२०८३ असार १३ शनिबार

के हुन मन छ !!!! लेखक: बिमल सुबेदि (GOLDEN 🐝)

म भित्र छ…..
एउटा बिचार,एक सोच,एक बिवेक सायद एक चेतना तर पनि म ब्युझन्छु तर तन्द्रामा ! रिशको एक भुङ्ग्रामा,कहिलेकाहि म नै जागृत हु कि भन्ने जस्तो भाम लाग्छ ।कहिलेकाहि मेरो मन ब्रम्ह मान्छ यो कस्तो प्रपञ्च..,आफैले म आफैसंग सोध्छु कि म को हु ? म मनै हो त भन्ने जस्तो पनि लाग्छ अनि म को अर्थ नै भाग्दछ म आफैबाट!!
अहो यो जगत बुझ्नै गाह्रो…
कुर्दै छ त केवल मृत्युको झटारो…!!!!

म विलाएको तारा हु !!!!!
यो विशाल आकासबाट नसम्झनु कसैले पनि कि म हराए,डराए…किनकि चल्दैछ म भित्र एउटा नराम्रो घर्षण,संघर्ष,चाप अनि ताप ! त्यो भन्दा अघि नआउनु मेरोनजिक कोहिपनि किनकि म निल्न सक्छु,तान्न सक्छु ! म भित्रको मेरो अध्यारोको घेरामा कहि न कहि बाध्न सक्छु । त्यसैले..पर्ख पर्ख हतार नगर यहा कुनै मेलालागेको होइन ! केहि समय धैर्य गर म उदाउनेछु पक्कै पनि भरोसा गर !!!

त्यसैले……
के हुन मन छ ?
मलाइ म हुन मन छ
खोज्दैछु नमन को छ
यो म हुन खोज्नु पनि
म मै घमण्ड हुनु हो
त्यसैले मलाइ अब
म गुमाउनु छ
भित्रको म
बाहिरको म
तादात्म्य हुनु छ
साच्चै भनुम
मलाइ चित्र होइन चरित्र जोड्नु छ !
ध्रुवलाइ चिर्नु छ
एक्लै म हिड्नु छ
हो मलाइ अरु होइन
निखर आफुलाइ बुझ्नु छ………!!!!!!!!!!

कक्षा १२ को परीक्षा भदौ अन्तिममा हुने ।

कोभिड–१९ को उच्च जोखिमका कारण अन्तिम समयमा स्थगित गरिएको कक्षा १२ को परीक्षा भदौ अन्तिम सातादेखि सञ्चालन गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ का विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोप उपलब्ध गराउने व्यवस्था गरेपछि बोर्डले परीक्षा सञ्चालनको तयारी गरिरहेको बोर्डका सदस्य सविच दुर्गा अर्यालले बताए।

‘बोर्डले सरकारसँग विद्यार्थीलाई खोप उपलब्ध गराउन माग गरेको थियो,’ उनले भने, ‘सोही अनुसार पौने चार लाख विद्यार्थीलाई मन्त्रालयले खोपको व्यवस्था गरिसकेको छ। अब एक साताभित्र परीक्षाको नयाँ तालिका सार्वजनिक गर्ने गृहकार्य भइरहेको छ। विद्यार्थीको भौतिक उपस्थितमै तीन घन्टाको परीक्षा सञ्चालन गरिने तयारी छ।’ उनकाअनुसार परीक्षा केन्द्र तोक्ने, जनशक्ति व्यवस्थापन, प्रश्नपत्र तयारी, ढुवानी तथा केन्द्राध्यक्षलाई परीक्षा सञ्चालन र व्यवस्थापनबारे अभिमुखिकरण गर्ने लगायतका सम्पूर्ण कार्य यसअघि नै सम्पन्न भएकाले परीक्षा सञ्चालन गर्न थप सहज हुने बोर्डको भनाइ छ।

‘कक्षा १० सम्म सञ्चालन भएका देशभरि ११ हजार ६ सय विद्यालय छन्। कक्षा १२ सञ्चालन भएका ४ हजार ३१५ विद्यालय छन्,’ सदस्य सचिव अर्यालले भने, ‘कक्षा १२ का धेरै विद्यार्थी भएकाले बोर्डले कक्षा १० र १२ सञ्चालन भएका सबै विद्यालयलाई परीक्षा केन्द्र बनाउने तयारी गरेको छ।’ स्वास्थ्य मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गरिने बोर्डको भनाइ छ। गत साउन ३१ गतेदेखि सुरु हुने भनिएको परीक्षा कोरोना भाइरसका कारण अन्तिम समयमा स्थगित भएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोपको व्यवस्था गरि परीक्षा सञ्चलानको तयारीमा जुटेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताए। उनले बिहीबार स्वास्थ्य तथा शिक्षा समितिको बैठकमा कक्षा १२ का सबै विद्यार्थीलाई खोपको व्यवस्था गर्ने काम भइरहेको जानकारी दिए। ‘जापानबाट प्राप्त भएको १६ लाख डोज खोपमध्ये कक्षा १२ का विद्यार्थीलाई आवश्यकताको आधारमा उपलब्ध गराइरहेका छौं,’ स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले भने, ‘सबै विद्यार्थीलाई खोप पुग्छ त्यसैले अब भदौ अन्तिम साता परीक्षा सञ्चालन गर्ने हाम्रो तयारी छ।’ नागरिक दैनिकबाट

के तपाइले सेक्स गर्दा छिटो वीर्य स्खलन बाट तनावमा हो भने अब छुटकारा ।

✍️✍️
यही नै हो भनेर भन्न सकिने अवस्था नभए पनि अहिले शीघ्र स्खलनको मूल कारण मानसिक भएको पाइन्छ।
कतिपय मानिसमा यौनसम्पर्क वा क्रियाकलापमा ‘राम्रो’ गर्न नसक्नु गम्भीर चिन्ताको कारण हुनसक्छ।

शीघ्र स्खलन के हो ?
किन्सेले गरेका प्रसिद्ध अध्ययनमा योनिमा लिङ्ग प्रवेश गराएको दुई मिनेटभित्रै ७५ प्रतिशत पुरुषको चरमसुख पाएको देखिएको थियो। शीघ्र स्खलनलाई कसरी परिभाषित गर्ने भन्ने कुरामा वैज्ञानिकहरूबीच बहस पनि नभएको होइन। ३० सेकेन्डमै वा एक मिनेटभन्दा कम समयमा वा ५ देखि १० धक्कामै वीर्यस्खलन भए छिटो स्खलन भएको भनेर परिभाषित गर्ने प्रयास भए पनि अहिले आफू तथा आफ्नो यौनजोडीले चाहेको समयभन्दा निरन्तर रूपमा चाँडो वीर्यस्खलन भए त्यसलाई छिटो वीर्यस्खलन भएको स्थिति अर्थात् शीघ्रस्खलन मान्न थालिएको छ। यौनसम्पर्कलाई कति समय लम्ब्याउने भन्ने कुरा यौन जोडीमा भर पर्छ। महिलालाई चरमसुखको स्थितिसम्म पुग्न केही बढी समयलाग्न सक्छ, त्यसैले पुरुषले लिङ्ग प्रवेश गराएर यौनसम्पर्क सुरु गर्नुभन्दा पहिले पर्याप्त मात्रामा पाक्क्रीडामा संलग्न हुन सके सहयोग पुग्छ।

प्रायः सबैजसो पुरुषले आफ्नो जीवनको कुनै न कुनै समयमा शीघ्र वीर्य स्खलन भएको अनुभव गरेका हुन्छन्। घर्षण नै गर्न नपाई वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्यामध्ये सबैभन्दा बढी पाइने समस्या हो। यसको पक्का कारण यही नै हो भनेर भन्न सकिने अवस्था नभए पनि अहिले शीघ्र स्खलनको मूल कारण मानसिक नै भएको पाइन्छ। कतिपय मानिसमा यौनसम्पर्क वा क्रियाकलापमा ‘राम्रो’ गर्न नसक्नु गम्भीर चिन्ताको कारण हुनसक्छ। आफ्नी श्रीमती वा यौन जोडीलाई सन्तुष्ट पार्न सक्दिनँ कि भन्ने चिन्ताले यो समस्यालाई अझ बढाउँछ।

विरलै भए पनी कतै यस्तो समस्याको कारण त होइन भनेर केलाउन पनि बिर्सनु हुँदैन। अक्कल झुक्कल शीघ्र स्लखन हुँदा चिन्ता गर्नु आवश्यक छैन। शीघ्र स्खलनको समस्या नियमित रूपमा हुन थाल्यो भनेसमाधानको उपाय खोज्नुपर्ने हुन्छ। यो समस्यालाई कम गर्न आफैंले गर्न सकिने केही उपाय छन्,

त्यसका बारेमा छोटकरीमा चर्चा गरौं।यौनसम्पर्क रोक्ने, सुरु गर्नेः यौनसम्पर्क गरिरहँदा स्खलन होलाजस्तो भएपछि तुरुन्तै योनिबाट लिङ्ग बाहिर झिकेर केही बेर यौनक्रीडालाई रो क्ने र उत्तेजना केही कम भए पछि पुनः सुरु गर्ने।
आसन परिवर्तन गर्नेः लोग्नेमान्छे माथितिर र महिला तलको सट्टा महिला माथितिर बसेर सक्रिय भै यौनसम्पर्क गरे शीघ्रस्खलन कम गर्न मद्दत पुग्छ।

लिंग अँठयाउनेः स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिंग बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अठ्याउने र वीर्य स्खलन हुन नदिने। केही बेरमा उत्तेजना केही कम भएपछि पुनः यौनक्रीडा सुरु गर्ने।
कन्डम प्रयोग गर्नेः कन्डमको प्रयोगबाट पनि कतिपयलाई शीघ्र स्खलनको समस्या कम गर्न मद्दत पुगेको छ। यस्तो बेलामा चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाइदा पुर्‍याउँछ।

मांसपेशीको प्रयोग गर्नेः पिसाब आउँदा रोक्न प्रयोग गर्ने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके पनि फाइदा पुग्छ।वीर्य स्खलन नियन्त्रणको अभ्यासः दीर्घकालीन उपचारका लागि यो सहयोगी हुनसक्छ। हस्तमैथुन गर्ने र वीर्य स्खलन होलाजस्तो भएपछि रो क्ने र उत्तेजना केही कम भएपछि पुनः हस्तमैथुन सुरु गर्ने, फेरि वीर्य स्खलन होलाजस्तो भएपछि रोक्ने र यो प्रक्रिया दोहोर्‍याउने। वीर्य स्खलनलाई राम्रोसँग नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि आफ्नो यौन साथीसँग यौनसम्पर्करहित यौन क्रियाकलापमा संलग्न हुने तर यौ नसम्पर्क भने नगर्ने। वीर्य स्खलन होलाजस्तो भएपछि क्रियाकलाप रोक्ने र उत्तेजना केही कम भएपछि पुनः सुरु गर्ने। आफ्नो यौन साथीसँग पहिले कुनै चिप्लो पदार्थ प्रयोग नगरी र पछि चिप्लो पदार्थ प्रयोग गरेर यस्तो क्रियाकलापमा संलग्न हुने।

अब वीर्य स्खलनमा पर्याप्त नियन्त्रण भयो जस्तो लागेपछि लिङ्गलाई बिस्तारै भगक्षेत्र -योनिक्षेत्र) मा स्पर्श वा हल्का घर्षण गर्ने तर यौन सम्पर्क भने नगर्ने। वीर्य स्खलन होलाजस्तो भए उक्त क्रियाकलाप गर्न रोक्ने र उत्तेजना केही कम भएपछि पुनः सुरु गर्ने। वीर्य स्खलनलाई पर्याप्त नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि माथि भनिएजस्तै पहिले श्रीमती बढी सक्रिय हुने गरी यौनसम्पर्क सुरु गर्ने। अनि वीर्य स्खलनको नियन्त्रण गर्न सकिने स्थिति वा क्षमता हेर्दै विविध उपाय अवलम्बन गर्दै यौनसम्पर्कलाई अघि बढाउने।

समय र धैर्यता निकै लाग्ने भए पनि वीर्य स्खलन नियन्त्रणमा यी अभ्यास निकै लाभदायक हुन सक्छन् र यसमा पुरुषलाई यौन साथीको पर्याप्त सहयोग पनि चाहिन्छ।

नेकपा एकीकृत समाजवादी सरकारमा जान्छ : माधव नेपाल

१० भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारमा सहभागी हुने बताएका छन्।

नयाँ दलले मान्यता पाएपछि आयोजित पहिलो पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सरकारमा जाने बताएका हुन् ।

सत्तारुढ गठबन्धनमा आफूहरु भए पनि हिजोका दिनमा भन्न गाह्रो भएको भन्दै उनले अघि भने, ‘हामी अवश्य पनि सरकारमा सहभागी हुनेछौं, पहिलेदेखि नै हामी गठबन्धनमा थियौं तर औपचारिक रूपमा ५ दल भन्न मिलेको थिएन। अब ५ दलीय गठबन्धन अगाडि बढ्छ।’

नेकपा एमालेको प्रवक्तामा योगेश भट्टराई ।

काठमाडौं, ९ भदौ

एमाले प्रवक्ताको जिम्मेवारी योगेश भट्टराईले सम्हालेका छन् । उनले आजदेखि औपचारिक रूपमा प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् ।

मंगलबार बसेको एमाले स्थायी समिति बैठकले पार्टीका संरचना २ जेठ ०७५ कै अवस्थामा ब्यूँताउने सहमति गरेसँगै बुधबारदेखि भट्टराई प्रवक्ताकै जिम्मेवारीमा फर्किएका हुन् । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनुअघिसम्म भट्टराई पार्टी प्रवक्ताकै जिम्मेवारीमा थिए । मंगलबारसम्म प्रदीप ज्ञवाली पार्टी प्रवक्तामा थिए ।

मंगलबार सम्पन्न स्थायी समिति बैठकले गरेका निर्णयबारे जानकारी गराउन आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ताका हैसियतमा भट्टराईले जिम्मेवारी सम्हालेर पार्टी २ जेठ ०७५ कै अवस्थामा पुगेको सन्देश दिन खोजेका छन् ।

ब्ल्याकटाउन नेपलिज कम्युनिटी सिड्नीको अध्यक्षमा सिताराम घिमिरे ।

✍️✍️ मेलबर्न,
अस्ट्रेलियाको, सिड्नीमा पश्चिमी क्षेत्रमा पर्ने ब्ल्याक टाउन काउन्सिलमा बस्ने नेपालीहरुको साझा संस्थाको रुपमा सन २०१६ मा स्थापित भइ बिबिध सामाजिक एबं परोपकारी कार्यमा अग्रिणी भूमिका खेल्दै आइरहेको ब्ल्याकटाउन नेपाली कम्युनिटीको तेस्रो साधारण सभाले सिताराम घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । समितिको उपाध्यक्षमा सरास्वती घिमिरे र दिपेन्द्र उप्रेती, सचिबमा प्रकृति श्रेष्ठ, सहसचिबमा बिशाल पोख्रेल र कोषाध्यक्षमा निराजन बिसुराल रहेका छन् । त्यस्तै सदस्यहरुमा शैलेन्द्र कार्की, मदन देउराली, रुप राज मैनाली, रोशन लामिछाने, दीपा जोशी, दिपक अर्याल, अनिता श्रेष्ठ, अनिल पोख्रेल, शर्मिला शर्मा र सुनिल मानन्धर रहेका छन्।
कम्यूनिटीले सन २०१९ देखी संचालनमा ल्याएको सम्झना पाठशालाले यस क्षेत्रका नेपाली समुदायका बालबालिकाहरू लाई नेपाली भेस-भुसा, भाषा, लगाएत नेपाली गायन, नृत्य, मार्शल आर्ट, चित्रकला लगाएत बिबिध गतिबिधि र त्यसबारे कक्षाहरु संचालन गरि सिड़नीमा उदाहरणीय कार्य गर्दै आइरहेको छ ।
त्यस्तै आगामी कार्यकालमा ब्ल्याकटाउन काउन्सिलमा बसोबास गर्नुहुने युवा तथा दोस्रो पुस्तालाई समेट्नको लागि युवा मँच स्थापना गरिने र प्रत्येक महिनाको पहिलो आइतबार बेलुकी जुम मार्फ़त हाजिरी जवाफ प्रतियोगिता, प्रेरणात्मक गोस्ठि र शिक्षा सम्बन्धि जानकारी मुलक कक्षाहरु जस्ता कार्यक्रम संचालन हुनेछ । यो कार्यक्रमले दोस्रो पुस्ताका युवाहरू बिच भाईचाराको सम्बंध र नेपाली संस्कृतिको जगेर्ना समेत हुने छ । त्यस्तै ब्ल्याकटाउनमा रहेका विद्यार्थीहरुलाई प्रोत्साहन गर्नको निम्ति युथ फ़र एक्सिलेंस अवार्डको कार्यक्रम समेत सुरुवात हुने भएको छ । आफ़ु अध्यनरत बिद्यालय बाट लिईने परीक्षामा सबैभन्दा बढी अंक ल्याउने र न्यू साउथ वेल्स राज्य स्तरको खेलकुद प्रतियोगितामा पुग्न सफल खेलाडी तथा विद्यार्थीहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्रसहित प्रत्येक वर्ष सम्मान गर्ने । सस्थाले कोरोनाको कारण भेटघाट गर्न नमिल्ने हुदा सामाजिक संजाल मार्फ़त बिभिन्न कार्यक्रमहरू संचालन गर्ने र शिक्षा अनी युवा बिशेस कार्यक्रमहरू संचालनमा जोड़ दिने बताइएको छ ।
कोरोनाको कारण भौतिक रुपमा उपस्थिति हुन नमिल्ने भएपछी भरचुयल (ज़ुम) मार्फ़त साधारण सभा सम्पन्न भएको थियो । कार्यक्रममा समुदायको बिचमा बिगत लामों समय देखी र नव आगन्तुक नेपालीहरू बिच बिभिन्न बिसयमा छलफल संगै आगामी योजनाको बारेमा समेत चर्चा गरीएको थियो । कार्यक्रममा नव गठित समितिका अध्यक्ष सिताराम घिमिरेले आफ़ुले बिदेशमा नेपालीहरूको जमात र समाजलाई नेतृत्व गर्न पाउनु नै मेरो लागी ठुलो अवसर रहेको बताए साथै यो बिसम परिस्थितिमा सबै समुदायको मात्र नभई सिंगो बिश्व भर रहेका किनेपालीहरूलाई सुरक्षित रहन समेत आग्रह गरेका थिए र आफूले पाएको यो अवसरलाई आफ़नो क्षमता र साथीभाईको साथले सफल पुर्वक काम गर्ने प्रतिवद्दता सहित सबैलाई बिशेस धन्यवाद समेत ज्ञापन गरेका थिए र यो संगै प्रवासी नेपाली मँच अस्ट्रेलिया, न्यु साउथ वेल्स राज्यका अध्यक्ष कृष्ण सापकोटाले बधाई सहित सम्पूर्ण निर्वाचित सदस्यहरूलाई समेत शुभकामना व्यक्त गरेका छन र बिभिन्न सामाजिक संजाल मार्फ़त यतिबेला घिमिरे लाई बधाई व्यक्त गरेका छन ।

बुवा र श्रीमतीको हत्या गरेर शव खाल्डोमा गाड्ने युवक पक्राउ

८ भदौ, काठमाडाैं । धनुषामा केही दिनअघि वैदेशिक रोजगारीबाट फर्केका एक व्यक्तिले आफ्नै बुवा र श्रीमतीको हत्या गरेका छन् ।

मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ ललिया निवासी भागेश्वर मण्डलले ५५ वर्षीय बुवा रामवृक्ष र २४ वर्षीया श्रीमती अमृता देवीकाे हत्या गरेका हुन् ।

२७ वर्षीय भागेश्वरले सोमबार राति १२ बजेतिर दुवैको हत्या गरेको पाइएको धनुषाका प्रहरी प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

बिहान रामवृक्ष र अमृता नदेखिएपछि स्थानीय बासिन्दाले खोजी सुरु गरेको र प्रारम्भिक अनुसन्धानका क्रममा छोरा भागेश्वरले छिमेकीकाे आँपको बगैँचामा गाडेको बताएका धनुषाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । शव निकालिएको र घटनाबारे थप अनुसन्धान भइरहेको पनि उनले बताए । बस्नेतले भने, ‘तत्कालै भागेश्वरलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले हत्या गरेको स्वीकारेका छन् ।’

शव गाडेको ठाउँमा उत्खनन् गर्दा दुवैको शव फेला परेको बस्नेतले जानकारी दिए ।

मदनलाई यही त्रिसुलीमा लटपटाउनेहरुको पार्टी फुट्दा अरे यार तिमिलाई किन दुख्छ ??

पार्टी फुटेकोमा चर्केछन् बजारमा ठिटाहरु,तन्काएछन् नसाहरु
अरे यार कसैलाई किन छुन्छ पार्टि फुट्दा??

तिमि जन्मदै ऋणले टाउको फुटाउनेहरुको पार्टी फुट्दा
अरे तिमिलाई किन छुन्छ ?

पढ्न सक्थेउ पढाउन सकेनन् बाउले स्कुल छुटाउनेहरुको पार्टि फुट्दा अरे तिमिलाई किन छुन्छ?

पैसा तिर्न नसकेर अस्पतालबाट निकालिएकि आमाको सम्बन्ध टुटाउनेहरुको पार्टी फुट्दा अरे तिमिलाई किन छुन्छ?

असुरक्षित र गरिबी माथी पसिना र रगतको गाडी गुडाउनेहरुको पार्टी फुट्दा अरे तिमिलाई किन छुन्छ?

कम्युनिज्म लिलाम गरि लोभी पापि जुटाउनेहरुको पार्टी फुट्दा अरे तिमिलाई किन छुन्छ?

राजनितिक गद्दारिले पटक पटक मन चुटाउनेहरुको पार्टी फुट्दा अरे तिमिलाई किन छुन्छ?

चर्का गफ सम्प्रदाय र धर्म सस्कृति कुटाउनेहरुको पार्टी फुट्दा अरे तिमिलाई किन छुन्छ?

खोलानाला बिक्नेजति बेचे मदन त्रिशुलिमा लुटपुटाउनेहरुको पार्टी फुट्दा अरे तिमिलाई किन छुन्छ?

अरे पसबै फुटुन् मलाई छुंदैन
किनकि यिनिहरुले राजनितिको नाउंमा
मेरो भाग्य फुटाएका छन्
स्वाभिमान लुटाएका छन्
अपराधि जुटाएका छन्
बलत्कारि छुटाएका छन्
एकता टुटाएका छन्
नैतिकता भुटाएका छन्
ईमान्दारिता चुटाएका छन।

अरे यि फुट्दा तिमिलाई किन छुन्छ??
आज फुट्नेले हिजो अर्को फुटाउन खोज्यो हिजो फुटाउन खोजिएकोले आज फुटाईदियो फुटेर फुटाएरै खल्ती भर्नेहरुको पार्टी फुट्दा अरे तिमिलाई किन छुन्छ?

यिनिहरु फुट्ने मात्र होइन टुक्रिएर बिलाउनु पर्छ
उत्तरको विचारको दाश होस् वा दक्षिणको
जुन यि तिम्रो होईनन् अरे यि फुट्दा तिमिलाई किन छुन्छ?

अरे तिमि त कम्युनिष्ठ हौ यार गर्व गर अनि तिमि प्रजातान्त्रिक हौ शानसंग हिंड एमालेले कम्युनिज्म र कंग्रेसले प्रजातन्त्र बेचिसके ,गुदि झिकि झुक्याईएको बोक्रेहरु अरे यि फुट्दा तिमिलाई किन छुन्छ?

तिमिलाई एकता टुट्दा छुंदैन,देश लुट्दा छुंदैन,जनता भुट्दा छुंदैन,अपराधि छुट्दा छुदैन,संस्कृति चुट्दा छुदैन,हस्तक्षेप जुट्दा छुदैन, अरे यी फुट्दा तिमिलाई किन छुन्छ?

सम्झ ,बिउंझ, बुझ ,आंखा खोल,अब बोल,मुल्य मोल
आफैलाई चिमोट,भ्रमलाई निमोठ,बिदेशको रिमोट।
र भन यि धोकेबाजहरु फुट्नुपर्छ मात्र होईन हराउनुपर्छ।
फलबिहिन अर्गेलाहरु मासिनुपर्छ अनि कलकलाउंदो विरुवा हुर्काउनुपर्छ जसले फल देओस्,तप्केनिले रुखाएको भुमि उर्बर बनाओस्।

चर्केकाहरु फुट्नै छ त अरे यी फुट्दा तिमिलाई किन छुन्छ?
तिमि जन्मदै ऋणले टाउको फुटाउनेहरुको पार्टी फुट्दा
अरे तिमिलाई किन छुन्छ ?
-अर्जुन खनाल

प्रवासी एमालेद्वारा पोखराको गण्डकी हस्पिटललाई अक्सिजन प्लान्ट हस्तान्तरण ।

प्रवासी नेपाली मञ्च अन्तरास्ट्रिय कमिटी द्वारा अक्सिजन प्लान्टको साँचो हस्तान्तरण गरेको छ । नेपाल कम्युनिस्ट पार्टी एमालेको प्रवासी नेपालीहरूको संगठन प्रवासी नेपाली मञ्च अन्तरास्ट्रिय कमिटीले कोरोना बाट अक्सिजन अभावका कारण थुप्रै नेपालीहरू ले अनाहकमा ज़्यान गुमाऊनु परेको अवस्थालाई मध्यनज़र गर्दै संसार भरि बाट छरीएका एमाले निकट प्रवास कमिटीहरूको पहलमा सामुहिक रक़म संकलन गरी उक्त अक्सिजन प्लान्ट निर्माण सहित हस्तान्तरण गरेको हो । पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठानका उपकुलपति अर्थात् पोखरा गण्डकी हस्पिटललाई साँचों सहित हस्तान्तरण गरेको छ ।

आजैबाट हस्पिटलको सबै वार्डहरुमा पाईपलाईनको माध्यमबाट अक्सिजन प्लान्टबाट उत्पादीत अक्सिजन आपुर्ति गर्ने कामको शुरुवात गरेको छ । अब गण्डकी हस्पिटलले अक्सिजनको अभाव सहनुपर्ने छैन । साथै, बुस्टरको माध्यमबाट सिलिण्डरमा समेत अक्सिजन भरी अन्य हस्पिटलहरुलाई समेत अक्सिजन आपुर्ति गर्न सकिने छ । प्रवासी कमिटी / मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष भक्त गुरुङले ४० देशमा छरिएका एमाले कार्यकर्ताले संकलन गरेको पैसाबाट किनेर उक्त प्लान्ट पठाइएको र सबैमा आभार प्रकट गरेका छन र उक्त प्लान्ट जर्मन प्रविधिमा आधारित रहेको जानकारी गुरुङले दिए । ‘युरोपमा किनेर पठाउन सकिने अवस्था थिएन, जहाज पनि चलेका थिएनन्,’ बेलायतमा रहेका गुरुङले बिश्वपाटि संग भने, ‘कि भारत कि चीनबाट किन्नुपर्ने थियो, कोटेसनको आधारमा चीनको छानेका हौं ।’ कमिसनसमेत गर्दा धेरै महँगो पर्नसक्ने उक्त प्लान्ट बिना कमिसन ल्याउँदा डेढ करोड नेपाली रुपैयाँ परेको जानकारी गुरुङले दिए ।
नेपालमा दोस्रो लहरको कोभिड १९ फैलिएर मानिसहरुको ज्यान जान थालेपछि प्रवासी नेपाली मञ्चको बैठक बसी नेपाललाई सहयोग गर्ने निर्णय गरेको उनले भने । ‘अक्सिजन नपाएर मानिसहरुको मृत्यु हुन थाले भनेपछि प्लान्ट किनेर नेपाल सरकारलाई पठाउने निर्णय गरेका थियौं,’ उनले भने, ‘सरकारलाई पठाएपछि पोखरामै हुन्छ भन्ने थिएन, तर पोखरामै आवश्यक भयो र त्यहाँ पठायौं ।’
उक्त प्लान्टले एक दिनमै २ सय सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्छ । काठमाडौं र बागमतीका अस्पतालहरुमा अरु संस्था र सरकारले पनि दिएको हुँदा पोखरा पठाइएको गुरुङले जानकारी दिए । पोखराकै स्थायी बासिन्दा भक्त गुरुङ पृथ्वीनारायण क्याम्पसका पूर्व स्ववियु सभापति पनि हुन् ।
मञ्चले नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उक्त प्लान्ट पठाउन लबिङ गरेको थियो । त्यसमा पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र नी वर्तमान गृहमन्त्री खगराज अधिकारीले थप पहल गरेको भक्तले सुनाए । स्वास्थ्य सचिव लक्ष्मण अर्यालले सचिव स्तरीय निर्णयमार्फत उक्त प्लान्ट पोखरा पठाएका हुन् । मञ्चका अध्यक्ष भक्त गुरुङका अनुसार मेसिन खरिदका लागि चीनस्थित नेपाली दूतावासले समन्वय गरेको थियो ।
यस्तै अन्तरास्ट्रिय कमिटीका सचिव अर्थात् अस्ट्रेलियाका अध्यक्ष रमेश पाण्डेले बिदेशमा बसेर कमाएको एक एक पैसाले आज यो कार्यक्रम सफल भएको छ, पसीना र मेहेनतको कमाई अनी त्यों सहयोगले पोखरामा अब अक्सिजनको कमिका कारण कोही कसैले पनी मर्नु पर्ने छैन बताए साथै अस्ट्रेलिया र संसार भरि बाट छरिएर रहेका सहयोगी मनहरू प्रति हार्दिक धन्यवाद सहित आगामी दिनहरुमा समेत प्रवासी नेपाली कमिटी सदैब देश र जनताप्रति सेवा गरीरहने कुरा बिश्वपाटि लाई बताए र सबैमा धन्यवाद व्यक्त गरे ।

चस्मा 🕶👓 लघुकथा लेखक- बिमल सुबेदि (GOLDEN🐝 )

१० कक्षा पढ्दा मलाई चस्मा लगाउने उत्पात रहर जाग्यो । चस्मा लगाएर ढल्किँदै स्कुल जाने र कक्षा चल्दा सर्टमा झुन्डाएर ठाँटले बस्ने अभिलाषाले बसिखान दिएन । त्यतिबेला आफूखुसी कालो चस्मा लगाएर हिँड्नु बेग्लै पोजको विषय हुन्थ्यो । दुनियाँले के भन्लान् भन्ने धक हुन्थ्यो । कालोभन्दा सेतो चस्मा बढी प्राकृतिक लाग्थ्यो।अनि आइडिया लगाए ।आखा पोलेको बाहाना बनाएर स्याङ्जाको एउटा आखा अस्पतालमा गए। डाक्टरको पालो आउदा आखा मिचे, ताकि उनलाइ लागोस्—केटाको आखा साच्चिकै कमजोरै छन्।
“के भो आखा ?” डाक्टरले सोधे ।
“खै,एकदमै पोल्छ, आसु आइरहन्छ,अनि धमिलो पनि देख्छु
मैले झुटको श्रृंखला सुरु गरे ।
“ए,” उनले फेरि सोधे , “ कहिलेदेखि हो ?”
मैले फ्याट्ट उत्तर दिए , “ दुइ महिना भो डाक्साप् ।“
डाक्टरले यसो अनुहार हेरेर काठको फ्रेममा लेन्स राखेर
सोधे “ कस्तो देखियो ।”
अनि मैले भने, “अलि धमिलो-धमिलो देखियो त!”
डाक्टरले फेरि अर्को सिसा हालेर सोधे । मैले धमिलै देखियो भने ।
त्यसपछि पनि डाक्टरले ३ पटकसम्म लेन्स फेर्दै सोधिरहे मैले धमिलै देखियो मेरो आखा पनि पोल्न लाग्यो अहिलेत झन भने !अनि अन्तिममा एउटा लेनिस राखेर सोधे “अहिले कस्तो देखियो बाबु!”अनि मैले भने ,”वाह,गज्जब क्या दामि देखियो !!” यहि चस्मा ठिक छ मेरो लागि डाक्साब मैले फरि खुसि भयर भने !!
डाक्टकले मुसुक्क हासेर भने “ तिम्रो आखा केहिपनि भएको छैन, लौ यो दबाइ लगाउ पोल्न ठिक हुन्छ!”
पछि बुझे—अन्तिममा डाक्टरले लेन्स नै राखेका रहेनछन्!!

अनि-वर्षौपछि यि यसरि रहर पुरा गरे😊😊

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय