एमाले झनै नसोचेको तवरले बलियो भएर आयो : प्रचण्ड ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपालको नेतृत्वमा छुट्टै पार्टी गठनको सफलता मिलेपनि एमाले कमजोर नबनेको आफ्नो निश्कर्ष सुनाउनु भएको छ ।
आफूहरुकै मेहनतमा माधवको पार्टी गठन भएको सार्वजनिक अभिब्यक्ति दिनुभएका प्रचण्डले देशभरको तथ्यांकका आधारमा माधवले छाडदा पनि एमाले कमजोर नबनेको निश्कर्ष निकाल्नुभएको हो ।
प्रचण्डले शनिवार आयोजित एक कार्यक्रममा एमाले बलियो रहेको तथ्यलाई कार्यकर्तासामू राख्नुभयो ।
‘देशभर केपी ओलीकै आतंक जस्तो देखिएको छ, आगामी चुनावमा एमालेसँगै पर्नेवाला देखियो, त्यसैले एमालेसँग प्रतिवाद गरेर अघि बढ्नुपर्छ’ भन्दै प्रचण्डले एमाले कमजोर नरहेको तथ्य स्वीकार गर्नुभयो ।
‘एमालेको प्रतिवाद नगरी आगामी निर्वाचन जित्न सकिदैन भन्ने निष्कर्षलाई तपाईहरुले गहिरोसँग बुझ्नोस,’ प्रचण्डको भनाई थियो ।
‘केपीको हातमा नेतृत्व छ र उनले फेरि एकचोटी माओवादीलाई सखाप गर्ने रणनीति लिएका छन् । उनले डेढ वर्षभित्र हामी सरकारमा जान्छौं भनेका छन, कमरेडहरु त्यसैले बुझ्नोस, देशैभर एमालेसँग प्रतिवाद नगरी चुनाव जितिँदैन है,’
पार्टीको सम्पर्क समन्वय विशेष प्रदेश समितिले आज ललितपुरमा आयोजना गरेको प्रशिक्षणमा प्रचण्डले भन्नुभयो । यसअघि पनि उहाँले केपी ओलीलाई माया गर्नेहरुको ताँती देख्दा जलन हुने गरेको तथ्य खोल्नुभएको थियो ।
कार्यक्रममा प्रचण्डले अवको चुनाव एमालेसँगै फट पर्ने भएकोले आजैबाट एमालेमाथि आरोपको बर्षा सुरु गर्नुपर्ने भन्दै सोहीअनुसार चद्यन कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।
स्वतन्त्र छैनन् जेलबाट छुटेपनि आर्यन खान, यस्ता छन् प्रतिबन्ध ।
मुम्बई ड्रग्स केसमा पक्राउ परेका आर्यन खान २८ दिनपछि आफ्नो घर मन्नत पुगेका छन् । आर्यनलाई क्रुजबाट २ अक्टोबरमा पक्राउ गरिएको थियो, त्यसपछि उनी ७ अक्टोबरदेखि लगातार न्यायिक हिरासतमा थिए । बम्बे हाइकोर्टबाट आर्यन खानले २८ अक्टोबरमा जमानत पाएका थिए ।
यद्यपि, कागजी कारवाही पूरा नभएकमा कारण उनी जेलबाट बाहिरिन पाएका थिएनन् । जमानतपछि उनी जेलबाट बाहिर आएपनि उच्च न्यायालयले उनलाई विभिन्न शर्तसहित जमानत दिएको छ । यसका पालना आर्यन खानले जेलबाहिर पनि गर्नुपर्नेछ ।
आर्यन खानमाथि हुनेछन् यस्ता प्रतिबन्धः
– अदालतबाट अनुमति नलिई देशबाहिर जान सक्ने छैनन्
– पासपोर्टलाई स्पेशल एनडीपीएस कोर्टलाई सुम्पिनुपर्ने
– आर्यन यस्ता खालका अपराधमा पुनः समावेश हुने छैनन्
– केसमा जाँच अधिकारीको जानकारी बिना मुम्बई बाहिर जान पाउनेछैनन्
– सह–आरोपीसँग सम्पर्क स्थापित गर्न पाउने छैनन् आर्यन
– कारवाहीबारे सोसल मिडिया वा मिडियामा कुनै बयान दिन पाउनेछैनन्
– हरेक शुक्रबार बिहान ११ देखि अपरान्ह २ बजेका बीच एनसीबीको कार्यालयमा उपस्थित भनेर दर्ता गराउनुपर्ने
– सुनुवाईका बेला अदालतमा पेश हुने ।
– एनसीबीले बोलाउँदा कार्यालय पुग्ने
– मुद्दामा कुनै प्रकारको ढिलाई गर्ने कोसिस नगर्ने
एजेंसी ।
नेकपा एमाले पोखरा महानगरपालिकाको अध्यक्षमा दिलीप न्यौपाने ।
महागनर कमिटिमा प्रतिनिधिहरुको भावनालाई कदर गदै एमाले नेताहरुले न्यौपानेका नाममा सहमती गरेका हुन् । आधिकारीक रुपमा सार्वजनीक नभएपनि भित्री रुपमा सहमती जुटेपछि अहिले उपाध्यक्ष लगायतका पदमा सहमतीको प्रयास भैरहेको छ । कमिटिको उपाध्यक्षमा मोहन गुरुङ र राजकुमारी भुजेल मध्य एक जनालाई उपाध्यक्ष बनाउने प्रयास भैरहेको छ । लगभग मोहन गुरुङ उपाध्यक्षमा पक्का हुने बताउनुभयो । त्यस्तै सचिवमा जीवन आचार्य निर्वाचित हुनुभएको छ । सचिवमा उम्मेदवारी दर्ता गर्नुभएका गोकर्ण अधिकारीले उ्रम्मेदवारी फिर्ता लिएपछि आचार्य सचिवमा निर्वाचित हुनुभएको हो तर निर्वाचन आयोगले घोषणा गर्न बाकी रहेको छ । त्यस्तै उपसचिवमा सिता विश्वकर्मा र रामचन्द्र थापाको नाममा सहमती भएको छ । आधिकारी रुपमा घोषणा भएको छैन् ।
त्यस्तै भुगोल तर्फ वडा नम्वर १ बाट ईश्वरीप्रसाद बाँस्तोला, वडा नम्वर २ बाट शशिधर पराजुली, वडा नम्वर ४ बाट इन्द्रकुमारी अधिकारी, वडा नम्वर ६ बाट विष्णुबहादुर भटराई, वडा नम्वर ७ बाट पुरुषेत्तम रेग्मी, वडा नम्वर ८ बाट ईश्वरप्रासद सुवेदी, वडा नम्वर ९ बाट प्रकाश शर्मा, वडा नम्वर १० बाट नारायणप्रसाद बाँस्तोला, वडा नम्वर १२ बाट बीरबहादुर थापा, वडा नम्वर १३ कृष्णकुमारी गुरुङ, वडा नम्वर १५ तोरणबहादुर बानियाँ, वडा नम्वर १६ बाट जगन्नाथ तिमिल्सिना, वडा नम्वर १७ बाट चिरञ्जिवी पोखरेल, वडा नम्वर १९ बाट नवीन भण्डारी, वडा नम्वर २० बाट मोहनबहादुर केसी, वडा नम्वर २२ बाट खेमराज बराल, वडा नम्वर २३ बाट चेतबहादुर क्षेत्री, वडा नम्वर २५ बाट बेदनाथ पौडेल, वडा नम्वर २७ बाट गणेशराज धमला, वडा नम्वर २८ बाट दिनेशबाबु खडका, वडा नम्वर २९ बाट प्रमोदकुमार पौडेल, वडा नम्वर ३० बाट प्रेमराज बसौला, वडा नम्वर ३२ बाट विष्णुप्रसाद तिवारी र वडा वडा नम्वर ३३ बाट चन्द्रप्रसाद पौडेल सर्वसम्मत भ्गोलबाट सदस्यमा सर्वसम्म निर्वाचित हुनुभएको छ ।
एनआरएन अष्ट्रेलिया एनएसडब्लुले अनलाईन स्क्याम बारे सचेतना कार्यक्रम गर्ने ।
हामिले बिभिन्न माध्यमहरू बाट सुनीएको र भोगीएको घटना हो साईबर स्क्याम यसमा बिभिन्न तरीक़ा बाट कहिले के कम्पनी कहिले अष्ट्रेलियन कर कार्यलय, कहिले प्रहरी कार्यलय र कहिले के भनेर फ़ोन मार्फ़त फकाइ फुलाई त कहिले धम्कीको भाषा प्रयोग गरी ठगीएको छ यस्तै बिषयमा हज़ारौ नेपालीहरू स्क्यामको शिकार बनिरहेको यो अवस्थामा ग़ैर आवासीय नेपाली संघ अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यले अष्ट्रेलियाको संघिय प्रहरी एएफपी र अष्ट्रेलियन कर कार्यलय एटिओसंग मिलेर अनलाईन ठगीबारे जनचेतना मुलक कार्यक्रम गर्ने भएको छ ।

अक्टोबर २९ शुक्रबार सिड्नी समय अनुसार साझ ६ देखि ८ बजेसम्म जुम मार्फत यस्तो कार्यक्रम गर्न लागिएको हो । कार्यक्रमा एएफपीका तर्फबाट कन्सटेबल जेसनले साइवर र अनलाईन ठगी बारे तथा एटिओका च्यारल गोर्डनले कर सम्बन्धी ठगी बारे प्रस्तुती दिने तय भएको न्यु साउथ वेल्सका एनआरएनए संयोजक देव गुरुङले बिश्वपाटिलाई जानकारी दिनुभयो । कार्यक्रममा न्यु साउथ वेल्सका नेपाली महावाणिज्यदुतावास, नेपलिज अष्ट्रेलियन एशोसियसन र फेन्काले पनि सहकार्य गरेको छ । त्यस्तै न्यु साउथ वेल्सको कम्युनिटी एण्ड जस्टिसले समेत कार्यक्रम आयोजना गर्न सघाएको छ ।
अष्ट्रेलियामा रहेका नेपालीहरु अनलाईन ठगीमा परेपछि मात्रै सहयोगका लागि भौतारिने गरेका छन् । त्यहि भएर पनि नेपालीलाई यस्तो ठगीमा पर्नै नदिनका लागि चेतनामुलक कार्यक्रमको आयोजना गर्न लागिएको एनआरएन अष्ट्रेलिया न्यु साउथ वेल्स राज्यका उप-प्रमुख सुकृति भट्टले बताए । कार्यक्रममा सहभागी भएर मौकाको फाइदा उठाउन गुरुङले सबैलाई आग्रह समेत गर्नुभयो । कार्यक्रममा सहभागी हुन निम्न जुम आइडी र पासकोडको प्रयोग गर्नुहोला।
बागमती प्रदेशमा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दै ।
११ कात्तिक, हेटौंडा । एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे आज बागमती प्रदेशको मुख्यमन्त्री बन्दैछन् । उनले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्दैछन् ।
नेकपा एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेर राजीनामा दिएपछि पाण्डे मुख्यमन्त्री बन्न लागेका हुन् ।
नेकपा एमाले विभाजन भएपछि १३ जना प्रदेशसभा सदस्यले एकीकृत समाजवादी पार्टी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी थिइन् ।
कांग्रेस, माओवादी र जसपाका गरी ५९ सांसदहरूको समर्थनमा पाण्डेले हिजो नै मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । उनले आज दिउँसो सवा तीन बजे पद तथा गोपनियताको शपथ ग्रहण गर्ने कार्यक्रम छ ।
पाण्डेले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्दैछन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) संसदीय दलका उपनेताहरुले मन्त्रालय सम्हाल्ने तयारी भएको नेपाली कांग्रेस संसदीय दलका सचेतक निमा लामाले जानकारी दिए ।
लामाका अनुसार कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, माओवादी केन्द्रकी उपनेता कुमारी मोक्तान र नेकपा एकीकृत समाजवादीका उपनेता कृष्ण खनाल मन्त्री बन्ने छन् । उनीहरुले कुन-कुन मन्त्रालय सम्हाल्ने भन्ने टुङ्गो लागेको छैन । तत्काल तीन मन्त्रीसहित मुख्यमन्त्री पाण्डे सरकारमा जाने र तिहारपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने गठबन्धनको तयारी छ ।
नेकपा एमाले पोखरा-८ को अध्यक्षमा अर्जुन श्रेष्ठ ।
पोखरा । नेकपा (एमाले) पोखरा महानगरपालिका ८ वडा कमिटीको अध्यक्षमा अर्जुन श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।
एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्र्तगत शनिबार सम्पन्न प्रथम वडा अधिवेशनले श्रेष्ठको अध्यक्षतामा वडा कमिटी चयन गरेको हो । त्यसै गरी उपाध्यक्षमा कमला गिरी, सचिवमा दीपक घिमिरे, उपसचिवमा गिरिधारी अधिकारी र गोबिन्द बराल चयन भएका छन ।
यसै क्रममा आज देशभरि एकैसाथ करिब छ हजार वडा कमिटीको अधिवेशन सम्पन्न भएको नेकपा एमाले केन्द्रिय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुनेछ। एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न सो पार्टीले यही कार्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक समेत बोलाएको छ।
विसं २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ। आगामी मंसीर १० देखि १२ गतेसम्म एमालेको दशौँ महाधिवेशन वाग्मती प्रदेशको चितवनमा हुनेछ।
बाढी-पहिरो पिडितका लागि एनआरएनए अष्ट्रेलियाद्वारा सहयोग अभियान संचालन।
सिड्नी, गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले नेपालको बिभिन्न स्थानहरूमा गएको बाढी तथा पहिरो बाट पिडितहरुका लागि आर्थिक सहयोग अभियान संचालन गरेको छ।
नेपालमा दशैं पछि केही दिनसम्म परेको अविरल वर्षाका कारण विभिन्न ठाउँमा बढी-पहिरो गएको छ। उक्त बाढी-पहिरोबाट धन-जनको क्षति भएको छ। कैयौंले ज्यान गुमाएका छन्, कैयौं घरबार विहिन भएका छन् भने कैयौंको खेतीपाती नष्ट भएको छ। नेपालमा विपत परेको यो समयमा आफ्नो धर्म तथा कर्तव्य सम्झेर सहयोग गर्न एनआरएनए अष्ट्रेलियाले आफ्ना सदस्य तथा अष्ट्रेलियावासी नेपाली समुदायलाई आग्रह गरेको छ।
एनआरएनए अष्ट्रेलियाले बाढी-पहिरोमा परी ९० जनाभन्दा बढीले ज्यान गुमाउनु परेको र १० हजार जना घरबारविहिन भएको उल्लेख गर्दै सबै समक्ष सहयोगको लागि अपिल गरेको हो। सहयोग गर्न इच्छुक व्यक्तिले एनआरएनए अष्ट्रेलिया डिजास्टर रिलिफ एकाउन्टको तल उल्लेखित खाता नम्बरमा रकम जम्मा गर्न सकिने कुरा एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं न्यु साउथ वेल्स राज्य संयोजक देव बहादुर गुरुङले बताए ।
BSB: 032006
Account Number: 595128
लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्नुपर्छ : परराष्ट्रमन्त्री खड्का
परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा भारतसँग वार्तामार्फत विवाद समाधान गरिने बताएका हुन् ।
मन्त्री खड्काले यसअघि सरकारले भारतलाई पठाएका नोटहरू अध्ययन गरेर आफू समस्या समाधानमा लाग्ने पनि बताएका छन्।
नयाँ नक्सामा समेटिएका नेपाली भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना हुन्छ कि हुँदैन भन्ने पत्रकारको प्रश्नमा परराष्ट्रमन्त्री नारायण खड्काले भने, ‘त्यो त अब उसलाई(भारतलाई) सोध्नुपर्छ। उसले आफ्नो तरिकाले एउटा मेथडोलोजी र मेकानिज्म बनाएर जनगणना गर्ने भनेको छ।’
राष्ट्रिय जनगणनाका लागि सुरपरिवेक्षण पठाउनै आनाकानी गर्दा मुलुकको नयाँ ‘चुच्चे नक्सा’ मा परेका महाकाली पारिको कालापानी, लिपुलेक क्षेत्रमा घर तथा घरपरिवार सूचीकरण हुन सकेको छैन। पहिलो चरणको सूचीकरणका लागि उक्त क्षेत्रमा जान नेपालबाटै बाटो नभएको र भारतको बाटो भएर जानका लागि सरकारले नअह्राएको भन्दै जिल्ला तथ्यांक कार्यालयले सुपरिवेक्षक नै पठाएन । राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणमा अहिले घर तथा घरपरिवार सूचीकरण कार्यमा सात प्रश्न लिएर सुपरिवेक्षक घरदैलो गर्न थालेका छन्। यही कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणनाको मूल गणना कार्य हुँदैछ।
महाकालीपारि दार्चुलाको व्यास गाउँपालिका–१ को छाङरु र तिंकर छन् भने त्योसँगै जोडिएर कालापानी, लिपुलेक भूमि पर्दछ । उक्त क्षेत्रमा २०१८ सालपछि जनगणना हुन सकेको छैन ।
सरकारले २०७७ साल जेठ ७ गते नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको थियो। कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा सार्वजनिक भएपछि भारतले औपचारिक रूपमा प्रतिक्रिया दिँदै उक्त नक्सा मान्य नहुने बताएको थियो।
त्यस्तै कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा राखेपछि निशान छापमा यो नक्सालाई समावेश गर्नलाई संविधानको अनुसूची ३ संशोधन गर्न ल्याइएको संविधान संशोधन विधेयक २०७७ साल जेठ ३१ गते प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको थियो।
नायक शिव श्रेष्ठ र भुवन केसीको ‘डाँडाको वरपिपल’ मा शुन्य दर्शक
शिव श्रेष्ठ र भुवन केसीको ‘डाँडाको वरपिपल’ मा दर्शक शून्य
महिनौंको बन्दपछि यही घटस्थापनाको दिनदेखि सिनेमा हलमा दर्शक जान थालेका छन्। सरकारले ५० प्रतिशत अकुपेन्सीको अनुमति दिएकोले हाल कुल सिट क्षमताभन्दा आधा सिट बराबरको मात्र टिकट बेच्न पाइने अवस्था छ।
लामो समयपछि हल खुलेको उत्साह र दसैं-तिहारको माहोलले बिस्तारै दर्शक बढ्ने सम्भावना अझै बाँकी छ।
तर आज ललितपुरको लबिम मलस्थित क्युएफएक्समा जे देखियो त्यसले नेपाली फिल्मले हलमा दर्शक तान्न अझै धेरै संघर्ष गर्नुपर्ने देखाएको छ। हाल यहाँ हलिउड फिल्म ‘नो टाइम टु डाइ’ र ‘फास्ट एन्ड द फ्युरियस’का साथमा नेपाली फिल्म ‘डाँडाको वरपिपल’ प्रदर्शन भइरहेको छ।
लबिम मल क्युएफएक्सका ड्युटी अफिसर शुशान्त बुढाथोकीका अनुसार समग्रमा सिनेमा हेर्न आउने दर्शकको संख्या २५ देखि ३० प्रतिशत छ।
उनका अनुसार तीन फिल्ममध्ये सबैभन्दा बढी दर्शक नो टाइम टु डाइले पाएको छ। सबैभन्दा कम दर्शक पाउने फिल्म डाँडाको वरपिपल बनेको छ।
आज सोमबार डाँडाको वरपिपलले एक सो मात्र पाएको थियो। साढे तीन बजेको सो पाएको यो फिल्म हेर्न आज एक जना दर्शक पनि पुगेनन्।
राजधानीमा सिमसिम पानी परेकोले केही दर्शक घट्नु स्वभाविक हो। बिहीबारदेखि प्रदर्शनमा आएको नो टाइम टु डाइमा हिजोभन्दा केही दर्शक घटेका छन्।
१८२ सिट भएको हलमा ९१ दर्शकका लागि टिकट राखिएको थियो। तर एक जना दर्शक पनि नहुनु फिल्मको असफलता नै हो।
लबिम मल क्युएफएक्सका ड्युटी अफिसर शुशान्त बुढाथोकीका अनुसार हिजोसम्म डाँडाको वरपिपलमा सुरूदेखि नै दर्शक कम थिए। हिजो पन्ध्र बीस जना दर्शक फिल्म हेर्न पुगेका थिए।
शोभित बस्नेतको निर्देशन र सलोन बस्नेत, शिव श्रेष्ठ, गौरी मल्ल, भुवन केसी, सलोन बस्नेत, रुविना थापालगाय कलाकारको अभिनय रहेको फिल्ममा आज दर्शक शून्य।
एउटा मात्र सो पाएको नेपाली फिल्ममा दर्शक नहुनुले आगामी दिनमा नयाँ फिल्म सार्वजनिक गर्न निर्मातालाई हच्काउने निश्चित छ। गत वर्ष लकडाउन भएयता ५० भन्दा बढी फिल्म प्रदर्शनका लागि तयार छन्।
तर यसबीच प्रदर्शनमा आएका ‘एउटा यस्तो प्रेम कहानी’, ‘धन्दागिरी’ र ‘डाँडाको वरपिपल’को नाजुक अवस्थाले सिनेमा हलमा नेपाली फिल्मले बिना तयारी सजिलै दर्शक तान्न नसक्ने प्रष्ट भएको छ।
नेकपा एमालेको वडा अधिवेशन देशभर एकैदिन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने ।
नेकपा एमालेले देशभरका सबै वडाहरूमा एकसाथ अधिवेशन आयोजना गर्ने भएको छ।
कात्तिक ६ गते देशभरका ६ हजार ७ सय ४५ वडामा एकै दिन वडा अधिवेशन गर्ने एमाले केन्द्रीय कार्यालयले जनाएको छ। वडा अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल गर्ने कार्यक्रम छ।
बढीमा ५ सयसम्म वडालाई जुममा जोडेर अध्यक्ष ओलीले एकैपटक भर्चुअल रुपमा वडा अधिवेशनको उद्घाटन तथा शुभकामना सन्देश दिनेगरी तयारी गरिएको छ।
एमालेको १० औँ महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म हुँदैछ। कात्तिक ६ मा वडा अधिवेशनपछि ९ गते देशभरका ७५३ स्थानीय तहको अधिवेशन हुने एमालेले जनाएको छ।
एमालेको विधान अनुसार वडा कमिटी सबैभन्दा तल्लो तहको कार्यकारी निकायका रुपमा रहेको छ।
वडा कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र सदस्यहरू अधिवेशनबाट निर्वाचित हुनेछन्। कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ।
Next Page » « Previous Pageताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा