२०८३ असार १३ शनिबार

सभामुख निष्पक्ष नबन्दा संसद् अवरुद्ध गर्नुपर्‍यो : ओली

प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भएर काम गर्न नसकेका कारण संसद् अवरुद्ध गरिएको बताएका छन् ।

एमाले झापाले मंगलबार विर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले एमालेविरुद्ध षड्यन्त्र गरिएकाले प्रतिनिधिसभा अवरुद्ध गर्नु आफूहरुको बाध्यता भएको बताए । आफ्नो नेतृत्वमा गठन भएको सरकारका पालामा मुलुकले प्रगति गरेको, व्यापार घाटा घटाएको र निर्यात बढाएको उनको भनाइ थियो ।

आगामी निर्वाचनबाट एमाले पुनः सत्तामा फर्किने अध्यक्ष ओलीले बताए । ‘हाम्रो विजय यात्रालाई कसैले रोक्न सक्दैन’, उनले भने ।

एमालेलाई विभाजनको खासै असर नपरेको स्पष्ट पार्दै उनले भने, ‘पिलो निचोरेर एमालेको वजन घट्दैन, पतकरले कोसीको भेल थुनिँदैन ।’

नवलपुरमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु, २४ घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट थुम्सीमा यात्रु बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । मंगलबार बिहान काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुप्र०२–००१ नंको यात्रुबाहक बस र ना६ख ७१२६ नम्बरको ट्रक नवलपुरको गैँडाकोट–१० स्थित २३ स्मृति पुल नजिक एकआपसमा ठोक्किएको थियो ।

बिहान ४ बजे भएको दुर्घटनामा दुई महिला र एकजना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी दिलिपकुमार गिरीले जानकारी दिएका छन् । घाइतेमध्ये तीन जनाको चितवनमा उपचारका क्रममा मृत्यु भएको डीएसपी गिरीले बताए । अन्य घाइतेको सोही अस्पतालमा उपचार भैरहेको छ।

नेपाली कांग्रेश पोखरा महानगर उप-सभापतिमा निर्दोष बिक्रमको चर्चा ।

नेपाली कांग्रेश पोखरा महानगर पालिका नगर कमिटीको उप-सभापतिमा निर्दोष बिक्रम पौडेलको उम्मेदवारी किन ?

नेपाली काङ्ग्रेस एउटा व्यक्ती होइन विचार हो अनी विचार संगै एउटा संकल्प उदेश्य दृष्टिकोण र अठोट हो। यसै सन्दर्भमा अहिले नेपाली कांग्रेशको केन्द्रीय महाधिवेशनको निम्ति तल्लों तहका कमिटीहरू बाट अधिवेशन हुदै प्रतिनिधिहरू चुनाव मार्फ़त जीत संगै उपल्लो कमिटीहरूमा प्रतिनिधिको रुपमा जाने गरेका छन ।

कांग्रेस पोखरा महानगर पालिका को यहि असोज ९ गते हुन गइरहेको प्रथम अधिवेशनमा तमाम पोख्रेली काङ्ग्रेसी युवा हरूको प्रतिनिधित्व गर्दै परिमार्जित परिस्कृत, पुनर्जागृत र परिवर्तनशिल काङ्ग्रेसको रुपान्तरणको लागि अग्रजलाई सम्मान सहित युवालाई प्रोत्साहन गर्दै समावेशी, समुन्नत, उध्यमशिल, सृजनशिल, गतिशिल र आत्मनिर्भर काङ्ग्रेस निर्माणको लागि निर्दोष बिक्रम पौडेलले पोखरा महानगर पालिकाको उप-सभापतिमा उम्मेदवारी घोषणा गरेका छन ।

उनले भनेका छन “मेरो यस मनोनयनले नेपाली काँग्रेसमा एउटा नयाँ अध्यायको सुरुवात साथै म जस्तै रगत अनी मन र मुटुमा नेपाली काँग्रेस बोकेका लाखौ ति युवाहरुका मनोबल बढाएको र यो जीत मेरो मात्र नभएर सम्पूर्ण युवा बर्गको जीत हुनेछ । नेपाली कांग्रेश केन्द्रीय समितिमा केन्द्रमा विश्वप्रकाश , गगन थापा, प्रदिप देख्न खोज्ने आखाँहरूले महानगरमा निर्दोषहरू पनी देखुन्।” अग्रजहरुको राय, सल्लाह, सुझाव र युवा हरूको साथ अनी सहयोग, समन्वय, सद्भाव र सहकार्यताको विश्वासलाई आत्मसाथ गर्दै दिइएको उपसभापति पदको उम्मेदवारीलाई सार्थकता दिलाउन अमुल्य सुझाव, सहयोग, समर्थन र अमुल्य मतको अपेक्षा राखेको छन।

नेपाली कांग्रेस को १४ औं महाधिवेशन अन्तर्गत कास्की, पोखरा वडा नम्बर १७ बाट खुल्ला पदको क्षेत्रीय प्रतिनिधिको उम्मेदवारीबाट निर्विरोध रूपमा क्षेत्रीय प्रतिनिधि चयन भए पस्चातको जिम्मेवारी समेत उनले ग्रहण गरेका उनी नेपाल कै सामुदायिक क्याम्पस हरू मध्यको ठुलो क्याम्पस जनप्रिय बहुमुखि क्याम्पसको नेपाल बिध्यार्थी संघ मुल इकाई कमिटीका उप-सभापति समेत हुन ।

यतिबेला पोखरा भरि नेपाली कांग्रेशका कार्यकर्ता र शुभ चिन्तकहरूले उनको उम्मेदवारीलाई सकारात्मक ढंगले हेरेका छन, एक त उनी युवा अनी त्यस माथी बिध्यार्थी त्यसैले पनी उनको साहस र राजनैतिक प्रति युवाहरूको चाहना र परिवर्तनशील पाइलाको सुरूवात भएको सुनीएको छ । उनी क़याम्पसमा समेत प्रायः सबै बिध्यार्थी माझ लोकप्रिय अनी परिचित छन । यति बेला उनलाइ बधाई अनी अग्रिम जीतको शुभकामना दिनका निम्ति सामाजिक संजालमा ओईरो लागेको छ र एक नेपाल बिध्यार्थी संघका केन्द्रीय सदस्यले समेत उनको जीत करिव पक्का जस्तो रहेको बिश्वपाटीलाई बताए ।

प्रवासी नेपाली मंच न्यु साउथ वेल्स, अस्ट्रेलियाको बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

प्रवासी नेपाली मंच अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्य कमिटीले बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेकपा एमालेका सचिव एवं नेपाल सरकारका निवर्तमान पररास्ट्र मन्त्री प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रवासी नेपाली मंच अन्तरास्ट्रिय कमिटीका सचिव रमेश पाण्डे, ओशेंनिया क्षेत्रका इंचार्ज डा बिनोद श्रेस्ठ, न्यु ज़िल्यांडका अध्यक्ष डा भगवान यादव, एनआरएन चाइनाका सचिव, केन्द्रीय कमिटीका सदस्यहरू र सल्लाहकारहरू लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि ज्ञवालीले नेकपा एमाले जनताको स्तर बाट सरकार बाट बाहिरिनु परेको होईन यो राजनीतिक चलखेलको कारण सरकारमा रहन पाइएन तर पनी निरन्तर जनताको ढोकामा पुगं सकने सामर्थ्य अनी मुलुकको हित र बिकासको निम्ति फेरी पनी सरकारमा जाने कुरा बताए र प्रवासी नेपालीहरू ले जब नेपालमा समस्या अनी पिडा हूँछ त्यो बेला आर्थिक अनी हरेक सहयोगले पार्टी अनी देशको एउटा मेरुदंड भएको बताए ।
कार्यक्रममा प्रवासी नेपाली मंच अन्तरास्ट्रिय कमिटीका सचिव एवं अस्ट्रेलियाका अध्यक्ष रमेश पाण्डेले संगठन विस्तारलाई मध्यनज़र गर्दै छींटो भंदा छीटों बिभिन्न बिभागहरुको गठन गर्ने र हिजो एमाले छोड़ी गएका साथीहरूलाई पनी फ़र्क़न अनुरोध सहित स्वागत गरेका थिए ।
कार्यक्रममा सल्लाहकार भवानी ओली, इंचार्ज केशब जोशी, लगायतले बोलेका थिए ।
कार्यक्रमको अध्यक्षता गर्दै न्यु साउथ वेल्स राज्यका अध्यक्ष कृष्ण सापकोटाले राजनैतिक आधार भनेको बिकास, समाज अनी परिवर्तनको एउटा बाटो रहेको बताए साथै अब प्रवासी नेपाली मंच न्यु साउथ वेल्स राज्य कमिटीले बिभिन्न रचनात्मक कार्यक्रमहरू संचालन गर्ने बताए र सबै उपस्थिति साथीहरूलाई धन्यवाद समेत व्यक्त गरेका थिए ।
कार्यक्रममा उपस्थिति सम्पूर्णलाई स्वागत मन्तव्य कमिटीका उपाध्यक्ष सिताराम घिमिरे र संचालन सचिव शिव पौडेलले गरेका थिए ।
कार्यक्रम भरच्युअल जुम मार्फ़त क़रीब १६० जनाको उपस्थितिमा सम्पन्न भएको थियो ।

एकै परिवारका ६ जनाको हत्यामा संलग्न रहेको आरोपमा एक युवक पक्राउ

२६ भदौ, सङ्खुवासभा। सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्यामा संलग्न रहेको आरोपमा एक जना युवक पक्राउ परेका छन् ।

घटनाको अनुसन्धान गर्न तालिम प्राप्त दुई वटा कुकुर ‘पिकु’ र ‘लैला’सहित प्रहरी उपरिक्षक (एसपी) भीम दाहाल नेतृत्वको टोली मादी पुगेको थियो ।
लगत्तै दाहाल नेतृत्वकाे टोली फर्किएपछि सीआईबीका डीएसपी रुगमबहादुर कुँवर नेतृत्वको टोली अनुसन्धानमा खटिएको थियो । कुँवर नेतृत्वको टोलीले घटनामा संलग्न रहेको आरोपमा छिमेकी २६ वर्षीय लोकबहादुर कार्कीलालाई पक्राउ गरेको हो ।

पक्राउ परेका युवक मृतकका भतिजो नाता पर्ने हुन् । आइतबार सार्वजनिक गर्ने तयारी गरेको प्रहरीले हत्या आरोपी कार्कीको पूरै परिचय भने खुलाएको छैन । तर, उनको मानसिक अवस्था कमजोर रहेको र केही समयदेखि औषधि खाइरहेको प्रहरीले बताएको छ ।

प्रहरी स्रोतका अनुसार हत्यामा प्रयोग भएको रड भेटिएपछि छिमेकी युवक शङ्काको घेरामा थिए । घरभित्र रगत लागेको सर्ट भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिको सर्टमा लागेको रगत र मृतकको डिएनए परीक्षणपछि सार्वजनिक गरिने प्रहरीले बताएको छ ।
संखुवासभाका डिएसपी लालध्वज सुवेदीका अनुसार घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । हत्या आरोपीलाई आइतबार सार्वजनिक गरिने छ ।
हत्यामा एक व्यक्तिको मात्रै संलग्नता रहेको प्रहरी स्रोतले बताएको छ । सुरुमा तेजबहादुरको हत्यापछि परिवारका अन्य सदस्यको हत्या भएको स्रोतको दाबी छ ।

गत सोमबार मादी नगरपालिका-१ का बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको हत्या भएको थियो । उक्त हत्याकाण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्की हत्या भएको थियो ।

राष्ट्रिय युवा संघ लाहाचोकको तिज विशेष एकल नृत्य प्रतियोगिताको उपाधी साहिलाइ

पाेखरा । राष्ट्रिय युवा संघ लाहाचोकले तिज विशेष एकल नृत्य प्रतियोगिता कार्यक्रम गर्ने सम्पन्न गरेकाे छ ।

महिलाहरूको माहान चार्ड हरितालीका तिजको अवसरमा अयोजना गरिएको उक्त प्रतियोगितामा सुरक्षा साहिले उत्कृष्ट नृत्य प्रस्तुत् गर्दै प्रथम स्थान हासिल गर्नुभएकाे थियाे भने जुनु उचाइ दोस्रो, शुवान्सी मल्ल तेस्राे स्नेहा र शर्मा चैथो स्थान हासिल गर्नुभएकाे छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य माननीय डा पुस्पा के सि भण्डारीले अब स्वस्थानिको किताब सग सगै महिला हितको लागि कानुनका किताब पढ्नुपर्ने बेला आएको र चरी जेलैमा हुन बाट बन्चित हुनु पर्ने बताउनुभयाे ।

बिशेष अतिथी गाउपालिका उपाध्यक्ष कृष्ण कुमारी डवाडिले सम्पुर्ण महिला सहयोगमा नै देश बिकासले गति लिएको र महिलाले अबसर पाएका कुरामा जसरी आमाले बच्चा हुर्काउन सफल हुन्छन त्यसरि नै कर्तव्य पूरा गर्न महिलाहरू सक्षम हुने बताउनुभएकाे थियाे ।

कार्यक्रम उत्कृष्ट नृत्य साहासी तिन बर्से बालिका सम्पदा जिसिलाइ पुरस्कृत गरिएको थियो भने टाढा बाट माइती आउने ममता कार्की र शुसिला बास्तोला, लामो कपाल हुने महिला माया क्षेत्री, सालिन प्रतिभाशाली महिला ॠतु श्रेष्ठ, लगाएतलाई पुरस्कार प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सद्स्य बिष्णु सुवेदी भण्डारी ले सम्पुर्ण क्षेत्रमा बिकास पुर्याउने पार्टी एमाले नै रहेकाे जानकारी गराउँदै, चाड पर्व रितिरिवाज धर्मसंकृतीको जगेर्ना सहित युवाहरूको प्रतिभा उजागर गर्न युवा संघले खेलेको भुमिकाको उच्च प्रसम्सा गर्नु भएकाे थियाे ।

त्यसैगरी, युवा संघ केन्द्रीय सदस्य सुजा गुरुङले जनताको हितको लागि काम गर्ने, राष्ट्रिय गैरबलाइ सधैं उच्च स्थानमा राख्ने पार्टी एमाले भएको र एमाले भएर समग्र बिकासमा लाग्न युवा संघमा समाहित भै रास्ट्र प्रति उत्तर दायी बन्न सबै युवाहरूमा अपिल गर्नुभएकाे थियाे । साथै उहाँले, युवा देशको भविष्य भएको हुनले विभिन्न राष्ट्रिय स्तरको राजनितीमा मैलाएको गलत प्रवृति विरूद्ध एकढिक भइ त्यस्ता प्रवृतिलाइ जरैदेखी अन्त्य गर्नका निमित्त् लाग्नुहुन अग्रह सम्पूर्ण युवाहरूलाइ अपिल गर्नुभयो ।

सृजना महतराजको संयोजकत्वमा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य कार्यपालिका सदस्य हिरा सुनार ले गनुभएको थियो ।

कुइन्सल्यांड टाउन्सभिल नेपाली समुदायको तीज कार्यक्रम सम्पन्न, अध्यक्षमा प्रेम शाही सर्वसम्मत ।

अस्ट्रेलियाको कुइन्सल्यांड राज्यमा अवस्थित टाउन्सभिल नेपाली समुदायले नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको उपलक्ष्यमा दर खाने कार्यक्रम सम्पन्न गरेको छ । साथै नेपाली समुदाय अर्थात् टाउन्सभिल नेपलिज कम्यूनिटीको अध्यक्षमा प्रेम शाही ठकुरि सर्वसम्मत भएका छन ।
कुइन्सल्यांड राज्य टाउन्सभिलमा रहेका नेपालीहरुको समुदाय बिच भाईचाराको सम्बंध, एकापसि चिनजान अनी सहयोग आदान प्रदान र चाडपर्वमा भेटघाट संग़ै सामाजिक कामका लागी स्थापना गरीएको संस्थाले सधै झै यसपालि पनी तीजको अवसर मा दर खाने कार्यक्रम सम्पन्न गरेंको छ ।
कार्यक्रम मार्फ़त नया नेतृत्व चयन गरेको हो ।
सर्वसम्मत रुपमा चयन गरीएको नेतृत्वको अध्यक्षमा प्रेम प्रकाश शाही, उपाध्यक्ष मा नेहा न्यौपाने, सचिवमा दिकिता तुलाधर, कोषाध्यक्षमा गणेश क्षेत्री र सदस्यहरूमा दुर्लभ दुवाडी, दीपिन निरौला र प्रदीप ग़ैरे गरी २० सदस्यीय समिति रहेको छ। उनिहरुलाई संस्थाका निवर्तमान अध्यक्ष जीवन गिरी द्वारा नेतृत्व हस्तान्तरण गरीएको थियो । यस्तै सल्लाहकारमा जीवन गिरी, मनीषा अधिकारी, सदीक्षा सुबेदी, बिमल रेग्मी, सरोज अधिकारी, दिग्गज अधिकारी, गोविन्द पाण्डे र सुमन श्रेस्ठ रहेका छन । नया नेतृत्वको कार्यकाल दुई वर्षको रहेको छ ।
कार्यक्रममा क़रीब १०० जनाको उपस्थिति रहेको थियो । कार्यक्रम आलिसान रेस्टुरेण्टमा सम्पन्न भएको थियो ।

एक/दुई दिनमा मन्त्रिमण्डल विस्तार गर्ने सत्तारूढ गठबन्धनको निर्णय

काठमाडाैं । बालुवाटारमा बसेको सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक सकिएको छ। बैठकले देशकाे पछिल्लो समसामयिक राजनीतिक अवस्थाबारे समीक्षा गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार दिउँसाे भएको बैठकमा मन्त्रिपरिषद् विस्तार, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना तथा बुधवारदेखि सुरु भएको संसद्लाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा छलफल भएकाे हाे ।

बैठकमा उपस्थित एक नेताका अनुसार मन्त्रिपरिषदलाई एक/दुई दिनमा पूर्णता दिनेबारे छलफल भएको छ । उनले भने “बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिनुपर्ने धारणा राख्नुभएको छ । प्रधानमन्त्री देउवालाई पार्टीभित्रैबाट पनि छिटो मन्त्रिपरिषद् विस्तार गर्न दबाब रहेको उहाँले बैठकमा जानकारी गराउनुभएकाे थियाे ।”

गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले कांग्रेसबाट एक राज्यमन्त्री र दुई मन्त्री र माओवादीबाट दुई जनालाई मन्त्री बनाएका थिए ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत गठबन्धनका अन्य नेताहरूको सहभागिता थियो । बैठकमा विपक्षी नेकपा एमालेले संसद् अवराेध गरेपछिको अवस्थाबारे पनि समीक्षा भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

यसअघि ललितपुरको हात्तीवनमा गठबन्धनका घटक शीर्ष नेताहरूबीच समसामयिक विषयमा छलफल भएको थियो । त्याे बैठकमा माओवादी केन्द्रका अध्यक्ष दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।

एमसीसी उपाध्यक्ष फतिमालाई ओलीले भने- ‘पहिले सत्तापक्षको सरकारको धारणा आओस्’

काठमाडौं । अमेरिकी मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) को प्रतिनिधिमण्डल र प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बुधबार भेटवार्ता भएको छ ।

भेटको क्रममा (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन गर्न सहयोगका लागी अध्यक्ष ओलीलाई आग्रह गरेकी थिइन्।

त्यसको जवाफमा ओलीले एमसीसीबारे तत्काल धारणा नबनाउने जवाफ दिएका छन् ।

फतिमासँग ओलीले भने, सरकारमा हुँदा हाम्रो पोजिसन क्लियएर नै थियो । अहिले हामी प्रतिपक्ष भइसकेका छौँ, त्यसैले पहिले सत्तापक्षको सरकारको धारणा आओस् ।

जवाफमा एमाले अध्यक्ष ओलीले विगतमा सरकारको नेतृत्वमा रहँदा आफूले एमसीसी सम्झौता पारित गर्न प्रयास गरे पनि सफल नभएको बताएका भेटमा सहभागी एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।

बिहीबार नेपाल भ्रमणमा आएकी उनले पहिलो राजनीतिक भेटघाट विपक्षी दलका नेता निवर्तमान प्रधानमन्त्री ओलीबाटै गरेकी थिइन् ।

ओलीलाई भेट्न बालकोट पुगेकी उनले शिष्टाचार भेटका क्रममा एमसीसी अघि बढाउन आग्रह गरेकी थिइन् ।

अनेरास्ववियु जनप्रियको पहलमा जनप्रियमा अध्यनरत बिध्यार्थीहरूलाई खोप आऊदै ।

पोखरा । अनेरास्ववियु जनप्रिय क्याम्पस कमिटिले क्याम्पसमै खोप केन्द्र राखी विद्यार्थीहरूलाई कोरोना विरूद्धको खोपका लागि सहयोग गरिदिन क्याम्पस प्रशासन समक्ष माग गरेको छ ।

सोमबार अनेरास्ववियुले परीक्षा दिइरहेका, परीक्षा तालिका प्रकाशित भएका लगाएत जम्मा ५ हजार ५ सय प्राथमिकतामा राखेर तत्काल खोपका लागि पहल गरिदिन पोखरा महानगर स्वास्थ्य महाशाखामा माग अनुरोध गरेको जानकारी गराउँदै, उक्त खोप लगाउने दिनमा अवश्यक तयारीका निम्ति क्याम्पस प्रशासनले सहजीकरणको भुमिका निर्वाह गरिदनका निम्ति अनुरोध गरेको हो ।

क्याम्पसका सबै ५ हजार ५ सय विद्यार्थीलाई नै तत्काल खोप लगाउन पहलकदमी कदम चालिएको अनेरास्ववियु क्याम्पस कमिटिका संयोजक किसान भण्डारीले जानकारी गराए । ‘विद्यार्थीका लागि कोरोना विरूद्ध खोप उपलब्ध गराउन हामी आवश्यक पहल गरेका छौँ, उनले भने निकै मेहनतका साथ तथ्याङ्क संकलन गरि सम्बन्धीत निकाएमा वुझाएका हौँ, महानगरले खोपको व्यवस्था गरिसकेको छ र अब क्याम्पस प्रसासनले पनि आवश्यक सहयोग गर्ने अनेरास्ववियु क्याम्पस कमिटीले पुर्ण विश्वास लिएको छ । यसले सम्पूर्ण बिध्यार्थीहरू मा खोप लगाउन पाउने हुदा उक्त दिन सबैलाई आउनका निम्ति आग्रह समेत गरेका छन ।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय