२०८३ असार १३ शनिबार

युवा स्वराेजगार काेषकाे कार्यकारी निर्देशकमा पूर्व बैंकर अधिकारी नियुक्त

काठमाडाैं । पूर्व बैंकर तथा अर्थविद विश्वमोहन अधिकारी युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशक नियुक्त भएका छन् । बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकले कास्कीका अधिकारीलाई काेषकाे कार्यकारी निर्देशकमा नियुक्त गरेकाे हाे ।

खुल्ला प्रतिस्पर्धामा अधिकारी उक्त पदका लागि पहिलो नम्बरमा सिफारिस भएका थिए ।

विभिन्न बैंकमा गरेर २५ वर्ष काम गरेका अधिकारीले तत्कालीन सिटी विकास बैंकका साथै सिटी विकास बैंक र ओम फाइनान्स मिलेर बनेकाे ओम डेभलपमेन्ट बैंकमा गरी १५ वर्ष प्रमुख कार्यकारी अधिकृतकाे रूपमा काम गरेका थिए । बैंकरका साथै उनी कलेजका प्राध्यापक पनि हुन् । उनी त्रिभुवन विश्वविद्यालय अन्तर्गतकाे जनप्रिय बहुमुखी क्याम्पसमा इन्टरपेनरसिप र बैकिङ विषयमा अध्यापन गराउँछन् ।

कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट सञ्चालन गरिने

काठमाडौं, भदाै १६ । कक्षा १२ को परीक्षा भदौ ३० गते हुने भएको छ ।

परीक्षा बोर्डको आज बसेको बैठकले गत साउनमा स्थगित परीक्षा भदौ ३० गतेदेखि शुरु गर्ने निर्णय गरेको हो ।

नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गरी विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म परीक्षा सञ्चालन गर्ने परिक्षा बाेडले जनाएकाे छ ।

कक्षा १२ मा झण्डै पौने चार लाख विद्यार्थी छन् । गत जेठमा तय भएको परीक्षा साउन ३१ गते शुरु गर्ने भनिए पनि कोरोना संक्रमण उच्च भएपछि रोकिएको थियो ।

बोर्डले अघिल्लो वर्ष ४० प्रतिशत मुल्याङ्कनका लागि परीक्षा लिएको थियो । तर यस वर्ष भने शतप्रतिशत नै परीक्षा लिने भएको छ ।

तामाङको लागी प्रवासी नेपाली मंचका शाहीद्वारा ३ लाख आर्थिक सहयोग अस्ट्रेलिया र अन्य देश बाट संकलन ।

प्रवासी नेपाली मँच अस्ट्रेलियाका केन्द्रीय सदस्य तथा दैलेखको दुर्गम गाऊमा जन्मिएका युवा समाजसेवी प्रेम शाही को बिशेस पहलमा धादिंङ ज़िल्ला खनियाबास गाउपालिका-कुरी, ३, की स्वस्तिका तामाङको लागी आगामी उच्च शिक्षाका लागी अस्ट्रेलिया लगायत अन्य देश बाट आर्थिक सहयोग जुटाएका छन । उनले अस्ट्रलिया बाट मात्रै नेपाली दुई लाख रुपैया आर्थिक सहयोग संकलन गर्न सफल भएका छन भने अन्य देश बाट पनी क़रीब एक लाख रुपैया आर्थिक सहयोग संकलन गरी कुल तीन लाख नौ हज़ार चार सय त्रीयानब्बे (३०९४९३) जम्मा गरेर नेपाल पठाएका छन । स्वस्तिका तामाङको शैक्षिक भविस्यको लागी उनले अस्ट्रेलियामा सबै संग अनुनय बिनय गरी सबै माझ स्वस्तिकाको अवस्थाको बारेमा बुझाए पश्चात सहयोगी मनहरूले आफ़ुखुसी सहयोग गरेका थिए ।
जस अन्तर्गत सहयोगीहरूको नामावली :-
1. Aasish Neupane – $51
2. Anil Khadka- $51
3. Arjun Tamang- Rs. 5000
4. Arun Gautam- $51
5. Arun Tiwari- $101
6. Ashim Koirala- $51
7. Asmita Chhetri- $50
8. Birodh Thing- $25
9. Chandu gh(shreema foundation)- $111
10. Chin Bahadur Nepali- $111
11. Dave Tamu – $111.11
12. Dipak Pahari- $55
13. Kamana Rai- Rs.10,000
14. Kinjal Regmi- $51
15. Krishna Gaire- $31
16. Krishna Sapkota- $25
17. Mandy KC- $51
18. Nabaraj Dhital- $55
19. Narayan Chaulagain- $51
20. Narayan Panthi- $51
21. Narbir Nembang- $150
22. Prakash Gubedi- $42
23. Prakash Panta- $50
24. Prashant Bhandari- $25
25. Prem Shahi- $117
26. Ramesh Pandey (Qld)- $51
27. Ramesh Pandey(NSW)- $51
28. Ramraja Ghale – Rs.2500
29. Sanam Gurung- $50
30. Shiv Prasad Paudel- $51
31. Sudarsan Rayamajhi- $105
32. Suman Bartaula- $30
33. Suraj Basnet- $51
34. Suraj Sharma- $51
35. Suresh Bogati- $51
36. SURESH REGMI- $71
37. Tarika Ho Guys- $230
38. Vishal KC- $25.11
39. Zeus Mali- $25.11
सहयोग अभियानमा एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष तथा न्यु साउथ वेल्स राज्यका संयोजक देब बहादुर गुरुँग, प्रवासी नेपाली मँच अस्ट्रेलियाका केन्द्रीय सदस्य अनिल खड़का, ब्रिसबेन बाट तरीक़ा हो गाइज नामक संस्था, अरुण तिवारी, अस्मिता क्षेत्री, सुदर्शन रायमाझीले आर्थिक सहयोग जुटाऊनका निम्ति आर्थिक सहयोग सहित बिशेस आव्हान र सहयोग गरेका थिए । आर्थिक सहायोग संकलन सम्बन्धित नेपालका पंचबहादुर तामाङको बैंक खातामा प्रदान गरिसकेको छ भने संकलनको क्रममा लक्ष्मण तामाङ साउदी अरब बाट एकहत्तर हज़ार रुपैया र प्रेम शाहीको पहलमा अमेरिका बाट समेत १० हज़ार र भारत बाट समेत संकलन गरी क़रीब तीन लाख रक़म प्रदान गरेका थिए ।

उता नेपाल स्वस्तिका तामाङको पढ़ाईको निम्ति सम्बन्धित व्यक्ति र कलेज पक्ष बिच सहमति पत्रमा हस्ताक्षर भएको छ । यसले दुई पक्ष लाई नै बिश्वस्त हुदै तामाङको भविस्य प्रति उच्च लगाव देखीएको छ र अब भने उनले आफ़नो उच्च शिक्षा हासिल गर्न पाउने भएकी छिन यो अभियानलाई सफल पार्न बिशेस भूमिका निर्वाह गर्नुहुने र सहयोग गर्नुहुने प्रति सबैमा बिशेस धन्यवाद सहित यहाँहरूको साथ ले नै स्वस्तिकाको इच्छा पूरा गरीएको अभियानका अभियानकर्ता शाहिले र पंच बहादुर तामाङले बिश्वपाटि संग बताए ।

तिम्रो अंक गणितले मेरो सुन्यता मेटाउन कदापि सक्दैन । ✍️ मिलन खड़का

“सायद संगतले कोहि परिवर्तन हुन्थ्यो भने काडा पनि किन फुल हुन्थ्यो !

“सुख दुखमा साथ् निभाउन फुल संग सिक्नुपर्छ जन्ती होस् या मलामी साथ दुबैलाई दिन्छ !!”??

“सायद तिम्रो कथामा म नमागिएको पात्र थिए की ……
त्यसैले त तिम्रो र मेरो कुनै इतिहास, बनेन !! मनसुन”???

“”एउटा अधुरो निन्द्राले एक दिन मात्रै पिर्छ तर कुनै एक अधुरो सपनाले जिन्दगीभर !!”??

कसै संग परिचय गर्दा खेरि टाढाको साइनो लगाउनु, मुटुमा राख्यो भने पनी धेरै तडपाउछन ।

“चाहे जोड होस या घटाउ तिम्रो अंक गणितले मेरो सुन्यता मेटाउन कदापि सक्दैन !!”?

लेखक: मिलन खड़का
पोखरा, कास्की ।

श्री कृष्ण मावि पोखरामा सेवाका लागी युवा नामक संस्था द्वारा स्वास्थ सामग्री हस्तान्तरण।

२०७८÷०५÷१३, पोखरा, सेवाका लागी युवा नेपाल द्वारा श्री कृष्ण मावि पोखरा-७, मासबारमा कोरोना बिरुद्धको अभियान अन्तर्गत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
सेनिटाईजर(१०लि.), थर्मल गन(१ थान), अक्सिमिटर(१ थान) साथै मास्क(१० प्याकेट) लगायतका स्वास्थ सामग्रीहरु यस विद्यालयलाई हस्तान्तरण गरेको छ ।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा सेवाका लागी युवा नेपाल का अध्यक्ष असिल कुमार शाहिले वर्तमान युवाहरु विकृति र विसंगति तिर उन्मुख भएकाले उनिहरुलाई सुमार्गमा ल्याउन साथै संस्कृति र संस्कारलाई जगेर्ना गर्न युवाहरुलाई प्रोत्साहन गर्न प्रेरित यो संस्था जन्मेको र यो संस्थाले शिक्षा र स्वास्थय मा महत्वपूर्ण गतिविधिहरु गर्दै आएको चर्चा गर्नुभयो । कार्यक्रममा संस्थाका महासचिव प्रेम साकार र अन्य पदाधिकारीहरू र सदस्य लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा श्री कृष्ण माध्यमिक विद्यालयका प्र. अ. श्री टिकाराम लामिछाने ले स्वागत मन्तव्य संगै सरकारी बिद्यालयलाई यस्तै दाताहरूको सहयोगले नै संचालन हुने र बिशेस गरी स्वास्थ्य र शिक्षामा लगानी गर्ने हरेक संस्थाले समाजमा एकखालको सकारात्मक सोचको बिकास अनी सफलताको यात्रामा लाग्ने भन्दै धन्यवाद सहित संस्थाको सफलताको शुभकामना व्यक्त गरेका थिए साथै उपस्थित सबैमा आभार प्रकट व्यक्त समेत गरे ।
कार्यक्रमको अध्यक्षता गर्दै विद्यालयका व्यवस्थापक समितिका अध्यक्ष पुरषोतम रेग्मीले सहयोगको लागी आभार व्यक्त गर्दै आगामी दिनहरू मा पनि आवश्यक सहयोगको निरन्तरताको लागी पनि अनुरोध व्यक्त गर्दै संस्थाप्रति ख़ुशी व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको संचालन विद्यालयका सहायक प्राचार्य दिनेश वरालले सवल युवाहरू नै समाजको परिवर्तक अनी बिकासको पर्याय र सेवाको भावले चालीएका हरेक पाइलाहरू अवश्य एकदिन गन्तव्यमा पुग्ने बताए र संस्थाका सम्पूर्ण सदस्यहरूमा धन्यवाद व्यक्त सहित शुभकामना व्यक्त गरेका थिए भन्ने जानकारी बिद्यालयका प्राविधिक शिक्षा प्रमुख एवं प्रेस संयोजक सुनिल खडकाले जानकारी दिनुभयो ।

राप्ती प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

भदौ १३, दाङ । राप्ती प्रादेशिक अस्पतालका चिकित्सक तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । प्रादेशिक अस्पतालसहित तुलसीपुरका निजी तथा सरकारी अस्पतालमा कार्यरत चिकित्क तथा स्वास्थ्यकर्मीले आइतबार विरोध गर्दै सडकमा निस्केका हुन् ।

राप्ती अस्पतालका स्वास्थ्यकर्मीहरु आईसीयू सेवा, डायलासिस सेवा, प्रसूति सेवा र इमर्जेन्सी सेवा बाहेकका सेवा ठप्प पारेर आन्दोलित भएका हुन्।

बिहान तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालबाट सुरू भएको विरोध र्‍यालीले बजार परिक्रमा गरेको थियो। उनीहरूले दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन्।

र्‍यालीमा मेसु सिंह, राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद शर्मा, कोरोना विषेश अस्पताल बेलझुण्डीका व्यवस्थापक द्रोण वलीसहित विभिन्न निजी क्लिनिकमा कार्यरत डाक्टर, नर्स र स्वास्थ्यकर्मीको सहभागिता थियो। अस्पतालका डाक्टरमाथि दुर्व्यवहार भएपछि उक्त घटनाका दोषीलाई कार्बाहीको मागसहित उनीहरूले बजार परिक्रमा गरेका हुन् ।

शुक्रबार दिउँसो २ बजेतिर सर्जन परियार, दिवस क्षेत्री, गणेश खड्कासहितका युवाहरूले डा. सिंहमाथि दुर्व्यवहार गरेका थिए ।

चिकित्सकको आन्दोलनका कारण सेवा अवरुद्ध हुँदा अस्पतालमा आउने बिरामीले सास्ती पाएका छन् । अस्पतालमा अन्य सेवा बन्द गरेर उनीहरु आन्दोलनमा हुँदा उपचारका लागि अस्पतालमा आएका बिरामीहरु त्यसै फर्किन बाध्य भएका हुन् ।

दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सेवा नरोक्न आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आग्रह गरेका छ्न ।

नेविसंघ पिएन क्याम्पस र लाइन्स क्लब अफ पोखरा अंजुलीको बृहत् रक्तदान कार्यक्रम ।

लायन्स क्लब अफ पोखरा अंजुलीको आयोजनामा नेपाल बिद्यार्थी संघ पृथ्वी नारायण क्याम्पस कमिटीको व्यवस्थापन र वि क्यान डु नामक सस्थाको सहयोगमा पृथ्वी नारायण क्याम्पस प्रांगणमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा वडा नम्बर १ का वडा अध्यक्ष सारदा कुमारी पराजुलीले लायन्स क्लबले हरेक दिन हरेक कार्यक्रम समाजको हितको निम्ति कार्य गर्दै आएको छ र आम मानिसमा सबै भंदा राम्रो र उचित काम मध्यको रक्तदान पनी एउटा हो जसले जीवन बचाऊने काममा पाइला चालेको छ यो प्रति बिशेस आभार अनी सहयोगी संस्था र उपस्थित सबैमा आफ़ुले वडामा जनताको हित र बिकास गर्दै आएको र यो अभियानमा सबैले साथ दिदै आऊनु भएको र आगामी दिनमा समेत सहयोगको अपेच्छा रहेको बताए ।

कार्यक्रमको अध्यक्षता गर्दै लायन्स क्लब अफ पोखरा अंजुलीका अध्यक्ष बिना पाईजाले लायन्स क्लबले सदैब समाज र जनताको निम्ति सबै एकजुट भई बिभिन्न कार्यक्रम मार्फत सकेको सहयोग गर्दै आएको र आजको यो रक्तदान कार्यक्रममा बिशेस धन्यवाद नेविसंघ पिएन क़्याम्पस र वि क्यान डु जसले सहयोगी र व्यवस्थापकको रुपमा संगै सम्पूर्ण रक्तदाता अनी उपस्थिति सम्पूर्णमा हार्दिक आभार सहित आगामी दिनहरूमा समेत यस्तै खालका सामाजिक कामहरू गर्ने र अन्य संस्थाहरू द्वारा गरीएको सहयोगले थप सहज हुने कुरा बताए ।

नेपाल बिद्यार्थी संघ पृथ्वी नारायण क्याम्पस कमिटीका सभापति गौरव बरालले स्वागत मन्तव्य व्यक्त गर्दै नेविसंघ केवल नेपाली कांग्रेशको बिद्यार्थी संघ मात्रै नभई बिद्यार्थी, समाज अनी मुलुकको बृहत्तर हित र बिकासको निम्ति लागी पर्ने बिद्यार्थी संगठन हो साथै शिक्षा संगै साथै अबको बिद्यार्थी आन्दोलन केवल हुल दंगा मात्र नभई शैक्षिक, सामाजिक र आर्थिक क्रान्ति संग जोड़नु पर्ने हूँछ जसले सबैको भलो हुने गर्छ त्यसैले नै रक्तदान कार्यक्रमको आयोजना गरी एक पुण्यको काम गर्न सफल भएको बताए ।

कार्यक्रममा कुल १०६ युनिट रगत संकलन भएको थियो । कार्यक्रममा क़रीब १५० जनाको उपस्थितिको रहेको थियो । कार्यक्रममा लायन्स क्लबका बिभिन्न तहका व्यक्तिहरू साथै नेविसंघका ज़िल्ला नेता, क्याम्पस कमिटीका पदाधिकारीहरू सहित बिभिन्न बिद्यार्थी नेताहरूको उपस्थिति रहेको थियो ।

स्वास्थ्यमा निजिकरण बन्द गर्न अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशद्वारा सरकारलाई ध्यानाकर्षण(विज्ञप्ति सहित) ।

पोखरा

अखिल क्रान्तीकारी गण्डकी प्रदेशले निजिकरणको विरोध गर्दै प्रेस विज्ञप्ती निकालेको छ । २०५१ सालमा ४९ वर्षपछी नेपाललाइ हस्तान्तरण गर्नेगरी भारतीय लागानिकर्तासंग सम्झौता भइ संचालित पोखराको मणिपाल शिक्षण अस्पताल बेचेर व्यापारी केन्द्र बनाउन ठिक्क पारियको छ भन्दै सरकारको गम्भिर ध्यानाकर्डण गराउँदै स्वास्थ्य क्षेत्रमा निजिकरण बन्द गर्न आव्हान गरको छ ।

विज्ञप्ति

हाम्रो महान तथा गौरवशाली संगठन अनेरास्ववियू(क्रान्तिकारी) गण्डकी प्रदेश अग्रज विर शहिद, वेपत्ता ,घाइते योद्दाहरुको त्याग समर्पण र बलिदानको जगमा सधै अग्रगमन र परिवर्तनको धारको रुपमा स्थापित लोकप्रिय तथा नेतृत्वदायी संगठन रहेको सबैमा सर्वबिदितै छ | विद्यार्थी आन्दोलनवाट प्राप्त उपलब्धिको रक्षा तथा कार्यान्वयन र बिधार्थीको हकहित,अधिकारको लागि हामि सधै संघर्षको मैदानमा छौं |

पोखरामा कहिले फेवाताल मिचिने त कहिले सार्वजनिक प्राकृतिक सम्पदा कौडिको भाउमा निजि क्षेत्रलाइ सुम्पन खोज्ने कुरा नौलो होइन ।

यसैबीच २०५१ सालमा ४९ वर्षपछी नेपाललाइ हस्तान्तरण गर्नेगरी भारतीय लागानिकर्तासंग सम्झौता भइ संचालित पोखराको मणिपाल शिक्षण अस्पताल बेचेर व्यापारी केन्द्र बनाउन ठिक्क पारियको छ |

राज्यलाइ अर्बौ रकम अस्पतालले कर वापत तिर्न बाकि रहेको छ । स्वत सरकारको मातहत आउने शिक्षण अस्पतालको सम्झौता रातिराति गरिनुले यसमा भयकंर षडयन्त्र लुकेको छ यसको खुलासा केहि दिनमा हुनेनै छ सरकारिकरण हुन ठिक्क भयको संश्था निजीकरणको प्रपन्चमा धकेलेर मानिसको स्वास्थ्यलाइ व्यापार मात्र गर्ने र सम्झने घृणित सपनालाइ घोर भर्षना गर्दछौ ।

आम मानिसको पहुच भन्दा बाहिर यो संस्थालाइ पुर्याउन खोजिदैछ भन्ने कुरा अब कहि लुकायर लुक्न सम्भब छैन ।
यदि यो सम्झौता रोकियन अगाडी बढाइरहियो र जनताको स्वास्थ्य सेवा माथि खेलाचि गरिरह्यो भने

निजीकरण हुनवाट जोगाउन सारा सचेत युवा बिधार्थीहरु प्रतिरोधमा आउन बाध्य हुनेछौ !

निजिकरण मुर्दाबाद !
स्वास्थ्य सेवा माथिको दोहन बन्द गर !

क्रान्तिकारी अभिवादन सहित !

सुर्य तारा क्लबद्वारा गण्डकी प्रदेश स्तरीय गण्डकी तारा नृत्य प्रतियोगिता आयोजना गर्ने ।

सुर्य तारा क्लब तालचोक, पोखरा, गण्डकीले गण्डकी प्रदेश स्तरीय खुल्ला नृत्य प्रतियोगिता (गण्डकी-तारा) २०७८ आयोजना गर्ने भएको छ ।

कार्यक्रम मा गण्डकी प्रदेश को ११ जिल्ला बाट सहभागी गराउने र कार्यक्रमा लाई निकट भविस्यमा गण्डकी प्रदेशको नमुना कार्यक्रम बनाउने गरी तयारी गरीएको जनाइएको छ । हाल सम्म प्रतियोगिताको निम्ति निणायक मण्डल के कसरी र कसलाइ ज़िम्मेवारी दिने भन्ने विसय र बाक़ी पुरस्कार र आवश्यकीय पूर्वाधार, लागत अनी सम्पूर्ण विवरण सहित छिट्टै पत्रकार सम्मेलन मार्फत जानकारी गराउने भएको छ ।
गण्डकि तारा प्रतियोगिता यही आऊदो कार्तिकको अन्तिम हप्ता बाट सुरु हुने र मंसिर २१ मा समापन हुने जनाइएको छ । कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गर्नका निम्ति बिभिन्न उपसमितीहरू गठन गरीएको छ जसमा यातायात, सुरक्षा, अतिथि, भोजनालय, पुरस्कार, साउण्ड सिस्टम, आदि रहेको छ ।
कार्यक्रमको एक मात्रै उद्देश्य गण्डकी प्रदेश भित्रको हरेक युवाहरूलाई संस्कृति संग जोडेर नेपालको संस्कृति जगेर्ना गर्न सकिने र युवाहरू बाट आगामी यस क्षत्रमा राम्रो कलाकार उत्पादन गर्न सकिने क्लबका आजीवन सदस्य राजन सूबेदिले बताए । राजन सुबेदी स्वयं आफै कलाकार समेत हुन उनले बिभिन्न लोक दोहोरि एल्बम र बिभिन्न गीतमा संगीत समेत दिएका छन । बैठकमा आफ़नो भनाइ राखदै क्लबका अध्यक्ष विष्णु पुनले गण्डकी प्रदेश देशकै आर्थिक, पर्यटन र कलकारिता क्षत्रमा बिगत देखी नै लामों इतिहास राखन सफल क्षत्र हो र यस क्षत्रलाई अझ बिकास र टेवा पुर्याउने हेतुले यो प्रतियोगिता आयोजना गर्न लागीएको बताए । उक्त कार्यक्रमको मुल आयोजक कमिटिको संयोजक बिष्णु पुन रहेका छन ।

सवारीचालक अनुमतिपत्र ‘लाइसेन्स’ लिनेलाई खुसीको खबर, परीक्षा सुरु हुँदै ।

काठमाडाैं । कोरोनाभाइरस महामारीका कारण स्थगित गरिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा सञ्चालन गर्ने गरि यातायात व्यवस्था विभागले तयारी गरेकाे छ।

विभागले लाइसेन्सका लागि परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड तयार पारेर त्यसैअनुरूप परीक्षा सञ्चालन गर्नका लागि देशभरिका यातायात कार्यालयहरूलाई पत्राचार गरेको छ।

नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड लागु गराउन सकिने गरि कार्यालयके जनशक्ती र परिक्षा सञ्चालनका लागि आवश्यक भवन र परिक्षा हलको उपलब्धताका अधारमा एक सिफ्टमा प्रतिकोठा २५ जना वा परिक्षा हल ठुलो भएमा स्वास्थ्य मापदण्ड पालना गर्ने गरि परिक्षार्थीलाइ परिक्षामा सामेल गराउन सकिने उल्लेख गरको छ ।

विभागले डेढ महिनाअघि नै परीक्षा सञ्चालन गर्ने गृहकार्य अघि बढाएको भए पनि सबै किसिमका परीक्षा सञ्चालन गर्नमा रोक लगाइएको अवस्थामा त्यो अघि बढ्न सकेको थिएन।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय