२०८३ असार १३ शनिबार

२३० टिकटकर हरूलाई पछी पार्दै पोखराकी साबित्रि हमालले जितिन प्रथम पुरस्कार ।

बिश्वपाटी मिडिया एंड इभेंट्स प्रा लि पोखरा-कास्की द्वारा आयोजना गरीएको टिकटक नृत्य तथा एक्ट प्रतियोगिता २०७८ मा पोखरा की साबित्रि हमालले उपाधि जितेकि छन ।
उक्त प्रतियोगितामा २३० जना प्रतियोगीले सहभागिता जनाएका थिए । २३० प्रतियोगी लाई पछी पार्दै उनले नगद दश हज़ार रुपैया पुरस्कार सहित प्रमाण पत्र प्राप्त गरेकी छन ।
प्रतियोगितामा सबै भंदा धेरै भ्युज आऊने र भिडियोले दिन खोजेको संदेशको आधारमा भिडियोलाई बिजेता घोषणा गरीएको थियो । जसमा साबित्रि हमालको भिड़ियोमा उनतीस हज़ार चार सय भ्युज, दोस्रो हुने मोरंग ज़िल्लाको हाम्रो स्क्वाड समूहले चौबीस हज़ार तीन सय भ्युज र तेस्रो हुने गोरखा ज़िल्लाका बिवश कोईरालाले तेइस हजार भ्युज प्राप्त गरेंका थिए । प्रथम पुरस्कार नगद रु दश हज़ार, दोस्रो पुरस्कार नगद रु तीन हजार र तेस्रो पुरस्कार रु एक हज़ार पाँच सय सहित प्रमाण पत्र रहेको थियो साथै टप सात सम्म हुने लाई समेत प्रमाण पत्रको व्यवस्था गरीएको थियो ।
आज एक कार्यक्रममा बिच बिश्वपाटी टिकटक प्रतियोगिता इभेंट्सका संयोजक सुनिल खड़काले प्रथम पुरस्कार बिजेता सावित्री हमाललाई अबिर, खादा सहित नगद पुरस्कार अनी प्रमाण पत्र प्रदान गर्दै बिजेता सावित्री हमाललाई टिकटकले सभ्य समाज निर्माण गर्न, ज्ञान गुणका कुराहरू शेयर गर्न, नया कुराहरू बुझन र आफ़नो कला प्रस्तुत गर्ने एक सजीलों माध्यम रहेको र यदि यसलाइ ग़लत ढंगबाट प्रयोग गरिदा ग़लत, अपशब्द, अपराध जस्ता कुराहरुले बिकृति अनी बिसंगती बढ़ाई रहदा यो भिडियोले भने समय सापेक्ष कोरोना बिचको क़हरको कष्टकर जीवन अनी प्राकृतिक बिपत्ति बाढ़ी अनी पहिरोलाई नज़र गर्दै प्रस्तुत गरीएको नृत्यले भावुक अनी गतिलो संदेश दीएको ले नै सबैको मायाले बिजेता भएको बताए र बधाई सहित आगामी दिनमा यस्तै किसिमका संदेशमूलक भिडियोहरू प्रस्तुत गर्न प्रोत्साहन समेत गरेका थिए ।
कार्यक्रममा इभेंट्सका सह-संयोजक सुशील जिसिले बिजेता हमाललाई बधाई सहित शुभकामना व्यक्त गरेका थीए ।
कार्यक्रममा प्रमुख अतिथि ग़ैर आवासीय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष देब बहादुर गुरुँगले भरचूयल जुम मार्फ़त यस अघी नै सबै प्रतियोगीहरू लाई शुभकामना सहित कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रथम बिजेता साबित्रि हमालले बिश्वपाटी मिडियालाई आफ़नो कला अनी संदेश सारा संसार भरी पुर्याउन एक माध्यमको भूमिका खेलेको र यस्तै खालको कार्यक्रमहरू अझै बढ़ाएर लैजान सुझाव दिदै यो पुरस्कारले थप प्रेरणा अनी वास्तविक कलाको सम्मान र कदर गरेको बताईंन र बिश्वपाटि मिडियालाई आगामी दिनको सफलताको शुभकामना व्यक्त गरिन ।
कार्यक्रममा अष्ट्रेलियामा रहेका नेपाली शिव पौडेल द्वारा संचालित आइटी कम्पनी 111iT.com, पोखराका प्रकाश सुबेदीद्वारा संचालित रोयल दरबार नेपाली अथेंटिक रेस्ट्रो-सिड्नी, प्रवासी नेपाली मंच अष्ट्रेलियाका केन्द्रीय सदस्य प्रेम प्रकाश शाहीद्वारा प्रायोजन गरीएको थियो भने अष्पाली फ़ेसबुक समुहको सहयोग रहेको थीयो ।
कार्यक्रमको संचालन इभेंट्स क्रीउ मेम्बर मिलन खड़काले गरेका थीए ।

नारायहिटी दरबार अवलोकन गर्ने बहानामा सिसा फुटाएर श्रीपेच चोर्न खोज्ने युवक पक्राउ

काठमाडाैं । नारायणहिटी संग्रहालयमा राखिएको श्रीपेचको सिसा फुटाउने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार संग्रहालय घुम्न छिरेका रुकुम पश्चिमका एक २५ वर्षे युवाले सिसा फुटाएर श्रीपेच लगाउन खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतकाअनुसार रुकुम मुसिकोटका २५ बर्षका खेमबहादुर भण्डारी पक्राउ परेका हुन् । ‘म अब श्रीपेच लगाएर राजा बन्छु भन्दै श्रीपेच फुटाएको भेटियो, लगत्तै प्रहरीले दरबारमार्ग प्रहरी वृत्तमा राखेर सोधपुछ भइरहेको छ’, प्रहरीले जनाएको छ ।

म अपराधी नै त हैन होला सहुलियत माग्दैमा ? सह-चालकबाट किन दुर्व्यवहार गरियो ? -बिध्यार्थी

हामी सबैले एकपटक बिध्यार्थी जीवन त भोग्यौ नै र त्यती बेलाको माइक्रो बस या भनौ भाडाको सवारी कहि न कहि त कार्डको पनी छूट पाईएन होला माग्दा उल्टै झगड़ा पर्यो की?
हो त्यसै सन्दर्भमा आज पोखराको पृथ्वी नारायण क़याम्पसका एक बिध्यार्थी लाई भएको दुर्व्यवहारको घटना र नेपाल बिद्यार्थी सघ पृथ्वीनारायण क्याम्पस मुल इकाई समितिले कोरोना प्रकोप बढे लगतै ,विद्यार्थीहरु लाई सार्बजनिक सबारीमा सहूलियत दिने कुरामा सबारि संचालक समितिले आनाकानी गरि छुट नदिएको सबन्धमा नेपाल विद्यार्थी सघ पृथ्वीनारायण क्याम्पसको गम्भीर ध्यानाकर्षण भएको छ तसर्थ आज पृथ्वीनारायण क्याम्पस एकाइ कार्य समिती द्वारा #भौतिक_पुर्बधार तथा यातायात मन्त्रालय, गण्डकी प्रदेश,#जिल्ला_प्रशासन कार्यलय र #जिल्ला_ट्राफिक कार्यलयमा ध्यानाकर्षण पत्र बुझाएका छन ।
माननिय मन्त्री कुमार खड्काले छिटोभन्दा छिटो कार्य समिति बनाएर तत्काल न्यायोचित माग पूरा गर्ने प्रतिबद्दता समेत जायर गरेका छन साथ साथै जिल्ला प्रशासन कार्यलय र जिल्ला ट्राफिक कार्यलयले पनि अनुगमन गर्ने प्रतिबद्धता जनाएको छ !

अाज म सित घटेकाे घटना, म त केबल उदाहरणीय पात्र मात्रै हाे!!!!

अाज मिति २०७८/०६/०६ म क्याम्पसबाट फर्कीरहेकाे थिएँ । म बगरबाट बाटुलेचाैर अाफ्नाे काेठातिर जान लागेकाे थिएँ । त्यहाँ पुग्न बसमा १२ मिनेट जसाे लाग्छ र भाडा चाहीँ २५ लाग्छ । बस हिँडेकाे करिब ६.७ मिनेटमा भाडा उठाउँदै सहचालक अाउनु भयाे । मैले सहचालकलाइ ५० रूपैँया र अाफ्नाे विद्धार्थी परिचयपत्र दिएँ र उहाँले मलाइ २५ रूपैँया फर्काउनु भयाे । मैले फेरी परिचयपत्र देखाउँदै १५ रूपैँया हाे मलाइ १० रूपैँया अझै फिर्ता चाहियाे सहुलियत प्राप्त छ विद्धार्थीलाइ त भनेँ । उहाँले मेराे कुरा बाेवास्ता गरेर पछाडी भाडा उठाउन लाग्नु भयाे । अनि कार्ड चल्दैन भन्नुभयाे । मैले म विद्धार्थी पाेशाकमा भएकाे संकेत गर्दै सबै शैक्षिक संस्था खुलेकाे जनाएँ । उहाँले फेरि कार्ड चल्दैन भन्नुभयाे ।

मैले यस विषयलाइ लिएर हिजाे जिल्ला ट्राफिक कार्यलय कास्कीकाे हटलाइन नं. १०३ मा फाेन गरेर पनि बुझेकाे थिएँ, सहुलियत कायम छ। यदि कसैले दिन नमाने १०३ मा फाेन गरेर जानाकारी गराउनुस् भन्नुभएकाे थियाे । मैले याे कुरा पनि राखेँ तर उत्तर मात्रै एउटा थियाे “कार्ड चल्दैन!!” र बाेल्दा बाेल्दै म उत्रिने ठाँउ अायाे । मैले उत्रिनेबेला नम्र भावमा साेधेँ “उसाे भा कार्ड चल्दैन??” उहाँकाे उत्तर त्यही थियाे “कार्ड चल्दैन!!” ।।

म उत्रिएँ बस हिड्याे र खल्तीकाे कलम झिकेर गाडि नं. टिपेँ ( ग १ ख ४५७२ ) । याे देख्ना साथ चलेकाे गाडिबाट हाम् फाल्दै सहचालक अाक्रमण शैलीमा दकुर्दै म सामु अाए र अाैँला तेर्स्याउँदै भने “तेराे दम भए गाडि नं. किन टिप्छस् मेराे फाेटाे खिच।” मलाइ धेरै जसाे सहचालकहरूकाे ब्यहाेरा थाह भएकाे भएर म भयाे भन्दै गेट खेलेर भित्र पसेँ । उहाँ चाहिँ अाडम्बरकाे हाँसाे झल्काउँदै पख्लास भन्दै जानु भयाे ।

काेठा भित्र पुग्नासाथ जिल्ला ट्राफिक कार्यलय कास्कीे हटलाइन नं. १०३ मा फाेन गरें । मैले बिस्तृत घटना क्रम बताउँदै गाडि नं. टिप्न अाग्रह पनि गरें । उहाँले जिल्ला ट्राफिक कार्यलयमा अाइ निवेदन दिन सुझाउनु भयाे । हिजाे चाहीँ गाडि नं. टिपाउ मात्रै भन्नु भएकाे थियाे । कति जना विद्धार्थी निवेदन लेख्दै हिँड्ने ? कति वटा निवेदन लेखेसी सुनुवाइ हुने रच ?

म अपराधी नै त हैन हाेला ताेकिएकाे सहुलियत माग्दैमा ? सहचालकबाट किन दुर्व्यवहार गरियाे ? सहचालकहरूकाे गुन्डागर्दी कहिसम्स सहने विद्धार्थीले ? किन ससक्त हुन सकेन विद्धार्थी अान्दाेलन ? कहिले साँझ पर्याे, कहिले छुट्टा, कहिले के कहिले के कहिले सम्म ? किन एकरूपता पाउन नसकेकाे विद्धार्थी सहुलियतले ? पेट्राेलकाे भाउ बढ्याे भनेर समस्या देखाउँदै भाडा बढाउने ब्यवसाहीकाे याे बर्बर्ता किन ?

म त केबल एउटा उदाहरणीय पात्र मात्रै हाे , हजाराैँ विद्धार्थीहरूले दैनिक याे समस्या भाेग्न परेकाे छ । क्याम्पसले शुल्क मिनाहा हुन्न भन्दै ढाड सेक्ने, नुन , तेल, चामलकाे त अब के कुरा गर्नु दैनिक क्याम्पस् अाउँदा जाँदा नि हाम्लाइ सास्ती । याे वातावरणमा कसरी पढेर खानी ? यात्रा गर्दा पनि ति खलपात्र सित डराउन पर्नी ?

सर्वोच्चले निर्वाचन आयोगसँग माग्यो एकीकृत समाजवादी दल दर्ताको निर्णय

काठमाडाैं । सर्वोच्च अदालतले नेकपा एकीकृत समाजवादी दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय झिकाउन आदेश दिएको छ ।

मंगलबार न्यायाधीश दीपककुमार कार्की र डा. कुमार चुडालको इजलासले नेकपा एकीकृत समाजवादी दल दर्ता गर्ने निर्वाचन आयोगको भदौ ९ गतेको निर्णयको सक्कल निर्णय माग गर्ने आदेश दिएको हो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले कारबाही गरिसकेका केन्द्रीय सदस्यले सनाखत गरेर दल दर्ता गरेको भन्दै त्यसलाई बदर गर्न माग राखेर सर्वोच्चमा रिट दिएका थिए । त्यस्तै ओलीले पार्टीले गरेको १४ सांसदको कारबाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएको भन्दै सभामुखको निर्णय पनि बदर गर्न माग गरेका थिए ।

सर्वोच्चले एमालेले गरेको सांसद कारबाहीलाई मान्यता नदिने सभामुखको भदौ १३ गतेको निर्णय पनि मगाएको छ । त्यो दिन सभामुख सापकोटाले छुट्टै दल दर्ता भइसकेको भन्दै कारवाही गर्न नपर्ने भनी निर्णय गरेका थिए । ओलीले रिटमा लुम्बिनी प्रदेशसभामा पनि एमालेले दुईजना सांसदलाई गरेको कारबाहीलाई सभामुख पूर्णबहादुर घर्तीले मान्यता नदिनु कानुन विपरीत भन्दै बदर गर्न माग गरेका थिए । सर्वोच्चले लुम्बिनी प्रदेशसभाका सभामुखको भदौ ४ गतेको निर्णयको पनि सक्कल प्रति मगाएको छ ।

नेकपा एमाले विभाजन भई एकीकृत समाजवादी पार्टी दर्ता भएपछि ओलीले पार्टीले कारबाही गरिसकेका केन्द्रीय सदस्य र सांसदले सनाखत गरेर दर्ता भएको पार्टी नै अवैधानिक भन्दै रिट दिएका थिए । यसअघि सो रिटमा भदौ २२ मा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले विपक्षीसँग लिखित जवाफ माग गर्दै भदौ २९ गते अन्तरिम आदेशका लागि छलफलमा बोलाउन आदेश दिएको थियो । तर भदौ २९ गते यो रिट न्यायाधीश दीपककुमार कार्की र मीरा खड्काको इजलासमा हेर्न नभ्याइनेमा परेको थियो ।

त्यसपछि सोमबार न्यायाधीश कार्की र चुडालको इजलासमा सुनुवाइ शुरु भएको थियो । सोमबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखेर मंगलबार सुनुवाइ गरिएको हो । तर अन्तरिम आदेश छलफलका लागि बसेको इजलासले अन्तरिम आदेशबारे कुनै निर्णय गरेन । सक्कल निर्णय आइसकेपछि पुन अन्तरिम आदेशका लागि छलफलमा पेश गर्न आदेश दिएको छ ।

तामाङ समाज भिक्टोरिया, अष्ट्रेलियाले दुवै मृगौला फेल भएका बिजयलाई आर्थिक सहयोग ।

तामाङ समाज भिक्टोरिया, अष्ट्रेलियाले हेटौड़ा, मकवानपुर, नेपाल घर भई दुवै मृगौला फेल भएका बिजय बहादुर तामाङलाई नेपाली रु एक लाख सहयोग गरेको छ ।

आर्थिक अवस्था कमजोर भएका कारण बिजयको परिवारले यति बेला उपचारको निम्ति आर्थिक रक़मको सहयोग खोजिरहेका छन ।
तामाङ समाज भिक्टोरिया अष्ट्रेलियाको अध्यक्ष पेमा दोर्जे बमजन तामाङको नेतृत्वमा आर्थिक सहयोग संकलन गरीएको थियो । उनले भंछन समाजमा कोही दुःख अपठयारोमा परेको बेला यो समाज अष्ट्रेलियामा सहयोगी अनी अभिभावकको रुपमा रहेको र कुनै पनी बेला सहयोगको खाँचों पर्दा आफू अनी संस्था र समाज सधै तयार रहेको बताए ।

३३ वर्षीय बिजयको दुवै मृगौला फेल भएपछि ट्रान्सप्लाण्ट गर्नु पर्ने भएको हो र यस्का लागी निकै महँगो रहेको छ उपचार गर्नलाई त्यसै कारणले आफूहरू ले सकेको सहयोग गरेको तामाङ समाज अष्ट्रेलियाको संरक्षक बम बहादुर योंजनले बताए । साथै सहयोगको याचना गरेर जो कोही समाजलाई ख़बर गरेको बखत सकेको सहयोग गर्ने समेत बताए ।

यस अघी पनी अस्ट्रेलियामा तामाङ समुदाय बिच कुनै समस्या अनी आर्थिक अभाव परेको बेला समाजले हरेक हिसाब बाट सहयोग गर्दै आएको छ, शिक्षा, स्वास्थ्य अनी खेलकुदमा बिशेष सहयोग र नव युवा पीढ़ीहरूको निम्ति समाज सदैब रहेको र आगामी दिनमा समेत आवश्यक पर्दा तामाङ समुदाय मात्र नभई हरेक जातजाती, भाषा, धर्म अनी संस्कृतिका व्यक्ति र समुदायलाई सहयोग गर्ने प्रवासी नेपाली युवा मँच, अस्ट्रेलियाका केन्द्रीय युवा नेता तथा समाजका सक्रिय सदस्य बिरोध थिंग तामाङले बिश्वपाटीलाई बताए ।

रास्ट्रिय युवा संघ पोखरा-२३ मा सन्दीप, अखिलमा एकराज र युथ फ़ोर्समा राजेश चयन ।

नेपाल कम्युनिस्ट पार्टी एमाले पाेखरा २३ काे आयाेजनामा पोखरा-२३, बाम्दिमा बृहत् युवा तथा बिधार्थि भेला सम्पन्न भएकाे छ ।

राष्ट्रिय युवा संघका जिल्ला नेता मिनराज खड्काकाे अध्यक्षतामा सम्पन्न भेलाकाे प्रमुख अतिथि युवा संघ नेपालका पूर्व अध्यक्ष तथा गण्डकी प्रदेशका माननीय सांसद राजिब पहारीले भेलालाई संबाेधन गर्दै नेता पहारीले संबृद्व नेपाल र सुखी नेपालकाे चहाना पूरा गर्न सम्पूर्ण युवा विद्यार्थी एमालेमा समाहित हुनुपर्ने र पार्टीले युवा पुस्तालाई अब यसै गरी नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताउनु भयाे ।

विकास निर्माणमा एमाले बाहेक अरु पार्टीले कुन‌ै याेगदान दिन नसक्ने बताउदै एमालेको एकल बहुमत आए मात्र देश संबृद्व हुने र देश लयमा फर्कने चर्चा गर्नु भयाे ।

कार्यक्रममा एमाले कास्की जिल्ला कमिटी सचिवालय सदस्य दामबहादुर वि क , जिल्ला कमिटि सदस्य कमरेड गिता वि क, पार्टी वडा कमिटी अध्यक्ष कमरेड चेतबहादुर क्षेत्री(अर्जुन), युवा संघका केन्द्रीय सदस्य शिव अधिकारी, युवा सघ कास्की जिल्ला अध्यक्ष पानबहादुर जि सी, पार्टी नेता शिबलाल पराजुली, सुर्य भण्डारी, शिक्षक संगठन कास्कीका भक्त केसी, कमल पराजुली, अनेरास्ववियु का केन्द्रीय सदस्य साजन सुवेदी, जिल्ला सदस्य भाेलानाथ पराजुली, युवा सञ्जालका सचिव रामचन्द्र नेपाली राेहित समेतले कार्यक्रममा बोलेका थियाे ।

भेलाले सन्दिप पराजुलीकाे नेतृत्वमा ४१ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल पोखरा-२३ को वडा कमिटी र एकराज पराजुली काे अध्यक्षतामा ४१ सदस्यीय अनेरास्ववियु वडा कमिटी र राजेश घातानेकाे नेतृत्वमा युथ फाेर्स वडा कमिटी गठन गरेकाे छ ।

कार्यक्रम नव निर्वाचित सम्पूर्ण पदाधिकारिहरू र सदस्यहरू लाई रास्ट्रिय युवा संघ कास्कीका अध्यक्ष पान बहादुर जिसिले पद तथा गोपनियताको सपथ खुवाएका थिए साथै युवाहरू व्यवसाय र स्वरोज़गारी संगै राजनीति मार्फ़त समाजसेवा मा लाग्न प्रेरित गरेका थिए र सम्पूर्ण निर्वाचित हरू लाई बधाई सहित शुभकामना समेत व्यक्त गरेका थिए र आगामी दिन हरूमा रास्ट्रिय युवा संघ नेपालले हरेक टोलटोल बाट देशको बिकास र समाजको हितको निम्ति काम गर्न निर्देशन समेत दीएका थिए ।

कार्यक्रमको अध्यक्षता गर्दै मिनराज खड़काले सबैलाई बधाई सहित निर्धक्क सहित जनताको सेवा र पार्टीको काममा लाग्न सुझाव समेत दीएका थिए र आगामी दिनहरूमा वडा कमिटी लाई कास्की ज़िल्ला भरी कई उत्कृष्ट कमिटी बनाउनका निम्ति लागी पर्न समेत अनुरोध गरेका थिए ।

कार्यक्रम कमरेड रघुनाथ लामिछानेले सञ्चालन गर्नु भएकाे थियाे ।

अनेरास्ववियुको अध्यक्षमा सुनीता बराल चयन l

२ असोज, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनीता बराल चयन भएकी छन् । शनिबार भएको केन्द्रीय सचिवालयको बैठकले बराललाई अध्यक्ष चयन गरेको हो ।

त्यस्तै उपाध्यक्षमा कल्पना वाइवा र महासचिवमा समिक बडाल चयन भएका छन् । अध्यक्ष ऐन महरसहित पदाधिकारीले भने विद्यार्थी संगठनबाट विदा लिएका छन् ।

क्यान्सर पिडितको उपचारार्थ अष्पालिले सहयोगको निम्ति दशैं चिट्ठा कार्यक्रम गर्दै ।

अस्ट्रेलियाको सिड्नी बाट सामाजिक संजाल फ़ेसबुक मार्फ़त नेपाली युवा बिध्यार्थीहरूको एक समुह/संस्था अष्पालि (जब्श एंड इँटरटेण्टमेंट) ले ब्लड क्यान्सर पिडितको आर्थिक सहयोगको निम्ति अष्पालि दशै चिट्ठा कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल, झापा घर भएका बालक-क्षितिज लिम्बुको ब्लड क्यान्सरको उपचारको निम्ति आर्थिक सहयोग जुटाऊन कार्यक्रमको आयोजना गरिदै छ । लिम्बु परिवारको आर्थिक अवस्था कठिन भएका कारण यति बेला परिवारले उपचारको निम्ति सहयोगी हातहरूको खोजी गरीरहेको छ । त्यसै अनुरूप अष्पालि दशै चिट्ठा कार्यक्रमबाट हुने कुल नाफाको रकम पिडितलाई सहयोग गर्ने समेत अष्पालि टीमले बिश्वपाटिलाई बताएको छ । क्षितिज लिम्बु यति बेला चितवन भरतपुर अस्पतालमा उपचाररत छन ।

यूनिभर्सल थट कन्सल्ट (अस्ट्रेलिया,सिड्नी) को मुख्य प्रायोजन रहेको कार्यक्रममा सेनच्युरी क्लिनिंग, पे-रु रेमिट, एभरेष्ट बुचरि र वर्षा क्लोजेटको समेत प्रायोजन रहेको छ । कार्यक्रममा कलर्स अफ नेपाल इभेंट्स र डीजे सुशीलको साथ रहेको छ । साथै मुख्य मिडिया पार्टनरको रुपमा बिश्वपाटि मिडिया एण्ड इभेंट्स र द ट्रु-ख़बर रहेको छ । यस अघी अष्पाली ग्रुप र बिश्वपाटी मिडीया बिच एकापस कार्यक्रम पार्टनरको रुपमा समझौता भइसकेको छ ।

दशै चिट्ठा कार्यक्रमको प्रथम पुरस्कार आइफ़ोन-१३ मोबाइल फ़ोन र दोस्रो पुरस्कार एक सिंगो खशि रहेको छ । उक्त दशै चिट्ठा कार्यक्रममा इच्छुक व्यक्तिहरूले प्रति टिकट $५ र बढि मा ७ वटा सम्म किन्न पाइने प्रावधान रहेको छ । चिट्ठा ख़रीदका लागी आफ़नो व्यक्तिगत ईमेल मार्फ़त ख़रीद गर्न सकिने छ । चिट्ठा कार्यक्रमको फरम्याट अनुसार आफ़ुले ख़रीद गरेको चिट्ठामा दुई अंक रहेको हुनेछ र दुई मध्य पहिलो या दोस्रो अंक आयोजक संग हुनेछ भने अर्कों बाक़ी अंक स्वयं प्रतियोगी या खरिदकर्ता संग रहेको हूँछ साथै ११ अक्टोवरको दिन उक्त अंकहरू सहित आयोजकले फ़ेसबुक लाईभ बाट लक्की ड्र मार्फ़त भाग्यशाली चिट्ठा घोषणा गर्ने छ र प्रथम अनी दोस्रो बिजेता घोषित गरिने छ । कार्यक्रममा चिट्ठा ख़रीदका लागी २१ सेप्टेम्बर देखी १० अक्टोवर सम्म पाइने छ । कार्यक्रममा सहभागिताको निम्ति फ़ेसबुकमा अष्पालि ग्रुपमा रहेको र अस्ट्रेलियामा बसोबास गरेको हुनुपर्ने संस्थाका प्रतिनिधि कुसुम लुइटेलले बताईन ।

फ़ेसबुक मार्फ़त एकजुट भएका अष्पालि ग्रुपले यस अघी पनी बिभिन्न युवा मैत्री, बिध्यार्थी फ़ोकस जस्ता कार्यक्रमहरूको आयोजना गरेको छ । ग्रुपमा अस्ट्रेलियामा कोठाको आवश्यकता अनी कामको बारेमा संदेश आदानप्रदान र समाचारहरू संगै मनोरन्जनात्मक सामग्रीहरू शेयर गरिदै आएको छ । अस्ट्रेलियामा नेपाली समुदाय र समुह बिच भाईचारा अनी साथिभाइको सम्बन्ध मजबुत बनाउनका लागी संस्थाको स्थापना गरीएको र यसले सोचे भंदा बढ़ी रिज़ल्ट दिएको अष्पालीका एडमीन सभिन जंग क्षेत्रीले बताए साथै नेपाली समाजमा विकृति अनी व्यक्तिगत स्वार्थका निम्ति बिध्यार्थी माथी चालिने हरेक पाइलाको ख़बरदारी समेत गर्ने उनले बताए ।

मेरो देशमा💫✨ शब्द बिमल सुबेदि(GOLDEN 🐝)

हत्या हिंसा बलातकार कती धेरै मौलायो
चेतनशिल भयरपनि मान्छे बौलायो

सँस्कार जोगाऔं निहुमा बिकृति छ बढेको
अनिश्चित लकडाउनले धन पैसो घटेको

युवाजती बिदेशमा रोजगार खोज्नलाई
बुढानेता लागि परे नेपाल सक्नलाई

भनिसाध्य छैन हजुर कल्लाई बिन्ती सुनाउने
सबै जान्ने सुन्ने बोल्नै हुन्न त्यसै रिसाउने

विकृति र बिसङ्गती चारै तिर मौलाए
कलकार देशका गहना भन्थे यिनै बौलाए

बाउ भन्दा छोरा जान्ने कस्तो आयो जमना
नयाँ नेपाल बन्छ भन्थे यस्तो नमुना

स्वीजरल्याण्ड बनाउछु भनी गर्दै हिडे भाषणमा
काला धन थुपार्नलाई रैछ स्वीस बैंकमा

गरिबको दिन आउछ झै लाथ्यो लोकतन्त्रमा
आफ्ना मात्रै पोषाउदा रैछन गणतन्त्रमा

यस्तै गर्न रैछ हजुर नैतिक किताब जलाको
हत्या हिंसा ठाउँठाउँमा आगो लगाको

कोहि भन्थे सम्मृद्वि त कोहि भन्थे सीङ्गापुर
फोहोर पनि तह लाउन नसकेर भयो झिङ्गापुर

संसद भवन रङ्गशाला नेता सबैखेलाडि
जानता बने रमिते जे बोल्दिए नि बज्छ थपडि

नैतिक अनुशासन ईतिहास थन्किए
मान्छे मरे किरा सरि माखा भन्किए

अनुदानको पैसो माथी गर्छन भ्रष्टचार
सोझा सिधा जनता माथी सधै अत्याचार

महंगीले आकाश छोयो बर्खेभेलमा घरपर्यो
रोग भोक शोक सही बाँच्न कर पर्यो

झुठा आशा देखाएर चुनाव जिते नेताले
अझ खराव नेता बनाए कार्जेकर्ताले

टिकटक बनाउने क्रममा सेती नदीमा खस्दा एक महिला बेपत्ता

तनहुँ, टिकटक बनाउने क्रममा तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेती नदीमा खस्दा नवविवाहिता एक महिला बेपत्ता भएकी छन् ।

बेपत्ता हुनेमा लालिम माइत भएकी १९ वर्षीया पवित्रा लम्साल रहेको ईलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

५ दिनअघि विवाह गरेकी लम्साल दुल्हन फर्काउन माइत आएकी थिइन् ।

मंगलबार दिउँसो दुई साथीहरुसँग घुम्न पुल्चोक गएकी लम्साल टिकटक बनाउने क्रममा चिप्लिएर बेपत्ता भएकी हुन् । उनी माथिल्लो काठको पुल छेउमा रहेको ढुंगामा उभिएकी र चिप्लिएर नदीमा खसेको उनका साथीहरुले बताएको प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए ।

नदीमा खसेपछि उनका साथीहरुले प्रहरीलाई खबर गरेका थिए । बेपत्ता लम्सालको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय