पुट्ट बाहिर निस्केको पेट कसरी घटाउने, किन बढ्छ? उपाय समेत ।
पुट्ट बाहिर निस्केको पेट नै सबै रोगको घर हो। शरीरमा आउने अधिकांश समस्या पेटबाट सुरू हुन्छ।
एउटा भनाइ छ– टाउको दुख्यो भने पेटमा चिसो लगाउनू।
त्यसैले स्वस्थ रहन हाम्रो पेट हर हालतमा ठीक अवस्थामा हुनुपर्छ, सफा हुनुपर्छ।
हाम्रो समाजमा मोटाघाटा, पेट लागेकालाई गण्यमान्य र प्रतिष्ठित व्यक्तिका रूपमा लिइन्छ। अलि मोटो हुनुपर्छ अनि मात्र बलियो भइन्छ भन्ने गलत बुझाइ छ। वास्तवमा पेट बढ्नु भनेको शरीरबाट बाहिर निस्कासन हुनुपर्ने फोहोर शरीरमै जम्मा भएर बस्नु हो।
हामीले खाएको खाना पहिले पेटमा जाने भएकाले फोहोर जम्मा हुने काम पनि पेटबाटै सुरू हुन्छ। त्यसैले शरीरलाई आवश्यकता भन्दा बढी खाना खाएमा पहिलो चरणमा पेटमा बोसोका रूपमा परिणत हुन्छ र पेटको आकार बढ्दै जान्छ। त्यसपछि पेटबाट फैलँदै गर्धन, अनुहार हुँदै टाउकोसम्म र तलतिर हिप, तिघ्रा र खुट्टासम्म फैलिन्छ।
यदि त्यही गलत खानपान गरिरहे विकार शरीरको पछाडि भागतिर पनि फैलिन्छ। यसरी विकार चारैतिर फैलिन्छ र शरीरको आकारमा परिवर्तन आउँछ। शरीर जस्तो आकारमा हुनुपर्ने हो त्यस्तो नभई आकार बढ्नु नै मोटोपन हुनु हो।
त्यसैले पेट बढ्नु, पेट छातिभन्दा बाहिर निस्कनु भनेको शरीरमा अतिरिक्त फोहोर, विकार सञ्चय हुनु हो। सबै रोगका लागि घर तयार हुनु हो।
उदाहरणका लागि, हाम्रो कोठामा फोहोर जम्मा भयो भने के हुन्छ? किटाणु अर्थात् भुसुना लाग्छ र त्यसले पूरै कोठामा दुर्गन्ध फैलाउँछ। त्यसैगरी शरीरमा फोहोर जम्मा भयो भने शरीरमा रोगका किटाणु सल्बलाउने आधार तयार हुन्छ र आधार तयार भएपछि सम्पूर्ण शरीरमा दुर्गन्ध फैलिन्छ।
त्यसैले स्वस्थ रहन पेट बाहिरी रूपमा ठीक हुनुपर्छ र भित्री रूपमा पनि सफा हुनुपर्छ। बाहिर निस्केको पेटले शरीरलाई भद्धा देखाउने मात्र होइन, सबै रोगको कारण बन्छ।
पेट बढ्नुको कारण
अहिले अधिकांश मानिसले भन्छन्, ‘म माछा, मासु खाँदिनँ तर पनि मेरो पेट लागेको छ, किन होला?’
पेट बढ्न माछा, मासु नै खानुपर्छ भन्ने छैन। कार्बोहाइड्रेट मात्रा बढी भएमा पनि पेट लाग्छ। कार्बोहाइड्रेट हुने खाना भन्नाले हामीले दैनिक खाने भात, रोटी, ढिँडो, मकै, गहुँ आदि हुन्। यी खाना बढी हुँदा पनि पेट बढ्छ।
हाम्रो समाजमा खाना बढी र तरकारी कम खाने चलन छ। त्यसमा पनि आलुको मात्रा बढी हुन्छ। साथै शरीरका लागि पोषण चाहिन्छ भनेर विभिन्न थरीका आहार जस्तै माछा, मासु, अण्डा, दूध, दाल, गेडागुडी लगायत अन्य भारी खाना खाने चलन छ। तर खाना खाइसकेपछि राम्रोसँग पाचन भएर निस्कासन हुन जरुरी छ र त्यसका लागि निस्कासक आहारको पनि उत्तिकै महत्व छ भन्ने हामीले बिर्सेका छौं।
शरीरलाई पोषक आहार जति आवश्यक हुन्छ त्यति नै निस्कासनका लागि रेशा, छोक्राबोक्रा प्रशस्त भएका आहार चाहिन्छ। रेशा, छोक्राबोक्रा भएका आहारमा नफलेको चामल, चोकरसहितको पिठो, गहुँ, मकै, कोदो, फापर आदि एक दलीय अन्न, ताजा हरिया सागसब्जी, काँचो खानेकुरा सलाद र फलफूल पर्छन्।
अधिकांश स्वास्थ्य समस्या यही रेशा, छोक्राबोक्रा भएका आहारको कमीले आएको छ। त्यसैगरी मैदाजन्य, जंक, चिनीबाट बनेका, चिल्लोमा तारे भुटेका, चिया, कफी, कोल्डड्रिंक्स, चकलटे, आइसक्रिम जस्ता खानेकुरा खाँदा पनि पेट बढ्छ। खानासँग पानी खाने बानीले र बीचबीचमा कुचुकुचु खाने बानीले पनि पेट बढ्छ।
यसर्थ पेट बढ्नुको मुख्य कारण शरीरलाई चाहिनेभन्दा बढी खानु नै हो। चाहिनेभन्दा एक गाँस मात्र बढी खानाले पनि शरीरलाई हानी नै गर्छ।
तर हामी सबै गल्ती आफू गर्ने, मन लागि खाने, शरीरलाई आवश्यकताभन्दा बढी खाने र बारम्बार त्यही गल्ती दोहोर्याउने र आफ्नो गल्तीबाट बढेको समस्या लिएर डाक्टरकहाँ गएर भन्छौं– डाक्टरसाब् ! म त्यस्तो धेरै केही पनि खाँदिनँ तर पनि पेट बढेको बढ्यै छ। मेरो यो पेट कसरी घटाउने? घटाइदिनु पर्यो, घटाउने औषधि दिनु पर्यो।
आफ्ना लागि आफैंले गर्नुपर्छ, अरूले गरिदिएर हुँदैन।
शरीरलाई चाहिनेभन्दा बढी खाएर पेट बढेको हो, त्यसैले खाना घटाएरै मात्र घट्छ। पेट, तौल घटाउने त्यस्तो कुनै औषधि छैन। त्यो त सम्पूर्ण आफ्नै हातमा छ।
बुझ्नुपर्ने कुराः
हामी जति मेहनत र परिश्रम अन्य काममा लगाउँछौं त्यत्तिकै ध्यान आफ्नो शरीर र आफूले के खाँदैछौं भन्नेमा दिए पेट बढ्नेदेखि लिएर अरु स्वास्थ्य समस्याको शिकार हुनुपर्दैन। हाम्रो पहिलो कर्तव्य नै शरीरलाई हरहालतमा ठीक राख्नु हो। त्यसका लागि कुनै ठूलो कुरा गर्नुपर्दैन, शरीरको बोली र यसको संकेत ध्यान दिएर बुझे पुग्छ।
पेटको बोलीः
हाम्रो शरीरले हरपल हामीसँग बोलिरहेको हुन्छ, संकेत दिइरहेको हुन्छ। पेटले पनि यसै गर्छ। खाना खाँदा होस् वा पानी पिउँदा, हिँड्दा वा सुत्दा, विचार गर्दा या रिसाउँदा, हरपल संकेत दिन्छ। तर हामी यसको भाषा, बोली र संकेतमा ध्यान दिँदैनौं र समस्यामा पर्छौं।
खाना खाँदा पेटले दिने संकेतः जब हामी खाना खान्छौं तब हाम्रो पेट भरिँदै जान्छ। भरिँदै गएपछि पेटले संकेत दिन थाल्छ। संकेतका रूपमा पहिलो डकार आउँछ। पहिलो डकारको संकेत हो- पेट भरियो, अब खाना कम गर।
डकार वेवास्ता गरी त्यही अनुपातमा खाना खाएमा दोस्रो डकारले संकेत दिन्छ। दोस्रो डकारको संकेत हो- अब पूर्ण रूपमा पेट भरियो, खाना बन्द गर।
तर यसको पनि बेवास्ता गरेर खाएमा खाना विष सरह बन्छ।
त्यसैले शरीरलाई चाहिनेभन्दा एक गाँस मात्र बढी खाए पनि पेट उकुसमुकुस हुन्छ। उकुसमुकुस हुने गरी होइन, पेट एक भाग खाली हुनेगरी खानुपर्छ। शरीरलाई चाहिनेभन्दा एक गाँस बढी पनि, पेट बढ्ने र रोगको कारण बन्छ।
पानी पिउँदा दिने संकेतः हामीले एकैपटक बढी पानी पिए पेटले तुरुन्तै संकेत गर्छ। एकै पटक धेरै पानी पिउँदा पेट फुल्छ, डुम्म हुन्छ।
शारीरिक गतिविधि नमिल्दा दिने संकेतः खाना खानेबित्तिकै भारी व्यायाम गर्ने, दौडने, कुद्ने र सुत्ने गर्नाले पेटले अप्ठ्यारो भएको संकेत दिन्छ।
विचार नमिल्दाः हामीले चर्को रिस, तनाव आदिमा खाना खाएमा पाचनमा गडबडी हुन्छ।
पेटको यो सरल नियम ध्यानमा राखी हामीले खाए, पिए, सुते र विचार गरे पेट बढ्ने मात्र होइन, अरु स्वास्थ्य समस्याबाट पनि सजिलै मुक्त हुन सक्छौं।
पेट घटाउने सरल खानपानः
हाम्रो पाचनका लागि शरीरलाई ६० देखि ७० प्रतिशत रेशा, छोक्राबोक्रा चाहिन्छ। हाम्रो खानामा अधिकांश सेता देखिने खाद्य पदार्थ, जस्तै सेतो चामल, मैदा आदि प्रयोग हुन्छ। चोकर खुइल्याइएका सेता देखिने खानामा रेशा वा छोक्राबोक्रा हुँदैन। त्यसैले सेतो चामलको सट्टा नफलेको चामल अर्थात् ब्राउन भात, आँटा, घरमै पाइने मकै, गहुँ, फापर खानुपर्छ।
त्यसैगरी खानासँग प्रशस्त हरिया सागब्जी र अन्त्यमा काँचो सलाद जस्तै गाजर, बन्दा, काँक्रा लगायत ताजा फलफूल खानुपर्छ।
यसरी तीनै थरी बराबर मिलाएर खाँदा ३३ प्रतिशत अन्न, ३३ प्रतिशत हरिया सागब्जी र ३३ प्रतिशत काँचो सलादको भाग पर्छ। यसमा हरियो सब्जी र काँचो सलाद दुई थरी गरी ६६ प्रतिशत रेशा, छोक्राबोक्राको मात्रा पुग्छ। यसले पाचनका लागि चाहिने रेशा प्रशस्त पुग्छ र पाचन राम्रो भई पेट सफा हुन्छ। पेट सफा भएपछि पेट बढ्नेदेखि अरू स्वास्थ्य समस्या आउन पाउँदैन। त्यसैले दैनिक खानामा खाना बराबर हरिया सागसब्जी र सलाद अनिवार्य हुनुपर्छ।
पेट बढेका र मोटा व्यक्तिले भने आफूले खाइरहेको खानामा ४ भागमा १ भाग खाना कम गर्ने, तरकारी लगभग खानाभन्दा केही बढी करिब ३०० ग्राम लिने। र, अन्त्यमा सलाद करिब १५० ग्राम खाने।
यसरी खाना मिलाएर खाएमा पेट पनि भरिने र साताको १ किलो टौल घटी पेट पनि घट्दै जाने हुन्छ। पेट घट्दै गएर ठिक अवस्थामा आएपछि कम गरेको खानालाई बढाई भात, तरकारी र सलाद तीनै थरी बराबर खान सकिन्छ।
पानीको पनि उचित प्रयोग हुनुपर्छ। बिहान उठ्नेबित्तिकै खाली पेटमा करिब १ लिटर पानी पिउनुपर्छ भने दिनमा प्रतिघन्टा एकएक गिलासका दरले पिउनुपर्छ। कुनै पनि ठोस आहारसँग पानी नलिने र बेलुकी सुत्दा १ गिलास पानी पिएर सुत्ने। यसरी पानी नियमअनुसार पिउँदा शरीरमा फोहोर जम्मा हुन पाउँदैन र पेट बढ्न पाउँदैन।
ध्यान दिनुपर्ने कुरा खाना चपाई चपाई खानुपर्छ। खानासँग पानी पिउने बानी गर्नु हुँदैन।
उचित गतिविधिः
जसरी स्वस्थ रहन खानपान मिल्नुपर्छ त्यसैगरी हामीले गर्ने गतिविधि पनि मिल्नुपर्छ। गतिविधि भन्नाले शरीरले गर्ने सबै क्रियाकलाप हुन्।
एउटा भनाइ छ- शरीर जति चलायमान रह्यो, त्यति नै बलियो र स्वस्थ हुन्छ र मन जति स्थिर हुन्छ त्यतिकै राम्रो।
तर हामीकहाँ ठीक उल्टो भएको छ, हाम्रो मन धेरै चल्छ भने शरीर स्थिर र धेरै आराममा।
उहिले हाम्रा बाजेबराजु एक खाना खाएपछि अर्को खाना जोहो गर्न शिकार गर्न हिँड्नु पर्थ्यो वा कुटो-कोदालो लिएर खेतमा काम गर्नु पर्थ्यो। यसले शारीरिक परिश्रम राम्रो भई खाना राम्ररी पच्थ्यो। शरीर बलियो र तगडा हुन्थ्यो। त्यस्तै जंगलका जनावर पनि एक खाना खाएर अर्को खानाका लागि घन्टौं शिकार खोज्नु पर्छ। यसले गर्दा जंगली जनावर दिनभर क्रियाशील र स्वस्थ हुन्छन्।
अहिले हाम्रो अवस्था- फ्रिजमा भरी खाना, खानापछि आरामै आराम, परिश्रमको निकै कमी।
हाम्रा दुई हात र दुई खुट्टा परिश्रम गर्न दिइएको हो। त्यसैले स्वस्थ रहन शारीरिक परिश्रम हुनैपर्छ। परिश्रम कम छ भने दैनिक १ घन्टा जोर्नी र मांसपेशी सञ्चालन हुने व्यायाम गर्नुपर्छ। व्यायामले दिनभर स्फूर्ति र स्वस्थ राख्न सहयोग गर्छ। व्यायाममा बिहानी हावामा हिँड्दा हुन्छ या योग या अन्य अभ्यास गर्दा पनि हुन्छ।
व्यायामका साथै सुत्ने, उठ्ने, खाने, पिउने हर कुरा उचित हुनुपर्छ जसले शरीरलाई ठीक राख्न सहयोग गर्छ।
खाने क्रमः
हाम्रो खानेको कुनै ठेगान छैन। जतिबेला जे भेटिन्छ खान्छौं, पिउँछौं। बुझ्नुपर्ने कुरा के भने, खाना जिब्रो र स्वादका लागि होइन, यो शरीरका लागि हो। त्यसैले शरीरलाई मापदण्ड बनाएर खाने गरे स्वस्थ रहन सकिन्छ।
अहिले हामी कुन बेला खाने, कति बेला खाने, कति पटक खाने भन्नेमा अलमलमा छौं। कोही भन्छन् २–२ घन्टामा खानुपर्छ, कसैले ४ देखि ५ घन्टाको अन्तरमा।
के हामीले विज्ञ वा अन्यको सल्लाहअनुसार मात्र खानु पर्ने हो त?
वास्तवमा हाम्रो शरीर संसारको सबभन्दा ठूलो र भरपर्दो प्रयोगशाला हो। हामीले खाएको खाना मिले-नमिलेको देखिने पहिलो ठाउँ पनि यो शरीरमै हो। आहार, विहार र विचार ठीक छ-छैन भनेर प्रयोग गर्ने ठाउँ पनि शरीर नै हो र खाएको ठीक वा बेठिक छुट्याउने मापदण्ड पनि शरीरै हो।
त्यसैले के र कति पटक खाने भन्ने कुरा पनि हाम्रो यो शरीरलाई मापदण्ड बनाएर सजिलै बुझ्न सकिन्छ।
पाचन क्रियाअनुसार हामीले एकपटक खाएको खाना पूर्णरूपमा पच्न कम्तिमा ४ घन्टा लाग्छ। त्यसैले एक खाना र अर्को खाना बीचको अन्तर करिब ४ देखि ५ घन्टा हुनुपर्छ। ५ घन्टाको अन्तर भएमा खाना राम्ररी पच्न पाउँछ।
शरीरको धर्मअनुसार भोक लाग्दा खानु र प्यास लाग्दा पिउनु उचित हुन्छ। तर भोक मन र बानीको पनि हुनसक्छ। त्यसैले दिनको ३ पटकभन्दा बढी नखानु पेट र स्वास्थ्यका हिसाबले ठीक हुन्छ। तीन पटकभन्दा बढी खानु पेट बढ्ने र रोगको कारण बन्छ।
अन्त्यमा, खाना के र कतिपटक खाने भन्नेमा कसैको कुरा मान्ने या नमान्ने गरिरहनु पर्दैन। आफ्नो शरीरलाई मापदण्ड बनाएर हेरे पुग्छ। हामीले जुनसुकै खाना खाए पनि मिले वा नमिलेको पहिला यो शरीरमा प्रमाणित हुनुपर्छ।
खाएको खाना ठीक वा बेठिक सजिलै छुट्याउन सकिने ३ नियमः
पहिलोः खाना २४ घन्टामा पचेर भोलि बिहान सर्लक्क दिशा खलास हुनुपर्छ। दिसा खलास भएन भने खाएको ठीक भएन भन्ने बुझ्नुपर्छ। ठीक वा बेठिक शरीरले २४ घन्टामै देखाउँछ, कुनै ल्याबमा गइरहनु पर्दैन।
दोस्रोः खाइसकेपछि शरीर र मनमा दुवैमा कुनै अप्ठ्यारो र रोग लाग्नु हुँदैन। यदि शरीर या मनमा कुनै अप्ठ्यारो या रोग लागेको छ भने खाएको मिलेन भन्ने बुझ्नुपर्छ। यो प्रत्यक्ष शरीरमा देखिने कुरा हो।
तेस्रोः खाएपछि पेट बढ्ने वा मोटाउने हुनुहुँदैन। पेट वा मोटोपन बढेको छ भने खाएको मिलेन भनेर देखाएको संकेत हो।
यही सरल विधि अपनाएर आफ्नो स्वास्थ्य आफ्नै हातमा लिई स्वस्थ रहनुपर्छ।
पेट घटाउने योग आसनहरूः
सामान्यतया जुनसुकै व्यायामले पनि पेटको बोसो घटाउन सहयोग गर्छ। तर सुतेर गर्ने योगासनले पेटको मोटोपन घटाउन मद्दत गर्छ। यो व्यायाम मर्निङवाक अथवा कुनै हल्का व्यायाम गरेपछि १५ देखि २० मिनेट गर्दा हुन्छ।
पवनमुक्त्तासन १
सिधा उत्तानो सुत्ने। दुवै खुट्टा सिधा राख्ने, दुवै हातलाई कम्मरको दायाँ बायाँ राख्ने। विस्तारै गहिरो सास तान्दै बायाँ खुट्टा ९० डिग्रीमा उठाउने, दायाँ खुट्टा सिधा भुइँमा राख्ने, मनमनै १० गन्ने र विस्तारै सास छाड्दै खुट्टा तल झार्ने। पालैपालो पाँच-पाँच पटक गर्ने।
पवनमुक्त्तासन २
एकै पटक सास तान्दै दुवै खुट्टा ९० डिग्रीमा उठाउने, मनमनै १० गन्ने र विस्तारै सास छाड्दै तल झार्ने। ५ पटक गर्ने।
पवनमुक्त्तासन ३
पालैपालो दुवै खुट्टा घुँडासम्म खुम्चाएर गोलो गोलो घुमाउने, दायाँ र बायाँ दुवैतिरबाट ५–५ पटक घुमाउने।
पवनमुक्त्तासन–४
दुवै खुट्टा घुँडासम्म खुम्चाएर दायाँ र बायाँ दुवैतिरबाट ५–५ पटक गोलो घुमाउने।
पवनमुक्त्तासन–५
सास छाड्दै सासको तालमा साइकल चाल गर्ने, सुल्टो र उल्टोबाट १०–१० पटक गर्ने।
पवनमुक्त्तासन– ६
पालैपालो सास छाड्दै खुट्टा घुँडासम्म खुम्चाउने, दुवै हातले खुट्टामा समातेर लक गर्ने र टाउको उठाएर चिउँडोले घुँडा छुने प्रयास गर्ने। अर्को खुट्टा भुइँमा सिधा हुनुपर्छ, मनमनै १० गन्ने र विस्तारै सास तान्दै खुट्टा तल झार्ने। पालैपालो ५–५ पटक गर्ने।
पवनमुक्त्तासन–७
सास छाड्दै दुवै खुट्टा घुँडासम्म खुम्चाउने, दुवै हातले खुट्टामा समातेर लक गर्ने र टाउको उठाएर चिउँडोले घुँडाको बीचमा छुने प्रयास गर्ने। मनमनै १० गन्ने र विस्तारै सास तान्दै खुट्टा तल झार्ने। ५ पटक गर्ने।
पादोतानासन– १
सास तान्दै पालैपालो बायाँ खुट्टा र दायाँ हातलाई ९० डिग्रीमा उठाउने, अर्को खुट्टा र हात भुइँमा सिधा राख्ने, मनमनै १० गन्ने र विस्तारै सास छाड्दै खुट्टा र हात तल झार्ने। पालैपालो ३ देखि ५ पटक गर्ने।
पादोतानासन–२
सास तान्दै दुवै खुट्टा र दुवै हात ९० डिग्रीमा उठाउने, मनमनै १० गन्ने र विस्तारै सास छाड्दै खुट्टा र हात तल झार्ने। ५ देखि १० पटक गर्ने।
अन्त्यमा, अश्वासनः
उत्तानो सुत्ने, दुवै खुट्टा घुँडासम्म खुम्च्याउने, दुवै हात लक गरेर गर्धनमुनि राख्ने। दुवै कुइनाले भुइँ छुवाउने। विस्तारै सास छाड्दै दुवै खुट्टा बायाँ र टाउकोलाई दायाँ मोडेर कुइनालाई हेरिरहने। मनमनै ३० गन्ने र सास तान्दै बीचमा फर्कने। दायाँ, बायाँ पालै पालो ५–५ पटक गर्ने।
योग आसन, व्यायामले शरीर लचिलो, फूर्तिलो र बलियो बनाउन सहयोग गर्छ भने उचित खानपानले स्वस्थ रहन। त्यसैले उचित आहार विहार र विचारका साथै हरेक दिन योग गरौं, स्वस्थ रहौं।
उचित विचारः
आहार, विहारसँगै विचार पनि ठीक हुनुपर्छ। रिस, चिन्ता क्रोध, मोह, लोभ प्रतिस्पर्धा आदि भावले शरीरमा नराम्रो प्रभाव पार्छ जसले पाचनमा गडबडी भई कब्जियत, पेट बढ्ने र अन्य समस्या आउँछ। त्यसैले विचार उचित हुनुपर्छ।
(लेखक रामदेवी महर्जन योग तथा उचित आहार, विहार, विचार प्रशिक्षक हुन्।)
(यो लेख सेतोपाटीमा पहिलोपटक २०७७ साउन ३ गते प्रकाशित थियो।)
भारतविरुद्धको फाइनल खेलमा प्रशिक्षक अलमुताइरीलाई प्रतिबन्ध ।
३० असोज, काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई प्रतिबन्ध लगाइएको छ ।
साफको नियमावलीमा रातो कार्ड पाएमा मात्र अफिसियलले अर्को खेल गुमाउने उल्लेख भए पनि लिग चरणमा श्रीलंका र अन्तिम खेलमा बंगलादेशविरुद्ध पहेंलो कार्ड पाएका अलमुताइरीलाई आज भारतविरुद्ध हुने फाइनल खेलमा साफले प्रतिबन्ध लगाएको हो ।
नेपालका अन्जन विष्टले भने लगातार दुई खेलमा पहेंलो कार्ड पाएकाले उनले भारतविरुद्धको फाइनल खेल गुमाउने यसअघि नै पक्का थियो । भारतका प्रशिक्षक स्टिमाचले पनि बंगलादेशविरुद्धको खेलमा रातो कार्ड नै पाएकाले उनले पनि नेपालविरुद्ध हुने फाइनल खेल गुमाउने पक्का थियो । तर नेपालका प्रशिक्षक अल्मुतारीलाई समेत फाइनल खेलमा प्रतिबन्ध लगाइएको जानकारीसहितको पत्र साफले एन्फालाई दिएको छ ।
यसमा प्रशिक्षक अलमुताइरीले असन्तुष्टि जनाउँदै यो नियमविपरीत र अन्यायपूर्ण भएको प्रतिक्रिया दिएका छन् । उनले शनिबार बिहान भर्चुअल पत्रकार सम्मेलन गर्दै यो निर्णय भारतले खेल जितोस् भन्ने चाहनाबाट प्रेरित भएको बताएका छन् ।
उनले भनेका छन्, ‘मलाई लाग्छ उनीहरु (साफ पदाधिकारीहरु) नेपालको नतिजाबाट खुसी नहुन सक्छन् । उनीहरुलाई नेपालले नजितोस् भन्ने लाग्छ । मैले तयो महसुस गरिरहेको छु ।’
अलमुताइरीले नेपाललाई साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनलमा पुर्याएका थिए । बंगलादेशलाई बराबरीमा रोक्दै फाइनलमा पुगेर नेपालले इतिहास रचेको थियो ।
‘बंगलादेशविरुद्धको खेलपछि रेफ्रीमाथि आक्रमण भएको थियो, उनीहरुलाई के सजायँ भयो ?’ अलमुताइरीले प्रश्न गरेका छन्, ‘भारतीय प्रशिक्षक रिसायो भनेर नेपालको प्रशिक्षकलाई सजायँ दिने ? आफैंले बनाएको नियम नमान्ने हो भने नियम किन बनाउने ?’
उनले अगाडि भनेका छन्, ‘साफले अब्दुल्लाहलाई मात्रै निलम्बन गरेको होइन, नेपालको मुख्य प्रशिक्षकलाई निलम्बन गरेको हो, अब्दुल्लाह अलमुताइरी नभए पनि नेपाली टोलीले नतिजाको लागि प्रतिस्पर्धा गर्छ ।’
साफ च्याम्पियनसिपको बलियो टोली भारत र नेपालबीचको फाइनल खेल आज राति पौने नौ बजे मालदिभ्सको राजधानी मालेमा हुँदैछ ।
दशैँको टीका लगाउन गएको बेला प्रधानमन्त्री देउवाका भाइको घरमा चोरी
दशैँको टीका लगाउन आफन्तकोमा गएका बेला प्रधानमन्त्री शेरबहादुर देउवाका भाइ भरतबहादुर देउवाको घरमा चोरी भएको छ ।
धनगढी उपमहानगरपालिका-२ सन्तोशी टोलका स्थानीय भरतबहादुर देउवाको घरमा शुक्रबार दिउँसो दशैँको टीका लगाउन आफन्तकोमा गएका बेला सुनका गरगहना र नगद चोरी भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाका सहोदर भाइ समेत रहेका भरतबहादुरले सन्तोशी टोलमै रहेको आफन्तको घरमा टीका लगाउन गएको समयमा चोरी भएको बताए । उनले चार हजार नगदसहित करीब तीन तोला सुन र तीन तोला चाँदी चोरी भएको बताउँदै घरमा रहेको अन्य सामान भने सुरक्षित रहेको बताए ।
‘हामी ढोकामा ताल्चा लगाएर नजिकै रहेको आफन्तकोमा टीका लगाउन गएका थियौँ,’ देउवाले भने, ‘ताल्चा रडले खोलिएको छ । सबै दराज खोलेर नगदसहित तीन तोला सुन र तीन तोला चाँदी लगिएको छ ।’
घरमा चोरी भएको खबर पाउने बित्तिकै प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) विश्व अधिकारीले बताए ।
घटनाको अनुसन्धान भइरहेको बताउँदै चोरी भएको नगद र गरगहनाबारे विस्तृत विवरण प्राप्त भइनसकेको प्रहरीले जानाएको छ ।
दशैँको टीका लगाउन आफन्तकोमा गएका बेला प्रधानमन्त्री शेरबहादुर देउवाका भाइ भरतबहादुर देउवाको घरमा चोरी भएको छ ।
धनगढी उपमहानगरपालिका-२ सन्तोशी टोलका स्थानीय भरतबहादुर देउवाको घरमा शुक्रबार दिउँसो दशैँको टीका लगाउन आफन्तकोमा गएका बेला सुनका गरगहना र नगद चोरी भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाका सहोदर भाइ समेत रहेका भरतबहादुरले सन्तोशी टोलमै रहेको आफन्तको घरमा टीका लगाउन गएको समयमा चोरी भएको बताए । उनले चार हजार नगदसहित करीब तीन तोला सुन र तीन तोला चाँदी चोरी भएको बताउँदै घरमा रहेको अन्य सामान भने सुरक्षित रहेको बताए ।
‘हामी ढोकामा ताल्चा लगाएर नजिकै रहेको आफन्तकोमा टीका लगाउन गएका थियौँ,’ देउवाले भने, ‘ताल्चा रडले खोलिएको छ । सबै दराज खोलेर नगदसहित तीन तोला सुन र तीन तोला चाँदी लगिएको छ ।’
घरमा चोरी भएको खबर पाउने बित्तिकै प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) विश्व अधिकारीले बताए ।
घटनाको अनुसन्धान भइरहेको बताउँदै चोरी भएको नगद र गरगहनाबारे विस्तृत विवरण प्राप्त भइनसकेको प्रहरीले जानाएको छ ।
प्रवासी नेपाली मंच अस्ट्रेलियाले गर्यो ७१ सदस्यीय प्रवासी नेपाली युवा मंच घोषणा ।
नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मंच अष्ट्रेलियाले ७१ सदस्यीय राष्ट्रिय कमिटीको युवा दस्ता प्रवासी नेपाली युवा मंच अष्ट्रेलिया घोषणा गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य, नेपाल सरकारका पूर्व मन्त्री एवं राष्ट्रिय युवा संघका इंचार्ज महेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रास्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेल र प्रवासी नेपाली मंच अन्तराष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुँगको बिशेष आतिथ्यता रहेको थियो । त्यस्तै अतिथिहरूमा प्रवासी नेपाली अन्तराष्ट्रिय मंचका युवा तथा खेलकुद बिभाग प्रमुख महेश गिरी, प्रवासी नेपाली मंच अष्ट्रेलियाका संस्थापक अध्यक्ष एवं प्रवासी नेपाली मंच अष्ट्रेलियाका प्रमुख सल्लाहकार जगदीश तिमसिना, सल्लाहकार भवानी ओली, एनआरएन आइसीसी ओसेनिया रीजनल संयोजक होम पाण्डे, एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं न्यु साउथ वेल्स राज्यका संयोजक देब गुरुँग, उप-संयोजक सुकीर्ति भट्ट, लगायतको उपस्थिति रहेको थियो ।
उक्त घोषणा कार्यक्रममा प्रवासी नेपाली मंचका केन्द्रीय सचिव शिशिर नेपालले नव गठित युवा मंचको पदाधिकारी, राज्य संयोजक एवं राष्ट्रिय सदस्यहरूको नाम घोषणा गरेका थिए ।
उक्त घोषणा पश्चात राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले नव गठित कमिटीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।
शपथ ग्रहण पश्चात युवा मंचका अध्यक्ष अरुण गौतमले आफ़नो प्रतिवद्दता मन्तव्य व्यक्त गर्दै आगामी कार्यकालमा आफ़ुले नेतृत्व गर्दै गर्दा साथिभाइ संगको सिकाई र युवाहरूको आवाज़ संगै अष्ट्रेलियामा जागीर, कोठा, शारीरिक हिसाबले, मानसिक हिसाबले र अन्य सबै हिसाबले युवा बिध्यार्थीहरू प्रति लक्षित कार्यक्रमहरू गर्ने र यो यात्रामा सारथी बन्नका लागी सबै युवा साथी र नेताहरूमा अनुरोध गरेका थिए र यो बिश्वासप्रति बफ़ादार रही काम गर्ने बताए र अहिले नअटाएका साथीहरूलाई बिशेष ज़िम्मेवारी मार्फ़त काममा फ़र्काउने बिश्वास समेत दिलाए ।
उक्त कार्यक्रमले अरुण गौतमको अध्यक्षतामा राष्ट्रिय कमिटी घोषणा गरेको छ । त्यसै गरी युवा मंच अष्ट्रेलियाको उपाध्यक्ष प्रकाश सुबेदी, महासचिव अनिल खड़का, सचिव बिरोध थिंग, कोषाध्यक्ष संजिव थापा मगर साथै ८ वटै राज्य बाट संयोजकहरूमा नर्दन टेरिटोरिमा राम चन्द्र (निशान) जोशी, वेस्टर्न अष्ट्रेलियामा प्रकाश घिसिंग, तास्मानियामा मुगेन गौतम, अष्ट्रेलियन क्यापिटल टेरिटोरिमा किशोर भण्डारि, साउथ अष्ट्रेलियामा धिरज जंग खड़का, कुइन्सल्यांडमा युकेश पराजुली, भिक्टोरियामा बिकास सिलवाल र न्यु साउथ वेल्स राज्य बाट सरोज भण्डारी र राष्ट्रिय कमिटी सदस्यहरूमा बिबेक नेपाल, मनीषा पंगेनि, सन्देश उपाध्याय, अनिल भुषाल, किशोर कुँवर, किरण लाल अधिकारी, रबिन भुषाल, आशिस कट्टेल, हेमराज पौडेल, के-राज खनाल, पुष्प राज आचार्य, रीजन लामिछाने, रबिन अर्याल, बाबुराम शर्मा, राजीव सापकोटा, शिव वस्याल, संजय अर्याल, राजीव बस्नेत, समिर बस्नेत, राजनेस श्रेस्ठ, बिकास चापागाई, बिकास लम्साल, आयाम श्रेस्ठ, अरुण तिवारी, सन्देश श्रेस्ठ, बिमल पाण्डे, दिप क्षत्री, लक्ष्मी गुरुँग, मधु सुदन देवकोटा, प्रेम शाही ठकुरी, सुरेश बोगटी, देवराज लामिछाने, लेखु अधिकारी, मदन भण्डारी, क्षितिज चन्द्र राई, बिपुल ज्ञवाली, रोसन तामाँग, पुष्प तामाँग, सुमन वली, सुवर्ण घिमिरे, धुर्व न्यौपाने, किरण पौडेल, मदन राज सिग्देल, रमेश अधिकारी, मोहन भण्डारी, सुनिल खंडाल, सशांक बश्याल, सफल पोख्रेल, सुनिल श्रेस्ठ, पदम अधिकारी, बिशाल बराल, सुजन जंग बर्तौला, झलक गुरुँग, सुमन बिक, जीवन न्यौपाने, प्रताप लामा, बिमल बस्नेत र सुमन बर्तौला गरी कुल ७१ सदस्यीय राष्ट्रिय कमिटी घोषणा गरेको छ ।

कार्यक्रममा सपथ ग्रहण गराइसके पछी रास्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले अष्ट्रेलिया अर्थात् प्रवास बाट जुन युवाहरूले गर्नुभएको यो कदम अनी साहस र नेकपा एमाले पार्टी प्रतिको सम्मानको उच्च कदर गर्दै बिदेशमा सिकेको सिप अनी ज्ञानलाई राष्ट्रिय युवा संघ मार्फ़त नेपाल मै बिदेशी प्रविधि र सिस्टमलाई बिकास मार्फ़त भित्र्याउनु अबको युवाहरूको दायित्व रहेको बताए र सम्पूर्णमा बधाई सहित आगामी कार्यकालमा संगै काम गर्ने प्रतिवद्दता समेत व्यक्त गरे ।
त्यस्तै प्रवासी नेपाली मंच अन्तराष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुँगले संसार मै पहिलो पटक नेपाल बाहेक अष्ट्रेलियाको प्रवासी नेपाली मंचले आफ़नो युवा दस्ता घोषणा गर्नु नै एउटा इतिहास रचेको कुरा बताए साथै युवाहरूको आवाज़ अनी जनताको बोली सुनाउने गरी अष्ट्रेलियामा रहेको सम्पूर्ण नेपालीहरूको प्रतिनिधित्व हुने गरी लाग्न शुभकामना व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि महेश बस्नेतले अष्ट्रेलियामा बसेर आफ़नो व्यस्त समयलाई व्यवस्थापन गर्दै युवा मंच गठन गर्नु र कमिटीमा रही नेकपा एमाले अर्थात् केपी शर्मा ओलीले बोकेका सपनाहरूलाई पच्छ्याउनका निम्ति चालीएको यो पाइला प्रति शुभकामना व्यक्त गर्दै वर्तमान सरकारले सरकार संचालन गरेको ३ महीनाको अवधीमा मन्त्रीले राजिनामा दिनु, अपराधीले उन्मुक्ति पाउनु, भारतीय ज़्यादती विरुद्ध एक शब्द नबोल्ने, एकल महिला भत्ता लगायतका सामाजिक सुरक्षा भत्ता काटिनु यी सबै देउवा सरकारको उपलब्धि रहेको बताए यी र यस्ता कार्यको सामाजिक संजाल मार्फ़त विरोध गर्नु र सही कामको प्रशंसा गर्नु युवाहरूको दायित्व रहेको बताऊदै नव गठित कमिटीलाई बधाई सहित शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमको अध्यक्षता गर्दै प्रवासी नेपाली मंच अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डेले यो कमिटी एतिहासिक कमिटी रहेको बताए र आगामी दिनमा यो कमिटीले अष्ट्रेलियामा रहेका सम्पूर्ण युवाहरुको मनोभावना समेटने गरी लाग्ने कुरामा बिश्वास रहेको बताए र सबैमा जोश र जाँगरले भरिपूर्ण रही काम गर्नका निम्ति निर्देशन समेत दिदै उपस्थित सबैमा धन्यवाद ज्ञापन समेत गरेका थिए ।
कार्यक्रमको संचालन प्रवासी नेपाली मंच अष्ट्रेलियाका सचिव शिशिर नेपालले गरेका थीए भने स्वागत मन्तव्य मंचका संगठन बिभाग प्रमुख बालगोपाल उपाध्याय र धन्यवाद ज्ञापन मंचका सचिवालय सदस्य केशब जोशीले गरेका थिए ।
कार्यक्रममा क़रीब १७० जनाको उपस्थिति रहेको थियो ।
माधव नेपाललाई मोटो रकम बुझाउँन नसक्दा मन्त्री बन्न सकिन : मेटमणी चौधरी
काठमाण्डौँ । मन्त्री बन्ने व्यापक चर्चाका विच मन्त्री बन्न नपाएका नेकपा एसका नेता मेटमणी चोधरीले आफु मन्त्री किन बन्न सकिन भन्ने बिषयमा मुख खोलका छन् । नेता चौधरीले एक टेलिभिजन अन्तवार्ताका क्रममा नेकपा एसका अध्यक्ष माधव कुमार नेपाललाई मोटो रकम बुझाउँन नसक्दा मन्त्री बन्न नपाएको घुमाउँरो स्विकारोक्ती गरेका छन् ।गहँभरि आँशु पार्दै चौधरीले आफ्नो मनको बह पोखेका छन् ।
राजननिती गर्नका लागी पैसा चाहिन्छ भन्ने मनोविज्ञान रहेको भन्दै चोधरीले आफु सँग पैसा नभएकै कारण मन्त्री बन्न बाट रोकिएको बताए । उनले भनेका छन् मैलै जे गर्नु पर्दथ्यो त्यो गर्न सकिन अरु साथीहरुले गरे मन्त्री बने ।
नेकपा एसका नेता माधव कुमार नेपालसँग निकै चित्त दुखाएका चौधरीले मन्त्री बनेकाहरु ‘कि त म भन्दा सिनियर हुन पर्यो कित मेरो भन्दा ठूलो क्षमता हुनु पर्यो त्यो त दुवै छैन अनी उनीहरु कसरी मन्त्री बने म किन बनिन भन्ने त प्रष्ट भयो नी’ उनले भनेका छन् ।
मन्त्री बन्न कसरी प्रभाव पार्नु पर्छ भन्ने कुरा आफुले नजानेकोले मन्त्री बन्न नसकेको भन्दै उनले प्रभाव पार्न जान्नेहरु मन्त्री भएको उनले बताए । आफु एकोहोरो पार्टी बनाउँन मात्रै लागेको र कुनै लपनपछनमा नलागेका कारण मन्त्री बन्न नपाएको गुनासो उनले गरे ।
चौधरीको संकेत विशेष गरी मन्त्री भएका प्रेम आले र किसान श्रेष्ठ तिर थियो । उनीहरु म भन्दा सिनीयर कसरी भएर र मेरो भन्दा ठूलो क्षमता उनीहरुमा के थियो भन्ने कुराको जवाफ उनले खोजिरहेका थिए । अवसरवाद र पैसाकै कमालले उनीहरु मन्त्री बनेको चौधरीको बुझाई छ ।
मन्त्री बन्न नपाए पनि अविचलित रुपमा आफु पार्टी काममा लागीरहने पनि उनले बताए । यस अघि पनि राजनितीमा ठूलो उताडचढाव बेहोर्दै आएको भन्दै फेरी पनि अडिग भएर पार्टी काममा लाग्ने उनले बताए । मन्त्री नबने पछि निर्वाचन क्षेत्रबाट फोन गरेर मतदाताहरु रोइरहेको पनि उनले सनुाए ।
‘आफ्ना मतदाताहरुमा मेटमणी चौधरी पक्कै मन्त्री बन्छ भन्ने लागेको थियो तर लिष्ट बाट हट्दा निकै दुख मान्न भएको छ । पर्यटन मन्त्रीनै बन्छ भन्ने थियो पर्यटन नबने पनि अरुनै मन्त्री बन्छ दाङको विकास हुन्छ लुम्बीनी प्रदेशको विकास हुन्छ भन्ने ठानेका मतदाताहरुको मनमा ठेस पुगको छ उनले भनेका छन् ।’ ओटिभी नेपालबाट साभार
अनेरास्ववियु पोखरा महानगरले गर्यो बिध्यार्थी सम्मान एवं शुभकामना आदान प्रदान ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिध्यार्थी युनियन (अनेरास्ववियु) पोखरा महानगर पालिका कमिटीले पोखरा महानगर भित्रका गत २०७७ सालमा एसइई परीक्षामा उत्कृष्ट नतीजा ल्याउन सफल सबै बिध्यालयका बिध्यार्थीहरू लाई सम्मान एवं बिजयादशमीको शुभकामना आदान प्रदान गरेको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका पूर्व गृह मन्त्री खगराज अधिकारी रहेका थिए भने बिशेष अतिथिहरूमा अनेरास्ववियुका निवर्तमान उपाध्यक्ष रश्मि आचार्य र नेकपा एमाले कास्की ज़िल्लाका युवा नेता एवं बिध्यार्थी फाँट प्रमुख दिलीप न्यौपाने रहेका थिए ।
कार्यक्रमको अध्यक्षता अनेरास्ववियु पोखरा महानगरपालिका कमिटीका संयोजक बिनोद भण्डारिले गरेका थिए भने स्वागत मन्तव्य महानगर कमिटीका सह-संयोजक डीएन लामिछानेले गरेका थिए ।
कार्यक्रम जनप्रिय बहुमुखी क़्यामपसको सभाहलमा भएको थियो । उक्त सम्मान कार्यक्रममा पोखरा महानगर भित्रका सबै माध्यमिक बिध्यालयका २०७७ मा उत्कृष्ट नतीजा ल्याउने सबै बिध्यार्थीहरू लाई प्रमुख अतिथि खगराज अधिकारी बाट सम्मान पत्र सहित दोसल्ला लगाएर सम्मान गरीएको थियो । उक्त सम्मान पत्र प्रदान गर्दै प्रमुख अतिथि खगराज अधिकारीले मुलुकको हरेक आन्दोलनको अगुवाई गर्ने संगठन अनेरास्ववियु रहेको र बिगतका दिनहरूमा जस्तै रचनात्मक अनी सृजनात्मक कार्यहरू गर्दै अघी बढ़न महानगर कमिटीलाई आग्रह सहित सम्मान कार्यक्रमप्रति प्रशंसा गर्दै सम्मानित हुने सबै बिध्यार्थीहरू लाई उच्च शिक्षाको निम्ति शुभकामना समेत व्यक्त गरेका थिए ।
कार्यक्रममा अनेरास्ववियुका पूर्व नेता सूर्य भण्डारि, अनेरास्ववियुका केन्द्रीय नेताहरू आशीर्वाद सुबेदी, शंकर सैंजु, बिबेक देवकोटा, ज़िल्ला कमिटी कास्कीका अध्यक्ष बिजय पौडेल, रोशन भट्टराइ, किशोर सुबेदी, विनय पराजुली, सुंदर बराल धड़कन लगायत अन्य बिध्यार्थो नेताहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा अनेरास्ववियुको महत्वपूर्ण आन्दोलनमा लामों समय देखी आफ़नो समय व्यतीत गरि योगदान पूर्याएका नेता रश्मि आचार्य र दिलीप न्यौपानेलाई सम्मान स्वरूप प्रमुख अतिथि एवं कार्यक्रमका अध्यक्ष बाट सम्मान पत्र प्रदान समेत गरीएको थियो ।
कार्यक्रमको अध्यक्षता गर्दै बिनोद भण्डारिले शिक्षा, स्वास्थ्य अनी खेलकूदमा अनेरास्ववियु महानगर कमिटीले बिशेष चांसों र कामहरू गर्ने बताए साथै उपस्थित सबै जनालाइ बिशेष धन्यवाद सहित आभार प्रकट गरेका थिए र सम्मानित सबै बिध्यार्थीहरू को उज्ज्वल भविष्यको कामना समेत व्यक्त गरेका थिए ।
कार्यक्रममा करिव १०० जनाको उपस्थिति रहेको थियो ।
युवा संघ- पोखरा ८ र एमउटीडी समर्थकद्वारा संयुक्त शुभकामना आदान प्रदान, रक्तदान कार्यक्रम ।
राष्ट्रिय युवा संघ पोखरा महानगर पालिका वडा नम्बर ८ कमिटी र अन्तराष्ट्रीय फ़ुटबल क्लब म्यांचेस्टर यूनाइटेड क्लबका समर्थक समुह द्वारा पोखरामा आज संयुक्त रुपमा बिजयादशमी को शुभकामना आदान प्रदान संगै रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
उक्त रक्तदान कार्यक्रममा जम्मा ५३ युनिट रगत संकलन भएको छ ।
राष्ट्रिय युवा संघ वडा नम्बर ८ का अध्यक्ष संजिव बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा राष्ट्रिय युवा संघ नेपाल कास्कीका अध्यक्ष पान बहादुर जिसि रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि पान बहादुर जिसिले युवा संघ सधै देश र जनताको पक्षमा रक्षकको भुमिकामा रहेको र वडा कमिटी ८ ले आयोजना गरेको यस रक्तदान कार्यक्रमले समाजमा राम्रो सन्देश संगै रगतको अभावमा परेका हरू प्रति पुण्यको काम भएको बताए संगै सबैमा बिजयादशमीको शुभकामना व्यक्त गरेका थिए ।
त्यस्तै कार्यक्रमका अध्यक्ष एवं वडा कमिटी ८ का अध्यक्ष संजिव बरालले समाजमा पर्ने जस्तो सुकै अवस्थालाई पनी एकजुट भई सम्हालने र यस्तै रचनात्मक अनी सृजनात्मक कार्यक्रमहरू लीएर समाजमा आम मानिसका बिच युवा संघ लाग्ने बताए साथै उनले उपस्थित सबैलाई बिशेष धन्यवाद सहित म्यांचेस्टर यूनाइटेड समर्थक समुहलाई समेत आगामी दिनमा सह यात्रा गर्ने प्रतिवद्दता समेत व्यक्त गरे ।
त्यस्तै राष्ट्रिय युवा संघ ८ का उपाध्यक्ष सुनिल खड़काले स्वागत मन्तव्य व्यक्त गर्दै युवा संघ केवल नेकपा एमालेको संगठन मात्रै नभई सिंगो हिजोका दिनमा सदन देखी सड़क सम्म जनताको मागको सुनवाईका निम्ति गरीएका हरेक आन्दोलनको अग्र मोर्चामा रही आएको संगठन रहेको बताए साथै आगामी दिनहरू मा समेत यस्तै खाले प्रत्यक्ष रुपमा आम मानिसले पाउने सुविधा र फ़ाइदा हुने खालका कार्यक्रमहरू गर्ने बताए ।
त्यसै गरी कार्यक्रममा म्यांचेस्टर युनाइटेड क्लबका समर्थक समुह/क्लब पोखराका समन्वयकर्ता सुमन क्षेत्रीले समेत स्वागत मन्तव्य दिदै सबैमा खेलकुद अनी स्वास्थ्य मार्फ़त समाजमा युवाहरू एकजुट भई लाग्दा भोलिको देशको नेतृत्व अनी भविष्य उज्ज्वल हुने बताए ।
कार्यक्रम पोखरा-८ सिमलचौरमा आयोजना गरीएको थियो । उक्त कार्यक्रममा क़रीब १२० जनाको प्रत्यक्ष एवं अप्रत्यक्ष सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन भने राष्ट्रिय युवा संघ ८ कमिटीका सचिव किरण भण्डारिले गरेका थिए ।
अष्ट्रेलियामा बस्ने समिरले स्वस्तिका संग ल्याए ‘चकलेटी स्याँउ’, बले, प्रिज्मा र प्रिन्सीको साथ ।
एक पछि अर्को दमदार अनी हिट गीत दर्शक सामु पश्कि रहेका अष्ट्रेलिया निवासी गायक समिर आचार्यको फेरी अर्कों नयाँ गीत सार्वजनिक भएको छ। दर्शक लाई झमझम नचाउने रमाईला गीत सार्वजनिक गर्न माहिर समिरका ‘पिच रोड’ ,’घाममा सुकाइदेउ,’ लगायतका धेरै गीत यस अघी सार्वजनिक गरिसकेका छन्।
समिरले गायिका स्वस्तिमा ढकालसँग मिलेर ‘चकलेटी स्याँउ’ बोलको गीत श्रोता तथा दर्शकमाझ ल्याएका छन् । दिनेशराज पुरीको शब्द रहेको यो गीतमा अर्जुन पोखरेलको संगीत छ । गीतको भिडियोमा कलाकार सागर लम्साल “बले”, प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय छ । तिनै जना कलाकार भिडियोमा डान्सिङ मुडमा देखिएका छन् ।
शान थापाले यो भिडियोको निर्देशन गरेका हुन् । मनोज बस्नेतको लगानीमा बनेको भिडियोमा हरि हुमागाँइको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, राजिभ समरको कोरियोग्राफी छ । सार्वजनिक भएको छोटो समयमै दर्शकको राम्रो प्रतिक्रिया पाएपछि समिरले आफू निकै उत्साहित भएको बताए ।
गीत रिलिज भएको २४ घन्टामा गीतले युट्युबको ट्रेण्डिङ्ग यात्रा सुरु गरिसकेको छ भने बजारमा पनि राम्रै प्रतिक्रिया पाईरहेको छ । यो संगै अष्ट्रेलिया निवासी युवा समाजसेवी अरुण गौतमको भनाइ अनुसार यो गीतले हरेक युवा साथीहरू को एकपटक पक्कै पनी दिल छुनेछ तसर्थ गीत हेरी दिनुहुन समेत आग्रह गरे ।
३३ किलो सुन काण्डमा मुछिएका सबै प्रहरीले पाए सफाइ ।
भरतपुर, साढे ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका सबै प्रहरीले सफाइ पाएका छन् । जिल्ला अदालत, मोरङले मंगलबार हत्या ७७ जना प्रतिवादी मध्ये पक्राउ परेका ८ जनालाई मात्रै दोषी ठहर गरेको छ र, यसमा मुछिएका सबै प्रहरीले सफाइ पाएका छन् ।
यो प्रकरणमा फरार रहेका २१ जनाको मुद्दा चाहिँ मुल्तबीमा राखिएको अदालतका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले बताए ।
सफाइ पाउने प्रहरी अधिकारीमा तत्कालीन अपराध महाशाखा प्रमुख पूर्वएआईजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी (हाल डीआईजी), श्यामबहादुर खत्री र प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल छन् ।
त्यस्तै, प्रहरी नायब उपरीक्षक (डीएसपी) सञ्जय राउत, प्रजित केसी, प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार अमरबहादुर थापा मगर र प्रहरी जवान विष्णु खड्काले पनि सफाइ पाएका छन् ।
दुबईबाट ९ माघ २०७४ मा नेपाल आएको साढे ३३ किलो सुन गायब भएको थियो । हराएको सुन खोज्ने क्रममा चुडामणि उप्रेती गोरेको समूहले यातना दिँदा भरिया सनम शाक्यको हत्या भएको थियो । उनको शव बरामद भएपछि गरिएको अनुसन्धानका क्रममा ‘सुन तस्करीको हालसम्मकै ठूलो र्याकेट’बारे अनुसन्धान भएको थियो ।
सरकारले छानविनका लागि सह–सचिव ईश्वरराज पौडेलको नेतृत्वमा छानविन समिति बनाएको थियो । समितिले घटनाको प्रारिम्भक अनुसन्धान गरेको अपराध महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल लगायतलाई पनि पक्राउ गरेर मुद्दा चलाएको थियो ।
त्यसबेला अनुसन्धानकर्ता नै आरोपित बनाएको भन्दै सरकारी छानविन समितिको आलोचना समेत भएको थियो । प्रकरणमा जोडिएका अन्य प्रहरी अधिकारीले चाहिँ गोरेको समूहलाई सहयोग गरेको सरकारी छानविनको निष्कर्ष थियो ।
अनेरास्ववियु पोखरा महानगर कमिटीले शुभकामना तथा बिध्यार्थी सम्मान कार्यक्रम आयोजना गर्ने ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिध्यार्थी युनियन (अनेरास्ववियु) पोखरा महानगर पालिका कमिटी कास्कीले बिजया दशमी २०७८ को अवसरमा शुभकामना आदान प्रदान एवं बिध्यार्थी सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ ।
नेपालिहरुको महान पर्व बिजया दशमीको अवसर पारेर शुभकामना आदान प्रदान संगै पोखरा महानगर पालिका भित्र रहेको सम्पूर्ण माध्यमिक बिध्यालयहरू बाट गत २०७७ सालको एसइई परीक्षामा उत्कृष्ट नतीजा प्राप्त गर्न सफल बिध्यार्थीहरू लाई सम्मान गर्ने कार्यक्रम रहेको बताइएको छ ।
उक्त शुभकामना तथा बिध्यार्थी सम्मान कार्यक्रम पोखरा-८, जनप्रिय बहुमुखी क्याम्पसको सभाहलमा २०७८ असोज २१ गते घटस्थापनाको दिन बिहान ७:३० बजे बाट कार्यक्रम सुरु गरिने भएको छ ।
अनेरास्ववियु पोखरा महानगर पालिका कमिटीका संयोजक बिनोद भण्डारिका अनुसार अनेरास्ववियु सदैव बिध्यार्थी हकहित र मुलुकको राजनैतिक परिवर्तन अनी बिकासको आन्दोलनको नेतृत्व मात्र नभई शैक्षिक अनी सामाजिक गतिविधिमा समेत सदैब अग्र मोर्चामा रहेको बताए र महानगर कमिटीले पोखरा भित्रका सम्पूर्ण बिध्यालय र अनी बिध्यार्थीहरूको लागी बिभिन्न कार्यक्रमहरु आगामी दिनमा समेत गर्ने बताए संगै उनले उक्त कार्यक्रममा उपस्थितिको निम्ति सबै महानगर पालिकामा अध्यनरत बिध्यार्थी र सरोकारवालाहरू मा अपिल समेत गरेका छन ।
Next Page » « Previous Pageताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा