२०८३ असार १३ शनिबार

शिर्षक:दोधार शब्द: प्रकाश पौडेल (सरकार)

जिन्दगी को जाल झेल मा रुमल्लीएको म समय को गति पछ्याउँदै गर्दा दुई कुरा सुन्छु हतार मा भन्न सकिन्न सुस्तै गए अवश्य पुग्छस म कसको सुनौ हतार गरौं या नगरौं हतार को भरोसा हुँदैन पछि सम्म हुन्छु भन्ने हरु बीच बाटो मै हराए जान्छन् म अब प्रतीक्षा को फल मीठो हुन्छ भन्ने कुरा को पनि भरोसा गर्न सक्दिन एकैपटक मा सबै कुरा कसरी उपलब्ध हुन्छन् म आफ्नो जिन्दगी बनाऊ या तिमीलाई आफ्नो बनाउ सपना सार्थक बनाउन समय चाहिन्छ र समय सापेक्ष चल्न सामर्थ्य र सामर्थ्य बनाउन आधार चाहिन्छ र आधार बनाउने क्रम मा म दोधार मा छु तिमी आफै भन म हतार गरौं या सुस्तै जाऊ म आफ्नो जिन्दगी बनाउ या तिमीलाई आफ्नो बनाउ भन्न जति सजिलो गर्न कहा हुन्छ जन्म पछि जिन्दगी ले सराप्छ् यत्तिकै मर्न कहा हुन्छ हतार नै हतार मा कतार पुगेको मेरो दाजु भाइ जिन्दगी को काचुली फेर्न जान्छ आकाश को बाटो हुँदै अन्तन् फर्केको देख्छु बाकस मा पैसा को साटो हुँदै आमा बाबुलाई रूहाउन हुँदैन पाप लाग्छ रे भन्छन् यदि म नै भइन भने तिमी आफै भन मेरो पृथक शरीर देखेर झरेको आँशु को पाप कसलाई लाग्छ भन त म हतार गरौं या सुस्तै जाऊ आफ्नो जिन्दगी बनाउ या तिमिलाइ आफ्नो बनाउ म एक्लै छैन म संग सबै छन् मैले सबैको सुन्नु पर्छ उनीहरूले भने झै हुनु पर्छ सबै हासेको बेला मा रुनु राम्रो हुँदैन मित्र मन होस् नहोस् खुसी हुनु पर्छ आफ्नो लागि छुट्टै समय निकाल्नु अनी रुनु पर्छ म खुद मेरो होइन तिमिलाइ कसरी आफ्नो बनाउ जीवन को कथा जन्माउने लाई सोध जलाउने लाई होइन तिमी जन्मन लाग्ने समय जति प्रतीक्षा गर्न सक्दैनौं जलाउने संग तिम्रो समय मिल्छ
धान फल्न हो बेर लाग्ने चामल बने पछि अगेनो मा पाक्न बेर लाग्दैन म तिमिलाइ समय मै सबै हुन्छ भनेर कुराउन सक्दिन हतार मा जाऊ या बिस्तारै खुट्टा तान्ने हरु ढुंगा हान्ने हरु म संग पनि छन् मेहनत ले सफलता पाए ठिकै हो तारिफ हान्ने हरु पनि छन् सफलता नपाए पीठ पछाडि अर्कै कुरा भन्ने हरु पनि छन् माया ले मन खोज्ने केही समय हो पछि घर खोज्छ समय सापेक्ष रहर खोज्छ तिमी आफै भन म हतार गरौं या सुस्तै जाऊ जिन्दगी बनाउ या टिमलाई आफ्नो बनाउ जिन्दगी को किताब मा पाना हरु कोही च्यातिएका कोही डढेका छन् कुनै पाना हरु यत्तिकै विलीन भए समाल्दा समाल्दै समाल्नै सकिन तिमी पनि बिस्तारै मेरो जिन्दगी को नया पाठ को पाना मा समावेश हुँदै छौं थाहा छैन खुसी छौं या रुँदै छौं अनुमति सहमति गर्ने आधार भएन अन्तत तिमी नया पाठको रूपमा मा समावेश हुँदै छौं मन मा माया अनी अझै जीवित छ तिम्रो लागि सद्भावना समय सापक्ष जिन्दगी संग गर्न नसक्दा सामना अन्त कतै राम्रो देख्छु तिम्रो भविष्य तिमिलाई अग्रिम शुभकामना बिदा गर्दै मलाई सधैंलाइ जा भन तिमी आफै भन म हतार गरौं या सुष्टै जाऊ जिन्दगी बनाउ तिमिलाई आफ्नो बनाउ!!!

“मनोभाव” शब्द: बिमल सुबेदि(GOLDEN 🐝)

सद्भावको स्पर्श”
निर्मल अनन्त आकाशमा
ताराहरु चम्किरहेको दृश्य ओडेर
चाडपर्वको शीतल छायामा
एकताको सुत्र
सहिष्णुताको कलमले
युगान्तकारी अमरगीत रचना गर्छ।

” शरद् ऋतु”
सद्भाव र प्रेमका महान् पर्व
दसैं र भाइटीका
काखीमा च्यापेर उदाउँछ

मीठो बाल्यकाल
रहर बनेर मनमनमा
नाँच्छ
विडम्बना
नयाँनाना मीठो पापा
गरीबीलाई गिज्याउछ

सहनाई नरसिङ्गा टेम्को दमाहा
हिमाल पहाड तराईका
गाउँ वस्ती ब्यूँझाउन
लोक संगीतको
सुमधुर भाका उराल्छन

दसैं र भाइटीका
भद्दा रवाफको चिहानमाथि
सद्भाव र प्रेमको जगमा
साझा संस्कारको
भव्य पिरामिड उठाउछ

देखावटी आडम्बर
महान् पर्वको खिल्ली उडाउछ
मेलमिलापको चाड
आफ्नू उर्बर गर्भमा
शान्तिको बीज उमार्छ।

मान्यजनको न्यानो आशिर्वाद
स्नेहको मन्दिरमा
फूलको वर्षा गराउछ
सत्रुतापूर्ण सम्बन्ध
मायालु अंकमालमा मृत्युवरण गर्छ।

जमरा र फूलको कोमल सत्ता
दसैंको उमङ्गमा रुझेर
उदार संस्कृतिको
युगिन ईतिहास लेक्दछ ,,,,,
मनोभाव😊

मकवानपुर कम्युनिटी अष्ट्रेलियाको अधिवेशन सम्पन्न, अध्यक्षमा पुन: राजकुमार अधिकारी ।

मकवानपुर कम्युनिटी अष्ट्रेलियाको अध्यक्षमा पुन सिड्नी निवासी राजकुमार अधिकारी चयन भएका छन ।
हेटौड़ा मकवानपुर घर भई अष्ट्रेलियाको बिभिन्न राज्यहरूमा बसोबास गर्दै आएका नेपालीहरूको साझा संस्था मकवानपुर कम्युनिटी अष्ट्रेलियाको आज सम्पन्न अधिवेशन बाट पुन राजकुमार अधिकारी निर्विरोध चयन भएका छन । त्यस्तै समाजको उपाध्यक्षमा बिरोध थिंग, सचिव शुभेक्षा लामिछाने, सह-सचिव सुदीप सापकोटा, क़ोषाध्यक्ष विषम गौतम र कम्युनिटीको जन सम्पर्क अधिकृतमा सज्जन कार्कि चयन भएका छन भने कार्यसमिति सदस्यहरूमा सौरभ बानिया, सुशील डंगोल, सूजन अर्याल, राजीव सापकोटा, प्रताप सिंह लामा, जीवन जोशी, सुमन बर्तौला, रूपेश बर्तौला, सम्पूर्ण बानिया, आयुष अधिकारी, बिकास सिलवाल, संजिव थापा, कमल प्रसाद उप्रेती, युकेश पराजुली, सुमन न्यौपाने, राजन बिष्ट, श्री कृष्ण थापा र सुरेश भोलान गरी २५ सदस्यीय रहेका छन ।

त्यस्तै समाजको संरक्षकमा बिक्रम खरेल र गीतम लामा रहेका छन भने सल्लाहकार समितिमा सिद्धार्थ लामिछाने, सचिन श्रेष्ठ, रोशन दाहाल, प्रफुल्ल श्रेष्ठ, बुद्धि तामाँग, कर्ण यादव, अमित कुमार आचार्य र दीपेन्द्र कार्कि रहेका छन ।

कम्युनिटीको आज भएको भरचुअल जुम अधिवेशन बाट नया समिति चयन भएको हो । समाजले बिगतका दिनहरूमा मकवानपुर मात्र नभई नेपालीहरू सबैमा एकापसमा कार्यक्रमहरू आयोजना गर्दै भाईचारा को सम्बंध बिकास गर्दै आएको छ र आर्थिक सहयोग र अन्य चेतनमूलक कार्यक्रमहरू अष्ट्रेलियामा गर्दै आइरहेको छ ।

कम्युनिटीको अध्यक्ष राजकुमार अधिकारीले अध्यक्षमा चयन भए पस्चात सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सबै हेटौड़ा मकवानपुर बासी अनी सिंगो नेपालीहरूको लागी आफूले सकेको काम गर्ने बताए संगै सबैमा सहयोग गरी समाजलाइ सक्रिय र बिगतमा झै नेपाली समाजमा एक महत्वपूर्ण संस्थाको रुपमा अगाड़ी बढ़ाऊन हातमा हात राखेर लाग्न आग्रह समेत गरेका थिए ।
अष्ट्रेलियामा सक्रिय नेपाली संस्थाहरू मध्यको मकवानपुर कम्युनिटी अष्ट्रेलिया समेत एक संस्था रहेको संस्थाका उपाध्यक्ष मेलबर्न निवासी बिरोध थिंगले बताए साथै बिदेशी भूमीमा आफ़ु जन्मेको ठाऊको दाज़ु भाई र दीदी बहिनी संगै हुदा परिवार मै रहेको जस्तो अनुभूति हुने र यसले समाजमा काम गर्न समेत हौसला अनी निर्धक्क रही समाज सेवा गर्न पाइने बताए।

नोभेम्बर देखी अष्ट्रेलियाको सीमा खुल्ने, खोप लगाएका व्यक्तिलाई यात्रा गर्न ‘सहज’

अस्ट्रेलियाले खोप लगाएका यात्रुलाई १८ महिनामा पहिलो पटक आफ्नो मुलुकमा प्रवेश गर्न दिने गरी आगामी नोभेम्बरबाट अन्तर्राष्ट्रिय सीमाना खुला गर्दैछ।
अहिले आफ्ना नागरिक र विशेष छुट पाएका व्यक्तिहरूलाई मात्र अस्ट्रेलिया प्रवेशका लागि अनुमति दिइएको छ। बाहिरिने यात्रामा पनि प्रतिबन्ध लगाइएको छ।
यो नीतिले कोभिड-१९ को नियन्त्रणमा सघाएको भन्दै प्रशंसा भएको छ तर यसले विवादास्पद रूपमा परिवारहरूलाई पनि छुट्टाएको पनि छ।
प्रधानमन्त्री स्कट मोरिसनले खोप लगाउने दर ८० प्रतिशतभन्दा बढी रहेका राज्यहरूले यात्रासम्बन्धी स्वतन्त्रता पाउने बताए।

होटेल क्वारन्टीन हटाइने
अस्ट्रेलियामा रहेको १४ दिने होटल क्वारन्टीनको व्यवस्थाले प्रत्येक यात्रुलाई अस्ट्रेलियाली डलर ३,००० अर्थात् दुई लाख ५६ हजार नेपाली रुपैयाँ खर्च गर्नुपर्ने अवस्था थियो।
उक्त व्यवस्थालाई क्रमैसँग हटाउने निर्णय गर्दै त्यसको सट्टा खोप लगाएका यात्रुहरूलाई सात दिने होम क्वारन्टीनमा बस्नुपर्ने व्यवस्था गरिने बताइएको छ।
तर प्रमुख वायुसेवा कम्पनीहरूले तत्कालै आफ्नो सेवा सञ्चालन गर्न तयार नभइसकेको चेतावनी दिइसकेका छन्।
सिड्नी, मेलबर्न र क्यानबेरामा सङ्क्रमणका कारण लकडाउन लगाइएको छ। त्यसले हालैका महिनामा ती क्षेत्रमा खोप लगाउने गर्ने प्रवृत्ति बढेको छ।
सिड्नी रहेको न्यू साउथ वेल्स ८० प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने पहिलो राज्य बन्ने क्रममा छ। मेलबर्न राजधानी रहेको भिक्टोरिया पनि धेरै पछाडि छैन।
तर क्विन्सलेन्ड र वेस्टर्न अस्ट्रेलिया जस्ता कतिपय राज्यहरूले खोप लगाउने दर उच्च नभएसम्म आफ्नो सीमा बन्द नै राख्ने बताइरहेका छन्।
सङ्क्रमण देखा परेका राज्यका मानिसलाई प्रवेश गर्न नदिएर यी राज्यहरू आफ्नो सङ्क्रमण दर शून्य वा लगभग शून्य कायम राख्न सफल भएका छन्।

कार्यान्वयनका चुनौती
खोप अभियानमा तोकिएको न्यूनतम दर लकडाउनबाट बाहिर निस्कने र ‘भाइरससँगै बाँच्ने’ अस्ट्रेलियाको वृहत् योजनाको हिस्सा हो।
अस्ट्रेलियाको सबैभन्दा ठूलो विमानस्थल रहेको सिड्नी १३ हप्ताको लकडाउनपछि अक्टोबर ११ मा खुल्दैछ।
अहिले मानिसहरूले अत्यावश्यक काम र जीवनको आखिरी क्षणमा रहेका आफन्तलाई भेट्न मात्रै अस्ट्रेलिया छाड्न पाउँछन्।
बीबीसीका शइमा खलिल भन्छिन्, “देशभित्र र बाहिर रहेका हजारौँ अस्ट्रेलियालीहरूले व्यग्रताका साथ यो घोषणा कुरिरहेका थिए। झन्डै दुई वर्षको एकान्तवासपछि यो धेरैका लागि भावुक क्षण भएकोमा दुई मत छैन।”
उनका अनुसार आप्रवासनसम्बन्धी कडा नियमहरूले प्रारम्भिक रूपमा महामारी नियन्त्रण गर्न अस्ट्रेलियालाई सघाए पनि डेल्टा भेरिअन्ट देखिएपछि सबै कुरा परिवर्तन भएको थियो।
अझै पनि वेस्ट्रन अस्ट्रेलिया र क्विन्सलेन्डले भाइरसमुक्त हुने नीति नै अँगालिरहेका छन्। उनीहरूले सबैभन्दा पहिला अस्ट्रेलियाका अरू भूभागसँग सम्पर्क रोक्न सीमा बन्द गरेका थिए।
तर बढी जनसङ्ख्या भएको न्यू साउथ वेल्सहरूले भाइरस निर्मूल पार्नेभन्दा पनि खोप लगाउने नीतिलाई प्राथमिकता दिएका छन्।
त्यसले गर्दा अन्तर्राष्ट्रिय सीमा खोल्ने निर्णयको व्यवहारिक कार्यान्वयन अस्ट्रेलियाका लागि कठिन हुनसक्ने खलिल बताउँछिन्।

प्रवासी नेपाली अन्तराष्ट्रिय मंचद्वारा नेकपा एमालेको जारी बिधान सम्मेलन सफलताको शुभकामना ।

प्रवासी नेपाली मंच अन्तराष्ट्रिय कमिटीद्वारा नेपाल कम्युनिष्ट पार्टी एमालेको आज बाट सुरु भएको बिधान सम्मेलनको सफलताको शुभकामना व्यक्त गरेका छन ।
कमिटीका अध्यक्ष भक्त गुरुँग र सचिव रमेश पाण्डे द्वारा हस्ताक्षरीत जारी सम्मेलनको सफलताको शुभकामना व्यक्त गरेका छन ।

मितिः १ अक्टोवर २०२१

नेकपा (एमाले) को प्रथम विधान महाधिवेशनको सफलताको शुभकामना सन्देश

संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणको नायक तथा देशविदेशमा रहेका करोडौं नेपालीहरुको मनको प्रतिनिधित्व गर्ने नेपालको सबैभन्दा ठुलो राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्रथम ऐतिहासिक विधान महाधिवेशन ललितपुरको गोदावारीस्थित सनराईज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा यहि अक्टोवर १–३ गतेसम्म भव्य रुपमा आयोजना हुन गईरहेको कुराले हामी प्रवासमा बस्ने प्रवासी नेपालीहरुको प्यारो संस्था “प्रवासी नेपाली मञ्च” र यस सम्बद्द सबैलाई अत्यन्त खुसी तुल्याएको छ ।

दुई राष्ट्रिय महाधिवेशन बीचमा विधान महाधिवेशन गर्ने बैधानिक व्यवस्था बमोजिम पार्टीको नीति, सिद्धान्त, बिधि र विधान निर्माणको निर्णायक स्थलोको रुपमा यो विधान महाधिवेशन सम्पन्न हुन गईरहेको छ । यसले पार्टीको केन्द्रीय कमिटीद्वारा प्रस्तुत गरेका राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संसोधन प्रस्ताव उपर छलफल गरी पारीत गर्नेछ ।

नेकपा (एमाले) को २०७१ असार–श्रावणमा सम्पन्न नवौं महाधिवेशनले व्यवस्था गरे अनुसारको यो पहिलो विधान महाधिवेशन हो । यसबीचको ७ वर्षे अवधि नेपालकै राजनीतिक ईतिहासमा “छालमय अवधि” सावित भएको छ । यस अवधीमा पार्टीको अगुवाईमा देशले नयाँ संविधान पायो, दक्षिणी छिमेकीको अमानवीय नाकावन्दीलाई परास्त ग¥यो, स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय सरकार बनाउन सफल भए, नेकपा (एमाले)÷नेकपा (माओवादी केन्द्र) बीचको एकिकरणपश्चात नेकपा गठन गरी संसदमा दुईतिहाई नजिकको बलियो सरकार बनाउन सफल भए, पार्टी एकता असफल बन्नपुगे, पार्टी संगठनमा बिश्रृंखलता देखा परे, केहीले पार्टी छोडी नयाँ पार्टी बनाए, सत्तापक्षबाट प्रमुख प्रतिपक्षको भुमिकामा पुगे तथापी देशको सबैभन्दा ठुलो र जनताको भरोसायोग्य पार्टीको रुपमा अद्यपी यो स्थापीत छ । देशको सरकार अकर्मण्य भई किंकर्तव्यबिमूढ बनिरहेको परिस्थितीमा राष्ट्रको अगुवाई गर्नुपर्ने गहन जिम्मेवारी यस पार्टीको काँधमा आएको छ ।

लोकतन्त्रको परिचालक शक्ति नै राजनीतिक दलहरु हुन् । देशको राजनीतिक दलहरु सुदृढ, शुद्ध र बलियो भयो भने मात्र देशको लोकतन्त्र बलियो हुन्छ र बलियो लोकतन्त्रले देशलाई “समृद्दी र सुख” दिलाउँछ । यस अर्थमा हामी यस विधान महाधिवेशनको भव्य सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौं । यस महाधिवेशनको मूल नारा “दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण पारौं” को मार्गदर्शनमा “समृद्द नेपाल, सुखी नेपाली” बनाउने राष्ट्रिय संकल्पको महान अभियानको मार्गचित्र कोर्न यस महाधिवेशन सफल बनुन यही हाम्रो शुभकामना छ ।

हार्दिक अभिवादन सहित ।

भक्त गुरुङ रमेश पाण्डे
अध्यक्ष सचिव

३ वर्ष देखि न्युजिल्याण्ड बस्दै आएका सम्पूर्णलाई पिआर दिने न्युजिल्याण्ड अध्यागमनको घोषणा ।

न्युजिल्याण्ड सरकार अन्तर्गतको न्युजिल्याण्ड अध्यागमन ले स्थाई बसोबासको लागि जारी हुने स्थायी बसोबास भिसा (पि आर)का लागि नयाँ नियम ल्याएको छ ।
हाल अस्थाई भिसा (अस्थायी भिषा)मा रहेकाहरुलाई नयाँ नियमले रेसीडेंसी पाउन अब सहज बनाईदिएको छ । जसअन्तर्गत ईमीग्रेसनले बिभिन्न मापडण्ड छुट्टाएको छ । रेसीडेंसी पाउन को लागि २९ सेप्टेम्बर २०२१ मा न्युजिल्याण्डमा भएको हुनु पर्ने छ भने यदी योग्य भिसा पाउन २९ सेप्टेम्बर सम्म आवेदन दिएका र भिसा आउन पर्खेका हरुले पनि रेसीडेंसी को लागि आवेदन दिन पाउने छन् ।
त्यस्तै तलका मध्य कुनै एक मापडण्डमा पनि योग्य हुनु पर्ने भएको छ ।

– ३ वर्ष वा सो भन्दा बढी न्युजिल्याण्ड बसेको वा ।

– २७ डलर प्रती घण्टा वा सो भन्दा बढी आमदानी हुने वा ।

– न्युजिल्याण्ड सरकारले जारी गरेको स्कार्श लिष्ट मा काम गरेको ।

नयाँ रेसीडेंसी को लागि दुई चरणमा आवेदन लिने अध्यागमन ले बताएको छ । जसअन्तर्गत पहिलो चरणमा डिसेम्बर १ देखि र दोस्रो चरणमा मार्च १ २०२२ देखि आवेदन खुला गरिने छ । सबै आवेदन ३१ जुलाई २०२२ सम्म बुझाईसक्नु पर्ने छ ।

चौटा खान एमाले छाड़ी नेकपा समाजवादी गएका किसान झोलमा डूबे, परेनन मन्त्रीको लिस्टमा ।

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एकीकृत समाजवादीका तर्फबाट मन्त्रीका नाम बुझाइएको छ। उक्त लिष्टमा एमाले छाडेका प्रेम आले समेटिए पनि कृष्णकुमार श्रेष्ठ(किसान)को नाम नरहेको बताइएको छ।

एकीकृत समाजवादीले ७ मन्त्रालयमा दाबी गरे पनि ६ वटा मात्र मन्त्रालय पाउने भएपछि किसानको साटो भवानी खापुङको नाम लिष्टमा रहेको छ। तर किसानले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छाडेर समाजवादीलाई साथ दिएकोमा मन्त्री पद माग गरेका छन्।

‘गठबन्धनमा रहेका दलहरूबीच समान ६–६ मन्त्रालय लिने सहमति भएको छ। समाजवादीलाई मात्र ७ मन्त्रालय दिने भन्ने कुरामा जनता समाजवादी पार्टीको आपत्ति भएपछि समान मन्त्रालय पाउने कुरा छ, त्यसमा किसानको नाम परेको छैन’, स्रोतले भन्यो।

मन्त्रिपरिषद विस्तारसम्म किसानलाई अटाउने विषयमा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले विभिन्न हिसाबले सहमति खोजीरहेका छन्। उक्त सहमति हुन नसकेको खण्डमा किसानलाई तत्काल मन्त्री पदमा नपठाउने र ६ महिनापछि पठाउन सकिने विकल्पमा पनि अध्यक्ष नेपाल रहेको स्रोतले बताएको छ।

हाल सम्म ८०० चिट्ठा बिक्री, २ लाख सहयोग, आइफोन १३ प्रो म्याक्स र खसी उपहार ।

अस्ट्रेलियाको सिड्नी बाट सामाजिक संजाल फ़ेसबुक मार्फ़त नेपाली युवा बिध्यार्थीहरूको एक समुह/संस्था अष्पालि (जब्श एंड इँटरटेण्टमेंट) ले ब्लड क्यान्सर पिडितको आर्थिक सहयोगको निम्ति अष्पालि दशै चिट्ठा कार्यक्रमको आयोजना गरेको छ । हाल सम्म ८०० चिट्ठा बिक्री भइसकेको एडमिन सभिन जंग ले बताए ।

नेपाल, झापा घर भएका बालक-क्षितिज लिम्बुको ब्लड क्यान्सरको उपचारको निम्ति हालसम्म दुई लाख बढ़ी आर्थिक सहयोग गरीसकेको छन र अझै बिक्री हुने थप टिकटको आम्दानी अर्थात् फ़ाइदा सबै हस्तान्तरण गर्ने समेत बताएका छन ।

यूनिभर्सल थट कन्सल्ट (अस्ट्रेलिया,सिड्नी) को मुख्य प्रायोजन रहेको कार्यक्रममा सेनच्युरी क्लिनिंग, पे-रु रेमिट, एभरेष्ट बुचरि, सेल फ़ोन रेस्क्यु अबर्न र वर्षा क्लोजेटको समेत प्रायोजन रहेको छ । कार्यक्रममा कलर्स अफ नेपाल इभेंट्स र डीजे सुशीलको साथ रहेको छ । साथै मुख्य मिडिया पार्टनरको रुपमा बिश्वपाटि मिडिया एण्ड इभेंट्स रहेको छ ।

दशै चिट्ठा कार्यक्रमको प्रथम पुरस्कार आइफ़ोन-१३ मोबाइल फ़ोन र दोस्रो पुरस्कार एक सिंगो खशि रहेको छ । उक्त दशै चिट्ठा कार्यक्रममा इच्छुक व्यक्तिहरूले प्रति टिकट $५ र बढि मा ७ वटा सम्म किन्न पाइने प्रावधान रहेको छ । चिट्ठा ख़रीदका लागी आफ़नो व्यक्तिगत ईमेल मार्फ़त ख़रीद गर्न सकिने छ ।
चिठ्ठाका नियमहरु निम्नानुसार रहेका छन् ।
– प्रत्येक चिठ्ठाको मूल्य ५ डलर रहनेछ, प्रतिव्यक्ति ७ चिठ्ठासम्म मात्र खरिद गर्न सक्नेछन्,
– ईमेलको माध्यमबाट चिठा प्रदान गरिनेछ भने आवश्यक परेमा प्रमाणिकरणको लागी परिचयपत्रसमेत माग्न सकिनेछ,
– चिठ्ठामा दुई नम्बर हुनेछन्, जहाँ एउटा नम्बर प्रतियोगी पक्ष र अर्को नम्बरआयोजक पक्षसँग रहनेछ । अन्तिम दिनमा भने सबै नम्बरहरु मिलाउनु पर्ने हुन्छ ।
– चिठ्ठा किन्ने समयावधि २१ सेप्टेम्बर २०२१ देखि १० अक्टोबर २०२१ सम्म मात्र रहनेछ । यस्तै ११ अक्टोबरमा लाइभमा लक्की चिठ्ठामार्फत भाग्यशाली प्रतियोगी बिश्वपाटि को आधिकारिक फ़ेसबुक पेजबाट लाईभ मार्फ़त छनौट गरिनेछ ।
– अस्ट्रेलियामा बसोबास गर्नेहरुले मात्रै कार्यक्रममा सहभागी हुन पाउनेछन् ।
– प्रतियोगी अनिवार्य रुपमा फेसबुक ग्रुप ‘औस्पाली – जब्स एण्ड इण्टरटेनमेन्ट’ मा आबद्ध भएको हुनु पर्नेछ ।
– प्रतियोगीले कार्यक्रमका प्रायोजकहरुको फेसबुक पेज लाईक गरेको हुनु पर्नेछ ।
~ नतीजा प्रकाशन बिश्वपाटिको फ़ेसबुक पेजबाट लाईभ मार्फ़त घोषणा गरिने छ ।

कार्यक्रम मात्र नभई सहयोगको रुपमा यो कार्यक्रम गरीएको हुदा सबैजनाको सहयोग र साथको अपेक्षा रहेको एडमिन सभिनले बताए । अष्ट्रेलिया भरी नै यस कार्यक्रमको सबैजनाले खुलेर प्रशंसा गरेका छन ।

प्रवासी नेपाली मंच अष्ट्रेलियाले युवा मंचको राष्ट्रिय कमिटी घोषणा कार्यक्रम गर्ने ।

नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मंच अष्ट्रेलियाले आफ्नो बिभिन्न बिभाग अन्तर्गतको युवा बिभाग, प्रवासी नेपाली युवा मंच अष्ट्रेलियाको राष्ट्रिय कमिटी घोषणा तथा विस्तार गर्ने भएको छ ।

यही आऊदो अक्टोबर १० गते आइतबारका दिन सिड्नी समय अनुसार बेलुकी ५ बजे देखी भरचूयल जुम मार्फ़त हुने कार्यक्रमको आयोजना गरीएको छ ।

कार्यक्रममा प्रमुख अतिथि रास्ट्रिय युवा संघ नेपालका पूर्व अध्यक्ष एवं नेपाल सरकारका पूर्व मन्त्री र नेकपा एमाले युवा फाँट प्रमुख महेश बस्नेत रहेका छन भने बिशेष अतिथिमा रास्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेल रहेको बताईएको छ ।

प्रवासी नेपाली मंच अष्ट्रेलियाको बिभिन्न बिभाग अन्तर्गत युवा बिभागको राष्ट्रिय कमिटी घोषणा तथा विस्तार गर्न लागीएको हो । नव गठन हुने कमिटीले अष्ट्रेलियाको आठ ओटै राज्य बाट समावेश हुने गरेर बिशेष गरी नेपाली समाजमा सक्रिय रहेका युवाहरूको प्रतिनिधित्व हुने गरी राष्ट्रिय कमिटी घोषणा गर्न लागेको छ।

प्रवासी नेपाल मंच अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डेले सामाजिक संजाल फ़ेसबुक मार्फ़त निमंत्रणा पर्चा सहित सबै युवाहरू र नेपालीहरूमा निमंत्रणा गरेका छन साथै उनले बिश्वपाटि संग कुराकानि गर्दै मंचले बिभिन्न बिभागहरू गठन साथै विस्तार गर्ने क्रममा अष्ट्रेलियामा रहेका युवा साथीहरूको स्वतः स्फूर्त कमिटी गठन गर्नुपर्ने कुरामा बिशेष भुमिका निर्वाह गरेको हुदा प्रवासी नेपाली मंचलाई सहज अनी विस्तार गर्न सजीलों भएको बताए र सबै युवाहरूको सामाजिक, राजनीतिक अनी कर्मभुमी र हिजोको त्यो समयलाई पुन जोड़नका निम्ति प्रवासी नेपाली युवा मंच घोषणा गर्न लागीएको बताए उनले सबै युवाहरूमा एक भई नेपाली समाजको बिकास र प्रगतिको निम्ति यो अभियानमा जोडिन आग्रह समेत गरेका छन।

प्रवासी नेपाली मंचका केन्द्रीय प्रवक्ता संतोष दाहालले समेत कार्यक्रममा उपस्थितिको निम्ति सम्पूर्ण सामाजिक संजाल मार्फ़त युवाहरूमा सर्कुलर जारी गरेका छन र सिंगो युवाहरू एक ढिक्का भई लाग्नका निम्ति अनुरोध समेत गरेका छन । त्यस्तै मंचको बिभिन्न राज्य कमिटीका अध्यक्षहरू बाट निमंत्रणाको निम्ति ब्यापक प्रचार प्रसार गरीएको छ ।

प्रवासी नेपाली युवा मंचले बिध्यार्थी अनी युवा बिशेष कार्यक्रमहरू गर्ने बताईएको छ जसमा अष्ट्रेलियामा आएदेखीको दिन बाट सुरु हुने संघर्ष अनी यात्राको बारेमा सचेतना कार्यक्रम, जागीर खोज्ने, सिपमुलक जागीरको तालीम तथा गोस्ठिहरूको आयोजना गर्ने, युवाहरू बिच खेलकूद कार्यक्रम, लागु पदार्थ तथा दुर्व्यसनी बाट टाढ़ा रहन सेमिनार, व्यवसायमा जोडिनका निम्ति आवश्यक पर्ने कुरा, व्यवसाय भएकाहरू प्रति आवश्यक सहयोग, नेपाल प्रतिको माया अनी संस्कृति जगेर्नाको निम्ति बिभिन्न सांस्कृतिक चाडपर्व, धर्म, संस्कार लगायतको कार्यक्रम, भेटघाट कार्यक्रम, व्यक्तित्व अनी नेतृत्व बिकास लगायतको कार्यक्रमहरू संचालन गरिने युवा मंचका संयोजक अरुण गौतम बताए ।

उक्त कार्यक्रमलाई बृहत् रुपमा सफल पार्नका निम्ति आन्तरिक तयारीहरू भने भईरहेको छ र हरेक राज्हरूमा रहेका प्रवासी नेपाली मंचको कमिटीका प्रतिनिधिहरू यति बेला व्यस्त रहेको पाईएको छ ।

कास्की, रूपा गाउपालिका मिया गाऊँ टोल कमिटी एमालेमा अब्दुल रहमान र युवा संघमा जहुर रहमान चयन ।

नेकपा एमाले रूपा गाऊँपालिका-६ कास्की मा रहेको मिया गाऊँ टोल कमिटीको अध्यक्षमा अब्दुल रहमान मियाँको नेतृत्व र जहुर रहमान मियाको नेतृत्वमा २१ सदस्य रास्ट्रिय युवा संघ कमिटी घोषणा भएको छ ।
नेकपा एमाले रुपा-६, मियागाउ टोल कमिटीको अध्यक्षमा अब्दुल रहमान मिया, उपाध्यक्ष- जमिल मिया, सचिव -इस्माइल मिया गरी २१ सदस्यीय कमिटी र नेपाल मुस्लिम इत्तेहाद सङ्गठन रुपा-६ मियागाउ कमिटीमा अध्यक्ष-जलालदिन मिया, उपाध्यक्ष -जहुरदिन मिया र सचीव -इर्साद मिया सहितको २१ सदस्यीय कमिटी समेत गठन भएको छ । साथै रास्ट्रिय युवा संघ नेपाल कास्की रूपा गाउपालिका वडा ६ मिया गाउँ टोल कमिटीमा जहुर रहमान मियाको अध्यक्षतामा २१ सदस्यीय रास्ट्रिय युवा संघ टोल कमिटी गठन भएको छ उक्त कमिटीको उपाध्यक्षमा हाफिज मिया, सचिब अब्बास अलि मिया, सह-सचिव कलिम मिया, कोषाध्यक्षमा मन्सुर रहमान मिया सहितको कमिटी गठन भएको छ । यस्तै सात सदस्यीय सल्लाहकार समिति गठन भएको छ ।
नेकपा एमाले रूपा गाउपालिकाका-६ का अध्यक्ष हर्क बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले रूपा गाऊँपालिका कमिटीका अध्यक्ष सवाबकस मिया र बिशेष अतिथीमा रूपा गाऊँपालिकाका अध्यक्ष नबराज ओझा र नारायण गुरुङ गरेका थीए ।

कार्यक्रममा बोल्ने क्रममा प्रमुख अतिथि सवाबकस मियाँले जनताको पार्टी नेकपा एमालेमा लाग्न र सबैमा पहल गर्नु अबको जनताको दायित्व रहेको बताए । हिजो केपी ओलीको सरकार हुदाको बेला अनी अहिलेको देशको अवस्था हेर्दा बिकास वादी नेताको रुपमा केपी ओली भएको बताए सोही अनुरूप सम्पूर्ण समुदाय मा रहेको मुस्लिमहरू कमिटीमा रहेको बताए ।

साथै बिशेष अतिथि रूपा गाउपालिकाका अध्यक्ष नवराज ओझाले राज्यले कोरोनाको बेला जनताको साथ दीएर पीर व्यथा सुने बेलामा अहिले सम्म स्वास्थ्य मन्त्री समेत नियुक्त गर्न नसकेको र त्यसै कारणले पनी यो सरकार जनता भंदा कार्यकर्ताको निम्ति काम गर्ने गरेको बताए । त्यसैले पनी सबैमा नेकपा एमालेमा समाहित हुन आग्रह समेत गरे ।

कार्यक्रमको अध्यक्ष ६ का नेकपा एमाले पार्टी कमिटी अध्यक्ष हर्क बहादुर खत्रीले अब हरेक टोल टोल बाट जनता जागरूक भई मुलुक अनी समाजको हितको निम्ति काम गर्नु पर्ने र यो देश बनाउने ज़िम्मेवारी केवल नेकपा एमालेले मात्र पूरा गर्ने बताए र उपस्थित सबैमा धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रममा करिब १०० जनाको उपस्थिति रहेको थियो ।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय