२०८३ असार १३ शनिबार

एमालेको संगठन प्रवासी नेपाली मंच युएईले ३२१ सदस्यीय युवा जत्था तयार गर्यो ।

प्रबासी नेपाली मंच युएईले २०७८ साल मंसिर ३ गते शुक्रबार डि बि कार्किको अध्यक्षतामा ६ जना पदाधिकारी र १६ जना संयोजकहरु सहित ३२१ सदसीय प्रबासी नेपाली युवा मंच गठन गरेको छ प्रबासी नेपाली मंच युएईका अध्यक्ष महेश गिरि ज्यु को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा माननीय पुर्ब मन्त्री महेश बस्नेत ज्युको प्रमुख अतिथि रहेको थियो । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेल , प्रबासी नेपाली मंच अन्तराष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङ , सचिब रमेश पाण्डे , मध्यपुर्ब इन्चार्ज चानक पोख्रेल र प्रबासी नेपाली मंच युएईका पुर्ब अध्यक्ष श्याम कंडेल ज्यु लगायतका बिशेष अतिथि हरुको उपस्थिति मा कार्यक्रम भएको थियो ।प्रबासी नेपाली मंच युएईका महासचिब टक बहादुर गुरुङ्ले कार्यक्रम संचालन गर्नु भएको थियो भने कार्यक्रममा प्रबासी नेपाली मंच युएईका सचिबालय कमिटी सदस्य बाबुराम सापकोटा ज्युले स्वागत मन्तब्य राख्दै कार्यक्रममा उपस्थित प्रमुख अतिथि , बिशेष अतिथि हरु , अतिथि हरु एवम् सम्पुर्ण उपस्थित महानुभाब हरुलाई स्वागत गर्नु भएको थियो ।

उक्त कार्यक्रमा राष्ट्रिय युवा संघ नेपाल का केन्द्रीय अध्यक्ष किरण पौडेलले सम्पुर्ण युवा मंच युएईका निर्बाचित पदाधिकारी एवम् सदस्य हरुलाई सफत ग्रहण गराउनु भएको थियो । आज भन्दा १० बर्ष पहिल युएईमा महेश गिरि ज्युको अध्यक्षमा गठन भएको युवा मंच आज उनै महेश गिरि अन्तराष्ट्रिय कमिटीका युवा तथा खेलकुद बिभाग प्रमुख हुनुभएकोमा खुशि ब्यक्त गर्दै बधाई तथा शुभकामना ब्य्क्त गर्नु भएको थियो । अब प्रबासमा रहेका करिब ६५/७०लाख युवा बिच यो संगठन बिस्तार गरि हरेक देशमा यस्तै प्रबासी नेपाली युवा मंच गठन गर्नु पर्ने धारण मध्यपुर्बका इन्चार्ज चानक पोख्रेल ज्युले राख्नु भएको थियो । शुभकामना मन्तव्य कै क्रममा प्रबासी नेपाली मंच अन्तराष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङ ज्युले निर्बाचित सम्पुर्ण पदाधिकारी एवम् सदस्य हरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको थियो । हामी प्रबासमा रहे पनि आफ्नो मातृभूमि प्रतिको माया अति रहिरहने र प्रबास मा रहे पनि पार्टीका श्रद्ध्य अध्यक्ष के पि ओलि ज्यु को समृध्द नेपाल सुखी नेपाली भन्ने अभियान लाई सहयोग गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि माननीय महेश बस्नेत ज्युले सम्पुर्ण निर्बाचित पदाधिकारी एवम् सदस्य हरुलाई बधाई एवम् शुभकामना ब्यक्त गर्नु भएको थियो भने अध्यक्षता गर्नु भएका प्रबासी नेपाली मंच युएई का अध्यक्ष महेश गिरि ज्युले सम्पुर्ण पदाधिकारी एवम् सदस्य हरुलाई बधाई एवम् शुभकामना ब्यक्त गर्दै सम्पुर्ण अतिथि ज्यु हरुलाई कार्यक्रम सफल भएकोमा धन्यवाद ज्ञापन गर्नु भएको थियो।

एमालेले छान्यो प्रवासबाट ३० जना महाधिवेशन प्रतिनिधि (नाम र क्षेत्र सहित)

नेकपा एमालेलेको प्रवास संगठन प्रवासी नेपाली मंच अन्तराष्ट्रिय कमिटीले प्रवासबाट बिभिन्न क्षेत्रबाट ३० जना महाधिवेशन प्रतिनिधिको चयन गरेको छ । १० देखि १२ मंसिर चितवनमा हुने महाधिवेशनका लागि एमालेले अमेरिकाज ५, पूर्वी एसिया ५, ओशिनिया ५, खाडी ५, युरोप ५ र अन्तराष्ट्रिय कमिटी ५ गरी कुल ३० जना महाधिवेशन प्रतिनिधि चयन गरेको हो ।
प्रवासी नेपाली मंच, अन्तराष्ट्रिय कमिटी अन्तर्गत रहेका निर्वाचन क्षेत्रवाट सर्वसम्वत रूपमा चयन भएका प्रतिनिधिहरूको नाम निम्न रहेको छ ।

अन्तराष्ट्रिय कमिटी
============‍‍‍‍‍‍‍‍‍‍‍‍‌‌
१. भक्त गुरुङ
२. रमेश पाण्डे
३. प्रभुराम थापा
४. कुन्ति थापा (महिला)
५. डा. बिमला भण्डारी (महिला)

अमेरिकाज
============‍‍‍‍‍‍‍‍‍‍‍‍‌‌
१. यमुना भट्टराई (महिला), अमेरिका
२. यमुना घिमीरे (महिला), अमेरिका
३. कूष्ण प्रसाद लामिछाने अमेरिका
४. रामहरी खड्का , क्यानडा
५. बेनी माधव कंडेल (गोपाल), अमेरिका

पुर्वि एसिया
============‍‍‍‍‍‍‍‍‍‍‍‍‌‌
१. भक्त गुरुङ (हंगकंग)
२. सृजना नेपाली, महिला (द.कोरिया)
३. मोहनसिं रायमाझी, पुरुष (जापान)
४. हरिचन्द्र पौडेल, पुरुष (जापान)
५. सुमित्रा रायमाझी (बस्न्यात), महिला (जापान)

ओशिनिया
============‍‍‍‍‍‍‍‍‍‍‍‍‌‌
१. डा विनोद श्रेष्ठ, अष्ट्रेलिया
२. राम घिमिरे, अष्ट्रेलिया
३. केशव जोशी, अष्ट्रेलिया
४. सीता केसी थापा, अष्ट्रेलिया
५. भावना नेपाल, न्युजिल्यान्ड

खाडी
============‍‍‍‍‍‍‍‍‍‍‍‍‌‌
१. कमलमणी गुरागाइ, कतार
२. शालिकराम पन्त, बहराइन
३. महेश गिरि, यूएइ
४. ज्योति शर्मा, (महिला) इजराइल
५. रेनु कार्की (महिला), कतार

युरोप
============‍‍‍‍‍‍‍‍‍‍‍‍‌‌
१. भक्त वाग्ले, फ्रान्स
२. मुक्त गुरुङ, स्पेन
३. गोबिन्द पौडेल, पोर्चुगल
४. सरस्वति चापागाई (महिला), वेल्जियम
५. कल्पना त्रिपाठी (महिला), बेलायत

सबै भुगोल र क्षेत्र अन्तर्गत पार्टीको निर्देशन बमोजिम महिला सहित सबै ठाऊ बाट प्रतिनिधिहरू सर्वसम्मत चयन भएका थिए । केही ठाऊमा प्रतिनिधि आकांक्षीहरू धेरै संख्यामा भएको हुदा चुनाव सम्म हुने वातावरण रहेको थियो र यदि त्यसो हुदा पुन पार्टी र कमिटीमा समुह बिभाजन हुने हुदा फेरी पनी थप अर्कों समस्या देखिने हुदा अन्तिम प्रयास बाटै सर्वसम्मत प्रतिनिधि चयन गरीएको प्रवासी नेपाली मंच अन्तराष्ट्रिय कमिटीका सचिव एवं अष्ट्रेलियाका निवर्तमान अध्यक्ष रमेश पाण्डेले बिश्वपाटिलाई बताए । उनले सबैको साथ र सहयोगले नै प्रतिनिधि चयनमा सहज भएको र सबैप्रति धन्यवाद सहित पार्टिको मुल निर्देशन सर्वसम्मतमा नै प्रतिनिधि चयन गर्नु भन्ने निर्णयको पालना गर्न सफल भएको बताए र चयन हुनुहुने सबै कमरेडहरू लाई बधाई सहित शुभकामना व्यक्त गरे ।

सार्वजनिक यातायातमा फिर्ता नहुने रु.२ को हिसाब : दैनिक करिब ४० लाख बढी ठगी !

२५ कात्तिक, काठमाडौं । वागमती प्रदेशमा कात्तिक १ देखि लागू भएको नयाँ भाडा दरअनुसार सार्वजनिक सवारी साधन चढ्ना साथ (५ किलोमिटरसम्म) १८ रुपैयाँ भाडा तिर्नुपर्छ । त्यस्तै, १० किमीसम्म २३ र १५ किमीसम्म २७ रुपैयाँ भाडा छ । यात्रु भने यस्ता रुटमा २०, २५ र ३० रुपैयाँ तिर्न बाध्य छन् ।

राष्ट्र बैंकले एक–दुई रुपैयाँको नोट छाप्न छोडिसकेको छ । यात्रुले एक–दुई रुपैयाँका सिक्का पनि बोकेका हुँदैनन् । त्यसैले यात्रुले बढी भाडा दिनैपर्ने अवस्था सिर्जना भइरहेको छ । कोही यात्रुले पैसा फिर्ता चाहिने अड्डी कसे धेरैजसो सहचालकले खुद्रा नभएको भनेरै टार्छन् । कुनै–कुनै बसका सहचालकले चकलेट दिने गर्छन् ।

धेरैजसो यात्रु दुई रुपैयाँका लागि विवाद गर्नै चाहन्नन् । उनीहरुले एकपटक बस चढ्दा दुई रुपैयाँ ठगिनुलाई सामान्य मानेको देखिन्छ । यातायात व्यवस्था विभागले यसबारे अनुगमन, कारवाही र अध्ययन गर्न चासो देखाएको छैन ।

तर यात्रुहरुसँग हुने यो प्रकारको ठगीको हिसाब गर्ने हो भने त्यो अंक असामान्य देखिन्छ ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार काठमाडौं उपत्यकामा दैनिक करिब २५ लाख यात्रु (पटकमा गन्दा) सार्वजनिक सवारी प्रयोग गर्ने अनुमान छ ।

एउटा यात्रुले दैनिक दुई पटक सार्वजनिक यातायातका साधन चढ्दा चार रुपैयाँ बढी तिर्छ । यसरी एक महिनामा १२० रुपैयाँ र एक वर्षमा एक हजार ४४० रुपैयाँसम्म ठगिन्छ ।

यसरी हरेक यात्रु ठगिँदा यातायात व्यवसायीलाई भने मग्रमा ठूलो ठगी–नाफा हुने अवस्था सिर्जना भएको छ ।

२०७३ सालमा न्युनतम् १३ रुपैयाँ भाडा कायम गर्दा पनि यस्तो ठगी देखिएपछि यातायात व्यवस्था विभागले छड्केमार्फत नमूना अध्ययन गरेको थियो । त्यतिबेला ८० प्रतिशत यात्रुले २ रुपैयाँ फिर्ता नपाउने गरेको देखिएको थियो ।

अहिले पनि त्यही समस्या दोहोरिएको छ । २०७३ मा जस्तै अहिले पनि ८० प्रतिशत यात्रु ठगिरहेको मान्ने हो भने काठमाडौं उपत्यकामा दैनिक २० लाख यात्रुले २ रुपैयाँ फिर्ता पाउँदैनन् अर्थात दैनिक करिब ४० रुपैयाँसम्म ठगी हुन्छ । यही सिलसिला चलिरहे यात्रुबाट एक वर्षमा १ अर्ब ४६ करोड रुपैयाँभन्दा बढी ठगी हुनेछ ।

गुनासो आए मात्रै कारवाही

सार्वजनिक सवारीको अनुगमन गर्ने निकायहरु भने यात्रुका गुनासा कहिले बढ्ला भनेर प्रतीक्षा गरिरहेका छन् । तर, पछिल्ला दिनमा गुनासो गर्नेको संख्या नै घटेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहायक प्रवक्ता सन्तोष रोका बताउँछन् ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) रोकाका अनुसार, नयाँ भाडा दर लागू भएपछिका केही दिन पैसा फिर्ता नपाएको भन्दै दैनिक २२–२५ वटा सम्म गुनासो आउने गरेका थिए । ‘अहिले त यो संख्या दैनिक २–३ वटामा झरेको छ’, उनले भने ।

खासगरी ठूला बसका यात्रुहरु २ रुपैयाँ त हो भनेर छाडेर हिँड्ने गरेको डीएसपी रोकाको अनुमान छ । ट्याक्सीले गर्ने ठगीको समस्या भने ठुलै रहेको उनले बताउँदै उनले भने, ‘दैनिक ५० वटासम्म ट्याक्सी बढी भाडा लिएको कसुरमा कारवाहीमा परिरहेका छन् ।’

यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसाल भने खुद्रा पैसा बोकेर हिँड्न यात्रुलाई नै सुझाउँछन् । ‘पहिला त यात्रु आफैं सचेत हुनुपर्छ’, उनले भने, ‘भाडामा ठगिए ट्राफिक प्रहरी वा विभागमा खबर गर्न आग्रह छ ।’

सार्वजनिक सवारी साधनले ‘खुद्रा पैसा छैन’ भनेर ठग्न नपाउने, खुद्रा छैन भनेर चकलेट दिन पनि नपाउने बताउँदै विभागका प्रवक्ता भुसालले भने, ‘त्यस्ता सवारीबारे उजुरी परे एक हजारदेखि ५ हजार रुपैयाँसम्म जरिवाना गर्छौं ।’

दोष सरकारलाई

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ सार्वजनिक सवारीमा यात्रुले पैसा फिर्ता नपाइरहेको स्वीकार्छ । तर, यो अवस्था आउनुमा सरकार नै दोषी रहेको उसको भनाइ छ ।

‘संघ सरकारले लामो दूरीको सवारीमा २८ प्रतिशत भाडा बढाउँदा प्रदेश १ ले २२ र बाग्मती प्रदेशले २३ प्रतिशत मात्रै बढाए,’ महासंघका महासचिव सरोज सिटौला भन्छन्, ‘वैज्ञानिक तवरले मूल्य समायोजन नगर्दा समस्या भएको हो ।’

यद्यपि, आफूहरु सरकारले तोकेकोभन्दा बढी भाडा लिनेलाई कारवाही गर्ने पक्षमै रहेको दावी उनले गरे । ‘यो परिस्थिति आउनुमा मुलतः प्रदेश सरकारहरु जिम्मेवार छन्’, महासचिव सिटौला भन्छन्, ‘यातायात व्यवसायी महासंघको तर्फबाट हामीले त सवारीधनी, चालक, सहचालक सबैलाई बढी भाडा नलिन भनेका छौं ।’

अतिथि बन्न गाऊँ पुगेका नेताहरूलाई गाऊँलेले डोकोमा पानी बोकाएर उकालो हिड़ाए ।

हेटौंडा- गाउँमा खानेपानीको समस्या बिकराल रहेको कुरा उक्त गाउँमा यसअघि नपुगेका नेताहरुलाई के थाहा । तर, जब उनीहरु अर्कै कार्यक्रमका लागि ‘भीआईपी’ बनेर गाउँ पुगे, तबमात्र उनीहरुलाई थाहा भयो कि त्यहाँ पानीको साँच्चै समस्या रहेछ भन्ने कुरा ।

गाउँलेहरुले नवनिर्मित विद्यालय हस्तान्तरण गर्न त्यहाँ पुगेका जनप्रतिनिधि समेतलाई आफ्ना समस्याबारे व्यबहारिक रुपमा बोध गराउन नयाँ तरिका सुझाएका थिए–पानीले भरिएका गाग्री डोकोमा राखेर बोकाउने र आफूहरुजस्तै हिँडाउने । त्यसपछि नेताहरुको चेत खुल्ला कि भन्ने सोचेका थिए गाउँलेले । उक्त समस्या बुझाउन स्थानीयले गोप्यरुपमा उपाय रचेका थिए । त्यो उपाय सफल भयो ।

एक कार्यक्रमका लागि मकवानपुरको अति बिकट राक्सिराङ गाउँपालिकाको वडा नम्बर–८ स्थित महांकाल बस्ती पुगेका विभिन्न दल आवद्ध नेताहरुले त्यहाँका पीडित स्थानीयको आग्रह अनुसार पानीको गाग्री डोकोमा राखेर बोक्नुपर्‍यो, त्यो पनि ठाडो उकालोमा ।

स्थानीयलाई उक्त क्षेत्रमा खानेपानीको समस्याले वर्षौंसम्म डोकोमा ‘गाग्री राखेर पानीको भारी बोक्नु निकै सकसपूर्ण छ । महांकाल बस्तीका २२ घरपरिवार तथा एक विद्यालय खानेपानीको समस्याबाट वर्षौदेखि आक्रान्त छ । विशेषतः स्थानीय महिला झिसमिसेमै ठाडो उकालो/ओरालो गर्दै करिब दुई घण्टा हिँडेर खोलामा पुगी डोकोमा गाग्री हालेर पानी घरमा ल्याउने गर्छन् ।

स्थानीय जनज्योति प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गर्न पुगेका प्रदेश सांसद् सन्तबहादुर चेपाङ, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, वडा–८ का अध्यक्ष रामकृष्ण प्रजा, ९ नम्बर वडा अध्यक्ष रामकुमार थिङ, नेपाली कांग्रेस मकवानपुरका पूर्वजिल्ला सभापति रघुरमण न्यौपाने र नेकपा राक्सिराङ अध्यक्ष हस्तबहादुर मुक्तानले पानी भरेर राखिएको गाग्री बोकेका थिए ।

सांसद् र जनप्रतिनिधिलाई गाग्रीमा पानी बोकाउँदा स्थानीय पेट मिची-मिची हाँसेका थिए । नेताहरुले पानी भरिएको गाग्री डोकोमा राखेर विद्यालयसम्म त पुर्‍याए, त्यसपछि उनीहरुको शारीरिक पीडा दयालाग्दो देखिएको स्थानीय वासिन्दा दयाराम तामाँगले बताए ।

अनेरास्ववियु पोखरा महानगर कमिटीले हाजिरी जवाफ प्रतियोगिता गर्ने ।

पोखरा, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिध्यार्थी युनियन (अनेरास्ववियु) पोखरा महानगर कमिटीले महानगर भित्रका सम्पूर्ण सामुदायिक माध्यमिक बिध्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

यही आऊदो मंसिर २४ गतेका दिन आयोजना गर्न लागेको उक्त प्रतियोगितामा प्रत्यक बिध्यालय बाट ३ जना उपस्थिति हुन पाउने र त्यसमा एकजना छात्रा अनिवार्य हुनुपर्ने छ र प्रतियोगिता पोखरा महानगर भित्रको कुनै एक सामुदायिक बिध्यालयमा आयोजना गरिने भएको छ ।

उक्त हाजिरी जवाफ प्रतियोगितामा प्रथम हुने लाई नगद दश हजार सहित प्रमाण पत्र, दोस्रो हुनेलाई सात हज़ार पाँच सय सहित प्रमाण पत्र, तेस्रो हुनेलाई पाँच हज़ार सहित प्रमाण पत्र र सान्त्वना स्थान हासिल गर्नेलाई दुई हज़ार पाँच सय सहित प्रमाण पत्र सहित सम्मान रहेको छ ।

अनेरास्ववियु पोखरा महानगर कमिटीका संयोजक बिनोद भण्डारीले अनेरास्ववियु सदैव बिध्यार्थीका समस्या, अधिकार र कर्तव्यका लागी काम गर्ने संगठन रहेको बताए साथै यस्तै खालका रचनात्मक अनी सृजनात्मक कार्यक्रमहरुको आगामी दिनमा समेत गर्ने बताए र यस प्रतियोगितालाई सफल पार्न सबै सरोकारवाला समक्ष आव्हान गरेका छन।

पोखरा महानगर कमिटीले बिगतमा र आऊदो दिनमा समेत यस्तै खालका कार्यक्रम जसले युवा बिध्यार्थीको व्यक्तित्व, सामाजिक अनी बौद्धिकता बिकासमा काम गर्दै र गर्ने कुरा सह-संयोजक डीएन लामिछानेले बताए ।

गायक योगेश्वर अमात्यको जग्गाको नक्कली पुर्जा बनाएर १९ करोड ऋण लेनदेन l

गायक योगेश्वर अमात्यको जग्गाको नक्कली पुर्जा बनाएर बैंकबाट १९ करोड ऋण लेनदेन गरेको भेटिएको छ । अमात्यको नाममा बारामा रहेको १२ बिगाहा जग्गा धितो राखेर कुमारी बैंकबाट १९ करोड ऋण लिएको फेला परेपछि केन्द्रीय अनुसन्धान ब्युरोले त्यसबारे अनुसन्धान गरिरहेको छ ।

नक्कली पुर्जा बनाएर ऋण लेनदेन गर्ने ५ जनालाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका डिआईजी धिरज प्रताप सिंहले बताए । पक्राउ पर्नेमा बिचौलिया कुसन प्रधान, जग्गाको धनी बनेका एसके महर्जन, मुक्तिलाल गौतम, कुमारी बैंकका ऋण अधिकृत सोनु ठाकुर र मूल्याङ्कनकर्ता राजेश चौरसिया छन् । कुसन सहित ४ जनालाई ब्युरोले कात्तिक ११ मा र राजेश चौरसियालाई कात्तिक २१ मा पक्राउ गरेको हो ।

कुसन प्रधानसँग एसके र मुक्तिलाल गौतमले पैसा लिनुपर्ने थियो । सो पैसा माग्दा कुसनले बाराको जग्गाको लालपुर्जा दिएको उनीहरूले प्रहरीलाई बताएका छन् । जग्गा राखेर बैंकबाट पैसा निकालेको थाहा पाएपछि योगेश्वर अमात्य उनका साथीले खबर गरेका थिए । तर, त्यसअघि नै बैंकले नक्कली जग्गा भन्ने थाहा पाएर एसके महर्जन र मुक्तिलाल गौतमलाई बोलाएर उनीहरूको नाममा रहेको काठमाडौँको घरजग्गा धितो लिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

‘अहिले अमात्यको जग्गा फुकुवा भैसकेको छ’ ब्युरोका डिआइजी धिरज प्रताप सिंहले भने । कुसन सहितको समूहले नक्कली पुर्जा बनाएर गत असारमा बैंकबाट ऋण स्वीकृत गराएका थिए । तर, सो कुरा साथीमार्फत योगेश्वरले भदौमा मात्र थाहा पाएका थिए । त्यसपछि उनले ब्युरोमा उजुर गरेका हुन् । ब्युरोले आरोपीहरूमाथि सरकारी छाप दस्तखत किर्ते मुद्दामा म्याद लिएर विस्तृत अनुसन्धान गरिरहेको छ ।

किन बन्द भयो मुन्द्रेको कमेडी क्लब, कारण सहित ।

हास्यकलाकार जीतु नेपालले सञ्चालन र निर्देशन गर्दै आएको कमेडी रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ सोमबारदेखि बन्द भएको छ।

प्रत्येक सोमबार नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको शोमा कलाकारको तालमेल अभावले कार्यक्रम बन्द गर्नुपरेको सञ्चालक जितु नेपाल मुन्द्रेले जानकारी दिए।

शो निर्माण गरिरहेको कम्पनी ‘कि एडभर्टाइजिङ’ ले आफूसँग कुनै सल्लाह नगरि फूलन्देकी आमा (उमेश राई) लाई प्रस्तोता बनाएर अर्को टेलिभिजन शो गर्ने घोषणा गरेपछि ‘मुन्द्रेको कमेडी क्लब’ बन्द गर्ने निर्णय लिएको सोमबार पत्रकार सम्मेलन गर्दै सञ्चालक नेपालले बताए।

पछिल्लो समय रियालिटी शोहरू करिब २६–२७ भागमै सकिँदो रहेछ। तर आफूहरूले धेरै दुःख गरेर जसोतसो अहिलेसम्म ल्याएको भन्दै कलाकार नेपालले टिमवर्कमा गडबडी भएकाले बन्द गर्ने बहाना मिलेको बताए।

‘हामीले मुन्द्रेको कमेडी क्लब बन्द गर्ने निर्णय गरेका छौँ । अब दर्शकसँग अर्को कुनै कार्यक्रममा भेट हुनेछ,’ नेपालले पत्रकार सम्मेलनमा भने, ‘कसैका कारणले भन्दा पनि हामी आफैँले बन्द गर्ने निर्णय गरेका हौँ । दोष कसैलाई दिन चाहन्नौं ।’

कि एभरटाइजमेन्ट एजेन्सीले निर्माण गर्दै आएको यो कार्यक्रमबाट ‘फुलन्देकी आमा’ को भूमिका निर्वाह गर्दै आएका राई केही समय अघिनै बाहिरिइसकेका छन्। तर, जितुले एक कलाकारले छाड्दैमा कारण कार्यक्रम बन्द गर्नुपर्ने अवस्था नहुने जिकिर गरे।

उमेश राईले छोडेर कार्यक्रम बन्द गर्नु परेको होइन, कलाकार अर्को लिएर पनि कार्यक्रम गर्न सकिन्थ्यो तर निर्माण एजेन्सीले सल्लाह नगरी कार्यक्रमको कलाकार निकालेर अर्को टेलिभिजन कार्यक्रम बनाएपछि बाध्य भएर बन्द गर्नुपरेको उनले दाबी गरे।

‘जुन एजेन्सीले मुन्द्रेको कमेडी क्लब निर्माण गरिरहेको थियो। त्यही एजेन्सीले आफूसँग सल्लाह नै नगरी उमेशलाई अनुबन्ध गराएर अर्को कार्यक्रम गर्ने भएपछि मैले कार्यक्रम बन्द गर्ने निर्णय गरेँ’, उनले भने।

मुन्द्रेको कमेडी क्लबमा चर्चित पात्र ‘फुलन्देकी आमा’ (उमेश राई) यही भूमिकामा अब डान्स रियालिटी सो ‘डान्स च्याम्पियनसिप’को होस्ट बन्ने भएका हुन्।

करिब ३०–४० जनाले रोजगारी पाएको कार्यक्रम बन्द गर्नुपर्दा आफूलाई पनि दुःख लागेको उनले पत्रकारसमक्ष बताए।
‘मुन्द्रेको कमेडी क्लबले ५०/६० जनालाई रोजगारी दिइरहेको थियो। बिचमै बन्द गर्नुपर्दा दुःख लागेको छ। तर आफूले यो घटनाबाट विश्वासमा नभई सम्झौतामा काम गर्नुपर्ने पाठ सिकेको छु’, उनले भने, ‘मैले जानीनजानी धेरै दु:ख गरेर करिब २ वर्ष अगाडि मुन्द्रेको कमेडी क्लब ल्याएको थिएँ । दर्शकले रुचाइदिनु भयो। मुन्द्रेको कमेडी क्लब’ को पहिलो सिजन ७६ भागसम्म प्रशारणमा आएको थियो। दोस्रो सिजन ५६ भागसम्म प्रशारणमा आयो।’

यहीँ फर्म्याटमा नभए पनि विज्ञापन र टेलिभिजनबीच सहकार्य भए फेरि आउनसक्ने उनले बताए। ‘अर्को नयाँ तरिकाले आउन त आउँछ। तर विज्ञापन, हामी र टेलिभिजनबीच सहकार्य हुनुपर्छ’, उनले भने।

शो बन्द भएपछि आफू डाक्टर कपिल रिजालको निर्माण निर्देशनमा बन्न लागेको फिल्ममा आवद्ध भएको जानकारी दिए। ‘साम्राज्ञीसँग खेल्नका लागि डाक्टर कपिल रिजालले निर्माण र निर्देशन गर्न लागेको फिल्ममा आवद्ध भइसकेको छु, आगामी मंसिर १५ बाट सुटिङ सुरू हुन्छ,’ उनले भने।

यसबाहेक आफ्नो नयाँ टेलिसिरियल बनाउने योजनासमेत रहेको नेपालले सुनाए।

‘राजनीतिक विषय बस्तुलाई व्यङ्ग्यात्मक तरिकाले सिरियल बनाउने योजनामा छु, केही समय पछि सुरू गर्छु होला’, उनले भने।

यस्तै शोमा अध्यक्षको भूमिकामा देखिँदै आएकी अभिनेत्री करिश्मा मानन्धरले पनि शो बन्द गर्नुपर्दा आफूलाई दुःख लागेको बताइन्।

शोले आफूलाई चलचित्रले चिनाउन नसकेको दर्शकसम्म पनि पुर्‍याएको भन्दै उनले मिहेनत गरेर दर्शकले रूचाएको यो कार्यक्रम यसरी रोकिनु राम्रो नभएको बताइन्।

उनले जीतुले यो शो बन्द गरे पनि अर्को जुनै काममा आफूलाई सम्झिए साथ दिन तयार रहेको जानकारी दिइन्।

शोमा राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राई ‘फुलन्देकी आमा’ लगायतका कलाकारको प्रस्तुति रहँदै आएको थियो।

प्रवासी नेपाली युवा मंच अष्ट्रेलियाको इंचार्जमा भुवन र सह-इंचार्जमा बिशाल ।

नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मंच, अष्ट्रेलियाको युवा बिभाग प्रवासी नेपाली युवा मंचको इंचार्जमा भुवन पाण्डे र सह-इंचार्जमा बिशाल राना मगर चयन भएका छन ।

प्रवासी नेपाली मंच अष्ट्रेलियाको केन्द्रीय कमिटीको बैठक बाट सर्वसम्मत इंचार्ज र सह-इंचार्जको नाम घोषणा भएको थियो ।

प्रवासी नेपाली युवा मंच गत अक्टोवर १० गते घोषणा भएको थियो र युवा मंचलाई मार्गनिर्देशन सहित चलायमान बनाउन इंचार्ज र सह-इंचार्जको ज़िम्मेवारी बांडफाड़ गरीएको प्रवासी नेपाली मंच अन्तराष्ट्रिय कमिटीका सचिव एवं प्रवासी नेपाली मंच अष्ट्रेलियाका निवर्तमान अध्यक्ष रमेश पाण्डेले बताए साथै यस युवा मंचलाई गतिशील र अष्ट्रेलियामा रहेका सम्पूर्ण युवाहरूको प्रतिनिधित्व हुने गरी काम गर्नका निम्ति शुभकामना समेत व्यक्त गरेका थिए ।

यस अघी क़रीब दश वर्ष लामों समय प्रवासी नेपाली मंच अष्ट्रेलियाको बिभिन्न बिभाग, राज्य कमिटी र केन्द्रीय कमिटीमा संगै बिभिन्न ज़िम्मेवारीमा रहेर कुशलतापुर्वक कार्य सम्पन्न गरिसकेका भुवन पाण्डेलाई इंचार्जको ज़िम्मेवारी साथै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन (अनेरास्ववियु) को नविना लामा अध्यक्ष रहेको बेलामा केन्द्रीय कमिटीमा निर्वाचित भई नेपालमा युवा बिधार्थि माझ लामों समय काम गर्दै लोकप्रिय र अष्ट्रेलियामा समेत प्रवासी नेपाली मंचको केन्द्रीय कमिटीमा रहेर काम गर्दै आएका बिशाल राना मगरलाई सह-इंचार्जको ज़िम्मेवारी प्रदान गरेको छ ।

प्रवासी नेपाली मंचको केन्द्रीय कमिटीले ज़िम्मेवारी प्रदान गरे संगै सह-इंचार्ज बिशाल राना मगरले यस प्रवासी नेपाली युवा मंचलाई अष्ट्रेलिया मा सामाजिक सेवा अनी युवाहरूको भावना बुझेर त्यस अनुरूप लाग्न हरपल साथमा रहने बताए संगै प्रवासी नेपाली मंचको निर्देशनलाई पूर्ण रुपमा पालना गराउन र युवा साथीहरूको माग अनी योजनालाई सही ढंगले व्यवस्थापन गर्न बिभिन्न तवर बाट सहयोग र सहजीकरण गर्ने इंचार्ज भुवन पाण्डेले बताए ।

त्यसै प्रवासी नेपाली युवा मंचका अध्यक्ष अरुण गौतमले हिजो नेकपा एमालेको बिभिन्न मोर्चामा लामों समय काम गरेका अनुभवी अनी सरल इंचार्ज र सह-इंचार्जको ज़िम्मेवारी प्रति प्रवासी नेपाली मंच अष्ट्रेलियाले राम्रो निर्णय र मुल्यांकन गरेको बताए साथै यस ज़िम्मेवारीले युवा मंचलाई काम गर्न थप सहज अनी मजबुत बनाउने बिश्वास लिएको बताए ।

त्यस्तै प्रवासी नेपाली युवा मंचका महासचिव अनिल खड़काले हिजो मंचले युवा मंच घोषणा गर्दा देखी नै बैचारिक अनी सवल नेतृत्वको बिकास र काम अनी सक्रियताको आधारमा ज़िम्मेवारी दीएको प्रति बिशेष आभार र इंचार्ज अनी सह-इंचार्जको ज़िम्मेवारी प्रदान सही ढंगले व्यवस्थापन गरेको प्रति धन्यवाद समेत व्यक्त गरेको कुरा प्रवासी नेपाली युवा मंचका सचिव बिरोध थिंगले बिश्वपाटीलाई बताए ।

एमालेको प्रवास संगठन प्रवासी नेपाली मंच अष्ट्रेलियाको अध्यक्षमा केशब जोशी ।

नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मंच अष्ट्रेलियाको अध्यक्षमा केशब जोशी सर्वसम्मत चयन भएका छन । आज भएको प्रवासी नेपाली मंचको केन्द्रीय कमिटीको बैठक बाट अध्यक्ष रमेश पाण्डेले केशव जोशी सहित अन्य केही सम्भावित नेताहरूको नाममा छलफल पस्चात सम्पूर्ण केन्द्रीय कमिटीका सदस्यहरू बाट केशव जोशीको नाम सर्वसम्मत चयन गरेका छन ।
बैठकमा प्रवासी नेपाली मंच अष्ट्रेलियाका पूर्व अध्यक्ष एवं ओसेनिया क्षेत्रका इंचार्ज डा. बिनोद श्रेष्ठ, ओसेनिया क्षेत्रका अध्यक्ष राजु उपाध्याय लगायतको नेताहरूको उपस्थिति रहेको थियो ।
अघिल्लो कमिटीमा महासचिवको भुमिकामा रहेका केशव जोशी हालको कमिटीमा भने न्यु साउथ वेल्स र क्यानबेरा राज्यका इंचार्ज र सचिवालय कमिटीमा समेत रहेका थिए ।
क़रीब एक दशक भंदा लामों समय अष्ट्रेलियामा नेकपा एमालेको मुल प्रवाहमा रही काम गर्दै आएका जोशीले रमेश पाण्डेको नेतृत्वमा बिभिन्न कार्यक्रम एवं अभियानमा कुशलतापुर्वक नेतृत्व समेत गर्दै आएका थीए ।
बैठकमा मंचले आर्थिक बिवरण, मंचको प्रगति विवरण लगायतको बिभिन्न बिषयमा प्रकाश पारेको थियो र आगामी दिनहरूमा थुप्रै सामाजिक सेवा गर्ने उद्देश्यले सहयोग कार्यक्रमहरू समेत घोषणा गरेको छ ।
बैठकले प्रवासी नेपाली युवा मंचको इंचार्जमा भुवन पाण्डे र सह-इंचार्जमा बिसाल राना मगरलाई प्रवासी नेपाली मंचको तर्फ़बाट ज़िम्मेवारी समेत प्रदान गरेको छ ।
बैठकको संचालन कमिटीका सचिव शिशिर नेपालले संचालन गरेका थिए ।

एमाले महाधिवेशनमा इलेक्ट्रोनिक भोटिंग मेशिनको प्रयोग गरिने ।

काठमाडौं । नेकपा एमालेको आफ्नो आसन्न १० औँ महाधिवेशनमा विद्युतीय भोटिङ मसिन प्रयोग गर्ने भएको छ । तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा शुक्रबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले नेपालमै बनेको विद्युतीय भोटिङ मसिन प्रयोग गर्ने निर्णय गरेको हो ।

एमाले प्रवक्ता तथा पार्टी सचिव प्रदीप ज्ञवालीका अनुसार बैठकअघि विद्युतीय भोटिङ मेसिनको पूर्वअभ्यास समेत गरिएको थियो । यो विद्युतीय भोटिङ मसिन रामलक्ष्मण इनोभेसनले तयार पारेको हो ।

२०६८/०६९ सालमै राम लक्ष्मण रिमाल दाजुभाइले नेपालमै पहिलो पटक विद्युतीय भोटिङ मसिन बनाएका थिए । आफूहरूले बनाएको उक्त मसिन अन्तर्राष्ट्रिय स्तरको भएको उनीहरूको दाबी छ ।

विभिन्न उद्योग वाणिज्य संघ, सहकारी, नेप्सकुन, स्ववियु, लगायतका सय भन्दा बढी निर्वाचनमा यो विद्युतीय भोटिङ मसिन प्रयोग भइसकेको छ । त्यस्तै नेपाल जेसिजले लगातार पाँच चुनावमा भोटिङ मेसिन प्रयोग गरिसकेको छ ।

राजनीतिक पार्टीहरूमा राप्रपाले केही वर्ष अघि आफ्नो महाधिवेशनमै यो भोटिङ मसिन प्रयोग गरेको थियो । आफूले विकास गरेको विद्युतीय भोटिङ मसिन विदेशमा समेत निर्यात गर्ने आकाङ्क्षामा रहेका राम लक्ष्मणलाई त्यसअघि निर्वाचन आयोगले गराउने चुनावमा यसको प्रयोग होस् भन्ने चाहना छ ।

आफ्नै देशको राष्ट्रिय स्तरको चुनावमा प्रयोग भए विदेशमा विश्वास जित्न सहज हुने आशामा उनीहरूले वर्षौँदेखि सरकारको मुख ताकेका छन् । ‘अहिलेको अवस्थामा हामी भोटिङ मसिनबाट पैसा आम्दानी गर्ने पक्षमा छैनौँ, राष्ट्रिय स्तरको चुनावमा प्रयोग होस भन्ने चाहना मात्रै हो ।’

‘त्यसो हुन सके यो मेसिनको विश्वसनीयताले आधिकारिक रुप ग्रहण गर्ने र व्यवसायिक रुपमा बजारमा लैजाने आधार तयार हुने आशा छ,’ राम रिमाल भन्छन् । यो मसिनबाट २८ प्रकारका चुनाव गराउन सकिने रामलक्ष्मणको भनाई छ ।

‘राष्ट्रिय स्तरको चुनाव प्रणालीका हिसावले त्यति जटिल होइन,’ राम भन्छन्, ‘हामीले तयार पारेको भोटिङ मसिनले चुनावका लागि तय गरिएका नियमलाई जस्ताको तस्तै रुपमा आत्मसाथ गर्न सक्छ,’ राम दाबीका साथ भन्छन्, ‘हाम्रो मसिनप्रति अविश्वासको गर्ने ठाउँ अहिलेसम्म देखिएको छैन ।’

विदेशी भोटिङ मसिनहरूको तुलनामा थुप्रै फिचरहरू आफूहरूले बनाएको मसिनमा रहेको उनीहरूको दाबी उनीहरूको छ । यो मसिन प्रयोग भएका चुनावमा खसेको मत स्वचालित र म्यानुअल गरी दुवै किसिमले गणना गर्न सकिन्छ ।

मसिनमा ब्लकचेन जस्तो अत्याधुनिक प्रविधि प्रयोग गरिएको छ । जसका कारण एउटा उम्मेदवारको मत अर्को उम्मेदवारको नाममा पार्न नसकिने रामको भनाई छ । अहिलेसम्म भोटिङ मसिनको विकासका लागि राम-लक्ष्मणले आठ करोड रुपैयाँ खर्च गरिसकेका छन् ।

सरकारले राष्ट्रिय स्तरको चुनावमा आफ्नो भोटिङ मेसिन गर्न चाहेको खण्डमा निर्णय भएको पाँच महिनामै आवश्यक सम्पूर्ण मेसिनहरू उपलब्ध गराउन सकिने उनीहरू बताउँछन् ।

‘आगामी चुनावमा भोटिङ मेसिन प्रयोग गर्ने सवालमा निर्वाचन आयोग पछिल्लो समय सकारात्मक देखिएको छ,’ उनी भन्छन्, ‘हामी त्यसको प्रतिक्षामा छौँ । अपग्रेड गर्न सकिने गरी बनाइएको यो मसिनमा फिंगरप्रिन्टदेखि फेस रिकग्निशनसम्मको प्रविधि समेत प्रयोग गर्न सकिन्छ ।

नेपालीले नेपालमै बनाएको प्रविधि भएको आधारमा यसलाई प्राथामिकता दिनुपर्ने आफूहरूको चाहना नभएको रामलक्ष्मण बताउँछन् । ‘हामी प्राविधिक र लागत दुवै हिसाबले विदेशी कम्पनीहरुसँग खुला प्रतिस्प्रर्धा गर्न तयार छौँ,’ उनीहरू भन्छन् ।

‘सरकारले निर्वाचनमा भोटिङ मसिन प्रयोग गर्ने निर्णय गरेर अन्तर्राष्ट्रिय स्तरको टेण्डर आह्वान गरोस् । त्यसमा खुल्ला प्रतिस्पर्धा गरेरै छनौट हुन सक्छौँ भन्नेमा हामीलाई पुरापुर विश्वास छ ।’

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय