२०८३ असार १३ शनिबार

राष्ट्रिय युवा संघ लाहाचोकले तिज विशेष एकल नृत्य प्रतियोगिता गर्ने

पाेखरा । राष्ट्रिय युवा संघ लाहाचोकले तिज विशेष एकल नृत्य प्रतियोगिता कार्यक्रम गर्ने भएको छ । महिलाहरूको माहान चार्ड हरितालीका तिजको अवसरमा सरकारले जारी गरेको स्वस्थ्य मापदण्ड पूर्ण पालना गर्दै उक्त कार्यक्रम गरिने भएको हो ।

युवासंघ लाहाचोकले आयोजना गरेको यस कार्यक्रममा स्थानीय स्तरको प्रतिभालाइ राष्ट्रिय स्तरमा प्रोसाहन गर्ने उद्देश्य राखीएको कार्यक्रम संयोजक सृजना गहतराजले जानकारी गराइन् । गहतराजले भनीन् “स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्डलाइ पुर्णरूपमा पालना गरि यो नृत्य प्रतियोगीता कार्यक्रम आयोजना गरिएको हो ।” उनले भनिन् “स्थानीय प्रतिभालाइ राष्ट्रिय स्तरमा चिनाउन एक माध्यमको रूपमा यस कार्यक्रमले भुमीका निर्वाह गर्ने विश्वास लिएका छौँ ।”

गण्डकी प्रदेश सभा सदस्य माननीय पुस्पा के सि भण्डारीको प्रमुख अतिथ्यतामा, माछापुच्छ्रे गा पा ४ लाहाचोक, महेन्द्र मा बि को प्राङ्गणमा कार्यक्रम सञ्चालन हुने युवा संघ नेपाल माछापुच्छ्रे गा.पा. वार्ड नं. ४ का अध्यक्ष गणेश अधिकारी ले जानकारी गराए ।

भाद्र २४ गते विहान ११ बजेबाट सञ्चालन हुने उक्त कार्यक्रममा प्रथम पुरस्कार रू ५ हजार सहित प्रमाणपत्र, दितृय पुरस्कार रू ३ हजार सहित प्रमाणपत्र, तृतीय पुरस्कार रू. २ हजार सहित प्रमाणपत्र र सन्त्वना पुरस्कार पनि ब्यबस्था गरिएको युथ फोर्स अध्यक्ष सन्तोष गुरुङ ले जानकारी गराए ।

यस कार्यक्रमको खर्च अनुमानीत रू पचास हजार लाग्ने र सम्पुर्ण खर्चको ब्यबस्थापन भै सकेको साथै कार्यक्रममा स्थानीय लाखे नाच समेत प्रस्तुत् गरिने युवा संघ माछापुच्छ्रे गाउँ पालिका नेता राजेन्द्र गौतमले जानकारी गराए ।

प्रवासी नेपाली मंच न्यु साउथ वेल्स राज्य कमिटी, अस्ट्रेलियाले बृहत् अन्तरक्रिया कार्यक्रम गर्ने ।

प्रवासी नेपाली मंच अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्य कमिटीले यही आऊदो २०२१ सेप्टेम्बर ११ ग़ते शनिबार सिड्नीको समय अनुसार साँझ ६:३० बजे देखी भर्चुअल जुम मार्फ़त “मातृभूमिको निर्माणमा सम्पूर्ण प्रवासी नेपालीहरू एकजुट होऔ” भन्ने मुल नाराका साथ बृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।

प्रवासी नेपाली मंच, न्यु साउथ वेल्स राज्य कमिटीको सचिव शिव पौडेलका अनुसार नेपाल सरकारका नि-वर्तमान पररास्ट्र मन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी, एमाले का सचिव प्रदीप ज्ञवाली कार्यक्रममा मुख्य वक्ताको रुपमा रहनु भएको छ । उनले अहिलेको नेपालको राजनैतिक अवस्था, जनताको बहुदलीय जनवाद (जबज) को बारेमा अनी सरकार संचालन गरि रहदा बाहिरी अनी नेकपा एमाले भित्रको आन्तरिक चुनौती र परिवेश संगै अन्य देशका राज्य प्रमुख तथा कार्यकारी हरू संगको सम्बन्ध अनी त्यहा रहेका नेपालीहरू बिचको अवस्थाको बारेमा नेपाल सरकारले कसरी नियाली रहेको छ भन्ने शीर्षकमा बोल्ने भएका छन ।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी एमालेका केंद्रीय कमिटी सदस्य तथा प्रवास समन्वय कमिटीका इंचार्ज राजन भट्टराइ भने कार्यक्रममा दोस्रो वक्ताको रुपमा छन उनले प्रवास कमिटीहरु र पार्टी कमिटी बिचको निरन्तर सम्पर्क अनी नेकपा एमाले प्रति प्रवासमा रहेका नेपालीहरूको धारणा र बिचार संगै आऊदो दिनमा कसरी रोडम्याप बनाएर लाने बिषयमा बोल्ने छन ।

र तेस्रो वक्ताको रुपमा प्रवासी नेपाली मंच अन्तरास्ट्रिय कमिटीका सचिव र अस्ट्रेलियाका अध्यक्ष रमेश पाण्डेले हाल बिद्दमान परिस्थिति र प्रवासमा पार्टी भित्रको कार्यकर्ताको अवस्था अनी आगामी दिनमा नेकपा एमाले लाई कसरी प्रवासमा बलियो र संगठन विस्तार लगायतका कुराहरूमा धारणा व्यक्त गर्ने छन ।

कार्यक्रम जुम मार्फ़त हुने हुदा सबैजना लाई सजीलों हुने कुरा न्यु साउथ वेल्स राज्य कमिटीका उपाध्यक्ष सिताराम घिमिरेले बताए ।

त्यस्तै न्यु साउथ वेल्स राज्य कमिटीका अध्यक्ष कृष्ण सापकोटाले वर्तमान समयमा नेकपा एमाले का अध्यक्ष तथा निवर्तमान प्रधानमंत्री केपी ओलीप्रति गरीएको जून घेराबन्दी छ त्यसले सिंगो पार्टी र हिजो जनताले दिएको अभिमतको कदर नभएको हुदा त्यस्को निम्ति एकजुट भई लाग्नका निम्ति प्रवास बाट सम्पूर्ण नेपालिहरु एकजुट हुन आग्रह समेत गरेका छन ।

अनेरास्ववियु, जनप्रियले माग्याे ५ हजार ५ सय विद्यार्थीलाई खोप

पाेखरा । अनेरास्ववियु जनप्रिय बहुमुखी क्याम्पस कमिटिले क्याम्पसमै खोप केन्द्र राखी विद्यार्थीहरूलाई काेराेना विरूद्धकाे खाेपका लागि पहल गरिदिन पाेखरा महानगर स्वास्थ्य शाखासमक्ष माग गरेकाे छ ।

साेमबार अनेरास्ववियुले परीक्षा दिइरहेका र परीक्षा तालिका प्रकाशित भएका विद्यार्थीलाइ पहिलाे प्राथमीकतामा राखी जम्मा ५ हजार ५ सय जना विद्यार्थीलाई तत्काल खाेपका लागि पहल गरिदिन महानगरपालिकामा ध्यानाकर्षण गराएकाे हाे ।

परिक्षामा सहभागी हुने विद्यार्थी को लागि तत्कालनै खोप उपलब्ध गराइ विद्यार्थीलाइ भय रहित वतावरणमा परिक्षा दिन सहज बनाउनका लागि अनेरास्ववियुले उक्त कदम चालेकाे अनेरास्ववियु क्याम्पस कमिटिका अध्यक्ष किसान भण्डारीले बताए । ‘काेराेना विरूद्धकाे खाेपका नपाएकाे अवस्थामा पनि सामुहिक परिक्षामा सहभागि हुदा विद्यार्थीकाे मानसिकतामा पर्न गएकाे असर महशुस गरेर खाेप सहजिकरणका लागि महानगर स्वास्थ्य शाखा समक्ष जोडदार माग राखेका छौँ, भण्डारीले भने, ‘माग पुरा नभए खाेपका लागि आन्दोलन नै गर्नुपर्ने हुन सक्छ।’

यस्ताे छ ध्यानाकर्षण पत्रः

मितिः २०७८/०४/२१

श्रीमान कार्यलय प्रमुख ज्यू,
पाेखरा महानागरपालिका स्वास्थ्य महाशाखा ।

विषयः जनप्रिय बहुमुखी क्याम्पसका करिब ५५०० विद्यार्थीलाई खोपको ब्यबस्था गरियोस् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)आफ्नो स्थापना कालदेखि नै सामाजिक न्याय समतामूलक समाज निर्माण र बिद्यार्थीहरुको हकहित अधिकारको लागि लड्दै आएको नेपाली विद्यार्थी आन्दोलनको नेता संगठनको भएको जग जाएर नै छ।
त्रिभुवन बिश्वविद्यालयले संचालन गरेको स्नातक तहका विभिन्न परिक्षा जनप्रिय बहुमुखी क्याम्पसमा बर्षभरी नै हुने गर्दछ।कोरोना महामारीको यस विषम परिस्थितिमा समेत विद्यार्थीहरु बिना खोप परिक्षा दिन बाध्य भएका छन्। काठमाडौं उपत्यकामा रहेको १८ बर्ष देखि माथीका सबै विद्यार्थीलाई खोप पाइरहदा राजधानी बाहिरका परिक्षा दिइरहेका विद्यार्थीहरुलाई भने खोप नदिएर यो सरकारले असमानता र विभेद गरेको छ। यो सरकारको महाअसमानता हो, लाचारीपन हो। खोप बिना परिक्षा दिइरहेका विद्यार्थीलाई थप मानसिक असर परेको छ भने परिक्षा हलमा थप असुरक्षित महसुस भएका कारण पनि परिक्षा प्रभाबकारी भएको छैन। अनेरास्ववियु यस विषम परिस्थितिमा तत्काल विद्यार्थीहरुलाई सहज हुने पाएक पर्ने जनप्रिय क्याम्पस प्रङ्गणमा नै खोप केन्द्र राखी जम्मा विद्यार्थी संख्या ५५०० रहेकाले पहिलो प्राथमिकतामा नियमित तथा आंशिक परिक्षा दिने परिक्षा फारम भरेका, परिक्षा समय र तालिका आएका र प्रबेश पत्र भएका विद्यार्थीलाई साथै त्यसपछी सम्पुर्ण अध्यनरत विद्यार्थीहरुलाई अनिवार्य खोप लगाउमे ब्यबस्था गर्न जोडदार माग गर्दछ ।
हार्दिक अभिवादन सहित !!!

एमसिसी पास गर्दै देउवा सरकार: देशभर उच्च सुरक्षा सतर्कता सहित हाई अलर्ट ।

सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० जसरी पनि संसद्बबाट अनुमोदन गराउने तयारी थालेपछि गृह मन्त्रालयले सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा रहन निर्देशन दिएको छ। संसद्मा एमसिसी अनुमोदनका लागि पेस भएपछि देशव्यापी आन्दोलन चर्किने सम्भावनालाई ध्यानमा राखेर मन्त्रालयले चारवटै सुरक्षा निकायलाई यस्तो निर्देशन दिएको हो। ‘सामान्य अवस्थाबाहेक केही समस्या आउन सक्छ।

यो महिनाभरि नै हाई अलर्टमा रहनु, अहिले एमसिसीविरुद्ध आन्दोलन भइरहेको छ, भारतविरोधी आन्दोलन पनि चर्कन सक्छ। यी विषयलाई ध्यानमा राखेर सुरक्षा अवस्था मजबुत बनाउनु भन्ने निर्देशन छ’, उच्च सुरक्षा स्रोतले भन्यो, ‘सुरक्षा निकाय सधैं नै (२४ सै घण्टा) हाई अलर्ट रहन्छ तर पनि विशेष अवस्था आउन सक्छ भनिएको छ।’

एमसिसीका विषयमा सरकारी अधिकारीसँग छलफल गर्न एमसिसी उपाध्यक्ष फतिमा सुमार मंगलबार काठमाडौं आउँदैछिन्। सरकारले सुरक्षा निकायलाई हाई अलर्टमा मात्रै राखेको छैन, विज्ञप्ति जारी गरेर एमसिसी र भारतको विरोध नगर्न अपिल गरेको छ।

५० करोड अमेरिकी डलरको एमसिसी परियोजना नेपालमा लागु गर्ने विषयमा नेपाल सरकारसँग सन् २०१७ मा सम्झौता भए पनि संसद्बाट अनुमोदन हुन नसकेका बेला उपाध्यक्ष सुमारको नेपाल भ्रमण हुन लागेको हो। सुमारले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायतसँग भेटेर एमसिसी संसद्बाट अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गर्नेछिन्।

‘एमसिसी उपाध्यक्ष सुमार नेपाल आउने र त्यसकै भोलिपल्ट संसद् अधिवेशन बोलाउनुमा पनि अर्थ रहेको छ। सुरक्षा अवस्था कडा राख्न निर्देशन आउनुले पनि एमसिसी संसद्मा टेबुल हुने संकेत छ’, सुरक्षा निकायका एक अधिकारीले भने। यो समाचार नागरिक दैनिकमा छ ।

पोखराका व्यवसायी अशोक खड़का सहित ५० औ युवाहरू रास्ट्रिय युवा संघमा प्रवेश ।

पोखराका युवा ब्यबसायी अशोक खड्काको नेतृत्वमा ५८ जना युवाहरू विभिन्न पार्टी परित्याग गरी राष्ट्रिय युवा संघ नेपालमा प्रबेश गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको आयोजनामा आज ५८ जना युवाहरु एमालेमा प्रवेश गरेका हुन । नवप्रवेशीलाई नेकपा एमालेका पार्टी सचिव तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले खादा लगाएर स्वागत गर्नुभयो । त्यस्तै नवप्रवेशीलाई गण्डकी प्रदेशका सांसद तथा युवा संघका पूर्व अध्यक्ष राजिव पहारीले टीका लगाएर स्वागत गर्नुभयो भने संघका गण्डकी प्रदेशका अध्यक्ष महेन्द्र गुरुङ ले युवा संघका सदस्यता पत्र प्रदान गरेका थिए साथै रास्ट्रिय युवा संघ कास्की ज़िल्ला कमिटी अध्यक्ष पान बहादुर जिसिले स्वागत गरेका थिए ।

नवप्रवेशीलाई स्वागत गर्दै नेता गुरुङले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थकतामा पुर्याउन एमालेको अर्को विकल्पमा कुनै पनि राजनीतिक दल नभएको दावी गर्दै एमालेका युवाहरुले मुलुकलाई नयाँ गतिमा लैजान महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले नवप्रवेशीको योग्यता, क्षमता तथा दक्षताको आधारमा पार्टीले उचित जिम्मेवारी दिने समेत बताउनुभयो ।

प्रदेश सांसद राजीव पहारीले हिजोको जस्तो युवाहरूले अब देशको लागी ढूँगा टायर हुलहुज्जत गर्नुपर्ने अवस्था छैन अबको युवा शिक्षित, नया कुराको रचना अनी बिगतको बिरासतालाई जोगाउनु पर्ने कर्तव्य र पार्टी मजबुत बनाउन हरेक टोलटोल बाट लाग्न आग्रह गरेका थिए ।

त्यस्तै कार्यक्रमको अध्यक्ष तथा प्रदेश कमिटीका अध्यक्ष महेंद्र गुरुँगले अबको युवाहरू व्यवसायमा जोड़िनु पर्ने र सबै व्यवसायी युवाहरू युवा संघमा रहनु पर्ने बताए साथै आफ़नो व्यक्तिगत, पारिवारिक अनी सामाजिक जीवन को निम्ति जागीर या व्यवसायमा आवद्द हुनपर्ने बताए ।

ज़िल्ला अध्यक्ष पान बहादुर जिसिले सबै नव आगन्तुकहरूको जोड़ले थप ऊर्जा र हौसला अनी साहस मिलेको बताए साथै अब सबैजना एकजुट भएर देशको निम्ति लाग्न अनुरोध गरे ।

गण्डकीका अध्यक्ष महेंद्र गुरुँगले आफ़नो पदभार सम्हालेको समय देखी आज सम्म उनको मुख्य योजना र कार्य नै नया युवाहरूलाई रास्ट्रिय युवा संघमा जोड़न पहल गरेका छन र यसले सम्पूर्ण युवाहरू उनको पार्टी प्रतिको काम गर्ने शैलिको बारेमा प्रशंसा गर्ने गरेको युवा संघका एक ज़िल्ला नेता ले बताए ।

नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले गरे एमाले परित्याग ।

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । गौतमले आज साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजिनामा दिएका हुन् । गौतमले राजिनामा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएर फर्किएको स्वकीय सचिव दिपक टमाटाले जानकारी दिए ।

नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका गौतम नेकपा एकीकरणपछि पनि उपाध्यक्ष बनेका थिए । उनी नेकपा विभाजनपछि दुवै पक्षमा नलागी एकता अभियान चलाइरहेका थिए ।

एमाले ब्युँतिएपछि केही बैठकहरुमा भाग लिएका गौतमले पछिल्लो समय माधव नेपालले एमाले विभाजन गरेपछि नयाँ पार्टीमा लाग्ने घोषणा गरेका थिए । तर एकीकृत समाजवादीले जनताका बहुदलीय जनवाद छाडेको भन्दै उनले माधव नेपालसँग जवाफ मागेका छन् ।

गौतमले एमालेबाट राजिनामा दिए पनि अब के गर्ने भन्ने बताएका छैनन् । २०५४ सालमा एमाले विभाजन गरेर नेकपा माले गठन गरेका गौतमले २५ वर्षपछि पुनः एमाले छाडेका छन् ।

उनी राष्ट्रियसभाका सदस्य छन् भने पत्नी तुलसा गौतम प्रतिनिधिसभा सदस्य छन् । गौतम निकट नेताहरु यसअघि नै माधव नेपालको पार्टीमा गइसकेका छन् ।

नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघ पोखरा महानगरमा कपिल भण्डारी ।

नेपाल केन्पो खुकुरि मार्शल आर्ट्स संघ पोखरा महानगर कमिटीको भेलाले कपिल भण्डारीको अध्यक्षयतामा निम्न पदाधिकारी तथा सदस्यहरु रहेको कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा धुर्व थापा र निर्मल पौडेल, सचिव रेगन जिसि, कोषाध्यक्ष सन्तोष सुर्खेलि तथा सदस्यहरुमा क्रमश किशोर सुनार, अमृत लामिछाने, रमेश थापा र सञ्जिव न्याैपाने साथै बाँकी दुई जना महिला सदस्य पछि मनोनित हुने छन ।
भेलाको उद्घाटन संघका गण्डकी प्रदेश अध्यक्ष बिष्णु पुनले ब्यानर पढेर उदघाटन गरेका थिए ।
नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स सघ गन्डकीका अध्यक्ष बिष्णु पुनले नेपाललाई केन्पो खुकुरी मार्सल आर्ट्स खेलको माध्यम बाट विश्व बिजेता बनाउने अभियानका साथ अगाडि बढिरहेको कुरा बताउनु भएको छ। नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स सघ पोखराको प्रथम अधिबेशनलाई सम्बोधन गर्दै अध्यक्ष पुनले नेपाललाई आगामी ओलम्पिक सम्म सहभागी गराउने उदेश्य साथ यहि असोज ८ र ९ मा नेसनल च्यापियनसीप आयोजना गर्न लागिएको र सधै खेलाडी र खेल जगतलाई माथि उठाउन जस्तो सुकै भुमिका खेल्न तयार रहेको बताए र एउटा हस्पिटल बनाउन भन्दा खेल मैदान बनायर दक्ष खेलाडी, निरोगी नागरिक उत्पादनमा राज्यले जाेड दिन पर्ने बताए कार्यक्रममा नेपाल केन्पाे मार्शल आर्ट्स संघ कास्की जिल्ला का अध्यक्ष राजन सुवेदीले सबै खेल संघहरुलाई अब केन्पाेका साथिहरुले नेतृत्व गरि खेल का माध्यम बाट छुटेका टुटेका मन हरुलाई एउटै सुत्रमा बाध्नु पर्ने बताए नव निर्वाचित टिमलाई बधाई दिदै सुवेदीले याे टिमलाई सफल बनाउन ब्यक्तिगत रुपमा र संस्थागत रुपामा कास्की जिल्ला कमिटीले संघ्रसको अग्र भागमा रहेर समस्या संग जुद्ने प्रतिबद्धता ब्यक्त गर्दै अर्को फरक प्रशंगमा सुवेदीले काम कम गरियला तर खेल जगतले सम्झिरहने काम गर्ने बताए ।
कार्यक्रममा स्वतन्त्र बिध्यार्थी युनियन पाेखरा विश्व बिधालयका सभापति सुनिल क्षत्रीले शुभकामना मन्तब्य राख्दै केन्पाे काे प्रशंसा गरेका थिए कायक्रम मा खेलकुद महासंघ पाेखरा महानगर कमिटीका सचिव सुविन तिमिल्सिना ले पनि शुभकामना राख्नु भयकाे थियाे भने कार्यक्रम केन्पाे कास्की जिल्ला कमिटी का उपाध्यक्ष माेहन भट्टराईले सञ्चालन गरेकोे थिए र कार्यक्रम केन्पाे जिल्ला सचिव प्रदिप कडेलले स्वागत मन्तब्य राखेका थिए, कार्यक्रम महानगर कमिटिका संयाेजक कपिल भण्डारीको अध्यक्षतामा पोखरा २७ तालचोकमा भब्य समाहरोहका बिच सम्पन्न भएको थियो ।

त्यो निर्बल कलमको के काम? लेखक: सुनिल खड़का, पोखरा ।

कलमको के काम??


महाशाय
यदि भत्केको समाज
जोड्दैनौ भने
दुखेकौ मुटुको ब्यथा बुझ्दैनौ भने
जाती रोएको सुन्दैनौ भने
नारी उत्पिडनको चिच्याहट
तिम्रो कलमले थाहा पाउदैन भने
परिवर्तनको राँकोले
सिङ्गो देश डढ्दा
समृद्धिको आश्वसनमा
समग्र समाज भत्किदा
तिम्रो कलम चल्दैन भने
त्यो बिरामी

घाइते कलमको के काम ?
अन्याय र अत्यचारको बिरुद्धमा
उठ्न नसक्ने
भोक र अभावको बिरुद्ध
लड्न नसक्ने
साँचो बोल्न जिब्रो लर्बराउने
सत्य लेख्न कलम थर्थराउने
त्यो निर्बल लाछी
कलमको के काम ?

थप २ हजार ४ जनामा काेराेना पुष्टि, १६ जनाको मृत्यु

काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर दुई हजार चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६ सय ५८ पीसीआर परीक्षणमा १ हजार ६ सय १९ जना र ३ हजार ९ सय ९२ एन्टिजेन परीक्षणमा ३ सय ८५ जना गरी २ हजार ४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा नमुना परीक्षण गरिएकामध्ये १३ दशमलव ६७ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा कोरोना भाइरसको सङ्क्रमण हुनेको सङ्ख्या आठ लाख ५० हजार २ सय ८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार आठ सय ४६ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख २१ हजार एक सय ८२ पुगेको छ ।

हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३३ हजार ९ सय ४६ रहेको छ जसमध्ये ३१ हजार ६ सय १९ जना होम आइसोलेसनमा र २ हजार ३ सय २७ जना संस्थागत आइसोलेसनमा छन् ।

नेकपा (एकिकृत समाजबादी) पर्वतकाे अध्यक्षमा पाैडेल

पर्वत, नेकपा (एकीकृत समाजवादी) पार्टीको पर्वत जिल्ला अध्यक्षमा मोती पौडेल चयन भएका छन् । बुधबार कुस्मामा भएको भेलाले पौडेलको अध्यक्षतामा ७५ सदस्यीय संयोजन कमिटि गठन गरेको हो । यस अघि पाैडेल नेकपा एमाले पर्वत जिल्ला कमिटीमा १५ वर्षसम्म सचिबकाे जिम्ममेवारी समाल्दै अाएका थिए

भेलामा बोल्दै नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य चुडामणी जंगलीले केपी ओलीको अहंकारका कारण एमालेमा बिद्रोह गरि नयाँ पार्टी स्थापना गरेकाे बताए ।

कार्यक्रममा बाेल्दै अध्यक्ष पाैडेलले पार्टिले दिएकाे जिम्मेवारी सफलतापूर्ण ढंगबाट निर्भाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै जिल्ला कमिटीकाे मातहतमा रहने कमिटीहरूलाइ छिट्टै पूर्णता दिएर समाजबादकाे यात्रालाइ अगाडी बढाउने जानकारी दिए ।

​अनेरास्ववियू स्थायी कमिटी सदस्य सन्ताेष न्याैपानेले युवाहरूलाइ पार्टिले महत्वपूर्ण जिम्मेबारी दिएर समाजबादकाे यात्रालाइ रचनात्मक र प्रभावकारी रूपले अगाडी बढाउन लागेकाे जानकारी गराए ।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय