२०८३ असार १३ शनिबार

रास्ट्रिय युवा संघ कास्की, रूपा गाउपालिका-६ को अध्यक्षमा मोहन, यूथ फ़ोर्समा संजय नेपाली ।

रास्ट्रिय युवा संघ नेपाल कास्की रूपा गाउपालिका वडा ६ मा मोहन रानाको अध्यक्षतामा ५१ सदस्य सहितको रास्ट्रिय युवा संघ वडा कमिटी गठन ग़रेको छ ।

कमिटीको उपाध्यक्षमा प्रकाश अधिकारी, सचिब मीरा खत्री, सह- सचिब उदय घिमिरे, कोसाध्यक्ष सुरज गुरुँग र ५१ सदस्य युथ फ़ोर्स गठन समेत भएको छ अध्यक्ष : सन्जय नेपाली, प्र. उपाध्यक्ष :पेज बहादुर आले, दृ. उपाध्यक्ष :प्रेम बहादुर आले, तृ . उपाध्यक्ष : सुरेन्द्र थापा, सचीव : स्माइल मिया, सह सचिब: फजिर मिया, कोषाध्यक्ष :कलिम मिया र सदस्यहरु : रोशन बस्नेत, रिजन गुरुङ ,जमिल मिया,सदाम हुसेन,रजाली मिया,संगम थापा,नारायण लामिछाने ,अर्जुन खड्का,सोम बहादुर राना,कमल बहादुर गुरुङ सहितको ५१ सदस्य कमिटी नेपाल सरकारका निवर्तमान गृहमन्त्री खगराज अधिकारीको प्रमुख आतिथ्यतामा गठन गरीएको छ ।

कार्यक्रममा बिशेस अतिथिको रुपमा युवा संघ नेपाल कास्कीका अध्यक्ष पान बहादुर जिसि, रूपा गाउपालिका का अध्यक्ष नवराज ओझा रहेका थिए भने अतिथिहरूमा युवा संघ केन्द्रीय सदस्य निलकण्ठ रेग्मी, बिशाल रानाभाट, नेकपा एमाले रूपा गाऊँ पालिका वडा ६ का अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान गृहमन्त्री खगराज अधिकारीले मुलुकलाई युवाहरू को यति बेला ठुलो खाँचो रहेको छ, भोलिको सुनौलो भविस्यको निम्ति आज देखी टोल टोल बाट युवाहरू जागरूक संगै संगठित भएर लाग्नु पर्ने हूँछ र भोलिका दिनमा युवाहरूको साथमा सदैब रहनेछु संगै नव निर्वाचित कमिटीका नेतृत्व संगै सम्पूर्ण लाई शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा बिशेस अतिथिको रुपमा रास्ट्रिय युवा संघ नेपाल कास्किका अध्यक्ष पान बहादुर जिसिले नव निर्बाचित कमिटीलाई पद तथा गोपनीयताको सपथ खुवाऊदै मुलुकले यतिबेला कठिन समय पार गर्दै छ एमालेले देशको हितको निम्ति काम गर्दै जादा कु तत्वहरू बाट सरकार बाट बाहिरिनु परेको र कारवाहि गरीएका १४ जना सांसदहरूको अझै सभामुखको रुपमा रहेका पार्टीको कार्यकर्ता भंदा तल्लो स्तर देखाउने अग्नि सापकोटालाई छींटो भंदा छींटो सुचना टास गरी निकास दिनका निम्ति आग्रह गर्दै चेतावनी समेत दीएका थिए संगै निर्वाचित कमिटीलाई शुभकामना संगै युवाहरू र भुगोलको बिकास अनी रक्षाका निम्ति उभिन आग्रह समेत गरे ।
कार्यक्रमका रूपा गाउपालिका का अध्यक्ष नवराज ओझाले युवा संघ यस्तो संगठन हो जसले भोलिको नेतृत्व लिनका निम्ति नेताहरू उत्पादन गर्ने थालों हो र निवर्तमान गृह मन्त्री खगराज अधिकारी र म स्वयं आफै पनी युवा संघको उत्पादन रहेको बताए, उनले बिकासको निम्ति चालीने तपाईहरुको पाइलामा गाउपालिका सदैब साथमा रहेको बताए ।
कार्यक्रममा क़रीब १५० जना युवाहरू को उपस्थिति रहेको थियो र छिटै नै बिभिन्न खालका युवाहरू माझ लोकप्रिय र आवश्यक कार्यक्रम संचालन गरी धेरै भंदा धेरै सदस्यहरू जोड़ने गरी लागने कुरामा नव निर्वाचित अध्यक्ष रानाले प्रतिवद्दता व्यक्त गरेको कुरा युवा संघ कास्कीका नेता सुनिल खड़काले बताए ।

हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन

२०७८ भदौै ५, काठमाडौं – वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ। कोरोना संक्रमण भएर लामो समयदेखि पाटन अस्पतालमा उपचाररत थापाको उपचारकै क्रममा शनिबार विहान ४ः४० बजे निधन भएको कलाकार तथा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिए ।

६४ वर्षे थापाले टेलिफिल्म हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सन्चार, मेरीबास्सैमा अभिनय गरेका थिए। केही ठूला पर्दाका​चलचित्र र विज्ञापनमा पनि उनी देखिँदै आएका थिए। थापाका श्रीमती, एक छोरो र एक छोरी छन्।

माहालेखा परिक्षणको वार्षिक प्रतिवेदन सार्वजनिक, झण्डै ७ अर्ब बेरुजु

२०७८ भदौै ४, काठमाडौं – महालेखा परीक्षकको कार्यालयले आफ्नो ५८ औँ वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा सामान्य कमी आएको सरकारी बेरुजुमा २०७६/०७७ मा भने पुनः बढेको छ । अद्यावधिक कारबाही गरी टुङ्गो लगाउनुपर्ने रकम आर्थिक वर्ष २०७५/०७६ मा ६ खर्ब ६४ अर्ब ४४ करोड रहेकोमा आर्थिक वर्ष २०७६/०७७ मा ११ अर्ब ४१ करोडले बढेर भएर ६ खर्ब ७६ अर्ब ४१ करोड कायम भएको उक्त प्रतिवेदनमा उल्लेख गरिएकाे छ ।

आर्थिक वर्ष २०७६/०७७ सङ्घीय, प्रदेश सरकारी निकाय र स्थानीय तह, संगठित संस्था, समिति र अन्य संस्थासमेतको रु ५३ खर्ब २७ अर्ब ९१ करोडको लेखापरीक्षण सम्पन्न सम्पन्न गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । जसमध्ये ३ हजार ७९ हजार सङ्घीय सरकारी निकाय र कार्यालयको रु १५ खर्ब ५५ अर्ब ८१ करोडको लेखापरीक्षणबाट रु.४४ अर्ब ३९ करोड अर्थात २.८६ प्रतिशत बेरूजू देखीएकाे उक्त प्रतिवेदनमा उल्लेख गरिएकाे छ ।

त्यस्तै, प्रदेश निकाय र कार्यलय १ हजार १९ को रु.२ खर्ब ३७ अर्ब ४१ करोडको लेखापरीक्षणबाट रु.६अर्ब ५० करोड अर्थात २.७४ प्रतिशत, ५८४ समिति तथा अन्य सस्थाको रु.१ खर्व ६३ अर्ब ५७ करोड लेखापरीक्षणबाट रु.१२ अर्ब ६६ करोड अर्थात ७.७४ प्रतिशत र ५ बक्यौता समेत गरी ६९९ स्थानीय तह को रु.८ खर्ब १५ अर्ब ९९ करोडको लेखापरीक्षणबाट रु.४० अर्ब ८३ करोड अर्थात ५.०० प्रतिशत बेरुजू देखिएको महालेखा परिक्षणकाे प्रतिबेदनमा उल्लेख गरीएकाे छ ।

त्यस्तै, अतिरिक्त सार्वजनिक संस्था ८१ को रु.२५ खर्ब ५५ अर्ब १३ करोडको लेखापरीक्षण सम्पन्न भएकाे र संगठित संस्थाको लेखापरीक्षणको लागि परामर्श उपलब्ध गराए बमोजिम रु.११ खर्ब २० अर्ब ७९ करोडको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरीएकाे छ ।

आर्थिक वर्ष २०७५/०७६ सम्मको बाँकी बेरुजू रु.४ खर्ब १८ अर्ब ३२ करोडमा फस्यौंट तथा समायोजन गरिएको अङ्क रु. रु.१ खर्ब ३ अर्ब ८५ करोड घटाई आर्थिक वर्ष २०७६/०७७ मा ४ खर्ब १८ अर्ब ८५ करोड बेरुजु बाँकी रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७६/०७७ मा एक खर्ब ३ अर्ब ८५ करोड बेरुजु फर्स्याैट भएको र एक खर्ब ४ अर्ब ३८ करोड बेरुजु थपिएको प्रतिवेदनमा उल्लेख छ ।

श्री कृष्ण मावि पोखरामा शिक्षक सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न ।

२०७८ भदौै ४, पोखरा – ०७ मासवारमा अवस्थित श्री कृष्ण माध्यमिक बिद्यालयमा शिक्षक सम्मान तथा विदाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष पुरुषोत्तम रेग्मीको अध्यक्षतामा कोरोना बिरुद्धको स्वास्थ मापदण्ड एवं सामाजिक दुरी कायम गरी विद्यालयमा विगत २०५० साल चैत्र १ गतेदेखी आज सम्म कार्यरत शिक्षिका श्री तुलसी वराललाई विदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य राखदै नवनियुक्त शिक्षक प्रतिनिधि श्री योगेन्द्र बहादुर थापाले तुलसी बरालले लामों समय सम्म बिद्यालयलाई जून योगदान दिनु भएको छ त्यों निकै सर्हानिय रहेको संगै धन्यवाद व्यक्त समेत गरेंका थिए ।

विद्यालयका प्रधानाध्यापक टीकाराम लामिछानेले बिद्यालयले बिगतका दिनहरूमा झै अझै बिद्यालयले शैक्षिक क्षेत्रमा एउटा अतुलनीय योगदान पूर्याऊनु को कारण अनुभवी शिक्षकद्वारा अध्यापन गराइनाले र बिधार्थि फ़ोकस कार्यक्रमहरू संचालन गर्नाले नै बिकास हुने र यसै सन्दर्भमा तुलसी बरालले बिद्यालयलाई गर्नु भएको त्याग, समय मात्र नभई आफ़नो जीवन नै व्यतीत गर्नु भएको प्रति सदा बिद्यालय परिवार आभारी रहने कुरा बताए ।

विद्यालय व्यवस्थापन समितिका सदस्य तथा वडा नं ०७ का जनप्रतिनिधि किशोर वराल, शिक्षकहरू लगायतले शुभकामना मन्तव्य राखेका थिए । उक्त सम्मान कार्यक्रममा लामो समयदेखि कार्यरत रहि अवकाश हुन लाग्नुभएकी शिक्षिका तुलसि वराललाई बिद्यालयका व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम रेग्मी, प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, शिक्षकहरू सबैले दोसल्ला, मायाको चिनो तथा सम्मान पत्रवाट सम्मान गरिएको थियो ।

उक्त अवसरमा तुलसी बरालले विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दै आफूलाई यो सम्मान केवल सम्मान मात्र नभई बिद्यालयले आफ़नो बिगतको कर्मको कदर गरेको र आउदा हरेक दिनहरुमा समेत आफ़ुले बिद्यालय बाहिर बाट विद्यालयलाई निरन्तर सकेको सहयोग, सल्लाह र सुझाव प्रदान गर्ने वचन दिनुभयो ।

उक्त कार्यक्रममा विदाइ तथा सम्मानको साथसाथै रिक्त रहेको पदमा सरुवा भई आएका शिक्षक विजय गौतमलाई पनि स्वागत गर्दै कार्यक्रमका सभापति तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री पुरुषोत्तम रेग्मीले सरकारी बिद्यालयलाई नै अब समाजको परिकल्पना गर्न सक्ने र योग्य खालको शिक्षित वर्ग समाजमा बिकास र पैदा गर्न सबैले जोड़ दिनु पर्ने बताए संगै तुलसी बराललाई आगामी जीवनको शुभेच्छा संगै नव आगन्तुक शिक्षकलाई आफ़ुले सकेको र निस्ठापूर्वक काम गर्न शुभकामना व्यक्त संगै कार्यक्रमको समापन गरेका थिए ।
उक्त कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक दिनेश वरालले गरेको कुरा बिद्यालयका आइटी प्रमुख एवं प्रेस संयोजक शिक्षक सुनिल खड़काले बताए ।

अध्यादेश बिरुद्धको आन्दोलनमा युवा संघ गण्डकी अध्यक्ष सहित अनेरास्ववियु कास्कीका नेता शिव पराजुली घाइते ।

अध्यादेश बिरुद्धको गण्डकी प्रदेशमा भएको प्रदर्शनमा प्रहरीको लाठी चार्ज र ढ़ूँगा प्रहार पछी युवा संघ गण्डकी अध्यक्ष महेंद्र गुरुँग सहित अनेरास्ववियु कास्कीका विद्यार्थी नेता शिव पराजुली सख़्त घाईते भएका छन् । प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्ज गर्दा विद्यार्थी नेता शिव पराजुली सहित दर्जनभन्दा बढी अनेरास्ववियुका विद्यार्थी र युवा संघका कार्यकर्ता घाईते भएका हुन् ।

बुधबार दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा उत्रिएका नेकपा (एमाले)निकट युवा संघ गण्डकी साथै विद्यार्थी संगठन अनेरास्ववियु कास्की र प्रहरीबीच झडप भएको थियो ।

पोखरा भीमसेन चोक देखी चिप्लेढूँगा सम्मको र्याली सहित नाराबाज़ी गर्दै अघी बढ़ेको जुलुसलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो।
प्रहरीमाथि नै युवा र विद्यार्थी नेता कार्यकर्ताहरूले ढुङ्गा र सड़क डिभाइडर बर्साउन थालेपछि प्रहरिले लाठी चार्ज सुरु गरेको थियो।

झडपमा युवा संघ गण्डकी का अध्यक्ष महेंद्र गुरुँग, बिस्णु सुबेदी, सरस्वती पुरी, गंगा बहादुर केसी, बिस्वास सापकोटा र अनेरास्ववियु विद्यार्थी संगठन कास्किको नेता शिव पराजुली, केंद्रीय सदस्य उपेन्द्र गिरी, ज़िल्ला नेता मनोज पहारी, बिबेक ओझा, अमित तिमिल्सिना सहित दर्जन बढी नेता तथा कार्यकर्ता घाइते भएका हुन्। सबै घाइते मध्य बिधार्थि नेता शिव पराजुलीको टाउकोमा गम्भीर चोट र शरीरमा प्रहरीको लाट्ठिले लागेको छ, प्रहरी द्वारा प्रहार गरीएको ढूँगा बाट पराजुली घाइते भएका हुन, उनको टाउकोमा तीन वटा टाका लगाइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै युवा संघ गण्डकीका अध्यक्ष महेंद्र गुरुँगले सरकारले जनताको काम, देश बिकास भंदा पनी आफ़नो व्यक्तिगत स्वार्थ र कहि पद लोलुपे हरुको साटगाठमा लागिरहेको बताए र अझै युवा संघ र अनेरास्ववियु सदैब देशको हित र लोकतन्त्रको रक्षाको निम्ति कब बनेर जनता संगै सड़कमा उभिने कुरा बताए । कार्यक्रममा अनेरास्ववियु कास्की अध्यक्ष बिजय पौडेल, युवा संघ कास्की अध्यक्ष पान बहादुर जिसि लगायतले बोलेका थिए ।
उनीहरुको हाल पोखरा ओम् अस्पतालमा उपचार पस्चात घर फ़र्कीएको अवस्था रहेको छ । जुलुसमा सयौको संख्यामा युवा बिधार्थिहरुको उपस्थिति रहेको थियो ।
जुलुस पस्चात युवा संघ गण्डकीका सचिव बिकास अधिकारी र अनेरास्ववियु कास्की अध्यक्ष बिजय पौडेल द्वारा हस्ताक्षरित छुट्टाछुट्टै बिज्ञप्ति जारी गर्दै सरकारले ल्याएको अध्यादेशको बिरोध र घाइते आफ़ना साथीहरू सहित सम्पूर्णको स्वास्थ्य लाभको कामना समेत गरेका छन ।

अध्यादेश बिरुद्ध अनेरास्ववियुद्वारा देशव्यापी बिरोध प्रदशन गर्न सर्कुलर जारी ।

नेपाली कांग्रेशको नेतृत्वमा रहेको वर्तमान सरकारले दल बिभाजन सम्बन्धी अध्यादेश जारी गरेपंछी यति बेला देश व्यापी रुपमा आम नेता वर्ग र जनताहरु आक्रोसित त बिरोधका कार्यक्रमहरू संचालन भएका छन । यसै अध्यादेश बिरुद्ध नेकपा एमालेको बिध्यार्थी संगठन अनेरास्ववियुले पनी यस्को घोर बिरोध गर्दै संगठनका अध्यक्ष ऐन मेहर द्वारा एक बिज्ञप्ती जारी गर्दै बिरोध स्वरूप बिभिन्न कार्यक्रमहरूको बारेमा संगठन इंचार्ज खिमलाल भट्टराइको प्रमुख आतिथ्यतामा संगठनका अध्यक्ष ऐन महरको अध्यक्षतामा बैठक सम्पन्न गरी देश व्यापी रुपमा बिरोधको कार्यक्रमहरू आयोजना सहित तालिका जारी गरेका छन ।
नेपालको लोकतांत्रिक प्रणालीलाई नै ध्वस्त बनाउने, बिगतका उपलब्धिहरू लाई समाप्त पार्ने यो व्यवस्थाको विरुद्ध देशव्यापी प्रतिकार र भंडाफ़ोर गर्ने निर्णय गरेका छन ।
आंदोलनका कार्यक्रमहरू:
१. २०७८ भाद्र २ गते देशभरका ज़िल्ला सदरमुक़ामहरू र केंद्रमा साँझ ६ बजे प्रदशनीमार्गमा अध्यादेश जलाउने ।
२. २०७८ भाद्र ३ गते देशभरका कलेज/शैक्षिक संस्था अगाड़ी प्रदशन सहित अध्यादेश जलाउने ।
३. २०७८ भाद्र ४ गते दीउसो १ बजे देशभरका ज़िल्ला सदरमुक़ाम हरूमा ज़िल्ला कमिटी र उपत्यकामा केंद्रीय कमिटिको आयोजनामा माइतिघर मण्डलामा वृहत प्रदशन सहित भंडाफोर सभा गर्ने ।
यसअघी जनता समाजवादीका नेता बाबुराम भट्टराइ, नेपाली कांग्रेसका युवा नेता गगन थापा लगायतका बरिस्ठ नेताहरू द्वारा प्रधानमन्त्री एवं नेपाली कांग्रेशका सभापति शेर बहादुरको ग़लत कदम र अध्यादेश बिरुद्ध सामाजिक संजालमा बिरोध व्यक्त गरेका छन ।

दल विभाजन अध्यादेशविरुद्ध एमाले सचिव गोकर्ण विष्ट, ‘प्रतिगामी निर्णयको सबैले विरोध गरौं’

काठमार्डौ- नेकपा एमालेका सचिव गोकर्ण विष्ट सरकारको दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने निर्णयविरुद्ध उत्रिएका छन् । सामाजिक सञ्जाल फेसबूकमा लेख्दै नेता विष्टले अध्यादेश ल्याउने प्रतिगामी निर्णयको सबैले विरोध गर्न आह्वान गरेका छन् ।

एमाले एकताका लागि क्रियाशील माधव नेपाल पक्षका नेता विष्टले अध्यादेश ल्याउने कार्य खेदजनक रहेको र यसले दलहरूप्रति विकर्षण र वितृष्ण पैदा गर्ने बताएका छन् ।

विष्टले आफ्नो वक्तव्यमा भनेका छन्, ‘लोकतान्त्रिक अभ्यास र संविधानको मर्म विपरित दल बिभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय अत्यन्तै खेदजनक छ । यसले दलभित्र उत्पन्न हुने अन्तरबिरोध र समस्यालाई दलभित्रै विधिसम्मत ढङ्गले समाधान खोज्नुको सट्टा बिभाजनलाई प्रोत्साहित गर्नेछ । राजनीतिक अस्थिरता, अन्यौलता र अराजकता सृजना गर्नेछ । दलहरुप्रति विकर्षण र वितृष्णा पैदा गर्नेछ । अन्ततः यसले नेपालको राजनीतिमा दु:खद परिणाम निम्त्याउने छ । यसप्रकारको प्रतिगामी निर्णयको सबैले बिरोध गरौँ । फिर्ता लिन बाध्य पारौँ ।’

‘माधव नेपाल कार्यकर्तामा जाँदा जिरोमा परिणत हुन्छन्, : शेरबहादुर तामाङ l

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता, सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङले सरकारले दल विभाजनसम्बन्धी ल्याएको अध्यादेशको विरोध जनाएका छन् । उनले भने,‘नेपालको ईतिहासमा खासगरी लोकतन्त्रमा दल बलियो भयो भनेमात्रै लोकतन्त्र बलियो हुन्छ । आज लोकतन्त्रको नै अगुवाई गर्छु भन्ने दलले अध्यादेश ल्यायो । दल विभाजनसम्बन्धी अध्यादेश ल्यायो । यो गलत हो । संसदको हत्या गर्यो भन्नेहरुले आज संसद्को अधिवेशन अन्त्य गरेर एमालेलाई विभाजन गर्ने उद्देश्यका साथ अध्यादेश आएको छ । एमालेले यो निर्णयको पूरा विरोध गर्छ । भत्र्सना गर्छ ।’

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले एमाले विभाजन गर्नको लागि ल्याईएको अध्यादेश भन्दै यसलाई एमालेका आम नेता तथा कार्यकर्ताले अस्विकार गर्ने बताए । उनले भने,‘अफगानिस्तानमा फसेका नेपालीहरुको बारेमा सरकारको ध्यान छैन् । कोरोना संक्रमणको दोस्रो लहरको अन्त्य हुन सकेको छैन् । खोप आपूर्ति भएको छैन् । संसदमा त्यो विषयमा छलफल गर्नुपर्ने होला । तर, त्योसम्बन्धी सरकारको कुनै ध्यान छैन् । जम्माजम्मी यो सरकारको काम भनेको एमाले विभाजन गर्ने काममात्रै भयो । हाम्रै साथीहरु पनि हिसाबकिताब गरेर २० प्रतिशत भए त पार्टी फुटाउन संख्या पुग्छ होला भनेर लाग्नुभयो । यो गलत हो ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले माधव नेपालले दल विभाजन गर्ने उद्देश्य राखेको सुनाउँदै एमालेको सच्चा कार्यकर्ता हो भने कोही पनि एमाले विभाजनको पक्षमा नलाग्ने टिप्पणी गरे । उनले भने,‘देशभरिका कोही पनि कार्यकर्ता पार्टी विभाजनको पक्षमा लाग्ने छैनन् । माधवकुमार नेपाल २० प्रतिशत संख्या बोकेर जानुहुन्छ भने कोशिस पनि नपुग्ला, कार्यकर्ता र मतदातामा जाँदा उहाँहरु जिरोमा परिणत हुनुहुनेछ । कोही पनि टुटफुट र विभाजनको पक्षमा नलागौं ।’

उनले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको ईतिहास नै टुटफुटको रहेको सुनाए । उनले भने,‘उहाँले २०५८ सालमा आफ्नो भविष्य नदेखेपछि कांग्रेस विभाजन गर्नुभयो । सांसदरुको किनबेच गर्ने काम गर्नुभयो । संसदीय व्यवस्थालाई बद्नाम गर्नुभयो । देउवा सभापति रहुञ्जेलसम्म कांग्रेस बद्नाम हुनेछ । कांग्रेस प्रजातान्त्रिक पार्टी हो भने लोकतन्त्रको विरोधमा लाग्नेलाई के भन्नुहुन्छ ? हिजो केपी ओलीले रक्षा गरेन भने आरोप लगाए होला । तर, यही नेकपा एमालेले संविधानको रक्षा गर्छ ।’

उनले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सरकारले जतिसक्दो चाँडो उद्धार गर्नुपर्ने पनि माग गरेका छन् । उनले भने,‘नेपालीहरुलाई अफगानिस्तानबाट तदारुकता देखाओस । हिजो ओली सरकारले आफ्नो ध्वजावाहक जहाज पठाएर नेपालीहरुलाई उद्धार गरेको थियो । कोही पनि नेपाली जनताको त्यहाँ ज्यान नजाओस । नेपाल सरकारको तर्फबाट छिटोभन्दा छिटो उद्धार गरियोस । प्लेन पठाओस ।’

अफगानिस्तानमा रहेका नेपालीलाई उद्धार गर्न निर्देशन दिइसकेको छु: प्रधानमन्त्री देउवा

काठमाडौं, साउन ३२-प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीलाई अत्यावश्यक स्थितिमा उद्धार गर्ने व्यवस्था मिलाउन निर्देशन दिइसकेको बताएका छन्। आफूले आइतबार उक्त निर्देशन दिइसकेको प्रधानमन्त्री देउवाको भनाइ छ । अफगानिस्तानमा रहेका नेपालको स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धार प्रवन्ध मिलाउन निर्देशन गरिसकेको उनकाे भनाइ छ।

प्रधानमन्त्री देउवाले आज बिहान ट्वीट गर्दै भनेका छन्, ‘अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु । सुरक्षा र उद्धार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो । सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ ।’

अफगानिस्तानमा अनौपचारिक क्षेत्रमा कार्यरत नेपालीबारे अध्ययन गर्न सरकारले बनायो संयन्त्र

३१ साउन, काठमाडौं । अफगानिस्तानमा अनौपचारिक क्षेत्रमा कति नेपाली कार्यरत छन् भन्ने तथ्यांक नै नभएको सरकारले बताएको छ । औपचारिक क्षेत्रमा कार्यरत करीब १५ सय नेपालीलाई भने अरु कर्मचारीहरुसँगै सुरक्षित स्थानमा लैजान सम्बन्धित संस्थालाई आग्रह गरिएको परराष्ट्र मन्त्रालयका सचिव भरत पौडेलले बताए ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबार बसेको बैठकमा परराष्ट्र सचिव पौडेलले अनौपचारिक क्षेत्रमा कार्यरत नेपालीहरुलाई सम्पर्कमा आउन सूचना जारी गर्ने तयारी भइरहेको बताए ।

आइतबार बिहान मात्र मुख्यसचिवको नेतृत्वमा बसेको बैठकले परराष्ट्रका सहसचिव हरिशचन्द्र घिमिरेको नेतृत्वमा संयन्त्र बनाएको छ, जसमा सीसीएमसीका साथै गृह, पर्यटन लगायतका आवश्यकका मन्त्रालयका प्रतिनिधि रहनेछन् । यो संयन्त्रले पनि अनौपचारिक क्षेत्रमा रहेका नेपालीहरुको अवस्थाबारे अध्ययन गर्ने परराष्ट्र सचिव पौडेलले जानकारी दिए ।

औपचारिक क्षेत्रमा कार्यरत नेपालीहरुको उद्धारका लागि भने नेपालस्थित कूटनीतिक नियोगहरुसँग पनि कुराकानी भइरहेको उनले जानकारी गराए ।

Next Page » « Previous Page

ताजा समाचार

लोकप्रिय