्ताल लगिएको हार्थोक प्रहरी चौकीका प्रमुख विष्णु रेग्मीले जानकारी दिए । उनका अनुसार बुटवलदेखि शव दा ह संस्कारका लागि रुरुक्षेत्र कालीगण्डकी रिडी हिँडेको बस दुर्घटना भएको हो ।
आइतबार बिहान साढे दस बजेतिर लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार बसमा करिब ३५ जना मलामी सवार थिए । दुर्घटनामा परेकामध्ये ७ जना ग म्भी र घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीले उद्धार गरी घाइतेलाई उपचारका लागि जिल्ला सदरमुकाम तानसेन पठाएको जनाएको छ । बाँकीको अवस्था सामान्य रहेको स्थानीयले जानकारी दिए ।
प्रहरी र स्थानीयसहितको टोलीले घाइतेको उद्धार कार्य गरेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । चार वटा शव बाहिर देखिएको र तीनवटा शव दुर्घटनाग्रस्त बसले च्या पे काले जेसीभी झिकाएर निकाल्ने तयारी गरेको प्रहरीले जनाएको छ ।
कोठामा हिटर प्रयोग गर्दा ख्याल राख्नुपर्ने कुरा
काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश स्थानमा विहानदेखि वर्षा भइरहेको छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात समेत भएको छ ।वर्षा र हिमपात भएसँगै चिसो बढ्दा न्यानोका लागि हिटर प्रयोग गर्दै हुनुहुन्छ भने केही महत्वपूर्ण कुरामा ख्याल राख्नुपर्छ ।
धेरैजसोले झ्यालढोका बन्द गरी हिटरको प्रयोग गर्छन्, जुन स्वास्थ्यका निम्ति घातक हुनसक्छ । बन्द कोठामा धेरैबेर हिटर ताप्दा कार्बन मोनोअक्साइड ग्याँस सिर्जना हुन्छ । यसले विशेषगरी बालबालिका र वृद्ध–वृद्धाकाे स्वास्थ्यमा बढी नै असर गर्छ ।
अर्कोतर्फ बन्द कोठामा हिटर बाली सुत्दा शरीरमा अक्सिजनको मात्रा घट्न गई मानिसको मृत्युसम्म हुनसक्छ । यसकारण सावधानी अपनाएर मात्र हिटरकाे प्रयाेग गर्नुपर्छ ।
आज हामी हिटरको प्रयोग गर्दा अपनाउनुपर्ने केही सावधानीबारे चर्चा गर्दैछौं ।
बन्द कोठामा रातभर वा धेरैबेर हिटर प्रयोग नगर्नुहोस् ।
मुटु तथा श्वासप्रश्वासजस्ता समस्या भएका मानिसहरुले सकेसम्म हिटरको प्रयोग गर्नुहुँदैन । गर्नैपरे सधैं एक बाल्टिन पानी राखेर झ्याल खुल्ला राख्नुहोस् ।
हिटरमा लामो समयसम्म बस्दा शरीरको अंग जल्ने तथा चोटपटक लाग्ने सम्भावना हुनसक्छ, ख्याल गर्नुहाेस् ।
हिटर प्रयोग गर्न सकेसम्म पावर कर्ड एक्सटेन्सन अर्थात मल्टिप्लग प्रयोग नगर्नुहोस् ।
दम, एलर्जी, पिनास, ब्रोन्काइटिसको समस्या भएका बिरामीका लागि बजारमा विशेष खालको हिटर पाइन्छ, यस विषयमा जानकारी लिएर मात्र हिटर खरिद गर्नुहोस् ।
हिटरलाई कहिल्यै पनि ढाकेर नराख्नुहोस् । यसबाट आगलागीको सम्भावना अधिक हुन्छ ।
यदि कोठामा हिटर चलिरहेको छ भने समय-समयमा पानी पिउनुहाेस् । चिया, कफी वा सुप लिनु पनि राम्रो हुन्छ । यसले छाला सुख्खा हुनबाट केही कम गर्न सक्छ ।
आवतजावत भइरहने ठाउँमा हिटर नराख्नुहाेस् । विशेषगरी बच्चाहरुको पहुँचबाट यसलाई टाढा राख्नुहाेस् । समथर सतहमा हिटर राख्नु राम्रो हुन्छ ।
हिटर नजिकै जल्ने खालका कागज, ब्ल्यांकेटजस्ता सामग्री नराख्नुहाेस् ।
पोखरा सडक महोत्सवमा ठुलो दुर्घटना स्याङजाका सुनिलको मृत्यु!
पोखरा सडक महोत्सवमा ठुलो दुर्घटना स्याङजाका सुनिलको मृत्यु
। अंग्रेजी नयाँ वर्षको अवसरमा रेवान पोखराले लेकसाइड क्षेत्रमा आयोजना गर्दै आएको पोखरा सडक महोत्सवका क्रममा दुःखद घटना घट्यो । मूख्य सडकबाट भित्र पोखरा वडा नं. ६ कार्यालय र शान्तिपाटन मार्ग बीचमा मापसे गरी गाडी चलाउनेको लापरबाहीले पैदलयात्रुले अनाहकमा ज्यान गुमाउनुपरेको छ । आधा दर्जन सवारीमा क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए अनुसार ग २ च १११८ नम्बरको हाइलक्स गाडीले न्यू ईयर ईभ शुक्रबार राति साढे १ बजेको समयमा ६ वटा सवारीमा ठक्कर दिँदा २ जना घाइते भए । एक जना पैदलयात्रु र एक जना सवारी चालक घाइते भएकोमा पैदलयात्रु स्याङ्जा फेदीखोला घर भई पोखरा बस्दै आएका सुनिल गुरुङको उपचारकै क्रममा मृत्यु भएको छ । काहुँखोलाकी सरिना बराल घाइते छिन् ।
४० वर्षीय गुरुङलाई दुर्घटना लगत्तै सिर्जनाचोक स्थित मेट्रो अस्पताल लगिएकोमा उपचारकै क्रममा २ बजे मृत्यु भएको डिएसपी तिवारीले जनाए । मापसे गरी हाइलक्स चलाएका पोखरा लेखनाथका २९ वर्षीय सुवास बिकले पार्किङमा रहेका चार गाडीमा ठक्कर दिएका थिए ।
डिएसपी तिवारीले भने– ‘हाइलक्स चालकले ४ वटा रोकिराखेका गाडी र चलिरहेका २ वटा मोटरसाइकल/स्कुटरलाई पनि ठक्कर दिए । पैदलयात्रु गुरुङ पनि ठक्करबाट घाइते भए । पछि उपचारकै क्रममा ज्यान गयो ।’घटनामा संलग्न चालक बिक र गाडीलाई नियन्त्रणमा लिई कानुनानुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
एक जना शिक्षकका भरमा चौँतिस वर्षदेखि विद्यालय l
सरोकारवालाको बेवास्ताका कारण महोत्तरीको एक विद्यालय विगत ३४ वर्षदेखि एउटै शिक्षकका भरमा सञ्चालित छ ।
अति गरिब, विपन्न र दलित विद्यार्थी मात्रै पढ्ने जिल्लाको मनरासिस्वा नगरपालिका वडा नं ९ मधवा गाउँमा रहेको हनुमानदत्त विश्वनाथ जनता सरकारी प्राथमिक विद्यालय सम्बन्धित निकायको उदासिनताका कारण विगत ३४ वर्षदेखि एउटै शिक्षकका भरमा चलिरहेको छ ।
यो विद्यालय रहेको महोत्तरीको निर्वाचन क्षेत्र नं ३ बाट सङ्घीय सांसदमा लोकतान्त्रिक समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर एवं प्रदेश सभासदस्यमा सोही पार्टीका रानीकुमारी तिवारी निर्वाचित भएका छन् । उनीहरुले पनि कुनै चासो नराख्दा विद्यालयको अवस्था फेरिन सकेको छैन ।
नेपाल भारतको दशगजा क्षेत्रको १० मिटर मात्रै उत्तर किनारामा मुसहर बस्तीको छेउमै अवस्थित सो विद्यालय अहिले बालकक्षादेखि ५ सम्म एउटै शिक्षकले धानिरहेका छन् । आफैं प्रधानाध्यापक, आफैं कक्षा शिक्षक र आफैँ कार्यालय सहयोगीसमेत भएर २०४४ सालदेखि नै सो विद्यालयमा बालबालिकालाई सेवा दिँदै आएको प्रधानाध्यापक एवं एक्लो शिक्षक रामयाद राउतले बताए ।
२०१० सालमा स्थापित त्यस क्षेत्रकै पहिलो विद्यालय अहिले देशमा तीन तहको सरकार भए पनि कसैको नजरमा पर्न सकेको छैन । भवन, कक्षाकोठा, शौचालय, खानेपानी अभाव र खुला आकाशमुनि टुटे भत्केको कोठाको बरण्डामा वर्षौंदेखि शिक्षा ग्रहण गर्न ससाना बालबालिका बाध्य रहेका छन् भने शिक्षक एवं प्र अ राउतले नचाहेर पनि सोही परिस्थितिमा पठनपाठन गराउन विवश रहेको दुखेसो व्यक्त गरे ।
त्यस विद्यालयको बालकक्षामा २०, १ कक्षामा ६१, २ कक्षामा ७४, ३ कक्षामा ५३, ४ कक्षामा ५५ र ५ कक्षामा ६९ गरी जम्मा ३३३ छात्रछात्रा त्यस विद्यालयमा अध्ययनरत छन् ।
त्यस विद्यालयमा स्थापनाकालमै निर्मित पुराना जीर्ण तीन कोठा मात्रै छन् भने सोही कोठामा प्रअ राउतले कक्षा सञ्चालन र कार्यालय सञ्चालन गरिरहेका छन् । विद्यार्थीको चापले गर्दा पठनपाठनमा व्यवधान, कार्यालय सञ्चालनमा समस्या र खाजा पकाउने काममा समेत बाधा अवरोध हुने भएपछि त्यहाँ अध्ययनरत ७० प्रतिशत विद्यार्थीलाई कोठा बाहिर बनाइएको चिसो बरण्डामा बसाएर पढाउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक राउतले बताए ।
करिब पाँच कठ्ठा क्षेत्रफल रहेको त्यस विद्यालयमा जति पनि कक्षाकोठा बनाउन मिल्ने पर्याप्त जग्गा रहेको, खुला चौर रहेको र शौचालय, खानेपानीलगायतका सबै सुविधा जडान गर्न पर्याप्त आधार रहे पनि कसैले चासो नदेखाउँदा समस्या रहेको स्थानीय बयोबृद्ध बुधवा सदाले बताए ।
How to become a smart man? Do these simple tips.
How to become a smart man
The concept of intelligence
Some scientists have interpreted intelligence as mental abilities related to the ability to analyze, infer, understand things, abstract thinking and coordinate things. Some say it is the ability to sense and show feelings to others and gain their feelings as well, so intelligence has many definitions. The most descriptive definition is human ability to solve problems Before the occurrence of what is described as genius, and the average intelligence to have the ability to solve problems after the occurrence, and thus intelligence of the most beautiful qualities that may characterize the human, and we will learn through this article on the way to increase intelligence, and also some acts T-smart avoid them.
How does a person become intelligent?
Imagination: The most important factor to be intelligent is the ability to imagine and plan for the future, and so this helps the human to understand the things and problems that can fall into the future, and also open the world wide, Einstein said one of the geniuses of history: (Imagination is more important than knowledge; Knowledge is limited to what we know now and what we understand, while the imagination contains the whole world, and everything that will be known or understood forever.
Increased knowledge: Knowledge has a significant role in increasing mental capacity and intelligence; any person must be creative in his field and a lover of knowledge, science and development of the self.
Acquiring new social skills: Engaging with others to acquire new skills; Talking to the minds of others increases human understanding and intelligence, and acquiring social intelligence through which to build any social relationship.
Modesty: If a person wants to know a lot in this life, he should humble himself and plant a smile with others.
Silence: Silence is half wisdom, and therefore one can learn from the words of others and their mistakes and experiences, and at the same time ambiguity art of dealing with others.
Changing ideas: Some negative thoughts in the human mind must change into positive thoughts. For example, a person thinks of the past. This is wrong because the intelligent person realizes that the future must be planned. Learning only from the lessons of the past is no more and there is no room to go back.
Things smart people do
Wise people do not regret treating others to them.
They do not give others the opportunity to use power over them.
Not fearing change. Ability to control self and behaviors.
Do not seek to please everyone. Do not be afraid of smart people to go into calculated risks.
Do not wince and regret the past.
Not to surrender after every failure.
Smart people do not expect quick results.
Smart people do not fear loneliness.
कांग्रेश महाधिबेसन-मेरो बिश्लेषण, लेखक बिमल बस्नेत ।
✍️ सिड्नी,
कॅाग्रेस माहाधिबेसन-मेरो #बिश्लेषण
नेपाली कॅाग्रेसमा जित निकालेको युबा पुस्ताले गठबन्धनमा नितिगत हस्तक्षेप गर्न सक्छ त?
आन्तरिक प्रतिस्प्रधा हुनु भन्दा अघि कॅाग्रेस एक्लै चुनाब लड्छ भनेर नारा दिॅदा नै अहिलेको जित निकाल्न केहि हद सम्म भुमिका रह्यो होला नि त्यसो भए के अब हुने आसन्न राष्ट्रिय निर्वाचनमा माओबादी नेकपा एस र जसपा बाट अलग हुदै कॅाग्रेस एक्लै लड्छ अथबा त्यो सिर्फ चुनाबी नारा मात्रै थियो! गिरिजा प्रसाद बाट शुरू भएको नितिगत स्खलन र उग्र बामपन्थहरूको अमुर्त जारगन नारालाई मानशिक र शाररिक रूपमा असक्त बुढा नेताहरूले उर्जा थप्न नसकेको र बामपन्थी बिचारमा भासिएको कॅाग्रेस सॅाच्चिकै नितिगत र नेतृत्व तहमै नॅया जागरण समाजमा दिन सक्छ त?बामपन्थी बिचारमा पछि लागेको जुन साम्यबाद को नारा छ साम्यबादमा पुग्न खोज्नु भनेको सबै गरिब हुनुपर्छ भन्ने हो यसको परिकल्पनानै आदिम साम्यबादबाट निक्लेको हो समाजिक न्याय र समाजिक समानता र समाजिक शुरक्षा सहितको नियन्त्रित पुजिबाद नै अहिलेको समस्याको समाधान हुनसक्छ।अहिलेको दलाल पुजिबाद लाई तोड्दै राष्ट्रिय पुजि निर्माण र त्यसपछि नियन्त्रित पुजिबाद तिर जानेको हो यो समाजबाद र साम्यबाद को बिभिन्न नियम कॅहा पुग्ने कसरि पुग्ने सबै हुदा हॅुदै पनि समस्या आउने बित्तिकै रक्षात्मक हुनपुग्छ तर पुजिबादले समस्यालाई क्यास गर्दै समाधान निकालेको देखिन्छ! समस्याको समाधान निकालेको बिचारलाई बोक्ने अथबा उग्रबामपन्थी जारगन समातेर फेरि अमुर्त तर्क गर्दै गठबन्धनलाई निरन्तरता दिॅदै झन कमजोर हुने।नेपाल हो राजनितिमा असम्भब भन्ने कुरै हुदैन भन्दैमा भाजपा र भारतिय कॅाग्रेस बिच चुनावी एकता सम्भब होला त।भर्खरै सकिएको माहाधिबेसनमा केन्द्रिय सदस्यहरूको अनुहरार र उमेर हेर्दा र ५०००जना मतदाताको निर्वाचन परिणाम घोषणा नै झन्डै १५ दिन लागेको सन्देश ले नेपालि समाजमा के कस्तो प्रभाब गरेको छ यो बिषयमा सम्बोधन हुन सक्छ भन्ने आधार के त।
राजेन्द्र लिन्देनले ठॅाउको ठाउ चोर पत्ता लगाएर शुरू भएको कॅाग्रेस महाधिबेशन ।
राप्रपामा #गाई एमालेमा #गैडां को चर्चा पछि कॅाग्रेसमा #चर्चा हुनुपर्ने के हो अब कॅाग्रेसको आफ्नै नॅया नेतृत्वको कोर्टमा बल आईपुगेको छ।
लोकतन्त्रलाई बिश्वास र लोकतान्त्रिक परिपाटीमा बिश्बास गर्ने भएकोले आफ्नो टिप्पणी गर्ने प्रयास गरेको छु।
सम्पुर्ण बिजय पदाधिकारिहरूमा हार्दिक बधाई ।
हिमाल भण्डारीको संयोजकत्वमा रूपन्देहि सामाजिक संजालको डब्बो शाखा गठन ।
रूपन्देहि सामाजिक संजाल (RSNA) को आफ्नो कार्य योजना अनुरूप मंगलबार २१ डिसेम्बर का दिन एक कार्यक्रमका बिच संजालका कार्य समिति सदस्य होम उपाध्यायको संयोजन एवं सक्रियतामा संजालको तेस्रो अधिवेशन को १६ दिन अर्थात् दुई हप्ता दुई दिनको को दिन रूपन्देहि सामाजिक संजालको पहिलो शाखामा डब्बो शाखा गठन गर्न सफल भएको छ । न्यु साउथ वेल्स राज्यको ग्रामीण भेगमा पर्ने डब्बोमा नेपालीहरूको जनघनत्व बढ़े संगै रूपन्देहि घर भई हाल डब्बो बसोबास गर्दै आएका नेपालिहरु बिच जन्म भुमीको एकता अनी भाईचाराको सम्बन्ध बिकास गर्नका निम्ति र समाजिक जागरण अभियान, परोपकारी कार्य अनी सुख दुःखमा समाज छ भन्ने हेतुले बिभिन्न समुदायका मानिस र संस्थाहरू संग समन्वय गरी सबैमा समान र समानता नै मुख्य मानिसको मानवीय भावना रहेको कारणले संस्थालाई अझ ठुलो र बिश्वासिलो बनाउन लागीपरेको संजालका अध्यक्ष मुक्ति राम पोख्रेलले बिश्वपाटीलाई बताए । हिमाल भण्डारीको संयोकत्वमा क्रमशः सह-संयोजक डोलराज ढकाल, सचिव प्रदीप ज्ञवाली, कोषाध्यक्ष सुरेश घिमिरे र कार्यकारी सदस्यमा शशांक परछाइ सर्वसम्मत चयन भएका छन ।
यसै गरी नव गठित शाखालाई शुभकामना र संजालको मर्म अनी भावना बुझेर सबै माझ पुगं सक्ने र अष्ट्रेलियामा संगै नेपालमा आइपर्ने जस्तो सुकै समस्या संग सामना गर्ने सामर्थ्यको निम्ति अष्ट्रेलियाका अध्यक्ष मुक्ति राम पोख्रेलले बधाई सहित शुभकामना व्यक्त गरेका थिए ।
समाजले आऊदो जनवरी ८ गते शनिबारका दिन केंडरिक पार्क, टेम्पे, सिड्नीमा अंग्रेज़ी नव वर्ष २०२२ को उपलक्ष्यमा भेटघाट तथा बार्बीक्यु कार्यक्रमको समेत आयोजना गरेको छ ।
प्रवासी नेपाली युवा मंच, अष्ट्रेलियाको रक्तदान कार्यक्रम सम्पन्न ।
प्रवासी नेपाली युवा मंच अष्ट्रेलियाको सिग्नेचर कार्यक्रम अन्तर्गतको दोस्रो कार्यक्रम, रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मंच अष्ट्रेलियाको एक सक्रिय बिभाग युवा बिभाग प्रवासी नेपाली युवा मंचले आफ्नो बार्षिक सिग्नेचर कार्यक्रम अन्तर्गतको रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रममा १३ जना युवाहरूले रक्तदान गरेका थिए ।
कार्यक्रममा प्रमुखको अतिथिको रुपमा प्रवासी नेपाली मंचका प्रवक्ता सन्तोष दाहालले युवाहरू बिशेष गरी समाजमा भिज्नु मुख्य कुरा र दुःख सुखमा सबैको आड र भरोषा बन्न सके अष्ट्रेलियामा रहेका नेपाली युवा र सिंगो समुदायको सहयोगको सारथी बन्ने बताए र उक्त रक्तदान कार्यक्रम सम्पन्न गर्नका लागी शुभकामना व्यक्त समेत गर्दै रक्तदान कार्यक्रम आयोजना गरेको प्रति खुलेर प्रशंसा गरेका थिए ।
कार्यक्रममा १३ जना रक्तदाता मध्य दुई जनाले प्लाज्मा दान समेत गरेका थिए । रक्तदान गर्ने युवाहरू अरुण गौतम, बिशाल राना मगर, अनिल खड़का, नबिन गौतम, युवा ज्योतिष पण्डित प्रकाश गैरे, सुरेश मल्ल, सनराइज़ ज्ञवाली, त्रिलोचन गौतम, सुमन उप्रेती, बिशाल कुमार जैसवाल, भवानी पुलगम, शाइक मोहित पाषा र बिकल रिजाल ले रक्तदान गरेका थिए ।
रक्तदाता मध्यबाट दुई भारतीय मुलका नागरिक समेतले प्रवासी नेपाली युवा मंच मार्फत रक्तदान गरेका थिए, उनीहरूलाई हामिले सोध्ने क्रममा जुनसुकै देश, धर्म, भाषाका समुहले आयोजना गरे पनी रगत सबैको रातों हूँछ त्यसैले यस प्रवासी नेपाली युवा मंचले आयोजना गरेको रक्तदान कार्यक्रममा जोड़ीएको र निकै हर्षित समेत रहेको बताए ।
कार्यक्रममा एनआरएन अष्ट्रेलिया न्यु साउथ वेल्स राज्यका उप-प्रमुख सुकृति भट्ट, प्रवासी नेपाली मंच न्यु साउथ वेल्सका अध्यक्ष कृष्ण सापकोटा, केन्द्रीय सदस्य राजू गौचन, युवा मंचका सह-इंचार्ज एवं रक्तदाता बिशाल राना मगर लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रको अध्यक्षता गर्दै प्रवासी नेपाली युवा मंच अष्ट्रेलियाका अध्यक्ष अरुण गौतमले सबै अतिथि, रक्तदाता, रेडक्रस अष्ट्रेलिया र उपस्थित सबैमा आभार प्रकट गर्दै आगामी दिनहरूमा समेत यस्तै सामाजिक कार्यक्रमहरू गर्दै जाने कुराको प्रतिवद्धता समेत व्यक्त गरेका थिए र रक्तदाता र स्वयंसेवक साथीहरूलाई आऊने एक भव्य कार्यक्रमका बिच प्रमाण पत्र समेत प्रदान गर्ने कुरा मंचका उपाध्यक्ष प्रकाश सुबेदीले बताए ।
कार्यक्रम संयोजकको रुपमा प्रवासी नेपाली युवा मंच अष्ट्रेलियाका बिध्यार्थी काउन्सिल प्रमुख सनराईज ज्ञवाली रहेका थिए भने कार्यक्रमको संचालन युवा मंचका महासचिव अनिल खड़काले गरेका कुरा उपाध्यक्ष प्रकाश सुबेदीले बताए साथै अष्ट्रेलियाको आठ ओटै राज्यले रक्तदान कार्यक्रम आयोजना गर्ने समेत बताइएको छ।
मनोभाव (मेरो जिवन) लेखकः बिमल सुबेदि (GOLDEN BEE 🐝)
मान्छे जन्मे पछि मर्ने बेला सम्म लाई नै जिबन भनिन्छ होला ।। यहि जन्म र मृत्यु को बिच मा हरेक मान्छेले आ आफ्नो लागि संघर्ष गरिरहेका हुन्छ्न । तेस्तै मेरो पनिथोरै जीवन को कथा आज यो फेसबुक को पन्ना मा उतार्ने कोशिस गर्दैछु । हरेक मान्छेको जीवन मा सुखदुःख त भैरहेको नै हुन्छ फरक तेति हो । कसैले धेरै दु खभोगेका हुन्छन भने कसैले धेरै सु ख । कसैले आफ्नो लागि दु ख भोग्छन भने कसैले अर्काको लागि दु ख भोगिरहेको हुन्छ । तर मैल्ले कस्को लागि दु ख भोगे भन्नेकुरा मैल्ले नै बुझ्न सकेको छैन । किन कि मैल्ले जस्को लागि दु ख भोगे त्यो मेरो थिएन । मेरो हैन भनेर थाहा हुदाहुदै मैले चाहे भने तेस्लाइ पनि दु ख दिन सक्छु भनेरथाहा हुदाहुदै पनि मैल्ले दु ख दिन चाहिन । किन कि म मा अलिकती मानबता थियो । अनि अर्को त्यो भन्दा ठूलो कुरा मलाई मानव ता भएर बाच्नु थियो । कुनै पशुसङ्ग बादबिबाद गर्नु थिएन । ज जस्ले मलाई चिनेको छ । सायद उनिहरुले यहि नै सोच्छन होला । कि यो यति दु ख पाएर पनि किन दु ख लुकाउदै छ भनेर । तर महजुर हरु लाई के भन्छु भने । मैल्ले दु ख पाएको छैन । किनभने जस्ले मलाइ दु ख दिन चाह्यो त्यो मेरो चाहना थिएन । अनि जो मेरो चाहना थियो । उ मेरो भाकै छैन।
दु ख त तेस्लाइ भनिन्छ जस्लाइ आफुले चाहेर आफ्नो भएर पनि छुटिन्छ । मैल्ले सधैं राम्रो काम गरेको छु । मैल्ले दु ख भोगेको छैन भन्न खोजेक होईन । मैल्लेजीवन मा धेरै दु ख हरु भोगेको छु । सायद मैल्ले जति दु ख अरुले भोग्यो भने त्यो मान्छे कि त पागल हुन्छ । कि त उस्ले मृत्यु नै रोज्छ होला । तर यति दु ख भोगेरपनि म आफैले आफू मा बलियो छु । अनि हिम्मत छ जस्तो लाग्छ । किनभने मैल्ले कसैलाई लुटेर झुठ बोलेर अरुलाइ दु ख दिएर अरुको खाएर बाचेको छैन । यो मेरो मनोभाव हो।कसैसङ्ग मेल खान गएमा बस एउटा संयोग मात्र हुनेछ । ल तआज लाई यति नै अरु कुरा जहिले मन लाग्छ तहिले नै लेख्छु । अब फुर्सद मा भन्न त मिलेन अहिले दुनियाँ प्राय सबै फुर्सद मा नै छ्न ।
( आफ्नो ख्याल आफै गरौँ । कोरोना लाई छिट्टै भगाऔ ।। )
ताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा